कपुरकोटमा हावा सरर...

विदाको दिन भएकोले साबिकको भन्दा केही ढिला उठियो । ठाउँ, वातावरण र परिवेश फरक परेपछि आफ्नो दिनचर्यामा पनि परिवर्तन आउनु अस्वभाविक होइन । हप्तादिनको लागि कार्यक्षेत्र बुटवल छाडि अफिसियल कामको सिलसिलामा दाङ गएको थिएँ । केही दिन अघिदेखि रातको समयमा हल्का वषर्ा भएकोले ज्येष्ठको उष्ण वातावरणमा शीतलता छाएको अनुभूति भइरहेको थियो । त्यसो त बुटवलको तुलनमा दाङमा केही कम गर्मी महशुस भइरहेको थियो । बिहानीपखको शीतल वातावरण अत्यन्तै रमणीय मात्र होइन किन्तु स्वस्थकर पनि भएको भान भइरहेको थियो । बिहान उठेर नित्यकर्म गरिसकेपछि सहकर्मी मित्रसँग फोन सर्म्पर्क भयो । विगत केहीवर्षेखि दाङमा कार्यरत रहनुभएका सहकर्मी मित्र शिव पाण्डेले कुरैकुरामा सल्यानको कपुरकोटसम्मको यात्रा तय गर्ने प्रस्ताव गर्नुभयो । केही काम पनि थियो, त्यसैको बहानामा घुमफिर पनि गरिने भइयो । गजबकै संयोग मिलेको थियो सल्यानको कपुरकोटसम्म पुग्ने । यात्रा भनेपछि हुरुक्कै हुने मैले घुमफिर गर्ने योजनालाई र्समर्थन नगर्ने कुरै थिएन । तुरुन्तै कपुरकोटतर्फो यात्रा तय गर्न शिव पाण्डेसँग मोटरसाइकलमा हान्नियो सल्यानतिर ।


दायाँबायाँ विशाल उपत्यकाको फाँट छिचोल्दै हाम्रो यात्राको श्रृंखला सुरु भयो । घोराही र तुल्सीपुर खण्ड जोड्ने सीधा सडकको यात्रा कम रोमाञ्चकपर्ूण्ा थिएन । बाटो सीधा र सरल भएपनि अनुभवि चालक शिव पाण्डेको मोटरसाइकलको गति तीव्र थिएन, र नै चारैतिरको दृष्यावलोकनको लागि सहज भएको अनुभव गरिरहेको थिएँ । दायाँबायाँको दृष्यदृष्यावलीहरुको अवलोकन गर्दै बिहानको चीसो प्राणवायुको रसास्वादन गर्दै हामी अघि बढ्यौं । घोराही र तुल्सीपुर सडकखण्डमा पर्ने करिब आधादर्जनभन्दा बढी खहरे खोलाहरुमा सवारीसाधन वारपार गर्न पुलको व्यवस्था गरिएको रहेनछ । खोला तर्नको लागि खोलामै ढलान गरेर बनाइएका 'खोले पुलहरु' बाट खोलो तर्नुको विकल्प थिएन । शायद संख्यात्मक रुपमा पनि धेरै खोलाहरु भएको र वषर्ातको समयमा मात्र खोलामा पानी बग्ने हुँदा ठूला पुलहरु निर्माण नगरिएको हुनसक्छ । यद्यपी बषर्ातको समयमा साना अझ विशेष गरी दर्ुइपांग्रे सवारीसाधनले खोलो तर्न न असंभव नै हुँदोरहेछ । विशेषगरी निरन्तर पानी परेको अवस्थामा ठूला सवारीसाधनहरुलाई पनि ती आधादर्जन भन्दा बढी खहरेखोला पार गरेर घोराही-तुल्सीपुरको यात्रा पार गर्न त्यत्ति सहज हुनेस्थिति देखिएन । जे होस् ती खोलाहरुमा पानीको प्रवाह असाध्यै कम भएकोले हाम्रो दर्ुइपांग्रे सवारीलाई यसपटक खोलो तर्न समस्या भएन । मेरो पहिलो दाङ भ्रमणको सिलसिलामा वषर्ातको कारण त्यही खोलोतर्ने आँट गर्न नसक्दा तुल्सीपुर जान पाएको थिइन । तर यसपटक भने त्यो समस्या झेल्नु परेन ।

दाङको विशाल उपत्यकामा पनि खेतीयोग्य भूमि अतिक्रमण गरी मानववस्ती बसाल्ने क्रम तीव्र रुपमा विस्तार भएको रहेछ । सडकका दायाँबायाँ अवस्थित विशाल फाँटहरुमा जग्गा प्लटिङ्ग गरी घडेरी बिक्रीवितरणका लागि पर्ूवाधार निर्माण गर्ने क्रममा बनाइएका बाटाहरु र बाटाका वरिपरी बिजुलीको तार टाङ्न गाडिएका खम्बाहरुले यसैको झल्को दिन्थ्यो । कम बस्ती भएको ठाउँमा बस्ती विस्तार गरी सहरीकरण गर्ने कार्य त गलत नहोला तर, बस्ती विस्तार गर्ने नाममा खेतीयोग्य जमिनमा आवादी बढाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्न गएको तथ्यलाई बेवास्ता गर्नु उचित हुँदैन । दाङमा मात्र किन अहिले मुलुकैभरी खेतीयोग्य जमिन मासी घरघडेरी बिक्री वितरण कार्य तीव्र रुपमा फस्टाएको छ । हुनत घरजग्गा कारोबार गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह गरिने कर्जामा बैंक तथा वित्तीय संस्थाहरुको नियमन निकाय तथा केन्द्रीय बैंकले सीमा तोकिदिँदा अहिले घरजग्गा बिक्रीवितरणमा केही कमी आएको त पक्कै छ ।

यद्यपी घरजग्गा खरीदबिक्रीमा बैंक तथा वित्तीय संस्थाका जिम्मेवारी अधिकारीहरुदेखि राजनीतिक दलका नेता तथा कार्यकर्ता, समाजसेवामा लागेका सामाजिक कार्यकर्ता, सरकारी कर्मचारी, पत्रकार लगायत विभिन्न पेशा, व्यवसाय गरिरहेका समाजका सबै तह र तप्काका मानिसहरु यसमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न हुँदा यसले अनियन्त्रित रुपमा फड्को मारिरहेको तथ्यलाई कम आँक्न पटक्कै मिल्दैन । वास्तवमा भन्ने हो भने छोटो अवधिमा बिना जोखिम धेरै मुनाफा आर्जन गर्न मानिसहरु घरजग्गाको दलालीमा लागेका छन् । घरजग्गा दलाली गर्दै आएका एक परिचित मित्रले मलाई बडो गर्विलो स्वरमा एक डेढ वर्षो अवधिमा करिब दर्ुइ करोड आर्जन गरेको घोषणा गरेका थिए । उनको दर्ुइ करोडको आयआर्जनसँग मेरो कुनै सरोकार त होइन । र, पनि केवल एकडेढ वर्षो अत्यन्तै छोटो अवधिमा त्यतिधेरै मुनाफा आर्जन गरेका उनले त्यो पैसा केमा खर्च गरे होलान् भन्ने जिज्ञासा उत्पन्न भएको छ । निश्चय नै यसरी अनुत्पादनमूलक क्षेत्रमा गरिएको अत्यधिक लगानीले मुलुकको अर्थतन्त्र डाँवाडोल भएको यथार्थ एकातिर छ भने अर्कोतिर बासबस्नको लागि भूमि नपाएर खुल्ला आकाश ओढेर रात कटाउने दुखियाहरुको रामकहानी पनि अर्को अकाट्य यथार्थ हो ।

एक त राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि निर्वाहमूखि व्यवसायमै सीमित रहेको अवस्थामा यसको व्यवसायिकीकरण गर्ने सवालमा सरकार केवल कृषि क्षेत्रलाई उपेक्षा गर्न मै तल्लीन छ । अर्कोतर्फकेहीहदसम्म खेती गर्न योग्य ठानिएको जमिन दलालीहरुले कब्जागरी घरघडेरी विस्तार गरिरहेका छन् । यसले निश्चय नै कृषि उत्पादनमा उल्लेख्य असर परिरहेको छ । यदि यही अवस्था कायम रहने र राज्यले उपयुक्त भूमिको उपयोगसम्बन्धी नीतिको तर्जुमा नगर्ने हो भने हाम्रा सन्तान दरसन्तालाई के खुवाएर बचाउने हो, दर्ुइपटक सोच्नुपर्ने बेला भइसकेको छ ।

दाङलाई औद्योगिकरण गर्ने सवालमा केही ठूला सिमेन्ट उद्योगहरु स्थापना गर्न लागिएको रहेछ । यसरी स्थापना गर्न लागिएका उद्योगहरुको स्थल चयन भने उपयुक्त नभएको जस्तो लाग्यो । मूलतः घोराही-तुल्सीपुर सडकखण्ड वरिपरी स्थापना गर्न लागिएका उद्योगहरुले निश्चय नै वरिपरीको पर्यावरणमा असर त पुर्याउँछन् नै तिनले सडक वरिपरी अवस्थित पूरै गाउँलाई नै विस्थापित गर्न सक्ने खतरा देखिएको छ । निश्चय नै मझौला तथा ठूला उद्योगहरु अर्थतन्त्रका मेरुदण्ड हुन् त्यसमा कसैको असहमति छैन । तर त्यस्ता उद्योगहरुलाई वातावरणीय, कच्चापदार्थ तथा जनस्वास्थ्यको दृष्टिकोणले उपयुक्त स्थानमा खोल्ने अनुमति दिइनर्ुपर्छ । सिमेन्ट कारखाना जस्ता प्रदुषणीय उद्योगहरु सकेसम्म मानववस्ती भन्दा टाढा स्थापना गरियो भने त्यसबाट मानवस्वास्थ्यमा पर्ने प्रत्यक्ष असरलाई केहीहदसम्म न्यूनीकरण गर्न सकिन्छ । तर, दाङमा स्थापना गर्न लागिएका सिमेन्ट उद्योगहरुको हकमा त्यसप्रकारको सावधानी अपनाइएको देखिएन ।

दाङको घोराहीबाट बिहान ८ बजेतिर सुरुभएको हाम्रो यात्राले केहीबेर तुल्सीपुरमा विश्राम लियो । तुल्सीपुरमा पुगेपछि मोटरसाइकलमा इन्धन भर्ने काम भयो । यात्रामा निस्किएका हामी पनि चियानास्ता गर्न एउटा होटेलमा पस्यौँ । हिन्दी लवजमा कुरा गर्ने एउटी अधवैंशे होटलवाल्नीले निकै स्वादिलो पुरी तरकारी ख्वाइन् । उनको हिन्दी लवजको सर्न्दर्भमा कुरा गर्दा पछि थाहा पाइयो कि उनको जोइपोइले नै ७/८ वर्षभारतमा बसेर होटेल चलाएका रहेछन् र आफ्नै देशमा व्यापार व्यवसाय गर्न भनी नेपाल आएर होटल व्यवसाय संचालन गरेका रहेछन् । भारतीय भूमिमा गएर काम गरेर पनि अन्तिममा नेपालमा नै फर्केर व्यवसाय गर्ने उनीहरुको जाँगर देखेर साहै्र खुसी लाग्यो र साहै्र स्वादिलो पुरीतरकारीका लागि धन्यवाद दिँदै हामी उकालो चढ्यौं । तुल्सीपुरबाट उत्तरतर्फो करिब १०/१२ किलोमिटरसम्मको कालोपत्रे गरिएको सडकमा मोटरसाइकल हुँइक्याउन त सजिलै भयो । तर त्यसपछि भने साहै्र कठिन भयो । अघिल्लो दिन साँझ परेको पानीले कच्ची सडकको धुलो त सफा गरिदिएको थियो तर सबै धुलोमाटो बगाएपछि सडकमा अस्थिपञ्जर झैं खात लागेका ढुंगाले मोटरसाइकल गुडाउन निकै कठिन भएको थियो । जे होस् ड्राइभिङ्ग कलामा पोख्त मित्रका कुशल हातहरुले मोटरसाइकलको हृयान्डललाई यताउति हुन दिएनन् ।

तुल्सीपुरबाट करिब डेढ घण्टाको यात्रा तय गरेपछि हामी सल्यानको कपुरकोटमा पुग्यौं । उच्चस्थानमा रहेको कपुरकोट डाँडामा चीसो हावाले स्वागत गरिरहेको थियो । मौसम खुलेको घमाइलो दिनमा पनि कपुरकोटको चीसो हावाले मनका तारहरु त्यसैत्यसै झंकृत भए । सल्यानको सदरमुकाम खलङ्गा जाने बाटोमा पर्ने कपुरकोट मूलतः अग्लो चुचुरो भएको डाँडाको गल्छेडोमा अवस्थित रहेछ । वरिपरि लमतन्न सुतेका अग्ला पहाडहरु सुन्दरताका मात्र होइन, विकटताका नमूना पनि प्रस्तुत गरिरहेका थिए । यद्यपी काला पहाडमा सिउँदोझैं देखिने रातो र सेतो धर्र्सोजस्तो मोटरबाटोले विकासको झझल्को दिन भने छाडेको थिएन । कपूरकोटमा विशेषतः विभिन्न मौसमी तथा बेमौसमी तरकारी तथा अदुवा उत्पादन हुने रहेछ । त्यहाँ उत्पादित तरकारी खलङ्गा, तुल्सीपुर, घोराही लगायतका क्षेत्रहरुमा खपत हुने जानकारी दिँदै थिइन एक स्थानिय महिला । कपुरकोटको अर्को स्थानिय उत्पादन भनेको लालीगुराँस र काफलको जुस पनि रहेछ । औषधीको रुपमा प्रयोग गरिने लालीगुराँसको जुसको स्वाद लिइयो, स्वादिलो नै लाग्यो । यद्यपी स्थानिय उत्पादन भएको हुँदा गुणस्तरमा भने खासै ध्यान दिइएको देखिएन । स्थानियस्तरमा एक सहकारीमार्फ उत्पादन गरिने जुसको मुख्य बजार भने सल्यानको खलङ्गा बजार नै भएको बताउँथिन् जुुस उत्पादनमा संलग्न देवा शर्मा । करिब एकडेढ घन्टाको बसाइपछि हामी कपुरकोटलाई सम्झनाको तरेलीमा संगाल्दै हामी ओरालो झर्‍यौं । उकालो चढ्दा जति सास्ती भएको थियो, ओरालो झर्दा त्यति कठिन महशुस भएन । शायद कपुरकोटको सौर्न्दर्यमा मन्त्रमुग्ध भएर हुनसक्छ । दाङको घोराही आइपुग्दा साँझ पर्न लागेको थियो ।

मनिकर कार्की 'निवर्तमान'

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...