एसएलसी कुनै तगारो वा हाउगुजी होइन !

मनिकर कार्की "निवर्तमान"

वर्ष२०७२ को एसएलसी परीक्षा सुरु हुनै लागेको छ । यसपालीबाट एसएलसीको परीक्षामा ग्रेडिङ्ग पद्धती लागू गरिने कुरा र्सार्वजनिक भएसँगै कम्तीमा विगतमा जस्तो परीक्षाले विद्यार्थीहरुलाई 'असफलता' र 'अयोग्यता' को प्रमाणपत्र भिडाउनेछैन भन्ने अनुमान गर्न सकिन्छ । त्यस्तै अब विद्यार्थीहरुले आफ्नो ल्याकत र क्षमता अनुसारको बिना कुनै अवरोध उच्च शिक्षा अध्ययनको लागि अघि बढ्न सक्नेछन् भन्ने विश्वास पनि गर्न सकिन्छ । साथै तल्लो ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनको सुविधाका लागि त्यस्ता केही कलेजहरुले पक्कै पनि कमजोर ठानिएका विद्यार्थीहरुलाई पनि उच्च शिक्षा अध्ययनको लागि अवसर दिनेछन् भन्ने विश्वास गर्ने हो भने कम्तीमा यो गे्रडिङ्ग प्रणालीले विद्यार्थीहरुमा असफलताको हिनताबोध गराउने छैन । अनि यसले शैक्षिक विभेदको पनि अन्त्य गरिदिनेछ । तथापि उपल्ल्ाो ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुलाई जसरी रोलमोडेल बनाइने गरिएको छ शैक्षिक विज्ञापनहरुमार्फ, अब यसलाई पनि रोक्नर्ुपर्छ । ती परीक्षामा सफल हुने विद्यार्थीहरुलाई जसरी शैक्षिकसामग्रीहरु मार्फ समाजकै अब्बल व्यक्तिहरु झैं बनाउने जुन टे्रण्ड छ, यसलाई भने एसएलसीमा आएको सुधारसँगै रोक्नुपर्ने देखिन्छ ।

लिवाङ एक्सप्रेस

मनिकर कार्की “निवर्तमान”

भर्खरै संचालनमा आएको एक लघुवित्त वित्तीय संस्थाको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेसँगै कार्यव्यस्तता पनि निकै बढेर गएको छ । फेरि यो व्यवस्थापकीय काम भनेकै त्यस्तै हो, ठोस रुपमा गरेको काम पनि नदेखिने अनि फुर्सद पनि कहिल्यै नहुने । वित्तीय संस्थाको शाखा विस्तारको सिलसिलामा राप्ती अञ्चलका केही जिल्लाहरुको अध्ययन भ्रमण गर्ने निधो भएसँगै म र मेरा सहकर्मी मित्र रेशम न्यौपानेको मोटरसाइकल यात्रा सुरु भयो । यात्राको पहिलो गन्तब्य बन्यो रोल्पाको सदरमुकाम लिवाङ । तर, बुटवलबाट पश्चिम लाग्दा झण्डै अपरान्हको दुई बजिसकेको हुनाले गन्तब्य अलि टाढा भएको महशुस भएकै थियो । तथापि बुटवलबाट पारिलो घाममा यात्रा सुरु भयो । जसै पश्चिम लागियो कुनै नौलोपन महशुस भएन, आखिर सधैंजसो हिंडिरहेको बाटोको यात्रामा कुनै नयाँ अनुभूति हुने कुरा पनि त थिएन ।

कांग्रेसले लगाएको ‘दोषी चश्मा’

मनिकर कार्की ‘निवर्तमान’

कांग्रेसले मार्गदर्शकको रुपमा अंगिकार गर्दै आएको लोकतन्त्र र समाजवादका नारा केवल ब्यानरमा लेखिने आकर्षक शोपिस मात्रै बन्ने खतरा आएको छ ।

लोकतन्त्रको लडाईंमा झण्डै सात दसकभन्दा लामो समय बिताएको देशकै पुरानो र ठूलो पार्टी नेपाली कांग्रेसले आफ्नो १३ औं महाधिवेशन भर्खरै काठमाण्डूमा सम्पन्न गर्यो । कांग्रेस देशको पुरानो पार्टी त हो नै हो, नीति, दृष्टिकोण र नेतृत्वमा पनि यो पुरानै देखियो । कांग्रेस महाधिवेशनको झलक, पार्टीभित्र नेतृत्व हत्याउने सन्दर्भमा भए गरेका क्रियाकलाप, अनि चुनावी परिणामले देखाएको संकेतका आधारमा नेपाली कांग्रेस मूलतः परिवर्तनको प्रवाहलाई सहजै स्वीकार गर्न नसक्ने ‘बुढ्यौली’ले थल्लिएको पार्टी हो भन्दा त्यत्ति धेरै अनुपयुक्त पक्कै पनि हुनेछैन । किनकि खासमा कांग्रेस महाधिवेशनले युवा आगमनको संभावनाको बन्ध्याकरण गरिदिएको छ । यसले पार्टी विचार, सिद्धान्त अनि आस्थाका आधारमा भन्दा पनि धनदौलत र बाहुबलकै आधारमा चल्दोरहेछ भन्ने कुरालाई पुर्नपुष्टि गरिदिएको छ । नत्र ४० प्रतिशतभन्दा बढी युवा महाधिवेशन प्रतिनिधि भएको कांग्रेस महाधिवेशनको चुनावी परिणामले युवा नेतृत्व विकासको संभावनालाई यसरी स्थायी रुपमै बन्ध्याकरण गर्ने थिएन ।

‘वैकल्पिक राजनीति’का अर्थराजनीतिक आधारहरु

अन्तरक्रियात्मक कार्यपत्र

मनिकर कार्की ‘निवर्तमान’

विषय प्रवेशः

३ असोज, २०७२ मा दोस्रो संविधानसभाबाट नेपालको नयाँ संविधान घोषणा भयो । जुन नेपाली राजनीतिक इतिहासमा एउटा ऐतिहासिक परिघटना थियो । तर, संविधान अर्थात् सबै नेपालीहरुको भाग्य र भविष्य अभिलेखिकरण गर्ने भनिएको दस्तावेज घोषणा हुने दिन जसरी मनहरु प्रफुल्लित हुनुपर्ने थियो त्यस्तो हुन सकेन । संविधान जारी हुनै लाग्दा कताकता मनमा निराशा र उदासीपन कायमै रहन गयो । सबै नेपालीले उमंग र उत्साहका साथ संविधान घोषणाको स्वागत गर्न सकेनन् । सरकार र मुख्य दलहरुलाई संविधानको पक्षमा मास देखाउन संविधान घोषणा भएको दिन दिपावली गर्न उर्दी नै जारी गर्नुपर्ने अवस्था सृजना भयो । आखिर किन त्यस्तो अवस्था आयो ? संविधान घोषणाको दिन घरमा दीपावली गर्नको लागि उर्दी नै जारी गर्नुपर्नाले पनि सरकार र मुख्य दलहरु जनताले संविधानलाई स्वागत गर्ने कुरामा सशंकित रहेको कुरा पुष्टि हुन्छ । जुन स्तरमा संविधानको स्वागत हुनुपर्ने थियो त्यो भएन । अनि संविधान घोषणा भइसकेपछि पनि जसरी त्यसले सम्पूर्ण राजनीतिक समस्या समाधान गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान मार्ग प्रशस्त गर्नेछ भनी अपेक्षा गरिएको थियो, अहँ नयाँ संविधान जारी भएको ६ महिना व्यतीत भइसक्दासमेत नयाँ संविधान कार्यान्वयन हुन सकेको छैन । बरु संविधानले मुलुक र मुलुकबासीलाई नमिठो सकसमा फसायो । नमिठो शब्दमा भन्नुपर्दा संविधान समाधानको होइन नयाँ समस्याको पोको बनेर पो आयो । 

पहिचान र विकास

मनिकर कार्की "निवर्तमान"


यसो रेडियो, टेलिभिजनतिर नजर दौडायो, नेताहरु कहिं न कहिं भाषण गरिरहेका भेटिन्छन् । अनि अखबारका पानाहरु नियाल्दा पनि तिनै नेताहरुका अभिव्यक्तिहरु पढ्न पाइन्छ । नेताहरु पुरानै शैलीमा भन्छन्, 'यो पहिचान भनेको के हो - विकासको कुरा पो गर्नुपर्छ । यस्ता पहिचान भन्दै अमर्ूत कुरा गरेर हुन्छ -' अनि अर्काथरी विकासविद्हरु पनि त्यही बोलीमा लोली मिलाउ“दै फेहरिस्त प्रस्तुत गर्न पुग्छन्, 'पहिचानको कुराले विकासको गतिलाई पछि धकेल्यो, त्यसैले अब विकासको कुरा गर्नुपर्छ' । अनि मिडियाले पनि त्यसैलाई तथ्यको रुपमा कोट गर्दै हाइपोथेसिस् खडा गरिदिन्छ, 'अब विकासका कुरा गरौं, विकास भएपछि पहिचान स्वतः आउ“छ' 

हो, हामी यहिंनेर बडो सकसपर्ूण्ा अवस्थामा छौं । आखिर के हो पहिचान - अनि के हो विकास - के विकासले स्वतः पहिचान स्थापित गरिदिन्छ - अथवा पहिचान भएपछि विकास स्वतः हुन्छ - कि विकास र पहिचानबीच अन्तरसम्बन्ध हुन्छ - अनि विकासले मात्रै पुग्छ कि हामीलाई प्रगति पनि चाहिन्छ -  विकासको जालो बुन्दै गर्दा त्यो विकास कसका लागि - अनि त्यो विकासमा जनताको परिवर्तन, प्रगति र समृद्धि पर्छ कि पर्दैन - अब विकासको परिभाषालाई पनि बहुआयामिक तरिकाले ग्रहण गर्नुपर्ने अवस्था आएको छ । 

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान” विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परी...