सुर्खेत दैलेखका प्रेमिल तरंगहरु


घुमफिरमा विशेष रुचि राख्ने म, नया“नया“ ठाउ“ घुम्न पाउ“दा निकै रोमाञ्चित हुने गर्दछु । यात्रा भनेपछि हुरुक्कै हृदयका तारहरु त्यसैत्यसै झंकृत हुनर्ेगर्दछन् र नै मौका मिल्नासाथ झोला च्यापेर यात्रामा निस्किहाल्छु । यात्राको सर्न्दर्भमा बुढापाकाहरुको हिंडेदेखि छेऊ लाग्छ, बसे लेऊ लाग्छ भन्ने लोकोक्ति उद्धरण गर्नु वाञ्छनीय नै होला । जेहोस् यात्राले छेऊ नलागे पनि जीवन र जगतलाई बुझ्ने सिलसिलामा भने निकै सहयोग गर्छ । यात्रामा धेरै कुरा सिक्ने र प्रत्यक्ष सहभागिताका साथ अनुभूतिगर्ने अपर्ूव अवसर भने अवश्य नै मिल्दछ, जुन किताबी ज्ञान र दर्शनबाट विरलै पाउने गरिन्छ । त्यसैले त प्रकाण्ड विद्धानहरुले पनि यात्रालाई खुला पुस्तकको रुपमा परिभाषित गरिदिएका छन् नि ।

सर्ुर्खेत बसाइको पहिलो दिन त्यहा“ आयोजित दोश्रो सर्ुर्खेत महोत्सवको अवलोकन गरिसकेपछि रामकृष्ण कार्की, दोवन रावल र मसहितको तीन जनाको टोली सर्ुर्खेतको बुलबुले ताल हर्ेन गयौं । बुलबुल तालको बारेमा जुन प्रकारको कल्पना गरेको थिएं, यथार्थमा त्यो भन्दा विलकुल भिन्न पाएं । ताल भन्नेवित्तीकै फेवा ताल, रारा ताल, रुपा ताल जस्तै ठूलो जलाशयको काल्पनिक चित्र दिमागमा आइपुग्छ । त्यस्तै सर्ुर्खेतको बुलबुल ताल पनि त्यस्तै प्रकारको ताल होला भन्ने लागेको थियो । तर, बुलबुल ताल त्यस्तो ठूलो जलाशय नभइ, सानो पोखरी रहेछ । बुलबुल तालको विशेषता भनेको ताल -पोखरी)ले चर्चेको क्षेत्रमा जमिनबाट पानीका फोकाहरु उठेको प्रत्यक्ष देख्न सकिने रहेछ । जेहोस् माछा पाल्ने एक्वारियममाझैं पानीका फोकाहरु उत्पन्न हुने र पानीको सतहमा पुगेपछि बिलाउने क्रम निकै रामाइलो र रोमाञ्चकारी देखिन्थ्यो । हामीले पनि केहिक्षण बुलबुल तालमा चलेको पानीका फोकाहरुको लुकामारी हेरेर आनन्द लियौं । त्यसपछि ताल क्षेत्रमा बनाइएको मानव निर्मित उद्यानलाई चक्कर मार्दै बाहिरियौं ।

अबको हाम्रो गन्तव्य थियो, का“क्रेविहार । ऐतिहासिक तथा पुरातात्विक महत्वको का“क्रेविहार क्षेत्रको इतिहासको बारेमा तथ्यपर्ूण्ा जानकारी पाउन भने सकिएन । विहार क्षेत्रको रेखदेख गर्न बसेका पालेदाईले का“क्रेविहारको सर्न्दर्भमा चलिआएको जनश्रुति र पौराणिक कहानी बाहेक इतिहासको तथ्यगत जानकारी दिन सकेनन् । उनी बाहेक कांक्रेविहारको ऐतिहासिक महत्व बताउन सक्ने कोही पनि भेटिएन । पछि अवलोकनकै क्रममा त्यसको संरक्षणमा जुटेका एकजना ज्ञाता जस्ता देखिने व्यक्ति सशस्त्र सुरक्षासहितको कुनै 'विशिष्ट' व्यक्तिलाई ब्रिफिङ्ग गरिरहेका थिए । वरिष्ठ व्यक्तिलाई ब्रिफिङ गरिरहेका उनप्रति केही जिज्ञासासहितको संकेत प्रस्तुत गर्दा उनले हामीलाई हर्ेनसम्म पनि आवश्यक ठानेनन् । फेरि हाइ प्रोफाइलका कसैलाई ब्रिफिङ गरिरहेको व्यक्तिस“ग हामी जनसाधारणले धेरैकुरा सोध्नुपनि वाञ्छनीय थिएन । कांक्रेविहारको इतिहास जान्ने कौतुहलता मनमै राखेर हामी फर्कियौं । जेहोस् यत्रतत्र छरपस्ट छरिएर रहेका भग्नावशेषका ढुंगाहरुमा कु“दिएका चित्र तथा आकृतिहरुबाट के सहजै अनुमान गर्न सकिन्थ्यो भने ती सम्पदा निश्चय पनि प्राचीनकालीन सम्पदाहरु नै हुन् जसको उचित संरक्षणमा राज्य लाचार बनेको देखियो । अझ यसो भनौं इतिहासका बहुमूल्य सामानहरुलाई जोगाउन राज्य निकै उदासीन रहेको देखियो ।

कांक्रेविहारबाट फर्किएपछि मैले सहयात्री मित्रद्वय रामकृष्ण कार्की र दोवन रावललाई दैलेख जाने प्रस्ताव राखें । सुरुमा त हाम्रा अग्रज सहयात्री तथा दाजु रामकृष्ण कार्कीले आनाकानी गर्नुभयो । तर, वहा“हरुको अफिशियल कामपनि छ भन्ने थाहा पाएपछि मैले वहा“लाई थप जोस्याए“ । त्यसपछि त के चाहियो र - वहा“हरु मोटरसाइकलको ह्यान्डल उत्तरतर्फमर्काएर उकालो चढिहाल्नुभयो । म पनि पछिपछि वहा“हरुलाई पच्छ्याउ“दै उकालो लागें । मित्र दोवन रावलले अघिल्लो दिनदेखि नै नेपालगञ्जसम्मको लागि आफ्नो मोटरसाइकल मेरो जिम्मा लगाइदिएका थिए । कालोपत्रे गर्नको लागि गिटी विच्छाइएको उकालो नागवेली सडकमा मोटरसाइकल हर्ुइंक्याउन कम्ती सजिलो भने थिएन, तैपनि नया“ गन्तव्यमा पुगिने लोभले बडो मुस्किलका साथ मोटरसाइकल उकालो लगाए“ । खाल्डाखुल्डी र धुलाम्य सडक नै भएपनि तर्राईको समथर सडकमा मोटरसाइकल चलाएका हातहरुले पहाडी डा“डाका“डा, खोंच, कन्दरा छिचोल्दै घर्ुमाइलो परेको कच्ची सडकमा मोटरसाइकल कुदाउ“दा सुरुसुरुमा त हंशले ठाउ“नै छोडेको भान भएको थियो । तर, केही समयपछि भने भित्रैदेखि साहस पलाएर आयो अनि केही समयपछि त हात पनि सफा भएछ क्यार, खासै अफ्ठेरो महशुस भएन ।

दैलेखसम्मको यात्राले मन एकातिर चञ्चल भइरहेको थियो भने अर्कोतर्फअ“ध्यारोले निल्दै गइरहेको थियो । त्यसैगरी चिसो सिरेटोको वेग पनि क्रमशः सघन बन्दै गइरहेको थियो, तथापि हाम्रो रफ्तार निरन्तर जारी नै रह्यो । पहाडी कच्ची सडकमा मोटरसाइक चलाउ“ने अनुभव भनए पनि दैलेखको यात्राले मलाई अनुभवी चालक बनाउन सघाइरहेको थियो । गुरा“सेे डा“डामा पुगिसकेपछि भने यात्रा अलिक सहज भयो । त्यस उता कालोपत्र गर्ने क्रममा छेउकुना मिलाएर माटोले पेलिएको सडकमा मोटरसाइकल हर्ुइंक्याउ“दा भने निकै सहज अनुभव भएको थियो । तथापि गुरा“से लेकको चिसोले भने हातहरु कठ्यांग्रिदै थिए । गुरा“सेबाट करिब पा“च किलोमिटरको यात्रा तय गरिसकेपछि हामी केहीबेर तातो चिया सुर्क्याउने उद्देश्यले रोकियौं । पचास पचपन्न वर्षी झैं देखिने होटलवाल्नी आमैले मरिच हालेको तातोपीरो चिया पिलाइन । चिसोले कठ्यांग्रिएका हात आगोको रापमा सेकाएपछि अलि रक्तसञ्चार भएझैं लाग्यो ।

चिया पिइओरी ओरालो लाग्दा सा“झ झमक्कै परिसकेको थियो । होटलवाल्नी आमैले दैलेख पुग्न अब दर्ुइघन्टा लाग्ने बताएकी थिइन् । अब भने निरन्तर नागबेलीझैं फैलिएको कच्ची सडकमा नजर दौडाउ“दै मोटरसाइकलको ह्यान्डिल बटार्नुको विकल्प थिएन । चारैतिर निष्पट्ट अ“ध्यारो पोखिएको थियो, तल खोलो कराएको आवाज र मोटरसाइकलको इन्जिनको आवाज बाहेक कानमा अरु केही गुञ्जायमान हुँदैनथियो । यसरी मोटरसाइकलको बत्तीले चूकझैं पोखिएको अ“ध्यारो चिर्दै करिब दर्ुइघन्टाको यात्रा तय गरिसकेपछि हामी दैलेख बजारमा पुग्यौं । बजारमा पुग्दा चारैतिर अन्धकारै अन्धकार छाएको थियो भने बजार पर्ूण्ातया चकमन्न भइसकेको थियो । यतिबेलासम्म दैलेख बजारको अवस्थिति अनुमानमा नै सीमित भइरहको थियो, भोलिपल्ट बिहानसम्म पनि स्थितिमा कुनै परिवर्तन नआउने पक्का थियो किनकि अघिल्लो दिनदेखि बिजुली बत्ती बिग्रिएको हु“दा त्यसरात अन्धकारमा नै बिताउनुको विकल्प रहेनछ ।

बजार क्षेत्रतर्फअगाडि बढ्दै जा“दा एउटा होटलमा पुगेर अडियौं । हामी त्यसरात त्यहीँ बस्ने निधो सहित साहुजीलाई कोठा देखाउन आग्रह गर्यौं । साहुजीले कुनै सुरुङ मार्गझैं लाग्ने एउटा कोठामा लिएर गए, जसमा तीनवटा खाट, एउटा टेवल र टेवलमाथि चौध इन्चको टेलिभिजन सेट राखिएको थियो । निष्पट्ट अ“ध्यारोमा पिलपिले चाइनिज लाइट बालेर टेलिभिजनको आकार नाप्नुको विकल्प थिएन । त्यसैलेे दिनभरीको अपडेटको लागि झोलामा भएको रेडियोको कान बटारें, तर निरन्तरको स्या“ ....स्या“ ..... बाहेक केहिपनि प्रतिध्वनित भएन । अब भने खाटमा राखिएको पिलपिले सिरक ओढेर पल्टिनुको विकल्प थिएन । केहीबेरमा तलबाट खाना तयार भएको जानकारी पाइयो । खाना खान जा“दा त साथीले दर्ुइपटक पकाएको भात पो खुवाए । पछि होटलवालास“ग सिकायत गर्दा ँहुलमुलमा त्यस्तै भयो सर, भोलि राम्रो खुवाउ“छु’ भनी आफ्नो गल्ती स्वीकार गरे । जेहोस् भोलिपल्ट बिहान भने ताजा र मिठै खाना खुवाए, सोच्यौं हाम्रो सिकायतले राम्रै काम गरेछ ।

भोलिपल्ट बिहान उठेर नित्यकर्म सकी बाहिर निस्क“दा घडीको र्सर्ूइंले आठ बजाइसकेको थियो । त्यसपछि दैलेखको अखण्ड ज्वाला हर्ेन जाने निधो गरियो । दैलेख बजारबाट करिब दस किलोमिटरको दूरीमा रहेको उक्त स्थान जानका लागि भर्खरैमात्र ट्रयाक खोलिएको रहेछ । चालीस ड्रि्रीको ठाडै ओरालो कच्ची धुलाम्य ग्रामीण सडकमा मोटरसाइकल चलाउ“दा कति ठाउ“मा त हंशले पनि ठाउ“ छाडेको थियो । दैलेख बजार र दुल्लुबीचको खोंचमा रहेकोे राउतकोट गाविसमा अवस्थित श्रीस्थान ज्वाला मन्दिरको बारेमा विभिन्न किंवदन्ती तथा जनविश्वास रहिआएको पाइयो । केहीको जनविश्वास उक्त ज्वाला महाभारतकालीन पा“च पाण्डवको पालादेखि निरन्तर बल्दै आएको भन्ने छ । त्यस्तै श्रीस्वस्थानी व्रतकथामा पनि त्यस ठाउ“को महिमा वर्ण्र्ाागरिएको बताउ“दै थिए स्थानियबासीहरु । उक्त निरन्तर प्रज्ववलित भइरहने ज्वालाको बारेमा जेजस्तै किंवदन्ती र जनश्रुतीहरु भए तापनि उक्त ज्योति हर्ेदा र त्यसबाट निरन्तर आइरहेको ग्यांसको गन्धले त्यस भेकमा अथाह प्राकृतिक ग्यासको भण्डार छ भन्ने सहजै अनुमा गर्न सकिन्थ्यो ।

जेहोस् त्यो अथाह ग्यांसको भण्डारको उत्खनन् गर्न सके आर्थिक रुपमा पनि नेपाल निकै अगाडि बढ्ने थियो भने भयावह बन्दै गइरहेको ऊर्जा संकट समाधानमा पनि कोशेढुंगा नै साबित हुने थियो कि । दैलेखमा बलिरहेको ग्यांसको भण्डार त एउटा नमूनामात्र हो । केही समयअघि कपिलवस्तुको वाणगंगामा मटि्टतेल बगिरहेको समाचार प्रकाशमा आएको थियो भने दाङ्गमा पनि पेट्रोलिय पदार्थ भेटिएको समाचार प्रकाशमा आएको थियो । यसप्रकारका प्राकृतिक सम्पदा त नेपालमा धेरै छन्, बस् तिनको भौतिक उपयोग हुन मात्र नसकेको हो । अथवा यसो भनौं प्राकृतिक श्रोत तथा साधनको भौतिक उपयोग गर्न आवश्यक प्राविधिक तथा पूँजीगत श्रोत जुटाउन नसक्नु र सरकारले पनि त्यसतर्फकुनै चासो नदेखाउनु हाम्रो नियती नै हो भन्दा फरक नपर्ला ।

श्रीस्थानको ज्योति हेरिसकेपछि हाम्रो टोली पुनः दैलेख बजार फर्कियो र खानपिन गर्ने कार्य भयो । अघि नै उल्लेख गरियो कि यसपटकको खानामा भने होटलका साहुजीले उल्लेख्य सुधार ल्याएका थिए । त्यसपछि अफिसियल कामको सिलसिलामा करिब एघार किलोमिटर उत्तरतर्फो भैंसीखोर भन्ने ठाउ“मा पुगियो । बाटोको हालत त उही पुरानै हो, यद्यपि भैंसीखोर जाने बाटो भने श्रीस्थानको झैं अफ्ठेरो थिएन । भैंसीखोरबाट र्फकंदा सा“झको पा“च बजिसकेको थियो । अब भने सबैकाम फत्ते भइसकेको हु“दा हामी सा“झनै दैलेख छाडी करिब दस किलोमिटर वर रहेको चुप्रा भन्ने ठाउ“मा बास बस्ने निचोडका साथ सा“झको चिसो सिरेटोलाई चिर्दै हर्ुइंकियौं । त्यसदिन चुप्रामै बास बसियो । सा“झ होटलवाला तामाङ दाजुले साह्रै मिठो माछाको सुकुटी र भात खुवाए । शरीरमा थकानको मात्रा बढ्दै गएकोले त्यसदिन चा“डै सुतियो । भोलिपल्ट बिहान उठ्दा सात बजिसकेको थियो ।


मनिकर कार्की 'निवर्तमान'

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...