गरिखाने हातहरुलाई सलाम – १

तिहार यात्रा जारी नै थियो । खनदहबाट तम्घास जाने योजना थियो । एकाबिहानै तिहारको गुलावी जाडोमा शितले लुछुप्पै भिजेको चीसो कच्ची सडकमा सिरेटोले सेकिंदै यात्रा गर्नुभन्दा पारिलो घामलाई पर्खिनु नै उपयुक्त लाग्यो । अनि यसो गाउ“ डुल्ने मनसायले बिहानको चियापछि बाहिर निस्कियो । मित्र टंक खनाल लगायत उनको एउटा समूहले गाउ“मै कृषि फार्म खोलेका रहेछन् । उनीहरुले केही जग्गा भाडामा लिएर खासगरी बेमौसमी तरकारी फलाउने गरेका रहेछन् । यद्यपि वर्षात्को समाप्तीस“गै वर्खे तरकारी बिक्री भइसकेका कारण जग्गा खाली नै थियो । टनेलमा लगाइएका गोलभेडाले उत्पादन दिइसकेको देखिन्थ्यो । यद्यपि टनेलको अवशेष बा“की नै थियो । अब फेरि जग्गालाई खनजोत गरी हिउ“दे तरकारी लगाउने तयारी देखिन्थ्यो ।

उनको समूहले केही लट कुखुरा पनि पालेर बिक्री गरिसकेको रहेछ । मित्र टंकको गाउ“मै बसेर कृषिकर्म प्रति देखिएको लगाव निकै उत्साह जनक देखिन्थ्यो । गाउ“मा उत्पादन हुने बेमौसमी तरकारीको माग स्थानीय गाउ“को बजार नै रहेछ । यसबाट के देखिन्छ भने गाउ“घरमा पनि अब आफ्ना आवश्यकताहरु खरिद गर्ने चलन व्यापक भइसकेको छ । टंक आफैंमा विद्यालय शिक्षक हुन् । शिक्षण पेशाबाट उब्रेको समयलाई सदुपयोग गर्न उनले गाउ“मै स्थानीय सहकारी तथा कृषि समूहहरु गठन गरी कृषि कर्मलाई व्यवसायिक रुप दिन पहल गरिरहेका छन् । उनी जस्ता केही शिक्षित युवाहरुको जोश, जा“गर अनि आत्मविश्वासलाई छाड्ने हो भने गाउ“घरका जग्गाजमिन बा“झो हु“दैछन् । गाउ“घर विस्तारै युवायुवती विहिन हु“दैछ । दसैं, तिहार जस्ता चाडपर्वमा गाउ“घरमा गएर सहरबजार अनि विदेशका गफ गर्ने बाहेक युवाहरु कृषितिर आकर्षित हुन सकेका छैनन् ।





खनदहबाट करिब साढे दस बजे सुरु भएको हाम्रो यात्रा खनदह गाविसको सीमा समाप्त भइसकेपछि मध्य पहाडी लोकमार्गको ट्र्याकहु“दै अघि बढ्यो । मध्यपहाडी लोकमार्गले छोएको अर्घाखा“ची जिल्लाको अर्घातोस गाविसहु“दै भवगती गाविस सुन्तला उत्पादनको  दृष्टिले उपयुक्त देखियो । यस भेकबाट कमार्गको ट्र्याक खोलिएको हु“दा भविष्यमा त्यो ठाउ“को आर्थिक उन्नतिलाई सहज हुने अपेक्षा गर्न सकिन्छ । अनि पहिलोपटक सबै गाविसमा मोटरबाटो पुगेको अर्घाखा“ची जिल्लाका अहिले प्रत्येक वडामा मोटरबाटो पुगेको रहेछ । भर्खरै खोलिएका कच्ची र धुलाम्य पहाडी सडकको यात्रा त्यत्ति सहज त हु“दैन तर पनि छिनछिनमै परिवर्तन हुने पहाडी भूगोल र दृष्यहरुले मनलाई ताजगी बनाइरहन्छ । पहाडी बाटोमा यात्रा गर्नुको मज्जा नै त्यही हो । हामी पनि विस्तारै घुर्माइलो पहाडी बाटो खोंच, उकाली, ओराली, डा“डा, थुम्का, गाउ“बस्तीको अनुभव लिंदै, रोकिंदै करिब १ बजे तम्घास आइपुग्यौं । मध्यान्हको तम्घास बजार निकै घमाइलो थियो । तथापि रेसुङ्गाको डा“डो हु“दै बहने चिसो बतासले मुटु नै छाएको अनुभूति हुन्थ्यो ।

हामी केहीबेर सुस्ताउने हिसाबले टुंडिखेलको पारिलो घाममा शरीर सेकाउन रोकियौं । मैले सहकर्मी पत्रकार मित्र शिवलाल सुवेदीलाई सम्पर्क गरें । उनी केही बेरमै त्यहीं आइपुगे । त्यसैगरी मित्र टंकका दुईजना गाउ“ले साथीहरु पनि हामीलाई स्वागत गर्न तुरुन्तै आइपुगे । त्यसपछि चिया पिउन हामी नजिकैको एउटा होटलमा पस्यौं । होटलवाला दाइस“ग पानी माग्दा मित्र टंकले तातो पानी पिउन सुझाव दिए । तर मैले चीसो पानीतिर नै संकेत गरें । अनि, होटलवाला दाइले ‘लौ ऋषिमुनिहरुले पिएको रेसुङ्गा चीसो पानी पिउनुस्‘ भन्दै पानीको जग सारिदिए । त्यहा“पनि एकछिन ‘ऋषिमुनि र ऋषिमन’को चर्चा भयो । आखिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘संविधान बनाउनको लागि ऋषिमन चाहिन्छ’ भन्ने आध्यात्मिक डाइलगको असर अझै पनि नेपालका बौद्धिक जगतमा गफगर्ने ‘खुराक’ बनेकै छ । तम्घासकोे चिया पसलमा दा“तैमा लाग्ने ऋषिमुनिहरुले पिएको चीसो पानी पिउ“दा एकछिनका लागि पुरै शरीर चीसो भएको अनुभूति भयो ।


चीसो पानीको घुट्को र चियाको चुस्कीपछि हामी तीनजना रेसुङ्गातर्फ उक्लियौं । बुटवलको चिल्ला सडकमा (निर्माणाधीन चौराहा–शंकरनगर सडकखण्ड छाडेर) हुईंकिने बानी परेकालाई पहाडको नाममात्रैको उबडखाबड बाटोमा उकालो चढ्दा हुनुसम्मको एड्भेञ्चर हुने नै भयो । गुल्मी–अर्घाखा“चीकै उकालीओरालीमा दिनरात कुद्ने शिवजी बेपत्ताले हुईंकिइहाले । मेरो मोटरसाइकल भने ठस्ठस् कन्दै उक्लिंदै थियो । उकालो चढ्दा केही केही असजिलो महशुस भए पनि रेसुङ्गाको रमणीय वातावरणले असजिलोलाई उत्सुकतामा परिणत गरिदिएको थियो । तम्घासबाट करिब ४५ मिनेटको यात्रामा हामी रेसुङ्गा पुग्यौं । बुटवलको तराईमा खुर्रखुर्र हुईंकिने बानी लागेको हु“दा पहाडकै डा“डाका“डामा जन्मिएको म बबुरोलाई रेसुङ्गाको पहाड चढ्दा भने असिनपसिन नै भयो ।

समुद्री सतहदेखि करिब १७०० मिटर उचाइमा रहेको रेसुङ्गा क्ष्ँेत्रले गुल्मी जिल्लाका ११ वटा गाविस समेट्ने रहेछ । रेसुङ्गाको ऐतिहासिक भन्दा पनि धार्मिक र पौराणिक ब्याख्या बलियो रहेछ । रेसुङ्गाको नामाकरणको सवालमा द्वापरयुगका अयोध्याका राजा दशरथले सन्तान प्राप्तीका लागि यज्ञ गरेका भन्नेसम्मको प्रसङ्ग जोडिएको रहेछ । साउन महिनाभरी मेला लाग्ने रेसुङ्गालाई हिन्दु धर्मावलम्बीहरुले पवित्र धार्मिक तीर्थस्थलको रुपमा मान्ने हुनाले पनि यसको धार्मिक महत्व बढी रहेको देखियो । त्यसो त रेसुङ्गाबाट देखिन विभिन्न हिम श्रृंखलाहरुले यसको पर्यटकीय महत्वलाई अझ बढाइदिएको छ । रेसुङ्गाबाट अन्नपूर्ण हिमालका पहिलो, दोस्रो र तेस्रो गरी तीनवटै हिमश्रृंखलाहरु, धवलागिरी, माछापुच्छ«े हिमाल लगायत झण्डै दर्जन भन्दा बढी हिमालको अवलोकन तथा अर्घाखा“ची, गुल्मी, पाल्पा, प्यूठानका डा“डाका“डाहरुको सहज अवलोकनले यसको महत्व बढाइदिएको छ । तथापि हामीले ती मनोरम हिम श्रृंखलाहरुलाई आ“खैले भने देख्न पाएनौं । किनकि ती हिम श्रृंखलाहरु नवदुलहीले घुम्टो ओढेको जस्तो गरी बादलुको घुम्टोमा लुकिरहेझैं प्रतीत हुन्थे ।

रेसुङ्गाको भ्यू टावरबाट चारैतिरको भूगोलको अवलोकनपछि हामी द्रुत्ततर गतिमा ओर्लियौं । खनदहदेखि मलाई साथ दिइरहेका टंकलाई तम्घासबाट विदा गर्नुथियो, त्यसैले हामी अलि छिटो ओर्लियौं । तम्घास ओर्लिएपछि सबैभन्दा पहिला हामी बसपार्कमा गाडी बुझ्न गयौं । धन्न एउटा गाडी भेटियो जुन खनदहसम्म जाने रहेछ । गाडीको टिकट सुरक्षित गरेर हामी चिया पिउन लाग्यौं । चिया पिइसकेपछि मित्र टंकलाई विदा गरेर शिवजी र म बजारतर्फ लाग्यौं । त्यसपछि शिवजीले गुल्मी कारागार जाऔं भने । सुनेको थिए“ गुल्मीको कारागार आफैंमा घरेलु उद्योग जस्तो छ । त्यहा“का कैदी बन्दीहरुले उत्पादन गरेका घरेलु कपडा तथा मुढाको चर्चा पनि सुनेको थिए“ । मैले पनि तम्घास घुमाइको यही मौकामा कारागारको अवलोकन गर्ने अवसर पाउने भए“ । त्यसपछि हामी सिधै कारागार तर्फ लाग्यौं ।

जम्मा २५ जना कैदी अटाउने क्षमताको उक्त कारागारमा ९३ जना कैदी बन्दीहरु रहेछन् । यसरी हेर्दा त्यहा“का कैदी बन्दीहरुलाई पर्याप्त खाने, बस्ने तथा सुत्ने ठाउ“को अभाव देखियो । तथापि कारागारभित्रको दृष्य भने निकै जीवन्त लाग्यो । सामान्यतया कारागार भन्ने बित्तीकै सानाठूला अपराधीहरु बस्ने, ठूलाठूला फलामे ढोका र पर्खाल, चारैतिर सुरक्षागार्डले घेरिएको निर्जन र कष्टकर ठाउ“को तस्बिर दिमागमा आउ“छ ।




मनिकर कार्की ‘निवर्तमान’
manikar.nibartaman@gmail.com
Dainikpatra Daily, Kartik 22, 2071

No comments:

Post a Comment

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान” विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परी...