हिमाल हाँसेको .....


tD3f;sf] /];'ª\ufaf6 b]lvPsf] wf}nflu/L nufotsf dgf]/d lxd>[+vnfx? ==========







सुर्खेत दैलेखका प्रेमिल तरंगहरु


घुमफिरमा विशेष रुचि राख्ने म, नया“नया“ ठाउ“ घुम्न पाउ“दा निकै रोमाञ्चित हुने गर्दछु । यात्रा भनेपछि हुरुक्कै हृदयका तारहरु त्यसैत्यसै झंकृत हुनर्ेगर्दछन् र नै मौका मिल्नासाथ झोला च्यापेर यात्रामा निस्किहाल्छु । यात्राको सर्न्दर्भमा बुढापाकाहरुको हिंडेदेखि छेऊ लाग्छ, बसे लेऊ लाग्छ भन्ने लोकोक्ति उद्धरण गर्नु वाञ्छनीय नै होला । जेहोस् यात्राले छेऊ नलागे पनि जीवन र जगतलाई बुझ्ने सिलसिलामा भने निकै सहयोग गर्छ । यात्रामा धेरै कुरा सिक्ने र प्रत्यक्ष सहभागिताका साथ अनुभूतिगर्ने अपर्ूव अवसर भने अवश्य नै मिल्दछ, जुन किताबी ज्ञान र दर्शनबाट विरलै पाउने गरिन्छ । त्यसैले त प्रकाण्ड विद्धानहरुले पनि यात्रालाई खुला पुस्तकको रुपमा परिभाषित गरिदिएका छन् नि ।

सर्ुर्खेत बसाइको पहिलो दिन त्यहा“ आयोजित दोश्रो सर्ुर्खेत महोत्सवको अवलोकन गरिसकेपछि रामकृष्ण कार्की, दोवन रावल र मसहितको तीन जनाको टोली सर्ुर्खेतको बुलबुले ताल हर्ेन गयौं । बुलबुल तालको बारेमा जुन प्रकारको कल्पना गरेको थिएं, यथार्थमा त्यो भन्दा विलकुल भिन्न पाएं । ताल भन्नेवित्तीकै फेवा ताल, रारा ताल, रुपा ताल जस्तै ठूलो जलाशयको काल्पनिक चित्र दिमागमा आइपुग्छ । त्यस्तै सर्ुर्खेतको बुलबुल ताल पनि त्यस्तै प्रकारको ताल होला भन्ने लागेको थियो । तर, बुलबुल ताल त्यस्तो ठूलो जलाशय नभइ, सानो पोखरी रहेछ । बुलबुल तालको विशेषता भनेको ताल -पोखरी)ले चर्चेको क्षेत्रमा जमिनबाट पानीका फोकाहरु उठेको प्रत्यक्ष देख्न सकिने रहेछ । जेहोस् माछा पाल्ने एक्वारियममाझैं पानीका फोकाहरु उत्पन्न हुने र पानीको सतहमा पुगेपछि बिलाउने क्रम निकै रामाइलो र रोमाञ्चकारी देखिन्थ्यो । हामीले पनि केहिक्षण बुलबुल तालमा चलेको पानीका फोकाहरुको लुकामारी हेरेर आनन्द लियौं । त्यसपछि ताल क्षेत्रमा बनाइएको मानव निर्मित उद्यानलाई चक्कर मार्दै बाहिरियौं ।

अबको हाम्रो गन्तव्य थियो, का“क्रेविहार । ऐतिहासिक तथा पुरातात्विक महत्वको का“क्रेविहार क्षेत्रको इतिहासको बारेमा तथ्यपर्ूण्ा जानकारी पाउन भने सकिएन । विहार क्षेत्रको रेखदेख गर्न बसेका पालेदाईले का“क्रेविहारको सर्न्दर्भमा चलिआएको जनश्रुति र पौराणिक कहानी बाहेक इतिहासको तथ्यगत जानकारी दिन सकेनन् । उनी बाहेक कांक्रेविहारको ऐतिहासिक महत्व बताउन सक्ने कोही पनि भेटिएन । पछि अवलोकनकै क्रममा त्यसको संरक्षणमा जुटेका एकजना ज्ञाता जस्ता देखिने व्यक्ति सशस्त्र सुरक्षासहितको कुनै 'विशिष्ट' व्यक्तिलाई ब्रिफिङ्ग गरिरहेका थिए । वरिष्ठ व्यक्तिलाई ब्रिफिङ गरिरहेका उनप्रति केही जिज्ञासासहितको संकेत प्रस्तुत गर्दा उनले हामीलाई हर्ेनसम्म पनि आवश्यक ठानेनन् । फेरि हाइ प्रोफाइलका कसैलाई ब्रिफिङ गरिरहेको व्यक्तिस“ग हामी जनसाधारणले धेरैकुरा सोध्नुपनि वाञ्छनीय थिएन । कांक्रेविहारको इतिहास जान्ने कौतुहलता मनमै राखेर हामी फर्कियौं । जेहोस् यत्रतत्र छरपस्ट छरिएर रहेका भग्नावशेषका ढुंगाहरुमा कु“दिएका चित्र तथा आकृतिहरुबाट के सहजै अनुमान गर्न सकिन्थ्यो भने ती सम्पदा निश्चय पनि प्राचीनकालीन सम्पदाहरु नै हुन् जसको उचित संरक्षणमा राज्य लाचार बनेको देखियो । अझ यसो भनौं इतिहासका बहुमूल्य सामानहरुलाई जोगाउन राज्य निकै उदासीन रहेको देखियो ।

कांक्रेविहारबाट फर्किएपछि मैले सहयात्री मित्रद्वय रामकृष्ण कार्की र दोवन रावललाई दैलेख जाने प्रस्ताव राखें । सुरुमा त हाम्रा अग्रज सहयात्री तथा दाजु रामकृष्ण कार्कीले आनाकानी गर्नुभयो । तर, वहा“हरुको अफिशियल कामपनि छ भन्ने थाहा पाएपछि मैले वहा“लाई थप जोस्याए“ । त्यसपछि त के चाहियो र - वहा“हरु मोटरसाइकलको ह्यान्डल उत्तरतर्फमर्काएर उकालो चढिहाल्नुभयो । म पनि पछिपछि वहा“हरुलाई पच्छ्याउ“दै उकालो लागें । मित्र दोवन रावलले अघिल्लो दिनदेखि नै नेपालगञ्जसम्मको लागि आफ्नो मोटरसाइकल मेरो जिम्मा लगाइदिएका थिए । कालोपत्रे गर्नको लागि गिटी विच्छाइएको उकालो नागवेली सडकमा मोटरसाइकल हर्ुइंक्याउन कम्ती सजिलो भने थिएन, तैपनि नया“ गन्तव्यमा पुगिने लोभले बडो मुस्किलका साथ मोटरसाइकल उकालो लगाए“ । खाल्डाखुल्डी र धुलाम्य सडक नै भएपनि तर्राईको समथर सडकमा मोटरसाइकल चलाएका हातहरुले पहाडी डा“डाका“डा, खोंच, कन्दरा छिचोल्दै घर्ुमाइलो परेको कच्ची सडकमा मोटरसाइकल कुदाउ“दा सुरुसुरुमा त हंशले ठाउ“नै छोडेको भान भएको थियो । तर, केही समयपछि भने भित्रैदेखि साहस पलाएर आयो अनि केही समयपछि त हात पनि सफा भएछ क्यार, खासै अफ्ठेरो महशुस भएन ।

दैलेखसम्मको यात्राले मन एकातिर चञ्चल भइरहेको थियो भने अर्कोतर्फअ“ध्यारोले निल्दै गइरहेको थियो । त्यसैगरी चिसो सिरेटोको वेग पनि क्रमशः सघन बन्दै गइरहेको थियो, तथापि हाम्रो रफ्तार निरन्तर जारी नै रह्यो । पहाडी कच्ची सडकमा मोटरसाइक चलाउ“ने अनुभव भनए पनि दैलेखको यात्राले मलाई अनुभवी चालक बनाउन सघाइरहेको थियो । गुरा“सेे डा“डामा पुगिसकेपछि भने यात्रा अलिक सहज भयो । त्यस उता कालोपत्र गर्ने क्रममा छेउकुना मिलाएर माटोले पेलिएको सडकमा मोटरसाइकल हर्ुइंक्याउ“दा भने निकै सहज अनुभव भएको थियो । तथापि गुरा“से लेकको चिसोले भने हातहरु कठ्यांग्रिदै थिए । गुरा“सेबाट करिब पा“च किलोमिटरको यात्रा तय गरिसकेपछि हामी केहीबेर तातो चिया सुर्क्याउने उद्देश्यले रोकियौं । पचास पचपन्न वर्षी झैं देखिने होटलवाल्नी आमैले मरिच हालेको तातोपीरो चिया पिलाइन । चिसोले कठ्यांग्रिएका हात आगोको रापमा सेकाएपछि अलि रक्तसञ्चार भएझैं लाग्यो ।

चिया पिइओरी ओरालो लाग्दा सा“झ झमक्कै परिसकेको थियो । होटलवाल्नी आमैले दैलेख पुग्न अब दर्ुइघन्टा लाग्ने बताएकी थिइन् । अब भने निरन्तर नागबेलीझैं फैलिएको कच्ची सडकमा नजर दौडाउ“दै मोटरसाइकलको ह्यान्डिल बटार्नुको विकल्प थिएन । चारैतिर निष्पट्ट अ“ध्यारो पोखिएको थियो, तल खोलो कराएको आवाज र मोटरसाइकलको इन्जिनको आवाज बाहेक कानमा अरु केही गुञ्जायमान हुँदैनथियो । यसरी मोटरसाइकलको बत्तीले चूकझैं पोखिएको अ“ध्यारो चिर्दै करिब दर्ुइघन्टाको यात्रा तय गरिसकेपछि हामी दैलेख बजारमा पुग्यौं । बजारमा पुग्दा चारैतिर अन्धकारै अन्धकार छाएको थियो भने बजार पर्ूण्ातया चकमन्न भइसकेको थियो । यतिबेलासम्म दैलेख बजारको अवस्थिति अनुमानमा नै सीमित भइरहको थियो, भोलिपल्ट बिहानसम्म पनि स्थितिमा कुनै परिवर्तन नआउने पक्का थियो किनकि अघिल्लो दिनदेखि बिजुली बत्ती बिग्रिएको हु“दा त्यसरात अन्धकारमा नै बिताउनुको विकल्प रहेनछ ।

बजार क्षेत्रतर्फअगाडि बढ्दै जा“दा एउटा होटलमा पुगेर अडियौं । हामी त्यसरात त्यहीँ बस्ने निधो सहित साहुजीलाई कोठा देखाउन आग्रह गर्यौं । साहुजीले कुनै सुरुङ मार्गझैं लाग्ने एउटा कोठामा लिएर गए, जसमा तीनवटा खाट, एउटा टेवल र टेवलमाथि चौध इन्चको टेलिभिजन सेट राखिएको थियो । निष्पट्ट अ“ध्यारोमा पिलपिले चाइनिज लाइट बालेर टेलिभिजनको आकार नाप्नुको विकल्प थिएन । त्यसैलेे दिनभरीको अपडेटको लागि झोलामा भएको रेडियोको कान बटारें, तर निरन्तरको स्या“ ....स्या“ ..... बाहेक केहिपनि प्रतिध्वनित भएन । अब भने खाटमा राखिएको पिलपिले सिरक ओढेर पल्टिनुको विकल्प थिएन । केहीबेरमा तलबाट खाना तयार भएको जानकारी पाइयो । खाना खान जा“दा त साथीले दर्ुइपटक पकाएको भात पो खुवाए । पछि होटलवालास“ग सिकायत गर्दा ँहुलमुलमा त्यस्तै भयो सर, भोलि राम्रो खुवाउ“छु’ भनी आफ्नो गल्ती स्वीकार गरे । जेहोस् भोलिपल्ट बिहान भने ताजा र मिठै खाना खुवाए, सोच्यौं हाम्रो सिकायतले राम्रै काम गरेछ ।

भोलिपल्ट बिहान उठेर नित्यकर्म सकी बाहिर निस्क“दा घडीको र्सर्ूइंले आठ बजाइसकेको थियो । त्यसपछि दैलेखको अखण्ड ज्वाला हर्ेन जाने निधो गरियो । दैलेख बजारबाट करिब दस किलोमिटरको दूरीमा रहेको उक्त स्थान जानका लागि भर्खरैमात्र ट्रयाक खोलिएको रहेछ । चालीस ड्रि्रीको ठाडै ओरालो कच्ची धुलाम्य ग्रामीण सडकमा मोटरसाइकल चलाउ“दा कति ठाउ“मा त हंशले पनि ठाउ“ छाडेको थियो । दैलेख बजार र दुल्लुबीचको खोंचमा रहेकोे राउतकोट गाविसमा अवस्थित श्रीस्थान ज्वाला मन्दिरको बारेमा विभिन्न किंवदन्ती तथा जनविश्वास रहिआएको पाइयो । केहीको जनविश्वास उक्त ज्वाला महाभारतकालीन पा“च पाण्डवको पालादेखि निरन्तर बल्दै आएको भन्ने छ । त्यस्तै श्रीस्वस्थानी व्रतकथामा पनि त्यस ठाउ“को महिमा वर्ण्र्ाागरिएको बताउ“दै थिए स्थानियबासीहरु । उक्त निरन्तर प्रज्ववलित भइरहने ज्वालाको बारेमा जेजस्तै किंवदन्ती र जनश्रुतीहरु भए तापनि उक्त ज्योति हर्ेदा र त्यसबाट निरन्तर आइरहेको ग्यांसको गन्धले त्यस भेकमा अथाह प्राकृतिक ग्यासको भण्डार छ भन्ने सहजै अनुमा गर्न सकिन्थ्यो ।

जेहोस् त्यो अथाह ग्यांसको भण्डारको उत्खनन् गर्न सके आर्थिक रुपमा पनि नेपाल निकै अगाडि बढ्ने थियो भने भयावह बन्दै गइरहेको ऊर्जा संकट समाधानमा पनि कोशेढुंगा नै साबित हुने थियो कि । दैलेखमा बलिरहेको ग्यांसको भण्डार त एउटा नमूनामात्र हो । केही समयअघि कपिलवस्तुको वाणगंगामा मटि्टतेल बगिरहेको समाचार प्रकाशमा आएको थियो भने दाङ्गमा पनि पेट्रोलिय पदार्थ भेटिएको समाचार प्रकाशमा आएको थियो । यसप्रकारका प्राकृतिक सम्पदा त नेपालमा धेरै छन्, बस् तिनको भौतिक उपयोग हुन मात्र नसकेको हो । अथवा यसो भनौं प्राकृतिक श्रोत तथा साधनको भौतिक उपयोग गर्न आवश्यक प्राविधिक तथा पूँजीगत श्रोत जुटाउन नसक्नु र सरकारले पनि त्यसतर्फकुनै चासो नदेखाउनु हाम्रो नियती नै हो भन्दा फरक नपर्ला ।

श्रीस्थानको ज्योति हेरिसकेपछि हाम्रो टोली पुनः दैलेख बजार फर्कियो र खानपिन गर्ने कार्य भयो । अघि नै उल्लेख गरियो कि यसपटकको खानामा भने होटलका साहुजीले उल्लेख्य सुधार ल्याएका थिए । त्यसपछि अफिसियल कामको सिलसिलामा करिब एघार किलोमिटर उत्तरतर्फो भैंसीखोर भन्ने ठाउ“मा पुगियो । बाटोको हालत त उही पुरानै हो, यद्यपि भैंसीखोर जाने बाटो भने श्रीस्थानको झैं अफ्ठेरो थिएन । भैंसीखोरबाट र्फकंदा सा“झको पा“च बजिसकेको थियो । अब भने सबैकाम फत्ते भइसकेको हु“दा हामी सा“झनै दैलेख छाडी करिब दस किलोमिटर वर रहेको चुप्रा भन्ने ठाउ“मा बास बस्ने निचोडका साथ सा“झको चिसो सिरेटोलाई चिर्दै हर्ुइंकियौं । त्यसदिन चुप्रामै बास बसियो । सा“झ होटलवाला तामाङ दाजुले साह्रै मिठो माछाको सुकुटी र भात खुवाए । शरीरमा थकानको मात्रा बढ्दै गएकोले त्यसदिन चा“डै सुतियो । भोलिपल्ट बिहान उठ्दा सात बजिसकेको थियो ।


मनिकर कार्की 'निवर्तमान'

सुर्खेत महोत्सव र सम्झनाका कुइनेटाहरु

केहिवर्षघिदेखि नेपालगञ्जलाई आफ्नो कार्यथलो बनाउ“दै आउनुभएका पर्ूव सहकर्मी तथा अग्रज मित्र रामकृष्ण कार्कीस“ग टेलिफोनमा आसन्न मध्यपश्चिम क्षेत्रीय महोत्सवको बारेमा कुरा हु“दा वहा“ले मध्यपश्चिम घुम्न आउन आग्रह गर्नुभयो । घुमफिर भनेपछि हुरुक्कै हुने मलाई अरु के नै चाहियो र, त्यसमाथि दाङ्गसम्म त मलाई पुग्नुनै थियो, केही अन्य कामका लागि पनि । भोलिपल्टै झोला बोकेर लागियो मध्यपश्चिमको यात्रातिर । कोठाबाट निस्क“दा मध्यान्नको साढें तीन बजिसकेको हु“दा बसपार्कमा गएर दाङ्ग जाने बसको बारेमा बुझ्दा सबा चारबजे घोराहीका लागि बस छुट्ने जानकारी पाइयो । मेरो पहिलो गन्तव्य दाङ्ग भएको हु“दा त्यहीं जाने निधो गरी बसको टिकट काटें र बसमा चढें । सवा चारबजे बुटवल बसपार्कबाट छुटेको बसले तिनाउ पुल पारगर्दा घडीको सूइले सांझ पा“च बजेको संकेत गरिसकेको थियो । त्यसपछि पनि बसले गतिलो रफ्तार लिन भने सकेन ।

बस घ्याच्चघ्याच्च रोकिंदै यात्रुहरु चढाउने र ओराल्ने गर्दा लाग्दथ्यो कि त्यो बस कुनै लामो दूरीमा चल्ने सवारी नभई बुटवल वरपर चल्ने लोकल माइक्रोबस नै हो । र पनि बसमा गुरुजीले बजाइदिएको लोकदोहोरी तथा भारतीय चलचित्रका उत्ताउला गीतसंगीतमा तरंगित हुदैं यात्रा गर्नुको विकल्प थिएन । अ“ध्यारो सडकमा एकोहोरो दौडिरहेको गाडीको इन्जिनको कर्कश आवाजलाई भने उक्त संगीतले साम्य पारेकै थियो । करिब पा“च घन्टाको सफरपछि दाङ्गको घोराही पुग्दा घोराही बजार नै मस्त न्रि्रामा परेझैं लाग्दथ्यो । रित्ता र चकमन्न सडकमा कार्तिके कुकुरहरुको आवाजबाहेक मानिसको कल्याङमल्याङ सुनिदैनथ्यो । म आफ्नो गन्तव्यमा पुग्दा रातको दस बजिसकेको थियो ।

भोलिपल्ट जुन कामको लागि दाङ्ग गएको थिए“, सबैभन्दा पहिले त्यो काम नै निप्ट्याउनु थियो । बिहानै उठेर सरोकारवाला साथी शिव पाण्डेलाई भेटी कामकुरो फत्ते पारिसकेपछि म माइक्रोबस चढेर नेपालगञ्जतर्फहान्निए“ । नेपालगञ्जसम्मको यात्रा भने भनेजस्तो नै भयो । माइक्रोबस घोराहीमै यात्रुहरुले खचाखच भरिएको हु“दा त्यसले बीचबीचमा अघिल्लोलेझैं घ्याच्चघ्याच्च रोक्दै यात्रुहरु कोच्ने काम गरेन नै, बाटो पनि सजिलो र सीधा भएकोले बसले आफ्नो रफ्तार पनि बढायो र करिब एघारबजेनै नेपालगञ्ज पुर्यायो ।



नेपालगञ्जमा पुगेपछि साथीहरुबीच अभिवादन आदनप्रदान गर्दै केहीबेर सुस्ताउने काम भयो । माइक्रोबसले खाना कोहलपुरमा नै खुवाइसकेको हु“दा, खानाखाने लेठो गर्नु परेन । त्यसपछि अनन्य मित्रद्वय रामकृष्ण कार्की र दोवन रावलस“ग सर्ुर्खेत जाने योजना बन्यो । साथीहरुको अफिशियल काम पनि रहेछ सर्ुर्खेतमा, आखिर पशुपतिको जात्रामा स्रि्राको व्यापार न हो । म परें सबैथोकबाट फुक्का फिरन्ते । बस् झोला बोकेर नेपालगञ्जबाट उकालो लाग्दा दिउ“सोको तीन बजिसकेको थियो । कोहलपुर, चिसापानीको बर्दिया राष्ट्रिय निकुञ्जको चेकपोष्ट पार गरिसकेपछि जब उकालो सुरु भयो, चिसो सिरेटोको मात्रा पनि बढ्दै गयो । यात्राको रोमाञ्चकारी अनुभूतिका अगाडी नाथे चिसोले केनै छेक्थ्यो र - तैपनि सा“झ ढल्कि“दै जा“दा चिसोपनको मात्रा पनि बढ्दै गइरहेको थियो, ज्वरो नाप्दा थर्मोमिटरको पारो बढेझैं । निकुञ्जको घना जंगलमा लमतन्न सुतेको कालो नागबेली सडकको बीचबाट मोटरसाइकल हर्ुइंक्याउ“दै दायाँबायाँको दृष्यदृष्यावलीहरुको अवलोकन गर्दै हामी अघि बढ्यौं ।
बर्दियाको बबई पुग्दा सा“झको साढे चार जति बजिसकेको थियो । सर्ूयास्तको समयमा रातो हु“दै गएको आकाश र बबईबाट बहने चिसो सिरेटोले वातावरणलाई थप रोमाञ्चित पारिरहेको थियो । त्यसैले शायद थकान भन्दा आनन्दको अनुभूति भइरहेको थियो । बबईमा केहिबेर सुस्ताउने र हल्का नास्ता गर्ने निधोसहित हामी रोकियौं र छेवैमा रहेको होटलमा नास्ताको अर्डर गर्यौं । केहीक्षणको पर्खाइ पश्चात् चिउरा र माछाको सुप आइपुग्यो । होटलवाल्नी दिदीस“ग माछा कहा“को हो भनी प्रश्न गर्दा 'खोलाको' भन्ने जवाफ पाइयो । तर माछाको स्वाद लिंदा भने माछा बबई खोलाको नभई पोखरीको झैं लाग्दथ्यो । यत्तिकैमा मित्र रामकृष्ण कार्कीले 'खोलाको नभए पनि खोलाको पानीले धोएको भने पक्कै हो' भन्दा एकछिन होटलमा अट्टाहस नै छायो । खोलामा वीष हालेर, करेन्ट लगाएर माछा मार्ने प्रवृत्ति ह्वात्तै बढेको हु“दा अब नदीनालाहरुमा माछा लोप हु“दै गइरहेका छन् । केहि समयअघि चिसापानीस्थित कर्ण्ााली नदीमासमेत माछा पाइन छाडेको समाचार पढेको थिए“, त्यहा“ पनि एकछिन त्यसैको चर्चा भयो । जेहोस् चिसो सिरेटोले मुटु छोएरै पनि होला, माछाको झोल र चियरा भने निकै स्वादिलो थियो ।


चिउरामाछा उदरस्थ गरिसकेपछि उकालो लाग्दा बिलकुल नया“ र भिन्न परिवेशमा पर्ूववतः दृष्यहरु दोहोरिरहेका थिए । पहाडी नागबेली परेको सडक सानै भएपनि रामै थियो, खोल्सा र झाडीका एकाध खाल्टाखुल्टी बाहेक । तुलनात्मक रुपमा अन्य क्षेत्रहरुमा धन्दा सवारीसाधनको चाप कम भएरै होला सडक बिग्रिसकेको थिएन । करिब पौने घन्टाको सफरपछि बर्दिया र सर्ुर्खेतको सीमाना हर्रर्ेे रहेको निकुञ्ज चकपोष्ट आइपुग्यो । हामी तीन प्राणी दर्ुइवटा मोटरसाइकलमा हर्ुइंकिएका थियौं । ड्युटीमा रहेका हतियारधारी सुरक्षाकर्मीले झोलामा के छ भनी प्रश्न गरे - मैले प्रतिउत्तरमा 'कात्राककुत्रुक' भन्दा पुलुक्क आ“खातिर हर्ेर्दै झोला खोलेर देखाउन भने । नाथे हामी फिरन्तेझैं घुम्न हिंडेका यात्रीहरुको झोलामा के नै हुन्थ्यो र - झोलामा भएको क्यामेरा, रेडियो, पुस्तक, डायरी, टोपी, गलवन्दी लगायतका सामानहरु एकएक गरी अगाडि तेर्स्याइदिए“ र 'ठीक छ' भन्दै आफ्नो ड्युटी पुरा गरे । यतिबेलासम्म चेकपोष्टको खोपीमा सवारी दर्ता गराएर अर्का सहयात्री दोवन रावल फर्किसकेका थिए ।


अब भने अ“ध्यारोले निल्दै गइरहेको थियो भने चिसोपन पनि क्रमशः बढ्दै गइरहेको थियो, र पनि हाम्रो रफ्तार निरन्तर जारी नै रह्यो । करिब पौनेघन्टाको निरन्तर यात्रापछि हामी छिन्चो पुग्दा सा“झको सा“ढे छ बजिसकेको थियो । अब रातको समयमा सर्ुर्खेत पुग्नेस्थिति पनि थिएन र साथीहरुको पनि केही काम भएको हु“दा त्यस रात छिन्चोमै विताइयो । भोलिपल्ट बिहान होटलबाहिर निस्क“दा सात बजिसकेको थियो । अगाडिको यात्राको तयारीसाथ मोटरसाइकल कुदाउन खोज्दा त, ज्या एउटा मोटरसाइकल त पन्चर पो भएछ ! चिसो ठिहीमा लतार्दै मोटरसाइकलको पंचर बनाउन लग्यौं । छिन्चोलाई छोड्दा बिहानको आठ बजिसकेको थियो । बिहानीको चिसो हुस्सु चिर्दै लमतन्न सुतेको सडकको छाती छिचोल्दै अघि बढ्दा काठमाडौंको हुस्सु र भर्ुइं कुहिरोले मुटु छोएझैं लाग्दथ्यो ।

करिब बीस मिनेटको कुदाइमा नै साथी दोवनको हात कठ्यांग्रिएछ, उनले मोटरसाइकल मेरो जिम्मा लगाइदिए । साथीले हतारैहतारमा पञ्जापनि नलिई हिंडेका रहेछन्, चिसोमा बिना पञ्जा मोटरसाइकल चलाउ“दा मैले पनि तोरीको फूल नै देखें । जेहोस् यात्राको अलौकिक अनुभूतिले ममा उर्जा थपिएकै थियो । चिसो र ठिहीको कुनै पर्वाह नै नगरी हामी निरन्तर अघि बढ्यौं । करिब एक घन्टाको सफरपश्चात् हामीलाई सर्ुर्खेत उपत्यकाले स्वागत गर्दा घडीको र्सर्ूइले एघार बजाइसकेको थियो । मेरोलागि यो पर्ूण्ातया नया“ भूगोल थियो, र नै मन खुसी र उन्मादले चञ्चल भएको थियो । सर्ुर्खेत पुग्दा पारिलो घामले पनि वातावरण निकै घमाइलो पारेको थियो, त्यसमाथि 'दोश्रो सर्ुर्खेत महोत्सव २०६७' लेखिएका रंगीचंगी ब्यानर र ध्वजापताकाहरुले सर्ुर्खेत दुलहीझैं सिंगारिएको थियो । शायद महोत्सव भएरै होला, बाटा वरिपरिका फोहोरलाई पनि व्यवस्थापन गरिएको थियो । मध्यपश्चिमकै शान मानिने सर्ुर्खेतले सबैको ध्यान आकृष्ट गरिरहेको भान हुन्थ्यो, सर्ुर्खेत महोत्सवको त्यो रंगिन माहौल देख्दा ।

फुलबारी गेष्ट हाउसको थकाली स्वाद लिइसकेपछि साथीहरु आफ्नो काममा लाग्नुभयो । कामकुरो फत्ते भइसकेपछि दोश्रो सर्ुर्खेत महोत्सव २०६७ अवलोकन गर्नका लागि टुंडिखेलतर्फलाग्यौं । महोत्सवको दोश्रो दिन टुंडिखेल दर्शकहरुको भीडले खचाखच नै थियो । हामीपनि बुङ्बुङ्ती उडिरहेकेा धुलोबाट नाक र मुख बचाउने चेष्टा गर्दै त्यही भिडमा समाहित हुन पुग्यौं । स्वागतद्वार पुग्नु अगावै ठाउ“ठाउ“मा "सर्ुर्खेत महोत्सवको अभियान, मध्यपश्चिमको पहिचान, दोश्रो सर्ुर्खेत महोत्सव २०६७" लेखिएका रंगिचंगी व्यानरहरु टा“गिएका थिए । लाग्दथ्यो सर्ुर्खेत महोत्सवले धेरै मध्यपश्चिमवासीहरुको ध्यान आकृष्ट गर्न सफल भएको छ । औद्योगिक, व्यापारिक, सांस्कृतिक, कृषि तथा पर्यटन मेला नाम दिइएको उक्त महोत्सवमा रहेका घरेलु उद्योग तथा कृषि, वनपैदावारसम्बन्धी स्टलहरु उल्लेखनीय थिए । तर, अधिकांश स्टलहरु भने व्यापारिक प्रयोजनका लागि विद्युतीय तथा सवारीसाधन, चाउचाउ, बिस्कुट, तेल, खाद्यान्न, लत्ताकपडा, लगायतका सामग्रीहरुले भरिपर्ूण्ा देखिन्थे ।

त्यस्तै हस्तकलासम्बन्धी स्टलहरु पनि उल्लेखनीय नै थिए । अल्लोबाट बनेका कपडा, स्थानिय दैलेखी ढाकाबाट बनेका सल, रुमाल, टोपी लगायतका कपडाहरु पनि आकर्षाका केन्द्रविन्दु नै देखिन्थे । हर्ेदा कुहिएको जस्तो देखिने तर खा“दा साह्रै मिठो स्वादको जुम्लाको स्याउ तथा साह्रै रसिलो दैलेखको सुन्तला पनि विशेष लाग्दथ्यो । महोत्सवको अर्को सबल पक्ष भनेको स्थानिय मध्यपश्चिमको सांस्कृतिक झा“कीहरु जस्तै थारु नाच, सोरठी नाच, भौलो खेल, देउडा, झ्याउे आदिको पर््रदर्शनी नै देखियो । समग्रमा दोश्रो सर्ुर्खेत महोत्सव दर्शकहरुको चहलपहल र कृषि, औद्योगिक, हस्तकला, स्थानिय प्रविधी आदिको पर््रदर्शनीका लागि उल्लेखनीय नै देखियो । र पनि अन्य स्थानहरुमा झैं त्यहा“पनि स्थानिय उत्पादनको बिक्री पर््रवर्द्धनमा भन्दा बजारी सामानहरुको बिक्रीलाई विशेष जोड दिइएको देखियो । आखिर चरम् उपभोक्तावादी चिन्तनमा फँसिसहेका हामीले जस्तोसुकै महोत्सव र मेलाहरुमा पनि उही बहुराष्ट्रिय निगमका उत्पादनहरुको बिक्री र पर््रवर्द्धनलाई नै जोड दिइरहेका न छौं । सर्ुर्खेत पनि त्यसबाट भने अछुतो रहेको देखिएन ।
मनिकर कार्की 'निवर्तमान'
manikar.nibartaman@gmail.com

जेलिंदै गएको राजनीतिक जटिलता

राजनीतिक निकासका लागि भन्दै मध्य तिहारबाट सुरु भएको हात्तीवनदेखि गोकर्ण्र्ाारसोर्टसम्मको गौप्य बैठकले निश्चय पनि केही ठोस निश्कर्षा साथ मुलुकको राजनीतिक गतिरोध अन्त्य हुने आशा गरिएको थियो । दलहरुबीच बन्ने सहमतिले लामो समयदेखिको सरकारविहीनताको अवस्था अन्त्य हुने र मुलुकले कामचलाउ सरकारको शासनबाटसमेत मुक्ति पाउने आशा आम नेपालीले गरेका थिए । तर, आम नागरिकको आशा र विश्वासको भ्रुण अंकुराउन नपाउ“दै त्यो धुलिसात् भयो, जब मंसिर ३ गते व्यवस्थापिका संसदमा असहमतीय गोलचक्कर विस्फोट हुन पुग्यो ।

त्यसपछि संविधानसभाको ठूलो दल एकीकृत माओवादी आफ्नो तत्कालीन र दर्ीघकालीन कार्यदिशा तय गर्न केन्द्रिय समितिको विस्तारित बैठकमा व्यस्त भयो र त्यसपछिको करिब एक हप्ता एकीकृत माओवादीको विस्तारित बैठकस्थल पालुङ्गटारतिर दृष्टि लगाउ“दै व्यतीत हुन पुग्यो । दर्ीघकालीन सैद्धान्तिक मतभेदको तत्काल हल गर्न नसकेपनि हाललाई साझा संक्रमणकालीन कार्यदिशा तय गर्दै माओवादीको विस्तारित बैठक पनि सकिएकोछ । अब फेरि पनि नेपाली राजनीतिमा दलहरुबीच छलफल र वार्ताका श्रृंखलाहरुले पुनः गति पाउनेछन् र हात्तिबनदेखि गोकर्ण्र्ाारसोर्टसम्मका दृष्यहरु पर्ुनताजगी हुनेछन् । तर, दलहरुबीचको विमतिका बु“दाहरु थप जटिल बनिरहेको पर्रि्रेक्ष्यमा सहमति र सहकार्यको संभावना भने सा“घुरिंदै गइरहेको छ । जसबाट नेपाली राजनीतिको झन्पछि झन् कसि“दै गएको मात्र छैन किन्तु नया“ राजनीतिक गा“ठाहरुसमेत थपिएका छन् ।

मंसिर ३ गतेको व्यवस्थापिका संसदको बजेट बबन्डरमार्फ बिस्फोट भएको असहमतिले बढ्दै गइरहेको राजधानीको चिसो मौसममा पनि राजनीति तताइरहेको बेला माओवादीले आफ्ना सेनाहरुलार्इर्र्मेत विस्तारित बैठकमा सहभागि गराएको विषयले राजनीतिको ज्वरो ह्वात्तै बढाइदिएको छ । माओवादीले राजनैतिक हैसियतमा रहेका जनमुक्ति सेनाका प्रतिनिधिहरुलाई मात्र बैठकमा सहभागी गराइएको जनाए तापनि सत्ताधारी दलहरुले यस विषयलाई अनावश्यक रुपमा गिजोलिरहेका छन् । त्यसमाथि रक्षामन्त्री विद्या भण्डारीको ँअब सेना समायोजनको होइन टुंगिएको बरु लडाकुहरुको पर्ुनस्थापना गर्नुपर्ने’ अभिव्यक्तिले सरकारलाई समग्र शान्तिप्रक्रिया र सेना समायोजन घा“डो भएको निश्कर्षनिकाल्न सकिन्छ । यसले अब दलहरुबीचको राजनैतिक अन्तरसंर्घष्ा थप जटिल र सघन बन्दै गइरहेको पुष्टि हुन्छ ।

पछिल्लो राजनीतिक घटनाक्रमले एकीकृत माओवादीको असहमति र विरोधका बाबजुद् संसदको चालू वर्खे अधिवेशन नै अन्त्य गरी अध्यादेशमार्फ प्रस्तुत गरिएको बजेटको प्रसंगलाईसमेत ओझेलमा पारिदिएको छ । निश्चित रुपमा मुलुक बजेट विहिनताले गर्दा आर्थिक संकटमा पर्दै गइरहेको तथ्यलाई नजरअन्दाज गर्न सकिने थिएन नै । आर्थिक वर्षो सुरुमै आउनुपर्ने वाषिर्क बजेट प्रस्तुत हुन नसक्दा सम्पर्ूण्ा रुपले मुलुक नै असफल हुनसक्ने खतरा एकातार्फविद्यमान रहेको कुरा सत्य हो । यस्तो अवस्थामा कमसेकम नियमित कार्य सम्पादनका लागि भएपनि दलहरुबीच सहमति निर्माण हुनुपर्ने सरल र सहज तर्क गर्न सकिन्छ । र, मुलुकलाई संकटबाट बचाउन बजेटको अपरिहार्यतालाई प्रष्ट्यानुपर्ने आवश्यकता नै रहंदैन, किनकि त्यो मुलुकको टड्कारो आवश्यकता नै हो । सरकारले त्यो बाध्यता र आवश्यकतालाई बुझेर बजेट प्रस्तुत गर्यो, जसका लागि विपक्षीको तर्फाट सृजना गर्न खोजिएको अवरोध हटाउन सरकारले अध्यादेशमार्फ बजेट प्रस्तुत गरेको सहज तर्क गर्न सकिन्छ ।

यति हु“दाहु“दै पनि के बुझ्न जरुरी छ भने बजेट संकट एक्कासी आएको होइन । आर्थिक वर्षो चार महिना व्यतीत भइसक्दा पनि बजेट प्रस्तुत हुन नसक्नुले आफैंमा संकटतर्फो यात्रा त तय गरिसकेको थियो नै । दलहरुले यो अवस्थाको आंकलन पहिले नै गर्नुपर्दथ्यो र समय मै मुलुकलाई सरकार बिहिनताको अवस्थाबाट मुक्त गर्न सक्नर्ुपर्दथ्यो । दूरदर्शिताको त के कुरा तत्कालीन समस्याको समेत दर्ीघकालीन समाधान खोज्न नसक्ने वा नचाहने दलहरुले नै समस्याको चाङ खडा गरेका हुन् । त्यसैको निरन्तरता स्वरुप सरकारले तत्कालीन समस्याको अल्पकालीन समाधान गर्दै अध्यादेशमार्फ बजेट प्रस्तुत गरेको छ । यसबाट पनि हाम्रा राजनीतिक दलहरु अझैपनि सम्पर्ूण्ा समस्याहरुको दर्ीघकालीन हल गर्ने भन्दा तत्कालका लागि टालटुले समाधानतर्फनै उन्मुख छन् भन्ने देखिन्छ । दलहरुको यो अल्पकालीन मानसिकताले विद्यमान संकट मोचन त हुनसक्दैन नै, थपिएको समयमासमेत शान्ति र संविधानको यात्रा गन्तव्यमा नपुग्ने निश्चित प्रायः भइसकेको छ । यसबाट अबका दिनहरु अझै संकटपर्ूण्ा हुने सहजै अनुमान गर्न सकिन्छ ।

राजनीतिक दलहरु एकैठाउ“मा उभिंदा मुलुकमा युगान्तकारी परिवर्तन संभव छ भन्ने दृष्टान्त खोज्न धेरै टाढा जानु पर्दैन । सहमतिय राजनीतिको पछिल्लो दिव्य ४ वर्षो कालखण्डको राजनीतिक उपलब्धीहरुलाई हेरे पुग्छ । तत्कालीन समयमा व्रि्रोही तथा अन्य संसदवादी राजनीतिक दलहरुको एउटै साझा गन्तब्य तय भएको थियो । त्यो हो संविधानसभाको निर्वाचन र राजतन्त्रको अन्त्य । सहमतिय राजनीतिको बिजारोपण भएको सम्झौता अनुरुप तत्कालीन व्रि्रोही नेकपा माओवादीले चलाएको १० वर्षो जनयुद्धको जगमा सम्पन्न ऐतिहासिक जनआन्दोलन २ बाट प्राप्त राजनीतिक उपलब्धी स्वरुप मुलुकमा शताब्दीऔं देखि एकछत्र राज गरेको राजतन्त्र धुलिसात् भयो र मुलुकमा गणतन्त्रको झण्डा फहरायो । जुन सहमतिय राजनीतिबाट प्राप्त ऐतिहासिक उपलब्धीको अनुपम दृष्टान्त हो ।

अर्कोतर्फराजनीतिक दलहरुबीच द्वन्द्व बढ्दै जा“दा मुलुक कस्तो गतिहिन अवस्थामा जकडिन पुग्छ भन्ने बुझ्न त झन् पछिल्लो एक वर्षो राजनीतिलाई नियाले पर्याप्त हुन्छ । आखिर हामी किन यसरी राजनीतिक जटिलतामा जेलिंदै गइरहेका छौं त - दलहरुबीचको तिक्तताले ऐतिहासिक संक्रमणको एकवर्षो अवधि खेर मात्र गएको छैन यसले ठूलो संर्घष्ा र बलिदानीका साथ प्राप्त उपलब्धीहरुसमेत गुम्न सक्ने खतरा उत्पन्न भएको छ । अहिले सतहमा देखिएको राजनीतिक जटिलताका मुख्य कारणहरुमा दलहरुबीचको विचारधारात्मक राजनीतिक मतभेद प्रमुख हो । तत्कालीन व्रि्रोही पक्ष नेकपा माओवादी र सात राजनीतिक दलहरुबीच सम्पन्न २०६२ साल मंसिर ७ गतेको १२ बुंदे सहमतिको उपलब्धी हासिल भइसकेपछि त्यसपछिको लागि राजनीतिक दलहरुबीचको साझा गन्तव्य तय हुन नसक्नु नै मुख्य विद्यमान विचारधारात्मक द्वन्द्वको अवस्था हो । पुराना संसदवादी दलहरुले एकहदसम्म तत्कालीन तानाशाह ज्ञानेन्द्रस“ग सत्तासाझेदारीका लागि बार्गेनिंग गर्न तत्कालीन व्रि्रोही दलस“ग एकाकार हुने उद्घोष गरेका थिए । त्यो त जनताको उच्च राजनीतिक चेतनाका कारण पुराना दलहरु आन्दोलनको मोर्चाबाट पछि हट्न नसकेका मात्र न हुन् ।

जेहोस् परिवर्तनकामी जनताको आम सहभागिताका साथ सम्पन्न जनयुद्ध र जनआन्दोलनले निदृष्ट गरेको लक्ष्य अनुरुप सबै राजनीतिक दलहरु हिंड्न नसक्दा यो गतिरोधको बिजारोपण भएको अकाट्य तथ्य जगजाहेर नै छ । यति हु“दाहु“दै पनि जनआन्दोलनको जननी जनयुद्धलाई पुराना संसदवादी दलहरुले अझैसम्म पनि अंगिकार गर्न नसक्नु नै समस्याको विचारधारात्मक द्वन्द्वको ज्वलन्त उदाहरण हो । अब यी यावत जटिलताहरुलाई पन्छाउन र आशंकाहरुको निराकरणका लागि फेरिपनि फुट होइन जुटकै आवश्यकता छ । राजनीतिक संक्रमणको उचित व्यवस्थापन र मुलुकको अग्रगामी रुपान्तरणको लागि फेरिपनि राजनीतिक दलहरुबीच उच्चस्तरको सम्झौता र सहमति हुन आवश्यक छ । सबै दलहरुबीच उच्चस्तरको सहमति कायम हुन सकेन भने अर्को आन्दोलन वा व्रि्रोहले मात्रै यो गतिरोधको अन्त्य गर्न सक्छ । यदि इतिहासले त्यसको माग गर्यो भने धेरैको राजनीतिक भविष्य समाप्त हुनेछ ।

मनिकर कार्की 'निवर्तमान'

कपुरकोटमा हावा सरर...

विदाको दिन भएकोले साबिकको भन्दा केही ढिला उठियो । ठाउँ, वातावरण र परिवेश फरक परेपछि आफ्नो दिनचर्यामा पनि परिवर्तन आउनु अस्वभाविक होइन । हप्तादिनको लागि कार्यक्षेत्र बुटवल छाडि अफिसियल कामको सिलसिलामा दाङ गएको थिएँ । केही दिन अघिदेखि रातको समयमा हल्का वषर्ा भएकोले ज्येष्ठको उष्ण वातावरणमा शीतलता छाएको अनुभूति भइरहेको थियो । त्यसो त बुटवलको तुलनमा दाङमा केही कम गर्मी महशुस भइरहेको थियो । बिहानीपखको शीतल वातावरण अत्यन्तै रमणीय मात्र होइन किन्तु स्वस्थकर पनि भएको भान भइरहेको थियो । बिहान उठेर नित्यकर्म गरिसकेपछि सहकर्मी मित्रसँग फोन सर्म्पर्क भयो । विगत केहीवर्षेखि दाङमा कार्यरत रहनुभएका सहकर्मी मित्र शिव पाण्डेले कुरैकुरामा सल्यानको कपुरकोटसम्मको यात्रा तय गर्ने प्रस्ताव गर्नुभयो । केही काम पनि थियो, त्यसैको बहानामा घुमफिर पनि गरिने भइयो । गजबकै संयोग मिलेको थियो सल्यानको कपुरकोटसम्म पुग्ने । यात्रा भनेपछि हुरुक्कै हुने मैले घुमफिर गर्ने योजनालाई र्समर्थन नगर्ने कुरै थिएन । तुरुन्तै कपुरकोटतर्फो यात्रा तय गर्न शिव पाण्डेसँग मोटरसाइकलमा हान्नियो सल्यानतिर ।


दायाँबायाँ विशाल उपत्यकाको फाँट छिचोल्दै हाम्रो यात्राको श्रृंखला सुरु भयो । घोराही र तुल्सीपुर खण्ड जोड्ने सीधा सडकको यात्रा कम रोमाञ्चकपर्ूण्ा थिएन । बाटो सीधा र सरल भएपनि अनुभवि चालक शिव पाण्डेको मोटरसाइकलको गति तीव्र थिएन, र नै चारैतिरको दृष्यावलोकनको लागि सहज भएको अनुभव गरिरहेको थिएँ । दायाँबायाँको दृष्यदृष्यावलीहरुको अवलोकन गर्दै बिहानको चीसो प्राणवायुको रसास्वादन गर्दै हामी अघि बढ्यौं । घोराही र तुल्सीपुर सडकखण्डमा पर्ने करिब आधादर्जनभन्दा बढी खहरे खोलाहरुमा सवारीसाधन वारपार गर्न पुलको व्यवस्था गरिएको रहेनछ । खोला तर्नको लागि खोलामै ढलान गरेर बनाइएका 'खोले पुलहरु' बाट खोलो तर्नुको विकल्प थिएन । शायद संख्यात्मक रुपमा पनि धेरै खोलाहरु भएको र वषर्ातको समयमा मात्र खोलामा पानी बग्ने हुँदा ठूला पुलहरु निर्माण नगरिएको हुनसक्छ । यद्यपी बषर्ातको समयमा साना अझ विशेष गरी दर्ुइपांग्रे सवारीसाधनले खोलो तर्न न असंभव नै हुँदोरहेछ । विशेषगरी निरन्तर पानी परेको अवस्थामा ठूला सवारीसाधनहरुलाई पनि ती आधादर्जन भन्दा बढी खहरेखोला पार गरेर घोराही-तुल्सीपुरको यात्रा पार गर्न त्यत्ति सहज हुनेस्थिति देखिएन । जे होस् ती खोलाहरुमा पानीको प्रवाह असाध्यै कम भएकोले हाम्रो दर्ुइपांग्रे सवारीलाई यसपटक खोलो तर्न समस्या भएन । मेरो पहिलो दाङ भ्रमणको सिलसिलामा वषर्ातको कारण त्यही खोलोतर्ने आँट गर्न नसक्दा तुल्सीपुर जान पाएको थिइन । तर यसपटक भने त्यो समस्या झेल्नु परेन ।

दाङको विशाल उपत्यकामा पनि खेतीयोग्य भूमि अतिक्रमण गरी मानववस्ती बसाल्ने क्रम तीव्र रुपमा विस्तार भएको रहेछ । सडकका दायाँबायाँ अवस्थित विशाल फाँटहरुमा जग्गा प्लटिङ्ग गरी घडेरी बिक्रीवितरणका लागि पर्ूवाधार निर्माण गर्ने क्रममा बनाइएका बाटाहरु र बाटाका वरिपरी बिजुलीको तार टाङ्न गाडिएका खम्बाहरुले यसैको झल्को दिन्थ्यो । कम बस्ती भएको ठाउँमा बस्ती विस्तार गरी सहरीकरण गर्ने कार्य त गलत नहोला तर, बस्ती विस्तार गर्ने नाममा खेतीयोग्य जमिनमा आवादी बढाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्न गएको तथ्यलाई बेवास्ता गर्नु उचित हुँदैन । दाङमा मात्र किन अहिले मुलुकैभरी खेतीयोग्य जमिन मासी घरघडेरी बिक्री वितरण कार्य तीव्र रुपमा फस्टाएको छ । हुनत घरजग्गा कारोबार गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह गरिने कर्जामा बैंक तथा वित्तीय संस्थाहरुको नियमन निकाय तथा केन्द्रीय बैंकले सीमा तोकिदिँदा अहिले घरजग्गा बिक्रीवितरणमा केही कमी आएको त पक्कै छ ।

यद्यपी घरजग्गा खरीदबिक्रीमा बैंक तथा वित्तीय संस्थाका जिम्मेवारी अधिकारीहरुदेखि राजनीतिक दलका नेता तथा कार्यकर्ता, समाजसेवामा लागेका सामाजिक कार्यकर्ता, सरकारी कर्मचारी, पत्रकार लगायत विभिन्न पेशा, व्यवसाय गरिरहेका समाजका सबै तह र तप्काका मानिसहरु यसमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न हुँदा यसले अनियन्त्रित रुपमा फड्को मारिरहेको तथ्यलाई कम आँक्न पटक्कै मिल्दैन । वास्तवमा भन्ने हो भने छोटो अवधिमा बिना जोखिम धेरै मुनाफा आर्जन गर्न मानिसहरु घरजग्गाको दलालीमा लागेका छन् । घरजग्गा दलाली गर्दै आएका एक परिचित मित्रले मलाई बडो गर्विलो स्वरमा एक डेढ वर्षो अवधिमा करिब दर्ुइ करोड आर्जन गरेको घोषणा गरेका थिए । उनको दर्ुइ करोडको आयआर्जनसँग मेरो कुनै सरोकार त होइन । र, पनि केवल एकडेढ वर्षो अत्यन्तै छोटो अवधिमा त्यतिधेरै मुनाफा आर्जन गरेका उनले त्यो पैसा केमा खर्च गरे होलान् भन्ने जिज्ञासा उत्पन्न भएको छ । निश्चय नै यसरी अनुत्पादनमूलक क्षेत्रमा गरिएको अत्यधिक लगानीले मुलुकको अर्थतन्त्र डाँवाडोल भएको यथार्थ एकातिर छ भने अर्कोतिर बासबस्नको लागि भूमि नपाएर खुल्ला आकाश ओढेर रात कटाउने दुखियाहरुको रामकहानी पनि अर्को अकाट्य यथार्थ हो ।

एक त राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि निर्वाहमूखि व्यवसायमै सीमित रहेको अवस्थामा यसको व्यवसायिकीकरण गर्ने सवालमा सरकार केवल कृषि क्षेत्रलाई उपेक्षा गर्न मै तल्लीन छ । अर्कोतर्फकेहीहदसम्म खेती गर्न योग्य ठानिएको जमिन दलालीहरुले कब्जागरी घरघडेरी विस्तार गरिरहेका छन् । यसले निश्चय नै कृषि उत्पादनमा उल्लेख्य असर परिरहेको छ । यदि यही अवस्था कायम रहने र राज्यले उपयुक्त भूमिको उपयोगसम्बन्धी नीतिको तर्जुमा नगर्ने हो भने हाम्रा सन्तान दरसन्तालाई के खुवाएर बचाउने हो, दर्ुइपटक सोच्नुपर्ने बेला भइसकेको छ ।

दाङलाई औद्योगिकरण गर्ने सवालमा केही ठूला सिमेन्ट उद्योगहरु स्थापना गर्न लागिएको रहेछ । यसरी स्थापना गर्न लागिएका उद्योगहरुको स्थल चयन भने उपयुक्त नभएको जस्तो लाग्यो । मूलतः घोराही-तुल्सीपुर सडकखण्ड वरिपरी स्थापना गर्न लागिएका उद्योगहरुले निश्चय नै वरिपरीको पर्यावरणमा असर त पुर्याउँछन् नै तिनले सडक वरिपरी अवस्थित पूरै गाउँलाई नै विस्थापित गर्न सक्ने खतरा देखिएको छ । निश्चय नै मझौला तथा ठूला उद्योगहरु अर्थतन्त्रका मेरुदण्ड हुन् त्यसमा कसैको असहमति छैन । तर त्यस्ता उद्योगहरुलाई वातावरणीय, कच्चापदार्थ तथा जनस्वास्थ्यको दृष्टिकोणले उपयुक्त स्थानमा खोल्ने अनुमति दिइनर्ुपर्छ । सिमेन्ट कारखाना जस्ता प्रदुषणीय उद्योगहरु सकेसम्म मानववस्ती भन्दा टाढा स्थापना गरियो भने त्यसबाट मानवस्वास्थ्यमा पर्ने प्रत्यक्ष असरलाई केहीहदसम्म न्यूनीकरण गर्न सकिन्छ । तर, दाङमा स्थापना गर्न लागिएका सिमेन्ट उद्योगहरुको हकमा त्यसप्रकारको सावधानी अपनाइएको देखिएन ।

दाङको घोराहीबाट बिहान ८ बजेतिर सुरुभएको हाम्रो यात्राले केहीबेर तुल्सीपुरमा विश्राम लियो । तुल्सीपुरमा पुगेपछि मोटरसाइकलमा इन्धन भर्ने काम भयो । यात्रामा निस्किएका हामी पनि चियानास्ता गर्न एउटा होटेलमा पस्यौँ । हिन्दी लवजमा कुरा गर्ने एउटी अधवैंशे होटलवाल्नीले निकै स्वादिलो पुरी तरकारी ख्वाइन् । उनको हिन्दी लवजको सर्न्दर्भमा कुरा गर्दा पछि थाहा पाइयो कि उनको जोइपोइले नै ७/८ वर्षभारतमा बसेर होटेल चलाएका रहेछन् र आफ्नै देशमा व्यापार व्यवसाय गर्न भनी नेपाल आएर होटल व्यवसाय संचालन गरेका रहेछन् । भारतीय भूमिमा गएर काम गरेर पनि अन्तिममा नेपालमा नै फर्केर व्यवसाय गर्ने उनीहरुको जाँगर देखेर साहै्र खुसी लाग्यो र साहै्र स्वादिलो पुरीतरकारीका लागि धन्यवाद दिँदै हामी उकालो चढ्यौं । तुल्सीपुरबाट उत्तरतर्फो करिब १०/१२ किलोमिटरसम्मको कालोपत्रे गरिएको सडकमा मोटरसाइकल हुँइक्याउन त सजिलै भयो । तर त्यसपछि भने साहै्र कठिन भयो । अघिल्लो दिन साँझ परेको पानीले कच्ची सडकको धुलो त सफा गरिदिएको थियो तर सबै धुलोमाटो बगाएपछि सडकमा अस्थिपञ्जर झैं खात लागेका ढुंगाले मोटरसाइकल गुडाउन निकै कठिन भएको थियो । जे होस् ड्राइभिङ्ग कलामा पोख्त मित्रका कुशल हातहरुले मोटरसाइकलको हृयान्डललाई यताउति हुन दिएनन् ।

तुल्सीपुरबाट करिब डेढ घण्टाको यात्रा तय गरेपछि हामी सल्यानको कपुरकोटमा पुग्यौं । उच्चस्थानमा रहेको कपुरकोट डाँडामा चीसो हावाले स्वागत गरिरहेको थियो । मौसम खुलेको घमाइलो दिनमा पनि कपुरकोटको चीसो हावाले मनका तारहरु त्यसैत्यसै झंकृत भए । सल्यानको सदरमुकाम खलङ्गा जाने बाटोमा पर्ने कपुरकोट मूलतः अग्लो चुचुरो भएको डाँडाको गल्छेडोमा अवस्थित रहेछ । वरिपरि लमतन्न सुतेका अग्ला पहाडहरु सुन्दरताका मात्र होइन, विकटताका नमूना पनि प्रस्तुत गरिरहेका थिए । यद्यपी काला पहाडमा सिउँदोझैं देखिने रातो र सेतो धर्र्सोजस्तो मोटरबाटोले विकासको झझल्को दिन भने छाडेको थिएन । कपूरकोटमा विशेषतः विभिन्न मौसमी तथा बेमौसमी तरकारी तथा अदुवा उत्पादन हुने रहेछ । त्यहाँ उत्पादित तरकारी खलङ्गा, तुल्सीपुर, घोराही लगायतका क्षेत्रहरुमा खपत हुने जानकारी दिँदै थिइन एक स्थानिय महिला । कपुरकोटको अर्को स्थानिय उत्पादन भनेको लालीगुराँस र काफलको जुस पनि रहेछ । औषधीको रुपमा प्रयोग गरिने लालीगुराँसको जुसको स्वाद लिइयो, स्वादिलो नै लाग्यो । यद्यपी स्थानिय उत्पादन भएको हुँदा गुणस्तरमा भने खासै ध्यान दिइएको देखिएन । स्थानियस्तरमा एक सहकारीमार्फ उत्पादन गरिने जुसको मुख्य बजार भने सल्यानको खलङ्गा बजार नै भएको बताउँथिन् जुुस उत्पादनमा संलग्न देवा शर्मा । करिब एकडेढ घन्टाको बसाइपछि हामी कपुरकोटलाई सम्झनाको तरेलीमा संगाल्दै हामी ओरालो झर्‍यौं । उकालो चढ्दा जति सास्ती भएको थियो, ओरालो झर्दा त्यति कठिन महशुस भएन । शायद कपुरकोटको सौर्न्दर्यमा मन्त्रमुग्ध भएर हुनसक्छ । दाङको घोराही आइपुग्दा साँझ पर्न लागेको थियो ।

मनिकर कार्की 'निवर्तमान'

बुटवलमा जनसागर





१२१ औं अन्तर्रर्ााट्रय बजदुर दिवसका अवसरमा एककिृत नेकपा माओवादीले बुटवलमा गरेका विशाल जनसभाको दृष्य


सांस्कृतिक चेतनामा जनसांस्कृतिक महासंघको भूमिका

समाज परिवर्तन र रुपान्तरणको महत्वपर्ूण्ा पक्ष हो सही र वैज्ञानिक सांस्कृतिक तथा सौर्न्दर्य चिन्तन । आज हामी एक्काइशौं शताब्दीको विज्ञान र प्रविधिको युगमा छलाङ्ग मारिरहेका नै किन नहोऔं, तर हाम्रो चिन्तन शैली अद्योपरान्त उही पुरातन र मूलत सामन्ती नै रही आएको छ । हाम्रो सामन्ती समाजले आफ्नै प्रकारको सामन्ती रीति रिवाज, भाषा, शैली र सांस्कृतिक चिन्तनमा समाजलाई जकड्याएर राखेको छ । फलस्वरुप हामीमा नवयुगको चेतना हुँदाहुँदै पनि हामीले जीवन र जगतका घटना तथा परिघटनाहरुलाई भौतिकवादी गतिशीलतामा बुझ्न सकेका छैनौं । यसैको निरन्तरता स्वरुप हामी हरेक वस्तु, घटना र क्रियाकलापको पछाडी तर्क गर्नुको सट्टा अलौकिक र्'इश्वर'को रचनाको रुपमा सहजै स्वीकार गरेर बहसबाट पन्छिने गर्र्छौं । यसले हामीलाई फगत भाग्यावादी र्रर् इश्वरवादी मात्र बनाएको छ । यसरी कुनैपनि वस्तु, घटना र विचारको तार्किक ढंगबाट विश्लेषण गरी कारण र असरहरु खोज्नुको सट्टा त्यसलाई र्'इश्वरको लीला' वा 'भाग्यको खेल' मान्ने आम प्रवृत्तिले यथार्थको रहस्योद्घाटनमा तगारो उत्पन्न गरिदिएको त छ नै यसले पारम्परिक रुढीवादी चिन्तन र आग्रहलाई 'बिरालो बाँध्ने' शैलीमा अंगिकार गर्न बाध्य तुल्याएको छ ।



१० वर्षो जनयुद्धको जगमा सम्पन्न २०६२/०६३ को १९ दिने जनआन्दोलनले सयौँ वर्षदेखि नेपाली समाजमा जरा गाडेको निरंकुश सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्रको ध्वजा फहराए पनि विद्यमान अर्धसामन्ती र अर्धऔपनिवेशिक स्थितिको अन्त्य भएको छैन । नेपालमा विद्यमान वर्गीय, जातीय, भाषीक, क्षेत्रीय, लिंगीय, आर्थिक, सामाजिक र सांस्कृतिक उत्पीडनको साथसाथै बाहृय क्षेत्रबाट भइरहेको साम्राज्यवादी र विस्तारवादी उत्पीडनको अन्त्य नभइकन स्थापित गणतन्त्रको सुदृढिकरण हुने कुनै गुञ्जायस देखिँदैन । त्यसैले सामन्तवाद, साम्राज्यवाद र विस्तारवाद विरुद्ध प्रगतिवादी कला, साहित्य र चिन्तनको विकास गरी प्रगतिशील सौर्न्दर्य चेतनालाई समाजको प्रमुख आधार बनाउनुपर्ने भएको छ । तबमात्र सामन्ती-साम्राज्यवादी एवम् विस्तारवादी संस्कृतिको चंगुलमा फँसिरहेको हाम्रो सांस्कृतिक चिन्तनलाई प्रत्रि्रुवीय साहित्यिक मूल्यबाट बचाउन सकिन्छ । सौर्न्दर्य शास्त्र राजनीतिक आन्दोलनको एउटा प्रमुख हतियार हो । यसै सर्न्दर्भमा जनयुद्धका नायक कमरेड प्रचण्डको भनाई उल्लेखनीय छ । 'साहित्य र कलाप्रति रुचि नराख्ने, त्यसलाई महत्व नदिने पार्टर्ीी कुनैपनि नेताले जनक्रान्तिको नेतृत्व गर्न सक्तैन'




हामीसँग भौतिक शरीर छ । श्रम गर्ने हात खुट्टाहरु छन् र चिन्तन मनन गर्ने मस्तिष्क पनि छ । तर हामीले आफ्नो मस्तिष्क कहिले पनि आफ्नो जीवन-दृष्टि खुट्टयाउनेतर्फपरिचालित गर्न सकेका छैनौं । हामीले यसलाई प्रयोग गर्यौं त केवल धर्म, संस्कृति र परम्पराको नाममा सदियौँ देखि चलिआएको रुढीवादी परम्परा र सामन्ती आग्रहलाई पच्छ्याउन । हाम्रो सामन्ती समाजले तथाकथित विशुद्ध साहित्यको नाममा सामन्तवादी र उत्तरआधुनिक साहित्यिक मूल्यहरुलाई चपरीमुनिबाट उठाएरै भएपनि समाजमा प्रतिस्थापना गर्ने काम गरेको छ । र उसले कथित हिंसा र युद्धको नाममा समाजवादी यथार्थवादी कला र साहित्यको सधैं विरोध गर्दै आएको छ । यसरी हर्ेदा हामी मूलत दर्ुइ खालका विकारयुक्त सांस्कृतिक चिन्तनबाट गुज्रिरहेका छौं । पहिलो मनुवादी र सामन्तवादी जड सांस्कृतिक चिन्तन, जसले समाजलाई कथित धर्म, संस्कृति, परम्परा र संस्कारको नाममा परम्परादेखि नै चलिआएका रुढीवादी सामन्ती संस्कार एवम् रीतिरिवाजहरुलाई निरन्तरता दिइरहेको छ । र ती अवैज्ञानिक सांस्कृतिक चिन्तनलाई वैज्ञानिक ढंगबाट परिष्कृत गर्नबाट बञ्चीत गरेको छ । तिनै पुराना सामन्ती चिन्तनहरुलाई आफ्नो जीवन-दृष्टि बनाउँदै आउनाले नै आजको विज्ञान र प्रविधिको युगमा पनि हामी ऊँच, नीच, छुवाछुत, धामी झाँक्री, बोक्सी, भूतप्रेत, पिचास आदिमा समय गुजारिरहेका छौं । फलस्वरुप यही हाम्रो सभ्य कहलिएको समाजमा कति हजुरआमा, आमा, दिदी तथा बहिनीहरु जिउँदै जल्नु परेको छ । कुकुरसमेतले भित्रिने अवसर पाउँदा मानिसलाई दलीत वा तल्लो जातिको नाममा घर भित्र पस्नबाट रोकिएको छ । दोश्रो, साम्राज्यवादी-विस्तारवादी साहित्यिक मूल्य र मान्यताहरु, जसले कथित उत्तरआधुनिकता वादको नाममा छाडा र अश्लील सांस्कृतिक चिन्तनलाई निर्वाध रुपमा आयात गरी नेपालको युवाशक्तिलाई त्यसको दर्ीघकालीन उपभोक्ता बनाइरहेको छ । फलस्वरुप राष्ट्र निर्माणमा दत्तचित्त भएर लाग्नुपर्ने युवाहरु दिनप्रतिदिन मोजमस्ती र भोगविलासमा समय गुजारिरहेका छन् । अझ कतिपय युवाहरु त आपराधिक क्रियाकलापमा समेत संलग्न हुँदैछन् । त्यस्तैगरी धर्मको नाममा पनि हाम्रो समाज निकै पाखण्डी छ । यसो भन्दा धर्म र संस्कृतिको विरोध गरेको जस्तो सुनिएला । तर धर्म, संस्कृति र परम्पराका नाममा चलि आएका अत्यन्तै निकृष्ट र रुढीवादी संस्कार जो आजको परिवेशमा कुसंस्कार बन्दैछ, त्यस्तो कथित परम्परालाई तोडेर वैज्ञानिक तरिकाले परम्परा र संस्कारलाई पर्ुनपरिभाषित र परिस्कृत गर्दै लैजानुपर्ने आजको टट्कारो आवश्यकतालाई कम आँक्न पटक्कै मिल्दैन । सामन्ती समाजमा जीवनको हरेक क्षेत्रमा धर्मको छाप परेको हुन्छ । सामन्त महासामन्तहरुले धर्मको आडमा नै आफ्नो वर्ग स्वार्थको रक्षा गर्दै धर्मलाई शोषणको माध्यम बनाएको हुन्छ । अब यस प्रकारका खोक्रा र आडम्बरी साहित्यिक, धार्मिक, सांस्कृतिक र पारम्परिक मूल्य र मान्यताहरुको पर्ुनसंरचना हुनु जरुरी भइसकेको छ । यस प्रकारका खोक्रा साहित्यिक मूल्य, मान्यता र सांस्कृतिक चिन्तनहरुको विरुद्ध मार्क्सवादी सौर्न्दर्य चिन्तनमा आधारित प्रगतिवादी यथार्थवादी र समाजवादी कला, साहित्य र सांस्कृतिक चेतनाको विकास गर्न कम्मर कसेर लागेको छ 'एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ' । प्रगतिशील लेखक, श्रष्टा र संस्कृतिकर्मीहरुको यो छाता संगठनले भर्खरै मात्र बुटवलमा 'अवध-मधेश' राज्यस्तरीय प्रथम सम्मेलन सम्पन्न गरी २१ सदस्यीय कार्यसमिति गठन गरेको छ । जनताको वर्गीय चेतना र भावनासँग मितेरी गाँस्दै जनवादी कला, साहित्य र संस्कृतिको पर््रवर्द्धन गरी मालिक, सामन्त, दलाल, पूँजीवादीहरुले लादेको खोक्रो र भ्रमपर्ूण्ा सांस्कृतिक चिन्तनलाई छिमलेर जनवादी साहित्य र कलाको सुन्दर बगैँचा निर्माण गर्न प्रतिबद्ध जनसांस्कृतिक महासंघले निश्चय नै सामाजिक रुपान्तरणको लागिे अतुलनीय योगदान दिन सफल होस्, मेरो यही शुभकामना !




मनिकर कार्की 'निवर्तमान'

सर्न्दर्भ शैक्षिक जागरण अभियानको

'शैक्षिक जागरण अभियान कार्यक्रमलाई यसरी लैजान आग्रह गर्र्छौं कि जुन विद्यालयमा पढ्ने छात्रछात्राहरु गरिबीको रेखामुनिका परिवार होउन् । जसलाई शैक्षिक सामग्रीको अभावमा पढाइबाट बञ्चीत हुनुपरेको अवस्था रहेको होस् ।' यो त थियो वसन्त पोखरेलको 'सानो तर मीठो सामाजिक सेवामा एकछिन लाग्दा' शीषर्ात्मक लेख -बुटवल टुडे, अंक ९१, ०६६ फाल्गुण १३) मा उल्लेखित पंक्ति । उहाँले लेखमा उल्लेख गरे अनुसार ०६६ फाल्गुण ८ गते हामीले एउटा सानो सामाजिक कार्य गर्‍यौँ । कार्यक्रमको बारेमा उहाँले नै प्रकाश पारिसक्नु भएको हुँदा थप लेठो गरेर पाठकहरुको दिमाग चाट्ने धृष्टता मैले कदापी गर्नुहुँदैन । उल्लेखित पंक्तिलाई साकार रुप दिनकै लागि हामीले आर्थिक दुरावस्थाका कारण शैक्षिक कार्यक्रममा भाग लिन नसकेका नानीहरुलाई चेतना बाँड्ने कार्यमा सहयोग गर्न एउटा अभियान सुरु गरेका हौँ । उहाँले उक्त आलेखका लागि कार्यक्रममा खिचिएको तस्वीर माग्नु भएको थियो तर मैले कार्यव्यस्तताले गर्दा वहाँलाई उक्त तस्वीर उपलब्ध गराउन सकिन । यसको लागि म वहाँप्रति विशेष रुपमा क्षमाप्रार्थी छु । -हे.तस्वीर) वसन्त पोखरेलको लेख पढेर फर्सर्ााकरबाट रमेश नामका एकजना अपरिचित मित्रले सर्म्पर्क गर्नुभयो कि उहाँ पनि यस अभियानको सदस्य बन्न उत्सुक हुनुहुन्छ र केही साथीहरुकेा समूह पनि जुटाइसक्नु भएको छ । उहाँको सर्म्पर्कबाट म निकै हषिर्त भएको छु । उहाँहरु जस्ता धेरै साथीहरुलाई आव्हान गर्न मैले यस आलेखमा हामीले संचालन गरेको शैक्षिक जागरण अभियानको बारेमा केही जानकारी दिने प्रयास गरेको छु । जीवनको लागि शिक्षा तेस्रो आँखा हो जसले दर्ुइवटा भौतिक आँखाले भन्दा बढी देख्छ । जीवन र जगतको ज्ञान दिन्छ, अनि असल र खराब छुट्टयाउन मद्धत गर्छ र सदैव सत्यको पक्षमा वकालत गर्न पे्ररणा दिन्छ । शिक्षाको कुरा गर्दा चेतनालाई छुटाउनु हुँदैन । किनकि शिक्षा र चेतना एक आपसमा अन्तर्निहीत हुन्छन् । यी एकअर्काका परिपूरक हुन् । शिक्षाले चेतनाको विकास गर्छ भने चेतनाले असल शिक्षा ग्रहण गर्नमा अग्रणी भूमिका निर्वाह गरेको हुन्छ । तर आजको यस सूचनाप्रविधिको युगमा पनि हाम्रा नानीहरु शिक्षाको उज्ज्यालो ज्योतिबाट बञ्चीत हुनु निश्चय नै दुःख र लज्जाको विषय हो । र पनि यो हाम्रो समाजको कटु यथार्थ हो ।

भौतिक सुखसुविधा, धनसम्पत्ती, मोजमस्ती र भोग विलासलाई सफलताको व्यारोमिटर मान्ने हाम्रो समाजले व्यक्तिलाई पर्ूण्ारुपमा आत्मकेन्द्रीत बनाएको छ । त्यसैले त मानिस रातदिन अवसरको पछि दौडन्छ र आफूलाई औशतभन्दा माथि भएको ठान्छ । अझ भनौँ मानिस आफ्नो बाहेक अरुको बारेमा कुनै चासो अनि चिन्ता लिँदैन । उसलाई अरुको बारेमा सोच्न न कुनै फर्ुशद नै छ न कुनै जाँगर नै । मात्र ऊ आफ्नो र आफ्नो घरपरिवारको सुखसुविधा हर्ेछ र त्यसलाई कुनैपनि मूल्यमा प्राप्त गर्न हरदम आतूर रहन्छ । आजको भूमण्डलीकरणको युगमा उपभोक्तावादको चँगुलमा फँसेको युवापुस्ताले समाज र राष्ट्रको लागि कमै समय दिएका भेटिन्छन् । त्यसमाथि पनि समग्र मानव जातिको उत्थानका लागि केही नौलो आयामको समुद्घाटन गर्लान् भनेर आश्वस्त हुने ठाउँ त निकै कम छ । यस्तै कम दृष्टान्तहरु मध्ये कर्पोरेट संसारका हस्ती माइक्रोसफ्टका जोन उडले गरेका छन् ।



अमेरिका जस्तो आफूलाई महाशक्तिशाली मान्ने राष्ट्रमा जन्मिएका नागरिक जो, माइक्रोसफ्ट जस्तो संसारकै प्रतिष्ठित कम्पनीमा काम गर्थे, उनी विश्वका विपन्न समुदायका बालकालिकामा शिक्षाको ज्योति फैलाउने दृढ अठोटका साथ आफ्नो काम, नाम र दाम सबै छाडी धोक्रा भरी पुस्तक बोकेर हिंडे । अमेरिका जस्तो चरम् व्यक्तिवादी मुलुकमा जन्मिएका, त्यसमाथि पनि माइक्रोसफ्ट जस्तो विश्वकै ठूलो र धनी संस्थाका बजार निर्देशकलाई के नपुग्दो थियो र - तर मानव जातिको हितका लागि आफ्नो ऐसआरामपर्ूण्ा विलासी जीवन चटक्कै छाडी उनी धोक्रामा पुस्तक बोकी हिंडे । यस क्रममा उनी भौतिक सुखसयलबाट मात्र बञ्चीत भएनन् परन्तु आफ्नी प्रमिकासमेतलाई छाडी शिक्षाको ज्योति फैलाउन अनिश्चयको यात्रा तर्फलम्के । उनको यो कल्याणकारी कदमको मुक्तकण्डले प्रशंसा गर्नैपर्छ । तिनै मानवतावादी हृदयका अमेरिकी नागरिक जोन उडले आफ्नो 'रुम टु रिड' अभियानमार्फ शिक्षाका माध्यमबाट संसार बदल्ने अठोटका साथ विश्वका अति कमविकसीत राष्ट्रहरुका लाखौँ नानीहरुलाई चेतना बाँड्ने काम गरे । उनको यो परोपकारी अभियानलाई थालनी गरेको कुरा तबमात्र थाहा भयो जब उनले आफ्नो अभियानको ८ वर्षो अनुभवलाई आफ्नो पुस्तक 'लिभिङ माइक्रोसफ्ट टु चेन्ज द वर्ल्ड'मा लिपिबद्ध गरे । र यसलाई आफ्ना शब्दशिल्पी हातहरुले नेपाली भाषामा अनुवाद गरी प्रगतिशील लेखक खगेन्द्र संग्रौलाले नेपाली पाठकलाई लाउनुसम्मको गुण लगाएका छन् । पुस्तकलाई मौलिक कृतिको रुपमा प्रस्तुत गर्दै उनले ठ्याक्कै नेपाली नाम पनि जुराए 'माइक्रोसफ्ट देखि बाहुनडाँडासम्म' । उडले आफ्नो पुस्तकमा आफूले सञ्चालन गरेको परोपकारी अभियानलाई अघि बढाउने क्रममा खेपेका संर्घष्ाका कथाहरुलाई सिलसिलेबार ढंगमा उनेका छन् जुन पुस्तक पठनीय मात्र नभै संग्रहनीय पनि छ ।





तिनै मानवतावादी हृदयका जोन उडको पुस्तक पढ्दा हामीलाई निकै लज्जाबोध भयो । किनकि एउटा विदेशी खैरे धोक्रामा पुस्तक बोकेर हाम्रा नानीहरुलाई पढाउन नेपाल आउँछ तर हामी यही समाजका शिक्षित भनाउँदाहरु आकाशपातालका गफ चुटी -अझ टुटेफुटेको अंग्रजी मिर्साई) साइबर क्याफे र बेकरीहरुमा हल्लिरहेका हुन्छौं । हामी आफूहरुलाई आधुनिक भएको भन्ठान्छौं तर आफ्नै नाकैमुन्तिरको गरिबी, अशिक्षा र उत्पीडनलाई देखेनदेखेझैं गर्र्छौं । हाम्रो चेतनास्तर यतिसम्म गिरेको छ कि हामीलाई आफ्नो स्वार्थइतरका कुराहरुका बारेमा सोच्नसम्म पनि समय छैन । हामी असाध्यै व्यस्त छौं ।
शिक्षा नै नयाँ नेपाल निर्माणको दरिलो र बलियो आधार भएकाले जोन उडको यो अनुकरणीय कामबाट प्ररित भई हामी केही साथीहरुले शिक्षाको क्षेत्रमा चेतना बाँड्ने ध्ययेले 'शैक्षिक जागरण अभियान' को सुरुवात गरेका थियौँ र अत्यन्तै सानो अंशमा संकलित रकमबाट हामीले अभियानको तर्फाट पहिलो कार्यक्रम सम्पन्न गरेका छौं, बटवल १५ बँदेलपोखरीमा अवस्थित श्री जितेश्वरी प्रा.वि.का १४० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर । जसको बारेमा माथि नै चर्चा भइसकेको छ । आर्थिक दुरावस्थाका कारण पाठ्यसामग्रीको अभावमा पढ्नलेख्नबाट बञ्चीत बालबालिकाहरुलाई पाठ्यसामग्री उपलब्ध गराएर पढ्नका लागि सहयोग गर्ने उद्देश्यका साथ यो अभियानको थालनी गरिएको हो । हाम्रो अभियानको मुल नारा 'सबै नानीहरुले पढ्न पाउनर्ुपर्छ' रहेको छ भने आम नागरिकहरुलाई कम्तीमा दैनिक रु.१ बचत गरी आर्थिक अवस्था कमजोर भएका नानीहरुलाई शिक्षा प्रदान गर्न सहयोग गरौँ भन्ने रहेको छ ।
निश्चित रुपमा आफ्नो चाहनाले आम्दानीका श्रोतहरु बढाउन नसकिने हुँदा निश्चित आयमा बाँच्नुपर्ने हाम्रो विवशता विद्यमान छ । र पनि थोरै सहयोगका लागि दिनहुँ हुने खर्चमा भने केही अंशले कटौति गर्न सकिन्छ । जस्तो कि कसैको चुरोट पिउने बानी छ भने प्रतिदिन एक खिल्ली चुरोट कम पिएर केही रुपैँया बचत गर्न सकिन्छ । त्यसैगरी आजको सूचनाप्रविधिको युगमा हामी सबैको हातहातमा मोबाइल छ । हामी मोवाइल फोनमा घन्टौँ कुरा गर्र्छौँ । हो, हामीले मोबाइल फोनमा गर्ने कुराको अवधी प्रतिदिन एक मिनेटले मात्र कटौती गर्न सक्यौँ भने पनि केही रकम बचत गर्न सक्छौं । हामीसँग कल्याणकारी सोच भयो भने सानो सानो सहयोगले पनि निकै ठूलो काम गर्न सकिन्छ । त्यसैले आफूले गर्ने खर्चमा कम्तीमा पनि दैनिक रु.१ ले कटौति गरी यो अभियानलाई सहयोग गर्न सबैलाई हार्दिक अनुरोध गर्दछु । पाठकवृन्दहरु ! तपाइँहरुलाई पनि यो मानवीय काममा एउटा इँटा थप्ने इच्छा छ भने कृपया बुटवल फाइनान्स लिमिटेडमा रहेका अभियानको खाता नं. ३१-००८८३-९ मा इच्छा अनुसारको रकम जम्मा गरी सहयोग गर्नसक्नुहुनेछ । त्यसैगरी सर्म्पर्क गर्नुपरेमा ९८४७१२८८८९ वा ९८५७०२०३३३ वा ९८४७३१६०६९ डायल गर्नु भएमा हार्दिकताका साथ स्वागत गर्नेछौँ । तपाईंहरुको सानो सहयोगले शिक्षाको उज्यालो ज्योतीबाट बञ्चीत कलिला नानीहरुले शिक्षाको अवसर पाउनेछन् । आउनुहोस् चेतनाको ज्योति बाँड्ने महान् कार्यमा सहभागि बनी मानवताको परिचय दिनुहोस् !
मनिकर कार्की -निवर्तमान)

जुनार एक्स्प्रेशमा हुइकिँदा

अफिसबाट ४ दिनको विदा स्वीकृत गराएँ । माघेसंक्रान्तीको र्सार्वजनिक विदा र शनिवारको विदा गर्दा जम्मा ६ दिनको योजना बन्यो, रामेछाप जाने । रामेछापका लागि यो मेरो करिब डेढ वर्षपछिको पहिलो भ्रमण थियो । लामो समयपछि गाउँ जाँदै थिएँ । मन हर्षे पुलकित नै थियो । साँझ साँढे छ बजेतिर राजमार्ग चौराहामा बस पक्रिन गएँ । तर माघेसंक्रान्तीको सन्ध्यामा बसको सीट पाउन मुश्किल मात्र होइन किन्तु असंभव नै थियो । त्यत्तिकैमा एउटा गाडी घ्याच्च अगाडी आएर रोकियो । यसो बुझ्दा नारायणगढसम्म जाने रहेछ । म लगायत केही यात्रुहरु त्यस बसमा चढ्यौँ । एकैछिनमा बस यात्रुहरुले खचाखच भरियो । बस गुड्नै लाग्दा एकाएक बस बिना क्यूको भन्दै अर्को बसका स्टाफले जान दिएनन् । हुनत कथित क्यूको गाडीपनि खचाखच नै थियो । र पनि गाडीवाला भने यात्रुहरुलाई अर्कोबसबाट ओर्लन लगाएर आफ्नो गाडीमा कोच्दै थियो । यत्तिकैमा विवाद चर्किँदै गयो । उनीहरुको छाडा मुखको त के कुरा जोकोहीलाई पनि कान थुन्नुपर्नेस्थिति थियो । विवाद र गालीगलौज चर्किँदै जाँदा हात हालाहाल र हानाहानको स्थिति नै उत्पन्न भयो । यद्यपी केहीछिनको लागि नै भएपनि हामी सबै यात्रुहरु बसबाट ओर्लियाँै । अर्को गाडीवाला भने भरिएको गाडीमा यात्रुहरु कोचिरहेको थियो । ऊ यात्रुहरुलाई ठेलमठेल गर्दै बसमा कोच्दै थियो, मानौं कि उनीहरु काठमाडौंको मःमःका लागि किमा बनाउन कोचिएका पाडाहरुका बथान् हुन् । गाडीवालाहरुलाई यात्रुको सुविधासँग कुनै चासो र दिलचस्पी थिएन । उनीहरुको ध्यान थियो त केवल बढी भन्दा बढी यात्रुहरुलाई बसभित्र कोच्नु अनि प्रशस्त पैसा कमाउनु । विचरा यात्रुलाई संधैको हतारो, जेनतेन गन्तब्यमा पुग्न लालायित देखिन्थे ।


केहीबेरको गलफती पछि कथित क्यूको गाडी आफ्नो बाटो लाग्यो । शायद यतिबेलासम्म समितिको मान्छेले पनि साँझको रसदपानीको व्यवस्था मिलायो होला, अब हामी चढेको बिना क्यूको गाडीले पनि जाने अनुमति पायो । जेहोस्, कोचाकोच गरेर जानु परेन । सजिलैसँग बसको सीटमा बसी यात्रा गर्न पाइएकोमा नै खुसी थिए यात्रुहरु । धन्न भाग्यमा विश्वास गर्ने मनुवा भएको भए म पनि शायद आफूलाई भाग्यमानी नै ठान्थेँहोला, बस्ने सीट पाएकोमा । यो त भयो नेपालको र्सार्वजनिक सवारीको हालत । बस व्यवसायीहरुको सिन्डिकेट प्रणालीले जनताले सरल र सुविधायुक्त सवारीसाधनको उपयोग गर्न त पाएका छैनन् नै किन्तु कतिपय ठाउँमा उनीहरु गाडीवालाहरुबाट अपमानित हुनु परेको अवस्था पनि विद्यमान छ । ठीक हो, गाडीहरुले पालो मिच्नु हुन्न होला तर यात्रुहरुले पनि सुविधायुक्त तरिकाले यात्रा गर्न पाउनुपर्ने होइन र - एउटा गाडीमा जतिपनि यात्रु कोच्नु चाहीँ नियमसंगत हुने तर यात्रुले खचाखच भरिएको गाडी पालो छैन भन्दै गन्तव्यमा जान नपाउने पनि हुन्छ र - विदा मनाउन गाउँ जान लागेको हुँदा कामको तनावबाट भने मुक्ति नै मिलेको थियो । त्यसैले त्यसदिन कावासोतीमै बसी भोलिपल्ट चितवनको देवघाटमा लाग्ने धार्मिक मेलाको अवलोकन गर्ने मनसुवाले त्यस दिन कावासोतीमै बसेँ ।

भोलिपल्ट बिहान साँढे सात बजेतिर चियाको चुस्की लिएर हर्ुइंकियो नारायणगढतिर । पुष-माघको जाडो विगतको भन्दा यसपाली निकै बढी नै थियो । हुस्सूले टम्म ढाकिएको सडकको चिसो सिरेटो छिचोल्दै मोटरसाइकलमा हर्ुइकियौँ दर्ुइजना । नारायणगढ पुग्दा बिहानको नौ बजेको हुँदोहो । एकैछिनको बजार घुमाइ पश्चात् एक मित्रको डेरामा पुगेर तातो चियाको चुस्की लिइयो । भर्खरै वैवाहिक बन्धनमा बाँधिएको मित्रको दाम्पत्य जीवन व्यवस्थित र सुखी नै देखिन्थ्यो । चिया गफका लागि मुलुकको समसामयिक विषयमा कुराकानी भयो । जसमा माओवादी आन्दोलन, संघीय राज्य प्रणाली, माओवादीको गणराज्य घोषणा लगायतका विषयमा गफ चल्यो । जे भए पनि जातीय राज्य निर्माण गर्दा मुलुकमा जातीय द्वन्द्व हुनसक्ने पुरानै आशंका अगाडी सारे संगै गएका साथीले । तर मैले शताब्दीऔँ देखिको जातीय उत्पीडनलाई सम्बोधन गर्दा जातीय द्वन्द्व होइन बरु राष्ट्रिय एकताको आधार बन्ने कुरा व्यक्त गरेँ । जे होस् चियागफको पारो चढेकै थियो ।

बहसमा मित्र सन्दिप बाराकोटीको उत्साह प्रशंसनीय थियो भने अर्का मित्र रामु खरेलको जोडी भने प्रतिक्रियाविहीन थियो । यद्यपी हाम्रो गफले उनीहरुको ध्यान आकृष्ट गरिरहेकै थियो । करिब आधाघन्टाको बसाइपछि हामी त्यहाँबाट निस्कियौँ । अबको योजना देवघाटको मेला घुम्ने बन्यो र मित्र बाराकोटीले मोटरसाइकलको हृयान्डल तेतैतर्फफर्काएर हर्ुइंक्याए । देवघाटमा नुहाए पुण्य मिल्ने जनविश्वासका साथ नुहाउन आउने तर्ीथयात्रीहरुको भीडले बाटो पुरै जाम थियो । तर्ीथस्थलमा भित्रिने र बाहिरिने फरक फरक बाटाहरु भएपनि वनैवन तयार पारिएको साँघुरो बाटोमा सवारीसाधन तथा बाटो हिंड्ने तर्ीथयात्रुहरुको लर्को निकै लामो थियो । मित्र बाराकोटीका कुशल हातहरुले सजिलै मोटरसाइकल छिराएर अगाडी लैजान्थे । उनको ड्राइभिङ्ग कला यहाँनेर प्रशंसनीय लाग्यो । करिब आधाघन्टा लगाएर हामी नारायणी नदी किनारामा पुग्यौँ । मानिसको धार्मिक आस्था पनि बिछट्टकै हुँदो रहेछ । कहाँबाट मात्र आएका होलान् यत्रो जनसागर - मित्र बाराकोटीले नदीमा डुबुल्की नमारे पनि मुख धोएर जलसिंचन गरे तर म परेँ आस्थाको हिसाबमा नास्तिक मुख त बिहान धोएकै थिएँ । मैले मात्र तर्ीथयात्रीहरुको गतिविधि नियालेँ र केही स्न्याप फोटो खिचेँ । कोही 'यहाँ आएर पनि ननुहाइ जान हुन्न' भन्दै काखे नानीलाई रुवाउँदै पानीमा डुबुल्की मारिरहेका थिए । कोही भन्थे 'चोखो मनले मुख धोएपनि हुन्छ, चिसोमा किन नुहाउनुनै पर्‍यो र' - नदीमा डुबुल्की मार्नेमा ५/६ वर्षा केटाकेटी देखि ८० काटेका वृद्धवृद्धाहरुसम्म थिए । जे होस् सबैले आआफ्नो मन लागेको बोले-गरेका थिए । लाग्थ्यो, सबैका आआफ्ना देउता र दृष्टिकोण छन् अनि सबै आआफ्नो विचारलाई ठीक ठान्थे । कोही पूजाआजामा व्यस्त देखिन्थे । कोही शायद, परमधाम पुगेका आफ्ना पर्ूवजहरुको सम्झनामा श्राद्ध गरिरहेका थिए । जे होस् सबै दौडधुप र व्यस्ततामै देखिन्थे । पुन्य कमाउन आएको जनसागरले कति पुन्य कमायो त्यो त थाहा भएन तर सबै जसो धार्मिक अन्धतामा भने विश्वास गर्नेनै रहेको भान हुन्थ्यो ।

करिब एक घन्टाको घुमघाम पछि नारायणगढ बाजार आइपुग्दा घडीको सूइले बिहानको एघार बजाएको थियो । त्यसपछि खाना खाइवरी हामी छुट्टयिौँ । मित्र बाराकोटी आफ्नो घर टाँडीतिर लागे म भने माइक्रोबस चढेर राजधानीतर्फहान्निएँ । समयाभावका कारण चितवनको टाँडीमा चलिरहेको 'रत्ननगर महोत्सव' हर्ेने चाहना अपुरो नै रह्यो । हुनत, स्थानियस्तरमा हुने महोत्सव, मेलामा बजारीया सरसामानको किनबेच बाहेक के नै नयाँ कुरा देख्न र जान्न पाइन्छ र - स्थानिय कला संस्कृति, भेषभुषा, उत्पादन तथा प्रविधिको त नाउँमात्रै हो । माइक्रोबस सुस्त गतिमा घ्यारघ्यार गर्दै अघि बढिरहेको थियो । तर्ीथयात्रीहरुको भीडले गर्दा रामनगरमा करिब डेढघन्टा जाममा परियो । त्यसैगरी धार्केको थप दर्ुइघन्टे जाम छिचोल्दै राजधानी सहर पुग्दा साँझको सात बजिसकेको थियो ।

साँझ परिसकेको हुँदा मेरो भोलिपल्ट रामेछाप जाने अरनिको यातायातको टिकट काट्ने योजना तुहियो । पर्ूवको काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछापका लागि यात्रु ओसार्ने एकाधिकार पाएको अरनिको यातायातको वेथिती कहेर कहिसाध्यै छैन । खचाखच यात्रुले भरिएको गाडी ब्याउने भैंसीको तालमा ढलपलढलपल गरी हिंड्दा १९० किलोमिटर हाराहारीको बाटो छिचोल्न झन्डै बाह्र घन्टा लाग्छ । भोलिपल्ट जेनतेन बसको टिकट काटी 'जुनार एक्स्प्रेश'मा चढियो । भर्खरै डेन्टिङ्गपेन्टिङ्ग गरिएको जस्तो देखिने गाडी बाहिरबाट हर्ेदा जति नयाँ देखिन्थ्यो भित्रको हालत कलंकीमा लाग्ने ग्याँसवाला माइक्रोबसको जस्तै थियो । बल्लतल्ल पछाडीको सीट भेट्टाएको थिएँ । सतहबाट केही माथि उठेको सीटमा न त बस्न नै मिल्थ्यो न त उठ्न नै । बस्दा पनि कुप्रो परेर बस्नुपर्ने बाध्यता थियो नत्र बसको पांग्रा खाल्डोमा पर्दा पछाडीको डडाल्नो नै खुस्किने अवस्था थियो भने घुँडाको पांग्राले अगाडीको सीटसँग दह्रो मित्रता गाँसेको थियो । धन्न गन्तव्यमा पुग्दा शरीरका पाटपर्ुजा दुख्ने बाहेक अन्य ठूलो दर्ुघटना केही भएन । अझ यसो भनौं सशरीर गन्तव्यमा पुगियो । धेरैपछि गाउँ जाने अवसर पाएको थिएँ । विकासको झल्को दिने सडक यातायातको लागि खनिएको बाटोको डोब बाहेक गाउँमा खासै परिवर्तन भएको पाइएन । हुनत सहरमा बसेर डलरको खेती गर्ने विकासे कार्यकर्ताहरु पहाडी भागमा जथाभावी बाटोखन्दा भूक्षय हुन्छ, यो हुन्छ, त्यो हुन्छ भनेर कर्ुर्लिन्छन् तर पुस्तौँ पुस्ताले समेत आधुनिक मोटर नदेखेकाहरुका दुःख र पीडाका बारेमा तिनीहरु मौन मात्रै छैनन् परन्तु त्यसलाई आम्दानीको श्रोत बनाउँछन् ।





मलाई लाग्दैन कि भीर, पाखोमा मोटरबाटो खन्दा पर्ने वातावरणीय असर ठूलाठूला औद्योगिक राष्ट्रहरुबाट उर्त्र्सजन हुने विषालु ग्याँसले जलवायु परिवर्तनमा परेको असर भन्दा बढी हुन्छ । औद्योगिक राष्ट्रहरुले विकासका लागि अत्यधिक वातावरण विनास गर्दा आजको जस्तो भयावहस्थितिको श्रृजना भएको कुरा घाम जत्तिकै र्छलङ्ग छ । एउटा अन्तर्रर्ााट्रय अध्ययनले देखाए अनुसार हरितगृह ग्यास उर्त्र्सजनमा संयुक्त राज्य अमेरिकका एक्लैले पच्चीस प्रतिशत हिस्सा ओगटेको छ । तर जलवायु परिवर्तनको असर भने हाम्रो जस्तो गरिबतम् राष्ट्रका निम्न वर्गका जनताले बेहोर्नु परिरहेको छ । हिमाली जिल्ला दोलखाको उत्तरतर्फसेताम्य देखिने गौरीशंकर लगायतका हिमश्रृंखलाहरु यसपटक कालाम्य देखिन्थे । हिमालको स्वरुप यसरी परिवर्तन भएको थियो कि मानौं एउटा कलाकारले आफ्नो क्यानभासको हिम श्रृंखलामा कालो पोतिदिएको होस् ।
जलवायु परिवर्तनका कारण हिमालमा हिउँ देखिन छाडिसकेको रहेछ । गाउँका स्थानिय वासिन्दाहरु वरिपरिको डाँडामा ३/४ वर्षता हिउँ नदेखिएको बताउँदै थिए । औद्योगिक राष्ट्रहरुको गैरजिम्मेवारीले हाम्रो जस्तो गरीब देशका जनता जलवायु परिवर्तनको असर खप्न अभिशप्त छन् । जसको प्रत्यक्ष असर उत्पादन र खाद्य सुरक्षामा परिरहेको छ । तर जलवायु परिवर्तनको मुद्दालाई अन्तर्रर्ााट्रयस्तरमा पुर्‍याउन कालापत्थरमा बैठक गरी कोपनहेगन गुहार्न पुगेको सरकार यस विषयमा न कुनै चासो व्यक्त गर्छ, न चिन्ता नै, बस् कर्ुर्सर्ीीोगाउनुनै एकमात्र ध्येय बनेको छ सरकारको ! अनि विकसीत राष्ट्रहरु युद्ध उन्मादमा चर्ुलुम्म डुबेका छन् । उनीहरु पृथ्वीमा संकट आए चन्द्रमामा बस्ती बसाल्ने सोचका साथ अघि बढिरहेका छन् । मर्ने त गरिब जनता न हुन् !
मनिकर कार्की 'निवर्तमान'
२०६६/१०/१३

जनयुद्धको उद्गमस्थल रोल्पा

अफिसियल कामले दाङ्ग जाने भइयो । यसअघि एक पटक मात्रै दाङ्ग जाने अवसर पाएको थिएँ । अवसर त के भनौँ एक अनन्य मित्रलाई पितृशोक पर्दा ढाडस र समवेदना प्रकट गर्न दाङ्ग गएको थिएँ । त्यो दुखद क्षणमा गरिएको भ्रमण शोकपर्ूण्ा नै रह्यो । तर यसपटक भने कामकाजको सिलसिला थियो । नयाँनयाँ ठाउँको दृष्यलाई आँखभरी कैद गर्ने उत्कट चाहनाले पाइलाहरु हतारिँदै थिए । बुटवलबाट बिहान नौबजे गाडी चढेँ । गाडीमा यात्रुहरुको खासै चाप थिएन । त्यसैले होला ठाउँठाउँमा रोक्दै लोकल यात्रुहरु हाल्दै धिमा गतिमा गाडी गुडिरहेको थियो । बिहान नौबजे बुटवलबाट छुटेको गाडीले दर्ुइबजे मात्र दाङ्ग पुर्‍यायो । गाडीले ढिला गरेपनि यात्रा सुरक्षित रहेकोमा गाडीवालालाई धन्यवाद दिएँ र बसबाट ओर्लिएँ । करिब बीस महिनापछि पहिलोपटक घोराही पुगेको थिएँ । यो समयान्तरमा खासै परिवर्तन नभएपनि घरहरुको संख्या भने उल्लेख्यमात्रामा थपिएको रहेछ । जताततै जग्गा प्लटिङ्गको कार्यले भने निकै फड्को मारेको रहेछ । घोराही पुगेपछि खाना खाइवरी एकजना सहकर्मी मित्रलाई लिएर तुल्सीपुर घुम्न गइयो । फर्किँदा साँझ परिसकेको थियो ।

भोलिपल्ट घोराहीको उत्तरतर्फरहेको बाह्र कुने दह गइयो र घुम्दैफिर्दै रोल्पाको होलेरी पुगियो । जनयुद्धको उर्वर भूमि रोल्पा टेक्दा आत्मगौरवको अनुभूति भयो । हजारौँ सहिदहरुको रगतले सिँचित भूमि यद्यपी अनकन्टार नै देखिन्थ्यो । दाङ्गको घोराही र रोल्पाको होलेरीको जीवनशैली र रहनसहन तुलना गर्दा १८० ड्रि्रीको फरक पाएँ । आखिर डाँडाकाँडाले भरिएको नेपाल हर्ेदा जति नै सुन्दर छ, गाउँले जीवन दुःखको महासागरमा डुबेको छ । पेटदुखेको र टाउको दुखेको ओखती लिन घन्टौं हिँडेर होलेरी आइपुगेका रोल्पाली र मर्की लागेर सिंहापुर उपचार गर्न जाने नेताहरुको जीवनशैली हर्ेदा लाग्यो नेपाललाई लुटेरा र भ्रष्टहरु आफ्ना बाउका बिर्ता नै बनाएका रहेछन् ।

निवर्तमान
२०६६/१०/११







कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...