इतिहास, पृथ्वीनारायण र राष्ट्रियता

मनिकर कार्की निवर्तमान


गएको दर्ुइसाता हामीकहाँ एक खालको 'राष्ट्रवादी' सोचको खुबै चर्चा चल्यो । इस्वी संम्बत २०१६ आगमनको दिन एकाएक 'टोपी दिवस' सफलतापर्ूवक मनाइयो, जुन दिन धेरैले राष्ट्रियताको भावनाले ओतप्रोत भएर टोपी धारण पनि गरे । अनि सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्नैका लागि पनि टोपी लगाएर तस्बिर खिचे, खिचाए । पुरुषले लगाउने गरेको टोपीप्रति महिला र विशेष गरी युवतीहरुले पनि त्यसदिन टोपीलाई फेशनकै रुपमा लगाएको देखियो । कम्तीमा सामाजिक सञ्जालमा यस्तै दृष्यहरु पोखिए । अनि पुनः एकपटक दक्षिणी छिमेकीतिर फर्केर 'देखिस् हाम्रो राष्ट्रियता' भन्दै कालोबजारमा किनेको महंगो तेल हालेर मोटरसाइकल र्यालीमा पनि सहभागिता जनाए । जेहोस्, सबैले 'राष्ट्रियता' कै लागि आफ्नो गच्छे अनुसारको लगानी गरे ।

जसै टोपीले जन्माएको राष्ट्रियताको ताप सेलाउँदै थियो, सामाजिक सञ्जालहरुमा एकाएक पृथ्वीनारायण शाहको जन्मजयन्तीको प्रसंगले टप स्थान पायो । अनि संघीय गणतन्त्र नेपालको नक्सांकनमा राजनीतिक विवाद बढ्दै जाँदा सबैले 'बडा महाराज'लाई मिस गरे, अनि उनको 'दिव्य उपदेश'को लयात्मक र कवितात्मक प्रस्तुतिबाट फेरि एकपटक मुलुकमा राष्ट्रियताको जर्गेना गरियो । यी दर्ुइ प्रसंगले अन्ततः एउटै भाष्यलाई स्थापित गर्ने चेष्टा गरेको छ, त्यो हो चलिआएको 'नेपालीकरण'को उही पुरानो एकात्मक प्रकृतिको भाष्य । अहँ यसलाई कसैले पनि पुनः परिभाषित गर्नुपर्छ, त्यो शासकीय भाष्यभित्र भएको विभेद र बहिस्करणलाई सम्बोधन गर्दै राष्ट्रियताको नयाँ परिभाषा र भाष्य निर्माण गर्नुपर्छ भनेर कहिल्यै सोचिन्न । कतिपय परिवर्तनकारी र आलोचनात्मक दृष्टिकोण राख्ने मित्रहरु पनि त्यही नेपालीकरणको लयमा बरालिएको देख्दा भने अलिक खल्लो हुँदो रहेछ ।

'वैकल्पिक राजनीति'को अर्थराजनीतिक आधार

- मनिकर कार्की 'निवर्तमान'


अघिल्लो साता वैकल्पिक राजनीतिक किन - भन्ने प्रश्नको उत्तर खोज्ने जमर्को गरेको यो पंक्तिकारले यसपटकको आलेखमा वैकल्पिक राजनीतिका अर्थराजनीतिक आधारहरुको बारेमा चर्चा गर्ने कोशिश गर्नेछ । अहिले समष्टिगत रुपमा नेपालको अर्थराजनीतिक परिदृष्यमै विकल्पको खोजी भइरहेको छ । संविधानतः मुलुकको राजनीतिक प्रणाली राजतन्त्रात्मकबाट गणतन्त्रात्मक भएको छ । औपचारिक लोकतन्त्रको विकल्पको रुपमा सहभागितामूलक र समावेशी लोकतन्त्रको कुरा आएको छ । एकात्मक केन्द्रीकृत शासन प्रणालीको सट्टा संघीय संरचनात्मक प्रणाली अवलम्बन गर्ने घोषणा गरिएको छ । अनि मुलुकको समष्टिगत आर्थिक विकास र प्रगतिका आधारहरु खुट्याउने क्रममा मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक परिदृष्य सुहाउँदो नयाँ विकासको मोडेलको खोजी पनि सँगसँगै भइरहेको छ । यसबाट समष्टिगत रुपमा मुलुकको रुपान्तरण र प्रगतिका लागि विकल्पको खोजी भइरहेको आंकलन गर्न सकिन्छ ।

यी सबै उद्देश्यहरु प्राप्तिका लागि मुलुकमा कस्तो प्रकारको राजनीतिक प्रणाली र राजनीतिक शक्तिको आवश्यकता छ भन्ने विषय नै अहिलेको समकालीन राजनीतिको केन्द्रीय बहसको विषय हो । हो, अहिले नेपालको राजनीतिमा नयाँ विकल्पको खोजीको कुरा गरिएको छ । अनि विकल्पको कुरा गर्दै गर्दा नयाँ राजनीतिक शक्ति निर्माणको प्रसंग पनि साथसाथै आइनैरहेको छ । वैकल्पिक राजनीतिको कुरा चल्दै गर्दा विकल्पको रुपमा डा. बाबुराम भट्टर्राईको संयोकत्वमा निर्माण हुन गइरहेको नयाँ शक्ति निर्माण अभियानको चर्चा पनि शिखरमै रहेको छ । यसलाई कतिपय आलोचकहरुले हावादारी कुरा पनि भन्न भ्याएका छन् भने समग्र मुलुकको अर्थराजनीतिक रुपान्तरणको खोजीमा रहेका मानिसहरुले भने यसलाई निकै महत्वपर्ूण्ा प्रयासको थालनीको रुपमा लिएका छन् । आजको यस आलेखमा त्यही वैकल्पिक राजनीतिको अवसर, चुनौतीका साथ अर्थराजनीतिक आधारहरु केलाउने जमर्को गरिएको छ ।

बनमाराको सुन्दरता...

बुटवल नजिकै ढबाहास्थित ग्लोबल पिसपार्कको छेवैमा रहेको मिलनपार्कमा साथीहरुले पिकनिक आयोजना गरे । पिकनिक खानका लागि पहिलेदेखि नै निरन्तर आमन्त्रण गरिरहेका थिए, आयोजकले । त्यसो त प्रकारान्तरले आयोजककै टोलीमा म पनि पर्थें । त्यसकारण पनि त्यहाँ जानैपर्ने थियो । सामान्यतया यस प्रकारका कार्यक्रमहरुमा धेरै सहभागिता नजनाउने मध्येमा म पनि पर्नेगर्छर्ुु तर, यसपटक उम्कने ठाउँ पनि थिएन । 

निर्धारित समय वरिपरी नै कार्यक्रम सुरु भएको रहेछ । हामी त्यहाँ पुग्दा लगभग पहिलो आइटम तयार भइसकेको थियो । पहिलो खाजासँगै एकथरी मित्रहरु चीसोपानी पिउनतिर लागे । हामी भने खाजापछि बिल्कुल फर्ुसदिलो भयौं । पिउनेहरुसँग धेरैबेर बस्न सकिन्न, त्यसैले एकैछिन उनीहरुलाई साथ दिएपछि सीपी खनाल र म निस्कियौं जंगलतिर, त्यसपछिका दृष्यहरु....
तस्बिरः मनिकर कार्की 'निवर्तमान'

‘वैकल्पिक राजनीति’को संकथन

मनिकर कार्की ‘निवर्तमान’


भनिन्छ, संसारमा विकल्परित केही पनि हुँदैन । हरेक कुराका विकल्प हुन्छ र खोज्नुपर्छ । तथापि विकल्प समयसन्दर्भ र परिस्थितिजन्य तरिकाले खोजिने र आउने कुरा हो । यसर्थ, परिवर्तनशील समाजका सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक अवयवहरु निर्विकल्प पक्कै हुँदैनन् । ती कुनै न कुनै रुपमा वैकल्पिक हुन्छन् र हाल विद्यमान यी अवयवहरुलाई शायद अहिलेको सन्दर्भमा उत्कृष्ट विकल्प मानिएकाले नै अस्तित्वमा रहेका हुन्, जुन सधैं रहिरहन्छन् र रहनुपर्छ भन्ने कदापि हुँदैन । विकल्पकै सवालमा अहिले हामी समाजका हरेक अवयवहरुको विकल्प खोजिरहेका छौं । हामीले राजतन्त्रको विकल्प खोजेर गणतन्त्र घोषणा गर्यौं । एकात्मक र केन्द्रीकृत शासन सत्ताको विकल्पको रुपमा संघीयतको प्रयोग गर्दैछौं । त्यसैगरी औपचारिक प्रकारको लोकतन्त्रको विकल्पका समावेशी लोकतन्त्रको कुरा गरिरहेका छौं ।

आर्थिक विकास, प्रगति र समृद्धिको लागि आफ्नो परिवेश सुहाउँदो वैकल्पिक अर्थतन्त्र निर्माणको बहसमा छौं । आखिर हरेक कुरामा विकल्प नै खोजिरहेका छौं । कतिपय अवस्थामा सचेतन ढंगबाट विकल्पको खोजी गरिएको हुन्छ भने कतिपय विकल्प खोज्ने कुरा अवचेतन अवस्थामै पनि हुन सक्छ । जसले सचेतन ढंगबाट विकल्पको खोजी गर्छ, ऊ नेतृत्वमा स्थापित हुन्छ । जो विकल्प दृष्टिगोचर भएपछि मात्रै त्यतातिर आकर्षित हुन्छ, ऊ पलोअर बन्छ । जस्तैः हामी अहिलेको मुलुकको अर्थराजनीतिक जटिलताबाट यो निश्कर्षमा पुगेका छौं कि अब यी कुनैपनि राजनीतिक पार्टी र तिनका नेताले देशको उन्नति र प्रगति गर्न नसक्ने भए । हो, अहिलेको यो धरातलीय यथार्थको स्वीकारोक्ति पनि विकल्प खोज्ने अभियानकै संकेत हो । यद्यपि यसमा सचेतन अभ्यास छैन, यो आम जनताको मनस्थितिमा रहेको विकल्प खोज्ने लालसा नै हो ।

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...