मधेश आन्दोलनको मैजारो

मनिकर कार्की 'निवर्तमान'


प्रधानमन्त्री खड्ग प्रसाद ओलीको भारत भ्रमणको संघारबाट अवरुद्ध वीरगञ्ज नाका सुरु भएसँगै पुनः आम नेपालीको दैनिकी केही सहज बन्दै गएको छ । जे, जसरी भए पनि अवरुद्ध नाका सहज हुनु स्वागतयोग्य कुरा हो । तर, जसरी रहस्यमय तरिकाले नाकाबन्दी भएको थियो, त्यसैगरी नाका खुलेको छ । अनि नाकाबन्दीसँगै सुरु भएको अभावको राप पनि क्रमशः सेलाउँदै गएको छ । अनि नाकाबन्दीसँगै सुरु भएको राष्ट्रियताको चर्को भावना पनि क्रमशः शान्त हुँदै गएको छ । झन् प्रधानमन्त्रीको भारत भ्रमण र प्रचार गरिएझैं भारतले हाम्रा प्रधानमन्त्रीलाई दिएको प्रचारात्मक सम्मानले हामीलाई पुलकित तुल्याइदिएको छ । अब यो खुसी र हाँसोको पुलिन्दा शायद प्रधानमन्त्रीको स्वदेशफिर्तीसँगै थप विस्तारित हुनेछ । 
अनि अर्को खुसीको कुरा के छ भने, नाकासहज भएसँगै तर्राई मधेशमा चलेको आन्दोलन पनि रोकिएको छ, अर्थात् आन्दोलनको मैजारो भएको छ । अनि समाज, राजनीति र सत्ताकै मूलधार मानिने शासकीय चिन्तनले मधेश आन्दोलन असफल भएको निश्कर्षनिकालिरहेको छ । हो, हामी त्यही निश्कर्षाई नै सहि मानेर मधेश आन्दोलनभित्रका छ्रि्रहरु खोतल्ने प्रयास गरिरहेका छौं । अनि हामी पनि त्यही निश्कर्षाई ल्याप्चे ठोकिरहेका छौं, 'अरे मधेश आन्दोलन त ठीक रहेनछ, यदि ठीक हुँदो हो त यो सकारात्मक निश्कर्षा पक्कै पुग्नेथियो '। 
सरर्सर्ती हर्ेदा यसपालीको मधेश आन्दोलनले यहि देखायो ।

हाँसोभित्रको सपना...

यी हाँसोहरु केवल हाँसो मात्र होइनन् । यी हाँसोभित्र पीडा छ, अभाव छ, अनि छ, सुन्दर सपना पनि । 
हो यही हाँसोलाई र्सार्थक बनाउनु छ अब । अनि यी हाँसोभित्र समृद्धि खोज्नु छ र साँच्चिकै यसलाई दीगो बनाउनुछ । 
त्यसैले त नयाँ समृद्धिको कुरा गरेको । त्यसैले त नयाँ वैकल्पिक मार्गको खोजी गरेको ।
यहाँ विभिन्न जिल्लाका केही प्रतिनिधि बालबालिकाको तस्बिर प्रस्तुत गरिएको छ, 
जसमा हाँसोको साथ एक सुन्दर सपनाको प्रतिबिम्ब देखिन्छ ।
-तस्बिरहरुः मनिकर कार्की निवर्तमान)

पू“जीवादको संकट र वैकल्पिक अर्थतन्त्र

मनिकर कार्की 'निवर्तमान'
समाजवादले बनाउँछ, पूँजीवादले भत्काउँछ - ह्युगो चाभेज





प्रसंग सुरु गरौं, दिवंगत पर्ूव भेनेजुयाली राष्ट्रपति ह्युगो चाभेजको यो बहुचर्चित भनाइबाटै । चाभेज ल्याटिन अमेरिकी मुलुकहरुका एउटा यस्ता लिडर थिए, जसले आर्थिक विकास र समृद्धिका लागि पूंजीवादको विकल्प समाजवाद हो भन्ने कुरालाई प्रामाणिक रुपमा स्थापित गरिदिए । र, जीवनपर्यन्त एक चामत्कारिक नेतृत्वको रुपमा समग्र ल्याटिन अमेरिकाको प्रतिनिधित्व गरिरहे । खासगरी किसान र मजदुरमैत्री सुधारनीतिका कारण आलोचकहरुले समेत उनका सुधारवादी कदलहरुप्रति कडा विरोध गर्न सकेका थिएनन् र भेनेजुयलामा लगातार तेस्रोपटकसम्म राष्ट्रपति चलाईरहेका थिए । राष्ट्रपति पदमा बहाली रहेकै अवस्थामा उनको निधन भएको थियो । 

हो, अहिले तिनै चाभेजले भनेजस्तो विश्व अर्थराजनीतिबाट पूंजीवादले संकट बेहोरिरहेको छ । एक कल्याणकारी संस्था अक्सफामले भर्खरै र्सार्वजनिक गरेको प्रतिवेदन अनुसार अहिले विश्वमै आर्थिक असमानता बढेर गएको देखाएको छ । उक्त संस्थाले भर्खरै ९९ प्रतिशत मानिसहरुको सम्पत्ति टप एक प्रतिशतसंग रहेको तथ्यांक र्सार्वजनिक भएको छ । यसबाट पनि पूंजीवादले साधनस्रोतको दोहन गर्दै केही सीमित व्यक्ति, संस्था, वर्ग र समुदायमा संकेन्द्रित गर्दछ र त्यसले जनसंख्याको ठूलो तप्कामा आर्थिक असमानता बढाइदिन्छ भन्ने प्रष्ट भएको छ । अनि यसको विकल्प भनेको न्यायोचित वितरणमुखी समाजवादी व्यवस्था नै हो, जुन कुरालाई चाभेजले पनि जोड दिएका थिए ।

सपनाहरुको पुनःमुद्रण

मनिकर कार्की 'निवर्तमान'


कुनै उपन्यास पढ्दा होस् या सिनेमा हर्ेदा नै किन नहोस्, फटाफट दृष्य परिवर्तन भइरहँदा पर्ढाई र हेर्राईमा एकाग्रता अनि उत्सुकता पनि बढ्दै जान्छ । तर, त्यसको ठीक विपरित पाना र पर्दाका दृष्यहरु र्सर्दै सरेनन् भने पढ्न र हर्ेन निकै झिंझो लाग्ने गर्छ । ठीक त्यस्तै राजनीतिको रंगमञ्चमा पनि एउटै दृष्य लामो समयसम्म देखिइरहँदा दिक्क लाग्नेरहेछ । अहिलेको समकालीन नेपाली राजनीतिका संक्रमणकालीन दृष्यहरु हर्ेदा पक्कै पनि हामी सबैलाई पट्यार लागिसकेको छ । प्रधानमन्त्रीका उही ठट्यौली अभिव्यक्ति, नेताहरुका तिनै वार्ता र सहमतिका निश्कर्षहन र निर्रथक प्रयासहरु, टेलिभिजनका काँचका पर्दामा देखिने तिनै नेताहरुको धमिलो दृष्य, अखबारका पानाहरुमा टाक्सिएका तिनै नेताका रंगीन तर रङ उडेका तस्बिरहरु, अनि रेडियोमा कर्कशमय ध्वनिमा बज्ने तिनैको भाषण । यी सबै श्रव्य, दृष्य र शब्दहरुबाट शायद सबै दिक्क भइसकेका छन् । 

अभाव, पीडा, महंगी, कालोबजारीबाट मर्माहत भएर थकित र गलित अवस्थामा पुगेका जनतालाई वस्तु तथा सेवाको आपर्ूर्तिलाई सहज बनाएर राहत दिनुपर्ने अवस्थामा मुलुकका प्रधानमन्त्री भने तिनै विगतका सपनाहरुको पुनःमुद्रण अभियानलाई नै तीव्रता दिइरहेका छन् । हो, उनी अहिले नयाँ संस्करणमा २०६३ सालको परिवर्तनसँगै उठेका प्रगति, विकास र समृद्धिका नाराहरुको पुनःमुद्रित संस्करणलाई नयाँ कलेबरमा प्रस्तुत गरिरहेका छन् । अहँ उनले अहिलेको आवश्यकता सपनाहरुको पुनःमुद्रण होइन किन्तु ती सपनाहरुलाई कार्यान्वयनमा लैजाने अर्को अध्यायको थालनी हो भन्ने कुरालाई पटक्कै हेक्का राखेको देखिंदैन । अनि यो सपाट दृष्यलाई स्वीकार्न सकेका छैनन् र नै सपनाहरुको पुनःमुद्रणमै व्यस्त र मस्त छन् । उता जनताले भने ती सपनाहरुको पुनःमुद्रणलाई एउटा क्रुर मजाक सम्भिmरहेका छन् ।

विकासका लागि वैकल्पिक सोच

- मनिकर कार्की "निवर्तमान"


मुलुकको अर्थराजनीति अत्यन्तै जटिल अवस्थाबाट गुज्रिरहेको छ । खासगरी भूकम्पीय क्षतिबाट थल्लिएको मुलुकमा नया“ संविधान जारी भएस“गै नवनिर्माणको अभियानले तीव्रता पाउने अपेक्षा गरिएको थियो । तर, संविधानमा सबै पक्षको न्यायाचित मागलाई सम्बोधन गरेर अधिकतम् सहमतिमा संविधान नबन्दा त्यसयता संक्रमणको सकस लम्बिन गयो र अपेक्षाकृत मुलुकको अर्थराजनीतिले सहि बाटो समाउनुको साटो झन् जटिलतातिर फस्दै गयो । अनि त्यसयता सरकारको नेतृत्व सम्हालिरहेका प्रधानमन्त्री खड्ग प्रसाद ओलीको असंगत बोली र हल्काफुल्का टिप्पणीले राष्ट्रिय राजनीति नै एउटा ठूलो प्रहसन बन्न पुग्यो । उता, जनस्तरमा भने दैनन्दिनी कालोबजारी र महंगीले आक्रान्त बनाइरहेको छ र हामी सबैको दैनिकी इतिहासकै सबैभन्दा अभावग्रस्त बन्न पुगेको छ । मधेश आन्दोलन र भारतीय नाकाबन्दी महिनौं भइसक्दा पनि यसको उचित निकास निस्कन सकेको छैन । बरु उल्टै यो विषय विषद् राजनीति उपहास र क्रुर मजाक बन्न पुगेको छ । 
 मानवशास्त्री डिल्लीराम दाहाल, मुक्तसिंह लामा, अरुणकुमार लाल दास र जनसंख्याशास्त्री योगेन्द्र गुरुङ्गको समूहले अघिल्लो साल र्सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार मुलुकमा सामाजिक, सांस्कृतिक र आर्थिक असमानता बढ्दै गएको निश्कर्षछ ।

यता मुलुकको विकास, निर्माण, प्रगति र समृद्धिको कुरा गर्दा त्यो दिनप्रतिदिन अधोगतितर्फलम्किरहेको देखिन्छ । अनि त्यसको परिणामस्वरुप विद्यमान असमानता बढ्दै गइरहेको छ । मानवशास्त्री डिल्लीराम दाहाल, मुक्तसिंह लामा, अरुणकुमार लाल दास र जनसंख्याशास्त्री योगेन्द्र गुरुङ्गको समूहले अघिल्लो साल र्सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार मुलुकमा सामाजिक, सांस्कृतिक र आर्थिक असमानता बढ्दै गएको निश्कर्षछ । उनीहरुका अनुसार असमानताको मुख्य कारण स्रोत साधनको असमान वितरण हो । अनि त्यसलाई विभेदले मलजल गरेको छ । र विभेदको मुख्य कारण नेपाली भाषा र संस्कृतिमाथि पहु“च नहुनु हो । त्यही पहु“च नभएका कारण तर्राईका दलितहरु तेहोरो मारमा परेको निश्कर्षउक्त अध्ययनले देखाएको छ ।

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान” विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परी...