जुनार एक्स्प्रेशमा हुइकिँदा

अफिसबाट ४ दिनको विदा स्वीकृत गराएँ । माघेसंक्रान्तीको र्सार्वजनिक विदा र शनिवारको विदा गर्दा जम्मा ६ दिनको योजना बन्यो, रामेछाप जाने । रामेछापका लागि यो मेरो करिब डेढ वर्षपछिको पहिलो भ्रमण थियो । लामो समयपछि गाउँ जाँदै थिएँ । मन हर्षे पुलकित नै थियो । साँझ साँढे छ बजेतिर राजमार्ग चौराहामा बस पक्रिन गएँ । तर माघेसंक्रान्तीको सन्ध्यामा बसको सीट पाउन मुश्किल मात्र होइन किन्तु असंभव नै थियो । त्यत्तिकैमा एउटा गाडी घ्याच्च अगाडी आएर रोकियो । यसो बुझ्दा नारायणगढसम्म जाने रहेछ । म लगायत केही यात्रुहरु त्यस बसमा चढ्यौँ । एकैछिनमा बस यात्रुहरुले खचाखच भरियो । बस गुड्नै लाग्दा एकाएक बस बिना क्यूको भन्दै अर्को बसका स्टाफले जान दिएनन् । हुनत कथित क्यूको गाडीपनि खचाखच नै थियो । र पनि गाडीवाला भने यात्रुहरुलाई अर्कोबसबाट ओर्लन लगाएर आफ्नो गाडीमा कोच्दै थियो । यत्तिकैमा विवाद चर्किँदै गयो । उनीहरुको छाडा मुखको त के कुरा जोकोहीलाई पनि कान थुन्नुपर्नेस्थिति थियो । विवाद र गालीगलौज चर्किँदै जाँदा हात हालाहाल र हानाहानको स्थिति नै उत्पन्न भयो । यद्यपी केहीछिनको लागि नै भएपनि हामी सबै यात्रुहरु बसबाट ओर्लियाँै । अर्को गाडीवाला भने भरिएको गाडीमा यात्रुहरु कोचिरहेको थियो । ऊ यात्रुहरुलाई ठेलमठेल गर्दै बसमा कोच्दै थियो, मानौं कि उनीहरु काठमाडौंको मःमःका लागि किमा बनाउन कोचिएका पाडाहरुका बथान् हुन् । गाडीवालाहरुलाई यात्रुको सुविधासँग कुनै चासो र दिलचस्पी थिएन । उनीहरुको ध्यान थियो त केवल बढी भन्दा बढी यात्रुहरुलाई बसभित्र कोच्नु अनि प्रशस्त पैसा कमाउनु । विचरा यात्रुलाई संधैको हतारो, जेनतेन गन्तब्यमा पुग्न लालायित देखिन्थे ।


केहीबेरको गलफती पछि कथित क्यूको गाडी आफ्नो बाटो लाग्यो । शायद यतिबेलासम्म समितिको मान्छेले पनि साँझको रसदपानीको व्यवस्था मिलायो होला, अब हामी चढेको बिना क्यूको गाडीले पनि जाने अनुमति पायो । जेहोस्, कोचाकोच गरेर जानु परेन । सजिलैसँग बसको सीटमा बसी यात्रा गर्न पाइएकोमा नै खुसी थिए यात्रुहरु । धन्न भाग्यमा विश्वास गर्ने मनुवा भएको भए म पनि शायद आफूलाई भाग्यमानी नै ठान्थेँहोला, बस्ने सीट पाएकोमा । यो त भयो नेपालको र्सार्वजनिक सवारीको हालत । बस व्यवसायीहरुको सिन्डिकेट प्रणालीले जनताले सरल र सुविधायुक्त सवारीसाधनको उपयोग गर्न त पाएका छैनन् नै किन्तु कतिपय ठाउँमा उनीहरु गाडीवालाहरुबाट अपमानित हुनु परेको अवस्था पनि विद्यमान छ । ठीक हो, गाडीहरुले पालो मिच्नु हुन्न होला तर यात्रुहरुले पनि सुविधायुक्त तरिकाले यात्रा गर्न पाउनुपर्ने होइन र - एउटा गाडीमा जतिपनि यात्रु कोच्नु चाहीँ नियमसंगत हुने तर यात्रुले खचाखच भरिएको गाडी पालो छैन भन्दै गन्तव्यमा जान नपाउने पनि हुन्छ र - विदा मनाउन गाउँ जान लागेको हुँदा कामको तनावबाट भने मुक्ति नै मिलेको थियो । त्यसैले त्यसदिन कावासोतीमै बसी भोलिपल्ट चितवनको देवघाटमा लाग्ने धार्मिक मेलाको अवलोकन गर्ने मनसुवाले त्यस दिन कावासोतीमै बसेँ ।

भोलिपल्ट बिहान साँढे सात बजेतिर चियाको चुस्की लिएर हर्ुइंकियो नारायणगढतिर । पुष-माघको जाडो विगतको भन्दा यसपाली निकै बढी नै थियो । हुस्सूले टम्म ढाकिएको सडकको चिसो सिरेटो छिचोल्दै मोटरसाइकलमा हर्ुइकियौँ दर्ुइजना । नारायणगढ पुग्दा बिहानको नौ बजेको हुँदोहो । एकैछिनको बजार घुमाइ पश्चात् एक मित्रको डेरामा पुगेर तातो चियाको चुस्की लिइयो । भर्खरै वैवाहिक बन्धनमा बाँधिएको मित्रको दाम्पत्य जीवन व्यवस्थित र सुखी नै देखिन्थ्यो । चिया गफका लागि मुलुकको समसामयिक विषयमा कुराकानी भयो । जसमा माओवादी आन्दोलन, संघीय राज्य प्रणाली, माओवादीको गणराज्य घोषणा लगायतका विषयमा गफ चल्यो । जे भए पनि जातीय राज्य निर्माण गर्दा मुलुकमा जातीय द्वन्द्व हुनसक्ने पुरानै आशंका अगाडी सारे संगै गएका साथीले । तर मैले शताब्दीऔँ देखिको जातीय उत्पीडनलाई सम्बोधन गर्दा जातीय द्वन्द्व होइन बरु राष्ट्रिय एकताको आधार बन्ने कुरा व्यक्त गरेँ । जे होस् चियागफको पारो चढेकै थियो ।

बहसमा मित्र सन्दिप बाराकोटीको उत्साह प्रशंसनीय थियो भने अर्का मित्र रामु खरेलको जोडी भने प्रतिक्रियाविहीन थियो । यद्यपी हाम्रो गफले उनीहरुको ध्यान आकृष्ट गरिरहेकै थियो । करिब आधाघन्टाको बसाइपछि हामी त्यहाँबाट निस्कियौँ । अबको योजना देवघाटको मेला घुम्ने बन्यो र मित्र बाराकोटीले मोटरसाइकलको हृयान्डल तेतैतर्फफर्काएर हर्ुइंक्याए । देवघाटमा नुहाए पुण्य मिल्ने जनविश्वासका साथ नुहाउन आउने तर्ीथयात्रीहरुको भीडले बाटो पुरै जाम थियो । तर्ीथस्थलमा भित्रिने र बाहिरिने फरक फरक बाटाहरु भएपनि वनैवन तयार पारिएको साँघुरो बाटोमा सवारीसाधन तथा बाटो हिंड्ने तर्ीथयात्रुहरुको लर्को निकै लामो थियो । मित्र बाराकोटीका कुशल हातहरुले सजिलै मोटरसाइकल छिराएर अगाडी लैजान्थे । उनको ड्राइभिङ्ग कला यहाँनेर प्रशंसनीय लाग्यो । करिब आधाघन्टा लगाएर हामी नारायणी नदी किनारामा पुग्यौँ । मानिसको धार्मिक आस्था पनि बिछट्टकै हुँदो रहेछ । कहाँबाट मात्र आएका होलान् यत्रो जनसागर - मित्र बाराकोटीले नदीमा डुबुल्की नमारे पनि मुख धोएर जलसिंचन गरे तर म परेँ आस्थाको हिसाबमा नास्तिक मुख त बिहान धोएकै थिएँ । मैले मात्र तर्ीथयात्रीहरुको गतिविधि नियालेँ र केही स्न्याप फोटो खिचेँ । कोही 'यहाँ आएर पनि ननुहाइ जान हुन्न' भन्दै काखे नानीलाई रुवाउँदै पानीमा डुबुल्की मारिरहेका थिए । कोही भन्थे 'चोखो मनले मुख धोएपनि हुन्छ, चिसोमा किन नुहाउनुनै पर्‍यो र' - नदीमा डुबुल्की मार्नेमा ५/६ वर्षा केटाकेटी देखि ८० काटेका वृद्धवृद्धाहरुसम्म थिए । जे होस् सबैले आआफ्नो मन लागेको बोले-गरेका थिए । लाग्थ्यो, सबैका आआफ्ना देउता र दृष्टिकोण छन् अनि सबै आआफ्नो विचारलाई ठीक ठान्थे । कोही पूजाआजामा व्यस्त देखिन्थे । कोही शायद, परमधाम पुगेका आफ्ना पर्ूवजहरुको सम्झनामा श्राद्ध गरिरहेका थिए । जे होस् सबै दौडधुप र व्यस्ततामै देखिन्थे । पुन्य कमाउन आएको जनसागरले कति पुन्य कमायो त्यो त थाहा भएन तर सबै जसो धार्मिक अन्धतामा भने विश्वास गर्नेनै रहेको भान हुन्थ्यो ।

करिब एक घन्टाको घुमघाम पछि नारायणगढ बाजार आइपुग्दा घडीको सूइले बिहानको एघार बजाएको थियो । त्यसपछि खाना खाइवरी हामी छुट्टयिौँ । मित्र बाराकोटी आफ्नो घर टाँडीतिर लागे म भने माइक्रोबस चढेर राजधानीतर्फहान्निएँ । समयाभावका कारण चितवनको टाँडीमा चलिरहेको 'रत्ननगर महोत्सव' हर्ेने चाहना अपुरो नै रह्यो । हुनत, स्थानियस्तरमा हुने महोत्सव, मेलामा बजारीया सरसामानको किनबेच बाहेक के नै नयाँ कुरा देख्न र जान्न पाइन्छ र - स्थानिय कला संस्कृति, भेषभुषा, उत्पादन तथा प्रविधिको त नाउँमात्रै हो । माइक्रोबस सुस्त गतिमा घ्यारघ्यार गर्दै अघि बढिरहेको थियो । तर्ीथयात्रीहरुको भीडले गर्दा रामनगरमा करिब डेढघन्टा जाममा परियो । त्यसैगरी धार्केको थप दर्ुइघन्टे जाम छिचोल्दै राजधानी सहर पुग्दा साँझको सात बजिसकेको थियो ।

साँझ परिसकेको हुँदा मेरो भोलिपल्ट रामेछाप जाने अरनिको यातायातको टिकट काट्ने योजना तुहियो । पर्ूवको काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछापका लागि यात्रु ओसार्ने एकाधिकार पाएको अरनिको यातायातको वेथिती कहेर कहिसाध्यै छैन । खचाखच यात्रुले भरिएको गाडी ब्याउने भैंसीको तालमा ढलपलढलपल गरी हिंड्दा १९० किलोमिटर हाराहारीको बाटो छिचोल्न झन्डै बाह्र घन्टा लाग्छ । भोलिपल्ट जेनतेन बसको टिकट काटी 'जुनार एक्स्प्रेश'मा चढियो । भर्खरै डेन्टिङ्गपेन्टिङ्ग गरिएको जस्तो देखिने गाडी बाहिरबाट हर्ेदा जति नयाँ देखिन्थ्यो भित्रको हालत कलंकीमा लाग्ने ग्याँसवाला माइक्रोबसको जस्तै थियो । बल्लतल्ल पछाडीको सीट भेट्टाएको थिएँ । सतहबाट केही माथि उठेको सीटमा न त बस्न नै मिल्थ्यो न त उठ्न नै । बस्दा पनि कुप्रो परेर बस्नुपर्ने बाध्यता थियो नत्र बसको पांग्रा खाल्डोमा पर्दा पछाडीको डडाल्नो नै खुस्किने अवस्था थियो भने घुँडाको पांग्राले अगाडीको सीटसँग दह्रो मित्रता गाँसेको थियो । धन्न गन्तव्यमा पुग्दा शरीरका पाटपर्ुजा दुख्ने बाहेक अन्य ठूलो दर्ुघटना केही भएन । अझ यसो भनौं सशरीर गन्तव्यमा पुगियो । धेरैपछि गाउँ जाने अवसर पाएको थिएँ । विकासको झल्को दिने सडक यातायातको लागि खनिएको बाटोको डोब बाहेक गाउँमा खासै परिवर्तन भएको पाइएन । हुनत सहरमा बसेर डलरको खेती गर्ने विकासे कार्यकर्ताहरु पहाडी भागमा जथाभावी बाटोखन्दा भूक्षय हुन्छ, यो हुन्छ, त्यो हुन्छ भनेर कर्ुर्लिन्छन् तर पुस्तौँ पुस्ताले समेत आधुनिक मोटर नदेखेकाहरुका दुःख र पीडाका बारेमा तिनीहरु मौन मात्रै छैनन् परन्तु त्यसलाई आम्दानीको श्रोत बनाउँछन् ।





मलाई लाग्दैन कि भीर, पाखोमा मोटरबाटो खन्दा पर्ने वातावरणीय असर ठूलाठूला औद्योगिक राष्ट्रहरुबाट उर्त्र्सजन हुने विषालु ग्याँसले जलवायु परिवर्तनमा परेको असर भन्दा बढी हुन्छ । औद्योगिक राष्ट्रहरुले विकासका लागि अत्यधिक वातावरण विनास गर्दा आजको जस्तो भयावहस्थितिको श्रृजना भएको कुरा घाम जत्तिकै र्छलङ्ग छ । एउटा अन्तर्रर्ााट्रय अध्ययनले देखाए अनुसार हरितगृह ग्यास उर्त्र्सजनमा संयुक्त राज्य अमेरिकका एक्लैले पच्चीस प्रतिशत हिस्सा ओगटेको छ । तर जलवायु परिवर्तनको असर भने हाम्रो जस्तो गरिबतम् राष्ट्रका निम्न वर्गका जनताले बेहोर्नु परिरहेको छ । हिमाली जिल्ला दोलखाको उत्तरतर्फसेताम्य देखिने गौरीशंकर लगायतका हिमश्रृंखलाहरु यसपटक कालाम्य देखिन्थे । हिमालको स्वरुप यसरी परिवर्तन भएको थियो कि मानौं एउटा कलाकारले आफ्नो क्यानभासको हिम श्रृंखलामा कालो पोतिदिएको होस् ।
जलवायु परिवर्तनका कारण हिमालमा हिउँ देखिन छाडिसकेको रहेछ । गाउँका स्थानिय वासिन्दाहरु वरिपरिको डाँडामा ३/४ वर्षता हिउँ नदेखिएको बताउँदै थिए । औद्योगिक राष्ट्रहरुको गैरजिम्मेवारीले हाम्रो जस्तो गरीब देशका जनता जलवायु परिवर्तनको असर खप्न अभिशप्त छन् । जसको प्रत्यक्ष असर उत्पादन र खाद्य सुरक्षामा परिरहेको छ । तर जलवायु परिवर्तनको मुद्दालाई अन्तर्रर्ााट्रयस्तरमा पुर्‍याउन कालापत्थरमा बैठक गरी कोपनहेगन गुहार्न पुगेको सरकार यस विषयमा न कुनै चासो व्यक्त गर्छ, न चिन्ता नै, बस् कर्ुर्सर्ीीोगाउनुनै एकमात्र ध्येय बनेको छ सरकारको ! अनि विकसीत राष्ट्रहरु युद्ध उन्मादमा चर्ुलुम्म डुबेका छन् । उनीहरु पृथ्वीमा संकट आए चन्द्रमामा बस्ती बसाल्ने सोचका साथ अघि बढिरहेका छन् । मर्ने त गरिब जनता न हुन् !
मनिकर कार्की 'निवर्तमान'
२०६६/१०/१३

No comments:

Post a Comment

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान” विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परी...