तिहार यात्रा

विदालाई उपयोग गर्ने मेरा दुई तरिकाहरु छन् । पहिलो, विदामा किताब पढ्ने । दोस्रो, विदामा घुमफिर गर्ने । अनि यी दुवै प्रयोजनका लागि अलि लामो विदा निकै उपयोगी मानिन्छ । धर्म निरपेक्ष देशमा पनि लामो विदाको कुरा गर्दा दसैं–तिहार ठोक्किन आइहाल्छ । अनि दसैं तिहारमा पारिवारिक जमघट हुने र यो पर्वलाई पारिवारिक मिलन पर्वको रुपमा मनाइने हु“दा दसैं–तिहारमा आफन्तजनस“गको भेटघाट र पारिवारिक उत्सव नै मुख्य कुरा हुन जान्छ । त्यतापट्टि लाग्दा माथिका अवसरहरु छुट्न जान्छन् । यद्यपि पारिवारिक जमघटबाट बचेको समय पुस्तक अध्ययनका लागि उपयुक्त हुन्छ । यस पंक्तिकारको दसैं विदा पछिल्लो समय चर्चामा रहेका विजय कुमारको ‘खुसी’, किशोर नेपालको ‘मेरो समय’, दीपशिखाको ‘रात फुलेको याम’ लगायत अन्य केही पुस्तकहरुको अध्ययनमा नै बित्यो । अध्ययनतिर लाग्दा घुमफिरको अवसर गुमाउनुपर्ने हुन्छ । यसर्थ, तिहारको विदालाई सदुपयोग गर्दै गाउ“ घुम्ने योजना बनाइयो ।

गाउ“घरतिरको यात्रामा निस्क“दा स्थानीय रुपमा परिचित व्यक्तिको साथ लिएर घुम्दा नया“ ठाउ“को भूगोल, वस्तुस्थिति, सामाजिक तथा आर्थिक सम्बन्धहरुको बारेमा सहजै जानकारी हासिल गर्न सकिन्छ । यसर्थ, यसपालीको तिहार विदामा गाउ“घर घुम्ने मेरो चाहनालाई सफल पार्न अर्घाखा“ची खनदहका मित्र टंक खनाललाई सम्पर्क गरें । संयोगले उनी केही कामले बुटवल नै आएका रहेछन् । उनीस“गको भलाकुसारी पछि भोलिपल्ट लक्ष्मीपूजाको दिन बिहानै अर्घाखा“चीतिरको यात्रा तय गर्ने निधो भयो । भोलिपल्ट बिहान करिब ७ बजे बुटवल छाड्दा बिहानको चिसो सिरेटोले जाडो यामको आगमनको संकेत गरेको अनुभूति दिन्थ्यो । त्यसो त बिहानीपखको चिसो सिरेटोलाई छिचोल्दै मोटरसाइकलमा हुईकिंदाको मजा नै बेग्लै हुन्छ । अनि त्यो उमंगस“गै म नस्टाल्जिक हुन पुग्छु र केटाकेटी उमेरमा मिनपचासको सुरुवातस“गै भक्तपुरका खेतका आलिहरुमा दौडिएको सम्झन पुग्छु ।


बुटवलबाट पश्चिम लाग्दै गर्दा बिहानी पनि ढल्दै थियो र तराईको तातोपन पनि अलि बढ्दै गएको महशुस हुन्थ्यो । त्यसो त केही दिन अघिसम्म रहेको सामुद्रिक आ“धी ‘हुडहुड’ ले मौसममा ल्याएको बदलीको असर केहीहदसम्म कायमै थियो । हुडहुडस“गै नेपालको पहाडी तथा तराई क्षेत्रमा भएको भारी वर्षा र हिमाली क्षेत्रहरुमा भएको व्यापक हिमपातले निकै ठूलो मात्रामा जनधनको क्षति पु¥याएको समाचार ताजै छ । अनि हुडहुडले पारेको असरस“गै तराईका समथर फा“टहरुमा लडेका धानका बालाहरुले यसपालीको धान उत्पादनमा नकारात्मक असर पर्ने संभावना देखिन्छ । यद्यपि यस विषयमा सम्बन्धित कृषि विज्ञहरुबाट नै यथार्थ आंकडा आउनसक्ला । तथापि सरसरर्ती हेर्दा नेपालको तराई, पहाडी र मध्यपहाडी भेकसम्मको धान उत्पादनमा केही कमी आउने संभावना देखिन्छ । गाउ“घरतिर डुल्दा खेतका गराहरुमा लडेका धानका बालाहरुले त्यही संकेत गर्दछन् ।


झण्डै एक घण्टामा हाम्रो यात्रा गोरुसिंगेमा पुग्यो र त्यहा“ केहिबेरको विश्राम अनि चियाको चुस्कीपछि हामी उत्तरतर्फ हुईंकियौं । पत्थरकोटबाट उकालो लाग्दा हरियाली डा“डका“डास“गै नागबेली परेको घुमाउरो बाटोले पहाडी सुन्दरतालाई झल्काइरहेको थियो । करिब एक घण्टाको यात्रापछि हामी ठाडा गाविसको गर्गरे भन्ने ठाउ“मा पुग्दा सामान्यतया यात्रामा निस्क“दा जे नहोस् भनेर कामना गरिन्छ, त्यही भयो । अर्थात्, मोटरसाइकल बिग्रियो । ठाडाको गर्गरे पहिरोको उकालोमा मोटरसाइकल बिग्रिएर छेउ लगाउनुपर्दा एकछिन त अक्क न बक्क परियो । एकछिनका लागि एकदमै निसहाय, निरुत्तर, निरुपाय र अवाक् झैं हुन पुगियो । त्यसपछि केहीबेर सडक छेउमा बसेर सुस्ताउने काम भयो ।

अनि पत्थरकोटका पत्रकार मित्र मुक्तिराम भुसाललाई फोन गरी समस्या सुनाए“ । तर, उनले पत्थरकोटबाट भन्दा ठाडाबाट कोही बोलाउ“दा चा“डो हुने कुरा गरे । र, केही उपाय नलागे पत्थरकोटबाट नै भएपनि मिस्त्री बोलाउन एउटा सम्पर्क नम्बर दिए । त्यसै क्रममा एकजना व्यक्ति मोटरसाइकलमा माथिबाट ओरालो झर्दै थिए, तिनलाई रोकेर आफ्नो व्यथा बताइयो । धन्य, ती सज्जन व्यक्तिले आफ्नो खल्तीबाट मोवाइल झिकेर अलि माथिको ठाडा बजारमा मोटरसाइकल मर्मत गर्ने व्यक्तिलाई फोन सम्पर्क गरे र उनले हाम्रो अवस्थाको बारेमा जानकारी दिए । आधा घन्टापछि ती सज्जनले भनेझैं मोटरसाइकल बनाउने मिस्त्री आफ्ना सरसामानसहित आइपुग्यो र केही बेरमै हाम्रो मोटरसाइकलको चुडिएको चेन पुन गा“सिदियो । यहा“नेर ठाडा अमुराई भन्ने ठाउ“मा व्यापार व्यवसाय गर्दै आएका सञ्जय राना नामका ती सज्जन व्यक्तिलाई सहयोगका लागि धन्यवाद र धन्यवाद ती मोटरसाइकल बनाउने भाइ, जो निकै माथिदेखि आफ्ना सरजामसहित हाम्रो बिग्रिएको मोटरसाइकल बनाउन आए ।

करिब एक घण्टामा हाम्रो मोटरसाइकल पुनः यात्राका लागि तयार भयो । एकैछिन अगाडिसम्म सिथिल भएको मन एकाएक फुर्तिलो हु“दै यात्रा अघि बढ्यो । केहिछिनको घुर्माइलो बाटोको यात्रापछि गाउ“बस्तीहरु देखिन थाले । पहाडी बाटोमा आइपर्ने घुम्ती, मोड, उकालो, ओरालोहु“दै अघि बढेको हाम्रो यात्रा ठाडाको पोखरीसम्म पुग्दा बजारमा तिहारको चहलपहल सुरु भइसकेको देखिन्थ्यो । केहीबेर ठाडामा रहेको पोखरीको अवलोकन गरियो । पोखरीले ठाडाको सुन्दरतालाई थप बढाइदिएको देखिन्थ्यो । पोखरीमा डुबुल्की मारिरहेका वरिपरिका दृष्यहरु केहीबेरका लागि मन बहलाउन काफि देखिन्थे । ठाडा काटिसकेपछि पनि नया“ परिवेशस“गै तिनै हरियाली डा“डाका“डा, घुम्ती, मोड, खेतका गरामा फलेका पहेंलपुर धानबाली अबका दृष्यहरु बने र आ“खामा ताजगी छर्न आइरहे । धानबालीको कुरा गर्दा हुदहुदले पारेको प्रभाव स्वरुप खेतका गराहरुमा धानका बोटहरु लमतन्न सुतेका देखिन्थे ।

सा“घुरो उकालो बाटो यात्रा गर्दा जति नै रोमाञ्चित बनाउ“छ, त्यत्तिनै सावधानी अपनाउनुपनि जरुरी हुन्छ । अब हामी सुपा देउराली हु“दै नरपानी पुग्यौं । नरपानीमा पुग्दा झण्डै १२ बजेको थियो, शायद । नरपानीमा चलेको गुलावी सिरेटोले मनलाई रोमाञ्चित पारेकै थियो । तथापि खानाखाने समय पनि भएको हु“दा नरपानीमा खानाको लागि पहल गरियो । तर, चाडपर्वका कारणले पनि हुन सक्छ, तत्काल खाना खान संभव भएन र चियाका लागि एउटा होटलमा पस्यौं । होटलकी साहुनीस“ग बहुचर्चित र विवादित बनेको चुनढुंगा खानीको प्रसङ्ग कोट्याउ“दै कुराकानी गर्दा थाहा लाग्यो हाल उक्त खानी स्थानीयहरुको विरोधका कारण बन्द रहेछ । व्यवसायीहरुले नरपानीको चुनढुङ्गा उत्खनन्का लागि भन्दै सिंगो पहाड नै सम्याउने योजना बनाएका रहेछन् । खासमा नरपानीको लेकमा रहेको त्यो डा“डो, त्यहा“को जैविक विविधता र जलस्रोतको मुहान नै रहेछ ।

विभिन्न बहानामा यस्ता पहाडहरु नै रित्याउने गरी ढुंगागिट्टी उत्खनन् गर्दै जाने हो भने भोलि खासगरी चुरेका पहाडहरु नै नरहन सक्छन् । तथापि ढुंगाखानी पनि प्राकृतिक स्रोत हो र यसको पनि उचित प्रयोग हुनुपर्छ । मेरो विचारमा पूर्वदेखि पश्चिमसम्मको चुरे क्षेत्रका केही पहाडहरु जहा“ मानव वस्ती छैनन् र जैविक विविधतालाई पनि कम असर पर्छ त्यस्ता स्थानहरुमा चुनढुंगा तथा ढुंगागिट्टी उत्खनन्, उत्पादन तथा प्रशोधनको खानीको रुपमा व्यवस्थित गर्न सके त्यसले आम रुपमा उदांगिदै गएको चुरेका डा“डाहरुको संरक्षण पनि हुने थियो र हामीलाई आवश्यक पर्ने ढुंगागिट्टीको उपलब्धता पनि सहज हुने थियो । यस विषयमा सरकारले नै केही त्यस्ता चुरेका पहाडहरुलाई ढुंगाखानीकै रुपमा प्रयोग गर्नु उपयुक्त हुने देखिन्छ ।

नरपानीको लेकमा तातो चियाको चुस्की लिएपछि हामी सन्धिखर्कतर्फ ओरालो हुईंकियौं । करिब आधा घण्टाको यात्रापछि हामी सन्धिखर्क पुग्यौं । सन्धिखर्कका लागि यो मेरो दोस्रो यात्रा भए तापनि पहिलोपटकका यात्रामा मैले सन्धिखर्कको भौगोलिक तथा त्यहा“को उत्पादन र जनजिवीकाको बारेमा धेरै जानकारी लिने अवसर पाएको थिइन“ । यस पटकको यात्रामा भने सन्धिखर्कको इतिहासदेखि अहिलेको आर्थिक सम्बन्धसम्मको जानकारी प्राप्त भयो । सन्धिखर्कको बारेमा स्थानीयहरु कृष्ण बर्मा र रविन्द्र खड्काले धेरै जानकारी दिए । पछिल्लो समयमा जनघनत्वको हिसाबले विस्तारित हु“दै गएको सन्धिखर्क बजार आफैंमा एउटा गाउ“घरका लागि व्यापारिक केन्द्र जस्तो बनेको छ । बजार क्षेत्र आवादीका लागि अतिक्रमित भइरहेका छन् ।


केही वर्षअघिसम्म लहलह धान फल्ने खेतहरुमा अहिले धमाधम घर बनिरहेका छन् । घडेरीको रुपमा उर्वर खेतको प्रयोग गरिंदा जमिनको मूल्य आकाशिएको छ भने स्थानीय रुपमा उत्पादनमा संलग्न हुनेहरुको संख्या घट्दै गएको छ । सन्धिखर्क बजार पनि अब फगत तराईतिरबाट गएको खाद्यान्न तथा तरकारीहरु उपभोग गर्ने ठाउ“ बनिरहेको छ । सन्धिखर्कका एक मित्र कृष्ण बर्माको टिप्पणी यस्तो थियो, ‘अब सन्धिखर्कमा फलेका धनिया“ खान पनि नपाइने अवस्था छ ।’ पछिल्लो समयमा बढिरहेको ग्रामीण बस्तीहरुको बजारीकरणमा ती बस्तीहरु फगत रेमिटान्स आयको उपभोग गर्ने थलो बनिरहेका छन् । गाउ“घर रित्तो मात्र होइन, बिस्तारै उत्पादन कर्मबाट पनि विमुख हु“दै गएको छ । यसले निश्चय पनि भोलिका दिनहरुमा खाद्य सुरक्षा तथा संप्रभुताको सवालमा गम्भीर समस्या पैदा गरिदिने निश्चित छ ।

सन्धिखर्कमा खाना खाइसकेपछि केहिबेरको अवलोकन भयो र करिब सा“ढे तीन बजे हाम्रो यात्रा खनदहतर्फ उकालो लाग्यो । उकालो कच्चि बाटोमा धुलो उडाउ“दै मोटरसाइकलमा हुईंकिदा रमाइलो अनुभूति त भयो नै तर त्यही बाटोमा यात्रुहरुलाई कोचाकोच गरी चल्ने जिप तथा बसहरु गुडेको देख्दा भने मन सिरिङ्ग हुनेरहेछ । आखिर गाउ“घरको यातायातले सुविधा भन्दा बढी पीडा थपिदिएको महशुस हुन्थ्यो । नाममात्रैको कच्ची बाटोमा ठेलमठेल यात्रुसहित ढलपलढलपल गर्दै गुडेका जीप तथा बसहरुको हालत हेर्दा ती सडकहरुमा जतिबेला जुनसुकै दुर्घटना हुनुलाई अन्यथा मान्न नसकिने अवस्था देखिन्थ्यो । त्यसो त नेपालका अधिकांश ग्रामीण सडकहरुको हालत यहि नै हो र पछिल्लो समयमा खासगरी ग्रामीण सडकहरुमा क्षमताभन्दा बढी यात्रुका कारण सवारी दुर्घटना बढिरहेका छन् । यस्तै घुम्ती मोड, उकालो ओरालोमा कतै हुईंकिदै, कतै डो¥याउ“दै र कतै ठेल्दै हामी सा“झ ७ बजे गन्तब्यमा पुग्न सफल भयौं । यात्रामा साथ दिने खनदहका मित्र टंक खनाललाई साधुवाद ।

मनिकर कार्की ‘निवर्तमान’
manikar.nibartaman@gmail.com
Dainikpatra Daily, 2071 Kartik 17

No comments:

Post a Comment

कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...