Rising the Sun! A panoramic view from Sarangkot, Pokhara, Nepal.

अहा ! हिमाल हाँसेको !







पोखराको सराङ्कोटमा बिहानी सूर्योदयको साथसाथै सुन्दर हिमालको दृष्यावलोकन गर्नेहरुको लर्को । यहा“बाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी लगायतका हिमश्रृंखलाहरुको दृष्यावलोकन गर्न सकिन्छ । यहा“ मौसम खुलेको दिन सूर्योदयको दृष्य हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ । तस्वीरः मनिकर कार्की निवर्तमान

सिरुबारी एक्सप्रेश

कुनै नया“ कार्य प्रारम्भ गर्दा त्यसको वस्तुगत योजना र पर्ूव तयारीका साथ काम सुरु गर्दा सफलतालाई चुम्न सकिन्छ । यो सहज, सरल र एकहदसम्म व्यवहारिक रुपले स्थापित मान्यता हो । तर, अर्थशास्त्रले हरेक सिद्धान्तलाई निश्चित मापदण्ड र वस्तुगत धरातलका आधारमा स्वीकार गरेझैं कहिलेकाही“ यथावत् मानिने ँअन्य चीजहरु'ले घर गर्दा स्थापित मान्यता गलतसिद्ध हुन पुग्दछ । अथवा भनौं स्थापित मान्यताले सधैं काम गर्दैन । हो, घुमफिर र देश दर्शनको सवालमा पनि पर्ूव निर्धारित योजनाले काम गरेन । लामो समयदेखि कतै घुमफिरमा जाने योजना बनायो, आखिर व्यस्तताको घनचक्करमा जहिले पनि कोही न कोही साथीहरु फसिरहने हु“दा योजना सधैं तुहिने गरेको नमिठो सम्झनालाई यसपालीको बिना योजनाको भ्रमणले मेटाइदिएको छ ।

शनिबारको दिन बिहान घुमफिरमा निस्कने कुरा चल्दा दस बजिसकेको थियो । कुरैकुरामा स्याङ्जामा जारी वालिङ महोत्सव हर्ेन जाने योजना बन्यो । अघिल्लो दिनसम्म घुमफिरमा निस्कने कुनै योजना नै थिएन । तर, एक्कासी घुम्नजाने सुर चलेपछि निकट रहेका साथीहरुस“ग सर्म्पर्क गर्दा उहा“हरुले साथ दिने पक्का भयो र कृष्ण गैरे, खेम घिमिरे, अर्जुन तिवारी र मसहितको चार जनाको टोली स्याङ्जा जाने तयारीका साथ बुटवलबाट मोटरसाइकल हर्ुइंक्याएर उकालो लाग्दा दिउ“सोको दर्ुइ बजिसकेको थियो ।

सिद्धबाबाको पहरो कटिसकेपछि संभवत् भूगोल परिवर्तन भएरै हुनर्ुपर्छ, चिसो सिरेटोको सघनता पनि बढ्दै थियो । पाल्पाको जोरधारामा पुगेर केहीबेर सुस्ताउ“दै तात्तातो पकौडी र बटुक उदरस्थ गरिसकेपछि हामी अघि बढ्यौं । दाया“बाया“ सिनेमाको पर्दाझैं छिनछिनमा परिवर्तन भइरहने दृष्यस“गै बहिरहेका हामी करिब डेढ घन्टाको यात्रापछि राम्दी पुगेर रोकियौं । बर्खाको भेलमा सुसाउ“दै छाल हान्ने कालीगण्डकी हिउ“दको सुख्खायाममा एकदमै शान्त र सौम्य मात्र देखिंदैनथ्यो । नदीमा पानीको सतह घटेर कंकालझैं दाया“बाया“का ढुंगा तथा चट्टानहरु दाह्रानंग्रा देखाएर हा“सेझैं लाग्दथ्यो । त्यसमाथि जर्ीण्ा बन्दै गएको राम्दी पुल मर्मतसंभारको पर्खाइमा टोलाइरहेझैं भान हुन्थ्यो । पुलमा ठूलाठूला मालबाहक सवारीसाधनहरु गुड्दा थर्किने र हल्लिने गर्दथ्यो । सम्बन्धित निकायबाट उक्त पुलले यसरीनै वेवास्ताको नियती व्यहोर्नु पर्ने हो भने कुनै दिन गण्डकी वारीको पाल्पा र पारीको स्याङ्जा दर्ुइ भिन्न मुलुझैं प्रतीत हुन कुनै बेर लाग्नेछैन ।

घट्दै गइरहेको कालीगण्डकीको सुन्दरताको अवलोकन गरिसकेपछि हामी अघि बढ्यौं । बटुवाको जिरोमा पुगेपछि वारीपारीको दृष्यावलोकन गर्ने हेतुले केहीबेर रोकियौं । मेरोलागि अबको भूगोल भने नितान्त नौलो थियो । त्यसैले दाया“बाया“का परिदृष्यलाई सकेसम्म आ“खामा कैद गर्दै अघि बढ्ने कोशिश जारी थियो । एउटा मोटरसाइकल चलाउने जिम्मा मेरै भएकोले धित मरुन्जेल वारीपारीका दृष्यहरुलाई आ“खामा कैद गर्ने मेरो रहरभने पुरा हुन पाएन । त्यसमाथि र्सपझैं बटारिएको बाटोमा नै विशेष ध्यान दिनुपर्ने अवस्था विद्यमान थियो, नत्र एकबारको जुनी गुल्टिन बेल लाग्दैनथ्यो ।

गल्याङ पुग्दा करिब पाँच जति बजेको हु“दोहो । शायद पाल्पाको जोरधारामा उदरस्थ गरेको केही थान बटुक र पकौडीको मिति गुज्रँदै थियो, र नै पेटतिर छाम्दै होटलतिर आ“खा दौडाउ“दै थिए मित्र खेम घिमिरे । मलाई भने भोक भन्दा बढी चियाको तलतल लागेको थियो । त्यसैले छेवैको एउटा होटलमा रोकियौं र चिया अर्डर गर्यौं । पेट छामिरहेका मित्रले अण्डा मगाउ“नुभयो । अण्डा सुन्ने बित्तीकै अण्डा पहिले कि कुखुरा पहिले भन्ने विवाद सुरु भयो र मैले यसमा केही समय अगाडि गरिएको एक अनुसन्धानले पहिले कुखुरा जन्मिएको निश्कर्षनिकालेकोले हाललाई अण्डा पहिले कि कुखुरा पहिले भन्ने विवाद सुल्भिmएको बयान प्रस्तुत गरेर अण्डा-कुखुरी विवादलाई साम्य पार्ने प्रयत्न गरें । अण्डा र चिया सुर्क्याइसकेपछि अघि बढेको हाम्रो यात्रा वालिङस्थित मित्र अर्जुन तिवारीको घर पुग्दा सा“झ परिसकेको थियो ।

तिवारीजीको बाआमा लगायत सबैस“ग चिनापर्ची तथा भलाकुसारी भयो । बा अलिकति राजनीतिक रुपले चिन्तनशील र जागरुक हुनुहु“दो रहेछ । वहा“स“ग निकैबेर वर्तमान राजनीतिक अन्यौलता र आम जनतामा व्याप्त निराशाका बारेमा छलफल चल्यो । त्यसो त तिवारीजीस“ग पनि सैद्धान्तिक रुपले केही राजनीतिक विषयवस्तुहरुमा विमति भएपनि जीवन र जगतलाई हर्ेर्ने वैज्ञानिक दृष्टिकोण तथा समग्र अर्थराजनीतिक रुपान्तरणका केही विषयवस्तुहरुमा हाम्रो मत मिल्छ नै । यद्यपि उहा“ व्यवहारतः अलिक आध्यात्मिक चिन्तनको हुनुहुन्छ, तर म परें बिलकुलर् इश्वरीय आस्था नभएको भौतिकवादी ! त्यसैदिन नागरिक घुमफिरमा स्याङ्जा सिरुबारीको बारेमा तस्वीर सहितको सानो परिचयात्मक आलेख छापिएको थियो । मैले उक्त आलेख देखाउ“दै सिरुबारी घुम्न जान प्रस्ताव गरें । त्यसमा सबै साथीहरु सहमत भइसकेपनि हाम्रो घुमफिरको प्राथमिकतामा वालिङ महोत्सवको सट्टा सिरुबारी नै पर्न गयो । त्यस रात तिवारीजीकै घरमा बास बसियो ।

भोलिपल्ट बिहान सखारै हामी सिरुबारीको यात्रा तय गर्ने ध्येयका साथ हिंड्यौं । तिवारीजी घरायसी काममा लाग्नुभएको हु“दा हाम्रो तीनजनाको टोली नेपालको पहिलो नमूना पर्यटकीय गाउ“ सिरुबारीतर्फअघि बढ्यो । बिहान झिसमिसे अ“ध्यारोमै चिसो सिरेटो र सडकमा पोखिएको हूस्सु छिचोल्दै मोटरसाइकल हर्ुइंक्याउ“दा मुटुनै कमाउलाझैं गरेको थियो । यद्यपि नया“ ठाउ“ घुम्ने लालसाले चिसो सिरेटोको पर्वाह नै नगरी मोटरसाइकलको बत्तिले नागबेली परेको सडकमा पोखिएको अ“ध्यारो चिर्दै हामी अघि बढ्यौं । हेलर्ुइमा पुग्दा हात नै कठ्यांग्रिएर झर्लाझैं भएपछि चियाको चुस्की लिन हामी रोकियौं । हेलर्ुइबाट सिरुबारी जाने बाटो छुट्टनिे रहेछ । मरिच हालेको तातोपिरो चियाको चुस्कीपछि हामी आ“धीखोला तरेर उकालो लाग्यौं । आ“धीखोलाको तिरैतिर उकालो लाग्दा सडकमा बिहानीको मिर्मिरे उज्यालो पोखिइसकेको थियो । कच्ची ग्रामीण सडकमा मोटरसाइकल हर्ुइंक्याउ“दै अघि बढेको हाम्रो यात्रा अर्जुनचौपारी भन्ने ठाउ“मा पुग्दा सा“ढे सात बजेको थियो ।

अर्जुनचौपारीको उकालो हु“दै अघि बढेको हाम्रो यात्राले राउतकोटको उकालोमा पुग्दा विश्राम लियो, खेम दाईको मोटरसाइकल बिग्रिएर । सानो तिनो मर्मत आफैं गर्न कस्सिने खेम दाईले खै कसोकसो गरी मोटरसाइकल बनाएरै छाडे । अब भने बीचबाटोबाट नै ओरालो लाग्नुपर्नेस्थिति टर्यो । धुलो उडाउ“दै खेम घिमिरे अघि बढे हामी दर्ुइ पछिपछि उहा“लाई पच्छ्याउ“दै उकालो लाग्यौं । बिहानै वालिङ छाड्दा तिवारीजीको घरमा पिएको दर्ुइ गिलास तातोपानी र हेलर्ुइको एक कप चियाबाहेक पेटमा केही परेको थिएन । त्यसैले बयले भन्ने ठाउ“मा पुगेपछि एकएक गिलास दुध र अण्डा उदरस्थ गरियो । स्याङ्जाको गाउ“मा पुगेर पनि सहरकैझैं पातलो दूध पिउनुपर्दा साहुनीलाई ँकहा“बाट ल्याएको हो नि दूध' भनी सोध्यौं । तिनले पनि बडो सहजताका साथ "आफूले पालेको छैन, बेच्न ल्याउनेले राम्रो माल ल्याउ“दैन" भनेर टिप्पणी गरिन् । भोको पेटमा पातलै भएपनि एक गिलास दूध र दर्ुइवटा अण्डाले निकै काम गरेझैं लाग्यो ।

बयलेबाट ओरालो लागेपछि यात्राको सबैभन्दा कठिन खण्ड सुरु भयो । मोटरसाइकलको पछाडि सवार मित्र कृष्ण गैरेलाई कहिले धकेल्न लगाउ“दै त कहिले तान्न लगाउ“दै उबडखाबड बाटो जेनतेन पार गर्दै सिरुबारी पुग्दा ठूलो युद्ध नै जितेझैं गर्वको महशुस भयो । स्याङ्जा जिल्लाको पञ्चमूल गाविसको वडा नं. ५ मा पर्ने सिरुबारी नेपालकै पहिलो पर्यटन गाउ“को रुपमा चिनिन्छ । सरकारले सन् २०११ लाई पर्यटन वर्षो रुपमा मनाउने घोषणा गरे अनुरुप सिरुबारी पनि एक उत्कृष्ट ग्रामीण पर्यटन गन्तब्यको रुपमा परिचित छ । स्थानिय अमरज्योति मा.वि. का सहायक प्रधानाध्यापक धन प्रसाद पौडेलका अनुसार औषत दैनिक ३०/४० जना स्वदेशी तथा विदेशी पर्यटकहरु सिरुबारी घुम्न जाने गर्दछन् । त्यहा“ आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गुणस्तरीय खानपान र बसोबासका लागि करिब ३५ घरहरुमा होमस्टेको व्यवस्था गरिएको रहेछ । त्यसैगरी पर्यटकहरुलाई तरकारी, सागसब्जी, माछामासु स्थानिय रुपमा उत्पादन गरी खुवाउने र पर्यटकहरुको चाहना र इच्छा अनुसार हरेक सा“झ सांस्कृतिक कार्यक्रम गरिने रहेछ ।

त्यसैगरी स्थानियबासीहरुको घरघरमा सञ्चालित होमस्टेका लागि रोलक्रमका आधारमा पर्यटकहरु वितरण गर्ने व्यवस्थासमेत पर्यटन विकास केन्द्रले मिलाउने गरेको रहेछ । पाहुनालाई स्वागत र सत्कारका लागि फूलमाला र पञ्चेबाजाको समेत व्यवस्था हुने हु“दा पर्यटकहरुले स्थानिय पर्यटन विकास केन्द्रस“ग समन्वय गरी जा“दा खानपान र बसोबासका लागि समस्या नहुने रहेछ । त्यसैदिन फर्किने कार्यक्रम तय भएको हु“दा, फुक्का फिरन्तेझैं घुम्न हि“डेका हामी भने दर्ुइ पाकेट चाउचाउ र दालमोठ झोलामा हाली भोकै फर्किनु पर्यो । तर, सिरुबारीको मनमोहक वातावरण र स्थानियबासीहरुको न्यानो स्वागतले भोक कोसौं टाढा भागिसकेको थियो । करिब एकघन्टा जति भुलिसकेपछि फेरि एकपटक रात बिताउने गरी जाने बाचा गर्दै हामी फर्कियौं । सिरुबारी पुगेर पनि त्यहा“को मौलिक खाना र सांस्कृतिको स्वाद लिने घिडि्गसो भने अधुरै रह्यो ।

अन्त्यमा, गुरुङ र घले बस्तीको बाहुल्यता रहेको उक्त सिरुबारी गाउ“ सफा, सुन्दर र रमणीय त छ“दैछ, स्थानिय जनताको सद्भाव, माया र सहयोग पाउ“दा जोकोहीको मानसपटलमा सिरुबारीले स्थान जमाउने पक्का छ । हामी सबैले आआफ्नो ठाउ“बाट कुनै न कुनै ठाउ“को भ्रमण गरी आन्तरिक पर्यटन पर््रबर्द्धन गर्दै पर्यटन वर्षसफल पार्न सहयोग गर्नु हाम्रो दायित्व हो ।


मनिकर कार्की 'निवर्तमान'
The ButwalToday National Daily
2067.11.07

कर्णाली पुलैमाः बाह्र बजे हावा सरर ....

नेपालगञ्जको पुष्पालाल चोकमा आइपुग्दा गाडीको ट्या“ट्या“ र टु“टु“ले कलंकी चोकको कोलाहलकै झल्को दिन्थ्यो । मंसिरको चिसो सिरेटोले नेपालगञ्जलाई त्यति धेरै असर नगरे पनि बिहानीपखको गुलावी जाडोले भने मन छाएकै थियो । चोकमा गाडीका स्टाफहरु यात्रुहरुलाई बोकु“लाझैं गरी तानातान गरिरहेका थिए । हर्ेदाहर्ेर्दै किया गाडी वाला र माइक्रोबसवालाबीच झडपै पर्लाजस्तो पो भयो त ! जेहोस् अर्को एउटा अलि संयमित स्टाफ आएर समन्वय गर्दा दर्ुइबीचको गलफति टुंगियो । म धनगडी जान हि“डेको बबुरो पनि किया र माइक्रोबीचको जुहारीले एकछिन् त रनभूल्लमै परेँ । पछि माइक्रोबसको दर्ुइसय पचासको अफर स्वीकार गरेर बसको एउटा सिट रिजर्भ गरेर बसे“ । करिब आधा घन्टापछि माइक्रोबसले नेपालगञ्ज त छाड्यो तर कोहलपुरमा पुगिसकेपछि बसले फेरि लामै विश्राम लिनेभयो ।

अघिल्लो दिनको ताजा अपडेटका लागि म अखबारका पानाहरुमा आ“खा दौडाउ“दै थिए“, छेउबाट कसैले कोट्याएझैं लाग्यो । यसो फर्केर हर्ेदा एक जना मयलले कटकट्टीएको, चार ठाउँमा भ्वाङ परेको आधा तन ढाक्ने लुगा लगाएको बालक बसका यात्रुहरुसित पैसा मागिरहेको थियो । मलिन आ“खाले याचना गर्दै हातमा सिफारिसको फोटोकपी बोकेर केही पाउने आशमा बसका यात्रुहरुतर्फहात फिँजाइरहेको त्यो बालकतर्फकतिपय यात्रुहरु खोक्रो सभ्यताको परिचय दिँदै गाली र तिरस्कारको उपहार बर्सर्ााहेका देखिन्थे भने कोही केहीथान सिक्का तेर्स्याइरहेका थिए । मैले पनि आफ्नो खल्तीबाट दर्ुइ रुपै“याको सिक्का निकालेर उसको हातमा राखिदिए“ ।

यो त एउटा प्रतिनिधि घटना मात्र हो । हामी दिनहुँ यस प्रकारका घटना देख्दै र भोग्दै आइरहेका छौं । तथ्याङ्क भन्छ मुलुकभर हजारौंको संख्यामा सडक बालबालिकाहरु रहेका छन् । त्यस्तै जोखिमपर्ूण्ा काम, घरायसी कामका लागि पनि दशौं हजार बालबालिकाहरुलाई प्रयोग गरिएको तथ्य हामीबाट लुकेको छैन । उच्च ओहदाका सरकारी कर्मचारी, पुलिसदेखि मन्त्रीसम्मले बालबालिकाहरुलाई घरेलु श्रमिकको रुपमा राख्ने गरेको र तिनीहरुलाई चरम यातना दिने गरेको खबर बेलाबखत पढ्न, हर्ेन र सुन्नमा आउ“छन् । यी सडक बालकालिकाहरु रहरैले माग्न हिँडेका भने पक्कै होइनन् होला । तिनको उचित हेरविचार र शिक्षादिक्षामा राज्यले कुनै चासो नलिएको प्रष्टै देखिन्छ । यहा“ करोडौं रकम राज्यकोषबाट खर्च गरेर अन्टसन्टको सभासमारोह, यज्ञ, विद्यालयको वाषिर्कोत्सव उद्घाटनका लागि प्रधानमन्त्रीदेखि राष्ट्रिपतिसम्म देशदौडाहमा निस्कन्छन् तर ती दिनहीन बालबालिकाको गास र बासको सवालमा कुनै काम हु“दैन । यस्तै सोच्दासोच्दै बसले अगाडि बढ्ने संकेत स्वरुप प्वा“क्क हरन बजायो म झल्या“स्स ब्युझेंझैं हुनपुगें ।

यतिबेलासम्म बस पनि यात्रुहरुले भरिसकेको थियो । सोचे“ बाटो लामै छ । अब भने बसले रफ्तार लेला नै । तर बस भने ठाउ“ठाउ“मा रोकिंदै यात्रुहरु चढाउने र ओराल्ने गर्दा बुटवल वरपर चल्ने लोकल बसझैं लाग्दथ्यो । बस्ती सकिएपछि बाटोमा बर्दिया राष्ट्रिय निकुञ्ज पर्ने भएकाले पनि चेकपोष्टले दिएको टाइम कार्डको आधारमा गुड्नु पर्ने र निकुञ्जको बीचबीचमा रहेको चेकपोष्टमा हुने चेकजा“चले चिसापानीसम्मको यात्राले खासै रफ्तार लिन त सकेन नै । र पनि निकुञ्जको वरपर कुनै जंगली जनावरको दर्शन हुन्छ कि भन्ने आशले मेरा आ“खा भने एकटहले सडकछेउको जंगल र झाडीहरुमा केन्द्रित गरेको थिए“ । तर, एकाध रुपमा सुनिने चराचुरुङ्गीहरुको चिरबिराहटबाहेक जनावरको नाममा आम रुपमा देखिने ढेडु बा“दरसम्म पनि दृष्टिगोचर भएन । कर्ण्ााली तरेर चिसापानी पुग्दा मध्यान्हृको बाह्र बजिसकेको थियो । चिसापानीमा पुगरे गाडी रोकियो । म पनि गाडीबाट ओर्लिएर जीउ तन्काउनतिर लागें । बाह्र बजे हावाको झोँकाले पुरै चिसापानी सुसाइरहेको थियो भने कर्ण्ाालीको चिसो स्या“ठले मुटुनै कमाउलाझैं गरेको थियो । गाडीवालाले खाना खान उर्दि जारी गर्यो । म पनि छउतिरको भान्छाघरतर्फलागें ।
करिब आधाघन्टाको विश्रामपछि बसले रफ्तार लियो । अबको भूगोल मेरालागि नितान्त नौलो थियो । नया“ ठाउ“को दृष्यावलीलाई आ“खामा कैद गर्नैको लागि मेरा नजर हरबखत सिनेमाका पर्दाझैं परिवर्तन भइरहने बाहिरी परिवेशमै अल्भिmएका थिए । यद्यपि माइक्रोबसको रफ्तार भने पुरानै गतिमा कायम थियो । हरेक बसस्टपमा घ्याच्चघ्याच्च रोकिइ यात्रुहरु झार्ने र चढाउनमै व्यस्त देखिन्थे, माइक्रोका सहचालकद्वय । छेवैमा बसेका एकजना यात्रुलाई त असह्य नै भएछ क्यारे, ँनेपालगञ्जबाट सात बजे छुटेको बसलाई महेन्द्रनगर पुग्न कति घन्टा लाग्छ - लोकल बसलेझैं स्टपैपिच्छे रोकेर गन्तव्यमा कहिले पुग्छ, हाम्रो कामै नभएझैं दिनभरी सडकमै गुडिरहने -' भन्दै उसहचालक महोदयको झ्या“को झारे । त्यसपछि भने बस रोकिने क्रम अलि कम भयो ।

कैलालीको अत्तरिया पुग्दा त्यस्तै तीन जति बजेको हु“दोहो । बस महेन्द्रनगर जाने हु“दा म लगायत धनगढी जाने केही यात्रुहरुलाई गाडीवालाले अर्को बसमा चढाइदियो । धनगढी जाने बसभने खालिनै थियो । जेहोस्, त्यो कोचाकोच र कोलाहलबाट भने उन्मुक्ति पाएझैं लाग्यो । करिब पन्ध्र मिनेटपछि हामी चढेको बस गुड्यो । नया“ भूगोल र परिवेशका दृष्यहरुलाई आ“खामा कैद गर्न उद्यत मेरा आ“खाहरु भने चारैतिर नाचिरहेका थिए । बसले धनगढी बसपार्कमा पुगी विश्राम लि“दा त्यस्तै चारजति बजेको थियो होला । बसपार्कबाट मित्र सुरेश बमलाई फोन गरे“ र उनकै लोकेशन अनुसार एउटा रिक्सा चढेर अगाडि बढें । छत नभएका रिक्सामा पनि केही नया“पन देखियो । करिब दस पन्ध्र मिनेटपछि मित्र बमको अफिसमा पुगेर हार्दिकता साटासाट भयो र केहीबेर सम्बन्धित कामको बारेमा छलफल पनि भयो । त्यसैदिन धनगढीमा सुदूरपश्चिम महोत्सव सुरु भएको रहेछ । अब यसैपनि धनगढी पुगिसकेपछि महोत्सव त हर्ेर्नै पर्यो । यसअघि मध्यपश्चिमको सर्ुर्खेत महोत्सव अवलोकनको स्मृति ताजै हु“दा सर्ुर्खेत महोत्सवको ह्याङ्ओभर कायमै थियो । त्यसैले महोत्सव हर्ेन लागियो जिविसको प्रांगणतर्फ।

विभिन्न रंगिचंगि ब्यानरहरुले रंगिएको धनगढी बजार सा“झको लोडसेडिगंको समयमा पनि झिलिमिली नै देखिन्थ्यो । औद्योगिक, व्यापारिक, सांस्कृतिक, कृषि तथा पर्यटन मेला नाम दिइएको उक्त महोत्सवमा रहेका घरेलु उद्योग, कृषि, वनपैदावार, जडिबुटी, हस्तकला, स्थानिय प्रविधी, स्थानिय आदिवासीहरुको खाना तथा कलासम्बन्धी स्टलहरु उल्लेखनीय थिए । अल्लोबाट बनेका कपडा, ढाकाबाट बनेका सल, रुमाल, टोपी लगायतका कपडाहरु पनि आकर्षाका केन्द्रविन्दु नै देखिन्थे । महोत्सवको अर्को सबल पक्ष भनेको स्थानिय सुदूरपश्चिमको सांस्कृतिक झा“कीहरु जस्तै थारु नाच, सोरठी नाच, देउडा, झ्याउे आदिको पर््रदर्शनी नै देखियो । समग्रमा सुदूर महोत्सव दर्शकहरुको चहलपहल र कृषि, औद्योगिक, हस्तकला, स्थानिय प्रविधी आदिको पर््रदर्शनीका लागि उल्लेखनीय नै देखियो । र पनि अन्य स्थानहरुमा झैं त्यहा“पनि स्थानिय उत्पादनको बिक्री पर््रवर्द्धनमा भन्दा बजारी सामानहरुको बिक्रीलाई विशेष जोड दिइएको देखियो । आखिर चरम् उपभोक्तावादी चिन्तनमा फँसिसहेका हामीले जस्तोसुकै महोत्सव र मेलाहरुमा पनि उही बहुराष्ट्रिय निगमका उत्पादनहरुको बिक्री र पर््रवर्द्धनलाई नै जोड दिइरहेका न छौं ।

त्यसदिन दिन मित्र सुरेश बमकै घरमा बस्ने कार्यक्रम तय भयो । अघिल्लो दिन कर्ण्ाालीको भात अलि बढीनै भएछ क्यार ! सा“झसम्म ठीक रहेको मेरो पेटले भोलिपल्ट बिहानै भने धोका दियो । बजारतिर गएर ओखतीका गोली निलेपछि भने केही राहतको अनुभूति भयो । बिहानको खाना खाइओरी निस्क“दा दस बजिसकेको थियो । मित्र सुरेशले मलाई बसपार्कसम्म छाडिदिनुभयो । म भने महेन्द्रनगर घुम्नका लागि त्यसतर्फजाने बसमा चढें । करिब पन्ध्र मिनेटपछि छुटेको बस अत्तरियामा आधाघन्टा रोकियो । त्यसपछि पनि बसको गतिले रफ्तार लिन सकेन । हुनत धनगढीबाट छुटेको बसले लोकल गर्ने नै भयो । मलाई भने बसको रफ्तार र गति भन्दा पनि नया“ भूगोल र परिवेशलेनै आकषिर्त पारिरहेको थियो । बसले महेन्द्रनगर पुर्याउ“दा दिउ“सोको करिब दर्ुइ बजेको हु“दोहो । महेन्द्रनगरको बसपार्कमा ओर्लिएपछि बसपार्कको छेवैमा र्सार्वजनिक सौचालयको ठेक्का लिएर बसेका गुल्मी घरभएका बुद्धिलाल भुसालस“ग भलाकुसारी भयो । त्यसपछि महाकाली पारी रहेका चा“दनी र दोधारा जोड्ने संभवत नेपालकै सबैभन्दा लामो झोलुंगे पुल हर्ेर्ने रहरले त्यतातिरको बारेमा सोधपुछ गरें र उनैको सल्लाह अनुसार मोटरसाइकल ट्याक्सीमा चा“दनी दोधारा जान भनेर निस्किए“ ।

मोटरसाइकल ट्याक्सीका चालक सुरेश सिंह भाटस“ग चा“दनी दोधारा पुलको अवलोकनका लागि दर्ुइ सय रुपैंयामा कुरा मिल्यो । त्यसपछि करिब एघार किलोमिटरको कच्ची सडकमा धुलो उडाउ“दै हर्ुइकिइयो, मोटरसाइकल ट्याक्सीमा । अरु र्सार्वजनिक सवारी साधनहरु नचल्ने हुनाले चा“दनी दोधारा जानका लागि सवारीको एकमात्र विकल्प मोटरसाइकल ट्याक्सी रहेछ । लामो समयदेखि सुदूर पश्चिममा पत्रपत्रिका व्यवसाय गर्दै मोटरसाइकल ट्याक्सी चालक -धनी) भाटले पार्टटाइम पेशाका रुपमा चा“दनी दोधारामा मोटरसाइकल ट्याक्सी चलाउ“दै आएका रहेछन् । उनले आफ्नो पेशाका साथै समसामयिक राजनीतिक परिवर्तनका बारेमा पनि आफ्नो गुनासो पोखे । लामोसमयदेखि पत्रपत्रिका बेच्दै आएका उनीले सुदूर पश्चिमका मिडियाहरुको प्रभाव र स्थितिका बारेमा पनि आफ्ना अनुभव बा“ड्ने काम गरे ।

बाटोमा यस्तै भलाकुसारी गर्दै करिब चालिस मिनेटको यात्रापछि हामी चा“दनी दोधारा जोड्ने झोलुंगे पुलमा पुग्यौं । करिब डेढ किलोमिटर लमाइ भएको उक्त झोलुंगे पुलमा आठवटा खम्बाहरु रहेछन् । प्रशासनिक लगायत सबै कामका लागि दिनहु“ महाकालीवारी आउनुपर्ने चा“दनी दोधारा निवासी आम नेपालीहरु महाकालीमा पुल नहु“दा निकै समस्यामा परेका थिए भन्ने सहजै अनुमान गर्न सकिन्थ्यो । पुल बनिसकेपछि उनीहरुलाई आवतजावत गर्न त केहीहदसम्म सजिलो भएको रहेछ तर अझैपनि महेन्द्रनगरबाट कुनै र्सार्वजनिक सवारी नचल्दा उनीहरु मोटरसाइकल ट्याक्सीको महंगो भाडा तिररे एउटै मोटरसाइकलमा तीनचारजनाको जोखिमपर्ूण्ा यात्रा गर्न बाध्य रहेछन् । सम्बन्धित निकायले चा“दनी दोधारा जोड्ने झोलुंगे पुलसम्म नियमित रुपमा जीप संचालन गरे महाकाली पारिका जनताहरुलाई निकै राहत हुने थियो कि !

समग्रमा मेहनती र जागरुक मोटरसाइकल ट्याक्सी चालक भाटले धेरै कुराको बारेमा जानकारी दिए । उनको सहयोग र सद्भावका लागि साधुवाद !

मनिकर कार्की 'निवर्तमान'
The Butwal Today National Daily
2067.10.11

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...