सिरुबारी एक्सप्रेश

कुनै नया“ कार्य प्रारम्भ गर्दा त्यसको वस्तुगत योजना र पर्ूव तयारीका साथ काम सुरु गर्दा सफलतालाई चुम्न सकिन्छ । यो सहज, सरल र एकहदसम्म व्यवहारिक रुपले स्थापित मान्यता हो । तर, अर्थशास्त्रले हरेक सिद्धान्तलाई निश्चित मापदण्ड र वस्तुगत धरातलका आधारमा स्वीकार गरेझैं कहिलेकाही“ यथावत् मानिने ँअन्य चीजहरु'ले घर गर्दा स्थापित मान्यता गलतसिद्ध हुन पुग्दछ । अथवा भनौं स्थापित मान्यताले सधैं काम गर्दैन । हो, घुमफिर र देश दर्शनको सवालमा पनि पर्ूव निर्धारित योजनाले काम गरेन । लामो समयदेखि कतै घुमफिरमा जाने योजना बनायो, आखिर व्यस्तताको घनचक्करमा जहिले पनि कोही न कोही साथीहरु फसिरहने हु“दा योजना सधैं तुहिने गरेको नमिठो सम्झनालाई यसपालीको बिना योजनाको भ्रमणले मेटाइदिएको छ ।

शनिबारको दिन बिहान घुमफिरमा निस्कने कुरा चल्दा दस बजिसकेको थियो । कुरैकुरामा स्याङ्जामा जारी वालिङ महोत्सव हर्ेन जाने योजना बन्यो । अघिल्लो दिनसम्म घुमफिरमा निस्कने कुनै योजना नै थिएन । तर, एक्कासी घुम्नजाने सुर चलेपछि निकट रहेका साथीहरुस“ग सर्म्पर्क गर्दा उहा“हरुले साथ दिने पक्का भयो र कृष्ण गैरे, खेम घिमिरे, अर्जुन तिवारी र मसहितको चार जनाको टोली स्याङ्जा जाने तयारीका साथ बुटवलबाट मोटरसाइकल हर्ुइंक्याएर उकालो लाग्दा दिउ“सोको दर्ुइ बजिसकेको थियो ।

सिद्धबाबाको पहरो कटिसकेपछि संभवत् भूगोल परिवर्तन भएरै हुनर्ुपर्छ, चिसो सिरेटोको सघनता पनि बढ्दै थियो । पाल्पाको जोरधारामा पुगेर केहीबेर सुस्ताउ“दै तात्तातो पकौडी र बटुक उदरस्थ गरिसकेपछि हामी अघि बढ्यौं । दाया“बाया“ सिनेमाको पर्दाझैं छिनछिनमा परिवर्तन भइरहने दृष्यस“गै बहिरहेका हामी करिब डेढ घन्टाको यात्रापछि राम्दी पुगेर रोकियौं । बर्खाको भेलमा सुसाउ“दै छाल हान्ने कालीगण्डकी हिउ“दको सुख्खायाममा एकदमै शान्त र सौम्य मात्र देखिंदैनथ्यो । नदीमा पानीको सतह घटेर कंकालझैं दाया“बाया“का ढुंगा तथा चट्टानहरु दाह्रानंग्रा देखाएर हा“सेझैं लाग्दथ्यो । त्यसमाथि जर्ीण्ा बन्दै गएको राम्दी पुल मर्मतसंभारको पर्खाइमा टोलाइरहेझैं भान हुन्थ्यो । पुलमा ठूलाठूला मालबाहक सवारीसाधनहरु गुड्दा थर्किने र हल्लिने गर्दथ्यो । सम्बन्धित निकायबाट उक्त पुलले यसरीनै वेवास्ताको नियती व्यहोर्नु पर्ने हो भने कुनै दिन गण्डकी वारीको पाल्पा र पारीको स्याङ्जा दर्ुइ भिन्न मुलुझैं प्रतीत हुन कुनै बेर लाग्नेछैन ।

घट्दै गइरहेको कालीगण्डकीको सुन्दरताको अवलोकन गरिसकेपछि हामी अघि बढ्यौं । बटुवाको जिरोमा पुगेपछि वारीपारीको दृष्यावलोकन गर्ने हेतुले केहीबेर रोकियौं । मेरोलागि अबको भूगोल भने नितान्त नौलो थियो । त्यसैले दाया“बाया“का परिदृष्यलाई सकेसम्म आ“खामा कैद गर्दै अघि बढ्ने कोशिश जारी थियो । एउटा मोटरसाइकल चलाउने जिम्मा मेरै भएकोले धित मरुन्जेल वारीपारीका दृष्यहरुलाई आ“खामा कैद गर्ने मेरो रहरभने पुरा हुन पाएन । त्यसमाथि र्सपझैं बटारिएको बाटोमा नै विशेष ध्यान दिनुपर्ने अवस्था विद्यमान थियो, नत्र एकबारको जुनी गुल्टिन बेल लाग्दैनथ्यो ।

गल्याङ पुग्दा करिब पाँच जति बजेको हु“दोहो । शायद पाल्पाको जोरधारामा उदरस्थ गरेको केही थान बटुक र पकौडीको मिति गुज्रँदै थियो, र नै पेटतिर छाम्दै होटलतिर आ“खा दौडाउ“दै थिए मित्र खेम घिमिरे । मलाई भने भोक भन्दा बढी चियाको तलतल लागेको थियो । त्यसैले छेवैको एउटा होटलमा रोकियौं र चिया अर्डर गर्यौं । पेट छामिरहेका मित्रले अण्डा मगाउ“नुभयो । अण्डा सुन्ने बित्तीकै अण्डा पहिले कि कुखुरा पहिले भन्ने विवाद सुरु भयो र मैले यसमा केही समय अगाडि गरिएको एक अनुसन्धानले पहिले कुखुरा जन्मिएको निश्कर्षनिकालेकोले हाललाई अण्डा पहिले कि कुखुरा पहिले भन्ने विवाद सुल्भिmएको बयान प्रस्तुत गरेर अण्डा-कुखुरी विवादलाई साम्य पार्ने प्रयत्न गरें । अण्डा र चिया सुर्क्याइसकेपछि अघि बढेको हाम्रो यात्रा वालिङस्थित मित्र अर्जुन तिवारीको घर पुग्दा सा“झ परिसकेको थियो ।

तिवारीजीको बाआमा लगायत सबैस“ग चिनापर्ची तथा भलाकुसारी भयो । बा अलिकति राजनीतिक रुपले चिन्तनशील र जागरुक हुनुहु“दो रहेछ । वहा“स“ग निकैबेर वर्तमान राजनीतिक अन्यौलता र आम जनतामा व्याप्त निराशाका बारेमा छलफल चल्यो । त्यसो त तिवारीजीस“ग पनि सैद्धान्तिक रुपले केही राजनीतिक विषयवस्तुहरुमा विमति भएपनि जीवन र जगतलाई हर्ेर्ने वैज्ञानिक दृष्टिकोण तथा समग्र अर्थराजनीतिक रुपान्तरणका केही विषयवस्तुहरुमा हाम्रो मत मिल्छ नै । यद्यपि उहा“ व्यवहारतः अलिक आध्यात्मिक चिन्तनको हुनुहुन्छ, तर म परें बिलकुलर् इश्वरीय आस्था नभएको भौतिकवादी ! त्यसैदिन नागरिक घुमफिरमा स्याङ्जा सिरुबारीको बारेमा तस्वीर सहितको सानो परिचयात्मक आलेख छापिएको थियो । मैले उक्त आलेख देखाउ“दै सिरुबारी घुम्न जान प्रस्ताव गरें । त्यसमा सबै साथीहरु सहमत भइसकेपनि हाम्रो घुमफिरको प्राथमिकतामा वालिङ महोत्सवको सट्टा सिरुबारी नै पर्न गयो । त्यस रात तिवारीजीकै घरमा बास बसियो ।

भोलिपल्ट बिहान सखारै हामी सिरुबारीको यात्रा तय गर्ने ध्येयका साथ हिंड्यौं । तिवारीजी घरायसी काममा लाग्नुभएको हु“दा हाम्रो तीनजनाको टोली नेपालको पहिलो नमूना पर्यटकीय गाउ“ सिरुबारीतर्फअघि बढ्यो । बिहान झिसमिसे अ“ध्यारोमै चिसो सिरेटो र सडकमा पोखिएको हूस्सु छिचोल्दै मोटरसाइकल हर्ुइंक्याउ“दा मुटुनै कमाउलाझैं गरेको थियो । यद्यपि नया“ ठाउ“ घुम्ने लालसाले चिसो सिरेटोको पर्वाह नै नगरी मोटरसाइकलको बत्तिले नागबेली परेको सडकमा पोखिएको अ“ध्यारो चिर्दै हामी अघि बढ्यौं । हेलर्ुइमा पुग्दा हात नै कठ्यांग्रिएर झर्लाझैं भएपछि चियाको चुस्की लिन हामी रोकियौं । हेलर्ुइबाट सिरुबारी जाने बाटो छुट्टनिे रहेछ । मरिच हालेको तातोपिरो चियाको चुस्कीपछि हामी आ“धीखोला तरेर उकालो लाग्यौं । आ“धीखोलाको तिरैतिर उकालो लाग्दा सडकमा बिहानीको मिर्मिरे उज्यालो पोखिइसकेको थियो । कच्ची ग्रामीण सडकमा मोटरसाइकल हर्ुइंक्याउ“दै अघि बढेको हाम्रो यात्रा अर्जुनचौपारी भन्ने ठाउ“मा पुग्दा सा“ढे सात बजेको थियो ।

अर्जुनचौपारीको उकालो हु“दै अघि बढेको हाम्रो यात्राले राउतकोटको उकालोमा पुग्दा विश्राम लियो, खेम दाईको मोटरसाइकल बिग्रिएर । सानो तिनो मर्मत आफैं गर्न कस्सिने खेम दाईले खै कसोकसो गरी मोटरसाइकल बनाएरै छाडे । अब भने बीचबाटोबाट नै ओरालो लाग्नुपर्नेस्थिति टर्यो । धुलो उडाउ“दै खेम घिमिरे अघि बढे हामी दर्ुइ पछिपछि उहा“लाई पच्छ्याउ“दै उकालो लाग्यौं । बिहानै वालिङ छाड्दा तिवारीजीको घरमा पिएको दर्ुइ गिलास तातोपानी र हेलर्ुइको एक कप चियाबाहेक पेटमा केही परेको थिएन । त्यसैले बयले भन्ने ठाउ“मा पुगेपछि एकएक गिलास दुध र अण्डा उदरस्थ गरियो । स्याङ्जाको गाउ“मा पुगेर पनि सहरकैझैं पातलो दूध पिउनुपर्दा साहुनीलाई ँकहा“बाट ल्याएको हो नि दूध' भनी सोध्यौं । तिनले पनि बडो सहजताका साथ "आफूले पालेको छैन, बेच्न ल्याउनेले राम्रो माल ल्याउ“दैन" भनेर टिप्पणी गरिन् । भोको पेटमा पातलै भएपनि एक गिलास दूध र दर्ुइवटा अण्डाले निकै काम गरेझैं लाग्यो ।

बयलेबाट ओरालो लागेपछि यात्राको सबैभन्दा कठिन खण्ड सुरु भयो । मोटरसाइकलको पछाडि सवार मित्र कृष्ण गैरेलाई कहिले धकेल्न लगाउ“दै त कहिले तान्न लगाउ“दै उबडखाबड बाटो जेनतेन पार गर्दै सिरुबारी पुग्दा ठूलो युद्ध नै जितेझैं गर्वको महशुस भयो । स्याङ्जा जिल्लाको पञ्चमूल गाविसको वडा नं. ५ मा पर्ने सिरुबारी नेपालकै पहिलो पर्यटन गाउ“को रुपमा चिनिन्छ । सरकारले सन् २०११ लाई पर्यटन वर्षो रुपमा मनाउने घोषणा गरे अनुरुप सिरुबारी पनि एक उत्कृष्ट ग्रामीण पर्यटन गन्तब्यको रुपमा परिचित छ । स्थानिय अमरज्योति मा.वि. का सहायक प्रधानाध्यापक धन प्रसाद पौडेलका अनुसार औषत दैनिक ३०/४० जना स्वदेशी तथा विदेशी पर्यटकहरु सिरुबारी घुम्न जाने गर्दछन् । त्यहा“ आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गुणस्तरीय खानपान र बसोबासका लागि करिब ३५ घरहरुमा होमस्टेको व्यवस्था गरिएको रहेछ । त्यसैगरी पर्यटकहरुलाई तरकारी, सागसब्जी, माछामासु स्थानिय रुपमा उत्पादन गरी खुवाउने र पर्यटकहरुको चाहना र इच्छा अनुसार हरेक सा“झ सांस्कृतिक कार्यक्रम गरिने रहेछ ।

त्यसैगरी स्थानियबासीहरुको घरघरमा सञ्चालित होमस्टेका लागि रोलक्रमका आधारमा पर्यटकहरु वितरण गर्ने व्यवस्थासमेत पर्यटन विकास केन्द्रले मिलाउने गरेको रहेछ । पाहुनालाई स्वागत र सत्कारका लागि फूलमाला र पञ्चेबाजाको समेत व्यवस्था हुने हु“दा पर्यटकहरुले स्थानिय पर्यटन विकास केन्द्रस“ग समन्वय गरी जा“दा खानपान र बसोबासका लागि समस्या नहुने रहेछ । त्यसैदिन फर्किने कार्यक्रम तय भएको हु“दा, फुक्का फिरन्तेझैं घुम्न हि“डेका हामी भने दर्ुइ पाकेट चाउचाउ र दालमोठ झोलामा हाली भोकै फर्किनु पर्यो । तर, सिरुबारीको मनमोहक वातावरण र स्थानियबासीहरुको न्यानो स्वागतले भोक कोसौं टाढा भागिसकेको थियो । करिब एकघन्टा जति भुलिसकेपछि फेरि एकपटक रात बिताउने गरी जाने बाचा गर्दै हामी फर्कियौं । सिरुबारी पुगेर पनि त्यहा“को मौलिक खाना र सांस्कृतिको स्वाद लिने घिडि्गसो भने अधुरै रह्यो ।

अन्त्यमा, गुरुङ र घले बस्तीको बाहुल्यता रहेको उक्त सिरुबारी गाउ“ सफा, सुन्दर र रमणीय त छ“दैछ, स्थानिय जनताको सद्भाव, माया र सहयोग पाउ“दा जोकोहीको मानसपटलमा सिरुबारीले स्थान जमाउने पक्का छ । हामी सबैले आआफ्नो ठाउ“बाट कुनै न कुनै ठाउ“को भ्रमण गरी आन्तरिक पर्यटन पर््रबर्द्धन गर्दै पर्यटन वर्षसफल पार्न सहयोग गर्नु हाम्रो दायित्व हो ।


मनिकर कार्की 'निवर्तमान'
The ButwalToday National Daily
2067.11.07

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान” विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परी...