माइक्रोसफ्ट, जोन उड र शैक्षिक जागरण अभियान

मानिस सामाजिक प्राणी मात्र नभै जीवहरुमा र्सवश्रेष्ठ चेतना भएको प्राणी शास्त्रीहरुको भनाई वास्तवमै तथ्यसंग तब देखिन्छ जब मानिसले आफूभित्रको मानवता उजागर गर्छ । यसो भन्दा मानवइतरका प्राणीहरु चेतना शून्य र भावना शून्य हुन्छन् भन्न खोजिएको होइन । निश्चित रुपमा अरु प्राणीहरुमा पनि भावना त हुन्छ नै तथापी तिनमा चेतना नहुनुुसक्छ । अझ मानवता भन्ने कुरा त चेतना भन्दा पनि अझ माथि हुन्छ । र पनि चेतना र मानवता एक अर्कामा अन्तर्निहित हुन्छन् । ग्लोबल भिलेजको अवधारणले संसारलाई एकदमै साँघुरो तुल्याइदिएको वर्तमान विश्व परिवेशमा हामी सबै समयको लाचार छाँया बनी आफूलाई घिच्याइरहेका छौं, जीवनको अन्त्यतिर । सबै सबै यत्रतत्र छरिएका अवसरको खोजीमा तँछाडमँछाड गरी लागिपरेका छन् । उपभोक्तावादको संास्कृतिक माहौलमा जन्मिएका र हर्ुर्किएका हामी त्यो भन्दा माथि उठेर आफूभित्रको मानवीयता प्रकट गनै अर्समर्थ मात्र छैनौं । यसको लागि न त हामीलाई फर्ुसद नै छ नत इच्छा नै ।
धनसम्पत्ती, भौतिक सुख र भोग विलासलाई सफलताको व्यारोमिटर मान्ने हाम्रो समाजले व्यक्तिलाई पर्ूण्ारुपमा आत्मकेन्द्रीत बनाई अवसरवादको दास बनाएको छ । त्यसैले त मानिस अवसर वा करियरको पछि दौडन्छ र समग्र परिवार, समाज र राष्ट्रभन्दा पृथक भएको नक्कल गर्छ । सूचनाप्रविधिमा आएको क्रान्तिले मानिसलाई आत्मकेन्द्रित सोचाइतिर उन्मुख बनाएको त छ नै उसलाई समाज, परिवार साथीभाइ भन्दा टाढै रही घन्टौं कम्प्यूटरमा खेल्ने आदत परिसकेको हुन्छ । त्यस्तै निर्वाध रुपमा हेरिने यौन उत्तेजक वेवसाइटहरुले समाजालाई विकृतिको श्रृङ्खला तर्फउन्मुख गराएको छ र यसले महिलामाथि हुने यौन हिंसालाई प्रश्रय दिएको छ । यी र यस प्रकारका परिघटनाबाट ग्रसीत आजको युवापुस्ताले समाज र राष्ट्रको लागि कमै समय दिन सक्छ । त्यसमाथिपनि समग्र मानव जातिको उत्थानका लागि केही नौलो आयामको समुद्घाटन गर्ला भनेर आश्वस्त हुने कमै दृष्टान्तहरु भेटिन्छन् । यस्तै कम दृष्टान्तहरु मध्ये कर्पोरेट संसारका हस्ती माइक्रोसफ्टका जोन उडले गरेका छन् ।
अमेरिका जस्तो महाशक्ति राष्ट्रका एक सम्पन्न नागरिक जो माइक्रोसफ्ट जस्तो संसारकै प्रतिष्ठित कम्पनीका एक उच्च अधिकारीका रुपमा कार्यरत थिए, उनी विश्वका विपन्न समुदायका बालकालिकामा शिक्षाको ज्योति फैलाउने दृढ अठोटका साथ आफ्नो काम, नाम र दाम सबै छाडी धोक्रा भरी पुस्तक बोकेर हिंडे । अमेरिका जस्तो चरम् व्यक्तिवादी मुलुकमा जन्मिएका, त्यसमाथि पनि माइक्रोसफ्ट जस्तो संस्थाका उच्च अधिकृतलाई के नपुग्दो थियो, कि उनी धोक्रामा पुस्तक बोकी हिंड्नुपर्ने थियो । उनले यो सब मानवजातीको उत्थानका लागि गरे । आफूलाई भौतिक सुखसयलबाट टाढा राखी शिक्षाको ज्योति फैलाउन अनिश्चयको यात्रा तर्फलम्किने उनको मुक्तकण्डले प्रशंसा गर्नैपर्छ । हो तिनै मानवतावादी हृदयका अमेरिकी नागरिक जोन उडले शिक्षाका माध्यमबाट संसार बदल्ने अठोटका साथ 'रुम टु रिड' अभियानमार्फ संसारका अति कम विकसीत मुलुकहरुमा आफ्नो परोपकारी अभियानलाई थालनी गरेको कुरा तबमात्र थाहा भयो जब उनले आफ्नो अभियानको ८ वर्षो अनुभवलाई आफ्नो पुस्तक 'लिभिङ माइक्रोसफ्ट टु चेन्ज द वर्ल्ड'मा लिपिबद्ध गरे । यसलाई आफ्ना शब्दशिल्पी हातहरुले नेपाली भाषामा अनुवाद गरी प्रगतिशील लेखक खगेन्द्र संग्रौलाले नेपाली पाठकलाई लाउनुसम्मको गुण लगाए । पुस्तकलाई मौलिक कृतिको रुपमा प्रस्तुत गर्ने सर्न्दर्भमा उनले ठ्याक्कै नेपाली नाम पनि जुराए 'माइक्रोसफ्ट देखि बाहुनडाँडासम्म' ।
नेपाल लगायत विश्वका अति कम विकसित र युद्धले ग्रस्त आधादर्जन मुलुकहरुको भ्रमण गरी उनले आफ्नो 'रुम टु रिड' अभियान मार्फ शैक्षिक जागरण अभियान सञ्चालन गर्दै आएका छन् । उनको परोपकारी अभियानले करिब १४ लाख पुस्तकहरु वितरण गरिसकेको छ भने करिब ६ हजार जति पुस्तकालय निर्माण गरी ४ हजार बालबालिकाहरुलाई माध्यामिक विद्यालयसम्मको लागि छात्रवृत्ति प्रदान गरिसकेको छ । उनको परोपकारी अभियानले श्रीलंकामा सुनामी आँधीपछि क्षत्रि्रस्त विद्यालयका भवनहरु पुननिर्माणमा सहयोग गरेको थियो ।
यो हाम्रो लागि लज्जाबोध हो किनभने एउटा विदेशी खैरेले धोक्रामा पुस्तक बोकेर हाम्रा नानीहरुलाई शिक्षा दिन आउनुपरेको छ । ऊ निःस्वार्थ भावनाले सेवा गर्न नेपाल आउँछ र दुरदराजका विकट विद्यालयहरुमा पुस्तकालय स्थापना गरी बालबालिकाहरुलाई पुस्तक पढ्ने वातावरण बनाइदिन्छ तर हामी शिक्षित भनाउँदाहरु आकाशपातालका गफ चुटी -अझ टुटेफुटेको अंग्रजी मिर्साई) साइबर क्याफे र बेकरीहरुमा हल्लिरहेका हुन्छौं । हामी आफूहरुलाई आधुनिक भएको भन्ठान्छौं तर आफ्नै नाकैमुन्तिरको गरिबी, अशिक्षा र उत्पीडनलाई देखेनदेखेझैं गर्र्छौं ।
हामी बालअधिकारको चर्काचर्की बहस गर्र्छौं । तर आफ्नै घरमा बालश्रमको प्रयोग भएको देखेनदेखे झैं गछौर्ं । यी र यस प्रकारका बेथितिहरुको अन्त्य नभएसम्म नयाँ नेपालको कुनै गुञ्जायस नै छैन । हो शिक्षा नै नयाँ नेपाल निर्माणको दरिलो र बलियो आधार भएकाले जोन उडको यो अनुकरणीय कामबाट प्ररित भई गगन थापाले 'एजुकेशन फस्ट' अभियानको अवधारणा ल्याउनुभयो । उहाँले र्सार्वजनिक रुपमै आफूले मासिक रु. १००० सो अभियानलाई प्रदान गर्ने उद्घोष गर्नुभयो । गगन थापाको यो अभियानलाई र्सार्थकतातर्फडोर्याउने उद्देश्यले देशव्यापीरुपमा विभिन्न अभियानहरु शुरु भएका छन् । कसैले आफ्नो घरमा खुत्रुके राखेर अभियानलाई सहयोग गर्न अर्थ संकलन गरेका छन् त कसैले 'शिक्षाका लागि रु. १' जस्ता नामले यो महान् परोपकारी कामको थालनी गरेका छन् । यसैको एउटा कडीस्वरुप हामीले पनि एउटा अभियान शुरु गरेका छौं । त्यो हो 'शैक्षिक जागरण अभियान' । आर्थिक दुरावस्थाका कारण पाठ्यसामग्रीको अभावमा पढ्नलेख्नबाट बञ्चीत बालबालिकाहरुलाई पाठ्यसामग्री उपलब्ध गराएर सहयोग गर्ने उद्देश्यका साथ बुटवल फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालय बुटवलमा एउटा अक्षयकोष खडा गरी अभियानको थालनी गरेका छौं ।
निश्चित रुपमा हाम्रा आम्दानीका स्रोतहरु सिमीत छन् । हामीले आफ्ना आम्दानीका स्रोतहरु बढाउन सक्तैनौं । तथापी खर्च कटौति गर्न सक्छौं । हामीले आफूले गर्ने खर्चमा दैनिक रु.१ ले कटौति गरी यो अभियानलाई सहयोग गरौं । यसका लागि समस्त पाठकवृन्दलाई हाम्रो अभियानको तर्फाट के आव्हान गर्न चाहन्छौं भने तपाईंहरुको सानो सहयोगले ती कलिला बालबालिकाले शिक्षाको अवसर पाउनेछन् । चेतनाको ज्योति बाँड्ने महान् कार्यमा सहभागि बनी मानवताको परिचय दिऔं ।
मनिकर कार्की -निवर्तमान)
२०६५/०४/०८

No comments:

Post a Comment

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान” विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परी...