सांस्कृतिक चेतनामा जनसांस्कृतिक महासंघको भूमिका

समाज परिवर्तन र रुपान्तरणको महत्वपर्ूण्ा पक्ष हो सही र वैज्ञानिक सांस्कृतिक तथा सौर्न्दर्य चिन्तन । आज हामी एक्काइशौं शताब्दीको विज्ञान र प्रविधिको युगमा छलाङ्ग मारिरहेका नै किन नहोऔं, तर हाम्रो चिन्तन शैली अद्योपरान्त उही पुरातन र मूलत सामन्ती नै रही आएको छ । हाम्रो सामन्ती समाजले आफ्नै प्रकारको सामन्ती रीति रिवाज, भाषा, शैली र सांस्कृतिक चिन्तनमा समाजलाई जकड्याएर राखेको छ । फलस्वरुप हामीमा नवयुगको चेतना हुँदाहुँदै पनि हामीले जीवन र जगतका घटना तथा परिघटनाहरुलाई भौतिकवादी गतिशीलतामा बुझ्न सकेका छैनौं । यसैको निरन्तरता स्वरुप हामी हरेक वस्तु, घटना र क्रियाकलापको पछाडी तर्क गर्नुको सट्टा अलौकिक र्'इश्वर'को रचनाको रुपमा सहजै स्वीकार गरेर बहसबाट पन्छिने गर्र्छौं । यसले हामीलाई फगत भाग्यावादी र्रर् इश्वरवादी मात्र बनाएको छ । यसरी कुनैपनि वस्तु, घटना र विचारको तार्किक ढंगबाट विश्लेषण गरी कारण र असरहरु खोज्नुको सट्टा त्यसलाई र्'इश्वरको लीला' वा 'भाग्यको खेल' मान्ने आम प्रवृत्तिले यथार्थको रहस्योद्घाटनमा तगारो उत्पन्न गरिदिएको त छ नै यसले पारम्परिक रुढीवादी चिन्तन र आग्रहलाई 'बिरालो बाँध्ने' शैलीमा अंगिकार गर्न बाध्य तुल्याएको छ ।



१० वर्षो जनयुद्धको जगमा सम्पन्न २०६२/०६३ को १९ दिने जनआन्दोलनले सयौँ वर्षदेखि नेपाली समाजमा जरा गाडेको निरंकुश सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्रको ध्वजा फहराए पनि विद्यमान अर्धसामन्ती र अर्धऔपनिवेशिक स्थितिको अन्त्य भएको छैन । नेपालमा विद्यमान वर्गीय, जातीय, भाषीक, क्षेत्रीय, लिंगीय, आर्थिक, सामाजिक र सांस्कृतिक उत्पीडनको साथसाथै बाहृय क्षेत्रबाट भइरहेको साम्राज्यवादी र विस्तारवादी उत्पीडनको अन्त्य नभइकन स्थापित गणतन्त्रको सुदृढिकरण हुने कुनै गुञ्जायस देखिँदैन । त्यसैले सामन्तवाद, साम्राज्यवाद र विस्तारवाद विरुद्ध प्रगतिवादी कला, साहित्य र चिन्तनको विकास गरी प्रगतिशील सौर्न्दर्य चेतनालाई समाजको प्रमुख आधार बनाउनुपर्ने भएको छ । तबमात्र सामन्ती-साम्राज्यवादी एवम् विस्तारवादी संस्कृतिको चंगुलमा फँसिरहेको हाम्रो सांस्कृतिक चिन्तनलाई प्रत्रि्रुवीय साहित्यिक मूल्यबाट बचाउन सकिन्छ । सौर्न्दर्य शास्त्र राजनीतिक आन्दोलनको एउटा प्रमुख हतियार हो । यसै सर्न्दर्भमा जनयुद्धका नायक कमरेड प्रचण्डको भनाई उल्लेखनीय छ । 'साहित्य र कलाप्रति रुचि नराख्ने, त्यसलाई महत्व नदिने पार्टर्ीी कुनैपनि नेताले जनक्रान्तिको नेतृत्व गर्न सक्तैन'




हामीसँग भौतिक शरीर छ । श्रम गर्ने हात खुट्टाहरु छन् र चिन्तन मनन गर्ने मस्तिष्क पनि छ । तर हामीले आफ्नो मस्तिष्क कहिले पनि आफ्नो जीवन-दृष्टि खुट्टयाउनेतर्फपरिचालित गर्न सकेका छैनौं । हामीले यसलाई प्रयोग गर्यौं त केवल धर्म, संस्कृति र परम्पराको नाममा सदियौँ देखि चलिआएको रुढीवादी परम्परा र सामन्ती आग्रहलाई पच्छ्याउन । हाम्रो सामन्ती समाजले तथाकथित विशुद्ध साहित्यको नाममा सामन्तवादी र उत्तरआधुनिक साहित्यिक मूल्यहरुलाई चपरीमुनिबाट उठाएरै भएपनि समाजमा प्रतिस्थापना गर्ने काम गरेको छ । र उसले कथित हिंसा र युद्धको नाममा समाजवादी यथार्थवादी कला र साहित्यको सधैं विरोध गर्दै आएको छ । यसरी हर्ेदा हामी मूलत दर्ुइ खालका विकारयुक्त सांस्कृतिक चिन्तनबाट गुज्रिरहेका छौं । पहिलो मनुवादी र सामन्तवादी जड सांस्कृतिक चिन्तन, जसले समाजलाई कथित धर्म, संस्कृति, परम्परा र संस्कारको नाममा परम्परादेखि नै चलिआएका रुढीवादी सामन्ती संस्कार एवम् रीतिरिवाजहरुलाई निरन्तरता दिइरहेको छ । र ती अवैज्ञानिक सांस्कृतिक चिन्तनलाई वैज्ञानिक ढंगबाट परिष्कृत गर्नबाट बञ्चीत गरेको छ । तिनै पुराना सामन्ती चिन्तनहरुलाई आफ्नो जीवन-दृष्टि बनाउँदै आउनाले नै आजको विज्ञान र प्रविधिको युगमा पनि हामी ऊँच, नीच, छुवाछुत, धामी झाँक्री, बोक्सी, भूतप्रेत, पिचास आदिमा समय गुजारिरहेका छौं । फलस्वरुप यही हाम्रो सभ्य कहलिएको समाजमा कति हजुरआमा, आमा, दिदी तथा बहिनीहरु जिउँदै जल्नु परेको छ । कुकुरसमेतले भित्रिने अवसर पाउँदा मानिसलाई दलीत वा तल्लो जातिको नाममा घर भित्र पस्नबाट रोकिएको छ । दोश्रो, साम्राज्यवादी-विस्तारवादी साहित्यिक मूल्य र मान्यताहरु, जसले कथित उत्तरआधुनिकता वादको नाममा छाडा र अश्लील सांस्कृतिक चिन्तनलाई निर्वाध रुपमा आयात गरी नेपालको युवाशक्तिलाई त्यसको दर्ीघकालीन उपभोक्ता बनाइरहेको छ । फलस्वरुप राष्ट्र निर्माणमा दत्तचित्त भएर लाग्नुपर्ने युवाहरु दिनप्रतिदिन मोजमस्ती र भोगविलासमा समय गुजारिरहेका छन् । अझ कतिपय युवाहरु त आपराधिक क्रियाकलापमा समेत संलग्न हुँदैछन् । त्यस्तैगरी धर्मको नाममा पनि हाम्रो समाज निकै पाखण्डी छ । यसो भन्दा धर्म र संस्कृतिको विरोध गरेको जस्तो सुनिएला । तर धर्म, संस्कृति र परम्पराका नाममा चलि आएका अत्यन्तै निकृष्ट र रुढीवादी संस्कार जो आजको परिवेशमा कुसंस्कार बन्दैछ, त्यस्तो कथित परम्परालाई तोडेर वैज्ञानिक तरिकाले परम्परा र संस्कारलाई पर्ुनपरिभाषित र परिस्कृत गर्दै लैजानुपर्ने आजको टट्कारो आवश्यकतालाई कम आँक्न पटक्कै मिल्दैन । सामन्ती समाजमा जीवनको हरेक क्षेत्रमा धर्मको छाप परेको हुन्छ । सामन्त महासामन्तहरुले धर्मको आडमा नै आफ्नो वर्ग स्वार्थको रक्षा गर्दै धर्मलाई शोषणको माध्यम बनाएको हुन्छ । अब यस प्रकारका खोक्रा र आडम्बरी साहित्यिक, धार्मिक, सांस्कृतिक र पारम्परिक मूल्य र मान्यताहरुको पर्ुनसंरचना हुनु जरुरी भइसकेको छ । यस प्रकारका खोक्रा साहित्यिक मूल्य, मान्यता र सांस्कृतिक चिन्तनहरुको विरुद्ध मार्क्सवादी सौर्न्दर्य चिन्तनमा आधारित प्रगतिवादी यथार्थवादी र समाजवादी कला, साहित्य र सांस्कृतिक चेतनाको विकास गर्न कम्मर कसेर लागेको छ 'एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ' । प्रगतिशील लेखक, श्रष्टा र संस्कृतिकर्मीहरुको यो छाता संगठनले भर्खरै मात्र बुटवलमा 'अवध-मधेश' राज्यस्तरीय प्रथम सम्मेलन सम्पन्न गरी २१ सदस्यीय कार्यसमिति गठन गरेको छ । जनताको वर्गीय चेतना र भावनासँग मितेरी गाँस्दै जनवादी कला, साहित्य र संस्कृतिको पर््रवर्द्धन गरी मालिक, सामन्त, दलाल, पूँजीवादीहरुले लादेको खोक्रो र भ्रमपर्ूण्ा सांस्कृतिक चिन्तनलाई छिमलेर जनवादी साहित्य र कलाको सुन्दर बगैँचा निर्माण गर्न प्रतिबद्ध जनसांस्कृतिक महासंघले निश्चय नै सामाजिक रुपान्तरणको लागिे अतुलनीय योगदान दिन सफल होस्, मेरो यही शुभकामना !




मनिकर कार्की 'निवर्तमान'

सर्न्दर्भ शैक्षिक जागरण अभियानको

'शैक्षिक जागरण अभियान कार्यक्रमलाई यसरी लैजान आग्रह गर्र्छौं कि जुन विद्यालयमा पढ्ने छात्रछात्राहरु गरिबीको रेखामुनिका परिवार होउन् । जसलाई शैक्षिक सामग्रीको अभावमा पढाइबाट बञ्चीत हुनुपरेको अवस्था रहेको होस् ।' यो त थियो वसन्त पोखरेलको 'सानो तर मीठो सामाजिक सेवामा एकछिन लाग्दा' शीषर्ात्मक लेख -बुटवल टुडे, अंक ९१, ०६६ फाल्गुण १३) मा उल्लेखित पंक्ति । उहाँले लेखमा उल्लेख गरे अनुसार ०६६ फाल्गुण ८ गते हामीले एउटा सानो सामाजिक कार्य गर्‍यौँ । कार्यक्रमको बारेमा उहाँले नै प्रकाश पारिसक्नु भएको हुँदा थप लेठो गरेर पाठकहरुको दिमाग चाट्ने धृष्टता मैले कदापी गर्नुहुँदैन । उल्लेखित पंक्तिलाई साकार रुप दिनकै लागि हामीले आर्थिक दुरावस्थाका कारण शैक्षिक कार्यक्रममा भाग लिन नसकेका नानीहरुलाई चेतना बाँड्ने कार्यमा सहयोग गर्न एउटा अभियान सुरु गरेका हौँ । उहाँले उक्त आलेखका लागि कार्यक्रममा खिचिएको तस्वीर माग्नु भएको थियो तर मैले कार्यव्यस्तताले गर्दा वहाँलाई उक्त तस्वीर उपलब्ध गराउन सकिन । यसको लागि म वहाँप्रति विशेष रुपमा क्षमाप्रार्थी छु । -हे.तस्वीर) वसन्त पोखरेलको लेख पढेर फर्सर्ााकरबाट रमेश नामका एकजना अपरिचित मित्रले सर्म्पर्क गर्नुभयो कि उहाँ पनि यस अभियानको सदस्य बन्न उत्सुक हुनुहुन्छ र केही साथीहरुकेा समूह पनि जुटाइसक्नु भएको छ । उहाँको सर्म्पर्कबाट म निकै हषिर्त भएको छु । उहाँहरु जस्ता धेरै साथीहरुलाई आव्हान गर्न मैले यस आलेखमा हामीले संचालन गरेको शैक्षिक जागरण अभियानको बारेमा केही जानकारी दिने प्रयास गरेको छु । जीवनको लागि शिक्षा तेस्रो आँखा हो जसले दर्ुइवटा भौतिक आँखाले भन्दा बढी देख्छ । जीवन र जगतको ज्ञान दिन्छ, अनि असल र खराब छुट्टयाउन मद्धत गर्छ र सदैव सत्यको पक्षमा वकालत गर्न पे्ररणा दिन्छ । शिक्षाको कुरा गर्दा चेतनालाई छुटाउनु हुँदैन । किनकि शिक्षा र चेतना एक आपसमा अन्तर्निहीत हुन्छन् । यी एकअर्काका परिपूरक हुन् । शिक्षाले चेतनाको विकास गर्छ भने चेतनाले असल शिक्षा ग्रहण गर्नमा अग्रणी भूमिका निर्वाह गरेको हुन्छ । तर आजको यस सूचनाप्रविधिको युगमा पनि हाम्रा नानीहरु शिक्षाको उज्ज्यालो ज्योतिबाट बञ्चीत हुनु निश्चय नै दुःख र लज्जाको विषय हो । र पनि यो हाम्रो समाजको कटु यथार्थ हो ।

भौतिक सुखसुविधा, धनसम्पत्ती, मोजमस्ती र भोग विलासलाई सफलताको व्यारोमिटर मान्ने हाम्रो समाजले व्यक्तिलाई पर्ूण्ारुपमा आत्मकेन्द्रीत बनाएको छ । त्यसैले त मानिस रातदिन अवसरको पछि दौडन्छ र आफूलाई औशतभन्दा माथि भएको ठान्छ । अझ भनौँ मानिस आफ्नो बाहेक अरुको बारेमा कुनै चासो अनि चिन्ता लिँदैन । उसलाई अरुको बारेमा सोच्न न कुनै फर्ुशद नै छ न कुनै जाँगर नै । मात्र ऊ आफ्नो र आफ्नो घरपरिवारको सुखसुविधा हर्ेछ र त्यसलाई कुनैपनि मूल्यमा प्राप्त गर्न हरदम आतूर रहन्छ । आजको भूमण्डलीकरणको युगमा उपभोक्तावादको चँगुलमा फँसेको युवापुस्ताले समाज र राष्ट्रको लागि कमै समय दिएका भेटिन्छन् । त्यसमाथि पनि समग्र मानव जातिको उत्थानका लागि केही नौलो आयामको समुद्घाटन गर्लान् भनेर आश्वस्त हुने ठाउँ त निकै कम छ । यस्तै कम दृष्टान्तहरु मध्ये कर्पोरेट संसारका हस्ती माइक्रोसफ्टका जोन उडले गरेका छन् ।



अमेरिका जस्तो आफूलाई महाशक्तिशाली मान्ने राष्ट्रमा जन्मिएका नागरिक जो, माइक्रोसफ्ट जस्तो संसारकै प्रतिष्ठित कम्पनीमा काम गर्थे, उनी विश्वका विपन्न समुदायका बालकालिकामा शिक्षाको ज्योति फैलाउने दृढ अठोटका साथ आफ्नो काम, नाम र दाम सबै छाडी धोक्रा भरी पुस्तक बोकेर हिंडे । अमेरिका जस्तो चरम् व्यक्तिवादी मुलुकमा जन्मिएका, त्यसमाथि पनि माइक्रोसफ्ट जस्तो विश्वकै ठूलो र धनी संस्थाका बजार निर्देशकलाई के नपुग्दो थियो र - तर मानव जातिको हितका लागि आफ्नो ऐसआरामपर्ूण्ा विलासी जीवन चटक्कै छाडी उनी धोक्रामा पुस्तक बोकी हिंडे । यस क्रममा उनी भौतिक सुखसयलबाट मात्र बञ्चीत भएनन् परन्तु आफ्नी प्रमिकासमेतलाई छाडी शिक्षाको ज्योति फैलाउन अनिश्चयको यात्रा तर्फलम्के । उनको यो कल्याणकारी कदमको मुक्तकण्डले प्रशंसा गर्नैपर्छ । तिनै मानवतावादी हृदयका अमेरिकी नागरिक जोन उडले आफ्नो 'रुम टु रिड' अभियानमार्फ शिक्षाका माध्यमबाट संसार बदल्ने अठोटका साथ विश्वका अति कमविकसीत राष्ट्रहरुका लाखौँ नानीहरुलाई चेतना बाँड्ने काम गरे । उनको यो परोपकारी अभियानलाई थालनी गरेको कुरा तबमात्र थाहा भयो जब उनले आफ्नो अभियानको ८ वर्षो अनुभवलाई आफ्नो पुस्तक 'लिभिङ माइक्रोसफ्ट टु चेन्ज द वर्ल्ड'मा लिपिबद्ध गरे । र यसलाई आफ्ना शब्दशिल्पी हातहरुले नेपाली भाषामा अनुवाद गरी प्रगतिशील लेखक खगेन्द्र संग्रौलाले नेपाली पाठकलाई लाउनुसम्मको गुण लगाएका छन् । पुस्तकलाई मौलिक कृतिको रुपमा प्रस्तुत गर्दै उनले ठ्याक्कै नेपाली नाम पनि जुराए 'माइक्रोसफ्ट देखि बाहुनडाँडासम्म' । उडले आफ्नो पुस्तकमा आफूले सञ्चालन गरेको परोपकारी अभियानलाई अघि बढाउने क्रममा खेपेका संर्घष्ाका कथाहरुलाई सिलसिलेबार ढंगमा उनेका छन् जुन पुस्तक पठनीय मात्र नभै संग्रहनीय पनि छ ।





तिनै मानवतावादी हृदयका जोन उडको पुस्तक पढ्दा हामीलाई निकै लज्जाबोध भयो । किनकि एउटा विदेशी खैरे धोक्रामा पुस्तक बोकेर हाम्रा नानीहरुलाई पढाउन नेपाल आउँछ तर हामी यही समाजका शिक्षित भनाउँदाहरु आकाशपातालका गफ चुटी -अझ टुटेफुटेको अंग्रजी मिर्साई) साइबर क्याफे र बेकरीहरुमा हल्लिरहेका हुन्छौं । हामी आफूहरुलाई आधुनिक भएको भन्ठान्छौं तर आफ्नै नाकैमुन्तिरको गरिबी, अशिक्षा र उत्पीडनलाई देखेनदेखेझैं गर्र्छौं । हाम्रो चेतनास्तर यतिसम्म गिरेको छ कि हामीलाई आफ्नो स्वार्थइतरका कुराहरुका बारेमा सोच्नसम्म पनि समय छैन । हामी असाध्यै व्यस्त छौं ।
शिक्षा नै नयाँ नेपाल निर्माणको दरिलो र बलियो आधार भएकाले जोन उडको यो अनुकरणीय कामबाट प्ररित भई हामी केही साथीहरुले शिक्षाको क्षेत्रमा चेतना बाँड्ने ध्ययेले 'शैक्षिक जागरण अभियान' को सुरुवात गरेका थियौँ र अत्यन्तै सानो अंशमा संकलित रकमबाट हामीले अभियानको तर्फाट पहिलो कार्यक्रम सम्पन्न गरेका छौं, बटवल १५ बँदेलपोखरीमा अवस्थित श्री जितेश्वरी प्रा.वि.का १४० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर । जसको बारेमा माथि नै चर्चा भइसकेको छ । आर्थिक दुरावस्थाका कारण पाठ्यसामग्रीको अभावमा पढ्नलेख्नबाट बञ्चीत बालबालिकाहरुलाई पाठ्यसामग्री उपलब्ध गराएर पढ्नका लागि सहयोग गर्ने उद्देश्यका साथ यो अभियानको थालनी गरिएको हो । हाम्रो अभियानको मुल नारा 'सबै नानीहरुले पढ्न पाउनर्ुपर्छ' रहेको छ भने आम नागरिकहरुलाई कम्तीमा दैनिक रु.१ बचत गरी आर्थिक अवस्था कमजोर भएका नानीहरुलाई शिक्षा प्रदान गर्न सहयोग गरौँ भन्ने रहेको छ ।
निश्चित रुपमा आफ्नो चाहनाले आम्दानीका श्रोतहरु बढाउन नसकिने हुँदा निश्चित आयमा बाँच्नुपर्ने हाम्रो विवशता विद्यमान छ । र पनि थोरै सहयोगका लागि दिनहुँ हुने खर्चमा भने केही अंशले कटौति गर्न सकिन्छ । जस्तो कि कसैको चुरोट पिउने बानी छ भने प्रतिदिन एक खिल्ली चुरोट कम पिएर केही रुपैँया बचत गर्न सकिन्छ । त्यसैगरी आजको सूचनाप्रविधिको युगमा हामी सबैको हातहातमा मोबाइल छ । हामी मोवाइल फोनमा घन्टौँ कुरा गर्र्छौँ । हो, हामीले मोबाइल फोनमा गर्ने कुराको अवधी प्रतिदिन एक मिनेटले मात्र कटौती गर्न सक्यौँ भने पनि केही रकम बचत गर्न सक्छौं । हामीसँग कल्याणकारी सोच भयो भने सानो सानो सहयोगले पनि निकै ठूलो काम गर्न सकिन्छ । त्यसैले आफूले गर्ने खर्चमा कम्तीमा पनि दैनिक रु.१ ले कटौति गरी यो अभियानलाई सहयोग गर्न सबैलाई हार्दिक अनुरोध गर्दछु । पाठकवृन्दहरु ! तपाइँहरुलाई पनि यो मानवीय काममा एउटा इँटा थप्ने इच्छा छ भने कृपया बुटवल फाइनान्स लिमिटेडमा रहेका अभियानको खाता नं. ३१-००८८३-९ मा इच्छा अनुसारको रकम जम्मा गरी सहयोग गर्नसक्नुहुनेछ । त्यसैगरी सर्म्पर्क गर्नुपरेमा ९८४७१२८८८९ वा ९८५७०२०३३३ वा ९८४७३१६०६९ डायल गर्नु भएमा हार्दिकताका साथ स्वागत गर्नेछौँ । तपाईंहरुको सानो सहयोगले शिक्षाको उज्यालो ज्योतीबाट बञ्चीत कलिला नानीहरुले शिक्षाको अवसर पाउनेछन् । आउनुहोस् चेतनाको ज्योति बाँड्ने महान् कार्यमा सहभागि बनी मानवताको परिचय दिनुहोस् !
मनिकर कार्की -निवर्तमान)

कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...