सपनाहरुको पुनःमुद्रण

मनिकर कार्की 'निवर्तमान'


कुनै उपन्यास पढ्दा होस् या सिनेमा हर्ेदा नै किन नहोस्, फटाफट दृष्य परिवर्तन भइरहँदा पर्ढाई र हेर्राईमा एकाग्रता अनि उत्सुकता पनि बढ्दै जान्छ । तर, त्यसको ठीक विपरित पाना र पर्दाका दृष्यहरु र्सर्दै सरेनन् भने पढ्न र हर्ेन निकै झिंझो लाग्ने गर्छ । ठीक त्यस्तै राजनीतिको रंगमञ्चमा पनि एउटै दृष्य लामो समयसम्म देखिइरहँदा दिक्क लाग्नेरहेछ । अहिलेको समकालीन नेपाली राजनीतिका संक्रमणकालीन दृष्यहरु हर्ेदा पक्कै पनि हामी सबैलाई पट्यार लागिसकेको छ । प्रधानमन्त्रीका उही ठट्यौली अभिव्यक्ति, नेताहरुका तिनै वार्ता र सहमतिका निश्कर्षहन र निर्रथक प्रयासहरु, टेलिभिजनका काँचका पर्दामा देखिने तिनै नेताहरुको धमिलो दृष्य, अखबारका पानाहरुमा टाक्सिएका तिनै नेताका रंगीन तर रङ उडेका तस्बिरहरु, अनि रेडियोमा कर्कशमय ध्वनिमा बज्ने तिनैको भाषण । यी सबै श्रव्य, दृष्य र शब्दहरुबाट शायद सबै दिक्क भइसकेका छन् । 

अभाव, पीडा, महंगी, कालोबजारीबाट मर्माहत भएर थकित र गलित अवस्थामा पुगेका जनतालाई वस्तु तथा सेवाको आपर्ूर्तिलाई सहज बनाएर राहत दिनुपर्ने अवस्थामा मुलुकका प्रधानमन्त्री भने तिनै विगतका सपनाहरुको पुनःमुद्रण अभियानलाई नै तीव्रता दिइरहेका छन् । हो, उनी अहिले नयाँ संस्करणमा २०६३ सालको परिवर्तनसँगै उठेका प्रगति, विकास र समृद्धिका नाराहरुको पुनःमुद्रित संस्करणलाई नयाँ कलेबरमा प्रस्तुत गरिरहेका छन् । अहँ उनले अहिलेको आवश्यकता सपनाहरुको पुनःमुद्रण होइन किन्तु ती सपनाहरुलाई कार्यान्वयनमा लैजाने अर्को अध्यायको थालनी हो भन्ने कुरालाई पटक्कै हेक्का राखेको देखिंदैन । अनि यो सपाट दृष्यलाई स्वीकार्न सकेका छैनन् र नै सपनाहरुको पुनःमुद्रणमै व्यस्त र मस्त छन् । उता जनताले भने ती सपनाहरुको पुनःमुद्रणलाई एउटा क्रुर मजाक सम्भिmरहेका छन् ।

तर, त्यहींनेर प्रधानमन्त्रीको बडो गुनासो आउन थालेको छ । उनले  पटकपटक संचारकर्मीहरुसँग गुनासो गरेका छन्, 'मैले हावाबाट बिजुली निकाल्छु, पाइपलाइनबाट ग्यास वितरण गर्छर्ुुकाठमाण्डूमा रेल दौडाउँछु, बिजुली गाडी चलाउँछु भनेर भन्दा कयौं विद्वानहरुले उखान टुक्काले देश चल्दैन भने, यी कुरा गर्दा कहाँनेर उखान टुक्का छ -' ठीकै छ, प्रधानमन्त्रीले शायद मुलुकको समृद्धि र प्रगतिकै लागि आफ्नो परिकल्पना र्सार्वजनिक गरेका हुन् भन्ने कुरालाई मानियो रे लौ । तर, अहिलेको वर्तमान संकटपर्ूण्ा अवस्था जुनबेला नागरिकहरु अभाव र पीडामा बाँच्न विवश छन् । जुन बेला सहज रुपमा पैसाले आवश्यकताहरु पर्ूर्ति गर्नसमेत पाइरहेका छैनन्, त्यस्तो बेला प्रधानमन्त्री र सरकारकै दायित्व चाँडोभन्दा चाँडो समस्या समाधान गरी आपर्ूर्ति व्यवस्था सहज बनाउनुपर्नेमा सडक राष्ट्रवादी भावनाहरु उराल्ने अनि तिनै सपनाहरुको व्यापार गर्दा पक्कै पनि जनआक्रोश बढ्नु स्वभाविक हो भन्ने कुरा विद्वान प्रधानमन्त्रीले किन बुझ्न सकेनन् - 
जुन बेला सहज रुपमा पैसाले आवश्यकताहरु पर्ूर्ति गर्नसमेत पाइरहेका छैनन्, त्यस्तो बेला प्रधानमन्त्री र सरकारकै दायित्व चाँडोभन्दा चाँडो समस्या समाधान गरी आपर्ूर्ति व्यवस्था सहज बनाउनुपर्नेमा सडक राष्ट्रवादी भावनाहरु उराल्ने अनि तिनै सपनाहरुको व्यापार गर्दा पक्कै पनि जनआक्रोश बढ्नु स्वभाविक हो भन्ने कुरा विद्वान प्रधानमन्त्रीले किन बुझ्न सकेनन् ?
त्यसो त २०६५ सालमै दस वर्षा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने संकल्प तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले नै गरिसकेका थिए । खै त्यसयता राष्ट्रिय प्रशारण लाइनमा कति उत्पादन थपियो । अनि त्यो बेला गरिएको संकल्पलाई त्यसयताका सरकारले किन कार्यान्वयन गरेनन् - फेरि अहिले प्रधानमन्त्रीले १ वर्षभत्रै लोडसेडिङ्ग अन्त्य गर्छर्ुुनेर बाचा गरेका छन् । मुलुकबासीहरुको जीवनकै आधा भन्दा बढी हिस्सा अन्धकारमा बितिरहेको बेला लोडसेडिङ्गको अन्त्य गर्छर्ुुनेर किन कोकोहोलो गर्नुपर्यो - त्यो काम गरेरै देखाइदिए भइहाल्छ । 

आखिर तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले ३ वर्षभत्र लोडसेडिङ्गको अन्त्य गर्ने भन्दै आफ्नो कार्यभारको शुभारम्भ नै लोडसेडिङ्ग अन्त्य गर्ने फाइलमा दस्तखत गरेर सुरु गरेका थिए । आखिर उनी पनि त प्रधानमन्त्रीजीकै पार्टर्ीीध्यक्ष थिए । खै प्रधानमन्त्रीज्यूको आफ्नै पार्टर्ीीरकारमा भएको बेला मुलुकलाई लोडसेडिङ्ग मुक्त बनाएको - तिनै झलनाथ खनालको प्रधानमन्त्रित्व कालमा सरकारले मुलुकलाई लोडसेडिङ्गमुक्त बनाउने ३८ बुँदे घोषणा जारी गरेको थियो । अहिले प्रधानमन्त्री ज्यूलाई त्यो ३८ बुँदेको कति बुँदा याद छ - अथवा उनलाई याद हुनर्ुपर्छ कि पर्दैन - अनि त्यसमा कति काम भयो - के प्रधानमन्त्रीको कर्ुर्सर्ीी गएपछि हरेक कुरा घोषणा मात्रै गर्ने हो कि त्यसलाई साकार बनाउने दिशामा पहल पनि गर्नुपर्छ - 

फेरि पनि प्रधानमन्त्रीज्यूको सपनाकै कुरा गरौं । उनले हावाबाट बिजुली निकाल्ने योजना सुनाए । हो, सामान्यतया प्रधानमन्त्रीले जुन मासलाई सम्बोधन गरेर हावाबाट बिजली निकाल्ने कुरा गरेका छन्, त्यो समुदायका सबैलाई थाहा छ, हावाबाट बिजुली निस्कन्छ भनेर । झन् जान्नेबुझ्ने विद्वानहरुले नजान्ने कुरै भएन । हावाबाट निकालिने बिजुली शायद वैकल्पिक ऊर्जाको परिभाषाभित्र पर्दछ । २०६५ सालमा प्रधानमन्त्री भएको बेला माओवादी अध्यक्ष प्रचण्डले पनि हावाबाट बिजुली निकाल्ने संभावनाको कुरा गर्दै त्यसको संभाव्यता अध्ययनका लागि युरोप गएका थिए । तर, उनले युरोपका देशहरु जहाँ वायुऊर्जालाई ऊर्जाको मुख्य स्रोत बनाइरहेका छन्, त्यहाँका वायुऊर्जा केन्द्रहरुको अवलोकन भ्रमण गरेपछि नेपालका लागि वायुऊर्जा निकै महंगो पर्ने कुरा बताएका थिए । त्यसपछि हाम्रो लागि सबैभन्दा उपयुक्त र सजिलो अनि दीगो ऊर्जाको स्रोत जलविद्युत नै हो भन्ने निश्कर्षा पुगेका थिए, त्यसपछि जलविद्युत विकासको विस्तृत अध्ययन र कागजी योजना बन्यो शायद ।
उनले हावाबाट बिजुली निकाल्ने योजना सुनाए । हो, सामान्यतया प्रधानमन्त्रीले जुन मासलाई सम्बोधन गरेर हावाबाट बिजली निकाल्ने कुरा गरेका छन्, त्यो समुदायका सबैलाई थाहा छ, हावाबाट बिजुली निस्कन्छ भनेर । झन् जान्नेबुझ्ने विद्वानहरुले नजान्ने कुरै भएन । हावाबाट निकालिने बिजुली शायद वैकल्पिक ऊर्जाको परिभाषाभित्र पर्दछ ।

अहिले प्रधानमन्त्री केपी ओलीले वायुऊर्जाको कुरा गर्दैगर्दा के हिजो निकै महंगो पर्ने वायुऊर्जा आज एकाएक सस्तो पर्न गएको हो - कि उनले यो यत्तिकै र्सार्वजनिक खपतका लागि बोलिदिएका हुन् - फेरि अघिल्लो सरकारका ऊर्जा मन्त्री राधा ज्ञवालीले पनि १२० मेगावाटको सौर्य प्लान्ट जडान गर्ने योजना सुनाएकी थिएन् । उनले पनि ३ वर्षा नेपाललाई लोडसेडिङ्ग मुक्त बनाउने भन्दै वैकल्पिक सौर्य ऊर्जामा लगानी गर्ने योजना सुनाएकी थिइन् । तर, यथार्थ अर्कै थियो किनकि सौर्य ऊर्जाले जलविद्युतलाई प्रतिस्थापन गर्न सक्दैन भन्ने कुरा यसै प्रस्ट छ, अनि त्यो निकै महंगो पर्ने र त्यसको आयु पनि निकै कम हुने जलविद्युत विज्ञहरुको भनाइ रहेको छ । 

उक्त उत्पादनका लागि झण्डै २० अर्ब रुपैया“ लगानी गरिने जनाइएको थियो । तर, सौर्य प्लान्टको आयु करिब २५ वर्षात्र हुने जबकि जलविद्युत आयोजनाको आयु कबि १०० वर्षहुने जानकारहरुको भनाई थियो । फेरि सोलारबाट उत्पादित हुने बिजुली दिउ“सो घाम लागेको बेलामा मात्रै उत्पादन हुने र बढी बिजुली खपत हुने सा“झ र बिहानको पिक आवरमा बिजुली निकाल्न नसकिने हु“दा पनि यस्ता कुराले केवल ध्यान विकर्षा गर्ने बाहेक खासै केही गर्दैन । अनि वायु ऊर्जाको सवालमा पनि त्यही हो । यसबाट सामान्य रुपमा उज्यालो बाल्न त सकिन्छ तर, धेरै लोड खपत गर्ने विद्युतीय सामानहरु चलाउन सकिंदैन । हामीले अहिले जलविद्युतको विकास त अति नै बढ्दै गएको पेट्रोलियम पदार्थको परनिर्भतालाई घटाउन र त्यसलाई प्रतिस्थापन गर्नका लागि पनि गर्नुछ । न कि रातमा उज्ज्यालो मात्रै बाल्नका लागि ।

ऊर्जा जीवनकै लागि अत्यावश्यक कुरा हो । अबको जीवन ऊर्जाबिना एक पाइला पनि अघि र्सन सक्दैन । यस मानेमा ऊर्जाको विकल्प छैन । फेरि हाम्रो जस्तो आर्थिक रुपले विपन्न मुलुकले ऊर्जाको लागि आधुनिक आणविक भट्टीहरु निर्माण गर्ने र तिनबाट युरेनियम प्रशोधन गरेर ऊर्जा उत्पादन गर्ने हैसियतको कल्पना पनि गर्न सकिंदैन । 
ऊर्जा जीवनकै लागि अत्यावश्यक कुरा हो । अबको जीवन ऊर्जाबिना एक पाइला पनि अघि र्सन सक्दैन । यस मानेमा ऊर्जाको विकल्प छैन । फेरि हाम्रो जस्तो आर्थिक रुपले विपन्न मुलुकले ऊर्जाको लागि आधुनिक आणविक भट्टीहरु निर्माण गर्ने र तिनबाट युरेनियम प्रशोधन गरेर ऊर्जा उत्पादन गर्ने हैसियतको कल्पना पनि गर्न सकिंदैन । यस मानेमा प्राकृतिक रुपमा धेरै खोला, नदीहरु भएको हाम्रो जस्तो मुलुकको लागि ऊर्जाको लागि उपयुक्त स्रोत जलविद्युत नै हो र हुनर्ुपर्छ । तर, किन जिम्मेवार व्यक्तिहरु सधैं संभव भएको कुराबाट काम लिनुभन्दा पनि अनेकखाले सपनाकै व्यापार गरिरहन्छन् - 

यर्सथ, अहिलेको टड्कारो आवश्यकता भनेको मुलुकमा जतिसकेको साना ठूला जलविद्युत आयोजनाहरुलाई राष्ट्रिय अभियानकै रुपमा विकास गरी मुलुकलाई ऊर्जाका लागि आत्मनिर्भर बनाउने नै हो । फेरि अहिलेको जलविद्युत् उत्पादनको लागि प्रतिमेगावाट १५ करोड अनुमान गरिएको लागतमा त्यसमा हुने झण्डै ५० प्रतिशत परामर्श खर्च र इक्वीप्मेण्टहरु खरिद गर्दा आउने कमिसनसमेत जोडिएको जलविद्युत विज्ञहरुको तर्क छ । यदि त्यसो हो भने जलविद्युतलाई हाम्रो राष्ट्रिय आवश्यकता घोषणा गरी त्यसमा लाग्ने लागत कटौती गर्न सकिने देखिन्छ, के हाम्रा प्रधानमन्त्रीले त्यो गर्न सक्नुहुन्छ -

२०६५ सालमै बाँडिएको थियो दस वर्षा १० हजार मेगावाट विद्युत उत्पादन गरी समग्र मुलुकलाई अन्धकारबाट मुक्त गर्ने सपना । तर, खै त्यसयता के भयो - यदि त्यो संकल्पित सपना राष्ट्रिय आवश्यकता थियो भने त्यसयताका सरकारले किन साकार पार्ने दिशामा काम गरेन - अनि किन सरकार परिवर्तन भएपिच्छे नयाँ नयाँ घोषणा गर्नमै आतुर हुन्छन् जिम्मेवार नेताहरु - के घोषणाले मात्रै सबै पुग्ने हो - काम गर्नु पर्दैन - अनि काम गर्न कसले छेक्यो - के जनताले छेकेर राखेका छन् -
अहिले जसरी सस्तो लोप्रियताको लागि यो गर्छर्ुु त्यो गर्छु भनेर जसरी प्रधानमन्त्रीले भाषण गरिरहेका छन्, त्यसमा न कुनै नयाँ सोंच छ, न चिन्तन र न दृष्टिकोण नै । ती सबै विगतका सपनाहरुको पुनःमुद्रण मात्रै हो । सपनाहरुको पुनःमुद्रणले मात्रै मुलुक बन्छ र प्रधानमन्त्रीज्यू ?

हो, यहिंनेर एउटा भन्नै पर्ने कुरा छ, यो मुलुकमा छिटो, छरितो तरिकाले काम गर्ने संयन्त्र परिवर्तन नहुँदासम्म हाम्रा सबै सपनाहरु मुल्तवीमै थन्किनेछन् । किनकी काम गर्ने संयन्त्र उही पुरानै, उही पुरानै प्रशासन संयन्त्र, काम भन्दा कुरा मात्रै गरी तलबभत्ता पकाउने पुरानै कर्मचारीतन्त्र, काममा आलटाल गर्ने पुरानै कार्यशैली, पुरानै तौरतरिका, पुरानै ढाँचा र शैली, पुरानै रकमी सोच र मानसिकता । अनि केन्द्रीय भूमिकामा रहने पात्रहरु पनि पुरानै । अनि कसरी हुन्छ नयाँ - कसरी हुन्छ हाम्रा सपनाहरुको आपर्ूर्ति - हो, त्यही पुरानो सोंच, शैली, दृष्टिकोण, कार्यशैली, संस्कार र संयन्त्र फर्ेनको लागि नयाँको आवश्यकता परेको छ । वास्तवमा पुरानो संयन्त्रलाई ध्वस्त पारी नयाँको नवनिर्माण गर्नु अहिलेको टड्कारो आवश्यकता हो । 

अहिले जसरी सस्तो लोप्रियताको लागि यो गर्छर्ुु त्यो गर्छु भनेर जसरी प्रधानमन्त्रीले भाषण गरिरहेका छन्, त्यसमा न कुनै नयाँ सोंच छ, न चिन्तन र न दृष्टिकोण नै । ती सबै विगतका सपनाहरुको पुनःमुद्रण मात्रै हो । सपनाहरुको पुनःमुद्रणले मात्रै मुलुक बन्छ र प्रधानमन्त्रीज्यू -

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...