बुटवल आगमन र लेखनयात्रा

अनुभूति
२०६३ सालको माघतिरको कुरा हो । भर्खरै स्नातक सकेर स्नातकोत्तर तह अध्ययनको तयारी चल्दै थियो । राजधानीमा तत्कालीन नेकपा माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धको जगमा सम्पन्न २०६२।६३ को राजनीतिक परिवर्तनको सरगर्मी ताजै थियो । म त्यसै राजनीतिक परिवर्तनको सेरोफेरोमा भर्खरै स्नातक अध्ययन सकेको अनि राजनीतिप्रति चाख राख्ने केटो नै थिएँ । अनि आन्दोलनको वरिपरीबाट नजानिंदो तरिकाले राजनीतितिर आकर्षित हुँदै पनि थिएँ ।
अचानक बुटवलको एउटा वित्तीय संस्थामा काम गर्ने अवसर आयो । बुटवल आउनु अघि केही साथीभाइ तथा अन्य इष्टमित्रहरुसँग सामान्य सल्लाह गर्दा कतिपय साथीहरुले बुटवल आउने कुरालाई ‘उल्टो यात्रा’को संज्ञा पनि दिए । शायद जुन बेला म बुटवल आउँदै थिएँ, त्यो बेला काठमाण्डू जानुपर्ने बेला थियो, उमेर र अवसरका कारण । नढाँटी भन्नुपर्दा ०६३ सालसम्म थानकोटको नाका काटेर काठमाण्डूबाट पश्चिम टेकेको पनि थिइंन मैले । जन्म रामेछापको भए पनि २०५० सालदेखि नै काठमाण्डूको बसाई थियो ।
अनि नजिकको सहरै काठमाण्डू भएपछि हामीलाई अन्यत्र जानुपर्ने बाध्यता पनि थिएन शायद । गए उही मधेशतिर हो । एक प्रकारले भन्ने हो भने काठमाण्डू बाहिर बस्ने र त्यहाँको वातावरण अनि समाजसँग प्रत्यक्ष संवाद गर्दै जीवनमा केही नयाँ सिक्न सधैं लालायित हुन्थें म । शायद मलाई काठमाण्डू छाड्न यो उपयुक्त मौका हुनसक्छ भनेरै मैले कतिपय आफन्त र इष्टमित्रहरुको सल्लाह विपरित नै मैले बुटवल आउने निश्चय गरेँ ।

हो, २०६३ मा बुटवलको लागि केन्द्रीय राजधानी छाड्दा अलिकति खिन्नता पनि भएकै हो । कतै साँच्चिकै उल्टो बाटो त हिंडिएन भन्ने पनि लागेकै हो । तर, अहिले आएर महशुस हुन्छ वास्तवमा साँच्चिकै यो देशको भूगोल र यहाँको सामाजिक विविधतासँग प्रत्यक्ष अन्तरक्रिया गर्न रुचि राख्ने मेरालागि काठमाण्डू छाड्ने निर्णय साँच्चिकै सहि रहेछ । यो त भयो बुटवल आगमनको संक्षिप्त पाटो ।
अब लेखनको संक्षिप्त पाटोतिर जाने अनुमति चाहन्छु । देश त्यो बेला पनि संक्रमणको उत्कर्षमै थियो । माओवादी नेतृत्व भर्खरैमात्र सार्वजनिक भएको थियो । उनीहरुको हर कुरा अनुकरणीय लाग्दथे । अनि मुलुकमा संविधानसभाको चुनावको कुरा चल्दै थियो तर, चुनावको मिति पटकपटक सरेको थियो । अनि क्रमिक रुपमा हक, अधिकार र पहिचानका आवाजहरु मुखरित हुँदैथिए ।  अझ साँच्चिकै भन्दा देश पूरै माओवादीमय बनेको थियो, त्यो बेला । स्वभावैले माओवादीबाट सबैले निकै ठूलो अपेक्षा पनि गरेका थिए । माओवादीले साँच्चिकै परिवर्तन र समृद्धिका एजेण्डा बोकेको थियो । अनि सँगै धेरैको आशाको भारी पनि ।
‘गाउँबाट सहर फेर्न आएकाहरु’ भनेर माओवादी नेताहरुको प्रशंसाका पुलिन्दा रोज अखबारी लेखनका विषय जो बन्थे । युद्धका गाथा र लडाईं मोर्चाका कथाहरुले अखबारका पाना रंगीन हुन्थे । म पनि युवावस्थामा प्रवेश गरेको जोशिलो युवा थिएँ । पक्कै पनि राता र ताता कुराले असर नगर्ने कुरै भएन । अनि त माओवादीले उठाएका परिवर्तन र समृद्धिका नाराले आकर्षित गर्ने नै भए । मेरा समकक्षी सबै जसो साथीहरु हामी माओवादीले अब साँच्चिकै केही गर्छ भनेरै आकर्षित भएका थियौं । शायद हामी मात्र होइन जनताको ठूलो पंक्ति माओवादीप्रति त्यसैगरी आकर्षित भएको थियो । यसै पृष्ठभूमिमा बुटवल आगमनसँगै मेरो बिल्कुल नयाँ अध्याय सुरु भयो, लेखनयात्रा ।
त्यसो त पहिलोपटक २०६२।०६३ सालको आन्दोलनकै वरिपरी आफ्नै नाममा काठमाण्डूबाट प्रकाशित हुने दैनिक पत्रिकामा पाठकपत्र छापिंदा खुसीले तिनहात माथि उफ्रिएको थिएँ । बुटवलमा पहिलोपटक मेचीकाली दैनिकमा पाठकपत्रकै रुपमा पहिलो लेख छापिंदा गर्वले छाती चौडा भएको थियो । हो, बुटवलमा लेखन यात्राको सुरुवातको साथी मेचीकाली दैनिक भएको थियो । सुरुसुरुमा पत्रिकामा आफ्नो नाम आओस् भन्नकै लागि लेख्न सुरु गरियो । जब लेख्दै गइयो, क्रमशः यो एक प्रकारको नशा जस्तै हुँदो रहेछ । नलेख्दा के के न छुटे जस्तो । कसैले किन नलेखेको भनेर सोधिहाल्छ कि भनेजस्तो । आखिर मनको लड्डुन हो जति खाए पनि नसकिने ! लेख्दै जाँदा मेचीकालीपछि तत्कालीन बुटवल टुडेका सम्पादक वसन्त पोखरेलसँग भेट भयो र उहाँले बुटवल टुडेमा लेख्न आग्रह गर्नुभयो । उहाँकै आग्रह अनुसार मेरा लेखहरु बुटवल टुडेबाट प्रकाशित हुन थाले ।
अनि बरा यो लेख्नेहरुका लागि कसैले पढें भनिदियो भने असाध्यै खुसी लाग्ने रहेछ । मलाई पनि सुरुसुरुमा त्यस्तै हुन्थ्यो । अहिले आएर कतै मान्छेले त्यत्तिकै पढें भन्दा रहेछन् कि जस्तो पनि लाग्छ । जेहोस्, बुटवलमा मलाई परिचय दिलाउने साधन भने मिडिया नै बन्यो । बुटवल टुडे स्तरोन्नति हुँदै जब दैनिकपत्र बन्यो, त्यसपछि काठमाण्डूमा पनि आफ्ना लेखहरु पढेको कुरा कतिपय त्यहाँका साथीहरुले भन्न थाले । अनि त के चाहियो ? लेखन भन्ने कुरा संसारकै ठूलो कुरा रहेछ जस्तो पो लाग्न थाल्यो त । आखिर भ्यागुताले पनि कुवालाई नै संसार ठान्ने न हो, उसलाई संसार ठूलो होस् कि सानो के चासो ? अनि त्यसको ज्ञान नै किन चाहियो र ? लेखक भएर चिनिंदा त आफू पनि विशिष्ट नै भइयो कि जस्तो पो लाग्ने । बरा, केटौले उमेरको लघुबुद्धि न हो ।
०६८ सालसम्म लेखनसँगै वित्तीय संस्थाको जागिर पनि यथाथत थियो । वित्तीय संस्थाले कहिल्यै पनि मेरो लेखनप्रति टिप्पणी गरेन । वित्तीय संस्थाका सहकर्मी साथीहरुले पनि लेखनको सराहना नै गरे । यसले लेख्नका लागि ऊर्जा प्राप्त भइनैरह्यो । अनि लेख्ने क्रममा संस्थागत रुपमा पनि सहयोग नै प्राप्त भइरह्यो । तर, आफूलाई कता कता वित्तीय संस्थामा बसेर लेखनलाई स्वतन्त्र ढंगले लैजान नसकिने कुराले छोइनैरह्यो र हठात् वित्तीय संस्थाको जागिर छाडें, स्वतन्त्र भएर लेख्नकै लागि ! लौ फेरि अर्को जोशिलो केटौले बुद्धि ।
झण्डै दुई वर्ष जति केही नयाँ सृजन ागर्न सकिन्छ कि भनेर यताउता डुलिहिंडे । तर, भनेजस्तो सहज भएन । जसै जागरि छाडियो, आर्थिक दुर्दिन पनि सँगै सुरु हुन थाले । अब भने आर्थिक परिस्थिति पनि प्रतिकूल हुने छाँट देखिएपछि अध्यापन सुरु भयो । अध्यापनले जिविका धान्न सजिलो भयो र अन्य समय लेखनमै बित्यो । यसै क्रममा अचानक दैनिकपत्रसँग औपचारिक रुपमा आवद्ध हुने प्रस्ताव आयो । त्यसले मिडिया व्यवस्थापनको विषयमा पनि प्रयोगात्मक ज्ञान हासिल हुने र स्वतन्त्र रुपमा आफ्नो लेखनलाई पनि अझ अगाडि बढाउनलसकिने ठानेर बुटवल मिडियाकोे प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हाल्न पुगें ।
त्यसयता बुटवल मिडियाले संस्थागत विकास गर्ने क्रममा पत्रिका मर्जरको सफल प्रयोग पनि गर्यो । शायद पत्रिकाहरुबीचको एकीकरणको विषय नेपाली पत्रकारिताकै इतिहासमा एउटा नयाँ प्रयोग हुन गयो । त्यसयता यो प्रकाशन गृहबाट दैनिकपत्र दैनिक, जनसंघर्ष साप्ताहिक र स्वाधीन मासिकको प्रकाशन भइरहेको छ । यसमा मासिकको प्रकाशन नियमित हुन नसके पनि दैनिक र साप्ताहिक भने नियमित रुपमा प्रकाशित भइरहेका छन् । दैनिकपत्रसँग प्रत्यक्ष आवद्ध भएसँगै मैले पत्रकारिता र मिडिया व्यवस्थापनका अन्तरवस्तुहरुको बारेमा प्रयोगात्मक ज्ञान हासिल गर्न सफल भएँ । साथै यो अवधिमा मैले आफ्नो लेखनलाई पनि स्वतन्त्र र निर्भिक ढंगबाट अघि बढाउन सकें ।
शायद यो नै मेरो लेखनयात्राको उपलब्धिमूलक पक्ष पनि हो जस्तो लाग्छ । प्रकाशन गृहका अध्यक्ष, संचालक, प्रधान सम्पादक, वरिष्ठ सम्पादक, सम्पादक, पत्रकार तथा कर्मचारीहरुबाट लेखनकै क्रममा पनि निरन्तर हौसला पाइनैरहें, जसले मलाई असीम ऊर्जा प्राप्त भएको अनुभूति भएको छ । आज यो पंक्ति तयार गर्दैगर्दा यो अखबारले ११ औं वर्ष पार गरी १२ औं वर्ष प्रवेश गर्दै छ । यसको उमेरको आधाभन्दा बढी समयदेखि म पनि कुनै न कुनै रुपमा यो पत्रिकासँग जोडिएको छु र आज मेरो लेखनलाई यही अखबारले तिखार्ने काम गर्यो भन्दा निकै गर्व लागेको छ ।
वित्तीय संस्थाको जागिर छाडेर मिडियातिर लाग्ने थोरै व्यक्तिहरु मध्ये म पनि एक थिएँ शायद । मलाई मिडियातिर आकर्षिक गरेको मेरो लेखनले नै हो । र,  मिडियामा प्रत्यक्ष रुपले कार्यकारी भूमिकामा संलग्न भएको ३ वर्ष बित्दै गर्दा अब म फेरि नयाँ भूमिकामा देखिँदै छु । सबैभन्दा ठूलो कुरा समय नै रहेछ । र, समयले कहिलेकाहीं फरक भूमिकाको खोजी पनि गर्ने रहेछ । जेहोस् म आगामी दिनहरुमा जुनसुकै भूमिका र जिम्मेवारीमा रहे तापनि विगतमा जस्तै मेरो लेखन यात्रा निरन्तर जारी रहनेछ । किनकि यो नामसँगको सम्बन्ध स्थापित गर्ने लेखन नै हो र त्यसको माध्यम मिडिया नै हो । ११ औं वार्षित्कोषवको अवसरमा दैनिकपत्रलाई शुभकामना ।

मनिकर कार्की निवर्तमान
२०७२, मंसीर ११ गते दैनिपत्रमा प्रकाशित

समाजलाई प्रश्न ?

प्रसंग सुरु गरौं बाल्यकालको स्मरणबाट । सानोमा विद्यालयमा पढ्दा कहिलेकाहीं शिक्षकले पढाउ“दै गर्दा नबुझेका कुरा सोध्ने गरिन्थ्यो । यसरी प्रश्न गर्दा शिक्षकले 'जान्ने हुन्छस् -' भनेर गाली गर्दथे । त्यसैगरी घरमै पनि कति कुराहरुको बारेमा प्रश्न सोध्दा 'यो किन भर्ुइंमा न भांडामा भाको -' भनेर गाली गर्थे । अनि समाजका ठूलाबढाहरुलाई त कसैले प्रश्न सोध्ने कुरै भएन । ती यसै पनि र्सवज्ञाता हुने भइगए । यसै पनि हाम्रो नेपाली समाज सामन्ती समाजै हो । सामन्ती संस्कारमा 'ठूलाले जे गर्यो हुन्छ त्यो र्सव सम्मत' कै भाखा गाउने गरिन्छ । आखिर हामी पनि त्यही समाजका उत्पादन न हौं, त्यही चिन्तन, संस्कार र संस्कृतिको प्रशारण असामान्य होइन ।


हो, त्यसैको विरासत हामी आज पनि धानिरहेका छौं । केटाकेटीहरुलाई सानैदेखि 'ज्ञानी' हुनर्ुपर्छ भनेर सिकाउंछौं । यहां ज्ञानीको मतलब आज्ञाकारी हो । केटाकेटीहरुले ठूलाबडाको आज्ञा शिरोधार्य गर्नुपर्छ, बस् । कहिं कतै प्रश्न उठाउनु हुंदैन । यदि प्रश्न सोधे त्यो सोमत नभएको कहलिन्छ । झन् हाम्रो परम्परा र संस्कारको कुरा गर्दा त प्रश्न उठाउने कुनै गुञ्जायसै रहंदैन । यर्सथ, नेपाली समाजमा प्रश्न सोध्नुलाई सहज मानिंदैन । तथापि अहिलेका केटाकेटीहरुले कुनै न कुनै रुपमा प्रश्नहरु सोध्न थालेका छन् । दैनिक जीवनमा भोग्नुपर्ने अनेक घटनाहरुमा जिज्ञासा राख्न थालेका छन् । कतिपय त्यस्ता केटाकेटीहरुलाई अझ पनि हामी अनुशासन र नैतिकताको नाउ“मा प्रश्न सोध्नबाट बञ्जीत गरिरहेका छौं, जानेर वा नजानेरै पनि ।

टेलिभिजनमा बीबीसी मिडिया एक्सनले तयार पार्ने साझासवाल कार्यक्रमको एउटा विज्ञापन बज्छ । 'म मधेशी, म महिला, म शर्ेपा, म तामाङ, म बोटे, म ...., तर म प्रश्न सोध्न सक्छु' । यो विज्ञापनले बोकेको सन्देशले मलाई जहिल्यै पनि विभोर पार्ने गरेको छ । यसको अर्न्तर्यमा प्रश्न सोध्नर्ुपर्छ र प्रश्न सोध्न सक्छु भन्ने जुन भाव छ, समाजका लागि यो नै एउटा सशक्त सांस्कृतिक एजेण्डा हो भन्ने लाग्छ । हो, हामीले प्रश्न सोध्नै पर्छ कि आज यो नेपाली समाज कता गइरहेको छ - किन यो अत्यन्तै पर्ूवाग्रही बन्दैछ - किन समाजले बहुलतालाई स्वीकार गर्न सकिरहेको छैन - किन यो एकात्मक धारमै अघि बढ्न खोज्छ - किन सामाजिक मूल्य मान्यताहरु एकांकी लाग्छन् - अनि किन सामाजिक सम्बन्धहरु तनावपर्ूण्ा बन्दैछन् - किन अर्काको हक, अधिकार र पहिचानको कुरामा हामीलाई रिस उठ्छ - किन हामी सहिष्णु हुन सकेका छैनौं -

हामीले अवलम्बन गरेका धार्मिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मूल्यमान्यता र अवधारणाहरु कसरी निर्माण भए - अनि ती किन र कसका लागि निर्माण गरिए - अनि त्यस्ता सांस्कृतिक मूल्यहरुको निर्माणमा सत्ताको भूमिका छ कि छैन - के यी मान्यताहरु समाजकै र्घष्ाणबाट पैदा भएका हुन् वा सत्ताले लादेको हो - सत्ताले किन एकात्मक संस्कृति निर्माण गर्यो - अनि इतिहासमा सत्ताले किन अरुको पहिचान खोस्ने काम गर्यो - किन यो मुलुक सा“च्चिकै राष्ट्र बन्न सकेन - किन यो मुलुकले समृद्धि हासिल गर्न सकेन - किन मुलुकले सबैको पहिचानलाई स्वीकार गर्न सकेन - उत्पीडन र आक्रोशको गर्भबाट अहिले यी र यस्ता ज्वलन्त प्रश्नहरु उब्जिएका छन् ।

यसरी उत्पन्न भएका वैकल्पिक प्रश्नहरुले समाजले अवलम्बन गर्दै आएको सनातनी धार्मिक, राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक अवधारणाहरुप्रति तीखो प्रहार गरिरहेका छन् । तर, फेरि पनि त्यही सनातनी अवधारणाका कारण हामीले यी यावत प्रश्नहरुलाई ध्यान दिन सकेका छैनौं । तिनको उत्तर खोज्न चुकेका छौं । यी यावत् प्रश्नहरुलाई यदि आज पनि हामीले नजरअन्दाज गर्यौं भने त्यसले भोलि फेरि अर्को राजनीतिक संर्घष्ाको भट्टी तयार गर्नेछ भन्ने कुरा हामीले महशुस गर्न सकेका छैनौं । यो नै नेपाली समाजको विढंपना हो । र, यो नै सामाजिक असहिष्णुताको कारक हो ।

जहिल्यै पनि समाज चलाउने शासक वर्गले नै हो । सामाजिक नियमहरु निर्माण गर्ने पनि सत्ता र शासक वर्ग नै हुन् । कुनै पनि सामाजिक नियम सत्ताको निर्देशक सिद्धान्तभन्दा अलग हु“दैन । किनकि यो समाज पनि त्यही सत्ताकै रंगले लत्पतिएको हुन्छ । अनि त्यो समाज पनि सत्ताको युनिट हो । सत्ता संचालनको प्रक्रियामा निर्माण गरिएको मेसिनरी हो । यस मानेमा समाजका हामी बुद्धिजीवी र जान्नेसुन्ने पनि बहुमत समाजले के भन्छ त्यसैलाई अंगिकार गरिरहेका हुन्छौं र समाजमा चिजहरु जेजसरी चलिआएका छन्, त्यसलाई बिना कुनै जा“चपड्ताल हामी नतमस्तक भएर स्वीकार गछौर्ं । अहिलेसम्मको हाम्रो नियती यत्ति हो । हामीले ती सामाजिक नियमहरुलाई फर्ेन त के तिनीहरुको सान्दर्भिकताको सवालमा प्रश्न समेत गर्न सकेका छैनौं वा गर्न चाहंदैनौं ।

अहिले मुलुकमा राष्ट्रियताको खुबै चर्चा चलेको छ । अनि राष्ट्रियताको भाष्य -डिस्कोस) मा उही महेन्द्रीय एकात्मकवादी दृष्टिकोण नै दृष्टिगोचर भइरहेको छ र त्यो नै अहिलेको सर्न्दर्भमा अब्बल राष्ट्रियता बनेको छ । तर, हामी यसको नया“ राजनीतिक डिस्कोर्स हुनसक्छ भनेर कल्पना गर्न पनि हिचकिचाइरहेका छौं । आखिर किन - किनकि समाजले हामीलाई राष्ट्रियताको निश्चित परिभाषा दिएको छ । अनि हामी त्यही पारम्परिक परिभाषाको प्यारामिटर भित्रै रहेर भजन गाइरहेका छौं । के महेन्द्रीय राष्ट्रवादमा जनताको अधिकारको कुरा छ - जनताको समृद्धिको कुरा छ - जनताका मौलिक पहिचान, संस्कार, परम्परा, धर्म, संस्कृतिको जगर्ेनाको कुरा छ - मुलुकमा भएका विभिन्न जाति, भाषाभाषि, वर्ग र समुदायका मौलिक पहिचानको संरक्षण छ - जनतालाई अधिकार सम्पन्न मालिक बनाउने विषयवस्तु छ - जनतालाई उत्पीडनको चंगुलबाट मुक्त गराउने योजना छ -

अनि राष्ट्रियता भनेको शासकहरुले जनताका लागि खडा गरिदिएको 'उपमा' मात्रै हो - जसलाई उनीहरुले जीवनभर बोक्नुपर्ने । राष्ट्रियताको परिभाषामा जनता पर्दैनन् - जनताको अधिकार पर्दैन - जनताको समृद्धि पर्दैन - यदि पर्छ भने अहिले नेपाल र नेपालीको डिस्कोर्समा यी विषयहरु किन निषेध गरिए - यर्सथ अबको नेपाली राष्ट्रियता विगतको निरन्तरता होइन । यसमा विभिन्न जाति, भाषा, धर्म, लिंग, वर्ण्र्ााक्षेत्र र समुदायका मानिसहरुले फरकफरक पहिचान झल्किने बहु राष्ट्रियताका विम्बहरुलाई स्वीकार गर्नुपर्छ । तबमात्र यो मुलुक सा“च्चिकै राष्ट्र बन्नेछ ।

झण्डै तीन महिनादेखि मुलुकको दक्षिण तर्राई मधेश तनावपर्ूण्ा अवस्थामा छ । ०७२ साउनको अन्तिमबाट कुनै न कुनै रुपमा पर्ूवदेखि पश्चिमसम्मको समग्र तर्राई मधेश आन्दोलित छ । अनि त्यो आन्दोलनका कारण सारा नेपालीको दैनिकी अत्यन्तै कष्टकर बन्न पुगेको छ । अब धेरैको घरमा चुलो बल्न छाडेको छ । धेरैले आधापेट खानुपर्ने अवस्था सृजना भइसकेको छ । इन्धन अभावको कुरा त एउटा भयो अब अत्यावश्यक पर्ने औषधि र खाद्यान्नको पनि अभाव देखापरिसकेको छ ।

नेपालीहरुको ठूला चाड मानिने दसैं, तिहार अभावमै व्यतीत भयो र तेस्रो ठूलो चाडको मानिने छठ पनि त्यही अभावमै मनाइरका छौं । आखिर किन काठमाण्डूका शासकहरुलाई यो कुरा महशुस भएको छैन - तर्राई मधेशमा चलेको आन्दोलनले प्रधानमन्त्रीको तर्फाट औपचारिक सम्बोधन पाउन पनि तीन महिना कर्ुर्नुपर्ने किन - तर्राई मधेशमा चलेको आन्दोलनको कुरा एउटा पाटो हो भने यही बेला भारतले गरेको नाकाबन्दीले हामी सबैको दैनिकी ठप्प हुन पुगेको छ । यसले नेपाल एक स्वतन्त्र र र्सार्वभौम मुलुकको हैसियतले अन्तर्रर्ााट्रय मञ्चहरुमा पारबहन र व्यापारको सर्न्दर्भमा जेजस्तो अधिकार पाउनुपर्ने हो ती अधिकारहरु कुण्ठीत भएका छन् । यसले पक्कै पनि विश्वकै ठूलो लोकतन्त्र कहलिएको भारत र ठूलो लोकतन्त्रका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको नेपाल दृष्टि उदांगो भएको छ ।

भारतीय रवैयाकै कारण अहिले सिंगो नेपालमा भारतविरोधी र त्यसमाथि पनि मोदी विरोधी जनमत सृजना भइरहेको छ । त्यसो त यी तिनै व्यक्ति हुन् जसले नेपालको व्यवस्थापिका संसदमा भाषण गर्दा नेपालस“ग समदुरीको सम्बन्ध कायम गर्न १७ वर्षछि आफू नेपाल आएको बताएका थिए । उनले नेपाल र नेपालीलाई पीडा हु“दा आफूलाई दुख्ने भाषण गर्दै सबै नेपालीको वाहवाही पाएका थिए । तर, उनको त्यो दुखाई धेरैदिन टिकेन । अहिले भारतले नेपालप्रतिको चासो मात्र होइन यसका विभिन्न पाटाहरुबीचको अन्तरसम्बन्धलाई फरक तरिकाले अध्ययन गर्न बाध्य बनाइदिएको छ । वर्तमानको यो नेपाल भारत सम्बन्धको तनावपर्ूण्ा अवस्थाको सुरुवात किन र कसरी भयो - यस विषयमा पनि हामीले प्रश्न गर्नुपर्ने भएको छ ।

विगतमा हामीले कहिल्यै पनि प्रश्न गरेनौं । गर्न पनि सिकाइएन । किनकि प्रश्न सोध्दा अनावश्यक झमेला हुन्छ । अनावश्यक मथिंगल खियाउनर्ुपर्छ । त्यो लेठो कसले गरोस् - जे चलेको छ, त्यसैलाई ठीक मान्यो बस् । तर, समाज सधैंस्थिर भएर नबस्ने रहेछ । जब गर्भमा रहेको उत्पीडन, विभेद महशुस हुन्छ, तब त्यो आक्रोश र लाभा बनेर बाहिर निस्कने रहेछ । अनि समाजमा प्रश्नहरुको ओइरो लाग्ने गर्छ । अब सबैले एकपटक प्रश्न गर्नुपर्ने बेला आएको छ ।


मनिकर कार्की 'निवर्तमान'

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान” विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परी...