बुटवल आन्दोलनः दृष्य र दृष्टिकोण

मनिकर कार्की निवर्तमान


प्रदेश नं. ५ का पहाडी जिल्लाहरुलाई ४ नम्बर प्रदेशमा पार्नेगरी सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव विरुद्ध यसक्षेत्रमा विगत तीन सातादेखि आन्दोलन चलिरहेको छ । कतै पटके शैली त कतै अनवरत रुपमा आन्दोलनका कार्यक्रमहरु चलिरहेका छन् । 

बुटवल र लेखनयात्रा

अनुभूति 

मनिकर कार्की निवर्तमान


ठ्याक्कै १ वर्ष अघि मैले बुटवल आगमनको पहिलो एपिसोड सार्वजनिक गरेको थिएँ, जसमा यस दैनिकपत्र दैनिकको कार्यकारी भूमिका छाडेर नयाँ भूमिकामा प्रवेश गरेको सन्दर्भलाई उल्लेख गरिएको थियो । हो म वित्तीय क्षेत्रबाट लेखनमा आएको मान्छे थिएँ, दैनिकपत्रमा तीनवर्ष प्रत्यक्ष कार्यकारी भूमिकामा बसेर काम गरेपछि म पुनः वित्तीय क्षेत्रमा प्रवेश गर्देथिएँ । धेरै उत्साह थियो, धेरै जोश अनि जाँगर पनि । फेरि सबैभन्दा रमाइलो कुरा त आफैंले संस्था स्थापनाको लागि पहल गरेको हुनाले वित्तीय संस्थाको कार्यकारी भूमिकामा जानको लागि एउटा वातावरण पनि बनेकै थियो । धेरै सहयात्री साथीहरुको सुरुदेखिकै अपेक्षा पनि त्यही थियो । हो, म दैनिकपत्रको प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी छाडेर चौतारी लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेँ ।
म रामेछापबाट काठमाण्डूहुँदै बुटवल झरेको एउटा केटो, जसले केवल ५ वर्ष वित्तीय संस्थामा काम गरेको अनुभवबाट आकांक्षी (महत्वकांक्षी ?) भएर वित्तीय संस्था खोल्ने कसरत गर्यो । 
त्यसो त चौतारी लघुवित्त वित्तीय संस्थालाई जन्माउनको लागि दैनिकपत्रले अफिसियल रुपमै सहयोग गरेको हो । मैले त्यहीं रहेर चौतारीका धेरै कामहरु गरेको हो । फेरि लघुवित्त मेरो एउटा सपना पनि थियो । त्यसअघि करिब तीन वर्ष बुटवलमै लघुवित्त खोल्नका लागि कसरत गरेको मान्छे पनि हो म । लघुवित्त खोल्नको लागि भन्दै ९० जनाको टिमले मलाई विश्वास गरेर निकै ठूलो गुन लगाएको थियो । म रामेछापबाट काठमाण्डूहुँदै बुटवल झरेको एउटा केटो, जसले केवल ५ वर्ष वित्तीय संस्थामा काम गरेको अनुभवबाट आकांक्षी (महत्वकांक्षी ?) भएर वित्तीय संस्था खोल्ने कसरत गर्यो । उमेरले भर्खरै गधापच्चिसी काटेको अनि हरेक क्षणमा अवसर अनि स्थायित्वको खोजी  गर्ने बेलामा वित्तीय संस्थाको जागिर छाडेर आफ्नै नेतृत्वमा लघुवित्त वित्तीय संस्था खोल्न गरेको कसरत शायद दुस्साहस थियो । हो, हामीले त्यही दुस्साहसपूर्ण कसरत गर्यौं र मैले आफ्नो युवावयको तीन वर्ष त्यसैको कसरतमा बिताइदिएँ ।

त्यसो त केटौले उमेरमै एउटा वित्तीय संस्थाको अधिकृतको जागिरे थिएँ, राम्रै थियो । गुजारा चलेकै थियो । तर, वित्तीय संस्थाको जागिरमै सीमित भएर बस्न हुँदैन भन्ने सोच पलायो । फेरि त्यो बेला मुलुकमा परिवर्तनको श्रृंखलाको सुरुवात भएको थियो, लाग्दथ्यो हामी युवाले केही न केही गर्नैपर्छ र छिट्टै नै मुलुकमा कायाकल्प हुनेछ । अनि केटौले उमेरको जोशिलो बुझाइ थियो, वित्तीय संस्थाको जागिरले आर्थिक सुनिश्चितता त गर्छ तर त्यसले समाजसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सकिंदैन । समाज र मुलुक बुझ्न सकिँदैन । जब समाज बुझ्न सकिन्न हामीले गरेको कामको कुनै अर्थ रहँदैन । फेरि युवावयमै लेखनको भूत सवार भयो । अनि वित्तीय संस्थाको सीमित र परिभाषित दायराभित्र बसेर लेख्न पक्कै पनि सहज महशुस भएन । फेरि देशको भूगोल र समाजसँग प्रत्यक्ष संवाद गरेर लेख्नको लागि त्यो जागिरको चौघेरा साँघुरो हुने नै भयो । अनि वित्तीय संस्थाको सीमित दायराभित्र बसरे न त व्यक्तित्वको विकास हुनसक्छ न त लेखन कर्मलाई उदात्त बनाउन सकिन्छ भनेर पेशेवर भएर लेख्न अनि समाजमा विचरण गर्नकै लागि वित्तीय संस्था छाडेर बसेको थिएँ ।

त्यही खाली समयमा विभिन्न व्यक्तिहरुसँग विस्तार भएको सम्पर्क, विस्तारै मुलुकमा लघुवित्त वित्तीय संस्थाको पहुँच विस्तारको अभियान, जनस्तरमा पनि लघुवित्तप्रतिको बढ्दै गएको आकर्षण अनि आफैं केही गर्नुपर्छ भन्ने अमूर्त भावनात्मक संवेगले लघुवित्त खोल्ने निश्कर्षमा पुगिएको थियो । र, झोला बोकेर लघुवित्त खोल्ने अभियानमा लागियो । हाम्रो दूर्भाग्य भनौं या कमजोरी त्यो बेला वित्तीय प्रणालीमा आएको गडबढी कारण नियमनकारी निकायबाट इजाजतपत्र दिने क्रममा केही हतोत्साही गर्ने काम हुन गयो र हाम्रो लघुवित्त खोल्ने सपनामा अल्पविराम लाग्यो ।
हाम्रो दूर्भाग्य भनौं या कमजोरी त्यो बेला वित्तीय प्रणालीमा आएको गडबढी कारण नियमनकारी निकायबाट इजाजतपत्र दिने क्रममा केही हतोत्साही गर्ने काम हुन गयो र हाम्रो लघुवित्त खोल्ने सपनामा अल्पविराम लाग्यो । 
वित्तीय संस्थाको जागिर छाडेको यो अवधिमा एउटै सपना बनेको थियो, लघुवित्त खोल्ने । तर, त्यो सपनामा अल्पविराम लागेपछि अलिकति सेट ब्याक भइयो । अब फेरि केही वर्ष खर्च गर्नसक्ने अवस्था रहेन । जागिर छाडेसँगै आर्थिक उपार्जन ठप्प भएको थियो अनि भएको बचतले पनि धेरै वर्षहरु धकेल्न सक्ने परिस्थिति थिएन ।  अब विस्तारै आर्थिक दुर्दिन सुरु हुने संकेत प्रस्ट देखिन थालेपछि लघुवित्तको लेठोलाई पूर्णविराम लगाइदिएर आर्थिक सुनिश्चिताका लागि अध्यापन सुरु भयो । अध्यापनले जिविका धान्न सजिलो भयो र अन्य समय लेखनमै बित्यो । अनि यहि समयमा बुटवलमै एउटा नयाँ दैनिक अखबार सैनामैना दैनिक दर्ता गरी प्रकाशन सुरु गरियो । सुरुका केही महिना नयाँ जोशका साथ काम पनि गरियो । तर, त्यो जोश कायमै रहन सकेन । पत्रिका संचालनमा दीर्घकालीन सोच अनि त्यसै अनुसारका स्रोत साधनको पहिचान र व्यवस्थापन हुन नसक्दा त्यसैमा निरन्तर जोडिन सक्ने संभावना रहेन । अनि जिविकाकै सिलसिला जोड्दै सुरु भयो यसै दैनिकसँगको पूर्णकालीन आबद्धता । यसैको प्रकाशन संस्था बुटवल मिडिया प्रकाशन प्रा.लि.ले पत्रिकाको व्यवस्थापन हेर्ने जिम्मेवारी दियो ।

दैनिकपत्रसँगको आवद्धताले एकातिर मिडिया व्यवस्थापनको विषयमा पनि प्रयोगात्मक ज्ञान हासिल भयो र अर्कातिर  स्वतन्त्र रुपमा लेखन कर्मलाई निर्वाध अघि बढाउने अवसर मिल्यो । खासमा दैनिकपत्रसँगको आवद्धता मेरो लागि मुलुकको अर्थराजनीति बुझ्ने एउटा अवसर पनि भयो । किनकि पत्रिकाको काम स्वभावैले वित्तीय क्षेत्रको भन्दा खुल्ला र लचक हुन्थ्यो । त्यसैले दैनिकपत्रसँगको प्रत्यक्ष आवद्धता मेरा लागि मुलुकको पत्रकारिता र मिडिया व्यवस्थापनका अन्तरवस्तुहरुको बारेमा राम्रोसँग अध्ययन गर्ने थलो पनि बन्न पुग्यो जहाँ मैले यी विषयहरुमा प्रयोगात्मक ज्ञान हासिल गर्न सफल भएँ । साथै यो अवधिमा मैले आफ्नो लेखनलाई पनि स्वतन्त्र र निर्भिक ढंगबाट अघि बढाउन सकें ।

यो दैनिकपत्रमै रहँदाको कुरा हो, एकदिन बुटवलकै युवा व्यवसायी जगत पोखरेलले लघुवित्त खोल्ने योजना सुनाए । त्यसबेला उनी तत्कालीन पश्चिमाञ्चल ग्रामीण विकास बैंकको अध्यक्ष थिए । म त्यस्तै संस्था खोल्नका लागि लामो समय कसरत गरेर पनि थाकेको व्यक्ति भएकोले मैले सुरुका दिनमा उनको कुराप्रति त्यतिधेरै खासै चासो देखाइँन । तर, हाम्रो पटकपटकको भेटमा एउटा नमूना लघुवित्त वित्तीय संस्था चलाउने कुरा चल्न थाल्यो र उनी एक्सन ओरिएन्टेड भएरै काम गर्नेछन् भन्ने सोचेर मैले लघुवित्त खोल्ने काममा साथ दिने निश्कर्षमा पुगेँ र फेरि सुरु भयो अवसान भएको सपनाको पुनरावृत्ति । अर्थात्, चौतारी लघुवित्त खोल्ने कसरत । चौतारीको दर्ता र संचालनको अवधिमा झण्डै दुई वर्ष समय खर्च भयो । यो अवधिमा मैले इमान्दारसाथ भन्नुपर्दा दैनिकपत्रले निकै गुन गरेको छ, किनकि त्यो जति पनि समय मैले प्रयोग गरेँ, दैनिकपत्रमै हुँदाको समय थियो ।

आज भन्दा ठीक एक वर्ष अघि पत्रिकाको १२ औं वर्ष प्रवेशको अवसरमा यसै दैनिकमा अनुभूतिजन्य सामग्री लेख्दा म यो अखबारको व्यवस्थापकीय कर्मबाट विदा भएर फेरि वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत भएर जाँदैथिएँ । आज ठीक एकवर्ष पछि फेरि १३ औं वर्ष प्रवेशको अवसरमा अर्को अनुभूति लेख्दै गर्दा पुनः लघुवित्त वित्तीय संस्थाको कार्यकारी जिम्मेवारीबाट मुक्त भएर एक स्वतन्त्र र उन्मुक्त पन्छी जसरी डुलिरहेको छ । यो अनुभूति लेखनको एक वर्षको अन्तराल मेरो लागि निकै उतारचढावयुक्त भयो । यही अवधिमा एउटा पुरानो सपनालाई ब्युँताएर वास्तविकतामा परिणत भयो, अनि यहि अवधिमा त्यो सपनाको साकार रुप छाडेर फेरि अदृष्य सपनाहरुको खोजीमा हिंडिरहेको छु । आज म आजाद पन्छीझैं डुलिरहँदा मसँग कुनै प्रकारको व्यवसायिक एवं पेशागत जिम्मेवारी छैन ।
 तर, दुःख छ हामीलाई किनकि हामीले त्यस्तो उन्मुक्त जिन्दगी सधैं जिउन सक्दैनौं । व्यक्तिगत, पारिवारिक, सामाजिक अनि राष्ट्रिय उत्पादनसम्बन्धको जटिलताले त्यसो गर्न दिंदैन हामीलाई । 
विदेशी विश्वविद्यालयका कोर्सहरु अध्यापन गराउने बुटवलकै एक कलेजका प्रिन्सिपल मेरा अत्यन्तै आत्मीय मित्र संजीव भण्डारीले एकदिन फेसबुकमा एउटा स्टाटस लेखेका थिए,  ‘जिम्मेवारी भन्ने चिज पनि गजब रहेछ, जिन्दगीमा केहीसँग नडराउनेलाई पनि डराउने बनाउँदो रहेछ ।’ अहिले उनकै त्यो अभिव्यक्तिसँग आफूलाई दाँजिरहेको छु, जब जिम्मेवारीबाट मुक्त भइन्छ साँच्चिकै जिन्दगी त्यसबेला जिईंदोरहेछ । तर, दुःख छ हामीलाई किनकि हामीले त्यस्तो उन्मुक्त जिन्दगी सधैं जिउन सक्दैनौं । व्यक्तिगत, पारिवारिक, सामाजिक अनि राष्ट्रिय उत्पादनसम्बन्धको जटिलताले त्यसो गर्न दिंदैन हामीलाई ।

तर पनि जीवनमा सकेको त्याग गर्दै आइयो । आज यो पंक्ति तयार गर्दैगर्दा यो अखबार १३ औं वर्ष प्रवेश गर्दै छ । यसको उमेरको आधाभन्दा बढी समयदेखि म पनि कुनै न कुनै रुपमा यो पत्रिकासँग जोडिएको छु र आज मेरो लेखनलाई यही अखबारले तिखार्ने काम गर्यो भन्दा निकै गर्व लागेको छ । वित्तीय संस्थाको जागिर छाडेर मिडियातिर लाग्ने थोरै व्यक्तिहरु मध्ये म पनि एक हुँ शायद । मलाई मिडियातिर आकर्षिक गरेको मेरो लेखनले नै हो । अनि लेखन पनि एउटा अविराम यात्रा हो । अहिले म त्यही यात्रामा छु भनौं । त्यसो त निरन्तरको खोजी नै जीवनको लक्ष्य हो र हुनुपर्छ । हो, म पनि शायद त्यही लक्ष्यको खोजीमा छु । मुलुकको आर्थिक विकास, प्रगति र समृद्धिको लक्ष्य । आशा गरौं त्यो लक्ष्य हाम्रो आफ्नै जीवनकालमा हासिल हुनेछ ।

Published on Dainikpatra Daily on 11.08.2073 

ट्रम्प विजयको तरंग : बिकेकै हो त चर्को राष्ट्रवादको नारा ?

मनिकर कार्की 'निवर्तमान'

अन्ततः लामो र कडा चुनावी प्रतिस्पर्धाबाट अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा न्यू योर्कका अर्बपति व्यवसायी तथा प्रख्यात पूर्व टेलिभिजन प्रस्तोता डोनल्ड ट्रम्पले विजयी प्राप्त गरेका छन् । अमेरिका विश्वको महाशक्ति राष्ट्र भएका कारणले पनि अमेरिकी राष्ट्रपतीय निर्वाचनले विगत निकै लामो समयदेखि नै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सञ्चार माध्यमहरुले निरन्तर अपडेट गराएकै थिए । त्यसो त झण्डै एक वर्षसम्म चल्ने अमेरिकी चुनावी अभियान र टेलिभिजन बहसका कारण पनि त्यहाँको चुनावले विश्वव्यापी चर्चा पाउने गरेको छ । ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी नेतृ तथा पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई पराजित गरेका हुन् । उनको विजयीसँगै अहिले विश्वव्यापी रुपमा यो चुनावी नतिजालाई अप्रत्यासित मानिएको छ ।

रसुवागढी एक्सप्रेश

मनिकर कार्की निवर्तमान


झिल्टुङको साहित्यिक कार्यक्रमको बिट मारेर काठमाण्डूबाट गएको टोली सिधै त्रिशुलीको किनारस्थित रातमाटे फाँटतिरको ओरालो लाग्यौं । भर्खरै खनिएको ठाडै ओरालो बाटोको स्थिति हर्ेदा बाटो खन्दा गर्नुपर्ने सामान्य प्रारम्भिक अध्ययन पनि नगरेझैं देखिन्थ्यो । त्यसो त अहिले गाउँघरतिर जताततै बाटो खन्ने क्रम तीव्र छ, बाटोको नक्सासम्म सबै गाउँमा पुगेकै छ ।

झिल्टुङ साहित्य यात्रा

मनिकर कार्की निवर्तमान 

तिहारको मुखैमा नुवाकोट जाने अवसर मिल्यो । नुवाकोटको झिल्टुङ, दुई पिपलस्थित महाकवि देवकोटा साहित्य प्रतिष्ठानले लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रमको आयोजना गरेको रहेछ । प्रत्येक वर्ष तिहारताक देवकोटाको जन्मजयन्तीको अवसरमा गरिने सो कार्यक्रममा राजधानीबाट राष्ट्रियस्तरका ख्यातीप्राप्त साहित्यकारहरुलाई अतिथीको रुपमा बोलाउने गरिएको रहेछ ।

झिलिमिली काठमाण्डू !

तिहारको विदामा देश दर्शन गर्ने सोँच बन्यो । अनि काठमाण्डूबाट नुवाकोट रसुवातिर डुल्नको लागि विश्लेषक युग पाठक, पाठकपुत्र इशान पाठक, पत्रकार मित्र नरेश ज्ञवाली र मसहितको चारजनाको टोली निस्कियो मोटरसाइकल यात्रामा ।
३ दिनको नुवाकोट रसुवा यात्रा सम्पन्न गरी फर्कने क्रममा शिवपुरी वनको नाकाबाट काठमाण्डू उपत्यका प्रवेश गर्दैगर्दा काठमाण्डूमा तिहारको रंगीन माहोल विस्तारै सुरु हुँदै गयो । घाम छँदासम्म सादा देखिने काठमाण्डू घाम डुबेर अँधेरी सुरुभएसँगै क्रमशः झिलिमिली बन्दै गयो । हो, बत्तिको झिलिमिली ।
तिहारको  लक्ष्मी पूजाकै दिन शिवपुरीको काँठबाट उपत्यकाको झिलिमिली नियाल्न ठ्याक्कै एक घन्टाको अन्तरालमा यी दुई तस्बिर खिचियो जसले सादा काठमाण्डू र झिलिमिली काठमाण्डूलाई प्रतिबिम्बित गरेका छन् ।
सुनिँदै छ काठमाण्डूलाई अब लोडसेडिंग मुक्त बनाउने रे । अब काठमाण्डूको यो झिलिमिली शायद कायमै रहनेछ ।
(शब्द तस्बिरः मनिकर कार्की)


(ब्लग) उनीहरुको सपना र हाम्रो सपना

मनिकर कार्की निवर्तमान

काठमाण्डू ठमेलको एक तीन तारे होटेलको हलमा एउटा सेमिनार आयोजना गरिँदै छ । सेमिनारको विषय छ वैकल्पिक विचार निर्माणका लागि 'बौद्धिक समूहको निर्माण -क्रियटिङ थिंक ट्यांक) ।' सेमिनारको आयोजना विश्वव्यापी रुपमा वैकल्पिक राजनीतिक धाराको निर्माण गरिरहेको एक युरोपियन मुलुकको वैकल्पिक राजनीतिक दलले गरेको छ । सेमिनारमा सहजकर्ताका रुपमा युरोपियन मूलका आधा दर्जन सहजकर्ताहरु छन् । अनि थिंक ट्यांक निर्माण गर्ने अभियानमा सहभागी छन्, वैकल्पिक विचार निर्माणमा जुटेका नेपालका डेढ दर्जनजति क्रियाशील मिडियाकर्मीहरु । 


रारा एक्सप्रेसः मोटरसाइकल यात्रा

मनिकर कार्की निवर्तमान

जब घुमफिरको कुरा आउँछ, एउटा पुरानो गीत सम्झन्छु – ‘बुढापाकाहरु भन्थे नि लै लै, हिंडेदेखि छेउ लाग्छ बसे लेउ लाग्छ ।’ अनि महशुस गर्दछु जीवन भनेकै यात्रा हो । यात्रा अर्थात् हिंड्नु नै जीवन हो । हरेक पल हामी केही न केही नयाँ अनुभूति गर्न चाहन्छौं । त्यसका लागि पनि हिंड्नु त पर्छ नै । फेरि कतै पढेको सम्झन्छु –‘जीवन भनेको नदी हो, बग्नुपर्छ निरन्तर ।’ अरे, बग्नु भनेको पनि त फेरि हिंड्नु नै हो । आखिर मानवको त्यही स्वभावले नै मानवजातीलाई यो ब्रम्हाण्डकै सर्वश्रेष्ठ एवं चेतनशील प्राणी बनाएको हो शायद ।

संविधानको एक वर्ष !

मनिकर कार्की निवर्तमान

आज ‘असोज ३’ अर्थात् पहिलो संविधान दिवस । गत वर्ष संविधान जारी हुँदा सरकारले जनतालाई दीप प्रज्ज्वलन गरी स्वागत गर्न अनुरोध गरेको थियो भने संविधानको पक्षमा मतदान गरेका मुख्य राजनीतिक दलहरुले आफ्ना कार्यकर्ताहरुलाई अनिवार्य दीपावली गर्न निर्देशन दिएका थिए । अर्कोतर्फ काठमाण्डूको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उर्फ संविधानसभामा संविधान जारी गर्ने विशेष समारोहको तयारी चल्दै गर्दा यहि देशका संविधानसभाका पक्षधर मधेशी, थारु, आदिवासी, जनजातिहरु भने अधिकार र पहिचानका नारा उराल्दै सडकमा आन्दोलित थिए । उनीहरुको एउटै चासो थियो, कम्तीमा संविधान जारी गर्दा सबै आन्दोलित पक्षहरुको राजनीतिक मागको सम्बोधन होस् र पूर्ण संविधान जारी होस् ।

विकास र समृद्धिको नयाँ मोडेल खोज्ने कि ?

मनिकर कार्की निवर्तमान


२५० वर्षअघिको नेपालको इतिहास अध्ययन गर्दा हामी कुनै न कुनै रुपमा विकास र समृद्धितिरै अगाडि बढेको पाउँछौं । त्यो बेला नेपालका विभिन्न राज्य आर्थिक रुपले अन्य कतिपय छिमेकी देशसँग समान हैसियतमा थिए । मध्यकालीन नेपाल राज्य (काठमाण्डू उपत्यका) एसियामै समृद्ध मानिन्थ्यो । खासगरी तिब्बतसँगको व्यापारमा उपत्यकाले अग्रणी स्थान बनाएको थियो । त्यस्तै पश्चिमको सिंजा (जुम्ला) राज्यले त नियमित २२ हजार सेना नै पालेर राखेको थियो भन्ने इतिहास छ । यसको अर्थ गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा भएको राज्यविस्तारअघिसम्म केही राज्य निकै समृद्ध थिए । तर, त्यसरी ससानो टुक्रामा विभाजित राज्यहरुले समष्टिगत समृद्धि हासिल गर्नु सम्भव पनि थिएन । ती सबैजसो आफैमा आत्मनिर्भर थिए र त्यसैगरी चलेका थिए । त्यो बेलाको समृद्धि आन्मनिर्भरतामै केन्द्रित थियो ।

मानव निर्यातले समृद्ध नेपाल असम्भव

मनिकर कार्की ‘निवर्तमान’

-तस्बिरः गुगल खोजी)

मुलुक अहिले आर्थिक, राजनीतिक, सामाजिक एवम् सांस्कृतिक रुपान्तरणको अवस्थामा छ । सबै रुपान्तरणको प्रक्रियालाई संस्थागत गर्ने दस्तावेजका रुपमा लिइएको मुलुकको संविधान जारी भएको पनि एक वर्ष पुग्न लागिसकेको छ । एक वर्षको दौरानमा मुलुकमा धेरै परिवर्तनको अपेक्षा गरिएको थियो । तर, त्यसअनुसार जनताको दिनचर्यामा कुनै परिवर्तन आउन सकेको छैन । त्यसो त मुलुकको संविधानले पनि यी सबै प्रकारका राजनीतिक समस्याको एकमुष्ट समाधान दिन सकेको छैन । संविधान जारी भएदेखि नै एउटा समुदाय असन्तुष्ट भएर आन्दोलित नै छ । आन्दोलनको मानसिकताबाट तराई–मधेस अझै पनि बाहिरिन सकेको छैन । यसर्थ, यो संविधान पनि सम्भावना र समाधानको विकल्पभन्दा समस्याको पोको बन्न पुग्यो । अनि यी सबै राजनीतिक समस्यालाई समाधान गरी नयाँ आर्थिक परिवर्तन र समृद्धिको मार्गमा जानुपर्ने आजको टड्कारो आवश्यकता हो ।

प्रतिक्रियात्मक बहसमा स्थानीय संरचना

मनिकर कार्की ‘निवर्तमान’

संघीय स्वरुपमा स्थानीय तहको संरचना निर्धारणको कार्यादेश पाएको स्थानीय तह पुनःसंरचना आयोगले ५ सय ६५ गाउँपालिका/नगरपालिकासहितको स्थानीय संरचना प्रस्ताव गरेसँगै राजनीतिक वृत्तमा पुनःसंरचनाको बहस प्रखर रुपमा देखा पेको छ । औपचारिक तथा अनौपचारिक रुपमा मुख्य राजनीतिक पार्टीहरुले आआफ्नै ढंगले आयोगले दिएको प्रतिवेदन माथि प्रतिक्रिया दिइरहेका छन् । तर, राजनीतिक दलहरुको प्रारम्भिक प्रतिक्रियामा स्थानीय संरचना आवश्यक पर्नुको सैद्धान्तिक आधार भन्दा पनि संख्याकेन्द्रीत देखिन गएको छ । उनीहरुले यो संरचनालाई पनि पुरानै व्यवस्था अनुसारका गाविस र नगरपालिकाकै क्षेत्राधिकार जस्तो गरी टिप्पणी गरिरहेका छन् । दलहरुकोे प्रारम्भिक प्रतिक्रिया स्थानीय निकाय पुनःसंरचनाको सैद्धान्तिक आधार र त्यसको उद्देश्यको व्याख्या भन्दा पनि स्थानीय निकायको संख्या बढाउने कि घटाउने भन्ने मै केन्द्रीत देखिन्छ ।

समृद्धिका लागि क्षेत्रगत सुधार

मुलुकमा अहिले नयाँ संविधान बनेसँगै आर्थिक विकासको मुद्दाले प्राथमिकता पाउन थालेको छ । सबैजसो राजनीतिक दलले आर्थिक विकासका एजेण्डालाई प्राथमिकतामा राख्न थालेका छन् । तर पनि ती दलले आर्थिक विकासका लागि ठोस साझा दृष्टिकोण निर्माण गर्न सकेका छैनन् । विकास र समृद्धिका लागि स्पष्ट योजनासहितको मार्गचित्र तयार गरी वैकल्पिक दृष्टिकोण दिन सकेका छैनन् । साँच्चिकै मुलुकको आर्थिक विकासको रणनीतिक योजना पनि निर्माण गर्न सकेका छैनन् । सार्वजनिक खपतका लागि दलहरुले जति नै विकास र समृद्धिका कुरा गरे पनि मौजुदा राजनीतिक पार्टीहरुसँग अहिलेको राजनीतिक जटिलतालाई चिरेर मुलुकलाई आर्थिक समृद्धिको दिशातिर लैजाने स्पष्ट मार्गचित्र छैन । त्यसैले विकासका गफ गर्नु बाहेक उनीहरुसँग कुनै प्रकारको रणनीतिक योजनाको अभाव देखिन्छ ।

के लघुवित्तको मुनाफा मात्रै सफलताको आधार हो ?

तस्बिरः गुगल खोजी
लघुवित्तको अवस्था
खासगरी गाउँगाउँका गरिब तथा विपन्न परिवार जो आधुनिक बैङ्कका ग्राहक बन्न सकिरहेका हुँदैनन्, तिनीहरुलाई उनीहरुकै घरघरमा पुगी वित्तीय सेवा पुर्याउने संस्था नै लघुवित्त हो । ग्रामीण महिलाहरुलाई वित्तीय रुपले साक्षर बनाउने र आधुनिक बैङ्क वित्तीय संस्थाहरुबाट वित्तीय सेवा पुग्न नसकेको स्थानमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्था विस्तारको नीति लिएको हो । त्यसै नीति अनुसार पछिल्लो १० वर्षको अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सङ्ख्यात्मक वृद्धि निकै बढेर गएको छ । अति लघुवित्त वित्तीय संस्थाहरुको सङ्ख्यात्मक वृद्धिसँगै लघुवित्त क्षेत्र पनि चुनौतीपूर्ण बन्दै गएको छ । सन् ९० को दसकमा कृषि विकास बैङ्कबाट ससाना कृषकहरुलाई उन्नत बीउबिजन तथा कृषि औजारहरु खरिद तथा पशुपालनका लागि ससानो ऋण उपलब्ध गराई उनीहरुलाई व्यावसायिक बनाउने उद्देश्यले साना किसान विकास परियोजनाअन्तर्गत लघुवित्त कर्जाको सुरुवात भएको देखिन्छ । साना किसान विकास परियोजनाअन्तर्गत सुरु भएको लघुकर्जा अहिले ४१ वटा लघुवित्त वित्तीय संस्थाहरु तथा केही दर्जन सहकारी र गैरसरकारी संस्थाहरुमार्फत वितरण भइरहेको छ । अझै पनि लघुवित्त क्षेत्रमा २० अर्बको कोष अपुग रहेको अनौपचारिक तथ्याङ्कहरु बेलाबखतमा सार्वजनिक भइरहेका छन् । 

कहिले बन्छ समृद्धिलक्षित युवा नीति ?

मनिकर कार्की ‘निवर्तमान’
गत अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो । सोही दिन सरकारले विभिन्न क्षेत्रमा योगदान गरेको भन्दै झण्डै दुई दर्जन युवा व्यवसायी तथा पेशाकर्मीहरुलाई राष्ट्रिय सम्मान पनि गर्यो । तर युवा दिवसका लागि सरकारले विशिष्ट योगदान गरेको भन्दै केही युवाहरुलाई सम्मान गर्नेबाहेक आमयुवालाई लक्षित र आकर्षित गर्नेगरी कुनै प्रकारको कार्यक्रमको घोषणा भने गरेन । त्यसो त हरेकजसो दिवसलाई औपचारिक रुपमा मनाउने चलनै छ । अनि दिवसका दिन सरकारले कतिपय कार्यक्रमहरु घोषणा पनि गर्दछ तर ती सबै घोषणा केवल सस्तो लोकप्रियता र सुन्दर गफमै सीमित भएको दृष्टान्तहरु बग्रेल्ती छन् । त्यस्ता घोषणाले गम्भीर कार्यान्वयनको अवसर कहिल्यै पाउँदैनन् । ती केवल औपचारिक घोषणामै सीमित हुन्छन् र तिनले क्षणिक लोकप्रियताबाहेक केही पाउँदैनन् ।
विगत केही वर्षदेखि अन्तर्राष्ट्रिय युवा दिवसका दिन नेपालमा पनि यस्तै प्रकारका औपचारिक कार्यक्रमहरु हुँदै आएका छन् । अनि कार्यक्रममा भाषण गर्दै सरकारका मन्त्रीहरुले बेरोजगारीपूर्ण अवस्थाको अन्त्य गर्न युवाहरुलाई योग्यता र क्षमता अनुसारको रोजगारको अवसर सृजना गर्नुपर्ने भाषण गर्दछन् । युवाहरुको शिक्षा, स्वास्थ्यजस्ता न्यूनतम आवश्यकता पूरा गर्नुपर्ने तथा बेरोजगार युवाहरुलाई निर्वाह भत्ता दिनेसम्मका कुराहरु भाषणमा आउँछन् । अनि सरकारले युवालाई लक्षित गर्दै नीति तथा कार्यक्रमहरु पनि सार्वजनिक गर्दछ तर घोषणा गरिएअनुसार युवालक्षित कार्यक्रमहरु प्रभावकारी रुपमा कहीँकतै कार्यान्वयन भएको पाइँदैन । केवल सरकारले बेरोजगार युवाहरुको सपनामाथि दलाली गर्ने काम गरिरहेको छ ।

एजेन्डाविनाको विद्यार्थी आन्दोलन

मनिकर कार्की ‘निवर्तमान’
-तस्बिर साभार ः रातोपाटी)
पटकपटक मिति तोकिँदै स्थगित हुँदै आएको नेपाली काङ्ग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशन अहिले कामाडौंमा चलिरहेको छ । महाधिवेशनको तामझाम हेर्दा गत फागुनमा सम्पन्न माउ पार्टी नेपाली काङ्ग्रेसकै महाधिवेशनको झल्को दिएको छ । त्यसो त विद्यार्थी सङ्गठनको महाधिवेशनमा विद्यार्थी आन्दोलनका आगामी एजेन्डाहरुकै बारेमा बहस हुनुपर्ने हो । अर्थात्, अबको विद्यार्थी आन्दोलनको मुख्य एजेन्डा के हुनुपर्छ ? विद्यार्थीले कस्तो प्रकारको मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ ? शैक्षिक क्षेत्रको सुधारका लागि विद्यार्थीहरुले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ? विद्यार्थी सङ्गठनले कसरी विद्यार्थीको हक हित र सुरक्षा गर्नसक्छन् ? मुलुकको शैक्षिक प्रणालीलाई व्यावहारिक र अध्यावधिक गर्न विद्यार्थी सङ्गठनको भूमिका के हुन्छ ?

पात्र होइन पद्धति बदलौं


अन्ततः जुन व्यवस्थाको विरुद्ध माओवादीले बन्दुक उठाएको थियो, जुन व्यवस्था फर्ेनका लागि पटकपटक संर्घष्ाहरु भए, गरिए त्यही व्यवस्थाबाटै दोस्रो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन् । त्यसो त माओवादी हतियारबन्द युद्धबाट शान्तिपर्ूण्ा राजनीतिमा प्रवेश गरेको पनि एक दसक भइसकेको छ । यर्सथ, झण्डै एक दसकको अवधि माओवादीले संसदीय राजनीतिको हिस्सेदार भएर बिताइसकेको सर्न्दर्भमा माओवादीको सत्तारोहणलाई लिएर टिकाटिप्पणी गर्नु पनि वाञ्छित नहुनसक्छ । तथापि यसपटकको माओवादीको सत्तारोहणलाई जति नै सिद्धान्त र विचारको जलप लगाए पनि यो व्यवहारवादी देखिन्छ । हो, प्रचण्डको सत्तारोहण राजनीतिक, सैद्धान्तिक, वैचारिक कम र व्यवहारवादी बढी भएको छ ।
नत्र आफ्नै र्समर्थनमा बनेको सरकारलाई ढलाएर विपक्षी दलसँग सत्ताको लगन गाँठो कस्ने हतारो माओवादीलाई नहुनुपर्ने हो । यहाँनेर पर्ूव प्रधानमन्त्री केप ीओलीको अनुदार चरित्र अनि सहमति अनुसार सत्ता हस्तान्तरणमा देखिएको अनिच्छा र आफ्नै एकमनावादी सोँचले पक्कै पनि सरकारको सहयात्री दल माओवादी केन्द्रलाई सशंकित तुल्याएको हुनर्ुपर्छ । नत्र ढिलोचाँडोको कुरा मात्र हो, केपीले प्रचण्डलाई सत्ता हस्तान्तरणको विकल्प हुने थिएन । 

जे होस् अब सरकार परिवर्तन भइसकेको सर्न्दर्भमा ती सबै कुरा गौण भएका छन् । अनि आज केपी ओलीको ठाउँमा प्रचण्ड प्रधानमन्त्री हुनु ठिक कि बेठिक भनेर बहस गर्न खोजिएको पटक्कै होइन । यहाँ उठान गर्न खोजिएको विषय जुनसुकै दल र जोसुकैको नेतृत्वमा सरकार बनोस् तर, यसरी पटकपटक सरकार परिवर्तन हुँदा मुलुकको राजनीति अस्थिर मात्र बनेको छैन किन्तु आम जनतामा नैराश्यता उत्पन्न भएको छ ।

सत्ताको दोस्रो इनिङमा प्रचण्ड

मनिकर कार्की ‘निवर्तमान’

अन्ततः ‘१२ वर्षमा खोला पनि फर्किन्छ’ भन्ने लोकोक्तिझैं ८ वर्षपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । ०६६ साल वैशाख २१ गते आन्तरिक शक्ति सन्तुलनको राजनीतिमा केही जटिलता उत्पन्न हुँदा ‘नैतिकताको आधार’मा गणतान्त्रिक नेपालका पहिलो प्रधानमन्त्रीको पदबाट राजीनामा दिन पुगेका प्रचण्डलाई त्यसयता सत्तामा पुग्न ८ वर्ष लाग्यो । आज आठ वर्षपछि पुनः सत्ताको भर्याङ उक्लिँदै गर्दा प्रचण्डका विषयमा आम चर्चा छ ।
जब प्रचण्डले ०६६ सालमा राजनीनामा गरे, उनको चौतर्फी आलोचना भयो । हुन त त्यो बेलाको परिस्थिति अलिक फरक पनि थियो । त्यो बेला सरकार छाड्नुपर्ने बाहिरी कारण नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाललाई गरिएको बर्खास्तीलाई राष्ट्रपतिको थमौती नै थियो । तत्कालीन राष्ट्रपतिको उक्त कदमले नैतिक सङ्कटमा परेका प्रचण्डले तत्कालीन अवस्थामा नागरिक सर्वोच्चतालाई मुद्दा बनाएर सरकार छाडेका थिए । तर उनी प्रधानमन्त्री भएदेखि नै उनको पार्टी तत्कालीन नेकपा माओवादीभित्रैबाट राज्यसत्ता कब्जा गर्नका लागि ‘जनविद्रोह’ गर्नुपर्ने दबाबमा प्रचण्ड थिए । अनि प्रधानसेनापति प्रकरणलाई त्यसैको रिहलसल मान्ने पनि धेरै थिए ।

‘ती प्रचण्ड’ र ‘यी प्रचण्ड’

मनिकर कार्की ‘निवर्तमान’


‘१२ वर्षमा खोला पनि फर्किन्छ’ भन्ने लोकोक्ति चरितार्थ भएको छ, भन्दा त्यति धेरै फरक पर्ने छैन सायद । अनि पर्खन सक्नुपर्छ, समय फर्कीफर्की आउँछ भनेझैं फेरि ८ वर्षपछि पुनः सत्तारोहणसँगै एकपटक ‘प्रचण्ड’ समय फर्किएको छ । प्रचण्ड नेपालको ३९औं प्रधानमन्त्री बनेका छन् । अनि आफ्नै राजनीतिक जीवनकालमा दोस्रोपटक सिंहदरबार उक्लिएका छन् ।

सरकार फेर्ने कि सिस्टम ?

टिप्पणी
मनिकर कार्की निवर्तमान

अन्ततः संसदको दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्व अनि संसदको तेस्रो र चौथो ठूलो दल नेकपा माओवादी केन्द्र र राप्रपा नेपालको मुख्य र्समर्थनमा बनेको एमाले-माओवादी-राप्रपा नेपाल गठबन्धन सरकार माओवादी असहयोगका कारण ९ महिना मै ढल्न पुगेको छ । पछिल्लो समयमा गठबन्धनमा सम्मिलित खासगरी नेकपा एमाले र माओवादी केन्द्रबीच सरकार संचालनको सवालमा असहमति बढ्न  जाँदा सरकार ढल्न पुगेको छ ।

त्यसो त तत्कालीन एकीकृत माओवादीले यसअघि पनि सरकार परिवर्तनका लागि पहिलो ठूलो पार्टर्ीीेपाली कांग्रेससँग कुराकानी अघि बढाएको थियो । अनि बजारमा नेपाली कांग्रेसको १८ औं महाधिवेशनबाट कांग्रेस नेता शेर बहादुर देउवा सभापति चयन भइसकेपछि सत्ता गठबन्धनमा परिवर्तन आउने अड्कल पनि काटिएको थियो । तर, देउवाले सभापतिमा निर्वाचित भएसँगै 'आफ्नो ध्यान सरकारमा नभई सक्रिय प्रतिपक्षको भूमिकामा रहने' टिप्पणी गरेपछि सो अड्कल मत्थर भएको थियो ।

'तिमी युवा हुँदा के गर्यौ ?'

मनिकर कार्की "निवर्तमान"

गएको साउन ५ गते राष्ट्रिय युवा अधियान कास्कीले पोखरामा युवाकेन्द्रीत एउटा बृहत राष्ट्रिय परिसंवाद कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा यो पंक्तिकारले पनि सहभागिता जनाउने मौका पाएको थियो । कार्यक्रममा वैकल्पिक राजनीति, अर्थतन्त्र, राजनीतिमा युवाको भूमिका, राजनीतिमा आइटीको प्रयोग, क्वान्टम सिद्धान्तलगायतका विषयमा युवाहरुबाट ६ वटा कार्यपत्रहरु प्रस्तुत गरियो र त्यही कार्यपत्रमाथि बहस केन्द्रीत भयो । मूलतः राजनीतिमा अब युवाको भूमिका कस्तो हुनर्ुपर्छ - युवाले कस्तो प्रकारको राजनीति गर्नुपर्छ - युवा राजनीतिका सधैं फलोअर हुने कि र्सजक पनि हुने - समाजको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमा युवाको भूमिका के हुने - नयाँ युवामैत्री संस्कृति निर्माणका लागि युवाले कस्तो प्रकारको भूमिका निर्वाह गर्नुपर्छ - आर्थिक उत्पादनमा युवाको भूमिका के हुने - राजनीतिमा युवाहरु कसरी र किन वैकल्पिक शक्ति हुने - यूथ ओरियन्टेशन कार्यक्रममा यी र यस्तै प्रश्नहरुको उत्तर खोज्ने काम भयो ।

... पण्डितजीका नाममा

मनिकर कार्की निवर्तमान

गत आइतबार बिहान सबेरै पत्रकार डीआर घिमिरेले एउटा दुःखद् खबर छ भन्दै फोन गर्नुभयो । उहाँकै फोनको घन्टीले ब्युँझेको म उठेर सहज महशुस गर्न पाएकै थिइँन, पण्डित बाबुराम भट्टर्राईको दुःखद् निधनको खबर सुनाउनुभयो । त्यसपछि पत्रकार सीपी खनालले पनि फोनमार्फ सोही खबर सुनाउनुभयो । प्राध्यापन पेशामा लाग्नेहरुको बिहानी एकदमै रुटिनाइज हुन्छ । म पनि बिहानको कक्षा सकेर सातबजे पण्डितजीलाई अन्तिम श्रद्धाञ्जली दिन जाने सोचका साथ क्याम्पसतिर लागेँ । तर, योजनामुताबिक कक्षा सकेर बाहिर निस्कनै लाग्दा परिवारजनले पण्डितजीको पार्थिव शरीरलाई दाहसंस्कारको लागि देवघाट लगिसकिएको खबर आयो । त्यसपछि मानसपटलमा उहाँलाई सम्भिmँदै म बिचबाटो बाटै घरितर फर्किएँ ।

विद्यार्थी आन्दोलनको अबको गन्तब्य

मनिकर कार्की 'निवर्तमान'
तस्बिरः गुगल खोजी
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु)को चुनाव आगामी फागुन १४ लाई तोकेको छ । अब विगतमा जस्तै विद्यार्थी संगठनहरुले जितहारको हिसाबकिताब नगरीकन विद्यार्थी राजनीतिलाई शुद्धिकरण गर्ने अवसरका रुपमा आसन्न चुनावलाई लिने हो भने २०६५ सालदेखि स्थगित हुँदै आएको स्ववियू चुनाव यस वर्षहुने देखिन्छ । स्ववियू चुनावको प्रसंग चल्दै गर्दा अबको विद्यार्थी आन्दोलनको उद्देश्य र गन्तब्यको बारेमा व्यापक बहस हुनु जरुरी देखिन्छ । नेपालमा विद्यार्थी आन्दोलनको इतिहास हर्ेदा विद्यार्थी आन्दोलनले पक्कै पनि राजनीतिक उद्देश्य नै बोकेको देखिन्छ । अनि निम्न माध्यमिक विद्यालयमा पढ्दा देखि नै विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेका धेरै नेताहरु अहिले राजनीतिक दलको केन्द्रीय तहमा पुगेका छन् । यर्सथ, विद्यार्थी आन्दोलनको विगत हर्ेदा यसले राजनीतिक अभिष्ट नै बोकेको देखिन्छ ।

अस्तायो मूल्लाको किस्सा !

मनिकर कार्की निवर्तमान

प्रेस स्वतन्त्रता सेनानी । गणतान्त्रिक सरकारले दिएको उपाधि छाडेर अस्ताए पण्डितजी । अर्थात् पत्रकार पं. बाबुराम भट्टर्राई । अब कहिल्यै नफर्किने गरी विदा भएका छन्, हामी माझबाट । तिक्ष्ण स्मरण शक्ति भएका अध्ययनशील र चिन्तनशील उनीसँग केही समयसँगै काम गर्ने अवसर पनि मिल्यो । सँगसँगै रहेर काम गर्दा विछट्टै रमाइलो गर्ने बेलाबेलामा मूल्ला नसरुद्दिनका किस्सा सुनाएर हसाँउने उनको शैली अब स्मृतिमा मात्र रहनेछ ।

हरेक शब्दलाई आफ्नै परिभाषा दिने अनि मूल्लाको किस्सा जोडेर व्याख्या गर्ने उनको त्यो अनुपम शैली । जुनसुकै शब्दको बारेमा सोध्दा त्यसको इतिदेखि अन्त्यसम्म फेहरिस्त प्रस्तुत गर्ने अनि हरेक प्रसंगलाई दार्शनिक व्याख्या गर्ने उनको विशेषता थियो । अब त्यसको सख्त अभाव खट्किने छ ।

विकास र समृद्धिको रोडम्याप

प्रदेश नम्बर ५ केन्द्रीत समृद्धि योजना

- मनिकर कार्की निवर्तमान
१. विषय प्रवेशः
मुलुकमा नयाँ संविधान जारी भएसँगै आर्थिक विकास र समृद्धिको एजेण्डा प्रमुख रुपमा मुखरित हुँदै आएको छ । यद्यपि अहिलेको संविधानमा पनि आफ्ना मागहरु समाविष्ट नभएको भन्दै एउटा तप्का आन्दोलित नै छ, तथापि संविधानले मूलतः अहिलेसम्मका राजनीतिक आन्दोलनका उपलब्धिहरुलाई लेखांकन गर्ने काम गरेको छ । यर्सथ, अहिले नै सबै हासिल भयो वा भएन भनेर गुनासो गर्नुभन्दा पनि प्राप्त भएका उपलब्धिहरुको संस्थागत विकाससँगै हामी निरन्तर रुपले उपलब्धि हासिल गर्नेतिर क्रियाशील हुनु नै बुद्धिमता हो । 
जसै मुलुकमा संविधान जारी भयो, एक हिसाबले भन्ने हो भने संविधानसँगै अहिलेसम्म भए गरेका सम्पर्ूण्ा राजनीतिक उपलब्धिहरु एक प्रकारले लेखांकन भएको छ । यर्सथ, अबको राजनीतिक मुद्दा आर्थिक अवस्था फर्ेर्ने नै हुनर्ुपर्छ । अबको राजनीतिमा आर्थिक रुपान्तरण, प्रगति र समृद्धिका मुद्दाहरुले नै प्राथमिकता पाउनर्ुपर्छ । फलस्वरुप अहिले सबैजसो राजनीतिक दलहरुले आर्थिक विकास र समृद्धिका कुरा गर्न थालेका छन् । नेपाली कांग्रेसले काठमाण्डौंमा सम्पन्न १३ औं महाधिवेशन तथा नेकपा एमालेले काठमाण्डौंमै सम्पन्न ८ औं महाधिवेशन तथा नेकपा माओवादी केन्द्र -तत्कालीन एकीकृत माओवादीले) हेटौंडा महाधिवेशनबाटै आर्थिक समृद्धिको लाइन पास गराएका छन् भने अन्य दलहरुले पनि आर्थिक विकासको लाइन पास गराएर आफूहरुले आर्थिक नीति र कार्यक्रमलाई महत्व दिएको देखाएका छन् । 

राजनीतिलाई आर्थिक विकास र समृद्धिको कोणबाट परिभाषित गर्दै मुलुकको आर्थिक अवस्था फर्ेर्ने उद्घोषका साथ आर्थिक रुपान्तरण र समृद्धिलाई आफ्नो मुख्य नारा बनाएर भर्खरै मात्रै पर्ूवप्रधानमन्त्री डा. बाबुराम भट्टर्राईको संयोजकत्वमा नयाँ शक्ति नेपाल पार्टर्ीीोषणा भएको छ । नयाँ शक्तिले त 'अबका निकास, आर्थिक विकास' 'समृद्धि संभव छ, हाम्रै पालामा' जस्ता नाराहरु नै तय गरेर  मुलुकको आर्थिक विकास र समृद्धिलाई मुख्य राजनीतिक एजेण्डै बनाएर राजनीति शुरु गरेको छ । यसबाट निसन्देहः आर्थिक विकास र समृद्धि अबको राजनीतिको मुख्य नारा भएको प्रस्ट हुन्छ ।

समृद्धिको वैकल्पिक सोच

मनिकर कार्की "निवर्तमान"

तस्बिरः गुगल खोजी
अहिले मुलुकमा विकास र समृद्धिको बहस तीव्र ढंगले उठिरहेको छ । जसै मुलुकमा नयाँ संविधान जारी भयो, मुलुकमा राजनीतिक क्रान्ति सकिएको उद्घोषसँगै अब मुलुक आर्थिक क्रान्तितिर अग्रसर हुनुपर्ने राजनीतिक नाराहरु सुनिन थालेको छ । यद्यपि राजनीतिक क्रान्ति सम्पर्ूण्ा रुपले समापन भइसकेको अवस्था भने छैन । तथापि राजनीतिक संर्घष्ा पनि एउटा नियमित चालू रहने आन्दोलन भएको हुनाले समयक्रमसँगै राजनीतिक संर्घष्ा पनि जारी नै रहन्छ । इतिहासदेखि अहिलेसम्म मुलुकमा धेरै पटक राजनीतिक बदलावहरु भएका छन् । तर, त्यसरी आएको व्यवस्था परिवर्तनको उपलब्धिले आर्थिक विकासका लागि मार्ग प्रशस्त गर्न सकेन । अझ यसो भनौं पटकपटक भएको राजनीतिक बदलावसँगै हामीले विकासको कुनै एउटा मोडेल पकडेर आर्थिक समृद्धि हासिल गर्ने दिशामा अघि बढ्न सकेनौं । फलस्वरुप हाम्रो विकास जहिल्यै कागजमै सीमित हुन पुगेको छ । राजनीतिक दलहरुको चुनावी घोषणापत्रमै सीमित विकास र समृद्धिलाई कसरी जनताको घरदैलोसम्म पुर्याउने - अहिलेको मुख्य चुनौती पनि यही हो र आगामी राजनीतिक यात्रा पनि त्यही मार्गबाट अघि बढ्ने निश्चित छ ।

धान दिवसका अर्थहीन झाँकीहरु

मनिकर कार्की निवर्तमान
१५ गते औपचारिक रुपमा धुमधामका साथ धान दिवस अर्थात् रोपाईं जात्रा मनाएको देखियो । केही वर्षपहिलेदेखि सरकारले १५ असारलाई औपचारिक रुपमा धान दिवसको रुप्मा मनाउँदै आएको छ । सोही बेलादेखि असार १५ लाई रोपाईं जात्राको रुपमा मनाउन थालिएको छ । यसलाई श्रम संस्कृति मान्ने हो भने ठीकै छ । यसले श्रमको सम्मान गरेको भन्न सकिएला । तर, जसरी धान दिवसका दिन झाँकीहरु देखियो, त्यसमा भने सहमति जनाउन सकिने अवस्था रहेन ।


मन्त्री र सरकारी अधिकारीहरु नै संलग्न भएका कतिपय धानदिवसका झाँकीहरु अनौठो र उत्ताउलो खालको पनि देखियो । सामाजिक सञ्जालमा धेरैले खेतमा डुबुल्की मारेर तस्बिरहरु खिचाए अनि पोष्ट गरे । यसपालीको धान दिवसमा मन्त्रीले गमलामा रोपाईं गरे अनि सरकारी अधिकारीहरुले बिउको माला लगाएर पर्व मनाए ।अनि बजारियाहरुले खेतमा डुबुल्की मारेर सेल्फी खिचाए । सतहमा देखियो हामी कृषि पेशाप्रति कत्तिको चिन्तित छौं । कत्ति सम्मान गर्छर्ाा भन्ने कुरा । मन्त्रीदेखि सरकारी अधिकारी तथा सरोकारवाला संघसंस्थाहरु सम्मले धानदिवसलाई बडो रोचक र यादगार रुपले मनाएको देखियो । तर, त्यसले वास्तविक रुपमा किसानको समस्या र कृषिलाई सम्मान प्रकट गरेको भान भएन । बरु कृषिलाई एक दिनको मनोरञ्जनको रुपमा लिने संस्कृति जन्मिएको झैं लाग्यो ।

अमलटारीको सम्पत्ति

मनिकर कार्की निवर्तमान
 केही दिनदेखि नै कामको सिलसिलामा नवलपरासी जानुपर्ने थियो, तर अवसर मिलेको थिएन । यसपटक भनें अनायासै नवलपरासीतिर हर्ुइंकिने सोच बनाएँ र तीन बजे बुटवल छाडें । बुटवलबाट एक्लै मोटरसाइकलमा हर्ुइंकिंदा त्यत्ति जाँगर चलेको थिएन । किनकि सामान्यतया केही लामो यात्रामा कोही न कोही साथीको सख्त जरुरत हुन्छ जो । यद्यपि मौसममा आएको बदलीसँगै बाटोमा कडा घाम थिएन र पानी पनि परेको थिएन । वषर्ात्को सुरुवातसँगै पलाउँदै गरेको रुख बिरुवाका नयाँ पालुवाले वातावरण हरित तुल्याएको थियो नै गर्मीयाममा आकाशभरि टम्मै छाएको बादलुको च्यादरले शीतल महशुस भइरहेको थियो । अनि त मौसममा देखिएको अनुकूलताले मलाई ताजगी बनाउँदै लग्यो र एक्लो यात्रा पनि रोमाञ्चित हुँदै गयो । नवलपरासीको गोछडा पुग्दा साँझको ठीक पाँच बजेको थियो । गोछडा पुगेपछि डण्डाका एक जना मित्र कृष्ण गैरेसँग सर्म्पर्क भयो । अब त्यस रात अमलटारीको होमस्टेमा बस्ने निधो गरियो ।

भाषणमुखी बजेट

मनिकर कार्की "निवर्तमान"

सरकारको वाषिर्क कार्यतालिका अनुसार यसपाली पनि सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवस्थापिका संसदमा आगामी आर्थिक वर्ष२०७३/०७४ को लागि बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्रीले सरकारी आम्दानी र खर्चको विवरणको रुपमा आगामी आर्थिक वर्षा लागि रु. १० खर्ब ४८ अर्ब ९२ करोडको जम्बो बजेट प्रस्तुत गरेका छन् । चालू आर्थिक वर्षो तुलनामा यो बजेट २८ प्रतिशतले बढी हो । अघिल्लो वर्षनेपाली कांग्रेस नेतृत्वको सरकारले रु. ८ खर्ब १९ अर्ब ४७ करोडको बजेट प्रस्तुत गरेको थियो । यस वर्षो कूल बिनियोजित बजेटमध्ये चालर्ूखर्च तर्फरु. ६ खर्ब १७ अर्ब १६ करोड अर्थात् ५८.९ प्रतिशत, पू“जीगत खर्चतर्फरु. ३ खर्ब ११ अर्ब ९५ करोड अर्थात् २९.७ प्रतिशत र वित्तीय व्यवस्थापन -आन्तरिक तथा बाह्य ऋणको सा“वाब्याज भुक्तानी) का लागि रु. १ खर्ब १९ अर्ब ८१ करोड अर्थात् ११.४ प्रतिशत व्यवस्था गरिएको छ । यसरी भूकम्पका कारण क्षत्रि्रस्त भौतिक सम्पत्तिहरुको पुनःनिर्माण र नवनिर्माणमा केन्द्रीत भनिएको बजेटको पू“जीगत खर्च एकतिहाई भन्दा कम हुनु र बजेटमा धेरै लोकप्रिय कार्यक्रमहरु समेटिएता पनि स्पष्ट आर्थिक संभाव्यता नभएका कारण बजेट केही हदसम्म वितरणमुखी र धेरै हदसम्म भाषणमुखी देखिएको छ ।

दुब्लाउँदै गएको गणतन्त्र

मनिकर कार्की ‘निवर्तमान’





जेठ १५ गते गणतन्त्र दिवस आउँदैछ । यस वर्षहामी आठौं गणतन्त्र दिवस मनाउँदै छौं । संयोग नै मान्नर्ुपर्छ, मुलुकमा गणतन्त्र दिवस आउनै लाग्दा मैले भर्खरै मात्र पत्रकार प्रशान्त झाको 'ब्याटल अफ दि न्यू रिपब्लिक' पढेर सकंे । झाले आफ्नो पुस्तकमार्फ मुलुकमा निकै ठूलो राजनीतिक संर्घष्ासँगै धेरै परिवर्तन भएर गणतन्त्र आइपुग्दासम्म पनि सत्ताको संरचना बदलिन नसकेको तर्क पेश गरेका छन् । उनले पेश गरेका तथ्यहरुका आधारमा जबसम्म नेपाली सत्ताले संरचनागत रुपमा अवलम्बन गरेका गलत र एकांकी अवधारणाहरु बदलिंदैन, नेपाली समाजमा गणतन्त्रको सामाजिकीकरण हुन सक्दैन भन्ने निश्कर्षनिकाल्न सकिन्छ । 

प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै किन ?

मनिकर कार्की निवर्तमान
 
अहिले संविधान जारी भएको ८ महिना बितिसक्दा समेत संविधान कार्यान्वयनको चरणमा गरिनुपर्ने न्यूनतम् कामहरु हुन नसक्दा नयाँ संविधान समस्या समाधानको विकल्प भन्दा पनि थप समस्याको पोको सावित हुन पुगेको छ । अनि संविधान जारी गर्दाको सत्ताधारी दल नेपाली कांग्रेस संविधान घोषणा लगत्तै सरकार परिवर्तन भएसँगै प्रतिपक्षी बनेपछि झन् संविधान कार्यान्वयन, भूकम्पीय क्षतिको पुन:निर्माणको काम अनि अन्य आर्थिक रूपान्तरण र समृद्धिका लागि अवलम्बन गर्नुपर्ने राष्ट्रिय कार्यदिशा निर्माण हुन नसक्दा अहिले मुलुकको राजनीति नै स्ट्याग्नेशनको अवस्थामा पुगेको छ । न त पछाडि फर्कन मिल्ने न त अघि नै बढ्न सक्ने । हो, भन्नैपर्छ आम नेपाली जनताको अपेक्षा विपरीत नयाँ संविधान जारी भएसँगै मुलुकको राजनीतिक संक्रमण बहुआयामिक ढंगले अघि बढिरहेको भान हुँदैछ, अनि दैनन्दिनी आम जनसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ । 

सरकार ! कसरी भनूँ, सब ठीकठाक छ ?

इसमता डट कम मा प्रकाशित

सरकार ! कसरी भनूँ, सब ठीकठाक छ ?
लामो खडेरीका कारण जनजीवन असाध्यै कष्टकर बन्यो । यो वर्ष खडेरी र सुख्खाका कारण देशैभर तराई मधेसदेखि उच्च पहाडी भेकसम्म डढेलो र आगलागीका घटना निकै मात्रामा भए । देशका केही भूभागमा अघिल्लो साता भएको हल्का वर्षाले उखरमाउलो गर्मीमा केही राहत मिलेको भएता पनि लामो समयदेखिको खडेरीका कारण अझै पनि जताततै सुख्खा नै छ । लामो समयसम्म पानीको एक बुँदसम्म पनि खस्न नसक्दा जनजीवन अत्यन्तै कष्टकर बन्न पुगेको छ भने पानीको संकट आम रुपमा बढ्दै गएको छ । अनि यसै वर्ष आगलागीका घटनामा परी दश जनाभन्दा बढी मानिसले अनाहकमा ज्यान गुमाएका छन् भने कयौं गाउँ पूरै ध्वस्त भएका छन् अनि करोडौंको व्यक्तिगत धनमाल नष्ट भएको छ । आगलागीकै कारण हजारौं हेक्टर वन क्षेत्र सखाप भएको छ ।

वित्तीय पहुंच विस्तारमा लघुवित्त


लघुवित्तको उद्देश्य आर्थिक सशक्तिकरण नै हो

दैनिकपत्र दैनिकमा प्रकाशित

चौतारीको चिनारी
चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत मिति: २०७१ चैत ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भई मिति: २०७२ मंसिर ९ गते नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको रूपमा वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी मिति: २०७२ पुस १९ गतेबाट वित्तीय कारोबार सुरु गरेको लघुवित्त वित्तीय संस्था हो । बुटवल उपमहानगरपालिका, वडा नं. ८, बुद्धपथमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड १० जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको संस्था हो । नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड अहिलेसम्मकै कान्छो लघुवित्त वित्तीय संस्था हो ।

घरदैलोमै पुगेर सेवा दिएका छौँ

नयाँ पत्रिकामा प्रकाशित अन्तरवार्ता

गत पुसदेखि सेवा सुरु गरेको संस्थाको अहिलेसम्म वित्तीय अवस्था कस्तो छ ? 
बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त सञ्चालनमा आएका लघुवित्त वित्तीय संस्थामध्ये सबैभन्दा कान्छो लघुवित्त कम्पनी हो । १० जिल्ला कार्यक्षेत्र बनाएर कारोबार गरिरहेको चौतारी लघुवित्तको चुक्ता पुँजी २ करोड १० लाख रुपैयाँ छ । ५ बैंक तथा वित्तीय संस्था र १ सय ४५ व्यक्तिबाट प्रवद्र्धित संस्थाले ६ शाखामार्फत कारोबार गरिरहेको छ । हालसम्म ६ करोड कर्जा लगानी गरिसकेको छ । लघुवित्त संस्थाको उद्देश्यअनुसार गाउँघरका गरिब र विपन्न परिवारलाई विनाधितो सामूहिक जमानीका आधारमा कर्जा प्रवाह गरी उनीहरूलाई आर्थिक रूपले सक्षम बनाउने काम गरिरहेका छौँ । 

'अब लघुवित्त सेवालाई विविधिकरण गर्न जरुरी छ'

आर्थिक दैनिकमा प्रकाशित अन्तरवार्ता

२०४२ सालमा रामेछाप जिल्लाको चनखु गाविसमा जन्मिएर बुटवललाई कर्मथलो बनाइ काम गरिरहेका एक युवाको नाम हो मनिकर कार्की । उनी झण्डै विगत एक दसकदेखि बुटवलमा कार्यरत छन् । बुटवलबाटै आफ्नो जीवनको क्यारियर सुरु भएको बताउने उनी २०६३ सालमा काठमाण्डूबाट बुटवल झरेका रहेछन् । एक वित्त कम्पनीमा जागिर खान बुटवल झरेका ३१ वषिर्य कार्की हाल भर्खरै संचालनमा आएको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् । संभवतः उनी वित्तीय संस्थाका सबैभन्दा कान्छा सिइओ पनि हुन् । त्यसो त बुटवलमा कार्कीको अर्को पनि पहिचान छ, उनी झण्डै एक दसकदेखि नै मिडियामा पनि क्रियाशील छन् । उनी एक कुशल मिडिया व्यवस्थापकको रुपमा पनि परिचित छन् भने उनीसँग प्राध्यापनको पनि अनुभव छ । उनी अझै पनि बुटवलबाट प्रकाशित हुने दैनिकपत्र दैनिकमा नियमित स्तम्भ लेख्छन् । विशेषगरी अर्थराजनीतिक विषयमा कलम चलाउ उनका लेख रचनाहरु विभिन्न राष्ट्रिय दैनिक तथा अनलाईन पत्रिकाहरुमा पनि पढ्न सकिन्छ । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका कार्कीको वैकल्पिक अर्थतन्त्र नामको पुस्तक पनि प्रकाशित भइसकेको छ । उनै लेखक तथा हाल चौतारी लघुवित्तका कार्यकारी प्रमुखको रुपमा कार्यरत कार्कीसँग पोषकान्त पोखरलेले लघुवित्तको अवस्था र चौतारी लघुवित्तको बारेमा गरिएको कुराकानी ।

थिन्लेको सपना

मनिकर कार्की 'निवर्तमान'
गएको साता संचार माध्यमहरुमा एउटा तस्बिर र्सार्वजनिक भयो । अखबारदेखि टेलिभिजनका पर्दाहरुमा पनि त्यही तस्बिर देखियो । हो, त्यो तस्बिर थियो उच्च हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैबाट हिंडेर सातदिन लाग्ने साल्दाङ गाउँमा जन्मिएका थिन्ले लोन्डुप लामाको । अर्थात, विश्वकै प्रसिद्ध चलचित्र एवार्ड ओस्कार एवार्डको उत्कृष्ट विदेशी भाषा विधा अर्न्तर्गत उत्कृष्ट पाँच चलचित्रमा मनोनित फ्रान्सेली निर्देशक एरिक भ्यालीको निर्देशनमा बनेको नेपाली परिवेशको हिमालयन क्याराभान चलचित्रका नायक, टिन्ले अर्थात्, थिन्ले लोन्डुप लामा ।

समाचारमा जनाइए अनुसार डोल्पाको सदरमुकामबाट आफ्नो गाउँ जाँदैगर्दा घोडाबाट लडेर उनको मृत्यु भएको हो । उनको निधन भएसँगै संचार माध्यमहरुमा थिन्लेको त्यही तस्बिर जुन क्याराभान ओस्कारमा मनोनित भएपछि विश्वभर फैलिएको थियो, त्यही तस्बिर र्सार्वजनिक भयो । अनि त्यो तस्बिर हर्ेर्दैगर्दा एकाएक तस्बिरले तान्यो र उनको बारेमा केही खोज्न बाध्य बनायो । त्यसो त म आफू सिनेमासँग सम्बन्धित मान्छे पनि होइन र मेरो खासै सिनेमा हर्ेर्ने बानी पनि छैन । चाहे हिन्दी, अंग्रेजी वा नेपाली नै किन नहोस् म खासै सिनेमा हर्ेर्दिन । यसो आक्कलझुक्कल कथा र विषयवस्तुले तान्यो भने मात्रै हो सिनेमा हर्ेर्ने । यसअघि हिमाल आरोहणसँग सम्बन्धित सिनेमा एभरेष्ट हेरेको थिएँ । खासमा भन्नु पर्दा थिन्ले अभिनित हिमालयन क्याराभान जुनपछि क्याराभानको नामले चर्चित बन्यो मैले हेरेको पनि थिइंन । यसो अखबारहरुमा आएको समीक्षा र चलचित्रको परिवेशको बारेमा केही पढेको मात्रै हो । त्यसैका आधारमा थिन्लेको बिम्ब बनेको थियो ।

खै कसरी भनूँ नयाँ वर्षको शुभकामना !

मनिकर कार्की 'निवर्तमान'

...नयाँ वर्षआएको छ
फेरि एकचोटि
भित्ताको नयाँ क्यालेन्डरमा
आफ्नो जीवनको भिसा
झुन्ड्याउनु छ
फेरि एकचोटि
संगीसाथीहरुको सूचि
बनाउनु छ
फेरि एकचोटि
भयानक बमहरु बोकेर,
उडिरहेका हवाईजहाज
र रकेटमुनि बसेर
लेख्नु छ प्रियजनहरुको नाममा
सफलता, शान्ति र दर्ीघायुको
शुभकामना-पत्र
                            -भूपी शेरचन

दिनु त पहिल्यै मन थियो नयाँ वर्षो शुभकामना ! किनकि हामी संस्कार, संस्कृति र परम्परामा बाँधिएका छौं । आखिर संस्कार र संस्कृति हाम्रो जीवनकै एउटा अंग जो बनेको छ भने त्यो संस्कार, संस्कृति र परम्पराबाट मान्छे अछुतो रहन सक्ने कुरै भएन । अनि त्यसलाई अस्वीकार गर्ने वा परिवर्तन गर्ने हिम्मत पनि त सितिमिति कसैले गर्दैन । किनकि त्यसो गर्नको लागि समाजलाई प्रश्न गर्नुपर्छ । तर, यहाँ प्रश्न गर्न कहाँ सजिलो छ - अनि असहज लाग्ने अफ्ठेरो बाटो हिंड्नु पनि किन - सबै चलनचल्तीकै बाटो हिंड्न रुचाउँछन् । अरु हिंडेर फराकिलो बनाएकै बाटोको यात्रा सहज हुन्छ र सुरक्षित पनि मानिन्छ । अनि त नयाँ कठिन मार्ग किन पहिल्याउने -

गुराँस फुल्यो त्यो लेकलेक ...

 सल्यान र रोल्पाको सीमानामा पर्ने निगालपानीको लेकमा फुलेका गुराँस । गुराँसको र्सवत सल्यानको कोसेली हो । गुराँसको सुन्दरताको बखान गरेर मात्र पुग्दैन । यसको भौतिक उपयोग पनि अति जरुरी छ । गुराँसको र्सवत उपयोगिताको एउटा राम्रो नमूना हो । अब हाम्रा प्राकृतिक स्रोत साधन र सम्पत्तिलाई उपयोग पनि गर्नुपर्छ । जबसम्म उपयोगलाई छाडिन्छ, जीवनमा समृद्धि हासिल हुन सक्दैन । त्यसैले स्रोत साधन छन् भनेर मात्र हुँदैन, सहि तरिकाले त्यसको संरक्षणसँगै प्रयोगलाई पनि जोड दिनु अति जरुरी हुन्छ ।
अब गुराँसलाई हर्ेर्ने मात्र होइन, यसलाई प्रयोग पनि गर्ने बेला आएको छ । त्यसो गर्न सके मनग्गे आम्दानी पनि हुने र समृद्धि पनि हासिल हुन सक्छ कि ?
 -तस्बिरः मनिकर कार्की निवर्तमान)

नयाँ वर्षको शुभकामना !

 ...नयाँ वर्षआएको छ
फेरि एकचोटि
भित्ताको नयाँ क्यालेन्डरमा
आफ्नो जीवनको भिसा
झुन्ड्याउनु छ
फेरि एकचोटि
संगीसाथीहरुको सूचि
बनाउनु छ
फेरि एकचोटि
भयानक बमहरु बोकेर,
उडिरहेका हवाईजहाज
र रकेटमुनि बसेर
लेख्नु छ प्रियजनहरुको नाममा
सफलता, शान्ति र दर्ीघायुको
शुभकामना-पत्र
                             -भूपी शेरचन

'दारबोटको जंगलमा'

मनिकर कार्की "निवर्तमान"
लिवाङबाट बाटो लाग्दा मध्यान्हको ठ्याक्कै बाह्र बजेको थियो । चैतको सुरुवात नै भएकोले होला शायद, बाह्र बजेको चर्को घाममा पनि धेरै गर्मी महशुस भएन । बरु मध्यान्हमा चल्ने शीतल पवनले घमाइलो दिनलाई थप मुग्ध बनाएको थियो । त्यसो त यो समय गाउँघरतिर आरु फुल्ने समय पनि हो, आरु फुल्ने समयको चञ्चलता नै बेग्लै हुन्छ । साँझ बिहान बादलुसँगै लुकामारी गर्ने र्सर्ूय अनि दिनको चर्को घाममा पनि मन्द गतिमा चल्ने शीतल प्राणवायुले वातावरण निकै मोहित तुल्याउँछ । अझ वनजंगलतिर सुनिने कोइलीको कुहुकुहु र चराचुरुंगीको चिर्बिराहटले वसन्त ऋतुलाई वैशालु बनाइदिएको हुन्छ । हो, मध्यान्हको चर्को घाममा पनि हामीलाई भने त्यस्तै राहत र शीतलताको अनुभूति भयो ।

लिवाङबाट ओरालो लाग्दा यस्तै रमाइलो र चञ्चलताको अनुभूतिसँगै थियो । हाम्रो गन्तब्य थियो, सल्यानको कपुरकोट । अबको भूगोल पर्ूण्ातया नयाँ थियो । नयाँ भूगोल भन्नेबित्तिकै मन त्यसै त्यसै चञ्चल हुन्छ । नयाँ परिवेश, नयाँ दृष्य अनि यात्राको नयाँ अध्याय । नयाँ ठाउँमा यात्रारत हुनुको मज्जा नै त्यही हो । लिवाङबाट ओरालो लागेको केही बेरमै कालोपत्रे सडक सकियो । लिवाङमै पाइएको जानकारी अनुसार अबको झण्डै ७० किलोमिटर यात्रा कच्ची बाटो हुनेथियो । कच्ची सडकमा मोटरसाइकलको यात्रा रोमाञ्चकारी त हुन्छ नै कतिपय अवस्थामा अलिक जोखिमयुक्त पनि हुन्छ । खासगरी यात्रारत रहँदा सवारी साधनमा केही गडबडी भयो भने त्यो नै सबैभन्दा ठूलो दर्ूभाग्य भइदिन्छ । 

इतिहासको फुलबुट्टे कथाले मात्रै देश बन्छ र महोदय ?

मनिकर कार्की ‘निवर्तमान’

लामो समयको अन्तरालमा लेखक–विश्लेषक नरेन्द्रजंग पिटरसँग फेसबुकमा कुरा हुँदै थियो । कुराकानी गर्दैगर्दा इतिहासको प्रसंगमा गएर टुंगियो । उनले सामान्यतया मान्छेले आफ्नो इतिहास भुल्ने गरेको तथ्यतर्फ संकेत गर्दै यसो भने, ‘कोही इतिहास समातेर वर्तमानमा सार्थक बन्न चाहन्छन्, कोही इतिहासबाट छुटकारा पाएर वर्तमान नै सर्वस्व हो भन्छन् ।’
शायद यो संसारका श्रृष्टिमध्ये मानव समुदाय मात्रै यस्तो प्राणी हो, जसले इतिहास, वर्तमान र भविष्य बुझ्दछ । शायद अरु प्राणीमा त्यो स्तरको चेतना हुँदैन, र नै उनीहरुलाई इतिहासको बोझ पनि छैन र भविष्यको चिन्ता पनि । तर, मानव समुदायमा इतिहासको गर्व, वर्तमानको संघर्ष र भविष्यको सुन्दर सपना छ । त्यही भएर मानव समुदायलाई संसारकै सबैभन्दा सुन्दर श्रृष्टि मानिन्छ ।

एसएलसी कुनै तगारो वा हाउगुजी होइन !

मनिकर कार्की "निवर्तमान"

वर्ष२०७२ को एसएलसी परीक्षा सुरु हुनै लागेको छ । यसपालीबाट एसएलसीको परीक्षामा ग्रेडिङ्ग पद्धती लागू गरिने कुरा र्सार्वजनिक भएसँगै कम्तीमा विगतमा जस्तो परीक्षाले विद्यार्थीहरुलाई 'असफलता' र 'अयोग्यता' को प्रमाणपत्र भिडाउनेछैन भन्ने अनुमान गर्न सकिन्छ । त्यस्तै अब विद्यार्थीहरुले आफ्नो ल्याकत र क्षमता अनुसारको बिना कुनै अवरोध उच्च शिक्षा अध्ययनको लागि अघि बढ्न सक्नेछन् भन्ने विश्वास पनि गर्न सकिन्छ । साथै तल्लो ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनको सुविधाका लागि त्यस्ता केही कलेजहरुले पक्कै पनि कमजोर ठानिएका विद्यार्थीहरुलाई पनि उच्च शिक्षा अध्ययनको लागि अवसर दिनेछन् भन्ने विश्वास गर्ने हो भने कम्तीमा यो गे्रडिङ्ग प्रणालीले विद्यार्थीहरुमा असफलताको हिनताबोध गराउने छैन । अनि यसले शैक्षिक विभेदको पनि अन्त्य गरिदिनेछ । तथापि उपल्ल्ाो ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुलाई जसरी रोलमोडेल बनाइने गरिएको छ शैक्षिक विज्ञापनहरुमार्फ, अब यसलाई पनि रोक्नर्ुपर्छ । ती परीक्षामा सफल हुने विद्यार्थीहरुलाई जसरी शैक्षिकसामग्रीहरु मार्फ समाजकै अब्बल व्यक्तिहरु झैं बनाउने जुन टे्रण्ड छ, यसलाई भने एसएलसीमा आएको सुधारसँगै रोक्नुपर्ने देखिन्छ ।

लिवाङ एक्सप्रेस

मनिकर कार्की “निवर्तमान”

भर्खरै संचालनमा आएको एक लघुवित्त वित्तीय संस्थाको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेसँगै कार्यव्यस्तता पनि निकै बढेर गएको छ । फेरि यो व्यवस्थापकीय काम भनेकै त्यस्तै हो, ठोस रुपमा गरेको काम पनि नदेखिने अनि फुर्सद पनि कहिल्यै नहुने । वित्तीय संस्थाको शाखा विस्तारको सिलसिलामा राप्ती अञ्चलका केही जिल्लाहरुको अध्ययन भ्रमण गर्ने निधो भएसँगै म र मेरा सहकर्मी मित्र रेशम न्यौपानेको मोटरसाइकल यात्रा सुरु भयो । यात्राको पहिलो गन्तब्य बन्यो रोल्पाको सदरमुकाम लिवाङ । तर, बुटवलबाट पश्चिम लाग्दा झण्डै अपरान्हको दुई बजिसकेको हुनाले गन्तब्य अलि टाढा भएको महशुस भएकै थियो । तथापि बुटवलबाट पारिलो घाममा यात्रा सुरु भयो । जसै पश्चिम लागियो कुनै नौलोपन महशुस भएन, आखिर सधैंजसो हिंडिरहेको बाटोको यात्रामा कुनै नयाँ अनुभूति हुने कुरा पनि त थिएन ।

कांग्रेसले लगाएको ‘दोषी चश्मा’

मनिकर कार्की ‘निवर्तमान’

कांग्रेसले मार्गदर्शकको रुपमा अंगिकार गर्दै आएको लोकतन्त्र र समाजवादका नारा केवल ब्यानरमा लेखिने आकर्षक शोपिस मात्रै बन्ने खतरा आएको छ ।

लोकतन्त्रको लडाईंमा झण्डै सात दसकभन्दा लामो समय बिताएको देशकै पुरानो र ठूलो पार्टी नेपाली कांग्रेसले आफ्नो १३ औं महाधिवेशन भर्खरै काठमाण्डूमा सम्पन्न गर्यो । कांग्रेस देशको पुरानो पार्टी त हो नै हो, नीति, दृष्टिकोण र नेतृत्वमा पनि यो पुरानै देखियो । कांग्रेस महाधिवेशनको झलक, पार्टीभित्र नेतृत्व हत्याउने सन्दर्भमा भए गरेका क्रियाकलाप, अनि चुनावी परिणामले देखाएको संकेतका आधारमा नेपाली कांग्रेस मूलतः परिवर्तनको प्रवाहलाई सहजै स्वीकार गर्न नसक्ने ‘बुढ्यौली’ले थल्लिएको पार्टी हो भन्दा त्यत्ति धेरै अनुपयुक्त पक्कै पनि हुनेछैन । किनकि खासमा कांग्रेस महाधिवेशनले युवा आगमनको संभावनाको बन्ध्याकरण गरिदिएको छ । यसले पार्टी विचार, सिद्धान्त अनि आस्थाका आधारमा भन्दा पनि धनदौलत र बाहुबलकै आधारमा चल्दोरहेछ भन्ने कुरालाई पुर्नपुष्टि गरिदिएको छ । नत्र ४० प्रतिशतभन्दा बढी युवा महाधिवेशन प्रतिनिधि भएको कांग्रेस महाधिवेशनको चुनावी परिणामले युवा नेतृत्व विकासको संभावनालाई यसरी स्थायी रुपमै बन्ध्याकरण गर्ने थिएन ।

‘वैकल्पिक राजनीति’का अर्थराजनीतिक आधारहरु

अन्तरक्रियात्मक कार्यपत्र

मनिकर कार्की ‘निवर्तमान’

विषय प्रवेशः

३ असोज, २०७२ मा दोस्रो संविधानसभाबाट नेपालको नयाँ संविधान घोषणा भयो । जुन नेपाली राजनीतिक इतिहासमा एउटा ऐतिहासिक परिघटना थियो । तर, संविधान अर्थात् सबै नेपालीहरुको भाग्य र भविष्य अभिलेखिकरण गर्ने भनिएको दस्तावेज घोषणा हुने दिन जसरी मनहरु प्रफुल्लित हुनुपर्ने थियो त्यस्तो हुन सकेन । संविधान जारी हुनै लाग्दा कताकता मनमा निराशा र उदासीपन कायमै रहन गयो । सबै नेपालीले उमंग र उत्साहका साथ संविधान घोषणाको स्वागत गर्न सकेनन् । सरकार र मुख्य दलहरुलाई संविधानको पक्षमा मास देखाउन संविधान घोषणा भएको दिन दिपावली गर्न उर्दी नै जारी गर्नुपर्ने अवस्था सृजना भयो । आखिर किन त्यस्तो अवस्था आयो ? संविधान घोषणाको दिन घरमा दीपावली गर्नको लागि उर्दी नै जारी गर्नुपर्नाले पनि सरकार र मुख्य दलहरु जनताले संविधानलाई स्वागत गर्ने कुरामा सशंकित रहेको कुरा पुष्टि हुन्छ । जुन स्तरमा संविधानको स्वागत हुनुपर्ने थियो त्यो भएन । अनि संविधान घोषणा भइसकेपछि पनि जसरी त्यसले सम्पूर्ण राजनीतिक समस्या समाधान गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान मार्ग प्रशस्त गर्नेछ भनी अपेक्षा गरिएको थियो, अहँ नयाँ संविधान जारी भएको ६ महिना व्यतीत भइसक्दासमेत नयाँ संविधान कार्यान्वयन हुन सकेको छैन । बरु संविधानले मुलुक र मुलुकबासीलाई नमिठो सकसमा फसायो । नमिठो शब्दमा भन्नुपर्दा संविधान समाधानको होइन नयाँ समस्याको पोको बनेर पो आयो । 

पहिचान र विकास

मनिकर कार्की "निवर्तमान"


यसो रेडियो, टेलिभिजनतिर नजर दौडायो, नेताहरु कहिं न कहिं भाषण गरिरहेका भेटिन्छन् । अनि अखबारका पानाहरु नियाल्दा पनि तिनै नेताहरुका अभिव्यक्तिहरु पढ्न पाइन्छ । नेताहरु पुरानै शैलीमा भन्छन्, 'यो पहिचान भनेको के हो - विकासको कुरा पो गर्नुपर्छ । यस्ता पहिचान भन्दै अमर्ूत कुरा गरेर हुन्छ -' अनि अर्काथरी विकासविद्हरु पनि त्यही बोलीमा लोली मिलाउ“दै फेहरिस्त प्रस्तुत गर्न पुग्छन्, 'पहिचानको कुराले विकासको गतिलाई पछि धकेल्यो, त्यसैले अब विकासको कुरा गर्नुपर्छ' । अनि मिडियाले पनि त्यसैलाई तथ्यको रुपमा कोट गर्दै हाइपोथेसिस् खडा गरिदिन्छ, 'अब विकासका कुरा गरौं, विकास भएपछि पहिचान स्वतः आउ“छ' 

हो, हामी यहिंनेर बडो सकसपर्ूण्ा अवस्थामा छौं । आखिर के हो पहिचान - अनि के हो विकास - के विकासले स्वतः पहिचान स्थापित गरिदिन्छ - अथवा पहिचान भएपछि विकास स्वतः हुन्छ - कि विकास र पहिचानबीच अन्तरसम्बन्ध हुन्छ - अनि विकासले मात्रै पुग्छ कि हामीलाई प्रगति पनि चाहिन्छ -  विकासको जालो बुन्दै गर्दा त्यो विकास कसका लागि - अनि त्यो विकासमा जनताको परिवर्तन, प्रगति र समृद्धि पर्छ कि पर्दैन - अब विकासको परिभाषालाई पनि बहुआयामिक तरिकाले ग्रहण गर्नुपर्ने अवस्था आएको छ । 

मधेश आन्दोलनको मैजारो

मनिकर कार्की 'निवर्तमान'


प्रधानमन्त्री खड्ग प्रसाद ओलीको भारत भ्रमणको संघारबाट अवरुद्ध वीरगञ्ज नाका सुरु भएसँगै पुनः आम नेपालीको दैनिकी केही सहज बन्दै गएको छ । जे, जसरी भए पनि अवरुद्ध नाका सहज हुनु स्वागतयोग्य कुरा हो । तर, जसरी रहस्यमय तरिकाले नाकाबन्दी भएको थियो, त्यसैगरी नाका खुलेको छ । अनि नाकाबन्दीसँगै सुरु भएको अभावको राप पनि क्रमशः सेलाउँदै गएको छ । अनि नाकाबन्दीसँगै सुरु भएको राष्ट्रियताको चर्को भावना पनि क्रमशः शान्त हुँदै गएको छ । झन् प्रधानमन्त्रीको भारत भ्रमण र प्रचार गरिएझैं भारतले हाम्रा प्रधानमन्त्रीलाई दिएको प्रचारात्मक सम्मानले हामीलाई पुलकित तुल्याइदिएको छ । अब यो खुसी र हाँसोको पुलिन्दा शायद प्रधानमन्त्रीको स्वदेशफिर्तीसँगै थप विस्तारित हुनेछ । 
अनि अर्को खुसीको कुरा के छ भने, नाकासहज भएसँगै तर्राई मधेशमा चलेको आन्दोलन पनि रोकिएको छ, अर्थात् आन्दोलनको मैजारो भएको छ । अनि समाज, राजनीति र सत्ताकै मूलधार मानिने शासकीय चिन्तनले मधेश आन्दोलन असफल भएको निश्कर्षनिकालिरहेको छ । हो, हामी त्यही निश्कर्षाई नै सहि मानेर मधेश आन्दोलनभित्रका छ्रि्रहरु खोतल्ने प्रयास गरिरहेका छौं । अनि हामी पनि त्यही निश्कर्षाई ल्याप्चे ठोकिरहेका छौं, 'अरे मधेश आन्दोलन त ठीक रहेनछ, यदि ठीक हुँदो हो त यो सकारात्मक निश्कर्षा पक्कै पुग्नेथियो '। 
सरर्सर्ती हर्ेदा यसपालीको मधेश आन्दोलनले यहि देखायो ।

हाँसोभित्रको सपना...

यी हाँसोहरु केवल हाँसो मात्र होइनन् । यी हाँसोभित्र पीडा छ, अभाव छ, अनि छ, सुन्दर सपना पनि । 
हो यही हाँसोलाई र्सार्थक बनाउनु छ अब । अनि यी हाँसोभित्र समृद्धि खोज्नु छ र साँच्चिकै यसलाई दीगो बनाउनुछ । 
त्यसैले त नयाँ समृद्धिको कुरा गरेको । त्यसैले त नयाँ वैकल्पिक मार्गको खोजी गरेको ।
यहाँ विभिन्न जिल्लाका केही प्रतिनिधि बालबालिकाको तस्बिर प्रस्तुत गरिएको छ, 
जसमा हाँसोको साथ एक सुन्दर सपनाको प्रतिबिम्ब देखिन्छ ।
-तस्बिरहरुः मनिकर कार्की निवर्तमान)

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान” विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परी...