रुदानेको देशमा भुईं कुहिरो

यात्रा राजधानी काठमाण्डूसम्मको थियो । यात्राका सहयात्रीहरुमा यो पंक्तिकारसहित यसै दैनिकका वरिष्ठ सम्पादक डीआर घिमिरे, जगत पोखरेल एवं महेश काफ्ले जुटेका थियौं । बुटवलबाट बिहान ११ बजे निस्कने योजना थियो तर, खासगरी जगत पोखरेलजीको कार्यव्यस्ताका कारण २ घण्टा ढिलोगरी यात्रा सुरु भयो । काठमाण्डूसम्मको यात्रा भए तापनि अघिल्लो दिन नै हेटौंडा–दामनहु“दै जाने तय भएको थियो । यात्रालाई सहज बनाउनका लागि एक जना सवारी चालक पनि थिए, उनको नाम सोधिएनछ । टोलीले बुटवल छाड्दा एक बजेको थियो । बुटवलको धपक्कै बलेको घमाइलो मौसममा यात्रा शुभारम्भ गर्दा सबैजना असिनपसिन भएका थियौं । यद्यपि यात्राको रोमाञ्चकारी दृष्यहरुले गर्मीको कुनै परवाह भएन । बुटवलबाट जसै हाम्रो गाडी पूर्वतिर लाग्यो, बाटोमा खासै गर्मीको अनुभव भएन, शायद यात्रारत भएरै होला । नत्र, ग्रीष्मको चरम गर्मी अनि तराईको पारिलो घाम, के खपिसक्नु हुन्थ्यो र ?


दाउन्नेमा केही बेरको सुस्ताईपछि हाम्रो यात्रा सरासर अघि बढ्यो र भरतपुर पुग्दा झण्डै चार बजेको थियो । राजमार्ग विस्तारको अभियानले केही खुम्चिएको दाउन्नेमा फेरि नया“ चहलपहल सुरु भएको रहेछ । त्यसो त  नेपालमा जे गर्नु हु“दैन भनिन्छ, त्यही नगरी हु“दैन । राजमार्ग विस्तारको क्रममा अतिक्रमित संरचनाहरु भत्काइरह“दा फेरी थप निर्माण भइरहेको पनि देखियो । भरतपुरमा त्रिवेणी एफएममा अवलोकनका लागि केहीबेर बसियो । रेडियोका अध्यक्ष सुदिपसिं अधिकारीस“ग परिचयात्मक भेट पश्चात् हाम्रो यात्रा सिधै पूर्वतर्फ अघि बढ्यो । झण्डै सा“ढे पा“चबजे हाम्रो टोली हेटौंडा पुग्यो । हेटौंडा बजारको परिक्रमा गर्दै हेटौंडामा विद्युतीय ‘मयुर रिक्सा’मा सयर गरियो । चार जना यात्रुहरु बस्न मिल्ले गरी बनाइएको रिचार्जेबल ब्याट्रीबाट चल्ने अटोमेटिक रिक्सालाई त्यहा“ मयुर रिक्सा भनि“दोरहेछ । बुटवलको बजारमा नदेखिएको त्यो मयुुर रिक्सा नौलो र आकर्षक लाग्यो । बुटवलमा पनि त्यसको प्रशस्त संभावना देखिन्छ । आरामदायी र आकर्षक देखिने उक्त रिक्सा शारीरिक श्रममा आधारित रिक्सा भन्दा उन्नत देखिन्थ्यो । शारीरिक श्रम कम पर्ने हु“दा चालकलाई पनि निकै सहज हुने देखिन्छ ।

राप्तीको शाखा खोलोको तिरैतिर हामी हुईंकि“दा झण्डै सा“ढे ६ बजिसकेको थियो । गोधुली सा“झमा खोलाको तिरैतिर हुईंकि“दा मनैदेखि शीतल अनुभूति भयो । र यात्रालाई अझ रोचक र रोमाञ्चित बनाउने क्रममा गफका अनेक श्रृंखलाहरु पनि सुरु हु“दै गए । राजनीतिदेखि सुरु हुने गफको श्रृंखला अर्थ, व्यापार, व्यवसाय, कलासंस्कृतिहु“दै सांसारिक जीवनका रंगहरुसम्म पुग्दथे । यसरी सा“झको मनमोहक पवनस“ग बहेली खेल्दै यात्रा निरन्तर जारी रह्यो । यसरी यात्रारत रह“दा म भने विगतमा त्यही बाटो हिंड्दाको अनुभूतिले नोस्टाल्जिक भइरहेको थिए“ । भैंसेमा पुगेर चियो पिउने सुरसार कसियो । भैंसे त्रिभुवन राजपथको अन्तिम खण्ड हो । काठमाण्डूको थानकोटदेखि मकवानपुरको भैंसेसम्मको ७२ माइल अर्थात, झण्डै ११६ किमि लामो बाटो भारत सरकारको आर्थिक सहयोगमा बनेको हो । भैंसेबाट काठमाण्डू जानको लागि दुईवटा बाटाहरु छन् । भैंसेबाट उत्तरपूर्वतिर लाग्दा मकवानपुरको पुरानो सदरमुकाम भिमफेदीबाट कुलेखानीहु“दै काठमाण्डू जाने एउटा बाटो छ भने भैंसेबाट उत्तर पश्चिम सिमभञ्ज्याङ–दामनहु“दै नौबिसेबाट काठमाण्डू जाने अर्को बाटो छ ।

हाम्रो बसाई दामनमा हुने भएको हु“दा हामी भैंसेबाट उत्तर पश्चिमतर्फ लाग्यौं । अब भने अलि सा“घुरो र घुम्ती तथा मोडयुक्त बाटो हु“दै हामी अघि बढ्यौं । ग्रीष्मको उच्चाटलाग्दो गर्मीबाट अत्तालिएका हामीहरु पहाडी घुर्माइलो बाटोमा हुईंकिँदै उकालो लाग्दा र सा“झको बैंसालु पवनस“ग रोमाञ्चित हु“दै यात्रा गर्दा मन कम्ती रोमाञ्चित भएन । यो भूगोल मेरा लागि नौलो त थिएन । तर, पनि पहाडी राजमार्गमा हुईंकि“दा प्राप्त हुने रोमाञ्चकारी अनुभवले जहिल्यै पनि यात्रालाई नया“ र नौलो नै बनाइदिन्छ । यही भूगोलमा पहिलोपटक आउ“दा वर्षात्को पानीले धोएर सुन्दर बनाएको हरियाली मौसममा उकालो लागेको थिए“ । यसपटक ग्रीष्मको उत्कर्षमा यात्रा गर्दा अघिल्लो पटकको जस्तो हरियालीयुक्त दृष्यहरु त थिएनन्, तथापि वनजंगल, पुलपुलेसा र सर्पझैं बटारिएको बाटोले भने आफ्नो स्वतः छाडेको थिएन ।



अब भने रात पर्दै गएको थियो । केही सिमित क्षेत्रको बाहेक वारिपारीको दृष्यहरुको अनुमान मात्र लगाउन सकिन्थ्यो, प्रस्ट देख्न सकिंदैनथ्यो । डा“डा पाखाहु“दै सर्पजस्तै बटारिएको बाटोमा मोटरसाइकलको यात्रा जति सजिलो हुन्छ, गाडीमा त्यस्तो अलि नहु“ने रहेछ । घुम्ती, मोड, पुलपुलेसाहु“दै हामी उकालो चढ्यौं । तराईको उच्चाटलाग्दो गर्मीबाट निकै राहत महशुस गर्दै हामी अघि बढिरह्यौं । यद्यपि पहाडी जीवनका दुःख र पीडाहरु पनि कम भने छैनन् । हामीलाई पहाडको सुन्दरताले मोहित बनाएको हुन्छ र, हामी पहाडी र हिमाली क्षेत्रको सुन्दरता देखेर मन्त्रमुग्ध हुन्छौं र सोच्दछौं, सधैं यस्तै सुन्दरताबीच जीवन बिताउन पाए क्या गजब हु“दो हो । तर, यथार्थमा त्यहा“को दुःख, पीडा र कष्टको बारेमा हामी सोच्दै सोच्दैनौं । हिमाल हेर्दा जति सुन्दर र स्वच्छ देखिन्छ, त्यहा“को जनजीवन र जिवीका त्यत्तिकै कष्टपूर्ण हुन्छ । मलाई पनि त्यस्तै अनुभूति भयो । एक दिनका लागि तराईको गर्मी छल्न पहाडको यात्रा जति रोमाञ्चकारी हुन्छ, त्यहा“को जीवनस“ग एकाकार हुन त्यत्तिकै कठिन पनि । तर, यसको विकल्प भनेको पहाडी जीवनलाई सहज किसिमले मैदान र समथर भूभागस“ग लिङ्क गराउनु हो । पहाडमा दुःखमात्र छैन किन्तु अपार संभावना पनि छ । यातायात, सञ्चार, पानी, बिजुलीले पहाडलाई समृद्ध बनाउने हो भने पहाड फगत दुःखको पहाड मात्र बन्दैन, यो समृद्धिको संभावना पनि बन्नेछ ।

सल्लाघारीभित्र लुकामारी गर्दै लमतन्न सुतिरहेको मोटरबाटोलाई पच्छ्याउ“दै उकालो लाग्दा कम्ति रमाइलो भएन । तर, अब भने हामीले गाडीको हेडलाइटले जति दृष्य देखियो बस् त्यत्तिमै चित्त बुझाउनुको विकल्प थिएन । किनकि सम्पूर्ण रुपले दिन घोप्टिएर रातको जगजगी भइसकेको थियो । जति उकालो चढ्दै गयो चिसोपना उति बढ्दै थियो । अब हामी कल्पना मात्र गर्न सक्थ्यौं कि वरिपरी लालीगुरा“सको जंगल छ र त्यहा“ राताम्य फुलेका लालीगुरा“सले वन मनमोहक बनेको छ । पारीपट्टी जंगलमा लागेको डडेलोले भने मनै अमिलो भयो । गृष्म ऋतुमा नेपालमा डडेलो लाग्ने क्रम तीव्र हुन्छ । यसरी वनजंगलमा लाग्ने डडेलोका कारण कयौं जीवजन्तु तथा जडीबुटीहरु नष्ट हुन पुग्दछन् । साथै त्यसले समग्र वातावरणीय दुष्प्रभावहरु निम्त्याइरहेको हुन्छ । तर, यसलाई रोकथाम गर्ने र नियन्त्रणका लागि ठोस पहलकदमी भएको देखिंदैन ।

जति उकालो लाग्दै गयो, चिसोपना बढ्दै गयो । सिमभञ्ज्याङ पुग्नै लाग्दा भुईं कुहिरोले बाटो नै नदेखिने भयो । साथै चिसो स्याठले कान नै रातो हुनेगरी जाडो भयो । यसरी एक्कासी भुईं कुहिरो लाग्नुको कारण शायद दिउ“सो परेको पानी नै हो भन्ने अनुमान लगायौं । यसरी हामी करिब ९ बजेतिर दामन पुग्यौं । त्यसैदिन बेलुकीको खाना दामनबाट झण्डै १५ किमिको दूरीमा रहेको पालुङमा खाने तय भएको थियो । यसर्थ, हामी सिधै पालुङतिर मोडियौं । पालुङका साथीहरुले असाध्यै हार्दिकताका साथ आतिथ्यता गरे । खानपिन गरेर हामी पुनः दामनमै रात बिताउने योजनाले उक्लियौं ।

भोलिपल्ट बिहान दामनबाट ओरालो लाग्दा सात बजिसकेको थियो । हामीलाई अब होटलका साहुजीले दामन र पालुङको बारेमा बताउ“दै थिए । हेटौंडाबाट यति छोटो दुरीमै रहेको दामन जहिल्यै पनि चिसो हुने ठाउ“ हो । समुद्री सतहबाट २४८८ मिटर उचाईमा रहेको सिमभञ्ज्याङबाट १ दर्जनभन्दा बढी हिमालसहितको मनोरम हिम श्रृंखलाको दृष्यावलोकन गर्न सकिन्छ । विशेषगरी हिउ“पर्ने सिजनमा यहा“ निकै भिड लाग्नेगर्दछ । यद्यपि दामन–सिमभञ्ज्याङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु बारै महिना आइनैरहन्छन् । खासगरी हेटौंडाबासीहरुका लागि गर्मी छल्नको लागि यो सहि र सुलभ गन्तब्य हुन सक्छ । तर, बिहानै लागेको तुवा“लोका कारण हिमाली सुन्दरता देख्न भने सकिएन । त्यसै हिमाल उसै हिमाल । सुन्दरता छापिंदा झनै राम्रो हिमाल । हो हामीलाई हिमाली सुन्दरताको अवस्थिति नै राम्रो लाग्यो ।

दामन–पालुङ तरकारी खेतीका लागि निकै उपयुक्त ठाउ“ हो । त्यसो त पालुङ प्राचीनकालदेखि नै समृद्ध ठाउ“ पनि हो । पालुङ चारैतिर पहाडले घेरेको सानो उपत्यका जस्तो ठाउ“ हो, जहा“ प्रशस्त तरकारी खेती हुने गर्दछ । यहा“को मुख्य तरकारीहरुमा आलु, मूला, काउली, भण्टा, फर्सी, सिमी लगायत छन् । त्यसैगरी सिमभञ्ज्याङ पनि फलफूल खेतीका लागि निकै उपयुक्त स्थान हो । यहा“ करिब ९० हेक्टर जमीनमा सरकारी बागबानी केन्द्र नै निर्माण भएको तर अहिले त्यो सञ्चालनमा नरहेको थाहा भयो । त्यो वागवानी केन्द्रमा स्याउ, नासपाती, आरु, आरुबखडाजस्ता फलफूलहरुको उत्पादन हुने ती होटल व्यवसायीले जानकारी दिए । पालुङमा किवी र ग्राउण्ड एप्पल (भुईं स्याउ) को पनि खेती गरिने बताए । यसरी फलफुल र तरकारीको हिसाबमा यो क्षेत्र निकै उत्पादनमूलक क्षेत्र लाग्यो । यहा“को उत्पादन मुख्य गरी काठमाण्डू, पोखरा, वीरगञ्ज लगायत देशका विभिन्न स्थानहरुमा जाने रहेछ ।

तल पालुङमा ओर्लिएपछि रुपचन्द्र विष्ट (रुदाने)ले निर्माण गरेको पालुङस्थित ‘विकास घर’ तिर लम्कियौं । विकास घरको बारेमा धेरै सुनेको पढेको भए पनि प्रत्यक्ष अवलोकन गरेको थिईंन । अघिल्लो पटकको भ्रमणमा जुन कुरा छुटेको थियो, त्यो त्यही विकास घर नै थियो । यसपटक भने हामीलाई विकासघरको अवलोकन भ्रमण गराए, त्यहींका एक होटल व्यवसायी शिव कुमार के.सीले । वि.सं. २०३१ सालमा निर्माण गरिएको यो विकास घरमा ३०० जनासम्म बसेर छलफल गर्न मिल्ने ठूलो हल छ भन्ने कुरा थाहा भयो । त्यसो त विकास घर उतिबेला रुपचन्द्रले जनश्रमदानबाट निर्माण गरेका थिए भन्ने सुनिएको हो । यो घर निर्माण गर्नुको मुख्य कारण आम जनतामा रहेको ‘अथाहा’लाई हटाई उनीहरुलाई ‘थाहा’ दिनु थियो । अर्थात, राजनीतिक जागरणयुक्त प्रशिक्षण दिनु मुख्य उद्देश्य रहेको थियो । त्यसो त रुपचन्द्र विष्ट ‘थाहा’ आन्दोलनका प्रवर्तक हुन् । उनको थाहा अभियानले उनलाई अहिलेसम्म पनि जीवित राखेको छ । थाहाघर अगाडि हातमा हाते माइक समातेर तुरुन्तै भुईंमा जम्मा भएको मासलाई सम्बोधन गर्न लागेजस्तो झलक दिने निडर, अटल योद्धाको परिचय बनाएका रुपचन्द्रको सालिकलाई सम्मान भावले अभिवादन गर्न मन लाग्यो । रुदानेको सालिक नियाल्दै गर्दा उनले अहिलेको मुलुकको राजनीतिक बेथिति र मेरो मनको अन्योलग्रस्त द्विविधाप्रति ब्यङ्य गर्दै ‘मूर्ख त“लाई अझै पनि थाहा भएन है’ भनेर गिज्याएझैं पनि लाग्यो ।

‘थाहा’ रुपचन्द्रको नारा थियो । जनताले ‘थाहा’ नपाएर दुःख पाउनुपरेकोले सबैले ‘थाहा’ पाउनुपर्छ भन्ने उनको अभिव्यक्ति थियो । थाहा अभियन्ता रुपचन्द्र विष्टबारे अनेक किस्साहरु चलनचल्तीमा छन् । विकासघरबाट फर्किंदै गर्दा विकास घरको सिरानमा लेखिएको रुपचन्द्रको यो भनाईमा आँखा गयो, ‘हामी कसैका होइनौं कोही हाम्रा होइनन् । हामी सत्य र ठीकका, ठीक र सत्य हाम्रा’ । अनि मनमा गुन्दै गए“, आखिर रुदाने भएका भए, उनलाई आज कसको कोटीमो राखिन्थ्यो होला ? अह“ जवाफ भेटिएन ।


मनिकर कार्की “निवर्तमान”

1 comment:

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...