गरिखाने हातहरुलाई सलाम – २

(गताङ्कबाट बा“की) कारागार भन्नेबित्तीकै अ“ध्यारो, निर्जन ठाउ“को सम्झना आउ“छ । तर, गुल्मी कारागारभित्रको दृष्यले जोकोहीलाई पनि एकछिन सोच्न बाध्य बनाउ“छ कि यस्तो पनि कारागार हुनसक्छ ? मलाई पनि कारागारभित्रका सबैजसो कैदी बन्दीहरु कुनै न कुनै काममा लागेको देख्दा चालू अवस्थामा रहेको कुनै कारखानामा छिरेको अनुभूति भयो । सानाठूला अपराध गरेका अथवा कतिपय अपराधको उद्योगमा परेका र पारिएका कैदी बन्दीहरुको उद्यमशीलताले जोकोहीलाई प्रभावित पार्छ नै । म पनि कैदीबन्दीहरुको उद्यमशीलताबाट प्रभावित भए“ । कारागारभित्र सञ्चालित बा“सको मुढा बुन्ने, ढाकाका गलबन्दी तथा पछ्यौरा बुन्ने, कपडा बुन्ने तथा सिलाउने, च्याउ खेती, सुईंटर बुन्ने, टोपी बुन्ने लगायतका हाते उद्योग र थोरै जग्गामा पनि तरकारीका बेर्ना उमारेको देख्दा उद्यमशील हातहरुलाई कारागारका जञ्जीरले पनि छेक्न सक्दोरहेनछ भन्ने आभास भयो ।

आफ्नो कृषि कर्मबाट उत्साहित हु“दै एकजना बाले सुनाए, ‘२० हजारको बेर्ना बेचिसकें, अब त्यस्तै १६ हजार जतिको बा“की छ ।’ यसैबीच कुनै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत न्यूजिल्याण्डका एक विदेशी नागरिक त्यहा“ आएर दुईवटा मुढा किनेर लगे । उनी भन्दै थिए, ‘यो जेल कम र मनोरञ्जनस्थल बढी देखिन्छ । मानिसहरु विदा मनाउनका लागि भित्र आएजस्ता । मेरो अनुभवमा विदेशमा यस्तो देखिंदैन । यो नेपालमा मात्र हो ।’ हो, ती न्यूजिल्याण्डका नागरिकले भनेजस्तो गुल्मी कारागारको दृष्यले कारागारलाई ‘सुधार गृह’ बनाउनुपर्ने भनाईलाई गुल्मी कारागारले सा“च्चिकै कार्यान्वयन गरेको महशुस भयो ।

त्यही तम्घासकै बसपार्क छेउमा बसेर चुरोटको धु“वा उडाउ“दै गफ्फिरहेका युवा, अनि कुनै होटलको बाहिर क्यारेमको गोटी खेल्दै छिल्लिरहेका युवाहरु, मुलुकमा बढ्दो बेरोजगारीस“गै कुनै संभावना नदेखी रगत पसिना चुहाउन विदेशी भूमिमा जान हातमा पासपोर्ट लिएर सहरबजारदेखि गाउ“घरसम्म पुगेका मेनपावरवाला तथा तिनका एजेण्टहरुस“ग हात जोड्न पुगेका आम नेपाली युवा पंक्तिलाई गुल्मी कारागारको उद्यमशीलताले गिज्याइरहे झैं लाग्यो । आखिर मन भए धन आर्जन गर्न गाहारो रहेनछ । सीप र साधन भन्ने कुरा त आर्जन गर्ने न हो । गुल्मी कारागारले दिएको शिक्षा यही हो ।

कारागारको जीवन्त अवलोकनपछि भेट्नका लागि कुरिरहेका अर्खलेका मित्र पिताम्बर खनाल र भाइ ऋषि खनालस“ग छोटो भलाकुसारीपछि म सबैस“ग विदा भएर अगाडि बढ्ने भए“ । अबको यात्रा भने नितान्त एक्लो हुने भयो । रेसुङ्गाको फेदीहु“दै तेर्सिएको घुर्माइलो पिच सडकमा हुईकिंदा निकै रमाइलो अनुभूति भयो । केहीबेर अघिसम्म पहाडका खाल्टा, ढुंगा, गेग्रयान छल्दै धीमा गतिमा गुड्नुपर्ने बाध्यता अब थिएन । स्वभावैले मोटरसाइकलको गति बढेकै थियो । गौंडाकोटबाट डा“डैडा“डा पृष्ठभूमिमा डुब्न लागेको रातो घामलाई पच्छ्याउ“दै खाली सडकमा यात्रा गर्दा मन निकै रोमाञ्चित त छ“दैथियो । त्यसमाथि विगतका दृष्यहरु एकएक गर्दै मानसपटलमा सिनेमाका दृष्यहरुझैं आइरहेका थिए । करिब एक घण्टाको यात्रापछि बलेटक्सार पुग्दा सा“झ झमक्कै परेको थियो ।

गोधुली सा“झको चीसो सिरेटो अनि मोटरसाइकलको दुत्ततर यात्राले शरीर कठ्यांग्रिएकै त होइन तर चिसोपना बढी नै अनुभूूति भएको थियो । यात्राको थकान र सा“झको सिरेटोले चिसिएको शरीरमा बुटवलको एक उच्च माविमा प्राध्यापनरत सहकर्मी मित्र मिनाक्षी न्यौपानेको न्यानो आतिथ्यता र तातो चियाको चुस्कीस“गै केहीबेर गफ चल्यो । चियाले थकान र चिसोले चूर भएको शरीर रिचार्ज भएको अनुभूति भयो । मिनाक्षीका बुबा भोजराज न्यौपानेस“ग पनि केहीबेर भलाकुसारी भयो । उनले विगत झण्डै ३० वर्षदेखिको बलेटक्सारको आर्थिक तथा सामाजिक विकासको फेहरिस्त नै प्रस्तुत गरे । त्यसपछि त्यहा“बाट म छुट्टिए“ र बासको व्यवस्थापनमा लागें । बासको प्रबन्ध गर्ने क्रममा मित्र सन्तोष पौड्याल र रामजी ज्ञवालीले निकै सहयोग गरे । उनीहरुले टेलिफोनबाट त्यहींका एक स्थानीय व्यवसायी कमल श्रेष्ठलाई बासको प्रबन्ध गरिदिन भने । कमलजीले निकै आत्मीयताका साथ सहयोग गरे । गुल्मीको बलेटक्सार वरिपरीको क्षेत्र मौसमी तथा बेमौसमी तरकारी खेती, अदुवा, सुन्तला तथा कफिको लागि प्रख्यात नै रहेछ ।

भोलिपल्ट बिहानको चियास“गै म खज्र्याङ–चिदिकातर्फ लागें । पहाडी कच्ची र धुलो बाटो भइकन पनि यो बाटोमा यात्रा गर्न त्यत्ति कठिनाइ भएन । बाटो सजिलो नै रहेछ । करिब आधाघण्टाको यात्रापछि म गुल्मी र अर्घाखा“चीको सिमाना खज्र्याङ पुगें । त्यतिबेलासम्म खज्याङले आफूलाई भुईंकुहिरोको गर्भमै लुकाएको थियो । खज्र्याङ झर्नुको मेरो उद्देश्य बुटवलका केही व्यवसायी साथीहरुले भर्खरै सुरु गरेको नया“ काम हेर्नु थियो । बुटवलमा कम्प्यूटर व्यवसाय गरिरहेका पुरुषोत्तम अर्याल, लक्ष्मण अर्याल तथा रामचन्द्र अर्यालले भर्खरै सुरु गरेको बाख्रापालन हेर्न म खज्र्याङतर्फ ओर्लिएको थिए“ ।


खज्र्याङ खोलो तरेर केही बेर उकालो लागेपछि पुगियो पुरुषोत्तमजीको बाख्रा फार्ममा । पुरुषोत्तमजीहरु र चिदिकाकै राम प्रसाद खनालले संयुक्त रुपमा सुरु गरेको ‘अमलडा“डा बाख्रा पालन केन्द्र’ले खासगरी स्थानीय जातकै बाख्राहरु संकलन गरी बाख्रा पालन सुरु गरेको रहेछ । हाल ५३ वटा बाख्राहरु रहेको उक्त फार्ममा ४ सयसम्म बाख्रा पु¥याउने लक्ष्य रहेको बाख्राको रेखदेख तथा व्यवस्थापनमा जुटेका रामप्रसादले बताए । करिब १० लाख लागतमा सञ्चालित उक्त बाख्रा पालन केन्द्रको काम सराहनीय लाग्यो । त्यसो त केन्द्रका व्यवस्थापनमा खटिएका रामप्रसाद रोजगारीका लागि भारतहु“दै मलेशिया पनि पुगिसकेका रहेछन् । १५ वर्ष भारत र ३ वर्ष मलेसियामा गएर काम गर्दासमेत राम्रो आम्दानी गर्न नसकेपछि उनी कामका लागि अब विदेश नजाने निर्णय गरेरै गाउ“मै केही गर्न तम्सिएका रहेछन् । उनलाई गाउ“मै रोजगार दिलाउने र कृषिमा केही गर्न अठोटका साथ बुटवलमा व्यवसाय गरेर बसेका पुरुषोत्तम अर्यालले आफ्नै घरबारीमा बाख्रा पालन केन्द्र निर्माण गरी बाख्रा पालन सुरु गरेका रहेछन् । ‘बाख्रा तथा बोकाखसीहरुको माग स्थानीय रुपमै पनि धेरै छ । तर, अहिले लगानीको अवस्था छौं । बिक्रीका लागि अझ दुई वर्षजति लाग्ला ।’ आफ्नो कामबाट उत्साहित रामप्रसादले सुनाए । पुरुषोत्तमजीहरुको यो उत्साहपूर्ण कार्यले मलाई त्यो ठाउ“मा जान बाध्य गरायो । बाख्रापालन केन्द्रको छोटो अवलोकनपछि म सिधै बुटवलका लागि हान्निए“ ।

यसपालीको तिहार यात्राले मलाई गाउ“ बुझ्न सिकायो । गाउ“घरको सुख, दुःखलाई अझ नजिकबाट स्पर्श गरायो । मलाई गाउ“घरमा कठिनाइमात्र होइन संभावनाहरु पनि प्रशस्तै छन् भन्ने कुरास“ग साक्षात्कार गरायो । तर पनि गाउ“घर अब सहरबजारको उपभोक्तावादी अतिक्रमणबाट बच्न नसकेको तथ्यस“ग र रेमिटान्सको आप्रवाहले गाउ“घरपनि प्यारालाइज हु“दै गएको तीतो यथार्थस“ग पनि जम्काभेट भएको अनुभूति भएको छ । तथापि ठूला भ्रमको पछि नलागी ससाना सत्यहरुस“ग साक्षात्कार हु“दै गाउ“मै बसेर उद्यमी र परिश्रम गर्नेहरुलाई सलाम । अनि सलाम, ती गरिखाने हातहरुलाई ।


मनिकर कार्की ‘निवर्तमान’
manikar.nibartaman@gmail.com
Dainikpatra Daily, 23 Kartik, 2071.

गरिखाने हातहरुलाई सलाम – १

तिहार यात्रा जारी नै थियो । खनदहबाट तम्घास जाने योजना थियो । एकाबिहानै तिहारको गुलावी जाडोमा शितले लुछुप्पै भिजेको चीसो कच्ची सडकमा सिरेटोले सेकिंदै यात्रा गर्नुभन्दा पारिलो घामलाई पर्खिनु नै उपयुक्त लाग्यो । अनि यसो गाउ“ डुल्ने मनसायले बिहानको चियापछि बाहिर निस्कियो । मित्र टंक खनाल लगायत उनको एउटा समूहले गाउ“मै कृषि फार्म खोलेका रहेछन् । उनीहरुले केही जग्गा भाडामा लिएर खासगरी बेमौसमी तरकारी फलाउने गरेका रहेछन् । यद्यपि वर्षात्को समाप्तीस“गै वर्खे तरकारी बिक्री भइसकेका कारण जग्गा खाली नै थियो । टनेलमा लगाइएका गोलभेडाले उत्पादन दिइसकेको देखिन्थ्यो । यद्यपि टनेलको अवशेष बा“की नै थियो । अब फेरि जग्गालाई खनजोत गरी हिउ“दे तरकारी लगाउने तयारी देखिन्थ्यो ।

उनको समूहले केही लट कुखुरा पनि पालेर बिक्री गरिसकेको रहेछ । मित्र टंकको गाउ“मै बसेर कृषिकर्म प्रति देखिएको लगाव निकै उत्साह जनक देखिन्थ्यो । गाउ“मा उत्पादन हुने बेमौसमी तरकारीको माग स्थानीय गाउ“को बजार नै रहेछ । यसबाट के देखिन्छ भने गाउ“घरमा पनि अब आफ्ना आवश्यकताहरु खरिद गर्ने चलन व्यापक भइसकेको छ । टंक आफैंमा विद्यालय शिक्षक हुन् । शिक्षण पेशाबाट उब्रेको समयलाई सदुपयोग गर्न उनले गाउ“मै स्थानीय सहकारी तथा कृषि समूहहरु गठन गरी कृषि कर्मलाई व्यवसायिक रुप दिन पहल गरिरहेका छन् । उनी जस्ता केही शिक्षित युवाहरुको जोश, जा“गर अनि आत्मविश्वासलाई छाड्ने हो भने गाउ“घरका जग्गाजमिन बा“झो हु“दैछन् । गाउ“घर विस्तारै युवायुवती विहिन हु“दैछ । दसैं, तिहार जस्ता चाडपर्वमा गाउ“घरमा गएर सहरबजार अनि विदेशका गफ गर्ने बाहेक युवाहरु कृषितिर आकर्षित हुन सकेका छैनन् ।





खनदहबाट करिब साढे दस बजे सुरु भएको हाम्रो यात्रा खनदह गाविसको सीमा समाप्त भइसकेपछि मध्य पहाडी लोकमार्गको ट्र्याकहु“दै अघि बढ्यो । मध्यपहाडी लोकमार्गले छोएको अर्घाखा“ची जिल्लाको अर्घातोस गाविसहु“दै भवगती गाविस सुन्तला उत्पादनको  दृष्टिले उपयुक्त देखियो । यस भेकबाट कमार्गको ट्र्याक खोलिएको हु“दा भविष्यमा त्यो ठाउ“को आर्थिक उन्नतिलाई सहज हुने अपेक्षा गर्न सकिन्छ । अनि पहिलोपटक सबै गाविसमा मोटरबाटो पुगेको अर्घाखा“ची जिल्लाका अहिले प्रत्येक वडामा मोटरबाटो पुगेको रहेछ । भर्खरै खोलिएका कच्ची र धुलाम्य पहाडी सडकको यात्रा त्यत्ति सहज त हु“दैन तर पनि छिनछिनमै परिवर्तन हुने पहाडी भूगोल र दृष्यहरुले मनलाई ताजगी बनाइरहन्छ । पहाडी बाटोमा यात्रा गर्नुको मज्जा नै त्यही हो । हामी पनि विस्तारै घुर्माइलो पहाडी बाटो खोंच, उकाली, ओराली, डा“डा, थुम्का, गाउ“बस्तीको अनुभव लिंदै, रोकिंदै करिब १ बजे तम्घास आइपुग्यौं । मध्यान्हको तम्घास बजार निकै घमाइलो थियो । तथापि रेसुङ्गाको डा“डो हु“दै बहने चिसो बतासले मुटु नै छाएको अनुभूति हुन्थ्यो ।

हामी केहीबेर सुस्ताउने हिसाबले टुंडिखेलको पारिलो घाममा शरीर सेकाउन रोकियौं । मैले सहकर्मी पत्रकार मित्र शिवलाल सुवेदीलाई सम्पर्क गरें । उनी केही बेरमै त्यहीं आइपुगे । त्यसैगरी मित्र टंकका दुईजना गाउ“ले साथीहरु पनि हामीलाई स्वागत गर्न तुरुन्तै आइपुगे । त्यसपछि चिया पिउन हामी नजिकैको एउटा होटलमा पस्यौं । होटलवाला दाइस“ग पानी माग्दा मित्र टंकले तातो पानी पिउन सुझाव दिए । तर मैले चीसो पानीतिर नै संकेत गरें । अनि, होटलवाला दाइले ‘लौ ऋषिमुनिहरुले पिएको रेसुङ्गा चीसो पानी पिउनुस्‘ भन्दै पानीको जग सारिदिए । त्यहा“पनि एकछिन ‘ऋषिमुनि र ऋषिमन’को चर्चा भयो । आखिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘संविधान बनाउनको लागि ऋषिमन चाहिन्छ’ भन्ने आध्यात्मिक डाइलगको असर अझै पनि नेपालका बौद्धिक जगतमा गफगर्ने ‘खुराक’ बनेकै छ । तम्घासकोे चिया पसलमा दा“तैमा लाग्ने ऋषिमुनिहरुले पिएको चीसो पानी पिउ“दा एकछिनका लागि पुरै शरीर चीसो भएको अनुभूति भयो ।


चीसो पानीको घुट्को र चियाको चुस्कीपछि हामी तीनजना रेसुङ्गातर्फ उक्लियौं । बुटवलको चिल्ला सडकमा (निर्माणाधीन चौराहा–शंकरनगर सडकखण्ड छाडेर) हुईंकिने बानी परेकालाई पहाडको नाममात्रैको उबडखाबड बाटोमा उकालो चढ्दा हुनुसम्मको एड्भेञ्चर हुने नै भयो । गुल्मी–अर्घाखा“चीकै उकालीओरालीमा दिनरात कुद्ने शिवजी बेपत्ताले हुईंकिइहाले । मेरो मोटरसाइकल भने ठस्ठस् कन्दै उक्लिंदै थियो । उकालो चढ्दा केही केही असजिलो महशुस भए पनि रेसुङ्गाको रमणीय वातावरणले असजिलोलाई उत्सुकतामा परिणत गरिदिएको थियो । तम्घासबाट करिब ४५ मिनेटको यात्रामा हामी रेसुङ्गा पुग्यौं । बुटवलको तराईमा खुर्रखुर्र हुईंकिने बानी लागेको हु“दा पहाडकै डा“डाका“डामा जन्मिएको म बबुरोलाई रेसुङ्गाको पहाड चढ्दा भने असिनपसिन नै भयो ।

समुद्री सतहदेखि करिब १७०० मिटर उचाइमा रहेको रेसुङ्गा क्ष्ँेत्रले गुल्मी जिल्लाका ११ वटा गाविस समेट्ने रहेछ । रेसुङ्गाको ऐतिहासिक भन्दा पनि धार्मिक र पौराणिक ब्याख्या बलियो रहेछ । रेसुङ्गाको नामाकरणको सवालमा द्वापरयुगका अयोध्याका राजा दशरथले सन्तान प्राप्तीका लागि यज्ञ गरेका भन्नेसम्मको प्रसङ्ग जोडिएको रहेछ । साउन महिनाभरी मेला लाग्ने रेसुङ्गालाई हिन्दु धर्मावलम्बीहरुले पवित्र धार्मिक तीर्थस्थलको रुपमा मान्ने हुनाले पनि यसको धार्मिक महत्व बढी रहेको देखियो । त्यसो त रेसुङ्गाबाट देखिन विभिन्न हिम श्रृंखलाहरुले यसको पर्यटकीय महत्वलाई अझ बढाइदिएको छ । रेसुङ्गाबाट अन्नपूर्ण हिमालका पहिलो, दोस्रो र तेस्रो गरी तीनवटै हिमश्रृंखलाहरु, धवलागिरी, माछापुच्छ«े हिमाल लगायत झण्डै दर्जन भन्दा बढी हिमालको अवलोकन तथा अर्घाखा“ची, गुल्मी, पाल्पा, प्यूठानका डा“डाका“डाहरुको सहज अवलोकनले यसको महत्व बढाइदिएको छ । तथापि हामीले ती मनोरम हिम श्रृंखलाहरुलाई आ“खैले भने देख्न पाएनौं । किनकि ती हिम श्रृंखलाहरु नवदुलहीले घुम्टो ओढेको जस्तो गरी बादलुको घुम्टोमा लुकिरहेझैं प्रतीत हुन्थे ।

रेसुङ्गाको भ्यू टावरबाट चारैतिरको भूगोलको अवलोकनपछि हामी द्रुत्ततर गतिमा ओर्लियौं । खनदहदेखि मलाई साथ दिइरहेका टंकलाई तम्घासबाट विदा गर्नुथियो, त्यसैले हामी अलि छिटो ओर्लियौं । तम्घास ओर्लिएपछि सबैभन्दा पहिला हामी बसपार्कमा गाडी बुझ्न गयौं । धन्न एउटा गाडी भेटियो जुन खनदहसम्म जाने रहेछ । गाडीको टिकट सुरक्षित गरेर हामी चिया पिउन लाग्यौं । चिया पिइसकेपछि मित्र टंकलाई विदा गरेर शिवजी र म बजारतर्फ लाग्यौं । त्यसपछि शिवजीले गुल्मी कारागार जाऔं भने । सुनेको थिए“ गुल्मीको कारागार आफैंमा घरेलु उद्योग जस्तो छ । त्यहा“का कैदी बन्दीहरुले उत्पादन गरेका घरेलु कपडा तथा मुढाको चर्चा पनि सुनेको थिए“ । मैले पनि तम्घास घुमाइको यही मौकामा कारागारको अवलोकन गर्ने अवसर पाउने भए“ । त्यसपछि हामी सिधै कारागार तर्फ लाग्यौं ।

जम्मा २५ जना कैदी अटाउने क्षमताको उक्त कारागारमा ९३ जना कैदी बन्दीहरु रहेछन् । यसरी हेर्दा त्यहा“का कैदी बन्दीहरुलाई पर्याप्त खाने, बस्ने तथा सुत्ने ठाउ“को अभाव देखियो । तथापि कारागारभित्रको दृष्य भने निकै जीवन्त लाग्यो । सामान्यतया कारागार भन्ने बित्तीकै सानाठूला अपराधीहरु बस्ने, ठूलाठूला फलामे ढोका र पर्खाल, चारैतिर सुरक्षागार्डले घेरिएको निर्जन र कष्टकर ठाउ“को तस्बिर दिमागमा आउ“छ ।




मनिकर कार्की ‘निवर्तमान’
manikar.nibartaman@gmail.com
Dainikpatra Daily, Kartik 22, 2071

तिहार यात्रा

विदालाई उपयोग गर्ने मेरा दुई तरिकाहरु छन् । पहिलो, विदामा किताब पढ्ने । दोस्रो, विदामा घुमफिर गर्ने । अनि यी दुवै प्रयोजनका लागि अलि लामो विदा निकै उपयोगी मानिन्छ । धर्म निरपेक्ष देशमा पनि लामो विदाको कुरा गर्दा दसैं–तिहार ठोक्किन आइहाल्छ । अनि दसैं तिहारमा पारिवारिक जमघट हुने र यो पर्वलाई पारिवारिक मिलन पर्वको रुपमा मनाइने हु“दा दसैं–तिहारमा आफन्तजनस“गको भेटघाट र पारिवारिक उत्सव नै मुख्य कुरा हुन जान्छ । त्यतापट्टि लाग्दा माथिका अवसरहरु छुट्न जान्छन् । यद्यपि पारिवारिक जमघटबाट बचेको समय पुस्तक अध्ययनका लागि उपयुक्त हुन्छ । यस पंक्तिकारको दसैं विदा पछिल्लो समय चर्चामा रहेका विजय कुमारको ‘खुसी’, किशोर नेपालको ‘मेरो समय’, दीपशिखाको ‘रात फुलेको याम’ लगायत अन्य केही पुस्तकहरुको अध्ययनमा नै बित्यो । अध्ययनतिर लाग्दा घुमफिरको अवसर गुमाउनुपर्ने हुन्छ । यसर्थ, तिहारको विदालाई सदुपयोग गर्दै गाउ“ घुम्ने योजना बनाइयो ।

गाउ“घरतिरको यात्रामा निस्क“दा स्थानीय रुपमा परिचित व्यक्तिको साथ लिएर घुम्दा नया“ ठाउ“को भूगोल, वस्तुस्थिति, सामाजिक तथा आर्थिक सम्बन्धहरुको बारेमा सहजै जानकारी हासिल गर्न सकिन्छ । यसर्थ, यसपालीको तिहार विदामा गाउ“घर घुम्ने मेरो चाहनालाई सफल पार्न अर्घाखा“ची खनदहका मित्र टंक खनाललाई सम्पर्क गरें । संयोगले उनी केही कामले बुटवल नै आएका रहेछन् । उनीस“गको भलाकुसारी पछि भोलिपल्ट लक्ष्मीपूजाको दिन बिहानै अर्घाखा“चीतिरको यात्रा तय गर्ने निधो भयो । भोलिपल्ट बिहान करिब ७ बजे बुटवल छाड्दा बिहानको चिसो सिरेटोले जाडो यामको आगमनको संकेत गरेको अनुभूति दिन्थ्यो । त्यसो त बिहानीपखको चिसो सिरेटोलाई छिचोल्दै मोटरसाइकलमा हुईकिंदाको मजा नै बेग्लै हुन्छ । अनि त्यो उमंगस“गै म नस्टाल्जिक हुन पुग्छु र केटाकेटी उमेरमा मिनपचासको सुरुवातस“गै भक्तपुरका खेतका आलिहरुमा दौडिएको सम्झन पुग्छु ।


बुटवलबाट पश्चिम लाग्दै गर्दा बिहानी पनि ढल्दै थियो र तराईको तातोपन पनि अलि बढ्दै गएको महशुस हुन्थ्यो । त्यसो त केही दिन अघिसम्म रहेको सामुद्रिक आ“धी ‘हुडहुड’ ले मौसममा ल्याएको बदलीको असर केहीहदसम्म कायमै थियो । हुडहुडस“गै नेपालको पहाडी तथा तराई क्षेत्रमा भएको भारी वर्षा र हिमाली क्षेत्रहरुमा भएको व्यापक हिमपातले निकै ठूलो मात्रामा जनधनको क्षति पु¥याएको समाचार ताजै छ । अनि हुडहुडले पारेको असरस“गै तराईका समथर फा“टहरुमा लडेका धानका बालाहरुले यसपालीको धान उत्पादनमा नकारात्मक असर पर्ने संभावना देखिन्छ । यद्यपि यस विषयमा सम्बन्धित कृषि विज्ञहरुबाट नै यथार्थ आंकडा आउनसक्ला । तथापि सरसरर्ती हेर्दा नेपालको तराई, पहाडी र मध्यपहाडी भेकसम्मको धान उत्पादनमा केही कमी आउने संभावना देखिन्छ । गाउ“घरतिर डुल्दा खेतका गराहरुमा लडेका धानका बालाहरुले त्यही संकेत गर्दछन् ।


झण्डै एक घण्टामा हाम्रो यात्रा गोरुसिंगेमा पुग्यो र त्यहा“ केहिबेरको विश्राम अनि चियाको चुस्कीपछि हामी उत्तरतर्फ हुईंकियौं । पत्थरकोटबाट उकालो लाग्दा हरियाली डा“डका“डास“गै नागबेली परेको घुमाउरो बाटोले पहाडी सुन्दरतालाई झल्काइरहेको थियो । करिब एक घण्टाको यात्रापछि हामी ठाडा गाविसको गर्गरे भन्ने ठाउ“मा पुग्दा सामान्यतया यात्रामा निस्क“दा जे नहोस् भनेर कामना गरिन्छ, त्यही भयो । अर्थात्, मोटरसाइकल बिग्रियो । ठाडाको गर्गरे पहिरोको उकालोमा मोटरसाइकल बिग्रिएर छेउ लगाउनुपर्दा एकछिन त अक्क न बक्क परियो । एकछिनका लागि एकदमै निसहाय, निरुत्तर, निरुपाय र अवाक् झैं हुन पुगियो । त्यसपछि केहीबेर सडक छेउमा बसेर सुस्ताउने काम भयो ।

अनि पत्थरकोटका पत्रकार मित्र मुक्तिराम भुसाललाई फोन गरी समस्या सुनाए“ । तर, उनले पत्थरकोटबाट भन्दा ठाडाबाट कोही बोलाउ“दा चा“डो हुने कुरा गरे । र, केही उपाय नलागे पत्थरकोटबाट नै भएपनि मिस्त्री बोलाउन एउटा सम्पर्क नम्बर दिए । त्यसै क्रममा एकजना व्यक्ति मोटरसाइकलमा माथिबाट ओरालो झर्दै थिए, तिनलाई रोकेर आफ्नो व्यथा बताइयो । धन्य, ती सज्जन व्यक्तिले आफ्नो खल्तीबाट मोवाइल झिकेर अलि माथिको ठाडा बजारमा मोटरसाइकल मर्मत गर्ने व्यक्तिलाई फोन सम्पर्क गरे र उनले हाम्रो अवस्थाको बारेमा जानकारी दिए । आधा घन्टापछि ती सज्जनले भनेझैं मोटरसाइकल बनाउने मिस्त्री आफ्ना सरसामानसहित आइपुग्यो र केही बेरमै हाम्रो मोटरसाइकलको चुडिएको चेन पुन गा“सिदियो । यहा“नेर ठाडा अमुराई भन्ने ठाउ“मा व्यापार व्यवसाय गर्दै आएका सञ्जय राना नामका ती सज्जन व्यक्तिलाई सहयोगका लागि धन्यवाद र धन्यवाद ती मोटरसाइकल बनाउने भाइ, जो निकै माथिदेखि आफ्ना सरजामसहित हाम्रो बिग्रिएको मोटरसाइकल बनाउन आए ।

करिब एक घण्टामा हाम्रो मोटरसाइकल पुनः यात्राका लागि तयार भयो । एकैछिन अगाडिसम्म सिथिल भएको मन एकाएक फुर्तिलो हु“दै यात्रा अघि बढ्यो । केहिछिनको घुर्माइलो बाटोको यात्रापछि गाउ“बस्तीहरु देखिन थाले । पहाडी बाटोमा आइपर्ने घुम्ती, मोड, उकालो, ओरालोहु“दै अघि बढेको हाम्रो यात्रा ठाडाको पोखरीसम्म पुग्दा बजारमा तिहारको चहलपहल सुरु भइसकेको देखिन्थ्यो । केहीबेर ठाडामा रहेको पोखरीको अवलोकन गरियो । पोखरीले ठाडाको सुन्दरतालाई थप बढाइदिएको देखिन्थ्यो । पोखरीमा डुबुल्की मारिरहेका वरिपरिका दृष्यहरु केहीबेरका लागि मन बहलाउन काफि देखिन्थे । ठाडा काटिसकेपछि पनि नया“ परिवेशस“गै तिनै हरियाली डा“डाका“डा, घुम्ती, मोड, खेतका गरामा फलेका पहेंलपुर धानबाली अबका दृष्यहरु बने र आ“खामा ताजगी छर्न आइरहे । धानबालीको कुरा गर्दा हुदहुदले पारेको प्रभाव स्वरुप खेतका गराहरुमा धानका बोटहरु लमतन्न सुतेका देखिन्थे ।

सा“घुरो उकालो बाटो यात्रा गर्दा जति नै रोमाञ्चित बनाउ“छ, त्यत्तिनै सावधानी अपनाउनुपनि जरुरी हुन्छ । अब हामी सुपा देउराली हु“दै नरपानी पुग्यौं । नरपानीमा पुग्दा झण्डै १२ बजेको थियो, शायद । नरपानीमा चलेको गुलावी सिरेटोले मनलाई रोमाञ्चित पारेकै थियो । तथापि खानाखाने समय पनि भएको हु“दा नरपानीमा खानाको लागि पहल गरियो । तर, चाडपर्वका कारणले पनि हुन सक्छ, तत्काल खाना खान संभव भएन र चियाका लागि एउटा होटलमा पस्यौं । होटलकी साहुनीस“ग बहुचर्चित र विवादित बनेको चुनढुंगा खानीको प्रसङ्ग कोट्याउ“दै कुराकानी गर्दा थाहा लाग्यो हाल उक्त खानी स्थानीयहरुको विरोधका कारण बन्द रहेछ । व्यवसायीहरुले नरपानीको चुनढुङ्गा उत्खनन्का लागि भन्दै सिंगो पहाड नै सम्याउने योजना बनाएका रहेछन् । खासमा नरपानीको लेकमा रहेको त्यो डा“डो, त्यहा“को जैविक विविधता र जलस्रोतको मुहान नै रहेछ ।

विभिन्न बहानामा यस्ता पहाडहरु नै रित्याउने गरी ढुंगागिट्टी उत्खनन् गर्दै जाने हो भने भोलि खासगरी चुरेका पहाडहरु नै नरहन सक्छन् । तथापि ढुंगाखानी पनि प्राकृतिक स्रोत हो र यसको पनि उचित प्रयोग हुनुपर्छ । मेरो विचारमा पूर्वदेखि पश्चिमसम्मको चुरे क्षेत्रका केही पहाडहरु जहा“ मानव वस्ती छैनन् र जैविक विविधतालाई पनि कम असर पर्छ त्यस्ता स्थानहरुमा चुनढुंगा तथा ढुंगागिट्टी उत्खनन्, उत्पादन तथा प्रशोधनको खानीको रुपमा व्यवस्थित गर्न सके त्यसले आम रुपमा उदांगिदै गएको चुरेका डा“डाहरुको संरक्षण पनि हुने थियो र हामीलाई आवश्यक पर्ने ढुंगागिट्टीको उपलब्धता पनि सहज हुने थियो । यस विषयमा सरकारले नै केही त्यस्ता चुरेका पहाडहरुलाई ढुंगाखानीकै रुपमा प्रयोग गर्नु उपयुक्त हुने देखिन्छ ।

नरपानीको लेकमा तातो चियाको चुस्की लिएपछि हामी सन्धिखर्कतर्फ ओरालो हुईंकियौं । करिब आधा घण्टाको यात्रापछि हामी सन्धिखर्क पुग्यौं । सन्धिखर्कका लागि यो मेरो दोस्रो यात्रा भए तापनि पहिलोपटकका यात्रामा मैले सन्धिखर्कको भौगोलिक तथा त्यहा“को उत्पादन र जनजिवीकाको बारेमा धेरै जानकारी लिने अवसर पाएको थिइन“ । यस पटकको यात्रामा भने सन्धिखर्कको इतिहासदेखि अहिलेको आर्थिक सम्बन्धसम्मको जानकारी प्राप्त भयो । सन्धिखर्कको बारेमा स्थानीयहरु कृष्ण बर्मा र रविन्द्र खड्काले धेरै जानकारी दिए । पछिल्लो समयमा जनघनत्वको हिसाबले विस्तारित हु“दै गएको सन्धिखर्क बजार आफैंमा एउटा गाउ“घरका लागि व्यापारिक केन्द्र जस्तो बनेको छ । बजार क्षेत्र आवादीका लागि अतिक्रमित भइरहेका छन् ।


केही वर्षअघिसम्म लहलह धान फल्ने खेतहरुमा अहिले धमाधम घर बनिरहेका छन् । घडेरीको रुपमा उर्वर खेतको प्रयोग गरिंदा जमिनको मूल्य आकाशिएको छ भने स्थानीय रुपमा उत्पादनमा संलग्न हुनेहरुको संख्या घट्दै गएको छ । सन्धिखर्क बजार पनि अब फगत तराईतिरबाट गएको खाद्यान्न तथा तरकारीहरु उपभोग गर्ने ठाउ“ बनिरहेको छ । सन्धिखर्कका एक मित्र कृष्ण बर्माको टिप्पणी यस्तो थियो, ‘अब सन्धिखर्कमा फलेका धनिया“ खान पनि नपाइने अवस्था छ ।’ पछिल्लो समयमा बढिरहेको ग्रामीण बस्तीहरुको बजारीकरणमा ती बस्तीहरु फगत रेमिटान्स आयको उपभोग गर्ने थलो बनिरहेका छन् । गाउ“घर रित्तो मात्र होइन, बिस्तारै उत्पादन कर्मबाट पनि विमुख हु“दै गएको छ । यसले निश्चय पनि भोलिका दिनहरुमा खाद्य सुरक्षा तथा संप्रभुताको सवालमा गम्भीर समस्या पैदा गरिदिने निश्चित छ ।

सन्धिखर्कमा खाना खाइसकेपछि केहिबेरको अवलोकन भयो र करिब सा“ढे तीन बजे हाम्रो यात्रा खनदहतर्फ उकालो लाग्यो । उकालो कच्चि बाटोमा धुलो उडाउ“दै मोटरसाइकलमा हुईंकिदा रमाइलो अनुभूति त भयो नै तर त्यही बाटोमा यात्रुहरुलाई कोचाकोच गरी चल्ने जिप तथा बसहरु गुडेको देख्दा भने मन सिरिङ्ग हुनेरहेछ । आखिर गाउ“घरको यातायातले सुविधा भन्दा बढी पीडा थपिदिएको महशुस हुन्थ्यो । नाममात्रैको कच्ची बाटोमा ठेलमठेल यात्रुसहित ढलपलढलपल गर्दै गुडेका जीप तथा बसहरुको हालत हेर्दा ती सडकहरुमा जतिबेला जुनसुकै दुर्घटना हुनुलाई अन्यथा मान्न नसकिने अवस्था देखिन्थ्यो । त्यसो त नेपालका अधिकांश ग्रामीण सडकहरुको हालत यहि नै हो र पछिल्लो समयमा खासगरी ग्रामीण सडकहरुमा क्षमताभन्दा बढी यात्रुका कारण सवारी दुर्घटना बढिरहेका छन् । यस्तै घुम्ती मोड, उकालो ओरालोमा कतै हुईंकिदै, कतै डो¥याउ“दै र कतै ठेल्दै हामी सा“झ ७ बजे गन्तब्यमा पुग्न सफल भयौं । यात्रामा साथ दिने खनदहका मित्र टंक खनाललाई साधुवाद ।

मनिकर कार्की ‘निवर्तमान’
manikar.nibartaman@gmail.com
Dainikpatra Daily, 2071 Kartik 17

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...