एकल राष्ट्रियताको राग

-मनिकर कार्की 'निवर्तमान'

अहिले जसरी थारु, मधेशी, मगर, लिम्बु, दलित, महिला तथा अन्य सीमान्तकृत समुदायहरु आफ्नो भाषा, धर्म, संस्कार र सांस्कृतिक पहिचानको लागि आन्दोलित छन्, समाजका एकथरी एलिटहरु जर्बजस्त तर्क गर्दैछन्, यस्ता गतिविधिले सामाजिक सद्भाव खलल भयो, अनि त्यसले मुलुकको राष्ट्रियतामाथि नै खतरा आयो भनेर ।

समाजका अति सीमान्तकृत समुदायहरुले राज्यस“ग हक, अधिकार र पहिचान माग गर्दा कसरी राष्ट्रियता खतरामा पर्छ - अनि ती चोक, गल्ली र चियापसलमा हुने राष्ट्रियतासम्बन्धी गफको नेतृत्व तिनै एलिटहरुले गरिरहेका छन् । उनीहरुले चलनचल्तीको 'नेपाली राष्ट्रियता'को बचाउ संरक्षणका लागि अनेक काम गरिरहेका छन् । अनि राज्यबाट वषौर्ंदेखि उत्पीडित र सीमान्तकृत समुदायले आफ्नो अधिकार र पहिचानको कुरा गर्दा 'सबैभन्दा पहिले हाम्रो नेपाल र हामी नेपाली' को मनोवैज्ञानिक हतियार उचालिहाल्छन् ।

अह“ इतिहासमा हामी नेपालीको डिस्कोर्स कसरी निर्माण भयो भन्ने कुरा खोतल्ने लेठो गर्दैनन् । अनि भन्छन्, 'सयौं थुंगा फूलका हामी नेपाली' । ती अझै पनि त्यही पारम्परिक राष्ट्रियताको हेजिमोनी सृजना गरिरहेका छन् । अह“ 'सयौं थरी' फूलको मालाले मात्र सबैको अस्तित्व स्वीकार गर्छ भन्ने सोच्दैनन् ।


उनीहरुको जिरह यो पनि छ, कि मुलुकको राष्ट्रियता एउटै हुन्छ । अनि एउटा तप्का यही समाजमा छ, जो राष्ट्रियताको सवालमा उग्र राष्ट्रवादी बन्दै दक्षिणतर्फफर्केर जहिल्यै औंला ठड्याउने गर्दछ । उसले इतिहास -आधुनिक नेपाल राज्यको निर्माण) देखि अहिलेसम्म दक्षिणतर्फो वर्तमान नेपालको भूमिको रक्षा कसले गर्यो - सीमावर्ती क्षेत्रमा भइरहने ज्यादती कसले सहिरहेको छ - त्यसको खोजी गर्दैनन् ।

तर, समाज सधैंस्थिर भएर नबस्ने रहेछ । जब गर्भमा रहेको उत्पीडन, विभेद महशुस हुन्छ, तब त्यो आक्रोश र लाभा बनेर बाहिर निस्कने रहेछ । अनि जब भोका र नांगाहरु जाग्न थाल्नेछन् कवि गोपाल प्रसाद रिमालले भनेझैं 'मरे भनी फालिएका जुरुजुरु उठ्ने' रहेछन् ।

हो, अहिले नेपालको दक्षिण समथर तर्राईमा त्यही भइरहेको छ । तर, यसलाई काठमाण्डूको सत्ताले सामान्य मानिरहेको छ । अनि एक महिनामा तीन दर्जन भन्दा बढी मानिसहरुको ज्यान जा“दासमेत काठमाण्डू खाल्डोका शासकहरुको चेत खुलेको छैन । उनीहरु यसरी गुल्जार गर्दैछन् मानौं मुलुकमा केही भएकै छैन । तर्राई, मधेशमा बलेको आगोलाई सहज रुपमा दमकलले निभाउने चेष्टा गर्दैछन् । तर, उनीहरु यो सोच्दैनन् कि आगो तात्कालीक रुपले दमकलले निभाउन त संभव होला, तर आगो किन लाग्यो भन्ने कारण नखोजी चुप बसियो भने त्यो भूसको आगोमा रुपान्तरित हुनेछ ।

सीमान्तकृत समुदायले यो देशका नागरिक हुन पाउ“ भन्दै गरेको आन्दोलन कसरी राष्ट्रियता विरोधी हुन्छ - के नेपालको राष्ट्रियता उही एउटा वर्ग, समुदाय र जातका मानिसहरुले लगाउने लुगा, उनीहरुले बोल्ने भाषा, उनीहरुको पहिरन अनि धर्मस“ग सम्बन्धित मात्रै हो - यदि होइन भने यो देशमा कति राष्ट्रियताहरु छन् - तिनलाई राज्यले खै समान रुपले मान्यता दिएको - अनि ती विभिन्न खाले राष्ट्रियताको संयुक्त स्वरुप नै 'राष्ट्र' हो भन्ने कुरा किन नबुझेको -

त्यसो त नेपाली राष्ट्रियताको कुरा गर्दैगर्दा आधुनिक नेपालका 'राष्ट्र निर्माता' भनिएका पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरुसम्म पुग्नु पर्ने हुन्छ । पृथ्वीनारायण शाहले युद्धमार्फ विभिन्न स्वतन्त्र अस्तित्वमा रहेका राज्यहरुमाथि सैन्य बलबाट बिजयी हासिल गरी गोर्खा साम्राज्यको निर्माण गरे । अनि ती गोर्खा साम्राज्यमा गाभिएका ससाना राज्य, रजौटाहरुलाई त्यही गोर्खाली भाषा, भेष, संस्कार र संस्कृति जर्बजस्त रुपमा अंगिकार गराइयो । गोर्खा साम्राज्यमा गाभिनुपर्ूव उनीहरुको छुट्टै भाषा, भेषभुषा, परम्परा, रितिरिवाज, संस्कृति इत्यादिले निर्माण गरेको छुट्टै राष्ट्रियता विशाल बन्दै गएको गोर्खा साम्राज्यमा अस्वीकृत भयो र कालान्तरमा अहिलेको नेपाली राष्ट्रियताको डिस्कोर्स निर्माण गरियो ।

अनि हामी आज तिनै शासकले निर्माण गरिदिएको एकल राष्ट्रियताको डिस्कोर्सलाई बोकिरहेका छौं । अनि हामीलाई एउटै देशभित्र धेरै राष्ट्रियताहरु हुन्छन् भन्दा ज्रि्रो टोक्नु पर्ने अवस्थामा आइपरेको छ । किनकि हामीलाई हाम्रा इतिहासकारहरुले त्यसरी कहिल्यै सिकाएनन् ।

राष्ट्र र राष्ट्रियता भनेको एउटै कुरा हो, नेपाल राष्ट्र र नेपाली राष्ट्रियता । त्यही लेखियो, त्यही पढियो अनि पढाइयो । अनि कसरी फरक सोच्नु - हामीलाई कहिल्यै भनाइएन राष्ट्रियताहरु बहु हुन्छन् भनेर । कहिल्यै पनि सिकाइएन यो देशका सबै भाषाभाषि, धर्म, जातिका समुदायहरुको आआफ्नो फरक रहनसहन, चालचलन, रितिरिवाज, भाषा, धर्म, संस्कार र संस्कृति छ । अनि समग्रमा त्यसले आफ्नै खालको राष्ट्रियता निर्माण गरेको हुन्छ भन्ने कुरा ।

अनि हामी हामी नेपाली र हाम्रो नेपालको एकल राष्ट्रियताको इतिहासको भारी बोकिरहेका छौं । अहिले थाहा भयो, यो मुलुक देश बनेको छ, तर अझै पनि राष्ट्र बनेको रहेनछ । अह“ हामीलाई हिजो कहिल्यै पनि नेपाल बहुराष्ट्रियता भएको मुलुक हो भन्ने आभास नै भएन ।

हामीले नेपाललाई उनै पृथ्वीनारायणले भनिदिएको 'चार जात र छत्तिस वर्ण्र्ााे फूलबारी' नै घोकेर बस्यौं । तर, त्यो चार जात छत्तिस वर्र्णो व्याख्याले कायम गरेको जातीय विभेद र उत्पीडनभित्रको पीडा सुनेनौं । अनि उनले भनेको छत्तिस वर्ण्र्ाा के अर्थ राखेको छ भनेर आलोचनात्मक दृष्टि पनि राख्न आवश्यक ठानेनौं ।

पृथ्वीनारायण शाहकै कथित दिव्य उपदेशमा उल्लेख गरिएका वाणीहरु र उनले अवलम्बन गरेको एकल राष्ट्रियताको औजारले कतै उनले छत्तिस वर्ण्र्ाानेर नेपाली वर्ण्र्ाालाको छत्तिस वटा अक्षरहरुलाई इंगित गरेका त थिएनन् - तर, इतिहासमा यस्ता कुरा भेटिन्नन् किनकि इतिहास त जित्नेको घोडा न हो । अनि हामीले पनि खोतल्ने चेष्टा गरेनौं ।

एकथरी मानिसहरु आज पनि पञ्चायतकालीन राष्ट्रवादको स्वणिर्म वर्ण्र्ाागर्न पछि पर्दैनन् । नेपालको राजनीतिक इतिहासमा पञ्चायत काल यस्तो कालखण्ड थियो जहा“ खस, आर्य एकल राष्ट्रियताको खुबै व्यापार भयो । यो अवधिमा मुलुकलाई नै एउटै भाषा, भेष, धर्म, संस्कार र संस्कृतिमा ढाल्ने चेष्टा गरियो ।

महेन्द्रले तिनका जिजुबाबुले पनि गर्न नसकेको काम गरेर देखाइदिए । अनि हामी अहिले पनि त्यही महेन्द्रीय राष्ट्रवादको चर्चा गरिरहेका हुन्छौं । के महेन्द्रीय राष्ट्रवादमा जनताको अधिकारको कुरा छ - जनताको समृद्धिको कुरा छ - जनताका मौलिक पहिचान, संस्कार, परम्परा, धर्म, संस्कृतिको जगर्ेनाको कुरा छ - मुलुकमा भएका विभिन्न जाति, भाषाभाषि, वर्ग र समुदायका मौलिक पहिचानको संरक्षण छ - जनतालाई अधिकार सम्पन्न मालिक बनाउने विषयवस्तु छ - अहं छैन । किनकि उनको राष्ट्रवाद दौरा सुरुवाल र टोपीमा आधारित छ । अनि हामी वर्षो एकाधपटक दौरा सुरुवाल र टोपीमा ठा“टिएर गर्व गर्दै भन्छौं, 'यो मन त मेरो नेपाली हो' । बस् राष्ट्रियताको एकथान बलियो झलक प्रस्तुत भइगयो । अनि त आफैं मखलेल । तर, यो मन त मेरो नेपाली होमा रमाउ“दै गर्दा हामीले कहिल्यै पनि आत्मनिर्भरतातिर सोचेनौं । बरु विदेशी रेष्टुरा“हरुमा पिजा, बर्गर अनि वाइन खा“दै गर्दा गाउ“घरको भुटेको मकै, गुन्द्रुकको अचार र मोही मिस गर्यौं, बस् । किनकि यो मन त मेरो नेपाली होलाई जसरी पनि कायमै राख्नु जो छ । त्यत्ति गर्यौं र हाम्रा शासकहरुले पनि फगत नेपाली मनहरुलाई विदेश निर्यात गर्दै रेमिटान्सले देश चलाउनै सजिलो मानिरहे । अनि कहिल्यै पनि जनताको समृद्धि र प्रगतिस“गै राष्ट्रियता मजबुद हुन्छ अनि मुलुक सा“च्चिकै राष्ट्र बन्छ भनेर सोचेनन् । उनीहरुलाई यसरी सोच्ने आवश्यकतै परेन । किनकि सबैकुरा छ“दैछ, उपभोग गर्न पाइएकै छ त किन लेठो गर्नु -

आजसम्म राष्ट्रियता फगत शासकवर्गले निर्माण गरिदिएको सा“घुरो परिभाषा बन्यो । अनि यो फगत भूगोल मात्र । तर, यो भूगोल मात्र होइन । यो एउटा सभ्यता अनि देश र जनताको समृद्धि पनि हो । सा“च्चै भन्नुपर्दा राष्ट्रियता जनता हो । जनताको संस्कार र संस्कृति हो । जनताको स्वाभिमान र उनीहरुको पहिचान हो । अनि त्यही पहिचानले निर्माण गरेको साझा अर्थतन्त्र र समृद्धि हो ।

विभिन्न जाति, भाषाभाषि, धर्म, संस्कार र संस्कृति भएका समुदायहरुको पहिचान फरकफरक भएजस्तै उनीहरुको राष्ट्रियता पनि फरकफरक हुन्छ । ती सबै खाले राष्ट्रियताहरुको समष्टिगत रुप राष्ट्र हो । त्यसकारण ती उत्पीडित र सीमान्तकृत समुदायहरुले आफ्नो हक, अधिकारको कुरा गर्दा कसैको राष्ट्रियता खतरा पर्दैन । बरु तिनलाई अधिकारबाट विगतमा जस्तै बञ्चित गरियो भने राष्ट्रियता खतरामा पर्ने हो । एकल राष्ट्रियताको रकमी रागले यो मुलुक राष्ट्र बन्दैन ।

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...