पुस्तकालय, म र मार्क्सवाद

बिहान कर्ीर्तिपुर जाने कार्यक्रम तय भएको थियो । धेरै समय पहिले अखबारमा पढेको थिएँ कि एक जना मानिसले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्ताकालयमा बिगत ७/८ बर्षेखि मार्क्सवादको अध्ययन गरिरहेका छन् । उनलाई भट्ने मेरो धोको आज पूरा हुनेवाला थियो । काठमाडौको त्यो छोटो बर्साई हतारमा नै बित्दै थ्ाियो र पनि केही नयाँ अनुभव गर्ने लालसाले छोडेको थिएन । बिहान सबेरैै झोलामा आफ्ना अत्यावश्यकीय सामान र कागतपत्रहरु राखेर चैतको चीसो सिरेटोलाई छिचोल्दै कर्ीर्तिपुर तर्फहुइकिएँं । कर्ीर्तिपुर पुगेर साथीभाइहरु सित भेटघाट गर्ने काम भयो । लामो समयपछिको भेटघाट भएकोले छलफल केही लम्बिनु पनि स्वभाविक नै थियो । कुराकानी कै क्रममा ग्रामीण भेकका पढ्नबाट बञ्चित बालबालिकाहरूलाई पाठ्य सामग्री उपलब्ध गराउने हेतुले "शैक्षिक जागरण अभियान" शुरु गर्ने सोचमाथि छलफल र विचारविमर्श भयो । साथीहरूले यसलाई सकरात्मक रूपमा लिंदै निकट भविष्यमा नै यसलाई अघि बढाउने बचनबद्धता दिनुभयो । यस अभियानको बारेमा विस्तृत कुरा आगामी अंकहरूमा लेख्नेछु ।
बिहानको खाना खाइसकेपछि म उहाँहरूबाट छुट्टएिँ र केन्द्रीय पुस्तकालयतर्फहान्निएँ । पर्ूव निर्धारित कार्यक्रम अनुसार एकजना पर्ूव सहपाठी मित्र र अर्का अपरिचित मित्रसँग भेट हुने र तीनै जना पुस्तकालयमा जाने योजना थियो । त्यसै अनुरूप म हतारहतार पाङ्गा बसपार्कमा पुगें । केही छिनको पर्खाइपछि उहाँहरू आउनुभयो र अपरिचित मित्रसँग भलाकुसारी भयो । अनि हामी तीनै जना विश्वविद्यालयको हाताभित्र रहेको केन्द्रीय पुस्तकालयतर्फलाग्यौं । हिँड्दै जाँदा छेवैको दोबाटोमा केही युवा जमात टायर गुडाउँदै आए । टायर र केही झण्डा देख्ने वित्तीकै सहजै अनुमान गर्न सकिन्थ्यो कि अब चक्का जाम हुँदैछ । नभन्दै विद्यार्थीहरुको एक घण्टे चक्काजाम कार्यक्रम शुरु भयो । केही बेरको छलफल र भेटघाट पश्चात् मलाई पुतलीसडकमा पुगेर आफ्नो काम फत्ते गर्नुथियो । त्यसकारण पनि म अलि हतारमा नै थिएँ । अब बन्दै भएपछि के नै लाग्यो र भन्दै पुस्तकालयतर्फलाग्यौं ।
विश्वविद्यालयको यो मेरो प्रथम भ्रमण नै थियो । विश्वविद्यालयमा आवतजावत गर्ने विद्यार्थी एवम् प्राध्यापकहरूको लर्कोतर्फनजर दौडाएँ । यो अनुभव मेरा लागि एकदमै नौलो थियो । कतिपय युगल जोडीहरु हातमा मोटामोटा पुस्तक बोकेर गप्पिmदैं हिंडेका थिए । त कतिपयका अनुहारमा चिन्तन र चिन्ताका रेखाहरु पनि प्रष्टै पढ्न सकिन्थ्यो । मोटरसाइकलमा प्वांक प्वांक हर्न बजाउँदै हुँइकिने प्र्राध्यापकहरु भने केही हतारमा भए जस्ता देखिन्थे । पुस्तक पसल र चिया पसलको अगाडी झुम्म परेर बसेको समूह भने राजनीतिक गफमा मस्त देखिन्थे । विश्वविद्यालयमा आउने विद्यार्थीहरु मध्य कतिपय भने साह्रै 'फेशनेवल' लाग्यो । ती भने सबैका आकर्षाका केन्द्र बन्ने रहेछन् । त्यस्तै आफूलाई आधुनिक भन्न रुचाउने जटाधारी युवाहरु पनि आआफ्नो समूहमा बसी गफ गरिरहेका देखिन्थे । समग्रमा ती सबैको अनुहारले फरकफरक भावार्थ प्रकट गरेको थियो । नयाँ ठाउँ, नौलो परिवेश र नौला अनुहारहरुको अध्ययन गर्नु मेरा लागि भने अवसर नै थियो ।
पुस्तकालयको शान्त र ठूलो भवन प्रवेशद्वार कलात्मक बुट्टेदार थियो । भित्र छिर्ने बित्तीकै आफ्नो झोला त्यहीँ छाडेर जानुुपर्ने पुस्तकालयको नियम अनुसार मैलेपनि एउटा डायरी, केही कागजहरु र पुस्तक झिकेर झोला राखिदिन आग्रह गरेँ । अब हामी पर्ूण्ारुपमा पुस्तकालयको हाताभित्र प्रवेश गरिसकेका थियौं । पत्रपत्रिका, दर्शन, अर्थशास्त्र, भूगोल, इतिहास, कला र साहित्य, समाजशास्त्र लगायतका विविध खण्डहरुमा असंख्य पुस्तकहरु राखिएका थिए । लाग्दथ्यो, सबै पुस्तकहरुले पाठक पर्खेर बसेका छन् । केही मानिसहरु असंख्य पुस्तकहरुको रासबाट आफूलाई पठनीय लागेका पुस्तक खोजिरहेका थिए । कोही समूहगत रुपमा त कोही एक्लै । सबैको आआफ्नै अध्ययनको विषय र क्षेत्र भएर नै होला सबैजना आआफ्नो रुचि मूताविकको पाठ्य सामग्री खोजिरहेका थिए । तर मैले भने केवल र्याकमा सजाइएका पुस्तकहरु सरर्सर्ती हर्ेर्ने काम मात्र गरें । किनकि मसँग कुन पुस्तक पढ्ने भन्ने पर्ूव योजना नै थिएन । एक घण्टाको बसाइ पछि १ घण्टे चक्काजाम खुल्नासाथ मलाई अफिसतिर दौडनुपर्ने थियो ।
हामी दोस्रो तल्लामा प्रवेश गर्यौं । 'सोधपुछ' लेखिएको कार्ड झुण्डिएको खण्डमा केही मानिसहरू थिए । छेवैमा नगद काउन्टर थियो । पुस्तकालयको सदस्यता दर्ता, नविकरण जस्ता प्रशासनिक काम त्यहाँबाट हुने रहेछ । त्यसको छेवैमा कम्प्यूटर ल्याब थियो, जहाँ इमेल इन्टरनेटको सुविधा रहेछ । त्यूनतम शुल्कमा संचालन गरिएको ल्याबले विशेषगरी अनुसन्धानमा लागेका विद्यार्थीहरुलाई निकै सहयोग पुगेको मेरो ठम्याई थियो । त्यसपछिको अर्को विशेष कक्षमा भने पाठकहरु पर्ूण्ारुपले शान्त रही अध्ययन गर्दा रहेछन् । त्यहाँ अध्ययनमा बसेकाहरु सबै टाउको निहुराएर गहिरो अध्ययनमा लिप्त थिए ।
हाम्रो तीनजनाको समूह सरासर त्यो कक्षमा पस्यो । दर्ुइवटा टेबुल र एउटा कर्ुर्सर्ीीएको क्याविनमा एकजना अधबैंशे मानिस घप्लक्क परेर बसेका थिए । वरिपरिका टेबुल पुस्तक र अखबारको चाङले भरिएको थियो । 'न्यूयोर्क टाइम्स' देखि 'द काठमाडौं पोष्ट' सम्मका पत्रपत्रिकाका विशेष शर्ीष्ाकहरुमा रातो मसीले हाइलाइट गरिएका थिए । त्यस्तै रंगीबिरंगी कलमले हाइलाइट गरिएका पुस्तकहरु पनि अनगिन्ती थिए । टेबुलमा डायरी र कागजका पानाहरु पनि थिए । पुस्तक र अखबारका पृष्ठहरुमा हतार हतार तीक्ष्ण आँखा दौडाउँदै उनी केही टिपोट गरिरहेका देखिन्थे । सेतो 'पीक्याप' मा ठाँटिएका, अग्ला कदका, कैला आँखा भएका हर्ेदा 'विदेशी खैरे' जस्ता देखिने 'गंगा प्रसाद चौधरी' लाई पहिलोपटक देख्दा जोकोहीलाई पनि उनी नेपाली हुन् भनेर विश्वास गर्न गाह्रो पर्छ । एकछिन त म पनि झुक्किएँ। तर मेरा मित्रले उहाँसँग केही समय मागेपछि भने मलाई विश्वास भयो कि उनी नेपाली नै रहेछन् । उनले पनि सहजताका साथ समय दिने भनेर फटाफट बाहिर निस्किए । त्यो विशिष्ट कक्ष अध्ययनका लागि भएकाले त्यहाँ चर्को आवाजमा कोही पनि बोल्न नहुने रहेछ । त्यसैले होला उनी फटाफट बाहिर आएर केही मिटर टाढा राखिएका कर्ुर्सर्ीीेखाउँदै आफूपनि कर्ुर्सर्ीी बसे । शुरुमा परिचय आदानप्रदान भयो । परिचयको क्रममा उनले आफ्नो नाम बताए र आफू महोत्तरीको भएको पनि जानकारी दिए र विगत ८ वर्षदेखि मार्क्सवादको अध्ययनमा लागेका उनले मार्क्सवादको गहिरो अध्ययन गर्न निकै कठीन रहेको पनि बताए । उनी एक मार्क्सवादी अध्येता भएको नाताले मैले मार्क्सवादका सैद्धान्तिक प्रश्नहरु राखेँ । उनी धाराप्रवाह मार्क्सवादका अंशहरुको वर्ण्र्ाागर्न लागे । 'मानिस जन्मसिद्ध स्वार्थमा जेलिएको हुनाले स्वार्थबाट माथि नआएसम्म द्वन्द्वात्मक भौतिकवादको विजारोपण हुन सक्तैन' उनको भनाइ थियो । मार्क्सवादलाई अर्थ्याउने क्रममा उनको भनाइ थियो 'मार्क्सवाद परिवर्तनको विज्ञान हो जसले विविध रुपका शोषण, उत्पिडनलाई विस्थापित गरी नयाँ संरचनाको निर्माण गर्छ' । मार्क्सवादलार्इर्र्बुझ्न कठीन भएको बताउँदै भने 'मानिस पुरातनवादी चिन्तनमा जेलिएको हुनाले मार्क्सवाद बुझ्न सक्तैन' । यसै सर्न्दर्भमा मार्क्सवादका तीन संघटक अंकहरु १) द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद २) राजनीतिक अर्थशास्त्र र ३) वैज्ञानिक समाजवादको पनि छोटकरीमा अर्थ्याउने प्रयास गरे । यस सम्बन्धी बहस आगामी अंकहरुमा गर्नेछु ।
आफ्नो अध्ययनको उद्देश्य माथि प्रकाश पार्दै उनले मार्क्सवादको गाठ्ठी कुरो बाहिर ल्याउने हेतुले यसको अध्ययनमा लागेको बताए । 'हरेक वस्तु र घटनाको कारण जान्ने विधा नै मार्क्सवाद भएको हुनाले कारणको निषेध गरिनुहुन्न' भन्ने उनको तर्क थियो । मार्क्सवादलाई बुझ्न उनको प्रथम पुस्तक 'पुरूषवादी सत्ता -मानसिकता) विरुद्ध एक हस्तक्षेप' पढ्यो भने धेरै कुरा प्रष्ट हुन्छन् । आगामी दिनहरुमा उहाँबाट यस्तै प्रकारका पुस्तकहरु पढ्न पाइयोस् । मार्क्सवाद सामान्य शोषित, पीडित, मजदुर, किसान लगायतका गरिखाने नागरिकको दर्शन भएकाले यसको अध्ययन गरिनर्ुपर्छ । र मार्क्सवादलाई सरल र सहज रुपमा बुझिने भाषामा व्याख्या गर्न गंगा प्रसाद चौधरी जस्ता अध्येताले अहम् भूमिका खेल्नर्ुपर्छ । उहाँको सफलताका लागि शुभकामना !
मनिकर कार्की -निवर्तमान)
२०६५।०२।०४

No comments:

Post a Comment

कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...