इतिहास, पृथ्वीनारायण र राष्ट्रियता

मनिकर कार्की निवर्तमान


गएको दर्ुइसाता हामीकहाँ एक खालको 'राष्ट्रवादी' सोचको खुबै चर्चा चल्यो । इस्वी संम्बत २०१६ आगमनको दिन एकाएक 'टोपी दिवस' सफलतापर्ूवक मनाइयो, जुन दिन धेरैले राष्ट्रियताको भावनाले ओतप्रोत भएर टोपी धारण पनि गरे । अनि सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्नैका लागि पनि टोपी लगाएर तस्बिर खिचे, खिचाए । पुरुषले लगाउने गरेको टोपीप्रति महिला र विशेष गरी युवतीहरुले पनि त्यसदिन टोपीलाई फेशनकै रुपमा लगाएको देखियो । कम्तीमा सामाजिक सञ्जालमा यस्तै दृष्यहरु पोखिए । अनि पुनः एकपटक दक्षिणी छिमेकीतिर फर्केर 'देखिस् हाम्रो राष्ट्रियता' भन्दै कालोबजारमा किनेको महंगो तेल हालेर मोटरसाइकल र्यालीमा पनि सहभागिता जनाए । जेहोस्, सबैले 'राष्ट्रियता' कै लागि आफ्नो गच्छे अनुसारको लगानी गरे ।

जसै टोपीले जन्माएको राष्ट्रियताको ताप सेलाउँदै थियो, सामाजिक सञ्जालहरुमा एकाएक पृथ्वीनारायण शाहको जन्मजयन्तीको प्रसंगले टप स्थान पायो । अनि संघीय गणतन्त्र नेपालको नक्सांकनमा राजनीतिक विवाद बढ्दै जाँदा सबैले 'बडा महाराज'लाई मिस गरे, अनि उनको 'दिव्य उपदेश'को लयात्मक र कवितात्मक प्रस्तुतिबाट फेरि एकपटक मुलुकमा राष्ट्रियताको जर्गेना गरियो । यी दर्ुइ प्रसंगले अन्ततः एउटै भाष्यलाई स्थापित गर्ने चेष्टा गरेको छ, त्यो हो चलिआएको 'नेपालीकरण'को उही पुरानो एकात्मक प्रकृतिको भाष्य । अहँ यसलाई कसैले पनि पुनः परिभाषित गर्नुपर्छ, त्यो शासकीय भाष्यभित्र भएको विभेद र बहिस्करणलाई सम्बोधन गर्दै राष्ट्रियताको नयाँ परिभाषा र भाष्य निर्माण गर्नुपर्छ भनेर कहिल्यै सोचिन्न । कतिपय परिवर्तनकारी र आलोचनात्मक दृष्टिकोण राख्ने मित्रहरु पनि त्यही नेपालीकरणको लयमा बरालिएको देख्दा भने अलिक खल्लो हुँदो रहेछ ।


अब अलिकति इतिहासको कुरा गरौं । इतिहासको परिभाषा इतिहासकारहरुले नै दिनेछन् तर यहाँ मैले इतिहासको निर्माण कसरी हुन्छ - र त्यसमाथि कसको नियन्त्रण हुन्छ - भन्ने विषयलाई मात्र संकेत गर्न खोजेको हो । वास्तवमा इतिहासले जहिल्यै पनि एउटालाई हिरो र अर्कोलाई भिलेन बनाइदिन्छ । जसले शासनसत्तामा विजय प्राप्त गर्छ, ऊ विजेता कहलाउँछ र उसले आफ्नो इतिहासको रचना गर्छ या गर्न लगाउँछ । तर, इतिहासमा पराजितहरुलाई कुनैपनि स्थान हुँदैन । शायद त्यसैले होला एक रोमन दार्शनिकले भनेका रहेछन्, 'युद्धमा दोस्रो हुनेलाई पुरस्कारको व्यवस्था हुँदैन' । बिटि्रस साम्राज्यको इतिहास हर्ेदा उनीहरुले निषेधात्मक रुपमा अरुप्रति गरिएको व्यवहारलाई ठीकै र न्यायोचित भनाएका छन्, न कि बेठिक । अनि अमेरिकाले गरेको इराक आक्रमण, अफगानिस्तानहुँदै मध्य पर्ूवका राष्ट्रहरुमाथिको वर्वर आक्रमणलाई पनि इतिहासले ठीकै ठहर्याउनेछ । किनकि अमेरिका इतिहासको रचयिता हो ।
इतिहासको परिभाषा इतिहासकारहरुले नै दिनेछन् तर यहाँ मैले इतिहासको निर्माण कसरी हुन्छ - र त्यसमाथि कसको नियन्त्रण हुन्छ - भन्ने विषयलाई मात्र संकेत गर्न खोजेको हो । वास्तवमा इतिहासले जहिल्यै पनि एउटालाई हिरो र अर्कोलाई भिलेन बनाइदिन्छ ।

इतिहास निर्माणको यो कडीसँग जोडेर हर्ेदा पृथ्वी नारायण शाहलाई जसरी राष्ट्रनिर्माताको रुपमा चित्रण गरिएको छ, यसमा पनि पर्ूण्ा सत्यता छैन भन्ने नै देखिन्छ अनि यो भनाइएको विषय हो भन्ने कुरा पुष्टि हुन्छ । पृथ्वीनारायण शाहलाई बुझ्नको लागि तत्कालीन समाज र त्यो बेला उनले खेलेको भूमिका र खासमा गोर्खा राज्यको विस्तारमा अन्तरनिहित उद्देश्यलाई मसिनो गरी केलाउनु जरुरी हुन्छ । हामीले अहिलेसम्मको इतिहास निर्माणको श्रृंखलालाई हर्ेर्ने हो भने त्यसमा तत्कालीन समाजले अंगिकार गरेको 'सत्य' का आधारमा मात्रै इतिहासको निर्माण भएको पाउँछौं । अनि त्यो सत्य स्थापित गरिदिने त्यही सत्ता हो, तिनै शासक हुन् । यर्सथ, लेखिएको इतिहासले मात्रै सबै कुरा उजिल्याउन सक्दैन । यसरी निर्माण हुने इतिहासमा शासक वर्गकै स्तुति र गाथा भेटिन्छ ।

अनि त्यो इतिहास जहिल्यै पनि अपर्ूण्ा हुन्छ, किनकि समाजमा दमित भएका धेरै विषयवस्तुहरुले इतिहासमा स्थान पाउँदैनन् । फेरि शासन सत्ताको निर्माणमा शक्तिको भूमिका केन्द्रीय हुन्छ । शासकहरु आफू स्थापित हुनका लागि उनीहरुले आफ्ना प्रतिकूल हुने हरेक विचार, सिद्धान्त र दृष्टिकोणहरुलाई दबाएका हुन्छन् । यसैगरी सत्ताले आम संस्कृतिको निर्माण गरेको हुन्छ । अनि त्यही सत्ताले निर्माण गरेको संस्कृतिलाई बहुमत समाज स्वीकार गर्दछ र त्यसैलाई अंगिकार गर्ने उपक्रमको सुरुवात हुन्छ । हो, जुनसुकै समाजमा शासकले निर्माण गरेको संस्कृतिलाई नै निरन्तरता दिइन्छ र त्यो बहुमत समाजले अल्पमतको आवाजलाई सधैं दबाएरै राखेको हुन्छ ।

बहुमतले निर्माण गरेको संस्कृतिलाई परम्परा, संस्कार र इतिहासको रुपमा दर्ता गरिन्छ र त्यही इतिहास पुस्तौंपछि जागृत हुन्छ र गर्वको खेती गरिन्छ । हामीले अंगिकार गर्दैआएको 'वीर गोर्खाली' को विम्ब पनि त्यसैगरी निर्माण भएको हो । अनि पृथ्वीनारायण र उनका उत्तराधिकारीहरुको गाथा पनि त्यसैगरी निर्माण भएको हो । अनि भन्नै पर्ने कुरा के हो भने लेखिएको इतिहास मात्र सहि र पर्ूण्ा हुँदैन । जसरी पृथ्वी नारायण शाहलाई हामी एकताका प्रतीक र राष्ट्र निर्माताको रुपमा चित्रित गरिरहेका छौं, उनको जन्म जयन्तीको अवसरमा उनका गाथा गाउनुलाई स्वभाविकै मानिएला, तर उनी राष्ट्र निर्मातानै चाहिं होइनन् किनकि यो मुलुक अझै पनि राष्ट्र बन्न सकेको छैन । जबसम्म इतिहासदेखि बहिस्कृत बहुल राष्ट्रियतालाई स्वीकार गरेर एउटै मालामा उनिंदैन, यो मुलुक राष्ट्र बन्न सक्दैन । यर्सथ, बरु पृथ्वीनारायण शाहले त एकल राष्ट्रियताको बिजारोपण गरिदिएका थिए भन्दा अतिशयोक्ति हुँदैन ।
बहुमतले निर्माण गरेको संस्कृतिलाई परम्परा, संस्कार र इतिहासको रुपमा दर्ता गरिन्छ र त्यही इतिहास पुस्तौंपछि जागृत हुन्छ र गर्वको खेती गरिन्छ । हामीले अंगिकार गर्दैआएको 'वीर गोर्खाली' को विम्ब पनि त्यसैगरी निर्माण भएको हो । 

किनकि उनले नेपालको एकीकरण गरेका होइनन् किन्तु त्यो गोर्खा साम्राज्यको विस्तार थियो र उनी आफू ठूलो साम्राज्यको सम्राट हुने लालसाले राज्य विस्तारको अभियान सुरु गरेका थिए । अनि जसरी नेपाललाई 'चार जात छत्तिस वर्ण्र्ााे फूलबारी'को रुपमा जातीय, भाषिक र सांस्कृतिक विविधता भएको मुलुकको रुपमा उनैले पहिचान दिएका थिए भनेर प्रचार गरिएको छ, खासमा उनको भनाइको निहितार्थ अर्कै थियो । उनैको पालामा चार जातबाट जातीय विभेदको सुरुवात हुन गएको देखिन्छ । अनि आफूले विजयी प्राप्त गरेका राज्यहरुले स्थानीय रैथाने किसिमले मनाउँदै र मान्दै आएका धर्म, संस्कृति र परम्परामाथिको आक्रमण र बहिस्करणले पनि उनी वास्तवमा राष्ट्रनिर्माता थिएनन् भन्ने कुरालाई पुष्टि गर्छ । किनकि राष्ट्र निर्माताले विभेदलाई शासकीय रुपमा संस्थागत गर्दैन । हो, उनलाई मान्ने नै हो भने एक योद्धा, आँटिला र निडर सिपाही थिए भन्न सकिन्छ । अनि थिए त उनी एक महत्वकांक्षी शासक ।

शायद यी पंक्तिहरु लेखिंदै गर्दा कतिपयलाई इतिहासको अनादार गरेको लाग्न सक्छ । तर, यस आलेखमा मैले उठाउन खोजेको विषय केवल लेखिएको इतिहास मात्रै पर्ूण्ा हुँदैन भन्ने नै हो । त्यसकारण इतिहासको समीक्षा हुनर्ुपर्छ र त्यसको पुनःलेखन पनि जरुरी हुन्छ । साथै साँचो इतिहास निर्माणका लागि लेखिएको इतिहासप्रति प्रश्न उठाउनर्ुपर्छ नै । जहाँसम्म पृथ्वी नारायण शाहको सवाल छ, उनलाई अतिशयोक्तिपर्ूण्ा तरिकाले महान् बनाउनु जरुरी छैन किनकि त्योबेला राज्यहरुको निर्माण त्यसैगरी हुन्थ्यो र उनी नभएका भए शायद अर्को कोही जन्मन्थ्यो र त्यो काम गथ्र्यो । अनि हाम्रा पर्ुखाले गरेको भनेर पर्ुखाले जे गरे त्यो सबै ठीक भन्ने पनि हुँदैन । आजको परिदृष्यमा कतिपय कुरा बेठिक पनि हुन सक्छन् । यदि चिज आज बेठिक देखिए भने हो यो ठीक रहेनछ भनेर स्वीकार गर्न सक्नर्ुपर्छ ।

अनि अर्को कुरा त्यो बेला कतिपय राज्यहरु फरकफरक अस्तित्वमा स्वतन्त्र थिए अनि उनीहरुले स्वतन्त्र ढंगबाट शासन चलाएका थिए । कतिपय राज्यहरुमा जनताको प्रत्यक्ष मतदानबाट पनि राजा रजौटा चुनिने व्यवस्था थियो । आखिर त्यो रैथाने लोकतन्त्र नै हो । त्यस्तै कतिपय राज्यहरुमा त गणतन्त्रात्मक व्यवस्था र रैथाले लोकतन्त्रको अभ्यास अनुपम थियो । त्यही जनतामा आधारित शासनमै कतिपय राज्यहरु समृद्ध थिए । आर्थिक समृद्धिकै कुरा गर्दा मध्यकालीन काठमाण्डू -नेपाल) का तीन राज्य र जुम्लाको सिंजा राज्यको सभ्यता र समृद्धि गर्विलो थियो भन्ने सुनिएको र पढिएकै विषय हो । तर, यी कुराहरु अझ बढी नलेखिएका इतिहासमा भेटिन्छ शायद ।
साँचो इतिहास निर्माणका लागि लेखिएको इतिहासप्रति प्रश्न उठाउनर्ुपर्छ नै । जहाँसम्म पृथ्वी नारायण शाहको सवाल छ, उनलाई अतिशयोक्तिपर्ूण्ा तरिकाले महान् बनाउनु जरुरी छैन किनकि त्योबेला राज्यहरुको निर्माण त्यसैगरी हुन्थ्यो र उनी नभएका भए शायद अर्को कोही जन्मन्थ्यो र त्यो काम गथ्र्यो ।

र्समर्थन या विरोध आफ्नो ठाउँमा छ तर, अहिलेको ऐतिहासिक तथ्य भनेको नेपालमा अलग अलग राष्ट्रियताहरु विद्यमान छन् । जस्तःै पश्चिम पहाडतिर मगर, तमु, आर्य-खस राष्ट्रियता, पर्ूवतिर र्राई लिम्वुहरुको राष्ट्रियता, काठमाण्डू उपत्यका वरपरका पहाडी क्षेत्रहरुमा ताम्सालिङको राष्ट्रियता, काठमाण्डू उपत्यका र वरपर नेवार राष्ट्रियता, तर्राई मधेसमा थारु-मधेसकेन्द्रीत राष्ट्रियता । अनि यी फरकफरक राष्ट्रियताले फरकफरक सभ्यताहरु निर्माण गरेका छन् । तर, नेपाल निर्माणको इतिहासदेखि नै गोर्खा साम्राज्यले पहाडी मुलको आर्य-खस राष्ट्रियतालाई नै नेपाली राष्ट्रियताका रुपमा परिभाषित गरेर अरु राष्ट्रियतालाई अस्वीकार गर्यो । अनि नेपाल मूलतः पहाडकेन्द्रित आर्य-खस जातिको राष्ट्रियताको पर््रयाय बन्न पुग्यो । अब यदि यो देशलाई साँच्चिकै राष्ट्र बनाउने हो भने बुहभाषि, बहुजाति, बहुधार्मिक देशको बहुराष्ट्रियतालाई स्वीकार गर्नुको विकल्प छैन ।

यसरी हर्ेदा समाजले जे कुरा अंगिकार गरेको छ, समाजमा जे स्थापित भएको छ, त्यसलाई पच्छ्याउने क्रममा अन्य धेरै कुरा छुट्न जान्छ । समाजले अंगिकार गरेको चिजलाई मात्र अन्तिम सत्यको रुपमा स्थापित गर्दा कमजोरहरुको धेरै कुरा छुट्न जान्छ । आखिर तत्कालीन समाजले अंगिकार गरेको जुनसुकै धर्म, संस्कार, संस्कृति र परम्परा त त्यो बेलाको शासकीय संस्कारको निरन्तरता न हो । यसै सर्न्दर्भमा अहिले जसरी नेपाली र नेपालीकरणको भाष्यलाई आजका दिनमा हामीले अंगिकार गरिरहेका छौं, त्यसमा मूलतः शासकीय संस्कार र संस्कृतिको आभा छ, र छ अनगिन्ती समान धर्म, संस्कार, संस्कृति, परम्पराको बहिस्करण । अनि टोपी दिवस र पृथ्वी जयन्तीमा पनि त्यही भाष्यलाई स्थापित गर्न खोजिएको छ ।
अनि यो देशको मानचित्र र भूगोलभित्र बसोबास गर्नेलाई पटकपटक नेपाली भनेर चिनाइरहनर्ुपर्छ र - अनि हाम्रो नेपालीकरणको नयाँ परिभाषा के हो - कि पुरानै नेपालीकरणलाई निरन्तरता दिन खोजेको हो - पुरानो नेपाली र नेपालीकरणको भाष्यले त बहिस्करणलाई संस्थागत गरेको छ - के अब पनि त्यही बहिस्करणको डोजर चलाएर समतामूलक समाज बन्छ -

जब हामी समतामूलक समावेशी संस्कृति र संस्कार निर्माणको कुरा गरिरहेका छौं, अनि सामूहिक, सहअस्तित्व र समावेशीकरणको कुरा गर्दै छौं भने हिजो कुनै कालखण्डमा एउटा अमूक शासकीय जाति, वर्ग र समुदायले जर्बजस्त रुपमा स्थापित गर्न बाध्य बनाएको एकल भाषा, भेष, संस्कार र संस्कृतिलाई मात्रै किन निरन्तरता दिने - अनि किन त्यसैलाई जर्बजस्त राष्ट्रियताको पर्याय बनाउने - अनि किन जहिल्यै पोशाक, चरा, पशु, फूल, रंगमै राष्ट्रियता खोज्ने - एक शासकलाई नै एकताको प्रतीक किन मान्ने - के राष्ट्रको निर्माणमा जनताको भूमिका हुँदैन - अनि राष्ट्रियताको परिभाषामा यो देशका जनता पर्दैनन् - अनि सबैको संस्कार र संस्कृति पर्दैन - बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक भन्ने तर एउटा खास समुदायले मान्ने मिथकहरुलाई राष्ट्रिय प्रतीक मान्ने किन - हो यो टोपी र पृथ्वीनारायणको कुरामा पनि त्यसैको निरन्तरता छ ।

अनि यो देशको मानचित्र र भूगोलभित्र बसोबास गर्नेलाई पटकपटक नेपाली भनेर चिनाइरहनर्ुपर्छ र - अनि हाम्रो नेपालीकरणको नयाँ परिभाषा के हो - कि पुरानै नेपालीकरणलाई निरन्तरता दिन खोजेको हो - पुरानो नेपाली र नेपालीकरणको भाष्यले त बहिस्करणलाई संस्थागत गरेको छ - के अब पनि त्यही बहिस्करणको डोजर चलाएर समतामूलक समाज बन्छ - उत्तर प्रस्ट छ, पक्कै पनि बन्दैन ।

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...