'नयाँ शक्ति'को अर्थराजनीतिक आधार

मनिकर कार्की 'निवर्तमान'
जसै असोज ३, २०७२ मा संघीय गणतन्त्र नेपालले नयाँ संविधान प्राप्त गर्यो, त्यसको ठीक दर्ुइ दिनपछि संविधान निर्माणमा अहोरात्र खटेका एकीकृत माओवादीका वरिष्ठ नेता एवं पर्ूव प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले पत्रकार सम्मेलन गरी पार्टर्ीी व्यवस्थापिका संसदको सदस्य पद परित्यागको घोषणा गरे । त्यसयता राजनीतिक वृत्तमा त्यही विषय चर्चामा रहेको छ र यसले नेपाली राजनीतिमा एक खालको तरंग सिर्जना गरिदिएको छ । अनि आम जनमानसमा डा. बाबुराम भट्टर्राईले हठात् किन पार्टर्ीीरित्याग गरे भन्ने जिज्ञासा पनि अनुत्तरित नै छ । तथापि बाबुराम भट्टर्राईको पार्टर्ीीरित्यागको परिघटना अत्यन्तै नयाँ भने होइन । पार्टर्ीीत्र र बाहिरबाट पनि उनले पार्टर्ीीmुटाउने छन् भनेर लख काटिएको हो । अनि धेरैले धेरैपटक उद्घोष नै गरेका पनि हुन् । जसै एकीकृत माओवादीभित्र अध्यक्ष प्रचण्ड र बाबुराम भट्टर्राईबीच अन्तरसंर्घष्ाको विषय प्रवेश पाउँथ्यो पार्टर्ीीभत्र र बाहिरकाहरुले उनलाई पार्टर्ीीmुटाएर बाहिरिन पटकपटक चुनौति पनि दिएकै हुन् । यी सबै परिघटनाहरुलाई एकीकृत ढंगबाट विश्लेषण गर्ने हो भने बाबुराम भट्टर्राईको पार्टर्ीीर्हिगमन अनपेक्षित होइन भन्न अफ्ठेरो पर्दैन ।


तर, आफैंले निर्माण गरेको पार्टर्ीीकाएक छाडेर बाहिरिनु बुद्धिमता हो त - भन्ने प्रश्न फेरि पनि उब्जिन्छ । निश्चित रुपमा भावनात्मक रुपले यदि विषयलाई हेरियो भने यो कदापि सुखद कदम होइन नै । किनकि बाबुरामले जुन पार्टर्ीी आन्दोलन निर्माण गर्ने काममा आफ्नो जीवनको अत्यन्तै ऊर्जाशील समय खर्च गरियो, त्यो पार्टर्ीीाडेर जाने कुरा सहज र सुखद पक्कै होइन । तर, खासखास कालखण्डमा यस्ता अप्रिय निर्ण्र्ाारु गर्नुपर्ने रहेछ किनकि यस्तो निर्ण्र्ाालिइएन भने कहिल्यै पनि इतिहासको क्रमभंग हुँदैन र जब इतिहासको क्रमभंग हुँदैन इतिहासको गतिले नयाँ मोड लिन सक्दैन । अनि जबसम्म नयाँ निर्माणको आधार बन्दैन र नयाँ निर्माणको आधार खडा नभएसम्म विकास र प्रगतिका कुरा सुन्दर गफमै सीमित हुनेछन् । हो, बाबुरामले त्यो जोखिम मोलेरै अहिले पार्टर्ीीरित्यागको घोषणा गरेका छन् । तथापि उनको यो कदममा संभावना मात्र छन् भन्ने होइन यो अत्यन्तै जोखिमयुक्त र चुनौतिपर्ूण्ा पनि छ जति यसमा सुन्दर संभावनाको अंकुर पलाएको छ ।

नयाँ शक्ति निर्माणको यो बहसलाई र्समर्थन र विरोधको आलोकमा कैद गर्नुभन्दा साँच्चिकै नयाँ र समृद्ध नेपाल निर्माणका लागि कस्तो प्रकारको राजनीतिक मुद्दाको उठान हुनर्ुपर्छ - र त्यसका लागि कस्तो राजनीतिक चरित्रको शक्ति बन्नर्ुपर्छ भन्ने बहस गर्नु जरुरी हुन्छ । अनि बहसको पहेलीले अहिलेको नेपाली समाजको यथार्थ चरित्र चित्रण गर्दै नेपाल बन्न नसक्नुका ठोस कारणहरु पहिल्याउनर्ुपर्छ ।
चुनौति
अहिले बाबुराम भट्टर्राईको नयाँ शक्ति निर्माणको सबैभन्दा मुख्य चुनौति भनेको उनीसँग न त राजनीतिक संगठन छ न त आन्दोलनको एजेण्डा नै । र, उनसँग तात्कालिक रुपमा भएको सम्पत्ति एकीकृत माओवादीबाट बर्हिगमन मात्रै हो । यसैका आधारमा नयाँ शक्ति निर्माणको कुरा गरिएको छ । अनि बहसमा आएको नयाँ शक्तिको यो नै एउटा मुख्य विशेषता पनि हो । उनले चाहेको भए पार्टर्ीीई फुटाएर जान पनि सक्थे । तर, उनले त्यसो गरेनन् । यदि उनले पार्टर्ीीई फुटाएको भए आजीवन पार्टर्ीीmुटाएको आरोम खेप्नु पर्दथ्यो र त्यसपछि बन्ने राजनीतिक शक्ति पनि प्रकारान्तरले माओवादीको एउटा समूहमै सीमित हुनेथियो । अनि जति नै चिरा परेपनि र पारेपनि त्यो माओवादी स्वादकै अर्को पार्टर्ीीन्ने थियो, जसको अहिले खासै अभाव छैन । तीन दसकभन्दा लामो समय सक्रिय राजनीतिमा अझ त्यसमा पनि नेतृत्वदायी भूमिकामा रहेका व्यक्ति एकाएक एक्लै पार्टर्ीीट बाहिरिंदै गर्दा उनले सबै संभावनाहरुको ढोका खुल्ला राखेका छन्, जुन उनको लागि अहिले निकै ठूलो चुनौति बन्न पुगेको छ ।

भन्नै पर्छ, बजारमा नयाँ शक्तिको चर्चासँगै विभिन्न आशंकाहरु पनि जीवितै छन् । एउटा संभावना बोकेको राजनीतिज्ञ भएका कारण व्यापक मात्रामा जनचासो हुनु स्वभाविक पनि हो । खासगरी बाबुराम भट्टर्राईले निर्माण गर्ने नयाँ शक्तिको सैद्धान्तिक आधार र त्यसको राजनीतिक संरचना कस्तो हुनेछ - भन्ने नै आम जिज्ञासा र चासो हो । अनि नयाँ पार्टर्ीीे जनाधार कसरी निर्माण हुन्छ - त्यसले कुन वर्गको राजनीतिक मुद्दा बोक्छ - आम रुपमा गरिखाने वर्गको मुद्दा बोक्छ कि पूँजीपतिहरुको मुद्दा - पार्टर्ीी बाहिरका मानिसहरु कसरी आकषिर्क हुन्छन् - अनि कुन मानेमा त्यो नयाँ शक्ति हुनेछ - कस्ता पात्रहरु त्यसमा समावेश हुनेछन् - पार्टर्ीी संगठकहरु कोको हुनेछन् - नयाँ बन्ने पार्टर्ीीे सैद्धान्तिक आधार र राजनीतिक दर्शन के हुनेछ - आम गरिखाने वर्गको पक्षधरता हुने छ या छैन - यी र यस्तै प्रश्नको घेराभित्र प्रस्तावित नयाँ शक्तिको विमर्श लुप्त भएको छ ।

फेरि अहिले नयाँ शक्तिका प्रस्तावक र परिकल्पनाकारको रुपमा रहेका बाबुराम भट्टर्राई सबै पक्षहरुसँग अन्तरक्रियामै रहेका छन् । उनी अहिले आम रुपमा विभिन्न दल र दलगत समूहसँग आवद्ध राजनीतिक व्यक्तित्व, समाजका बुद्धिजीवी, पेशाकर्मी, उद्योगी, व्यसायी, विद्यार्थी र नागरिक समाजका अगुवाहरु सबैसँग अन्तरक्रियामा रहेका छन् । त्यसैगरी हालै जारी गरिएको संविधानमा आफ्ना हक, अधिकार र पहिचानका मुद्दाहरु समेटिन नसकेको भन्दै आन्दोलनरत आदिवासी, जनजाति, थारु, मधेशी, मुस्लिमलगायतका सीमान्तकृत समुदायहरुसँग पनि उनीहरुको राजनीतिक मागप्रति ऐक्यबद्धता जनाउन आन्दोलनकारीसँगै सडकमा पनि पुग्न भ्याएका छन् ।

अनि निश्कर्षो रुपमा अबको राजनीतिक मुद्दा आर्थिक विकास र समृद्धि हुनुपर्ने भन्दै उद्योगी व्यवसायीहरुसँग पनि घनिभूत छलफलमा रहेका छन् । यसबाट उनले परिकल्पना गरेको राजनीतिक शक्तिको राजनीतिक दर्शन र लाईन के हुने भन्ने आम जिज्ञासा मेटिएको छैन । के उनले यी सबै वर्ग र समुदायलाई एकैपटक खुसी र सन्तुलनमा राख्न सक्छन् - अर्थात् नयाँ बन्ने शक्तिले यी सबै फरकफरक स्वार्थ बोक्ने वर्ग र समुदायका राजनीतिक र कतिपय गैरराजनीतिक आकांक्षालाई सम्बोधन गर्न सक्ला - यस्तै प्रश्नहरु नयाँ बन्ने शक्तिका चुनौति हुन् ।

अवसर
हरेक चुनौतिसँग अवसर पनि सँगै आएको हुन्छ । वास्तावमा प्रत्येक चुनौतिको सफल कार्यान्वयन नै अवसरको पोको पनि हो । अहिले बाबुराम भट्टर्राईले नयाँ शक्ति निर्माणको कुरा गर्दैगर्दा यसका जति चुनौति छन्, त्यत्तिनै अवसर पनि छन् । मुख्य गरी अहिले मुलुकमा नयाँ संविधान जारी भइसकेको अवस्था छ र अबको राजनीतिक लाईन आर्थिक विकास र समृद्धि नै हो । यसका लागि आर्थिक सरोकारका विषयहरुलाई दरोसँग बोक्न सक्ने राजनीतिक शक्तिको खाँचोलाई लक्षित गरी उनले नयाँ शक्ति निर्माणको कुरा गरिरहेका छन् । यो एउटा निकै ठूलो अवसर पनि हो ।

खासमा अहिलेको वर्तमान राष्ट्रिय राजनीतिमा शासनसत्ताको बागडोर सम्हालिरहेका दलहरु कुनै न कुनै रुपमा परिक्षित -टेष्टेड) भइसकेका छन् । आफूलाई प्रजातन्त्रको हिमायति नै ठान्ने सबैभन्दा पुरानो दल नेपाली कांग्रेस अहिले ठूलो पार्टर्ीीनेको छ । यो पार्टर्ीी००७ सालको परिवर्तनपछि पञ्चायतकालको प्रत्यक्ष शासनलाई छाड्ने हो भने कुनै न कुनै रुपमा सत्तासीन नै भएर बसेको हो । यो अवधिमा नेपाली कांग्रेसका सबैजसो शर्ीष्ा नेतृत्वको शासनकाल जनताले भोगेका पनि छन् । यर्सथ, नेपाली कांग्रेससँग त्यस्तो ठूलो आशा पनि छैन । संसदीय राजनीतिलाई नै आफ्नो मार्गदर्शन मान्ने नेपाली कांग्रेसले केही नयाँ गर्ला भन्ने न कसैलाई आशा छ, न भरोसा नै । त्यसैगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि सधैं सत्ताको नजिक रहेको नेकपा एमाले मूलतः नेपाली कांग्रेस भन्दा कुनै पनि मानेमा फरक छैन । उसले केही पपुलिष्ट नारा लगाउने बाहेक नूतनको खोजी न त हिजो गरेको थियो, न भोलि नै गर्नेछ । उसको राजनीति फगत यथास्थितिलाई नै निरन्तरता दिने हो ।

२०६३ सालको दोस्रो जनआन्दोलनपछि नेपाली राजनीतिमा नयाँ संभावनासहित उदाएको नेकपा माओवादी पनि २०६४ सालको पहिलो संविधानसभाको चुनावमा सबैभन्दा ठूलो दल बनेको थियो । त्यसपछि पटकपटक सत्तामा पनि गएको पार्टर्ीी निकै ठूलो आशा जगाएको पनि हो । तर, दुनियाँ फर्ेन भन्दै सहर पसेको यो पार्टर्ीीनि सहरको रमझममा आफैं नचिनिने गरी बदलिन पुगेको छ र यो अहिले सहरकै सौर्न्दर्यमा विलुप्त भएको छ । हनि ती पुराना संसदवादी दलहरुभन्दा कुनै पनि मानेमा फरक हुन सकेको छैन । माओवादीले पटकपटकको सत्तारोहणमा केही गर्न खोजेको भएतापनि शक्ति सन्तुलनको जटिलता र शान्ति र संविधान निर्माणको भारीले नै किचिन पुग्यो र अन्ततः पटकपटकको फूटसँगै १० वर्षो जनयुद्धबाट आर्जन गरेको शक्ति र सामर्थ्य गुमाएर अहिले शिथिल बन्न पुगेको छ ।

अझै माओवादी आन्दोलनको मूलधारकै रुपमा रहेको एकीकृत माओवादी पार्टर्ीीब अर्को संसद्वादी कम्युनिष्ट पार्टर्ीीएरै आफ्नो राजनीति धान्ने सुरमा रहेको छ । त्यसैगरी माओवादीको शान्तिपर्ूण्ा राजनीतिक रुपान्तरणसँगै उदाएका मधेशवादी क्षेत्रीय शक्तिहरुले पनि राष्ट्रिय आकार ग्रहण गर्न नसक्दा उनीहरु पनि मूलतः सत्ताकै वरिपरी रहेर राजनीति चलाउनु ध्याउन्नमै छन् । तथापि उनीहरुले बेलामौकामा उत्पीडित समुदायको हक, अधिकार र पहिचानको कुरालाई आफ्नो राजनीति गर्ने आधार मान्न भने छाडेका छैनन् । यस मानेमा अहिले बिलकुल नयाँ लाग्ने कुनैपनि राजनीतिक शक्ति राजनीतिक बजारमा हावी छैन । यस मानेमा साँच्चिकै नयाँको लागि राजनीतिमा निकै ठूलो स्पेश कायमै छ ।

सबैजसो राजनीतिक शक्तिहरु कुनै न कुनै रुपमा जनतामा पुगिसकेका र उनीहरुले जनताको आशा र अपेक्षाको सम्बोधन गर्न नसकेको वर्तमान परिदृष्यमा समाजको एउटा ठूलो तप्का मौजुदा अवस्थामा रहेका राजनीतिक दलहरुको कार्यशैली र सत्तामोहदेखि वाक्क भएका छन् । उनीहरुले मुलुकको साँच्चिकै रुपान्तरण र प्रगतिका लागि फरक ढंगबाट राजनीतिक शक्तिको निर्माण हुनुपर्ने कुरा औंल्याइरहेका छन् । फेरि पछिल्लो राजनीतिक रुपान्तरणपछि वयस्क बनेको एउटा ठूलो युवापुस्ता मौजुदा अवस्थामा रहेका कुनैपनि राजनीतिक पार्टर्ीीति सन्तुष्ट हुन सकेका छैनन् र उनीहरु नयाँको खोजीमा छन् । यदि ती सबैको अपेक्षा र आशालाई सम्बोधन गर्न सकेको खण्डमा नयाँ शक्तिको लागि यथेष्ट ठाउँ छ । र, नयाँका लागि यो नै अहिलेको समकालीन राजनीतिमा सबैभन्दा बलियो संभावना हो ।

अर्थराजनीतिक आधार
अहिलेसम्म हामीले राजनीतिक मुद्दालाई नै केन्द्रीय विषय बनायौं । तर, संविधान निर्माण भएसँगै उत्पीडित जाति र समुदायको छुटेका मुद्दाहरु संविधान संशोधनमार्फ संवोधन भएसँगै एकहदसम्म राजनीतिक मुद्दा संस्थागत भएको मानिनेछ र अबको राजनीतिक एजेण्डा जनताको प्रत्यक्ष समृद्धि र प्रगतिसँग अन्तरसम्बन्धित हुनुपर्नेछ । यसका लागि आर्थिक विकास र समृद्धि अबको राजनीतिक मुद्दा बन्नुपर्नेछ । यदि आर्थिक उत्पादन, विकास, समृद्धि र प्रगतिका लागि राजनीति गर्ने हो भने अहिलेको पारम्परिक राजनीतिक पार्टर्ीी र तिनका संरचना फरक हुनुपर्नेछ । पुरानै संस्कार र राजनीतिक पृष्ठभूमि बोकेका दलहरुले नयाँ ढंगको मुद्दा उठान गर्न सक्दैनन् र प्रकारान्तरले ती पनि पुरानै र्ढरा अनुसारै सञ्चालित हुनेछन् । आर्थिक विकास र प्रगतिका लागि साँच्चिकै आर्थिक मुद्दा बोक्ने व्यापक जनसहभागितामा आधारित राजनीतिक दल बन्नुपर्नेछ, जसले समृद्धि र प्रगतिका मुद्दाहरु उठान गर्न सक्षम हुनेछ र मुलुक आर्थिक रुपले समृद्धितर्फअग्रसर हुनेछ । यही सैद्धान्तिक पृष्ठभूमिका आधारमा नयाँ शक्ति निर्माणको विषय उठेको हो ।

त्यसकारण नयाँ शक्ति निर्माणको यो बहसलाई र्समर्थन र विरोधको आलोकमा कैद गर्नुभन्दा साँच्चिकै नयाँ र समृद्ध नेपाल निर्माणका लागि कस्तो प्रकारको राजनीतिक मुद्दाको उठान हुनर्ुपर्छ - र त्यसका लागि कस्तो राजनीतिक चरित्रको शक्ति बन्नर्ुपर्छ भन्ने बहस गर्नु जरुरी हुन्छ । अनि बहसको पहेलीले अहिलेको नेपाली समाजको यथार्थ चरित्र चित्रण गर्दै नेपाल बन्न नसक्नुका ठोस कारणहरु पहिल्याउनर्ुपर्छ । यस दिशामा अहिलेको नेपाली समाज कुन मानेमा पहिलेको भन्दा फरक हो - वर्तमान नेपाली समाजको चारित्रिक बनावट के हो र त्यसलाई उत्पादनमुखी बनाउन के गरिनर्ुपर्छ - अथवा साँच्चिकै नेपाली समाजको बनावटमा आधारभूत परिवर्तन आएको हो वा त्यो समयक्रममा आफैं आएको हो - नेपाली समाजका सीमितताहरु के के हुन् - हो, नयाँ शक्तिको अर्थराजनीतिक संकथनमा यिनै प्रश्नहरुको उत्तर खोजिनर्ुपर्छ । र मेरो दृष्टिकोणमा यी नै नयाँ शक्ति निर्माणका अर्थराजनीतिक आधारहरु हुन् । नयाँ शक्ति निर्माणको बहसको डाइनामिक्सले यी यावत सवालहरुलार्य पकड्न सक्नर्ुपर्छ र वर्तमान नेपाली समाजको यथार्थ चरित्रचित्रण गर्नुपर्छ । जहाँसम्म लाग्छ, नयाँको खोजीमा रहेको समाजका लागि अबको अर्थराजनीतिक सवालहरु यिनै हुन् । अनि यिनै हुन् नयाँ शक्ति निर्माणको अर्थराजनीतिक संकथन पनि ।


No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...