'वैकल्पिक राजनीति'को अर्थराजनीतिक आधार

- मनिकर कार्की 'निवर्तमान'


अघिल्लो साता वैकल्पिक राजनीतिक किन - भन्ने प्रश्नको उत्तर खोज्ने जमर्को गरेको यो पंक्तिकारले यसपटकको आलेखमा वैकल्पिक राजनीतिका अर्थराजनीतिक आधारहरुको बारेमा चर्चा गर्ने कोशिश गर्नेछ । अहिले समष्टिगत रुपमा नेपालको अर्थराजनीतिक परिदृष्यमै विकल्पको खोजी भइरहेको छ । संविधानतः मुलुकको राजनीतिक प्रणाली राजतन्त्रात्मकबाट गणतन्त्रात्मक भएको छ । औपचारिक लोकतन्त्रको विकल्पको रुपमा सहभागितामूलक र समावेशी लोकतन्त्रको कुरा आएको छ । एकात्मक केन्द्रीकृत शासन प्रणालीको सट्टा संघीय संरचनात्मक प्रणाली अवलम्बन गर्ने घोषणा गरिएको छ । अनि मुलुकको समष्टिगत आर्थिक विकास र प्रगतिका आधारहरु खुट्याउने क्रममा मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक परिदृष्य सुहाउँदो नयाँ विकासको मोडेलको खोजी पनि सँगसँगै भइरहेको छ । यसबाट समष्टिगत रुपमा मुलुकको रुपान्तरण र प्रगतिका लागि विकल्पको खोजी भइरहेको आंकलन गर्न सकिन्छ ।

यी सबै उद्देश्यहरु प्राप्तिका लागि मुलुकमा कस्तो प्रकारको राजनीतिक प्रणाली र राजनीतिक शक्तिको आवश्यकता छ भन्ने विषय नै अहिलेको समकालीन राजनीतिको केन्द्रीय बहसको विषय हो । हो, अहिले नेपालको राजनीतिमा नयाँ विकल्पको खोजीको कुरा गरिएको छ । अनि विकल्पको कुरा गर्दै गर्दा नयाँ राजनीतिक शक्ति निर्माणको प्रसंग पनि साथसाथै आइनैरहेको छ । वैकल्पिक राजनीतिको कुरा चल्दै गर्दा विकल्पको रुपमा डा. बाबुराम भट्टर्राईको संयोकत्वमा निर्माण हुन गइरहेको नयाँ शक्ति निर्माण अभियानको चर्चा पनि शिखरमै रहेको छ । यसलाई कतिपय आलोचकहरुले हावादारी कुरा पनि भन्न भ्याएका छन् भने समग्र मुलुकको अर्थराजनीतिक रुपान्तरणको खोजीमा रहेका मानिसहरुले भने यसलाई निकै महत्वपर्ूण्ा प्रयासको थालनीको रुपमा लिएका छन् । आजको यस आलेखमा त्यही वैकल्पिक राजनीतिको अवसर, चुनौतीका साथ अर्थराजनीतिक आधारहरु केलाउने जमर्को गरिएको छ ।



अवसर
भनिन्छ अवसर सधैं आउँदैन । यो बेलामौकामा मात्र आउँछ र अवसरलाई चिन्न सक्नर्ुपर्छ । अवसर जहिल्यै पनि संक्रमणकालीन अवस्थामा नै आउँछ । सबैकुरा ठीकठाक भएको अवस्थामा अवसर आउँदैन । अहिलेसम्म नेपालमा राजनीतिक दलहरुको निर्माणको प्रसंगलाई केलाउने हो भने ती एउटा राजनीतिक व्यवस्थाबाट अर्कोमा जाँदाको संक्रमणकालीन अवस्थाबाटै निर्माण भएका छन् । यस मानेमा अहिले नेपालमा राजनीतिक रुपले प्याराडाइम सिफ्टको अवस्था पनि छ । मूलतः कमीकमजोरिका बाबजुद पनि अहिले नयाँ संविधान बनेको छ र संविधान निर्माण भएसँगै एक ढंगले भन्ने हो भने राजनीतिक क्रान्ति सकिएको छ र अब आर्थिक समृद्धि र प्रगतिको लागि अघि बढ्ने बेला भएको छ ।

यस्तो अवसरमा मुलुक एउटा राजनीतिक प्रणालीबाट अर्को प्रणालीमा फड्को मार्दैछ, भलै त्यसमा केही अफ्ठेराहरु अवश्य नै छन् । यर्सथ, अबको राजनीतिको साध्य अलि फरक हुनर्ुपर्छ । माथि नै संकेत गरिएझैं अबको राजनीतिको लक्ष्य र साध्य जनताको प्रगति र समृद्धि हो र हुनर्ुपर्छ । हामीले जनतासँग राजनीतिका धेरै कुरा गर्यौं । राजनीतिक आन्दोलनमा जनसहभागिता, साथ र र्समर्थन पनि पायौं तर जब परिर्वतन एउटा निर्ण्ाायक तहमा पुग्छ तब राजनीतिक नेतृत्वबाट त्यसलाई व्यवस्थापन गर्दै जनताको जीवनस्तरसम्म त्यो परिवर्तनको सकारात्मक सन्देश प्रवाह गर्न सकेनौं । यदि आम जनता हिजो जो जहाँ र जस्तो अवस्थामा थिए, अनेकन राजनीतिक परिवर्तन र व्यवस्थामा आएको फेरबदल पश्चात पनि तिनको जीवनस्तरमा कुनै परिवर्तन आएन भने त्यो परिवर्तन दिगो हुन सक्दैन । अर्थात् राजनीतिले स्थायित्व ग्रहण गर्न सक्दैन । अहिले भएको पनि त्यही हो । व्यवस्था परिवर्तन त भयो तर शासकहरुमा कुनै फेरबदल भएको छैन । सोंच, शैली, दृष्टिकोण र काम गर्ने तरिकामा कुनै बदलाव छैन र नै जनता निराश बन्दै गएका छन् ।
हामीले जनतासँग राजनीतिका धेरै कुरा गर्यौं । राजनीतिक आन्दोलनमा जनसहभागिता, साथ र र्समर्थन पनि पायौं तर जब परिर्वतन एउटा निर्ण्ाायक तहमा पुग्छ तब राजनीतिक नेतृत्वबाट त्यसलाई व्यवस्थापन गर्दै जनताको जीवनस्तरसम्म त्यो परिवर्तनको सकारात्मक सन्देश प्रवाह गर्न सकेनौं । 
अनि अर्को कुरा अहिले आम जनताको मन मस्तिस्कमा मौजुदा अवस्थाका दल र राजनीतिक नेताहरुबाट केही हुनेवाला छैन, यिनीहरुले केही नयाँ गर्नेवाला छैनन् भन्ने सबैको मनमा परेका छ । यर्सथ, त्यो उनीहरुको मन मस्तिष्कमा शुषुप्त अवस्थामा रहेको नयाँ विकल्पको खोजी हो । हो, अहिलेको वैकल्पिक राजनीतिले त्यही जनताको मनमस्तिष्कमा रहेको नयाँको खोजीलाई पकडेर अघि बढ्नर्ुपर्छ । खासमा अहिले जति नयाँ निर्माणका लागि चुनौति छन्, त्यत्ति नै अवसर पनि छ । किनकि हरेक चुनौतिसँग अवसर पनि आएको हुन्छ । खासमा अहिलेको वर्तमान राष्ट्रिय राजनीतिमा शासनसत्ताको बागडोर सम्हालिरहेका दलहरु कुनै न कुनै रुपमा परिक्षित -टेष्टेड) भइसकेका छन् ।

आफूलाई प्रजातन्त्रको हिमायति नै ठान्ने सबैभन्दा पुरानो दल नेपाली कांग्रेसदेखि २०४६ सालको राजनीतिक परिवर्तनपछि उदाएको नेकपा एमाले होस् वा २०६३ सालको दोस्रो जनआन्दोलनपछि नेपाली राजनीतिमा नयाँ संभावनासहित उदाएको नेकपा माओवादी र २०६४ को मधेश व्रि्रोहबाट जन्मिएका मधेशवादी क्षेत्रीय दलहरुनै किन नहोउन् सबै शासनसत्तामा पुगेका छन् । अहिले बिलकुल नयाँ लाग्ने कुनैपनि राजनीतिक शक्ति राजनीतिक बजारमा हावी छैन । यस मानेमा साँच्चिकै नयाँको लागि राजनीतिमा निकै ठूलो स्पेश कायमै छ । फेरि पछिल्लो राजनीतिक रुपान्तरणपछि वयस्क बनेको एउटा ठूलो युवापुस्ता मौजुदा अवस्थामा रहेका कुनैपनि राजनीतिक पार्टर्ीीति सन्तुष्ट हुन सकेका छैनन् र उनीहरु नयाँको खोजीमा छन् । यदि ती सबैको अपेक्षा र आशालाई सम्बोधन गर्न सकेको खण्डमा नयाँ वैकल्पिक राजनीतिक शक्तिको लागि यथेष्ट ठाउँ छ । र, नयाँका लागि यो नै अहिलेको समकालीन राजनीतिमा सबैभन्दा बलियो संभावना हो ।

चुनौति
अहिले डा. बाबुराम भट्टर्राईको संयोजकत्वमा गठित नयाँ शक्ति निर्माणको अभियान भनौं वा केही सामाजिक क्षेत्र र नीजि क्षेत्रबाट पनि स्वस्फर्ुत रुपमा अपेक्षा गरिएको वैकल्पिक राजनीतिको कुरा गरौं यसको सबैभन्दा ठूलो चुनौति भनेको जनतामा कसरी प्रस्तुत हुने भन्ने नै हो । अहिले अन्य पुराना राजनीतिक शक्तिहरुको असक्षमताको जगमा नयाँ निर्माणको प्रसंग उठान भइरहेको सर्न्दर्भमा त्यो नयाँ राजनीतिक शक्ति वा भनौं राजनीति बिल्कुल फरक हुनु जरुरी छ । त्यसो त बाबुरामा भट्टर्राईले आफूले निर्माण गर्न लागेको नयाँ शक्तिको आधारको रुपमा ५ स -अर्थात् समावेशी लोकतन्त्र, समाजवाद, समृद्धि, सुशासन र सदाचार) लाई अंगिकार गरेका छन् । हो, यहींनेर यसलाई शक्ति निर्माणकाल देखि नै कसरी पारदर्शी र विश्वसनिय बनाउँदै लैजाने भन्ने मुख्य चुनौति हो ।

जसरी अहिले नयाँ शक्ति निर्माणको सवालमा सुशासन र सदाचारलाई आधारको रुपमा खडा गरिएको छ, त्यो व्यक्ति आफैंले पर््रदर्शन गर्ने कुरा हो । यर्सथ, यसलाई सुरुका दिनदेखि नै प्रष्ट रुपमा देखिने गरी कार्यान्वयन गर्दै लैजानु नै नयाँ निर्माण अभियानको मुख्य चुनौति हो । किनकि यो समाज सम्पर्ूण्ा रुपले प्रदूषित भइसकेको छ, यहाँ आफ्नो फाइदाका लागि जे पनि गर्ने संस्कार आम बनिसकेको छ । अनि नयाँ शक्ति अभियानमा लाग्ने मानिसहरु पनि त्यही समाजबाटै आउने हो । जब व्यक्ति आउँछ, निश्चय नै उसले आफ्ना सबै संस्कार र संस्कृतिलाई आफैंसँग लिएर आउँछ, भलै उसले आफूलाई रुपान्तरण गरेको छु भन्ला । तर, व्यवहारतः त्यसरी रुपान्तरित भएर आउनु आफैंमा कठिन काम हो । किनकि सबै हिंडेको मूलबाटो हिंड्न सजिलो हुन्छ । कोही पनि नहिंडेको बाटोमा एक्लै हिंड्न पक्कै पनि सहज हुँदैन ।

भन्नै पर्छ, बजारमा नयाँ शक्तिको चर्चासँगै विभिन्न आशंकाहरु पनि जीवितै छन् । एउटा निकै ठूलो संभावना बोकेको राजनीतिज्ञका नाताले डा. बाबुराम भट्टर्राई प्रति व्यापक मात्रामा जनचासो हुनु स्वभाविक पनि हो । खासगरी बाबुराम भट्टर्राईले निर्माण गर्ने नयाँ शक्तिको सैद्धान्तिक आधार र त्यसको राजनीतिक संरचना कस्तो हुनेछ - भन्ने नै आम जिज्ञासा र चासो हो । अनि नयाँ पार्टर्ीीे जनाधार कसरी निर्माण हुन्छ - त्यसले कुन वर्गको राजनीतिक मुद्दा बोक्छ - आम रुपमा गरिखाने वर्गको मुद्दा बोक्छ कि पूँजीपतिहरुको मुद्दा - पार्टर्ीी बाहिरका मानिसहरु कसरी आकषिर्क हुन्छन् - अनि कुन मानेमा त्यो नयाँ शक्ति हुनेछ - कस्ता पात्रहरु त्यसमा समावेश हुनेछन् - पार्टर्ीी संगठकहरु कोको हुनेछन् - नयाँ बन्ने पार्टर्ीीे सैद्धान्तिक आधार र राजनीतिक दर्शन के हुनेछ - आम गरिखाने वर्गको पक्षधरता हुने छ या छैन - यी र यस्तै प्रश्नको घेराभित्र प्रस्तावित नयाँ शक्तिको विमर्श लुप्त भएको छ ।
एउटा निकै ठूलो संभावना बोकेको राजनीतिज्ञका नाताले डा. बाबुराम भट्टर्राई प्रति व्यापक मात्रामा जनचासो हुनु स्वभाविक पनि हो । खासगरी बाबुराम भट्टर्राईले निर्माण गर्ने नयाँ शक्तिको सैद्धान्तिक आधार र त्यसको राजनीतिक संरचना कस्तो हुनेछ - भन्ने नै आम जिज्ञासा र चासो हो । 
अहिले नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रक्रिया फरक ढंगबाट उठेको छ । यसमा शक्ति निर्माणका मुख्य अभियन्ता बाबुराम भट्टर्राईले विभिन्न दल र दलगत समूहसँग आवद्ध राजनीतिक व्यक्तित्व, समाजका बुद्धिजीवी, पेशाकर्मी, उद्योगी, व्यसायी, विद्यार्थी र नागरिक समाजका अगुवाहरु सबैसँग व्यापक अन्तरक्रियामा छन्, जुन संभवतः पार्टर्ीीनर्माणको बिल्कुल नयाँ तरिका हो । त्यसैगरी उनी हालै जारी गरिएको संविधानमा आफ्ना हक, अधिकार र पहिचानका मुद्दाहरु समेटिन नसकेको भन्दै आन्दोलनरत आदिवासी, जनजाति, थारु, मधेशी, मुस्लिमलगायतका सीमान्तकृत समुदायहरुसँग पनि उनीहरुको राजनीतिक मागप्रति ऐक्यबद्धता जनाउन आन्दोलनकारीसँगै सडकमा पनि पुग्न भ्याएका छन् । यसबाट उनले सबै अटाउने शक्ति निर्माणको प्रक्रियामा रहेको कुरा पुष्टि हुन्छ । यद्यपि नयाँ बन्ने शक्तिले यी सबै फरकफरक स्वार्थ बोक्ने वर्ग र समुदायका राजनीतिक र कतिपय गैरराजनीतिक आकांक्षालाई सम्बोधन गर्न सक्ला - यस्तै प्रश्नहरु नयाँ बन्ने शक्तिका चुनौति हुन् ।

अर्थराजनीतिक आधार
अहिलेसम्म हामीले राजनीतिक मुद्दालाई नै केन्द्रीय विषय बनायौं । तर, संविधान निर्माण भएसँगै उत्पीडित जाति र समुदायको छुटेका मुद्दाहरु संविधान संशोधनमार्फ संवोधन भएसँगै एकहदसम्म राजनीतिक मुद्दा संस्थागत भएको मानिनेछ र अबको राजनीतिक एजेण्डा जनताको प्रत्यक्ष समृद्धि र प्रगतिसँग अन्तरसम्बन्धित हुनुपर्नेछ । यसका लागि आर्थिक विकास र समृद्धि अबको राजनीतिक मुद्दा बन्नुपर्नेछ । यदि आर्थिक उत्पादन, विकास, समृद्धि र प्रगतिका लागि राजनीति गर्ने हो भने अहिलेको पारम्परिक राजनीतिक पार्टर्ीी र तिनका संरचना फरक हुनुपर्नेछ । पुरानै संस्कार र राजनीतिक पृष्ठभूमि बोकेका दलहरुले नयाँ ढंगको मुद्दा उठान गर्न सक्दैनन् र प्रकारान्तरले ती पनि पुरानै र्ढरा अनुसारै सञ्चालित हुनेछन् । आर्थिक विकास र प्रगतिका लागि साँच्चिकै आर्थिक मुद्दा बोक्ने व्यापक जनसहभागितामा आधारित राजनीतिक दल बन्नुपर्नेछ, जसले समृद्धि र प्रगतिका मुद्दाहरु उठान गर्न सक्षम हुनेछ र मुलुक आर्थिक रुपले समृद्धितर्फअग्रसर हुनेछ । यही सैद्धान्तिक पृष्ठभूमिका आधारमा नयाँ वैकल्पिक राजनीतिको विमर्श भएको हो ।
 पुरानै संस्कार र राजनीतिक पृष्ठभूमि बोकेका दलहरुले नयाँ ढंगको मुद्दा उठान गर्न सक्दैनन् र प्रकारान्तरले ती पनि पुरानै र्ढरा अनुसारै सञ्चालित हुनेछन् । आर्थिक विकास र प्रगतिका लागि साँच्चिकै आर्थिक मुद्दा बोक्ने व्यापक जनसहभागितामा आधारित राजनीतिक दल बन्नुपर्नेछ, जसले समृद्धि र प्रगतिका मुद्दाहरु उठान गर्न सक्षम हुनेछ र मुलुक आर्थिक रुपले समृद्धितर्फअग्रसर हुनेछ ।
विकल्पको खोजी गर्दैगर्दा अहिलेको नेपाली समाज कुन मानेमा पहिलेको भन्दा फरक हो - वर्तमान नेपाली समाजको चारित्रिक बनावट के हो र त्यसलाई उत्पादनमुखी बनाउन के गरिनर्ुपर्छ - अथवा साँच्चिकै नेपाली समाजको बनावटमा आधारभूत परिवर्तन आएको हो वा त्यो समयक्रममा आफैं आएको नियमित परिर्वतन हो - नेपाली समाजका सीमितताहरु के के हुन् - हो, नयाँ वैकल्पिक राजनीतिको अर्थराजनीतिक संकथनमा यिनै प्रश्नहरुको उत्तर खोजिनर्ुपर्छ । र मेरो दृष्टिकोणमा यी नै वैकल्पिक राजनीतिका अर्थराजनीतिक आधारहरु हुन् । वैकल्पिक राजनीतिक शक्ति निर्माणको बहसको डाइनामिक्सले यी यावत सवालहरुलाई पकड्न सक्नर्ुपर्छ र वर्तमान नेपाली समाजको यथार्थ चरित्रचित्रण गर्नुपर्छ ।

No comments:

Post a Comment

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान” विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परी...