सिकारी काठमाण्डू

मनिकर कार्की ‘निवर्तमान’

जमैकन गायक एवं संगीतकार बब मार्लेको ‘बफलो सोल्जर’ ले सन् ८० र ९० को दसकमा विश्वव्यापी ख्याती कमायो । उक्त गीतले सारा काला वर्णका अमेरिकीहरुलाई प्रतिरोध आन्दोलनमा लाग्न प्रेरित ग¥यो र सो गीत विश्वभर प्रतिरोध आन्दोलनको आइकन नै बन्न पुग्यो । जसरी पञ्चायतकालदेखि आजसम्म श्याम तमोटले सृजना गरेको ‘गाउ“गाउ“बाट उठ, बस्तीबस्तीबाट उठ’ नेपाली समाजको मुक्ति आन्दोलनको आइकन बनेको छ त्यसैगरी मार्लेको ‘बफलो सोल्जर’ विश्वभरी नै मुक्ति र प्रतिरोधको प्रतीकको रुपमा गुञ्जिरहेको छ, यत्रतत्र सर्वत्र गुञ्जिरहेको छ, ‘बफलो सोल्जर, इन द हार्ट अफ अमेरिका...’

हाम्रो सन्दर्भमा कुरा गर्ने हो भने पनि यो गीतको सान्दर्भिकता बढ्दै गएको महशुस गर्न सकिन्छ । अहिले खासगरी मुलुकको संविधान घोषणास“गै देशब्यापी रुपमा प्रतिरोध आन्दोलन चलिरहेको छ । संविधानमा आफ्ना हक, अधिकार र पहिचानका मुद्दाहरु नसमेटिएको भन्दै समग्र थारु, मधेश, आदिवासी, जनजाति, दलित तथा उत्पीडित समुदायका मानिसहरु आन्दोलित छन् । तर, यस्तै अन्यौलग्रस्त अवस्थामा पनि काठमाण्डू खाल्डो संविधानको स्वागतार्थ सबैलाई कासन गरिरहेको छ ।


आजको देशव्यापी माहोल हेर्दैगर्दा प्रतिरोध आन्दोलनको उभारका लागि पनि बब मार्लेको उक्त गीतको सान्दर्भिकता बढेर गए झैं प्रतीत हुन्छ । यद्यपि यहांको परिवेश भने अलि भिन्दै छ । खासगरी केन्द्रिकृत र शक्तिशाली बन्दै गएको काठमाडौंको एकाधिकारका विरुद्ध सशक्त आन्दोलनको उभार छेड्नका लागि पनि नेपालमा धेरै बफलो सोल्जरहरुको आवश्यकता परेको छ अहिले ।

मोफस र सीमान्त क्षेत्रको आर्थिक दोहन गरेर सुन्निएको काठमाण्डू इतिहासदेखि नै नेपालको शक्तिशाली केन्द्रिय सत्ता बनेको छ । जहा“ दैनन्दिनी भविष्यको खोजी गर्दै भित्रिने दूरदराजका असंख्य नरनारीहरुको पीडा र व्यथा चित्रकारले खाली क्यानभ्यासमा रङहरुको दृष्य कोरेझैं कोरा काठमाण्डूको पटांगिनीमा टाक्सिएका छन् । अनि त्यही पीडा, व्यथा र अभावको गुम्फनबाट काठमाण्डूले शक्तिको अभ्यास गरिरहेको छ ।
आखिर सबैकुरा काठमाण्डूमा मात्रै किन थुप्रिएका छन् ? ठूला उद्योग, कलकारखानादेखि बैंक, विश्वविद्यालय, अस्पताल तथा शिक्षालयहरुलगायत व्यापारिक प्रतिष्ठानहरु किन काठमाण्डूमै कोचिएका हुन् ? ठूलाठूला तारे होटलहरुदेखि विमानस्थलसम्म पनि काठमाण्डूमै केन्द्रित हुनुपर्ने अवस्था कसरी सृजना भयो ? अब यसको उत्तर खोज्ने बेला भएको छ ।
दूरदराजका जनहरु प्रश्न गर्छन्, आखिर काठमाण्डूले कसरी यस्तो अस्वभाविक शक्तिलाई केन्द्रिकृत ग¥यो ? अनि त्यो असिमित शक्तिको स्रोत के हो ? कसले काठमाण्डूलाई शक्तिशाली बनायो ? र किन बनायो ? उत्तर सपाट र सरल छ । काठमाण्डूले इतिहासदेखि नै मोफसलका धेरै प्रतिभाहरुको सिकार गर्दै आफूलाई शक्तिशाली बनायो । किनकि शक्ति आर्जन गर्नका लागि निम्सराहरुको त्याग र आहुती अनिवार्य शर्त बन्न जाने रहेछ । हो, काठमाण्डूले त्यही गर्यो र शक्तिशाली बन्यो ।

अहिले त्यही काठमाण्डूकेन्द्रीत असिमित शक्ति र स्रोतविरुद्ध चलिरहेको प्रतिरोध आन्दोलनले यस्तै प्रश्नहरुको उत्तर खोजेको छ । र, काठमाण्डूको शक्ति र स्रोतमा आफ्नो हिस्सेदारीको माग गरिरहेको छ । प्रतिरोधको आन्दोलनमा कुनै क्षेत्र अगाडि होला र कुनै अझै पनि पछाडि नै । तर, अब काठमाण्डूको अक्षुण्ण मानिएको शक्ति पहिलेकै अवस्थामा रहनेछैन । यो खण्डित हुनेछ । यसलाई दूरदराजसम्म निक्षेपीकरण गरिनेछ ।

त्यसो त अहिले यहा“ विभिन्न प्रकृतिका समस्याहरु एक अर्कामा अन्तरघुलित हुन पुगेका छन् । अहिले जोडतोडका साथ उठेको संघीयताको मुद्दा होस् अथवा त्यसभित्र राजनीतिक अधिकारको माग, राज्यको पुनर्र्संरचनाको मुद्दा होस् वा पहिचान स्थापित गर्ने आन्दोलन त्यसभित्र अस्वभाविक रुपमा मोटाएको काठमाण्डूको असिमित अधिकार कटौतिको माग गरिएको छ । र, प्रतिरोध आन्दोलनको मुख्य मुद्दा पनि यहि हो । विभिन्न जाति, भाषा, लिंग, धर्म, वर्ण र समुदायका उपेक्षित र उत्पीडित नागरिकहरुले गरेको पहिचानको आन्दोलनले पनि केन्द्रिकृत काठमाण्डूस“ग आफ्नो हकहिस्सा माग गरेका छन् । उनीहरुको हुटहुटी पनि काठमाडौंमा केन्द्रित अतिशक्ति समाजको तल्लो तहसम्म निक्षेपिकरण नै हो ।

यद्यपि काठमाण्डूको कुलीन र एलिटहरु अहिले काठमाण्डूप्रति परिलक्षित प्रतिरोध आन्दोलनलाई फगत ‘सामाजिक सद्भाव’को मुखुण्डोभित्र कैद गर्न खोज्दैछन् । उनीहरु जिरह गर्छन्, यस्ता आन्दोलनले ‘नेपालीको एकता’ खतरामा पर्नेछ । अह“ उनीहरु कहिल्यै पनि यो सोच्दैनन् कि काठमाण्डूको सत्ताले निर्माण गरेको एकताले कतिलाई सीमान्तकृत बनायो ? बरु उनीहरु काठमाण्डूले सधैं सबैलाई दिएको विश्वास गर्छन् । काठमाण्डूले आदिवासीलाई दियो, जनजातिलाई दियो, मधेशी र थारुलाई दियो, दलित र महिलालाई दियो, कर्णालीलाई दियो र अझै पनि दिनेछ । किनकि काठमाण्डू दिनमै रमाइरहेको छ । तर, काठमाण्डू कसरी ‘दिने’मा दर्ज भयो र अरु कसरी ‘लिने’को लाममा लामबद्ध भए ? अह“ काठमाण्डूले यो प्रश्न पनि सुन्न चाहंदैन किनकि यो प्रश्नले त्यहांका एलिटहरुको मथिंगल रिंग्याउने गर्दछ ।

यो उनीहरुले विरासतमै पाएको पेवा हो । रनै गर्वका साथ पटकपटक सुनाउ“छन्, ‘आफ्ना बाउबाजेले आर्जेको मुलुक’ भनेर । शायद उनीहरुलाई काठमाण्डूको यो शक्ति स्वभाविक लाग्छ र प्राकृतिक लाग्छ र नै उनीहरु आफ्नो वर्गीय स्वार्थ पूर्तिका लागि कुनैपनि हालतमा काठमाण्डूको अतिशक्ति कटौति गर्ने पक्षमा छैनन् । बरु प्रतिरोध आन्दोलनलाई मत्थर पार्न ‘मिडिया क्याम्पेन’ तिर उद्यत छन् । तर, प्रतिरोध आन्दोलनमा होमिएका उत्पीडित र सीमान्तकृतहरुको बुझाई काठमाण्डूले आफूहरुलाई चुसेर शक्ति आर्जन गरेको भन्ने छ । अनि नलेखिएको इतिहासले पनि त्यही भन्छ ।
 यो आन्दोलनले सीमान्त समूहहरुको हक अधिकार स्थापित नगरेसम्म रोकिनु पनि हुंदैन । चाहे त्यो सतहमा देखिएको राजनीतिक, सामाजिक र सांस्कृतिक जागरणको सवाल होस् अथवा आर्थिक मुद्दा नै किन नहोस्, अहिले देशैभर देखिएको राजनीतिक जागरणको केन्द्रीय विषय आफू पनि काठमाण्डू जस्तै समृद्ध र शक्तिशाली बन्ने हुटहुटी नै हो । 

उता तिनै एलिटहरु ‘राष्ट्रिय’ कहलिने काठमाण्डूकै ठूला मिडियाहरुमार्फत राजनीतिक हक, अधिकारका लागि उठेको आन्दोलनको उभारलाई साम्प्रदायिकताको जामा पहिर्याउने कोशिस गरिरहेका छन् । तथापि काठमाण्डूविरुद्ध चलेको प्रतिरोध आन्दोलन अब कुनैपनि हालतमा रोकिने देखिंदैन । यो आन्दोलनले सीमान्त समूहहरुको हक अधिकार स्थापित नगरेसम्म रोकिनु पनि हुंदैन । चाहे त्यो सतहमा देखिएको राजनीतिक, सामाजिक र सांस्कृतिक जागरणको सवाल होस् अथवा आर्थिक मुद्दा नै किन नहोस्, अहिले देशैभर देखिएको राजनीतिक जागरणको केन्द्रीय विषय आफू पनि काठमाण्डू जस्तै समृद्ध र शक्तिशाली बन्ने हुटहुटी नै हो । जुन लामो समयसम्म काठमाण्डूका शासकहरुले आफ्नो कब्जामा दबाएर राखेका थिए ।

आखिर सबैकुरा काठमाण्डूमा मात्रै किन थुप्रिएका छन् ? ठूला उद्योग, कलकारखानादेखि बैंक, विश्वविद्यालय, अस्पताल तथा शिक्षालयहरुलगायत व्यापारिक प्रतिष्ठानहरु किन काठमाण्डूमै कोचिएका हुन् ? ठूलाठूला तारे होटलहरुदेखि विमानस्थलसम्म पनि काठमाण्डूमै केन्द्रित हुनुपर्ने अवस्था कसरी सृजना भयो ? अब यसको उत्तर खोज्ने बेला भएको छ । अब सीमान्त क्षेत्रका बफलो सोल्जरहरुले यसको उत्तर खोजेर आफ्नो हक, अधिकार र समृद्धिका सपनाहरु पूरा गर्नुपर्ने बेला भएको छ । काठमाडौंकेन्द्रित शक्ति, समृद्धि र एकाधिकारवादी शासकीय अभ्यासलाई तोड्न प्रतिरोध आन्दोलन सशक्त बनाउनु जरुरी छ ।

खासमा काठमाण्डूले यो शान, शौकत, शक्ति र स्रोत साधन आफैं जोडेको होइन । यो काठमाण्डूले मोफसलबाट लुटेरै लिएको हो । दिनहुं हजारौंको संख्यामा काठमाण्डू भित्रिने नरनारीहरुको हा“सो र खुसी काठमाण्डूकै कोलाहलमा कैद भएका छन् । दिनहु“ हजारौंको संख्यामा काठमाण्डूमा विकास निर्माण र कामकाजका लागि ‘डेलिगेसन’ जाने तनहरु सास्ती र पीडाले कुण्ठीत भएका छन् ।

सबै सीमान्त क्षेत्रका अब्बल चिजहरु काठमाण्डूका गल्ली र सडकहरुमा पोखिएका छन् । तर, तिनको उचित सम्वद्र्धन र सम्मान हुन सकेको छैन । अन्यत्रका अब्बलहरु काठमाण्डूमा कौडीको मोलमा पनि बिक्री हुन सकेका छैनन् । उनीहरुले गर्ने श्रमलाई पनि काठमाण्डूले न्यून मूल्याङ्कन गरेको छ र काठमाण्डूले उनीहरुलाई सदैव अभावमै तड्पाएर आफ्नो पकडमा पार्ने गरेको छ ।

संघीयता र राज्यको पुनर्संरचनाको मुद्दाले काठमाण्डू केन्द्रित श्रोत र साधनको बाड“फा“ड मागेको छ । खासमा काठमाण्डूमा केन्द्रित श्रोत र साधनलाई समग्र मुलुकको सन्तुलित विकासका लागि परिचालन गर्ने माध्यम भनेकै संघीयता हो । साथै पहिचानसहितको संघीयता विगतदेखि नै काठमाण्डू सत्ताको उत्पीडनमा परेका सीमान्त क्षेत्रका नागरिकहरुलाई मुक्ति दिलाउने माध्यम पनि हो । अनि काठमाण्डूले मोफसललाई हेर्ने दृष्टिकोणमा पनि त्यही पुरातन एकात्मक राज्यप्रणालीको आ“खा नै प्रतिविम्बित हुन पुग्दा सीमान्त क्षेत्र जहिल्यै पनि काठमाण्डूको दयामायामा बा“च्नुपर्ने अवस्था आयो । अनि जहिल्यै काठमाण्डूतिर फर्केर हात थाप्नुपर्ने अवस्थाको सृजना भयो । कर्णालीका जनता काठमाण्डूबाट उडाइएको चामल कुर्नुपर्ने अवस्थाको सृजना पनि काठमाण्डूले नै गरेको हो ।

काठमाण्डूका शासकहरु पनि दानी हुन पाइने रहरमा केही न केही दिनै उन्मुख देखिए । अनि तिनले काठमाण्डूको केन्द्रदेखि दूर रहेको कर्णालीका जनतालाई सेता चामल उडाएर पठाए । विकट कर्णालीबासीहरुलाई आफ्नै वरपरका संभावना पहिल्याउनेतिर भन्दा काठमाण्डूका शासकले स्वीकृत गरेर पठाएका सेतो चामल पठाउनै सजिलो पर्न गयो । किनकि त्यसो गर्दा ती सधैं माग्नेको हैसियतमा र काठमाण्डू दिनेको हैसियतमा प्याट्रोन क्लाइन्ट रिलेसन चल्ने भयो र काठमाण्डूको शक्ति अक्षुण्ण रहने भयो । यद्यपि कर्णालीबासीका लागि काठमाण्डूले उडाएर पठाउने सेतो चामल मृगमरिचिका बन्ने गरेको नया“ यथार्थ सोमत घिमिरे र टिका भट्टराईद्वारा सम्पादित ‘समृद्ध कर्णालीका दुःख पुस्तक’मा चित्रित गरिएको छ ।
अब सीमान्त क्षेत्रका बफलो सोल्जरहरुले यसको उत्तर खोजेर आफ्नो हक, अधिकार र समृद्धिका सपनाहरु पूरा गर्नुपर्ने बेला भएको छ ।

यी सबै कुराका बाबजुद पनि काठमाण्डू अझैपनि वर्षौ“देखिको शोषण र उत्पीडन झेल्न विवश जनताको पहिचानको मुद्दालाई ‘सामाजिक सद्भाव’ को नारामा बाँध्न खोजिरहेको छ । यो काठमाण्डूको निरर्थक प्रयास मात्रै हो । अब सीमान्त क्षेत्रले जारी राखेको प्रतिरोध आन्दोलनलाई उच्चतम् विन्दुमा पु¥याउनुको विकल्प छैन । काठमाण्डूस“ग सम्झौता गरेर होइन प्रतिरोध गरेर मात्रै शिकारी काठमाण्डूको मानसिकता परिवर्तन गर्न सकिन्छ ।

No comments:

Post a Comment

कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...