महाधिवेशन एक्सप्रेसः बुटवलदेखि काठमाण्डूसम्म

२०६५ सालमा ठूलो तामझाम, ठा“ट अनि व्यापक जनसहभागिताका साथ आफ्नो आठौं महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेले २०७१ सालसम्म आइपुग्दा अहिले काठमाण्डूमा आफ्नो नवौं महाधिवेशन एकदमै सादा रुपमा आयोजना गरिरहेको छ । पा“च वर्षअघि बुटवलमा ठूलो जनसहभागिता देखाएको एमालेले अहिले मध्य वर्षात्को समय भन्दै आम जनताको सहभागिताबिनै बन्द हलमा महाधिवेशनको उद्घाटन सत्र सम्पन्न गरेको छ । काठमाडौं भृकुटीमण्डपको बन्द हलमा भएको उद्घाटन सत्र हेर्न नपाएको झोंकमा आफ्नै कार्यकर्ताहरुले ढोकाबाहिर नाराबाजी मात्र गरेनन् किन्तु असन्तुष्ट कार्यकर्ताहरुले पाहुनाको स्वागतका लागि निर्माण गरिएको गेट समेत तोडफोड गर्न पुगे । सुरक्षाकर्मीलाई भीड नियन्त्रण गर्न लाठी चार्जसमेत गर्नुपरेको दृष्य टेलिभिजनका पर्दा तथा अखबारका पानाहरुमा छरपस्ट हुन पुग्यो । एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले भनेझैं शायद ‘आफ्नो प्यारो पार्टीको महाधिवेशन उद्घाटन हेर्न नपाउ“दा’ कार्यकर्ताहरु रुष्ट हुनु अस्वभाविक होइन तर, ‘हाइटेक’ प्रविधियुक्त भनिएको महाधिवेशनमा आफ्नै सीमित कार्यकर्ताहरुको पनि व्यवस्थापन भएको देखिएन ।

महाधिवेशन हलभित्र एमाले नेताहरुले ‘राजनीतिक रुपान्तरण, संविधान  निर्माण र आर्थिक क्रान्ति’ का कुरा गरिरह“दा हलबाहिर भने आक्रोशित कार्यकर्ताहरु तिनै नेताहरुको विरुद्धमा नाराबाजीमा उत्रिएका थिए । तिनको प्रदर्शन हेर्दा कतै सरकारविरोधी आन्दोलन त छेडिएन भने झैं प्रतीत हुन्थ्यो । खासगरी आफ्ना सम्मेलन तथा महाधिवेशनलाई राजनीतिक दलले धेरै भन्दा धेरै जनता उतारेर आफ्नो शक्ति प्रदर्शन गर्ने थलोको रुपमा लिने गर्दछन् र सामान्यता कार्यक्रमको उद्घाटनसत्रलाई खुल्ला रुपमा गर्ने गरिन्छ । तर, ‘हाइटेक’ शैली पच्छ्याएको एमालेले त्यसको ठीक विपरित ढंगबाट आफ्नो नवौं महाधिवेशनको उद्घाटन ग¥यो । एमालेले नया“ प्रयोग ग¥यो । तर, नया“ प्रविधिले प्रचारमा ल्याइए जस्तो सफलता हासिल गर्न सकेन । अनि उच्च व्यवस्थापकीय क्षमता र सांगठनिक सक्षमता भएको भनिएको पार्टीको आन्तरिक व्यवस्थापन निकै फितालो साबित भयो ।

एमालेको यो नया“ प्रयोगलाई एक हदसम्म प्रशंसनीय मान्नुपर्ला । तर, एमालेले प्रयोग गरेको ‘हाइटेक’ प्रविधि आफैंमा पूर्ण थियो वा त्यो एउटा खेलौनाजस्तो हुन पुग्यो त्यो एमालेगणले नै संश्लेषण गर्ने विषय हो । आणविक अस्त्रहु“दै दैनिक जीवनमासमेत यन्त्रमानवको प्रयोग गर्ने विदेशीहरुका सामु रिमोर्टबाट सञ्चालित चारवटा पंखेटा भएको खेलौना हेलिकप्टरबाट कागजका टुक्रा खसाल्ने र विद्युतीय ढोका (वाक थु्र डोर) राख्नुलाई नै ‘हाइटेक’ मान्ने हो भने कुरा अर्कै हो नत्र भने हाइटेकको प्रचारवाजी केवल मनोरञ्जनात्मक मात्रै बन्न पुग्यो ।  अघिल्लो महाधिवेशनमा निकै ठूलो तामझाम र कार्यक्रम स्थलको निकै सिंगारपटार गरेको एमालेले यसपटक भने निकै ‘सादा’ कार्यक्रम गरेको देखियो । यदि एमालेले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्ने शैलीलाई मितव्ययी बनाउन यसो गरेको हो भने यो सराहनीय कदम हो ।

बुटवल महाधिवेशनमा एमालेले सम्पूर्ण मुख्य राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई एकठाउ“मा जुटाएर सबैलाई आ–आफ्ना विचार र दृष्टिकोण राख्ने साझा मञ्च उपलब्ध गराएको थियो । त्यसबेला सबैजसो मुख्य राजनीतिक दलका शीर्षस्थ नेताहरुको उपस्थिति थियो । तर, यसपटक त्यसो हुन सकेन । केही एकाध सानादलहरु बाहेक मुख्य गरी ठूला राजनीतिक दलका शीर्ष नेताहरुको सहभागिता देखिएन । अघिल्लो पटक सबै दलका शीर्ष नेतृत्वलाई उच्च सम्मान दिएर राजनीतिक सहमतिको संस्कृृतिको विकास गर्ने कार्यमा एउटा इ“टा थप्ने काम गरेको थियो, तर यसपटक त्यो ईंटा पनि मक्किएर झरेझैं भयो ।

तुलनात्मक रुपमा एमालेको आठौं महाधिवेशन भित्री र बाहिरी रुपमा जत्तिको तामझाम र आकर्षण थियो यसपालीको महाधिवेशनमा त्यो निकै कम देखियो । उद्घाटन सत्रमै स्वयं एमालेका महाधिवेशन प्रतिनिधिबाहेक अरुलाई निषेध गरिएको तर ‘हाइटेक’ शैलीमा प्रचारवाजी गरिएको कार्यक्रमको उद्घाटन सत्र त्यत्ति जमेको देखिएन । यद्यपि एउटा कुरामा भने यो महाधिवेशनले विगतको रेकर्ड तोड्यो, त्यो हो नेतृत्व चयनका लागि बनेको गुटबन्दी । हुन त एमालेले बुटवल महाधिवेशनबाट लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्वको चयन गर्ने परिपाटीको विकास गरेको थियो, र त्यसै अनुसार केन्द्रदेखि गाउ“ कमिटिसम्म त्यही पद्धती अनुसार नेतृत्व चयनको अभ्यास गरिरहेको छ । नेपालका राजनीतिक पार्टीहरुमा आन्तरिक लोकतन्त्रमाथि नै प्रश्नहरु ओइरिरहेको अवस्थामा एमालेको त्यो अभ्यासलाई सराहनीय कदम मान्नुपर्छ । तर, त्यो अभ्यास यति विकृत हुन पुगेको छ कि त्यसले तलैदेखि स्थायी गुट निर्माण गर्ने संस्कारको विकास गरेको छ ।

बुटवल महाधिवेशनको अर्को सकारात्मक पक्ष युवा नेतृत्वको छनौट र धेरै हदसम्म समावेशी चरित्रको केन्द्रीय कमिटीको निर्माण थियो । यो सकारात्मक पाटोलाई यसपाली पनि कायम राख्छ कि राख्दैन त्यो नेतृत्व चयनपछि नै देखिनेछ । यद्यपि घोषित रुपमै दुईवटा प्यानल खडा गरी नेतृत्व चयन गर्ने तयारीमा रहेको एमालेले यो विशेषतालाई यसपटक जारी राख्ने संभावना न्यून देखिन्छ । त्यसो त बुटवल महाधिवेशनबाट बुटवलबासीलाई एउटा कुराले अत्यन्तै राहत मिलेको थियो । त्यो हो तत्कालीन समयमा महाधिवेशन अवधिभर बुटवलमा विद्युत आपूर्तिमा कटौती अर्थात् लोडसेडिङ्ग भएको थिएन । अहिले काठमाण्डूबासीहरुले त्यो अनुभव गर्न पाएका छन् वा छैनन्, थाहा भएन । नत्र, नीति, कार्यक्रम, सिद्धान्त र विचारको हिसाबमा बुटवल महाधिवेशन भव्य भैकन पनि बा“झै हुन पुगेको थियो ।

किनकि अघिल्लो महाधिवेशनबाट अपेक्षा गरे अनुरुप शोषीत, पीडित, विपन्न वर्ग लगायत आम जनताको हितलाई केन्द्रमा राखेर नेतृत्व तहबाट कुनै नया“ र ठोस नीति आउन सकेको थिएन । गएको महाधिवेशन फगत ‘जबज’को रहस्यमयी ब्रम्हाण्डमै सीमित हुन पुग्यो । यसपालीको उद्घाटन सत्रमा नेताहरुले बोलेका कुरा र महाधिवेशनस्थलबाहिर राखिएको एमालेका पूर्व महासचिव स्व. मदन भण्डारीको विशाल तस्बिर र हलभित्र पनि राखिएका तस्बिरहरुले यसपटक पनि एमालेको सैद्धान्तिक र वैचारिक खुराक त्यही जबजकै ब्रम्हाण्ड वरिपरी घुमेको देखिन्छ । अब एउटा स्वभाविक जिज्ञासा उत्पन्न हुन्छ, के यसपटक एमालले आम रुपमा अपेक्षा गरिए अनुसार मुलुकको समसामयिक राजनीतिमा कुनै नया“ र दुरगामी महत्व राख्ने विचार पस्किन सक्छ ? दोस्रो संविधानसभाको चुनावबाट दोस्रो ठूलो दल बनेको एमालेले आम कार्यकर्ता तथा नेपाली जनतालाई सोचेभन्दा फरक ढंगले कुनै विचार प्रदान गरी राजनीतिक गुण लगाउन सक्छ ?

महाधिवेशन प्रतिनिधि चयनदेखि नै गुटगत समीकरण निर्माण भएको र महाधिवेशनको मुख्य मुद्दा नै नेतृत्वको चयन भएको हु“दा वैचारिक रुपमा विगतमा जस्तै एमाले महाधिवेशन बा“झै रहने संभावना देखिन्छ । तथापि बुटवल महाधिवेशनमा घनश्याम भुसाललगायतका केही युवा पुस्ताका नेताहरुले अघि सारेको नेपाली समाजको अवस्था र क्रान्ति सम्बन्धी वैचारिक बहसलाई निरन्तरता दिंदै नेपाली समाज अब २००६ सालदेखि भनिदैं आएझैं अर्धसामन्तवादी र अर्धऔपनिवेशिक नरहेको अपितु यो नेपाली समाज अब पूर्णतया पू“जीवादी समाजमा रुपान्तरित भइसकेको भन्ने बहसले ठूलो स्थान लिएको छ । यस दिशामा एमाले महाधिवेशनबाट मूलतः नेपाली समाजको बनावट र यसको चरित्रको नया“ व्याख्यासहित पार्टीको आधिकारिक दस्तावेजहरु परिमार्जित हुने संभावना देखिएको छ ।

खासमा गएको २०६२÷६३ सालको जनआन्दोलनलाई एमालेले राजनीतिक क्रान्तिको रुपमा परिभाषित गर्दै अब मुलुक आर्थिक क्रान्तितर्फ उन्मुख हुनुपर्ने निश्कर्ष निकालेको छ । यसअघि ६२÷६३ सालको जनआन्दोलनलाई हेर्ने दृष्टिकोणमा एमालेभित्र एकरुपता थिएन । विगतदेखि नै समकालीन राजनीतिमा एमालेको धार भनेकै प्रतिक्रियात्मक देखिएको छ । प्रतिक्रियात्मक धारले कुनै नया“ संभावनाको जन्म दिन सक्दैन । वर्गीय हिसाबले अब एमाले मजदुर, किसार, अर्धसर्वहारा र सर्वहारा वर्गको पार्टी नरहेको भन्ने जुन आरोप थियो र छ, त्यसलाई शायद एमालेले पुष्ट्याईं गर्न खोजिरहेको छ । साम्यवादको लक्ष्यलाई छाड्ने कुरा यसैको पुष्टि पनि हो शायद । यदाकदा एमाले अब मूलतः कम्युनिष्ट पार्टी नरहेको अवस्थामा एउटा सशक्त प्रगतिशील समाजवादी पार्टी बन्नुपर्छ भन्ने तर्क पनि सुनिन थालेको छ । वास्तवमा एमालेले आफूलाई घोषित रुपमै कम्युनिष्ट पार्टीको लाइनबाट समाजवादी पार्टीको रुपमा विकास गर्दा वर्गीय चरित्र पनि मिल्ने र मूलतः दक्षिणपन्थी मानिने पार्टीहरुको सफ्ट विकल्पको रुपमा काम गर्ने संभावना आउंथ्यो कि ? यदि साम्यवादको लक्ष्य छाड्ने हो भने एमालेले आफूलाई घोषित रुपमै प्रगतिशील समाजवादी पार्टी बनाउनु बुद्धिमानी हुनेछ । किनकि त्यसो गर्दा कम्तीमा उसले आजीवन कम्युनिष्टको भूत मन्साउने कर्मकाण्ड गर्नु पर्दैन ।

त्यसो त एमालेमा मुख्य समस्या भनेकै वैचारिक समस्या हो । जिनेटिक हिसाबले एमाले कम्युनिष्ट पार्टी त हो तर, यसका नीति, कार्यक्रम र कार्यक्रमिक नाराहरु दलाल प“ूजीवाद र नवउदारवादी अराजकतालाई मलजल गर्ने प्रकृतिकै छ । अनि एमाले पार्टीको वर्गीय स्वार्थ मध्यम वर्गकै हुन पुगेको छ । नेपाली कांग्रेस र एमालेको वर्गविभाजनमा खासै भिन्नता देखिंदैन । पछिल्लो समयमा एकहदसम्म नेपालका सबै पार्टीहरु व्यवाहारिक रुपमा एकै जस्ता देखिएका छन् । अब एमाले सा“च्चिकै भन्ने हो भने हुनेखाने मध्यम वर्गकै पार्टी बन्न पुगेको छ । यसर्थ, एमालेले अब आफ्नो पार्टीको झण्डा र नाम पनि फेर्नुपर्छ भन्ने खालका बहस पनि हुन थालेका छन् । यही बहसलाई टेवा पुग्नेगरी महाधिवेशनको ब्यानरमा माक्र्सवादी र लेनिनवादी पार्टीले माक्र्स र लेनिनका तस्बिरहरु राखेन । यद्यपि यसमा ती तस्बिरहरु राख्नैपर्छ भन्ने त केही छैन तरपनि कम्युनिष्ट पार्टी भएको नाताले पनि विश्व कम्युनिष्ट आन्दोलनका प्रवर्तकहरुलाई सम्झिनै नखोज्नाले मूलतः एमालेको वर्गीय उत्थानलाई नै संकेत गर्दछ ।

२०६५ सालको बुटवल महाधिवेशनबाट काठमाण्डूसम्म आइपुग्दा आधारभूत रुपमा एमालेको नीति, कार्यक्रम र दृष्टिकोणमा खासै परिवर्तन देखा परेको छैन । पार्टीभित्रको लडाईं विचार, सिद्धान्त भन्दा पनि व्यक्तिकेन्द्रीत हुन गएको छ । अब हेर्न बा“की छ कि वैचारिक खडेरिले बा“झो भएको भूमिमा वर्षात्स“गै सुरु भएको नवौं महाधिवेशनले विचारको हरियाली लहराउन सक्छ या सक्दैन । यदि एमालेले आफूलाई यसपाली पनि वैचारिक र सैद्धान्तिक हिसाबले स्पष्ट पार्न सकेन र पुरानै मझधारमा उभ्यायो भने विगतमा जस्तो चुनावी मत त पाउला नै तर, समकालीन राजनीतिमा एमाले वैकल्पिक शक्तिको रुपमा स्थापित हुन सक्दैन । अनि विगतमा झैं काठमाण्डू महाधिवेशन पनि वैचारिक रुपमा बा“झै ठहर्नेछ ।


मनिकर कार्की ‘निवर्तमान’
दैनिकपत्र दैनिकमा मिति २०७१ असार २३ गते प्रकाशित

No comments:

Post a Comment

कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...