माओवादी जुट्नुको विकल्प छैन:- मनिकर कार्की ‘निवर्तमान’

समसाकयिक लेख सैनामैना दैनिकमा प्रकाशित


संविधानसभाको निर्वाचनमा भाग लिंदा एकीकृत नेकपा माओवादीले आफ्नो चुनावी प्रतिवद्धतापत्रमा उल्लेख गरेको नारा ‘सबैलाई हे¥यौं पटकपटक, माओवादीलाई हेरौं यसपटक’ निकै लोकप्रिय र समयसान्दर्भिक बन्यो । त्यसैले धेरैले माओवादीलाई हेर्नकै लागि पनि संविधानसभाको निर्वाचनमा मतदान गरेका थिए । ‘केही नया’“ गर्नै भनेर जनयुद्धको आ“धीमय यात्रा तय गर्दै आएको विद्रोही शक्तिलाई न्याय र परिवर्तनको लागि बलिदानीपूर्ण संघर्षमा लामबद्ध भएका जनसाधारणले मत नदिने कुरै थिएन । के कार्यकर्ता, के समर्थक, के जनसाधारण धेरैले एकीकृत माओवादीलाई संविधानसभाको सबैभन्दा ठूलो दलको हैसियतमा उभ्याइदिए र आमूल परिवर्तनका लागि संचालन गरेको जनयुद्धलाई अनुमोदनसमेत गरिदिए । त्यहि चुनावको ऐतिहासिक सफलतासंगै दीर्घकालीन छापामार युद्धमा होमिएको माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गर्न पुग्यो । माओवादीको यो राजनीतिक अवतरणलाई माओवादी नेताहरुकै शब्द सापटी लिएर भन्ने हो भने ‘माओवादीले युद्धको मोर्चा परिवर्तन गर्यो’ । एउटा विशिष्ट कालखण्ड पार गरेर शान्तिपूर्ण राजनीतिमा आएको शक्तिलाई अहिले यो शान्तिपूर्ण राजनीतिको बक्रीय मार्ग युद्धमयस्थिति भन्दा निकै पेचिलो बन्न पुगेको छ । शान्तिकालको यात्रास“गै अन्य राजनीतिक दलहरुस“गको सत्तासाझेदारीमा उसले आफ्ना आधारभूत अडानहरुलाई छाड्दै जा“दा माओवादीको आन्तरिक पार्टी जीवन नराम्रोस“ग बिथोलिन पुग्यो । नेताहरु केन्द्रीय राजनीतिमै अल्मलिन पुग्दा पार्टी संगठन तथा स्थानिय संयन्त्रहरु तहसनहन नै हुने अवस्थामा पुगेका छन् । सहमतिमा आधारित राजनीतिक लेनदेनमा माओवादी ‘दिने’ र अरु पुराना राजनीतिक पार्टीहरु ‘लिने’ भएका छन् । अहिलेको ऐतिहासिक परिवर्तनको जग मानिएको बहुचर्चित १२ बु“दे सहमतिबाट सुरु भएको दलहरुबीचको सहमतीय यात्रामा माओवादीले पाएको भन्दा गुमाएको नै बढी छ भन्दा अत्युक्ति नहोला । यद्यपि उसले आफ्नै नेतृत्वमा भएको अहिलेसम्मको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने सवालमा देखाएको लचकतालाई भने सबैले बिनापूर्वाग्रह आत्मसात गर्नु जरुरी छ । आखिर सबैले लिन मात्रै खोज्ने हो भने, मुलुक जहिल्यै पनि अनिर्णयको बन्दी बन्न सक्छ । यसमा माओवादीले निकै लचकता प्रदर्शन गर्दै, भएका उपलब्धीहरुलाई संस्थागत गर्ने सवालमा धेरै जोखिमपूर्ण कदमहरु उठाएको छ । त्यसको इतिहासले उच्च मूल्याङ्कन गर्नेनैछ । यसै पृष्ठभूमिलाई लिएर शान्तिपूर्ण राजनीतिमा उत्रिएको माओवादीको ‘बालसुलभ’ चरित्र बेलामौकामा चर्चा र बहसको विषय पनि बन्ने गरेको छ । कतिपयले त माओवादी आखिर ‘कच्चा खेलाडी’ नै साबित भएको तर्क पनि गर्ने गरेका छन् । पेचिलो बन्दै गएको शान्तिपूर्ण संघर्ष र पुराना संसद्वादी दलहरुको ‘छिर्के दाऊ’ को विचित्र संयोजनले माओवादीलाई तातो पिंडालु मुखमा हालेझैं निल्नु न ओकल्नुको दोसांधमा पु¥याइदिएको छ । शायद यसैको अभिव्यक्ति माओवादीको आन्तरिक पार्टी जीवनमा पनि स्पष्टताका साथ देखा परिरहेको छ । माओवादी पार्टीभित्र देखिएको तातो बहसमा यही पृष्ठभूमिको झझल्को देख्न सकिन्छ । निश्चय पनि माओवादीभित्रको बहस, विवाद अनि अन्र्तसंघर्ष कुनै नौलो विषय भने होइन । वास्तवमा भन्ने हो भने माओवादीको जन्म नै बहस र विवादबाटै भएको हो । त्यसकारण त्यस किसिमको पृष्ठभूमिबाट जन्मेको माओवादी पार्टीले आन्तरिक बहस र अन्तरसंघर्षलाई सही र वैज्ञानिक पद्धतीबाट हल गरी नेपाली जनताको परिवर्तन र समृद्धि सहितको शान्ति र संविधानको अपेक्षालाई पूरा गर्ने दिशातिर लाग्नु नै माओवादीको हितमा छ । र यो आजको अपरिहार्य आवश्यकता पनि बनेको छ । किनकि जोकोही पनि सधैंभरी युद्धको मनस्थितिमा रहन सक्तैन । जनता कम्तीमा पनि तत्काल आन्दोलन वा विद्रोहको मानसकितामा छैनन्, त्यो विगतले पनि पुष्टि गरिसकेको विषय हो । माओवादी अहिले दुईधारको चुपुवामा परेको आंकलन गर्न सकिन्छ । पहिलो माथि भनिएझैं माओवादीमा युद्धमय अवस्थाबाट शान्तिपूर्ण राजनीतिमा आउंदा एक खालको रुपान्तरणको समस्या छ । त्यसैमाथि संसदीय अभ्यासमा पोख्त भइसकेका पुराना राजनीतिक पार्टीहरुस“गको अनिवार्य सहकार्यमै उसलाई केही कठिनाइ भएको महशुस गर्न सकिन्छ । अर्को परिवर्तनस“गै माओवादीभित्र पलाएका र पलाउ“दै गएका ऐंजेरुहरुलाई फा“डेर आफूभित्रको अन्तरविरोध हल गर्दै बाहिरी शक्तिहरुस“ग सहकार्य र संघर्ष गर्दै अघि बढ्नुपर्ने चुनौती । त्यसकारण अहिले माओवादी ऐतिहासिक अवसर र चुनौतिको अवस्थाबाट गुज्रिरहेको आ“कलन गर्न त्यत्ति कठिनाइ पर्नेछैन । यसै परिवेशमा एकीकृत माओवादी भित्र बढ्दै गएको विवादको रापमा आफ्ना हात सेक्दै पुराना संसद्वादी दलहरु शान्ति र संविधानको वाधकको रुपमा माओवादीलाई बिटुल्याउने अभियानमा तीव्रताका साथ जुटिरहेका देखिन्छन् । नेपाली राजनीतिको पछिल्लो ‘डिस्कोर्स’मा देखिएका तरंगहरुले यसैको संकेत गरेको छ । यदि यो अदृष्य गठबन्धनलाई तोडेर शान्ति र संविधानलाई टुंगोमा पु¥याउन सकिएन भने देश र जनताले त दुःख पाउ“छन् नै अहिलेको राजनीतिक मूलधारमा ठूलो पार्टी भएर उपस्थित माओवादीको उपस्थितिमा पनि प्रश्न चिन्ह खडा हुनसक्छ । किनकि अहिलेको राजनीतिक संक्रमणको उचित व्यवस्थापन हुन सकेन भने माओवादीले युद्धकालमा झैं ‘छुट’ पाउनेछैन । शायद बदलि“दो राजनीतिको यही परिदृष्यलाई आत्मसात गरेरै हुनुपर्छ, माओवादीले जारी केन्द्रीय समितिको बैठकमा प्रस्तुत भएका दुई फरक प्रतिवेदनलाई था“ती राख्दै तत्कालका लागि शीर्ष नेताहरुले पार्टीको तत्कालीन कार्ययोजनामा सहमति जनाएर आन्तरिक विवाद हल गर्न सहमति गरेका छन् । ‘लौ अब त फुट्नै लाग्यो’, ‘फुट्यो’, ‘फुटिसक्यो’, ‘फुटको औपचारिक घोषणामात्र हुन बा“की छ’, जस्ता टिप्पणी र आशंकाहरुबीच माओवादीले तत्कालका लागि आन्तरिक बहस हल गर्ने जमर्को गर्नुले फेरिपनि एक खालको आशा जागेकोछ । यद्यपि माओवादीभित्र मौलाएको फरक विचारधारासहितको आधारभूत सैद्धान्तिक मतभेद भने कायमै रहने कतिपय विश्लेषकहरुको भनाइ रहेको छ । जेहोस् अहिलेको राजनीतिक उपलब्धीमा सबैभन्दा बढी संघर्ष गरेको पार्टी हुनुको नाताले पनि एकीकृत माओवादीको का“धमा जनताको परिवर्तनप्रतिको तीव्र आकांक्षालाई सम्बोधन गर्ने ठूलो जिम्मेवारी छ । परिवर्तनको लागि त्यत्ति ठूलो त्याग र बलिदानीमा सहभागि भएको अनि जनयुद्धको आ“धीवेहरीमार्फत उदाएको शक्ति शान्तिपूर्ण राजनीतिमा आएपछि विवादको च“गुलमा फस्दै जानु निश्चय पनि स्वाभाविक र सबैले सहर्ष ग्रहण गर्नसक्ने यथार्थ होइन । त्यसकारण तत्कालको लागि नै सहि माओवादीले फेरि पनि जुटेरै जाने जुन निर्णय गरेको छ, यसले अस्तव्यस्तोन्मुख पार्टीको आन्तरिक जीवनमा उर्जा त थप्ने छ नै, निराशाको वादलमा रुमल्लिएका समर्थक र आम नागरिकलाई पनि आशावादी बनाएको छ । हुनत माओवादी सजिलै निर्माण भएको पार्टी होइन । माओवादी वास्तवमै विशिष्ट परिस्थितिबाट यहा“सम्म आएको पार्टी हो । त्यसकारण दशौं हजार सहिदहरुको बलिदानी र लाखौं जनसमुदायको सपनाको भ¥याङ चढेर यो उचाइसम्म आएको पार्टी सजिलै चिरापर्ने संभावना औंल्याउनु त्यत्ति वस्तुपरक त हु“दैन नै । तैपनि निरन्तरको किचलोले आम नागरिकमा भने एक खालको संशय पैदा भएकै थियो र अझै पनि कायमै छ । आखिर मनै फाटेपछि कसको के नै लाग्छ र ? यद्यपि सर्वसाधारण कार्यकर्ता, समर्थक तथा आम नागरिकहरु फुटेको होइन, जुटेकै हेर्न उत्सुक छन् । नेपाली जनता नेपाल कम्यूनिष्ट आन्दोलनको फुटमय इतिहासको पुनरावृत्ति होइन, यसको नया“ र बलियो एकता हेर्न उत्सुक छन् । ‘जुट्ने’ भन्दा ‘फुट्ने’ कार्यमा इतिहास रचेका नेपालका कम्युनिष्ट पार्टीहरु पुर्नगठनका लागि भएका कतिपय प्रयासहरुलाई छाड्ने हो भने नेपालको समग्र कम्युनिष्ट आन्दोलनलाई नै ‘फुट र विवाद’को श्रृंखला भन्न पनि सकिएला । त्यसकारण अहिले माओवादीमा देखिएको तातो बहसबाट बेलाबेलामा भनिएझैं ‘महान् एकता’ को जग बनाउनुको विकल्प देखिंदैन । आम जनता फुटमा होइन जुटमा विश्वास गर्दछन् । नेताहरुले बलैमा बुझ्नु जरुरी छ, नत्र आगामी दिनहरु त्यत्ति सहज नहुन पनि सक्तछन् । अहिलेलाई आम मानिसले माओवादी नेतृत्वलाई ‘कमरेड हो, इतिहासलाई नभूल, फुटमा होइन जुटमा नै भविष्य छ’ बाहेक केही भन्नसक्ने अवस्था छैन । आगे कमरेडहरु नै जानून् ।

No comments:

Post a Comment

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान” विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परी...