आस्थाको विभ्रम

मनिकर कार्की ‘निवर्तमान’

एक दिन बुटवलका केही अग्रज व्यक्तित्वहरुसँग भलाकुसारी गर्ने अवसर मिल्यो । तिहार भर्खरै सकिएको थियो । मानिसका घरघरमा तिहारका लागि पकाइएको सेलरोटी खाजाको रुपमा प्रयोग हुने क्रम शायद जारी नै थियो । त्यसैले तिहारमा पकाइएको सेलरोटी र चियासँगै गफको सिलसिला सुरु भयो, एक अधिवक्ता मित्रको कानूनी परामर्श कार्यालयमा । यो पंक्तिकारले दसैंको प्रसंगमा फेसबुकमा राखेको स्टाटसबाट भएको कुरा कुराकानीको केन्द्रीय विषय धर्म, संस्कार, संस्कृति र चाडपर्व बन्न पुग्यो ।

पंक्तिकारले दसैंको सन्दर्भमा ‘गाउँघर गएर बाआमा, आफन्तजन एवं साथीसंगीहरुसँग भेटघाट भयो तर, धार्मिक आस्था नभएका कारण निधारमा टिको टाँस्ने काम भने गरिएन’ भनेर स्टाटस लेखेको थियो । त्यही स्टाटसप्रति असन्तुष्टि जनाउँदै आफ्नो संस्कृति र परम्परा छाड्न नहुने सल्लाह दिनुभयो यो पंक्तिकारलाई । ठीक छ, उहाँले जसरी धर्म, संस्कृति, संस्कार र परम्परालाई आफ्नो पहिचानको रुपमा लिंदै जीवनका लागि त्यसको जर्गेना र निरन्तरता अति जरुरी रहेको तर्क गर्नुभयो । त्यसैगरी यो पंक्तिकारले पनि कुनै एक अमूक वर्ग, जाति, भाषाभाषि र समुदायको धर्म, संस्कार र संस्कृतिसँग बिलकुल फरक अझ कतिपय अवस्थामा उल्टो लाग्ने संस्कार, परम्परा र संस्कृति अर्को समुदायको छ भने त्यसलाई मान्ने छुट उसलाई हुन्छ कि हुँदैन भनी जिरह गरेको थियो ।

सिकारी काठमाण्डू

मनिकर कार्की ‘निवर्तमान’

जमैकन गायक एवं संगीतकार बब मार्लेको ‘बफलो सोल्जर’ ले सन् ८० र ९० को दसकमा विश्वव्यापी ख्याती कमायो । उक्त गीतले सारा काला वर्णका अमेरिकीहरुलाई प्रतिरोध आन्दोलनमा लाग्न प्रेरित ग¥यो र सो गीत विश्वभर प्रतिरोध आन्दोलनको आइकन नै बन्न पुग्यो । जसरी पञ्चायतकालदेखि आजसम्म श्याम तमोटले सृजना गरेको ‘गाउ“गाउ“बाट उठ, बस्तीबस्तीबाट उठ’ नेपाली समाजको मुक्ति आन्दोलनको आइकन बनेको छ त्यसैगरी मार्लेको ‘बफलो सोल्जर’ विश्वभरी नै मुक्ति र प्रतिरोधको प्रतीकको रुपमा गुञ्जिरहेको छ, यत्रतत्र सर्वत्र गुञ्जिरहेको छ, ‘बफलो सोल्जर, इन द हार्ट अफ अमेरिका...’

हाम्रो सन्दर्भमा कुरा गर्ने हो भने पनि यो गीतको सान्दर्भिकता बढ्दै गएको महशुस गर्न सकिन्छ । अहिले खासगरी मुलुकको संविधान घोषणास“गै देशब्यापी रुपमा प्रतिरोध आन्दोलन चलिरहेको छ । संविधानमा आफ्ना हक, अधिकार र पहिचानका मुद्दाहरु नसमेटिएको भन्दै समग्र थारु, मधेश, आदिवासी, जनजाति, दलित तथा उत्पीडित समुदायका मानिसहरु आन्दोलित छन् । तर, यस्तै अन्यौलग्रस्त अवस्थामा पनि काठमाण्डू खाल्डो संविधानको स्वागतार्थ सबैलाई कासन गरिरहेको छ ।

सीमांकन विवाद विज्ञमार्फ समाधान गरौं

मनिकर कार्की 'निवर्तमान'
अहिले मुलुक संकटग्रस्त अवस्थामा छ । अनि संकटग्रस्त मुलुकका हामी मुलुकबासीहरुको दैनिकी अत्यन्तै अभावग्रस्त र पीडामय हुन पुगेको छ । हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रुपले तनावपर्ूण्ा अवस्थामा छौं । दैनिक जीवनयापनका लागि आवश्यक इन्धनदेखि खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सरसामानसम्मको अभावका कारण सबैको दैनिकी अनियमित र अभावग्रस्त बन्न पुगेको छ । अनि दैनिकी चलाउनकै लागि गरिने प्राविधिक गुजाराले घरपरिवारमा अतिरिक्त व्ययभार थपिन जाँदा त्यसको मनोवैज्ञानिक असरले आम मान्छेको स्वास्थ्य सूचकांकहरु पनि प्रतिकूल बन्ने खतरा बढ्दै गएको छ । 

अहिलेको संकटग्रस्त अवस्थाको देखिने कारण भारतले गरेको नाकाबन्दी हो भने यसको भित्री कारण सत्तामा बसेका शासकहरुले संविधान निर्माणका क्रममा देखिएका असन्तुष्टि अनि तर्राई मधेशमा चलेको न्यायोचित आन्दोलनलाई समयमै सहि ढंगले सम्बोधन गर्न नसक्नुको परिणाम हो । अनि त्यसभित्रको एकमात्र मुख्य कारकको रुपमा नयाँ संविधानमा व्यवस्था गरिएको प्रदेशहरुको विभाजन अर्थात् ठूला नेताकेन्द्रीत सीमांकन नै बन्न पुगेको छ । अब कुनै पनि हालतमा उक्त सीमांकनको पुनरावृत्ति नहुँदासम्म यो समस्या दर्ीघकालका लागि समाधान हुने अवस्था देखिंदैन ।

'नयाँ शक्ति'को अर्थराजनीतिक आधार

मनिकर कार्की 'निवर्तमान'
जसै असोज ३, २०७२ मा संघीय गणतन्त्र नेपालले नयाँ संविधान प्राप्त गर्यो, त्यसको ठीक दर्ुइ दिनपछि संविधान निर्माणमा अहोरात्र खटेका एकीकृत माओवादीका वरिष्ठ नेता एवं पर्ूव प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले पत्रकार सम्मेलन गरी पार्टर्ीी व्यवस्थापिका संसदको सदस्य पद परित्यागको घोषणा गरे । त्यसयता राजनीतिक वृत्तमा त्यही विषय चर्चामा रहेको छ र यसले नेपाली राजनीतिमा एक खालको तरंग सिर्जना गरिदिएको छ । अनि आम जनमानसमा डा. बाबुराम भट्टर्राईले हठात् किन पार्टर्ीीरित्याग गरे भन्ने जिज्ञासा पनि अनुत्तरित नै छ । तथापि बाबुराम भट्टर्राईको पार्टर्ीीरित्यागको परिघटना अत्यन्तै नयाँ भने होइन । पार्टर्ीीत्र र बाहिरबाट पनि उनले पार्टर्ीीmुटाउने छन् भनेर लख काटिएको हो । अनि धेरैले धेरैपटक उद्घोष नै गरेका पनि हुन् । जसै एकीकृत माओवादीभित्र अध्यक्ष प्रचण्ड र बाबुराम भट्टर्राईबीच अन्तरसंर्घष्ाको विषय प्रवेश पाउँथ्यो पार्टर्ीीभत्र र बाहिरकाहरुले उनलाई पार्टर्ीीmुटाएर बाहिरिन पटकपटक चुनौति पनि दिएकै हुन् । यी सबै परिघटनाहरुलाई एकीकृत ढंगबाट विश्लेषण गर्ने हो भने बाबुराम भट्टर्राईको पार्टर्ीीर्हिगमन अनपेक्षित होइन भन्न अफ्ठेरो पर्दैन ।


तर, आफैंले निर्माण गरेको पार्टर्ीीकाएक छाडेर बाहिरिनु बुद्धिमता हो त - भन्ने प्रश्न फेरि पनि उब्जिन्छ । निश्चित रुपमा भावनात्मक रुपले यदि विषयलाई हेरियो भने यो कदापि सुखद कदम होइन नै । किनकि बाबुरामले जुन पार्टर्ीी आन्दोलन निर्माण गर्ने काममा आफ्नो जीवनको अत्यन्तै ऊर्जाशील समय खर्च गरियो, त्यो पार्टर्ीीाडेर जाने कुरा सहज र सुखद पक्कै होइन । तर, खासखास कालखण्डमा यस्ता अप्रिय निर्ण्र्ाारु गर्नुपर्ने रहेछ किनकि यस्तो निर्ण्र्ाालिइएन भने कहिल्यै पनि इतिहासको क्रमभंग हुँदैन र जब इतिहासको क्रमभंग हुँदैन इतिहासको गतिले नयाँ मोड लिन सक्दैन । अनि जबसम्म नयाँ निर्माणको आधार बन्दैन र नयाँ निर्माणको आधार खडा नभएसम्म विकास र प्रगतिका कुरा सुन्दर गफमै सीमित हुनेछन् । हो, बाबुरामले त्यो जोखिम मोलेरै अहिले पार्टर्ीीरित्यागको घोषणा गरेका छन् । तथापि उनको यो कदममा संभावना मात्र छन् भन्ने होइन यो अत्यन्तै जोखिमयुक्त र चुनौतिपर्ूण्ा पनि छ जति यसमा सुन्दर संभावनाको अंकुर पलाएको छ ।

एकल राष्ट्रियताको राग

-मनिकर कार्की 'निवर्तमान'

अहिले जसरी थारु, मधेशी, मगर, लिम्बु, दलित, महिला तथा अन्य सीमान्तकृत समुदायहरु आफ्नो भाषा, धर्म, संस्कार र सांस्कृतिक पहिचानको लागि आन्दोलित छन्, समाजका एकथरी एलिटहरु जर्बजस्त तर्क गर्दैछन्, यस्ता गतिविधिले सामाजिक सद्भाव खलल भयो, अनि त्यसले मुलुकको राष्ट्रियतामाथि नै खतरा आयो भनेर ।

समाजका अति सीमान्तकृत समुदायहरुले राज्यस“ग हक, अधिकार र पहिचान माग गर्दा कसरी राष्ट्रियता खतरामा पर्छ - अनि ती चोक, गल्ली र चियापसलमा हुने राष्ट्रियतासम्बन्धी गफको नेतृत्व तिनै एलिटहरुले गरिरहेका छन् । उनीहरुले चलनचल्तीको 'नेपाली राष्ट्रियता'को बचाउ संरक्षणका लागि अनेक काम गरिरहेका छन् । अनि राज्यबाट वषौर्ंदेखि उत्पीडित र सीमान्तकृत समुदायले आफ्नो अधिकार र पहिचानको कुरा गर्दा 'सबैभन्दा पहिले हाम्रो नेपाल र हामी नेपाली' को मनोवैज्ञानिक हतियार उचालिहाल्छन् ।

अह“ इतिहासमा हामी नेपालीको डिस्कोर्स कसरी निर्माण भयो भन्ने कुरा खोतल्ने लेठो गर्दैनन् । अनि भन्छन्, 'सयौं थुंगा फूलका हामी नेपाली' । ती अझै पनि त्यही पारम्परिक राष्ट्रियताको हेजिमोनी सृजना गरिरहेका छन् । अह“ 'सयौं थरी' फूलको मालाले मात्र सबैको अस्तित्व स्वीकार गर्छ भन्ने सोच्दैनन् ।

कालीगण्डकी किनारमा गिद्द पच्छ्उँदै...

मंसिर महिनाको अन्तिम दिन, अर्थात् तापक्रम घट्ने क्रम जारी नै छ । कालीगण्डकी किनारमा छिप्पिंदो बिहानीसँगै चीसो पानीको सतहबाट उठेको भर्ुइं कुहिरोको च्यादर छिचोल्दै घाम देखिन खोज्दैछ । जति जति घामको झुल्को धर्तीमा र्स्पर्श हुँदैछ, नदी किनारमा चलेको चिसो सिरेटोको करेण्ट घट्दै जाँदा न्यानोपनको आभास बढ्दैछ ।

हामी किनारमा चियाको चुस्की लिंदै रमाइरहेका छौं । यत्तिकैमा बेगवान गतिमा पश्चिमतिरबाट एउटा गिद्द बेतोडले उड्दै आउँछ, चिलगाडी झैं । नेपालमा पाइने यो चरो दर्ुलभ प्रजातिमा पर्छ । बेगवान गतिमा उडिरहेको गिद्दलाई क्यामेरामा कैद गर्दागर्दा त्यो केही पर रहेको सिमलको रुखमा बस्न पुग्छ, अति त बगर, खरबारी, झाडी, बाँसघारी हुँदै त्यही गिद्दलाई पच्छ्याउँदा पच्छ्याउँदै बिहान बित्छ ...

तस्बिरहरुः मनिकर कार्की 'निवर्तमान' 
कालीगण्डकी किनार, बनकट्टा, साँखर, स्यांङ्जा












मौरी भुल्यो रसैमा, म भुलें तोरी बोटैमा ...

पर्यटकीय गाउँको रुपमा परिचित, नवलपरासीको अमलटारी । दिउँसोका घमाइलो याम । खेतभरी तोरी फुलेर पहेंलपुर । अनि तोरीबारीबाट आउने सुगन्धित मादकता । त्यसै पनि मन चञ्चल भइनैहाल्यो । अनि तोरीबारीमा फूलैपिच्छे रस चाख्दै उड्ने मौरीहरुको लस्कर । आहा के सकिन्थ्यो र चुप बस्न । अनि त क्यामेरा तेर्स्याउँदै मौरीको पछिपछि तोरीबारी छिर्दा उपलब्ध भएका केही प्रतिनिधि तस्बिरहरु । 
- तस्बिरहरुः मनिकर कार्की निवर्तमान



 









निकासका लागि यसो गरौं

- मनिकर कार्की 'निवर्तमान'

भन्नै परेन, अहिले देश संकटमा छ भनेर । आम जनता आर्थिक, राजनीतिक, सामाजिक र मनोवैज्ञानिक तनावमा छन् । बजारमा ग्याँस, तेलदेखि औषधि र उपभोग्य वस्तुहरुसमेतको अभाव चर्किएको छ । मुलुकको अर्थप्रणाली कालोबजारीया र तस्करहरुको हातमा जान लागिसकेको छ । सरकारले कालोबजारी नियन्त्रण गरेर जनतालाई र्सवसुलभ रुपमा सामानहरुको आपर्ूर्तिको व्यवस्था गर्न सकेको त छैन नै, सरकारसँग तात्किालिक रुपमा यो संकट मोचनको विकल्प पनि देखिंदैन । शायद प्रधानमन्त्रीदेखि सरकारमा बसेका मन्त्रीहरुसम्मको निश्पृहता यसैको परिचय हो । सरकारका मन्त्रीहरु हरेकदिन जसो टीभीमा विकल्प खोज्नेकुरा गर्दछन् तर, तात्कालीक विकल्प कहींकतै दृष्टिगोचर हुँदैन । बरु दिनप्रतिदिन समस्या झन् जटिल बन्दै छ । आम मानिसमा दैनिक व्ययभार थपिंदै गएको छ । झन् त्यसले निम्त्याउने सामाजिक र मनोवैज्ञानिक तनावको त लेखाजोखा नै छैन । यर्सथ, मुलुक अत्यन्तै अभावग्रस्त र तनावग्रस्त अवस्थामा छ ।


यस्तै तनावकै अवस्थामा पछिल्ला केही दिनहरुमा सत्ताधारी र तर्राई मधेशमा आन्दोलनरत मधेशीमोर्चाबीच निर्ण्ाायक ढंगले वार्ता हुने कुरा आइरहेको थियो । तर, त्यसले पनि यो पंक्ति तयार पार्दासम्म ठोस आकार ग्रहण गर्न सकेको छैन । उता सामाजिक सञ्जाल तथा संचार माध्यमहरुमा वार्तामा लचकता पर््रदर्शन गर्दै निकास दिनुपर्ने बेलामा मधेशवादी दलका नेताहरुले भारत भ्रमण गरेको भन्दै आलोचना बढ्दै गएको छ । तथापि अहिलेको आन्दोलन र नाकाबन्दीको राजनीतिक र कुटनीतिक निकासका लागि जो जहाँ गएपनि त्यो प्रधान विषय भने होइन । मुख्य कुरा आन्तरिक समस्या कसरी हल हुन्छ भन्ने नै हो । फेरि निकास त स्वदेशमै छ, नेपालमै छ । अनि नेपालबाटै निकास खोज्नर्ुपर्छ । बाहिरबाट आयात गरिने निकास दीगो हुन सक्दैन भन्ने कुरा विगतका अभ्यासहरुले पनि देखाएकै छन् ।

हो, अहिलेको यो तनावपर्ूण्ा अवस्थाको निकास त हुन्छ नै भन्ने कुरामा आशावादी हुनुको विकल्प त छैन । तर, जति निकासको संभावना साँघुरिंदै जान्छ, त्यसले उत्पादन गर्ने प्रतिकुलताहरु जटिल बन्दै जान्छन् । यसै सवालमा एक मित्रले बडो गम्भीर भएर जिज्ञासा राखे, आखिर यो राजनीतिक अन्यौल र नाकाबन्दीको के हो त निकास - ती मित्रको जिज्ञासाले म भने बडो असामञ्जस्यतामा परें । हुन त उनको जिज्ञासा मेटाउने राजनीतिक हैसियत भएको मानिस पनि म होइन र त्यसमा धेरै घोत्लिनु र वास्तविक निकासै पहिल्याउनु मेरो जिम्मेवारी पनि होइन । त्यसैले सजिलै उनको विज्ञासालाई नजरअन्दाज गर्ने छुट मलाई साँच्चिकै छ । तथापि बेला मौकामा समसामयिक अर्थराजनीतिक विषयमा लेखी टोपल्ने भएको हुँदा म बबुरोमाथि तिनले जिज्ञासायुक्त प्रश्न तेस्याईदिए हुनन् । आखिर जिज्ञासा न हो, सोधे भैगयो ।

जसरी ती मित्रले जिज्ञासा राखे, त्यो प्रश्नको पेटारोबाट सजिलै उम्किने ठाउँ नभएको भने होइन । तर पनि आफैंलाई प्रश्न गर्दा आखिर कुनै न कुनै दिन यो अवस्थाको अन्त्य त हुनर्ैपर्छ, नत्र मुलुक नै असफल हुने खतरा रहन्छ । आखिर कतिदिन सम्म हामी यसरी अभाव र पीडामै रहने - आफैंले आफैंलाई प्रश्न गर्दा पनि उत्तर त चाहियो नै । के हामीले नेताहरुले बेलामौकामा गर्ने गरेको 'शोकलाई शक्तिमा बदल्ने' भाषणको शैलीमा अभावलाई ऊर्जामा बदलेर यो अवस्थाबाट पार पाउन सक्छौं त - अनि त्यही भावावेषले काम गर्छ त - अनि हामीले सोचे झैं तुरुन्तै मुलुकको कायाकल्प गर्न सक्छौं त - त्यसरी कायाकल्प गर्ने सीप, जाँगर, दक्षता, क्षमता अनि स्रोत साधन हामीसँग छ त - प्रश्न झन् पेचिलो बन्दै जान्छ ।

जब आफैंलाई प्रश्न गर्दै जान्छु, प्रश्नहरु आफैंमा जेलिन पुग्छन्, तर तिनको ठ्याक्कै निकास भने देखिंदैन । प्रश्नले निकै ठूलो र अफ्ठेरो गाँठो परेको महशुस हुन्छ । तथापि प्रश्नहरुको त्यही गाँठोलाई उल्र्टाईपल्र्टाई हर्ेदा अहिलेको अन्यौलताको निकासका लागि यी केही बुँदाहरु मननीय लागेका छन् ।

१. अहिलेको समस्या समाधानका लागि तर्राई मधेशको आन्दोलन र भारतीय नाकाबन्दी एक अर्कामा जेलिएको विषय पक्कै हो तर, त्यो वंशाणुगत -जिनेटिक) रुपमा एउटै भने पक्कै पनि होइन भन्ने कुराको आम स्वीकारोक्ति हुनु जरुरी छ । खाली शासकहरुले आफ्नो दलीय र व्यक्तिगत हित पर््रवर्द्धन गर्न खोज्दा समस्या जेलिन पुगेको मात्र हो । अनि यसका लागि विद्यमान सामाजिक र सांस्कृतिक अवधारणा जसले एउटा कुनै वर्ग, धर्म र सांस्कृतिक समुदायको भेष, भुषा, धर्म, संस्कार र संस्कृतिलाई सत्ताको संस्कृति बनायो, त्यो अवधारणाले पनि बेलैमा मधेश समस्यालाई सम्बोधन गर्न दिएन । अनि समयक्रममा समयमै तर्राई मधेशको आवाज नसुन्दा भारतले त्यही भूमिको प्रयोग गरी आफ्नो खुट्टा बजाएको मात्र हो । यसमा स्पष्ट रुपले भारतीय नाकाबन्दी र तर्राई मधेशको आन्दोलन फरकफरक विषय हुन् भन्ने कुराको स्वीकारोक्ति हुनर्ैपर्छ ।

२. तर्राईमधेशको समस्या समाधानका लागि मूलतः नेताको हैसियतमा गरिएको संघीयताको सीमांकन खारेज गरी स्पष्ट रुपमा पहिचान र सामर्थ्यका आधारहरु खुल्ने गरी पुनःसीमांकन गर्न सकिन्छ । खासमा विगतको अन्तरिम संविधानले स्वीकार गरेको र मूलत सबैजसो राजनीतिक दलहरुबीच पनि सहमति निर्माण भएको पहिचान र सामर्थ्यका आधारहरुलाई मार्गदर्शनको रुपमा प्रयोग गरेर प्रदेशको सीमांकन गर्दा पक्कै पनि कुरो मिल्ने देखिन्छ । यसका लागि विगतमा राज्यपुनसंरचना आयोगले संविधानसभामा पेश गरेको प्रतिवेदन गतिलो आधार हुनसक्छ । अथवा दुवै पक्षलाई मान्य हुनेगरी अर्को अधिकार सम्पन्न संवैधानिक आयोग बनाएर पनि विवादित क्षेत्रको सीमांकनको ग्यारेन्टी गरी अघि बढ्न सकिन्छ ।

३. मूलतः अन्तरिम संविधानले नै ग्यारेन्टी गरिसकेको राज्यका अंगहरुमा समावेशिता र समानुपातिक प्रतिनिधित्वको व्यवस्था लागू गर्ने कुरालाई अन्थयता लिइनु हुँदैन । यो व्यवस्था पर्ूण्ा रुपमा कायम गर्नुपर्छ । अनि जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाउने कुरा वैज्ञानिक छ, यसलाई कुन क्षेत्रमा कम र कुनमा बढी निर्वाचन क्षेत्रहरु हुने भए भनेर टाउको दुखाउनु जरुरी छैन । किनकि आखिर विकास र प्रगतिको अंशियार प्रति व्यक्ति नै हुने हो । जहाँ जनघनत्व धेरै हुन्छ, त्यहीं विकासको उपभोग बढी हुने हो । यसो भन्दा जनघनत्व कम भएको ठाउँलाई छाड्नर्ुपर्छ भन्न खोजेको होइन । तथापि जनसंख्याको आधारमा निर्वाचन क्षेत्र छुट्याउने कुरा अवैज्ञानिक होइन ।

४. मुलुकको आन्तरिक समस्या समाधानका लागि यत्ति गरेपनि मूल रुपमा तर्राईमधेशको समस्या समाधान हुन्छ । यसले तर्राईदेखि हिमालसम्मका नेपालीहरुको आन्तरिक राष्ट्रियताको निर्माणको जग बसाल्नेछ । र, सम्पर्ूण्ा नेपालीलाई एकताको डोरीमा बाँधिन प्रेरित गर्छ । फलस्वरुप सीधा र छद्म रुपमा हुने भारतीय वा अन्य कुनै वैदेशिक हस्तक्षेपविरुद्ध लड्न पनि बल पुग्छ । अहिले भारत विरोधी जनमत निर्माण हुँदै गर्दा जसरी चीनलाई मित्र मान्ने मानसिकता निर्माण हुँदैछ, आखिर चीनले पनि भारतसँग लिपुलेक सम्झौताले नेपाल र नेपालीहरुको मन नदुखाएको होइन । त्यसकारण एउटा छिमेकीसँग विवाद आयो भन्दैमा अर्को दाहिना कहिल्यै पनि हुँदैन र त्यसरी सोच्नु पनि हुँदैन । हामीले सबैलाई सन्तुलनमा राख्ने खाले कुटनीति निर्माण गर्नुपर्छ । अनि जब आन्तरिक एकता मजबुद हुन्छ तब बाह्य शक्तिसँगको लड्ने क्षमता वृद्धि हुन्छ ।

५. खासगरी आर्थिक रुपमा भारतसँगको परनिर्भरता कम गर्दै अन्तरनिर्भरताको अवस्थातिर उन्मुख हुनु अहिलेको टड्कारो आवश्यकता हो । तर, यसो भन्दैमा सबै बन्द गरेर सबै कुरा आफैंले बनाउनर्ुपर्छ भनेर सामान्यीकरण गर्दा झन् समस्या उत्पन्न हुन सक्छ । यर्सथ, अहिलेकै अवस्थामा पर्ूण्ा आत्मनिर्भर संभव पनि छैन । त्यसैले अब परनिर्भरतालाई अन्तरनिर्भरतातिर लैजाने कोशिस गर्नुपर्छ । यसका लागि आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रको पहिचान गरी कृषि र औद्योगिक विकासतिर लम्कनर्ुपर्छ ।
आर्थिक अन्तरनिर्भरताको लागि हामीले तुलनात्मक लाभका क्षेत्रहरुको पहिचान गरी उत्पादन वृद्धि गर्नुपर्छ र बाह्य व्यापारलाई खुल्ला बजारको अवधारणा अुनसार अन्य मुलुकहरुसँग पनि सहजीकरण गर्दै अभिवृद्धि गर्नुपर्छ ।

६. उत्पादनमुखी स्वाधिन र आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि हाम्रो सबैभन्दा प्राथमिक आवश्यकता र अपरिहार्यता उर्जा हो, त्यसकारण केही वर्षउर्जा उत्पादनलाई लक्षित गर्नुपर्छ, यसका लागि विद्युत परियोजनाहरुलाई असाध्यै साना, मझौला र ठूला गरी क्षेत्रगत रुपमा विभक्त गरी उत्पादन सुरु गर्नुपर्छ । यसका लागि थोरै लागतमा सम्पन्न हुने 'एक गाउँ एक विद्युत आयोजना'को नाराले ससाना आयोजनाहरु निर्माणमा प्रोत्साहन गर्दै विकासमा जनसहभागिता बढाउने नीति अवलम्बन गर्नुपर्छ ।

अतः समस्या समाधानका लागि उत्तेजना र आवेगमिश्रति भाषणले मात्रै काम गर्दैन । अनि राजनीतिक दलका जिम्मेवार नेताले जनताकोस्तरमा भावना र उत्तेजनाको व्यापार गरेको सुहाउँदैन पनि । यदि भावना र आवेगले मात्रै देश बन्ने भए शायद यो मुलुक उहिल्यै सिंगापुर भइसक्थ्यो । अनि आक्रोसको राँको बालेर मात्रै राष्ट्रियताको जर्गेना हुने भए, हामी सबै एकसेएक राष्ट्रवादी कहलिने थियौं । जिम्मेवार तहमा बसेका नेताहरुले भाषणमा भावना उराल्ने होइन, सटिक निकास दिन सक्नर्ुपर्छ । नत्र जनता र नेतामा फरक नै के रह्यो र - नेताले कम्तीमा समाधानमुखी अभिव्यक्ति दिनर्ुपर्छ, भावना उराल्ने खालको होइन ।

बुटवल आगमन र लेखनयात्रा

अनुभूति
२०६३ सालको माघतिरको कुरा हो । भर्खरै स्नातक सकेर स्नातकोत्तर तह अध्ययनको तयारी चल्दै थियो । राजधानीमा तत्कालीन नेकपा माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धको जगमा सम्पन्न २०६२।६३ को राजनीतिक परिवर्तनको सरगर्मी ताजै थियो । म त्यसै राजनीतिक परिवर्तनको सेरोफेरोमा भर्खरै स्नातक अध्ययन सकेको अनि राजनीतिप्रति चाख राख्ने केटो नै थिएँ । अनि आन्दोलनको वरिपरीबाट नजानिंदो तरिकाले राजनीतितिर आकर्षित हुँदै पनि थिएँ ।
अचानक बुटवलको एउटा वित्तीय संस्थामा काम गर्ने अवसर आयो । बुटवल आउनु अघि केही साथीभाइ तथा अन्य इष्टमित्रहरुसँग सामान्य सल्लाह गर्दा कतिपय साथीहरुले बुटवल आउने कुरालाई ‘उल्टो यात्रा’को संज्ञा पनि दिए । शायद जुन बेला म बुटवल आउँदै थिएँ, त्यो बेला काठमाण्डू जानुपर्ने बेला थियो, उमेर र अवसरका कारण । नढाँटी भन्नुपर्दा ०६३ सालसम्म थानकोटको नाका काटेर काठमाण्डूबाट पश्चिम टेकेको पनि थिइंन मैले । जन्म रामेछापको भए पनि २०५० सालदेखि नै काठमाण्डूको बसाई थियो ।
अनि नजिकको सहरै काठमाण्डू भएपछि हामीलाई अन्यत्र जानुपर्ने बाध्यता पनि थिएन शायद । गए उही मधेशतिर हो । एक प्रकारले भन्ने हो भने काठमाण्डू बाहिर बस्ने र त्यहाँको वातावरण अनि समाजसँग प्रत्यक्ष संवाद गर्दै जीवनमा केही नयाँ सिक्न सधैं लालायित हुन्थें म । शायद मलाई काठमाण्डू छाड्न यो उपयुक्त मौका हुनसक्छ भनेरै मैले कतिपय आफन्त र इष्टमित्रहरुको सल्लाह विपरित नै मैले बुटवल आउने निश्चय गरेँ ।

हो, २०६३ मा बुटवलको लागि केन्द्रीय राजधानी छाड्दा अलिकति खिन्नता पनि भएकै हो । कतै साँच्चिकै उल्टो बाटो त हिंडिएन भन्ने पनि लागेकै हो । तर, अहिले आएर महशुस हुन्छ वास्तवमा साँच्चिकै यो देशको भूगोल र यहाँको सामाजिक विविधतासँग प्रत्यक्ष अन्तरक्रिया गर्न रुचि राख्ने मेरालागि काठमाण्डू छाड्ने निर्णय साँच्चिकै सहि रहेछ । यो त भयो बुटवल आगमनको संक्षिप्त पाटो ।
अब लेखनको संक्षिप्त पाटोतिर जाने अनुमति चाहन्छु । देश त्यो बेला पनि संक्रमणको उत्कर्षमै थियो । माओवादी नेतृत्व भर्खरैमात्र सार्वजनिक भएको थियो । उनीहरुको हर कुरा अनुकरणीय लाग्दथे । अनि मुलुकमा संविधानसभाको चुनावको कुरा चल्दै थियो तर, चुनावको मिति पटकपटक सरेको थियो । अनि क्रमिक रुपमा हक, अधिकार र पहिचानका आवाजहरु मुखरित हुँदैथिए ।  अझ साँच्चिकै भन्दा देश पूरै माओवादीमय बनेको थियो, त्यो बेला । स्वभावैले माओवादीबाट सबैले निकै ठूलो अपेक्षा पनि गरेका थिए । माओवादीले साँच्चिकै परिवर्तन र समृद्धिका एजेण्डा बोकेको थियो । अनि सँगै धेरैको आशाको भारी पनि ।
‘गाउँबाट सहर फेर्न आएकाहरु’ भनेर माओवादी नेताहरुको प्रशंसाका पुलिन्दा रोज अखबारी लेखनका विषय जो बन्थे । युद्धका गाथा र लडाईं मोर्चाका कथाहरुले अखबारका पाना रंगीन हुन्थे । म पनि युवावस्थामा प्रवेश गरेको जोशिलो युवा थिएँ । पक्कै पनि राता र ताता कुराले असर नगर्ने कुरै भएन । अनि त माओवादीले उठाएका परिवर्तन र समृद्धिका नाराले आकर्षित गर्ने नै भए । मेरा समकक्षी सबै जसो साथीहरु हामी माओवादीले अब साँच्चिकै केही गर्छ भनेरै आकर्षित भएका थियौं । शायद हामी मात्र होइन जनताको ठूलो पंक्ति माओवादीप्रति त्यसैगरी आकर्षित भएको थियो । यसै पृष्ठभूमिमा बुटवल आगमनसँगै मेरो बिल्कुल नयाँ अध्याय सुरु भयो, लेखनयात्रा ।
त्यसो त पहिलोपटक २०६२।०६३ सालको आन्दोलनकै वरिपरी आफ्नै नाममा काठमाण्डूबाट प्रकाशित हुने दैनिक पत्रिकामा पाठकपत्र छापिंदा खुसीले तिनहात माथि उफ्रिएको थिएँ । बुटवलमा पहिलोपटक मेचीकाली दैनिकमा पाठकपत्रकै रुपमा पहिलो लेख छापिंदा गर्वले छाती चौडा भएको थियो । हो, बुटवलमा लेखन यात्राको सुरुवातको साथी मेचीकाली दैनिक भएको थियो । सुरुसुरुमा पत्रिकामा आफ्नो नाम आओस् भन्नकै लागि लेख्न सुरु गरियो । जब लेख्दै गइयो, क्रमशः यो एक प्रकारको नशा जस्तै हुँदो रहेछ । नलेख्दा के के न छुटे जस्तो । कसैले किन नलेखेको भनेर सोधिहाल्छ कि भनेजस्तो । आखिर मनको लड्डुन हो जति खाए पनि नसकिने ! लेख्दै जाँदा मेचीकालीपछि तत्कालीन बुटवल टुडेका सम्पादक वसन्त पोखरेलसँग भेट भयो र उहाँले बुटवल टुडेमा लेख्न आग्रह गर्नुभयो । उहाँकै आग्रह अनुसार मेरा लेखहरु बुटवल टुडेबाट प्रकाशित हुन थाले ।
अनि बरा यो लेख्नेहरुका लागि कसैले पढें भनिदियो भने असाध्यै खुसी लाग्ने रहेछ । मलाई पनि सुरुसुरुमा त्यस्तै हुन्थ्यो । अहिले आएर कतै मान्छेले त्यत्तिकै पढें भन्दा रहेछन् कि जस्तो पनि लाग्छ । जेहोस्, बुटवलमा मलाई परिचय दिलाउने साधन भने मिडिया नै बन्यो । बुटवल टुडे स्तरोन्नति हुँदै जब दैनिकपत्र बन्यो, त्यसपछि काठमाण्डूमा पनि आफ्ना लेखहरु पढेको कुरा कतिपय त्यहाँका साथीहरुले भन्न थाले । अनि त के चाहियो ? लेखन भन्ने कुरा संसारकै ठूलो कुरा रहेछ जस्तो पो लाग्न थाल्यो त । आखिर भ्यागुताले पनि कुवालाई नै संसार ठान्ने न हो, उसलाई संसार ठूलो होस् कि सानो के चासो ? अनि त्यसको ज्ञान नै किन चाहियो र ? लेखक भएर चिनिंदा त आफू पनि विशिष्ट नै भइयो कि जस्तो पो लाग्ने । बरा, केटौले उमेरको लघुबुद्धि न हो ।
०६८ सालसम्म लेखनसँगै वित्तीय संस्थाको जागिर पनि यथाथत थियो । वित्तीय संस्थाले कहिल्यै पनि मेरो लेखनप्रति टिप्पणी गरेन । वित्तीय संस्थाका सहकर्मी साथीहरुले पनि लेखनको सराहना नै गरे । यसले लेख्नका लागि ऊर्जा प्राप्त भइनैरह्यो । अनि लेख्ने क्रममा संस्थागत रुपमा पनि सहयोग नै प्राप्त भइरह्यो । तर, आफूलाई कता कता वित्तीय संस्थामा बसेर लेखनलाई स्वतन्त्र ढंगले लैजान नसकिने कुराले छोइनैरह्यो र हठात् वित्तीय संस्थाको जागिर छाडें, स्वतन्त्र भएर लेख्नकै लागि ! लौ फेरि अर्को जोशिलो केटौले बुद्धि ।
झण्डै दुई वर्ष जति केही नयाँ सृजन ागर्न सकिन्छ कि भनेर यताउता डुलिहिंडे । तर, भनेजस्तो सहज भएन । जसै जागरि छाडियो, आर्थिक दुर्दिन पनि सँगै सुरु हुन थाले । अब भने आर्थिक परिस्थिति पनि प्रतिकूल हुने छाँट देखिएपछि अध्यापन सुरु भयो । अध्यापनले जिविका धान्न सजिलो भयो र अन्य समय लेखनमै बित्यो । यसै क्रममा अचानक दैनिकपत्रसँग औपचारिक रुपमा आवद्ध हुने प्रस्ताव आयो । त्यसले मिडिया व्यवस्थापनको विषयमा पनि प्रयोगात्मक ज्ञान हासिल हुने र स्वतन्त्र रुपमा आफ्नो लेखनलाई पनि अझ अगाडि बढाउनलसकिने ठानेर बुटवल मिडियाकोे प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हाल्न पुगें ।
त्यसयता बुटवल मिडियाले संस्थागत विकास गर्ने क्रममा पत्रिका मर्जरको सफल प्रयोग पनि गर्यो । शायद पत्रिकाहरुबीचको एकीकरणको विषय नेपाली पत्रकारिताकै इतिहासमा एउटा नयाँ प्रयोग हुन गयो । त्यसयता यो प्रकाशन गृहबाट दैनिकपत्र दैनिक, जनसंघर्ष साप्ताहिक र स्वाधीन मासिकको प्रकाशन भइरहेको छ । यसमा मासिकको प्रकाशन नियमित हुन नसके पनि दैनिक र साप्ताहिक भने नियमित रुपमा प्रकाशित भइरहेका छन् । दैनिकपत्रसँग प्रत्यक्ष आवद्ध भएसँगै मैले पत्रकारिता र मिडिया व्यवस्थापनका अन्तरवस्तुहरुको बारेमा प्रयोगात्मक ज्ञान हासिल गर्न सफल भएँ । साथै यो अवधिमा मैले आफ्नो लेखनलाई पनि स्वतन्त्र र निर्भिक ढंगबाट अघि बढाउन सकें ।
शायद यो नै मेरो लेखनयात्राको उपलब्धिमूलक पक्ष पनि हो जस्तो लाग्छ । प्रकाशन गृहका अध्यक्ष, संचालक, प्रधान सम्पादक, वरिष्ठ सम्पादक, सम्पादक, पत्रकार तथा कर्मचारीहरुबाट लेखनकै क्रममा पनि निरन्तर हौसला पाइनैरहें, जसले मलाई असीम ऊर्जा प्राप्त भएको अनुभूति भएको छ । आज यो पंक्ति तयार गर्दैगर्दा यो अखबारले ११ औं वर्ष पार गरी १२ औं वर्ष प्रवेश गर्दै छ । यसको उमेरको आधाभन्दा बढी समयदेखि म पनि कुनै न कुनै रुपमा यो पत्रिकासँग जोडिएको छु र आज मेरो लेखनलाई यही अखबारले तिखार्ने काम गर्यो भन्दा निकै गर्व लागेको छ ।
वित्तीय संस्थाको जागिर छाडेर मिडियातिर लाग्ने थोरै व्यक्तिहरु मध्ये म पनि एक थिएँ शायद । मलाई मिडियातिर आकर्षिक गरेको मेरो लेखनले नै हो । र,  मिडियामा प्रत्यक्ष रुपले कार्यकारी भूमिकामा संलग्न भएको ३ वर्ष बित्दै गर्दा अब म फेरि नयाँ भूमिकामा देखिँदै छु । सबैभन्दा ठूलो कुरा समय नै रहेछ । र, समयले कहिलेकाहीं फरक भूमिकाको खोजी पनि गर्ने रहेछ । जेहोस् म आगामी दिनहरुमा जुनसुकै भूमिका र जिम्मेवारीमा रहे तापनि विगतमा जस्तै मेरो लेखन यात्रा निरन्तर जारी रहनेछ । किनकि यो नामसँगको सम्बन्ध स्थापित गर्ने लेखन नै हो र त्यसको माध्यम मिडिया नै हो । ११ औं वार्षित्कोषवको अवसरमा दैनिकपत्रलाई शुभकामना ।

मनिकर कार्की निवर्तमान
२०७२, मंसीर ११ गते दैनिपत्रमा प्रकाशित

समाजलाई प्रश्न ?

प्रसंग सुरु गरौं बाल्यकालको स्मरणबाट । सानोमा विद्यालयमा पढ्दा कहिलेकाहीं शिक्षकले पढाउ“दै गर्दा नबुझेका कुरा सोध्ने गरिन्थ्यो । यसरी प्रश्न गर्दा शिक्षकले 'जान्ने हुन्छस् -' भनेर गाली गर्दथे । त्यसैगरी घरमै पनि कति कुराहरुको बारेमा प्रश्न सोध्दा 'यो किन भर्ुइंमा न भांडामा भाको -' भनेर गाली गर्थे । अनि समाजका ठूलाबढाहरुलाई त कसैले प्रश्न सोध्ने कुरै भएन । ती यसै पनि र्सवज्ञाता हुने भइगए । यसै पनि हाम्रो नेपाली समाज सामन्ती समाजै हो । सामन्ती संस्कारमा 'ठूलाले जे गर्यो हुन्छ त्यो र्सव सम्मत' कै भाखा गाउने गरिन्छ । आखिर हामी पनि त्यही समाजका उत्पादन न हौं, त्यही चिन्तन, संस्कार र संस्कृतिको प्रशारण असामान्य होइन ।


हो, त्यसैको विरासत हामी आज पनि धानिरहेका छौं । केटाकेटीहरुलाई सानैदेखि 'ज्ञानी' हुनर्ुपर्छ भनेर सिकाउंछौं । यहां ज्ञानीको मतलब आज्ञाकारी हो । केटाकेटीहरुले ठूलाबडाको आज्ञा शिरोधार्य गर्नुपर्छ, बस् । कहिं कतै प्रश्न उठाउनु हुंदैन । यदि प्रश्न सोधे त्यो सोमत नभएको कहलिन्छ । झन् हाम्रो परम्परा र संस्कारको कुरा गर्दा त प्रश्न उठाउने कुनै गुञ्जायसै रहंदैन । यर्सथ, नेपाली समाजमा प्रश्न सोध्नुलाई सहज मानिंदैन । तथापि अहिलेका केटाकेटीहरुले कुनै न कुनै रुपमा प्रश्नहरु सोध्न थालेका छन् । दैनिक जीवनमा भोग्नुपर्ने अनेक घटनाहरुमा जिज्ञासा राख्न थालेका छन् । कतिपय त्यस्ता केटाकेटीहरुलाई अझ पनि हामी अनुशासन र नैतिकताको नाउ“मा प्रश्न सोध्नबाट बञ्जीत गरिरहेका छौं, जानेर वा नजानेरै पनि ।

टेलिभिजनमा बीबीसी मिडिया एक्सनले तयार पार्ने साझासवाल कार्यक्रमको एउटा विज्ञापन बज्छ । 'म मधेशी, म महिला, म शर्ेपा, म तामाङ, म बोटे, म ...., तर म प्रश्न सोध्न सक्छु' । यो विज्ञापनले बोकेको सन्देशले मलाई जहिल्यै पनि विभोर पार्ने गरेको छ । यसको अर्न्तर्यमा प्रश्न सोध्नर्ुपर्छ र प्रश्न सोध्न सक्छु भन्ने जुन भाव छ, समाजका लागि यो नै एउटा सशक्त सांस्कृतिक एजेण्डा हो भन्ने लाग्छ । हो, हामीले प्रश्न सोध्नै पर्छ कि आज यो नेपाली समाज कता गइरहेको छ - किन यो अत्यन्तै पर्ूवाग्रही बन्दैछ - किन समाजले बहुलतालाई स्वीकार गर्न सकिरहेको छैन - किन यो एकात्मक धारमै अघि बढ्न खोज्छ - किन सामाजिक मूल्य मान्यताहरु एकांकी लाग्छन् - अनि किन सामाजिक सम्बन्धहरु तनावपर्ूण्ा बन्दैछन् - किन अर्काको हक, अधिकार र पहिचानको कुरामा हामीलाई रिस उठ्छ - किन हामी सहिष्णु हुन सकेका छैनौं -

हामीले अवलम्बन गरेका धार्मिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मूल्यमान्यता र अवधारणाहरु कसरी निर्माण भए - अनि ती किन र कसका लागि निर्माण गरिए - अनि त्यस्ता सांस्कृतिक मूल्यहरुको निर्माणमा सत्ताको भूमिका छ कि छैन - के यी मान्यताहरु समाजकै र्घष्ाणबाट पैदा भएका हुन् वा सत्ताले लादेको हो - सत्ताले किन एकात्मक संस्कृति निर्माण गर्यो - अनि इतिहासमा सत्ताले किन अरुको पहिचान खोस्ने काम गर्यो - किन यो मुलुक सा“च्चिकै राष्ट्र बन्न सकेन - किन यो मुलुकले समृद्धि हासिल गर्न सकेन - किन मुलुकले सबैको पहिचानलाई स्वीकार गर्न सकेन - उत्पीडन र आक्रोशको गर्भबाट अहिले यी र यस्ता ज्वलन्त प्रश्नहरु उब्जिएका छन् ।

यसरी उत्पन्न भएका वैकल्पिक प्रश्नहरुले समाजले अवलम्बन गर्दै आएको सनातनी धार्मिक, राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक अवधारणाहरुप्रति तीखो प्रहार गरिरहेका छन् । तर, फेरि पनि त्यही सनातनी अवधारणाका कारण हामीले यी यावत प्रश्नहरुलाई ध्यान दिन सकेका छैनौं । तिनको उत्तर खोज्न चुकेका छौं । यी यावत् प्रश्नहरुलाई यदि आज पनि हामीले नजरअन्दाज गर्यौं भने त्यसले भोलि फेरि अर्को राजनीतिक संर्घष्ाको भट्टी तयार गर्नेछ भन्ने कुरा हामीले महशुस गर्न सकेका छैनौं । यो नै नेपाली समाजको विढंपना हो । र, यो नै सामाजिक असहिष्णुताको कारक हो ।

जहिल्यै पनि समाज चलाउने शासक वर्गले नै हो । सामाजिक नियमहरु निर्माण गर्ने पनि सत्ता र शासक वर्ग नै हुन् । कुनै पनि सामाजिक नियम सत्ताको निर्देशक सिद्धान्तभन्दा अलग हु“दैन । किनकि यो समाज पनि त्यही सत्ताकै रंगले लत्पतिएको हुन्छ । अनि त्यो समाज पनि सत्ताको युनिट हो । सत्ता संचालनको प्रक्रियामा निर्माण गरिएको मेसिनरी हो । यस मानेमा समाजका हामी बुद्धिजीवी र जान्नेसुन्ने पनि बहुमत समाजले के भन्छ त्यसैलाई अंगिकार गरिरहेका हुन्छौं र समाजमा चिजहरु जेजसरी चलिआएका छन्, त्यसलाई बिना कुनै जा“चपड्ताल हामी नतमस्तक भएर स्वीकार गछौर्ं । अहिलेसम्मको हाम्रो नियती यत्ति हो । हामीले ती सामाजिक नियमहरुलाई फर्ेन त के तिनीहरुको सान्दर्भिकताको सवालमा प्रश्न समेत गर्न सकेका छैनौं वा गर्न चाहंदैनौं ।

अहिले मुलुकमा राष्ट्रियताको खुबै चर्चा चलेको छ । अनि राष्ट्रियताको भाष्य -डिस्कोस) मा उही महेन्द्रीय एकात्मकवादी दृष्टिकोण नै दृष्टिगोचर भइरहेको छ र त्यो नै अहिलेको सर्न्दर्भमा अब्बल राष्ट्रियता बनेको छ । तर, हामी यसको नया“ राजनीतिक डिस्कोर्स हुनसक्छ भनेर कल्पना गर्न पनि हिचकिचाइरहेका छौं । आखिर किन - किनकि समाजले हामीलाई राष्ट्रियताको निश्चित परिभाषा दिएको छ । अनि हामी त्यही पारम्परिक परिभाषाको प्यारामिटर भित्रै रहेर भजन गाइरहेका छौं । के महेन्द्रीय राष्ट्रवादमा जनताको अधिकारको कुरा छ - जनताको समृद्धिको कुरा छ - जनताका मौलिक पहिचान, संस्कार, परम्परा, धर्म, संस्कृतिको जगर्ेनाको कुरा छ - मुलुकमा भएका विभिन्न जाति, भाषाभाषि, वर्ग र समुदायका मौलिक पहिचानको संरक्षण छ - जनतालाई अधिकार सम्पन्न मालिक बनाउने विषयवस्तु छ - जनतालाई उत्पीडनको चंगुलबाट मुक्त गराउने योजना छ -

अनि राष्ट्रियता भनेको शासकहरुले जनताका लागि खडा गरिदिएको 'उपमा' मात्रै हो - जसलाई उनीहरुले जीवनभर बोक्नुपर्ने । राष्ट्रियताको परिभाषामा जनता पर्दैनन् - जनताको अधिकार पर्दैन - जनताको समृद्धि पर्दैन - यदि पर्छ भने अहिले नेपाल र नेपालीको डिस्कोर्समा यी विषयहरु किन निषेध गरिए - यर्सथ अबको नेपाली राष्ट्रियता विगतको निरन्तरता होइन । यसमा विभिन्न जाति, भाषा, धर्म, लिंग, वर्ण्र्ााक्षेत्र र समुदायका मानिसहरुले फरकफरक पहिचान झल्किने बहु राष्ट्रियताका विम्बहरुलाई स्वीकार गर्नुपर्छ । तबमात्र यो मुलुक सा“च्चिकै राष्ट्र बन्नेछ ।

झण्डै तीन महिनादेखि मुलुकको दक्षिण तर्राई मधेश तनावपर्ूण्ा अवस्थामा छ । ०७२ साउनको अन्तिमबाट कुनै न कुनै रुपमा पर्ूवदेखि पश्चिमसम्मको समग्र तर्राई मधेश आन्दोलित छ । अनि त्यो आन्दोलनका कारण सारा नेपालीको दैनिकी अत्यन्तै कष्टकर बन्न पुगेको छ । अब धेरैको घरमा चुलो बल्न छाडेको छ । धेरैले आधापेट खानुपर्ने अवस्था सृजना भइसकेको छ । इन्धन अभावको कुरा त एउटा भयो अब अत्यावश्यक पर्ने औषधि र खाद्यान्नको पनि अभाव देखापरिसकेको छ ।

नेपालीहरुको ठूला चाड मानिने दसैं, तिहार अभावमै व्यतीत भयो र तेस्रो ठूलो चाडको मानिने छठ पनि त्यही अभावमै मनाइरका छौं । आखिर किन काठमाण्डूका शासकहरुलाई यो कुरा महशुस भएको छैन - तर्राई मधेशमा चलेको आन्दोलनले प्रधानमन्त्रीको तर्फाट औपचारिक सम्बोधन पाउन पनि तीन महिना कर्ुर्नुपर्ने किन - तर्राई मधेशमा चलेको आन्दोलनको कुरा एउटा पाटो हो भने यही बेला भारतले गरेको नाकाबन्दीले हामी सबैको दैनिकी ठप्प हुन पुगेको छ । यसले नेपाल एक स्वतन्त्र र र्सार्वभौम मुलुकको हैसियतले अन्तर्रर्ााट्रय मञ्चहरुमा पारबहन र व्यापारको सर्न्दर्भमा जेजस्तो अधिकार पाउनुपर्ने हो ती अधिकारहरु कुण्ठीत भएका छन् । यसले पक्कै पनि विश्वकै ठूलो लोकतन्त्र कहलिएको भारत र ठूलो लोकतन्त्रका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको नेपाल दृष्टि उदांगो भएको छ ।

भारतीय रवैयाकै कारण अहिले सिंगो नेपालमा भारतविरोधी र त्यसमाथि पनि मोदी विरोधी जनमत सृजना भइरहेको छ । त्यसो त यी तिनै व्यक्ति हुन् जसले नेपालको व्यवस्थापिका संसदमा भाषण गर्दा नेपालस“ग समदुरीको सम्बन्ध कायम गर्न १७ वर्षछि आफू नेपाल आएको बताएका थिए । उनले नेपाल र नेपालीलाई पीडा हु“दा आफूलाई दुख्ने भाषण गर्दै सबै नेपालीको वाहवाही पाएका थिए । तर, उनको त्यो दुखाई धेरैदिन टिकेन । अहिले भारतले नेपालप्रतिको चासो मात्र होइन यसका विभिन्न पाटाहरुबीचको अन्तरसम्बन्धलाई फरक तरिकाले अध्ययन गर्न बाध्य बनाइदिएको छ । वर्तमानको यो नेपाल भारत सम्बन्धको तनावपर्ूण्ा अवस्थाको सुरुवात किन र कसरी भयो - यस विषयमा पनि हामीले प्रश्न गर्नुपर्ने भएको छ ।

विगतमा हामीले कहिल्यै पनि प्रश्न गरेनौं । गर्न पनि सिकाइएन । किनकि प्रश्न सोध्दा अनावश्यक झमेला हुन्छ । अनावश्यक मथिंगल खियाउनर्ुपर्छ । त्यो लेठो कसले गरोस् - जे चलेको छ, त्यसैलाई ठीक मान्यो बस् । तर, समाज सधैंस्थिर भएर नबस्ने रहेछ । जब गर्भमा रहेको उत्पीडन, विभेद महशुस हुन्छ, तब त्यो आक्रोश र लाभा बनेर बाहिर निस्कने रहेछ । अनि समाजमा प्रश्नहरुको ओइरो लाग्ने गर्छ । अब सबैले एकपटक प्रश्न गर्नुपर्ने बेला आएको छ ।


मनिकर कार्की 'निवर्तमान'

धर्म सापेक्षताले मुलुक ‘राष्ट्र’ बन्दैन

अहिले सुझाव संकलनकै प्रक्रियामा काम भइरहँदा संविधानका अन्तरवस्तुमा भन्दा पनि जनताको व्यक्तिगत भावनासँग सम्बन्धित विषयवस्तुलाई विवादित तुल्याइएको छ । अनि त्यही भावनात्मक कुरोलाई प्रधान मानेर अनावश्यक रुपमा सुनियोजित ढंगले किचलो निकालिंदैछ । त्यस्तै एउटा विषय हो, धर्मनिरपेक्षता । अहिले एकथरी मानिसहरु जो हिन्दु धर्मलाई राजधर्मको रुपमा ग्रहण गर्छन् र नेपाललाई ‘हिन्दु अधिराज्य’ भनाउनमै गर्व गर्छन्, उनीहरु धर्मनिरपेक्षताको विरुद्ध आगो बाली आफ्नो रोटी सेक्ने कुत्सीत चाल चल्दैछन् । उनीहरु सुनियोजित रुपमै मुलुकलाई धार्मिक द्वन्द्वमा फसाउने कुचेष्टा गरिरहेका छन् । अनि उनीहरु संगठित रुपमै जनमतको नाउँमा जनतालाई धर्म निरपेक्षताको विरुद्ध उकासिरहेका छन् । सोझासाझा जनतालाई धर्मनिरपेक्ष भयो भने आफ्नो धर्म, परम्परा र संस्कृति अतिक्रमणमा पर्नेजस्तो वाहियात कुरा गरेर बेवकुफ बनाउँदैछन् । कहाँसम्म भने स्वामी भनिने केही धार्मिक अतिवादीहरु त जनतालाई धर्मयुद्धका लागि आह्वान पो गर्दैछन् । आखिर तिनले यो देशमा के गर्न खोजेका हुन् ? के यो देश तिनले भनेजस्तो सनातनी एकात्मक धार्मिक राज्य हो ? आखिर उनीहरु कुन बलका आधारमा यस्तो धार्मिक र सामाजिक सद्भावमै खलल पुग्ने खाले कुरा गरेर जनतालाई उत्तेजित पार्दैछन् ? अनि किन यसो गर्दैछन् ? हो, यो यथार्थ कुरा हो कि नेपालमा हिन्दु धर्म मान्ने मानिसहरुको संख्या धेरै छ । मूलतः हिजोको राज्य प्रणाली नै हिन्दुधर्म र संस्कृतिमा आधारित राज्य थियो । त्यसैलाई संस्कारित गरियो । अनि शासकहरुले यही धर्म र संस्कृतिलाई आफ्नो राजधर्म मानेका थिए । अनि त्यो देशका नागरिकहरुमा पनि त्यही धर्मको प्रभाव पर्नु कुनै ठूलो कुरो होइन । हिजोको एकात्मक राज्यसत्ताको धर्म र संस्कृतिले पूर्वतिरका किराँतहरु जो प्रकृति पूजक हुन्, जसले पितृ र धर्ती पूजनलाई नै आफ्नो धर्म मान्दछन्, उनीहरुको धार्मिक र सांस्कृतिक पहिचानलाई नै निषेध गरेको थियो । उनीहरुलाई जर्बजस्त रुपमा हिन्दुधर्म अनुसारको कर्मकाण्ड थोपरिएको इतिहास हामीसँगै छ । अहिले बन्ने नयाँ संविधानमा ती सबै धर्म, समुदाय र सांस्कृतिक पहिचान भएका अल्पसंख्यक समुदायहरुको संस्कृतिलाई राज्यले संरक्षण गर्नुपर्छ भन्ने मान्यता हो । अनि ती सबै धर्म, परम्परा, संस्कार र संस्कृतिहरुलाई संरक्षकत्व प्रदान गर्नुपर्ने कुरा चलिरहँदा कसरी एउटा धर्म सापेक्ष बन्न सक्छ देश ? धर्म निरपेक्षताले त्यही कुराको वकालत गर्ने न हो । अनि धर्म निरपेक्षताले कहाँनेर हिन्दु धर्मलाई हानी गर्यो ? यहाँ धर्म निरपेक्षताको व्याख्या भन्दा अपव्याख्या बढी भएको छ । धर्मनिरपेक्षताले हिन्दु धर्म र संस्कारलाई कसै गरेपनि निषेध गर्दैन । कतिपय हिन्दु धर्म र संस्कारमा दीक्षित एवं कथित रुपमा संस्कारित मनुवाहरुले धर्मनिरपेक्षताको एकोहोरो ढंगबाट विरोध गरिरहेका छन् । जुन सहि होइन । के हिन्दु धर्म यति धेरै कमजोर छ, जसलाई संरक्षण गर्न राज्य नै लाग्नुपर्छ ? अनि धर्म राज्यले मान्ने हो कि व्यक्तिले ? यदि व्यक्तिले मान्ने हो भने ऊ जुनसुकै धर्म अवलम्बन गर्न स्वतन्त्र छ, हुनुपर्छ । कसैलाई धर्मप्रति आस्था नै छैन भने नमान्न पनि पाउनुपर्छ । वास्तवमा भन्ने हो भने, सबै धर्मलाई समान रुपमा हेर्ने आँखा भनेकै धर्मनिरपेक्षता हो । अनि धर्म नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा हो मानेपनि हुन्छ, नमान्न पनि पाइन्छ, पाउनुपर्छ । म एउटा यो देशको नागरिक भएको हैसियतले मेरो देश कुनै एक धर्म सापेक्ष होस् भन्ने चाहन्नँ । अनि सापेक्ष नहुने भनेको त निरपेक्ष नै हो नि । अनि यसमा किन यस्तो कोकोहोलो ? स्वभाविक रुपमा ८० प्रतिशतभन्दा बढी हिन्दु धर्म मान्ने मानिसहरु भएको ठाउँमा धेरैले धर्म निरपेक्षताको विरुद्ध मत जाहेर पनि गर्लान् लौ । तर, धेरैले गलत गरे भने पनि सहि त हुँदैन होला नि । धर्मनिरपेक्षता भन्दा कसरी हिन्दु धर्मको विरोध हुन्छ ? यो जनताको आस्था र भावनासँग खेल्ने काम गर्नु हुँदैन । यदि नेपाललाई पहिलेकै जस्तो कुनै एक धर्म सापेक्ष बनाइयो भने यो मुलुक राज्य त बन्नेछ, जुन विगतमा पनि थियो तर, ‘राष्ट्र’ बन्न सक्दैन । यहि यो देशलाई साँच्चिकै राष्ट्र बनाउने हो भने धर्मनिरपेक्षताको विकल्प खोज्नु हुँदैन ।
 - See more at: http://www.khabardabali.com/2015/07/30132/#sthash.39vh56L0.dpuf

राष्ट्रिय जनावर गाई नै किन ?

मस्यौदा संविधानमा सुझाव दिने क्रममा जनस्तरबाट धर्मनिरपेक्षता हुनु हुँदैन भनेर सबैभन्दा धेरै सुझाव आएको भन्ने कुरा सार्वजनिक भएलगत्तै संविधानसभाअन्तर्गत राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताबाट देश पछि फर्कन नसक्ने कुरा प्रस्ट पारेका छन् ।
खासमा अहिलेको राजनीतिक परिवर्तनको मुख्य उपलब्धि नै यिनै हुन्, जसले राज्यको एकात्मक ढाँचालाई परिवर्तन गर्नेछ । तर, राजनीतिक वृत्तमा त्यही मुख्य उपलब्धिलाई पङ्गु बनाउने चलखेल सुरु भइरहेको छ । खासगरी यिनै उपलब्धिहरुका विरुद्ध अनेकखाले विभ्रम सिर्जना गरेर विवादित बनाउने र गलत ढंगले अपव्याख्या गरी जनतालाई दिग्भ्रमित पार्ने चाल पनि प्रस्ट देखिइसकेको छ ।
हो, परिवर्तनका पक्षधरहरु यहिँनेर चनाखो हुनुपर्ने देखिन्छ ।
हो, गाईको दूधमा पोषण पाइन्छ । के यत्तिकै आधारमा गाईलाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्छ ? त्यसो त भैंसीले पनि दूध दिन्छ । चौंरीले पनि दिन्छ । बाख्राको दूध झन् पोषिलो हुन्छ । तर गाई नै किन ? किनकि गाई हिन्दू समुदायले पुजिने पशु हो ।
अहिले एकथरी मानिसहरु जो हिन्दु धर्मलाई राजधर्मको रुपमा ग्रहण गर्छन् र नेपाललाई ‘हिन्दू अधिराज्य’ भनाउनमै गर्व गर्छन्, उनीहरु धर्मनिरपेक्षताको विरुद्ध आगो बालेर आफ्नो रोटी सेक्ने कुत्सित चाल चाल्दैछन् । अनि जनमतको नाउँमा जनतालाई धर्मनिरपेक्षताका विरुद्ध उनीहरुको भावनासँग खेलवाड गर्दै सुझाव दिन उत्प्रेरित पनि गरिरहेका छन् ।
हो, यो यथार्थ कुरा हो कि नेपालमा हिन्दू धर्म मान्ने मानिसहरुको संख्या धेरै छ । मूलतः हिजोको राज्य प्रणाली नै हिन्दूधर्म र संस्कृतिमा आधारित राज्य थियो, जसका शासकहरुले यही धर्म र संस्कृतिलाई आफ्नो राजधर्म मानेका थिए । अनि त्यो देशका नागरिकहरुमा पनि त्यही धर्मको प्रभाव पर्नु कुनै ठूलो कुरो होइन ।
हिजोको एकात्मक राज्यसत्ताको धर्म र संस्कृतिले पूर्वतिरका किरातहरु जो प्रकृति पूजक हुन्, जसले पितृ र धर्ती पुजनलाई नै आफ्नो धर्म मान्दछन् उनीहरुको धार्मिक र सांस्कृतिक पहिचानलाई नै निषेध गरियो । उनीहरुलाई जबरजस्त हिन्दू धर्मअनुसारको कर्मकाण्ड थोपरिएको इतिहास हामीसँगै छ । 
भारतले सन् १९७३ मा लोपोन्मुख अवस्थामा पुगेको पाटेबाघलाई राष्ट्रिय जनावर घोषणा गरी संरक्षण अभियान चलाएको थियो । केही वर्षमै लोपोन्मुख अवस्थामा पुगेको बाघको संख्या बढ्यो । हामी पनि नेपालको तराईमा मात्र पाइने एकसिङ्गे गैंडालाई राष्ट्रिय जनावर घोषणा गरी गैंडाको संरक्षणमा लागौं न ।
त्यही हिन्दू धर्मावलम्बीहरुले पुज्ने पशु गाईलाई राष्ट्रिय जनावर घोषणा गरियो । हो, गाईले दूध दिन्छ । गाईको दूधमा पोषण पाइन्छ । के यत्तिकै आधारमा गाईलाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्छ ? त्यसो त भैंसीले पनि दूध दिन्छ । चौंरीले पनि दिन्छ । बाख्राको दूध झन् पोषिलो हुन्छ । तर गाई नै किन ? किनकि गाई हिन्दू समुदायले पुजिने पशु हो ।
खासमा राष्ट्रिय जनावर घोषणाको निहितार्थ हुन्छ, कुनै लोपोन्मुख जन्तुको संरक्षण । भारतले सन् १९७३ मा लोपोन्मुख अवस्थामा पुगेको पाटेबाघ (द रोयल बेङ्गल टाइगर)लाई राष्ट्रिय जनावर घोषणा गरी त्यसको संरक्षण गर्ने अभियान चलाएको थियो । केही वर्षमै सोचेभन्दा राम्रो नतिजा हात लाग्यो । लोपोन्मुख अवस्थामा पुगेको बाघको संख्या बढ्यो । हो, हाम्रो सन्दर्भमा पनि अब कुनै त्यस्तै लोपोन्मुख जनावरलाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्छ र त्यसको संरक्षणमा लाग्नुपर्छ ।
हामी नेपालको तराईका जंगलमा पाइने एकसिङ्गे गैंडा नेपालमा मात्र पाइन्छ भनिरहेका छौं भने त्यसैलाई राष्ट्रिय जनावर घोषणा गरी गैंडाको संरक्षणमा लागौं न । फेरि पछिल्लो समय गैंडाको चोरी शिकारी बढ्दै जाँदा लोपोन्मुख अवस्थामा पुगेको समाचारहरु पनि आइरहेका छन् । नत्र, हिन्दुबाहेक अरु धर्म र संस्कारमा मासुकै लागि प्रयोग गरिने गाई नै किन राष्ट्रिय जनावर ?
त्यसो त नेपाली समाजमै पनि त्यस्ता संस्कृति र परम्परा छन् जहाँ गाई, गोरुको मासु अनिवार्य र महत्वपूर्ण मानिन्छ । तर, ती समुदायका मानिसहरु जसले आफ्नो परम्परागत संस्कारअनुसार गाई–गोरुको मासु खाएको आरोपमा ज्यानमुद्दा लगाएर जेल चलान गरिन्छ, के यो अत्याचार र विभेद होइन ?
राज्यको त्यही अन्यायपूर्ण व्यवहारका कारण उनीहरु आफ्नो संस्कार र संस्कृति निर्धक्क भएर मान्न सक्ने अवस्थाबाट वञ्चितीमा परे । अनि बाध्य भएर त्यही राज्यले थोपरेको धर्म र संस्कारलाई अङ्गिकार गर्न पुगे । के आजको यो परिवर्तित सन्दर्भमा पनि तिनै पुराना बिम्बहरुलाई निरन्तरता दिनु उपयुक्त हुन्छ ?
साँच्चिकै भन्ने हो भने हिजो आर्य, खस जाति र समुदायका मानिसहरुले लगाउने पोशाक नै राष्ट्रिय पहिचान बन्यो, बनाइयो । उनीहरुको भाषा नै राष्ट्रभाषा बन्यो । उनीहरुको धर्म, संस्कार र संस्कृति नै राजकीय र शासकीय धर्म बन्यो । अनि यो वा त्यो रुपमा त्यही धर्म र संस्कृतिलाई देशव्यापी बनाइयो ।
बक्खु, दोचा, भाङ्ग्रा, कछाड, धोती लगाउनेहरुलाई जबरजस्त रुपमा मयलपोस र टोपी भिडाइयो, अनि त्यसैमा राष्ट्रियताको राग अलाप्न सिकाइयो । अनि मानिसहरुलाई त्यसैको सम्बद्र्धन गर्न लगाइयो ।
हिन्दू धर्मको नाउँमा देशव्यापी रुपमा अनेकथरी गुठी अनि धार्मिक संघसंस्थाहरु जन्माइयो । नत्र यो अनेकथरी गुठी, मठमन्दिर इत्यादिलाई परम्पराको नाउँमा होम, जप, हवन, पूजा इत्यादिका लागि राज्यकोषबाट रकम बाँड्ने परम्परा किन बसाइयो ?
यसको पछाडि एउटै मात्र कारण छ, मुलुकलाई सम्पूर्ण रुपले एकात्मक प्रणालीमा लैजानु थियो । हिजो मुलुकलाई नै हिन्दुकरण गरिएको थियो । जसका कारण अन्य धर्म र संस्कृति मान्ने मानिसहरुले आफ्नो पहिचान गुमाउनु पर्‍यो । अहिले ती सबैलाई मान्य हुने गरी निरपेक्षताको कुरा गर्दा एकथरी हिन्दु अतिवादीहरु कोकोहोलो मच्चाइरहेका छन् । उनीहरु कहिले शंख–घण्ट लिएर सडकमा उत्रिएका छन् त कहिले विरोधको नाउँमा पाखण्डीपूर्ण तमासा गरिरहेका छन् ।
वास्तवमा हिजो के थियो होइन, अब के गर्ने ? भन्ने मुख्य प्रश्न हो ।
के गर्दा सजिलो हुन्छ ? के गर्दा सबैको भावना समेट्न सकिन्छ ? के गर्दा सबैलाई अटाउने बनाउन सकिन्छ ? हो, गर्ने चाहिं त्यो हो ।
हिजो के थियो, त्यो मुख्य कुरा होइन ।
हिजोको व्यवस्थाले पुगेको भए, हिजोको राज्यसत्ताले न्याय गरेको भए, हिजोको सत्ताले सबैलाई हक, अधिकार र पहिचान दिएको भए, हिजोको सत्ताले जनतालाई विभेद नगरेको भए कुरा अर्कै हुन्थ्यो ।
तर हिजोको व्यवस्थाले विभेद गर्‍यो । त्यसले अरु धर्म, संस्कृति र समुदायका मानिसलाई विभेद गर्‍यो । त्यसले वर्ग, लिङ्ग, धर्म, क्षेत्र र जातका आधारमा विभेद गर्‍यो । त्यसैले आज नयाँ व्यवस्था गर्नुपरेको हो । नयाँका लागि संघर्ष गर्नुपरेको हो । अनि नयाँ व्यवस्थामा पनि तिनै पुराना विभेदकारी बिब र प्रतीकहरु किन ?
त्यसैले हिजो के थियो होइन, अब के गर्ने हो, त्यो सोच्ने बेला भइसकेको छ । भोलि फेरि ढिला हुनेछ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी किन ?

संविधानको मस्यौदामाथि सुझाव दिने क्रममा जनस्तरबाट उत्साहप्रद ढंगले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाका लागि सुझाव आएको छ । जनताबाट यस्तो प्रकारको सुझाव आएसँगै अहिले संसदीय प्रधानमन्त्रीलाई नै विश्वको उत्कृष्ट व्यवस्था मान्ने मानिसहरुको मुटुको धड्कन तेज हुन थालेको छ । अनि यसले केन्द्रीय राजनीतिमा एक खालको तरंग नै सृजना गरिदिएको छ ।
मुख्य राजनीतिक पार्टीका शीर्ष नेताहरुले पनि संविधानको मस्यौदामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राख्न नसक्नाको कथाव्यथा सुनाउन थालेका छन् । आखिर संविधानको मस्यौदामा शासकीय स्वरुपको विषयमा सुरुदेखि नै मूलतः तीन ठूला दलका तीन थरी विचार थिए ।
एकीकृत माओवादी प्रत्यक्ष निर्वाचित राष्ट्रपति चाहन्थ्यो भने नेपाली कांग्रेस उही संसदीय प्रधानमन्त्रीको निरन्तरता । अनि सुरुमा बीचको बाटो भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा रहेको नेकपा एमाले अन्तिम अवस्थामा आफ्नो चुनावी घोषणापत्रमै उल्लेख भएको विषयमा अडिग रहन सकेन र उसले संसदीय प्रधानमन्त्री स्वीकार गरेपछि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा ओझेलमा पर्न गयो । 
जनताले त उत्तर दिइसकेका छन्, अब संसदीय अभ्यासका चतुरेहरुको घैंटोमा घाम लाग्ने हो वा होइन, त्यो हेर्नुछ । तर, प्रस्ट कुरा के हो भने अब पनि विगतको फोहोरी इतिहासलाई नै निरन्तरता दिने कुरा जनतालाई कदापि स्वीकार्य हुनेछैन ।
खासमा एमाले मात्रै हिजो आफ्नो घोषणा र प्रतिबद्धतामा अडिएको हुन्थ्यो भने कम्तीमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीकै व्यवस्था संविधानको मस्यौदामा पर्ने थियो । तर, यो अवसर खासमा एमालेकै कारण गुम्न गएको हो ।
सर्वप्रथम मुलुकको कस्तो शासकीय स्वरुप निर्धारण गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय जगतमा भएका सफल अनुभव के के छन् ? त्यसैगरी हामीले किन शासकीय स्वरुप परिवर्तन गर्दैछौं ? विगतमा अपनाइएको मोडेल कहा“नेर फेल खायो ? जुन आमूल परिवर्तनसहितको आर्थिक सामाजिक, सांस्कृतिक, राजनीतिक रुपान्तरणको प्रश्न उठेको छ, त्यो किन आवश्यक पर्‍यो ? यस्ता प्रश्नलाई राम्ररी केलाउनु जरुरी छ ।
पुरानो राज्यसंयन्त्रले कहा“नेर कसलाई विभेद गर्‍यो र राज्यसंयन्त्रको परिवर्तन आवश्यक पर्‍यो ? यी र यस्ता प्रश्नको उत्तर नखोजीकन फगत यो वा त्यो शासकीय स्वरुप भनेर कोकोहोलो मच्चाउनु त्यत्ति वस्तुपरक र बुद्धिमता हु“दैन । तर, पुराना संसदवादी राजनीतिक दलहरु यसको ऐतिहासिक आवश्यकता र विगतको राजनीतिक अभ्यासले सिकाएको पाठलाई चटक्कै बिर्सेर आफ्नो सीमित स्वार्थअनुकूल हुने खालको शासकीय स्वरुप अपनाउनुपर्नेमा बखेडाबाजी गर्दैछन् । त्यही कुरालाई जनताले पनि अस्वीकार गरिदिए ।
अहिले हामी संविधान निर्माणकै चरणमा छौं । यस अवस्थामा हरेक निर्णय सोचविचारका साथ गर्नुपर्छ । निश्चय पनि अनेकौं प्रकारका उत्पीडन र विभेदको माखेसाङ्लोमा जिउन विवश र राज्यको मूलप्रवाहबाट गलहत्याइएका जनताको प्रतिनिधित्व हुनेगरी शासकीय स्वरुप निर्धारण गर्न सकिएन र सबैलाई सामाजिक न्याय दिलाउने दिशामा उन्मुख हुन सकिएन भने जस्तोसुकै शासकीय स्वरुप अपनाइए पनि त्यसले नया“ रुपान्तरणतर्फ मुलुकलाई डोर्‍याउन नसक्ने स्पष्टै छ । 
पुराना संसदवादीहरु राष्ट्रपतीय शासन प्रणालीभन्दा पनि त्यो व्यवस्थामा कुनै एक अमूक नेता राष्ट्रपति हुने लघुताभासमा डुबेर यो व्यवस्थाविरुद्ध विषबमन गरिरहेका छन् । यसमा कुनै अमूक व्यक्ति आमजनताबाट राष्ट्रपति चुनिएर आउ“छ भने कसैलाई किन टाउको दुख्नुपर्‍यो । ल्याकत र ताकत भए आफूहरु नै निर्वाचित भएर देखाइदिए भइगयो नि !
फेरि कुनै एउटा शासकीय स्वरुपले सबैकुरा एकैचोटि ठिक गर्छ भन्ने पनि होइन । र, शासकीय स्वरुप आफैमा खराब वा असल हुने पनि होइन । यसमा हामीले विगतमा अपनाएको शासन पद्धतिले सही ढंगले काम गरेको छ कि छैन ? ऐतिहासिक निरन्तरतामा हामी कहाँनेर फेल खायौं ? विगतको इतिहास किन सफल हुन सकेन ? यस्ता प्रश्न विचारणीय छन् । कुनै पनि शासन पद्धति कत्तिको जनअनुमोदित छ, त्यसले परिवर्तनको वेगलाई समात्न सक्यो कि सकेन भन्ने कुराका आधारमा त्यो पद्धति ठिक वा बेठीक हुने हो ।
प्रस्तुत सन्दर्भमा संसदीय व्यवस्थाका पक्षपातीहरुको दुरुह तर्क छ, राष्ट्रपति जनताबाट चुनिने भयो भने त्यो निरंकुश बन्नेछ र उसले अधिनायकवाद लाद्नेछ । तर, जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति निरंकुश हुन्छ भन्नु जनादेशको अपमान गर्नु हो, र जनतालाई विश्वास नगर्नु हो । निश्चय पनि जनताको प्रतिनिधिले चुन्ने कार्यकारीभन्दा जनताको प्रत्यक्ष निर्वाचनबाट चुनिने कार्यकारी बढी जनउत्तरदायी हुनेछ । र, अर्को कुरा जनताको प्रतिनिधि बिक्न सक्छन्, तर जनतालाई नै किन्ने धृष्टता गर्ने आँट कसैमा हुँदैन ।
झण्डै तीन दसकयता ल्याटिन अमेरिकी देशहरुले अपनाएको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीबाट राजनीतिक स्थायित्व प्राप्त गरिएको स्थिति देखिन्छ । उनीहरुले यसलाई स्थायी र प्रभावकारी शासन प्रणालीको रुपमा विकास गर्दै गइरहेका पनि छन् । यही शासकीय पद्धतिबाट उनीहरु राजनीतिक स्थायित्व र आर्थिक समृद्धितर्फ लम्किरहेका छन् । भेनेजुएला, ब्राजिल, पेरु, बोलिभियालगायतका देशले यही पद्धतिमार्फत समृद्ध भविष्यतिरको यात्रा तय गरिरहेका छन् ।
हामीले पनि कुन पद्धति अवलम्बन गर्दा उपयुक्त हुन्छ भन्दैगर्दा एकपटक इतिहासको गम्भीर समीक्षा गर्नु जरुरी छ । २००७ सालको परिवर्तनपश्चात्को इतिहासलाई मात्र फ्ल्यासब्याकमा उतारियो भने यो छ दसकको इतिहासलाई राजनीतिक अस्थिरताको पर्याय मान्न सकिन्छ । यही अवधिमा हामीले उपनिवेशवादी देशहरुले अपनाएको वेष्टमिन्स्टर शैलीको संसदीय शासन पद्धतिको भरपूर अभ्यास ग¥यौं तर, त्यसबाट राजनीतिक अस्थिरता र आर्थिक विषमताबाहेक अरु केही हात परेन ।
अहिले नेपालको राजनीति त्यही विन्दुमा प्रवेश गरेको छ, जुन बेलाको परिस्थितिलाई पुराना संसदवादी दलहरुले हिजो लत्याउ“दा मुलुकमा अर्कै राजनीतिक परिदृष्य हावी हुन पुगेको थियो । आज पनि हिजोका गल्ती र कमजोरीलाई सच्याएर अघि नबढ्ने हो भने सुन्दर भविष्यको संकेतभन्दा कुरुप विगत दोहोरिने प्रबल सम्भावना देखिन्छ ।
पुराना संसदवादीहरु राष्ट्रपतीय शासन प्रणालीभन्दा पनि त्यो व्यवस्थामा कुनै एक अमूक नेता राष्ट्रपति हुने लघुताभासमा डुबेर यो व्यवस्थाविरुद्ध विषबमन गरिरहेका छन् । यसमा कुनै अमूक व्यक्ति आमजनताबाट राष्ट्रपति चुनिएर आउ“छ भने कसैलाई किन टाउको दुख्नुपर्‍यो । ल्याकत र ताकत भए आफूहरु नै निर्वाचित भएर देखाइदिए भइगयो नि !
जनताले त उत्तर दिइसकेका छन्, अब संसदीय अभ्यासका चतुरेहरुको घैंटोमा घाम लाग्ने हो वा होइन, त्यो हेर्नुछ । तर, प्रस्ट कुरा के हो भने अब पनि विगतको फोहोरी इतिहासलाई नै निरन्तरता दिने कुरा जनतालाई कदापि स्वीकार्य हुनेछैन । परिवर्तनको संघारमा रहेको मुलुकले शासकीय स्वरुपमा समेत आमूल परिवर्तन खोजेको छ । त्यसैले सबैभन्दा उत्तम विकल्प प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन नै हो, हुनुपर्छ ।
twitter: @nibartaman
from esamata.com

रामपुर टु वालिङ

एउटा पुरानो गीत सम्झन्छु, 'बुढापाकाहरु भन्थे, हिंडेदेखि छेऊ लाग्छ बसे लेऊ लाग्छ' । हो, हिंड्नु अर्थात् यात्रा गर्नुको अर्थ जीवनलाई गतिशील बनाउनु पनि हो । अनि जीवनलाई सा“च्चिकै बुझ्नु पनि हो । त्यही यात्राकै क्रममा यसपाली पर्ूर्वी पाल्पा रामपुर जाने तय भयो । त्यसो त केही दिन लगातार विदा परेको थियो । नोकरी गर्नेहरुका लागि लगातार आउने विदा निकै उपयोगी हुन्छ । झन् घुमफिर गर्नको लागि त यस्तो विदा निकै उपयोगी हुन्छ । त्यसैले यसपाली पनि यो मौकालाई सदुपयोग गर्ने मनसायले पत्रिकाका सहकर्मी महेश रिजालस“ग कुरा गर्दा उनले रामपुर जाने प्रस्ताव राखे । उनको प्रस्ताव अनुसार नै हामी होलीकै दिन बिहान बुटवलबाट उकालो लाग्यौं । होली, रंङहरुस“ग खेल्ने दिन हो । रंगहरु मन पराउनेहरुका लागि यो दिन असाध्यै रमाइलो हुन्छ, तर रङस“ग नखेल्नेका लागि भने असाध्यै दिक्कलाग्दो । मेरो पनि एकाध होली बाहेक अधिकांश होलीहरु त्यस्तै दिक्कलाग्दो गरी बितेका छन् । यस मानेमा यसपाली कुनै पनि हालतमा होलीलाई घरमै बसेर दिक्क मान्दै बिताउने पक्षमा म छ“दै थिइंन । यर्सथ, पहाडतिरको यात्रा गर्ने निधो गरियो ।


बुटवलबाट मोटरसाइकलमा उकालो लाग्दा सात बजिसकेको थियो । सिद्धबाबाको पहरो क्रस भएर दोभान, झुम्साको नागबेली बाटो हर्ुइंकिंदा बसन्ती हावाको झोंकाले एक खालको रोमाञ्चित बनाएकै थियो । वसन्त ऋतुको आगमनस“गै पहाडतिर उकालो लाग्दा तनस“ग ठोक्किने गुवाली हावाको झोंकाको र्स्पर्शनै मादक हुन्छ । हो, यो बाटो हिंड्दा त्यस्तै अनुभूति भयो । जसै झुम्सा पुगियो, सडकको दाया“बाया“ कल्याङमल्याङ गरिरहेका मानिसको झुण्डतर्फध्यान आकृष्ट भयो । सुरुमा शायद केही घटना पो घटेछ कि झैं पनि लाग्यो । तर, त्यो हल्लाखल्ला त बडो राम्रो कामको लागि पो रहेछ । गाउ“लेहरु पाक्षिक रुपमा सडक सफा गर्नका लागि सडकको छेउछाउ झाडु, कुचो, कोदालो, बेल्चा चलाइरहेका पो देखिए । सा“झपख फोहोरको पोको लिएर बाटोको छेउछाउ, नदी, नहर तथा दोबाटोमा फाल्न हिंड्ने हामी बुटवलबासीहरुले सा“च्चिकै मनन् गर्नुपर्ने दृष्य बुटवलबाट असाध्यै निकट रहेको झुम्साले सिकाइरहेको थियो । तर, खै कति बुटवलबासीले सिके कुन्नि -

झुम्सामै चिया पिउनका लागि हामी रोकियौं र त्यहींकी एकजना दिदीस“ग सोध्दा थाहा लाग्यो झुम्सामा गाउ“लेहरु मिलेर पाक्षिक रुपमा सडक सफा गर्ने गरिएको रहेछ । यदि कोही अनुपस्थित भए पच्चीस रुपैंया जरिवाना गर्ने निर्ण्र्ााभएको रहेछ । त्यसैगरी गाउ“ समूहको बैठकले प्रत्येक घर अगाडि पा“च वटा फूल रोप्ने, सवारी दर्ूघटनालाई न्यूनीकरण गर्नका लागि चालकलाई सवारी साधनको गति कम गर्न लगाउने लगायतका चेतनामूलक काम गरेको रहेछ । घरअगाडि गाडिएको पानीको पाइप बिग्रियो भन्दै एकाबिहानै सडक खनेर खाल्डो पार्ने हाम्रो संस्कार नै हो । यस्तो समाजमा झुम्सावासीको राजमार्ग सफा गर्ने काम सानै भएपनि निकै अनुकरणीय लाग्यो । यहि दृष्य नेपालका सबै ठाउ“ अझ विशेषगरी काठमाण्डूमा दोहोरिए कति जाति हु“दो हो भन्ने कुरा मनन् गर्दै हामी अघि बढ्यौं ।

अबका दृष्यहरु पुरानै रिल चलचित्रको नया“ शोका लागि घुमेझैं घुमिरहे । हामी पनि यस बीचमा त्यति धेरै अलमल नगरी अगाडि बढ्यौं । अनि पाल्पाको आर्यभञ्ज्याङमा चिया खाजाका लागि रोकियौं । केहीबेर थकाई मारेपछि हाम्रो यात्रा आर्यभञ्ज्याङबाट थोरै उकालो हु“दै पर्ूवतर्फलम्पसार परेको बाटोतर्फमोडियो । अबको भूगोल मेरा लागि नितान्त नौलो थियो । एकतर्फी सडक कालोपत्रे गरेको भएपनि ठाउ“ठाउ“मा कालोपत्रे उप्किएर ब्रि्रेको देखिन्थ्यो । पानी बिनाका ससाना खोल्सा खोल्सी, बुट्यान, सालघारी हु“दै अघि बढेको सडक पर्ूर्वी पाल्पाको डा“डैडा“डा खनिएको हु“दा चारैतिरको दृष्यावलोकन राम्रैस“ग हुने रहेछ । एकातिर माडी फा“टको आकर्षा त अर्कोतर्फअन्नपर्ूण्ा, धवलागिरी लगायतका हिम श्रृंखलाहरुको ता“ती, पाल्पाको सुन्दरता अनुपम देखिन्थ्यो । तथापि मध्यान्हको समय भएर होला शायद सेता हिमालले आफूलाई बादलुको घुम्टोभित्र ओढाउन हतार हतार गरेको भान हुन्थ्यो ।

खिलराज रेग्मीले सरकार चलाउ“दा यही फा“ट वरिपरी चक्रपथ बनाउने योजना ल्याएका थिए । रेग्मी सरकारको हचुवाको भरमा खेतीयोग्य भूमिमा सहर बसाउने यस्ता योजनाले नेपालभर अव्यवस्थित सहरिकरण र खेतीयोग्य भूमिको नास एकैसाथ भएको देखिन्छ । गाउ“गाउ“का खेतीयोग्य जमीन समथर मैदान, फा“ट र नदी तथा खोलाका छेउछाउ जतासुकै खेतीयोग्य भूमिमा मानवबस्ती बढिरहेका छन् । वास्तवमा अहिलेसम्म मुलुकमा भूमिको उपयोगितासम्बन्धी नीति लागू हुन सकेको छैन । अनि कस्तो जमिनमा बस्ती बसाउने र कहा“ खेती गर्ने भन्ने कुरा मुख्य रुपमा खडि्कएको छ । यसले गर्दा एकातर्फअव्यवस्थित सहरीकरण बढ्दै गएको छ भने अर्कोतर्फमुलुकभरका उत्पादनमूलक भूमिहरुमा घरघडेरी निर्माण भइरहेका छन् । यो प्रक्रिया झन् पछिल्लो चरणमा सरकारको गाउ“गाउ“लाई नगरपालीका घोषणा गरेस“गै बढिरहेको छ । यदि यहि गतिमा अव्यवस्थित सहरीकरण र खेतीयोग्य भूमिको विनास बढ्दै जाने हो भने त्यसले निकै ठूलो खाद्यान्न संकट उत्पन्न गर्ने संभावना रहन्छ ।

रामपुर बजार पुग्दा त्यस्तै मध्यान्हको १२ बजेको हु“दो हो । मध्यान्हको घाम पारिलो थियो । तथापि वसन्तमा बहने मध्यान्हको सिरसिरे वैसालु वतासले रामपुरलाई निकै मुग्ध बनाएको भान हुन्थ्यो । रामपुरको भूगोल, रहनसहन तथा त्यहा“का संभावनाहरुको बारेमा यसै दैनिकका समाचारदाता सीता डोटेलले बेलिबिस्तार लगाइन् । रामपुरमा खाना खाइसकेपछि केहीबेर व्यवसायिक छलफल पनि भयो र रामपुर बजारलाई एकफन्को मारियो पनि । कालीगण्डकीको तिरमा रहेको रामपुर फा“ट उब्जाउको दृष्टिले निकै उर्वर रहेछ । २२ किलोमिटरको नहरबाट सिंचित हुने रामपुर फा“ट उब्जाउको हिसाबले अब्बल रहेछ । तर यहा“को भूमिमा पनि अब धान, मकै, आलु होइन छड, सिमेन्ट र बालुवाले बनेका घरहरु फल्न थालेका छन् । कालीगण्डकी नदीको दुवैतिर रहेका रामपुर फा“ट र पारीपट्ट िस्याङ्जाको चापकोट नगरपालीका घोषणा भएस“गै त्यहा“को उर्वर भूमिमा आवादी बढ्ने क्रम झन् तीव्र देखियो । तथापि त्यहा“को प्रशासनीक दुःख आफ्नै छ । त्यहा“का नागरिकहरु प्रशासनिक काम गर्नका लागि पाल्पाको तानसेन र स्याङ्जाको पुतलीबजार आउनु पर्दा यहा“को भौगोलिक विभाजन अनि नमिलेको जस्तो देखिन्छ । अहिले मुलुकमा संघीय राज्य निर्माणको विषयमा बहस चल्दैछ । संघीताको कुरा गर्दैगर्दा कतिपय मानिसहरु सिंगो जिल्ला, अञ्चल, विकासक्षेत्रलाई टुक्र्याउनु हु“दैन भनेर तर्क गरिरहेका छन् । अझ लुम्बिनी अञ्चलको हकमा त यो अञ्चललाई एउटै प्रदेश बनाउनुपर्ने र लुम्बिनीलाई त्यसको केन्द्र बनाउनुपर्ने कुरा पनि गरिहेका छन् ।


रामपुर पुगेपछि एउटा प्रश्न जन्मियो के रामपुरका मानिसहरुलाई प्रशासनिक कामको लागि लुम्बिनी वा बुटवल झर्नुपर्दा त्यो कुन दृष्टिकोणबाट सहज हुनेछ - अनि अखण्ड जिल्ला, अञ्चल तथा विकासक्ष्ँेत्रको कुरा गर्नेहरुलाई एकपटक गाउ“गाउ“ डुलाउनर्ुपर्छ, तब थाहा लाग्नेछ प्रदेशहरु बनाउ“दा जिल्ला/अञ्चल विभाजन गर्नुपर्छ कि पर्दैन भन्ने कुरा । हो, संघीयतामा प्रदेशहरु बनाउ“दा नै हो भौगोलिक विभाजन गर्ने र भौगोलिक रुपमा नमिलेका जिल्लाहरुको भूगोल मिलाउने, अपायक पर्ने ठाउ“हरुलाई साबिकका जिल्लाबाट हटाएर अर्कैमा गाभ्ने । चार जिल्लाको सीमाना रामपुरको समग्र विकास र चारै जिल्लाको भौगोलिक दूरीका हिसाबले पनि यस क्षेत्रलाई केन्द्र बनाएर ती जिल्लाहरुको भूगोल मिलाउनुपर्ने लाग्यो । खैर यो राजनैतिक विभाजनको कुरा रह्यो । तथापि रामपुर र चापाकोटलाई केन्द्र बनाएर यसवरीपरीको पाल्पा, नवलपरासी, तनहु“ र स्याङ्जा जिल्लाका केही भागहरु मिलाएर भौगोलिक विभाजन गर्नु उपयुक्त हुने देखिन्छ ।

सा“झको पा“च बजे हामी रामपुरबाट वालिङ स्याङ्जाका लागि हिंड्यौं । झोलुङ्गे पुलबाट कालीगण्डकी तरेर हामी चापाकोटको फा“टैफा“ट अघि बढ्दा रामपुर र चापाकोट भौगोलिक रुपमा फरकफरक जिल्ला भए तापनि यहा“को वस्तुस्थिति र भूगोल अनि उब्जनीको हिसाबले दुवै समान देखिए । त्यहीं थाहा भयो कि यो केही किलोमिटरको दूरीको कालीगण्डकीमा पा“चवटा पक्की पुल बन्दैछन् । केही किलोमिटरको दुरीमा रहेका दर्ुइ बजार जोड्नका लागि कालीगण्डकीमा पा“च/पा“च वटा पुल किन चाहियो - बरु पा“चवटा पुल बनाउने बजेटले त्यहा“को सडकस्तरोन्नति गर्दा उपयुक्त हुने देखिन्छ । तथापि राजनीतिक लबिङका कारण विकासको नाउ“मा अनावश्यक खर्च हो जस्तो लाग्छ । हामीले देशैभरीको स्थिति हर्ेर्ने हो भने सडक र पुल जताततै बनिरहेका छन् । हो, सडक र पुलले विकास र प्रगतिलाई जोड्ने काम गर्छ । तर, विकासको नाउ“मा थोरै थोरै पैसा र्छर्नुभन्दा साझा आवश्यकतालाई ध्यानमा दिएर दीगो विकासको अवधारणा अनुरुप एउटै सडक या पुललाई व्यववस्थित र गुणस्तरीय बनाउदा राम्रो हुने हो । तर, अहिले नेपालको विकास यस्तै छ, टुक्रे खुद्रे विकास, जहा“ बाटाहरु प्रशस्त बन्छन् तर सबै वषर्ायामको पानीले बगाएर लैजान्छ र फेरि हिउ“दमा उत्तिकै बजेट खर्चगरी पुनःनिर्माण गर्नुपर्छ ।

चापाकोटबाट उकालो लाग्दा सा“झको गोधुली सा“झ भइसकेको थियो । पहाडी कच्चीबाटो भइकन पनि यो त्यत्ति अफ्ठेरो भने थिएन । केही दिन अघि परेको पानीले बाटोको धुलो सबै बगाएकोले बाटो सफा थियो । डा“डाका“डा, उकालो, चौतारी, बुट्यान, वन, खोल्साखोल्सी हु“दै हाम्रो यात्रा निरन्तर अघि बढ्दै गयो । चापाकोट नगरपालीकाकै उचाइमा रहेको धुरकोट, ठा“टीमा पुग्दा पश्चिममा डुब्नै लागेको रातो घामले छरेको लालीमाले पश्चिम पहाडै राताम्य बनाएको देखियो । केहीबेर हामी पनि त्यसदिनको डुब्दो घामलाई विदाई गर्न रोकियौं । सर्ूयास्तको दृष्यावलोकनका लागि यो स्थान पनि निकै उपयुक्त लाग्यो । हुन त नेपाल डा“डाका“डाबाटै बनेको देश भएकोले यस्ता भूगोलहरु जताततै छन् । तर, हामीले यस्ता क्षेत्रहरुको उचित सर्ंवर्द्धन र विकास गर्न सकेको खण्डमा पर्यटकीय गन्तब्यको लागि नेपाल विश्वकै नमूना बन्ने कुरामा कुनै विमती छैन ।


यात्रा अघि बढ्यो । फेरि तीनै डा“डाका“डा, घुम्ती, मोड, खोल्साखोल्सी नया“ परिवेश र भूगोलमा दोहोरिरहेका थिए । जगतभञ्ज्याङमा आइपुग्दा झमक्कै सा“झ परिसकेको थियो । अब भने आरालो हर्ुइंकिनु थियो । जसै ओरालो लागियो बाटो बिग्रिएर उबडखाबड भएको रहेछ । त्यही बाटो हु“दै वालिङ आइपुग्दा सा“झको सात बजिसकेको थियो । सा“झ केहीबेर स्याङ्जा प्रतिनिधि गोपाल जीटीले त्यहीं बस्ने व्यवस्था गरे । अनि चापाकोटका अर्का मित्र कृष्ण देवकोटास“ग पनि त्यहीं भेट भयो । त्यस रात त्यहीं वालिङमै बिताइयो । भोलिपल्ट बिहान स्थानीय समाचारदाता गोपाल जीटी तथा सञ्चारकर्मी मुक्ति न्यौपाने र बुटवलकै एक वित्तीय संस्थामा काम गर्ने मित्र गोविन्द अधिकारीस“ग भेट भयो । गोविन्दजीको घर नै वालिङ भएको हु“दा संयोगवश उनी त्यतिबेला घर आएका रहेछन र त्यहीं भेट भयो । अब हामी स“गस“गै वालिङ बजारलाई सरर्सर्ती अवलोकन गर्नतिर लाग्यौं । जसक्रममा गोविन्दजीले समग्र वालिङ बजारको संक्षिप्त इतिहासदेखि यसका संभावनाहरुको पनि चर्चा गरे । वालिङ जसरी कृषि उत्पादनका लागि उर्वर मानिन्छ, त्यसैगरी यसको ऐतिहासिक, धार्मिक पृष्ठभूमि पनि आफ्नै खालको छ ।


वालिङबाट उत्तरतर्फकरिब १०/१२ किलोमिटरको दुरीमा रहेको स्वरेक गाविसमा अवस्थित स्वरेक मैदानबाट उडान गरिने प्याराग्लाईडिङ्ग पनि वालिङको नया“ पर्यटकीय आकर्षा रहेछ । त्यसैगरी कृषि उत्पादनको लागि उर्वर देखिने आ“धीखोलाका फा“टहरुलाई अन्नको भण्डारको रुपमा तथा वन पैदावारस“ग सम्बन्धित उद्योगहरुको विकास गर्न सके सा“च्चिकै स्याङ्जा सुन्दर मात्र होइन समृद्ध पनि हुने देखिन्छ । प्राकृतिक रुपमा सुन्दर स्याङ्जा र स्याङ्जाको समृद्धिको रुपमा वालिङको विकास तीव्र रुपमा अघि बढेको बुझियो । वालिङमै पनि आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि अत्याधुनिक सुविधासम्पन्न होटलहरु खोल्नेक्रम जारी रहेछ । स्तरीय तथा सुविधायुक्त होटलहरुले पर्यटकीय विकासमा निकै महत्वपर्ूण्ा भूमिका निर्वाह गरेका हुन्छन् । त्यसै क्रममा त्यहींका एक स्थानीय होटल व्यवसायी शिव पराजुलीले स्तरीय होटल भेनस सञ्चालनमा ल्याएका रहेछन् । हामीलाई पनि मित्र गोपालजीले त्यही होटलमा राखेका थिए । बिहानको खाना त्यहीं खाएर वालिङलाई विदाई गर्दा त्यस्तै मध्यान्हको एक बजेको थियो ।

मनिकर कार्की 'निवर्तमान'

Published at: Dainikpatra Daily, Saturday, Chaitra 7, 2071

कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...