सुर्खेत महोत्सव र सम्झनाका कुइनेटाहरु

केहिवर्षघिदेखि नेपालगञ्जलाई आफ्नो कार्यथलो बनाउ“दै आउनुभएका पर्ूव सहकर्मी तथा अग्रज मित्र रामकृष्ण कार्कीस“ग टेलिफोनमा आसन्न मध्यपश्चिम क्षेत्रीय महोत्सवको बारेमा कुरा हु“दा वहा“ले मध्यपश्चिम घुम्न आउन आग्रह गर्नुभयो । घुमफिर भनेपछि हुरुक्कै हुने मलाई अरु के नै चाहियो र, त्यसमाथि दाङ्गसम्म त मलाई पुग्नुनै थियो, केही अन्य कामका लागि पनि । भोलिपल्टै झोला बोकेर लागियो मध्यपश्चिमको यात्रातिर । कोठाबाट निस्क“दा मध्यान्नको साढें तीन बजिसकेको हु“दा बसपार्कमा गएर दाङ्ग जाने बसको बारेमा बुझ्दा सबा चारबजे घोराहीका लागि बस छुट्ने जानकारी पाइयो । मेरो पहिलो गन्तव्य दाङ्ग भएको हु“दा त्यहीं जाने निधो गरी बसको टिकट काटें र बसमा चढें । सवा चारबजे बुटवल बसपार्कबाट छुटेको बसले तिनाउ पुल पारगर्दा घडीको सूइले सांझ पा“च बजेको संकेत गरिसकेको थियो । त्यसपछि पनि बसले गतिलो रफ्तार लिन भने सकेन ।

बस घ्याच्चघ्याच्च रोकिंदै यात्रुहरु चढाउने र ओराल्ने गर्दा लाग्दथ्यो कि त्यो बस कुनै लामो दूरीमा चल्ने सवारी नभई बुटवल वरपर चल्ने लोकल माइक्रोबस नै हो । र पनि बसमा गुरुजीले बजाइदिएको लोकदोहोरी तथा भारतीय चलचित्रका उत्ताउला गीतसंगीतमा तरंगित हुदैं यात्रा गर्नुको विकल्प थिएन । अ“ध्यारो सडकमा एकोहोरो दौडिरहेको गाडीको इन्जिनको कर्कश आवाजलाई भने उक्त संगीतले साम्य पारेकै थियो । करिब पा“च घन्टाको सफरपछि दाङ्गको घोराही पुग्दा घोराही बजार नै मस्त न्रि्रामा परेझैं लाग्दथ्यो । रित्ता र चकमन्न सडकमा कार्तिके कुकुरहरुको आवाजबाहेक मानिसको कल्याङमल्याङ सुनिदैनथ्यो । म आफ्नो गन्तव्यमा पुग्दा रातको दस बजिसकेको थियो ।

भोलिपल्ट जुन कामको लागि दाङ्ग गएको थिए“, सबैभन्दा पहिले त्यो काम नै निप्ट्याउनु थियो । बिहानै उठेर सरोकारवाला साथी शिव पाण्डेलाई भेटी कामकुरो फत्ते पारिसकेपछि म माइक्रोबस चढेर नेपालगञ्जतर्फहान्निए“ । नेपालगञ्जसम्मको यात्रा भने भनेजस्तो नै भयो । माइक्रोबस घोराहीमै यात्रुहरुले खचाखच भरिएको हु“दा त्यसले बीचबीचमा अघिल्लोलेझैं घ्याच्चघ्याच्च रोक्दै यात्रुहरु कोच्ने काम गरेन नै, बाटो पनि सजिलो र सीधा भएकोले बसले आफ्नो रफ्तार पनि बढायो र करिब एघारबजेनै नेपालगञ्ज पुर्यायो ।



नेपालगञ्जमा पुगेपछि साथीहरुबीच अभिवादन आदनप्रदान गर्दै केहीबेर सुस्ताउने काम भयो । माइक्रोबसले खाना कोहलपुरमा नै खुवाइसकेको हु“दा, खानाखाने लेठो गर्नु परेन । त्यसपछि अनन्य मित्रद्वय रामकृष्ण कार्की र दोवन रावलस“ग सर्ुर्खेत जाने योजना बन्यो । साथीहरुको अफिशियल काम पनि रहेछ सर्ुर्खेतमा, आखिर पशुपतिको जात्रामा स्रि्राको व्यापार न हो । म परें सबैथोकबाट फुक्का फिरन्ते । बस् झोला बोकेर नेपालगञ्जबाट उकालो लाग्दा दिउ“सोको तीन बजिसकेको थियो । कोहलपुर, चिसापानीको बर्दिया राष्ट्रिय निकुञ्जको चेकपोष्ट पार गरिसकेपछि जब उकालो सुरु भयो, चिसो सिरेटोको मात्रा पनि बढ्दै गयो । यात्राको रोमाञ्चकारी अनुभूतिका अगाडी नाथे चिसोले केनै छेक्थ्यो र - तैपनि सा“झ ढल्कि“दै जा“दा चिसोपनको मात्रा पनि बढ्दै गइरहेको थियो, ज्वरो नाप्दा थर्मोमिटरको पारो बढेझैं । निकुञ्जको घना जंगलमा लमतन्न सुतेको कालो नागबेली सडकको बीचबाट मोटरसाइकल हर्ुइंक्याउ“दै दायाँबायाँको दृष्यदृष्यावलीहरुको अवलोकन गर्दै हामी अघि बढ्यौं ।
बर्दियाको बबई पुग्दा सा“झको साढे चार जति बजिसकेको थियो । सर्ूयास्तको समयमा रातो हु“दै गएको आकाश र बबईबाट बहने चिसो सिरेटोले वातावरणलाई थप रोमाञ्चित पारिरहेको थियो । त्यसैले शायद थकान भन्दा आनन्दको अनुभूति भइरहेको थियो । बबईमा केहिबेर सुस्ताउने र हल्का नास्ता गर्ने निधोसहित हामी रोकियौं र छेवैमा रहेको होटलमा नास्ताको अर्डर गर्यौं । केहीक्षणको पर्खाइ पश्चात् चिउरा र माछाको सुप आइपुग्यो । होटलवाल्नी दिदीस“ग माछा कहा“को हो भनी प्रश्न गर्दा 'खोलाको' भन्ने जवाफ पाइयो । तर माछाको स्वाद लिंदा भने माछा बबई खोलाको नभई पोखरीको झैं लाग्दथ्यो । यत्तिकैमा मित्र रामकृष्ण कार्कीले 'खोलाको नभए पनि खोलाको पानीले धोएको भने पक्कै हो' भन्दा एकछिन होटलमा अट्टाहस नै छायो । खोलामा वीष हालेर, करेन्ट लगाएर माछा मार्ने प्रवृत्ति ह्वात्तै बढेको हु“दा अब नदीनालाहरुमा माछा लोप हु“दै गइरहेका छन् । केहि समयअघि चिसापानीस्थित कर्ण्ााली नदीमासमेत माछा पाइन छाडेको समाचार पढेको थिए“, त्यहा“ पनि एकछिन त्यसैको चर्चा भयो । जेहोस् चिसो सिरेटोले मुटु छोएरै पनि होला, माछाको झोल र चियरा भने निकै स्वादिलो थियो ।


चिउरामाछा उदरस्थ गरिसकेपछि उकालो लाग्दा बिलकुल नया“ र भिन्न परिवेशमा पर्ूववतः दृष्यहरु दोहोरिरहेका थिए । पहाडी नागबेली परेको सडक सानै भएपनि रामै थियो, खोल्सा र झाडीका एकाध खाल्टाखुल्टी बाहेक । तुलनात्मक रुपमा अन्य क्षेत्रहरुमा धन्दा सवारीसाधनको चाप कम भएरै होला सडक बिग्रिसकेको थिएन । करिब पौने घन्टाको सफरपछि बर्दिया र सर्ुर्खेतको सीमाना हर्रर्ेे रहेको निकुञ्ज चकपोष्ट आइपुग्यो । हामी तीन प्राणी दर्ुइवटा मोटरसाइकलमा हर्ुइंकिएका थियौं । ड्युटीमा रहेका हतियारधारी सुरक्षाकर्मीले झोलामा के छ भनी प्रश्न गरे - मैले प्रतिउत्तरमा 'कात्राककुत्रुक' भन्दा पुलुक्क आ“खातिर हर्ेर्दै झोला खोलेर देखाउन भने । नाथे हामी फिरन्तेझैं घुम्न हिंडेका यात्रीहरुको झोलामा के नै हुन्थ्यो र - झोलामा भएको क्यामेरा, रेडियो, पुस्तक, डायरी, टोपी, गलवन्दी लगायतका सामानहरु एकएक गरी अगाडि तेर्स्याइदिए“ र 'ठीक छ' भन्दै आफ्नो ड्युटी पुरा गरे । यतिबेलासम्म चेकपोष्टको खोपीमा सवारी दर्ता गराएर अर्का सहयात्री दोवन रावल फर्किसकेका थिए ।


अब भने अ“ध्यारोले निल्दै गइरहेको थियो भने चिसोपन पनि क्रमशः बढ्दै गइरहेको थियो, र पनि हाम्रो रफ्तार निरन्तर जारी नै रह्यो । करिब पौनेघन्टाको निरन्तर यात्रापछि हामी छिन्चो पुग्दा सा“झको सा“ढे छ बजिसकेको थियो । अब रातको समयमा सर्ुर्खेत पुग्नेस्थिति पनि थिएन र साथीहरुको पनि केही काम भएको हु“दा त्यस रात छिन्चोमै विताइयो । भोलिपल्ट बिहान होटलबाहिर निस्क“दा सात बजिसकेको थियो । अगाडिको यात्राको तयारीसाथ मोटरसाइकल कुदाउन खोज्दा त, ज्या एउटा मोटरसाइकल त पन्चर पो भएछ ! चिसो ठिहीमा लतार्दै मोटरसाइकलको पंचर बनाउन लग्यौं । छिन्चोलाई छोड्दा बिहानको आठ बजिसकेको थियो । बिहानीको चिसो हुस्सु चिर्दै लमतन्न सुतेको सडकको छाती छिचोल्दै अघि बढ्दा काठमाडौंको हुस्सु र भर्ुइं कुहिरोले मुटु छोएझैं लाग्दथ्यो ।

करिब बीस मिनेटको कुदाइमा नै साथी दोवनको हात कठ्यांग्रिएछ, उनले मोटरसाइकल मेरो जिम्मा लगाइदिए । साथीले हतारैहतारमा पञ्जापनि नलिई हिंडेका रहेछन्, चिसोमा बिना पञ्जा मोटरसाइकल चलाउ“दा मैले पनि तोरीको फूल नै देखें । जेहोस् यात्राको अलौकिक अनुभूतिले ममा उर्जा थपिएकै थियो । चिसो र ठिहीको कुनै पर्वाह नै नगरी हामी निरन्तर अघि बढ्यौं । करिब एक घन्टाको सफरपश्चात् हामीलाई सर्ुर्खेत उपत्यकाले स्वागत गर्दा घडीको र्सर्ूइले एघार बजाइसकेको थियो । मेरोलागि यो पर्ूण्ातया नया“ भूगोल थियो, र नै मन खुसी र उन्मादले चञ्चल भएको थियो । सर्ुर्खेत पुग्दा पारिलो घामले पनि वातावरण निकै घमाइलो पारेको थियो, त्यसमाथि 'दोश्रो सर्ुर्खेत महोत्सव २०६७' लेखिएका रंगीचंगी ब्यानर र ध्वजापताकाहरुले सर्ुर्खेत दुलहीझैं सिंगारिएको थियो । शायद महोत्सव भएरै होला, बाटा वरिपरिका फोहोरलाई पनि व्यवस्थापन गरिएको थियो । मध्यपश्चिमकै शान मानिने सर्ुर्खेतले सबैको ध्यान आकृष्ट गरिरहेको भान हुन्थ्यो, सर्ुर्खेत महोत्सवको त्यो रंगिन माहौल देख्दा ।

फुलबारी गेष्ट हाउसको थकाली स्वाद लिइसकेपछि साथीहरु आफ्नो काममा लाग्नुभयो । कामकुरो फत्ते भइसकेपछि दोश्रो सर्ुर्खेत महोत्सव २०६७ अवलोकन गर्नका लागि टुंडिखेलतर्फलाग्यौं । महोत्सवको दोश्रो दिन टुंडिखेल दर्शकहरुको भीडले खचाखच नै थियो । हामीपनि बुङ्बुङ्ती उडिरहेकेा धुलोबाट नाक र मुख बचाउने चेष्टा गर्दै त्यही भिडमा समाहित हुन पुग्यौं । स्वागतद्वार पुग्नु अगावै ठाउ“ठाउ“मा "सर्ुर्खेत महोत्सवको अभियान, मध्यपश्चिमको पहिचान, दोश्रो सर्ुर्खेत महोत्सव २०६७" लेखिएका रंगिचंगी व्यानरहरु टा“गिएका थिए । लाग्दथ्यो सर्ुर्खेत महोत्सवले धेरै मध्यपश्चिमवासीहरुको ध्यान आकृष्ट गर्न सफल भएको छ । औद्योगिक, व्यापारिक, सांस्कृतिक, कृषि तथा पर्यटन मेला नाम दिइएको उक्त महोत्सवमा रहेका घरेलु उद्योग तथा कृषि, वनपैदावारसम्बन्धी स्टलहरु उल्लेखनीय थिए । तर, अधिकांश स्टलहरु भने व्यापारिक प्रयोजनका लागि विद्युतीय तथा सवारीसाधन, चाउचाउ, बिस्कुट, तेल, खाद्यान्न, लत्ताकपडा, लगायतका सामग्रीहरुले भरिपर्ूण्ा देखिन्थे ।

त्यस्तै हस्तकलासम्बन्धी स्टलहरु पनि उल्लेखनीय नै थिए । अल्लोबाट बनेका कपडा, स्थानिय दैलेखी ढाकाबाट बनेका सल, रुमाल, टोपी लगायतका कपडाहरु पनि आकर्षाका केन्द्रविन्दु नै देखिन्थे । हर्ेदा कुहिएको जस्तो देखिने तर खा“दा साह्रै मिठो स्वादको जुम्लाको स्याउ तथा साह्रै रसिलो दैलेखको सुन्तला पनि विशेष लाग्दथ्यो । महोत्सवको अर्को सबल पक्ष भनेको स्थानिय मध्यपश्चिमको सांस्कृतिक झा“कीहरु जस्तै थारु नाच, सोरठी नाच, भौलो खेल, देउडा, झ्याउे आदिको पर््रदर्शनी नै देखियो । समग्रमा दोश्रो सर्ुर्खेत महोत्सव दर्शकहरुको चहलपहल र कृषि, औद्योगिक, हस्तकला, स्थानिय प्रविधी आदिको पर््रदर्शनीका लागि उल्लेखनीय नै देखियो । र पनि अन्य स्थानहरुमा झैं त्यहा“पनि स्थानिय उत्पादनको बिक्री पर््रवर्द्धनमा भन्दा बजारी सामानहरुको बिक्रीलाई विशेष जोड दिइएको देखियो । आखिर चरम् उपभोक्तावादी चिन्तनमा फँसिसहेका हामीले जस्तोसुकै महोत्सव र मेलाहरुमा पनि उही बहुराष्ट्रिय निगमका उत्पादनहरुको बिक्री र पर््रवर्द्धनलाई नै जोड दिइरहेका न छौं । सर्ुर्खेत पनि त्यसबाट भने अछुतो रहेको देखिएन ।
मनिकर कार्की 'निवर्तमान'
manikar.nibartaman@gmail.com

No comments:

Post a Comment

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान” विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परी...