एसएलसी कुनै तगारो वा हाउगुजी होइन !

मनिकर कार्की "निवर्तमान"

वर्ष२०७२ को एसएलसी परीक्षा सुरु हुनै लागेको छ । यसपालीबाट एसएलसीको परीक्षामा ग्रेडिङ्ग पद्धती लागू गरिने कुरा र्सार्वजनिक भएसँगै कम्तीमा विगतमा जस्तो परीक्षाले विद्यार्थीहरुलाई 'असफलता' र 'अयोग्यता' को प्रमाणपत्र भिडाउनेछैन भन्ने अनुमान गर्न सकिन्छ । त्यस्तै अब विद्यार्थीहरुले आफ्नो ल्याकत र क्षमता अनुसारको बिना कुनै अवरोध उच्च शिक्षा अध्ययनको लागि अघि बढ्न सक्नेछन् भन्ने विश्वास पनि गर्न सकिन्छ । साथै तल्लो ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनको सुविधाका लागि त्यस्ता केही कलेजहरुले पक्कै पनि कमजोर ठानिएका विद्यार्थीहरुलाई पनि उच्च शिक्षा अध्ययनको लागि अवसर दिनेछन् भन्ने विश्वास गर्ने हो भने कम्तीमा यो गे्रडिङ्ग प्रणालीले विद्यार्थीहरुमा असफलताको हिनताबोध गराउने छैन । अनि यसले शैक्षिक विभेदको पनि अन्त्य गरिदिनेछ । तथापि उपल्ल्ाो ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुलाई जसरी रोलमोडेल बनाइने गरिएको छ शैक्षिक विज्ञापनहरुमार्फ, अब यसलाई पनि रोक्नर्ुपर्छ । ती परीक्षामा सफल हुने विद्यार्थीहरुलाई जसरी शैक्षिकसामग्रीहरु मार्फ समाजकै अब्बल व्यक्तिहरु झैं बनाउने जुन टे्रण्ड छ, यसलाई भने एसएलसीमा आएको सुधारसँगै रोक्नुपर्ने देखिन्छ ।


त्यसो त पर्याप्त तयारीबिना नै ग्रेडिङ्ग पद्धती अवलम्बन गर्न लागिएको भन्दै कतिपय शिक्षाविद्हरुले असन्तुष्टि पनि जनाइरहेका छन् । तर, पनि यो प्रणालीले कम्तीमा विद्यार्थीलाई असफलताको हिनताबोधबाट मुक्त गर्ने हुँदा यो पंक्तिकार भने व्यक्तिगत रुपमा यसको पक्षमै छ । साथै आशा गर्न सकिन्छ कि, यस पटक विगतमा झैं एसएलसीले आधाभन्दा बढी विद्यार्थीहरुलाई 'असफलता' र 'अयोग्यता' को प्रमाणपत्र भिडाउने छैन र ती तल्लो ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुसँग पनि जीवन जिउने आफ्नै कला छ । उनीहरुले पनि यो समाज र राष्ट्रलाई आफ्नो श्रम र सीपमार्फ केही न केही योगदान गर्न सक्नेछन् । अनि उनीहरुभित्र भएको प्राकृतिक क्षमताको मापन तीन घण्टामा दिइने केवल एउटा परीक्षा मात्र होइन । पारम्परिक रुपमा झैं जीवनभर अयोग्यताको बिल्ला भिरेर बाँच्नुपर्ने छैन । अनि कतिपय विद्यार्थीले विगतमा झैं आफ्नो घर, परिवार र समाजबाट आफू अयोग्य प्रमाणित भएको पीडा सहन नसकेर यो अमूल्य जीवनकै अन्त्य गर्ने शृंखला सदाका लागि अन्त्य हुनेछ ।
आशा गर्न सकिन्छ कि, यस पटक विगतमा झैं एसएलसीले आधाभन्दा बढी विद्यार्थीहरुलाई 'असफलता' र 'अयोग्यता' को प्रमाणपत्र भिडाउने छैन र ती तल्लो ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुसँग पनि जीवन जिउने आफ्नै कला छ ।
हाम्रो सर्न्दर्भमा एसएलसी परीक्षालाई समाज र राज्यले नै यतिधेरै उच्च महत्वका साथ प्रचार गरिरहेको छ, जुन वास्तवमै बेठिक हो भन्ने लाग्छ । थाहा छैन आखिर दस कक्षाको वाषिर्क परीक्षलाई किन र केका लागि यतिधेरै महत्व दिईंदै छ - उच्च शिक्षाकै कुरा गर्ने हो भने एसएलसीपछि बल्ल त्यसको अध्ययन सुरु हुन्छ । आखिर प्रत्येक विद्यार्थी दस कक्षा भन्दा तलका कक्षाहरु पास गर्दै दसमा पुगेको हुन्छ । अनि अन्य कक्षाहरुको वाषिर्क परीक्षाको सर्न्दर्भमा कुनै प्रचारवाजी गर्नु नपर्ने, अनि दस कक्षाकै विषयमा यतिधेरै प्रचारवाजी किन - आखिर त्यसरी गरिने प्रचारवाजीले पनि विद्यार्थीहरुलाई एक प्रकारको मनोवैज्ञानिक डर सिर्जना गरिदिन्छ र त्यसकै कारण उनीहरु परीक्षा बिगार्न पुग्छन् । अनि घरपरिवारले पनि एसएलसी भनेको ठूलै हाउगुजी हो झैं गरिदिन्छ र उसको शैक्षिक सत्र सुरु भएदेखि नै यति प्रतिशत र उति प्रतिशत ल्याउनर्ुपर्छ भन्दै उसलाई प्रतिशतको टार्गेट दिइन्छ । अनि वर्षदनभर त्यो विद्यार्थी त्यही टार्गेटको भारीले किचिन पुग्छ ।

एसएलसी परीक्षाको नतिजामा गर्न लागिएको सुधारसँगै अब घर, परिवार, समाज र राज्यले पनि एसएलसीलाई दिएको अनावश्यक महत्वलाई कम गर्नुपर्छ र विद्यार्थीलाई मनोवैज्ञानिक रुपमा तर्सर्ााे खेल अन्त्य हुनर्ुपर्छ । यसो भन्दै गर्दा के त्यसो भए के एसएलसीको कुनै औचित्य नै छैन त - भन्ने प्रश्न पनि उठ्न सक्छ । निश्चत रुपमा एसएलसीको कामै छैन भन्ने होइन । तर, यसको सुधार हुनर्ुपर्छ । एसएलसी परीक्षाको बुझाई परिवर्तन हुनर्ुपर्छ । यसलाई फगत कक्षा दसको वाषिर्क परीक्षाकै रुपमा लिइनर्ुपर्छ, नकि जिन्दगीकै परीक्षा । यसलाई कथित 'आइरन गेट' को हाउगुजी बनाइरहनु आवश्यक छैन । वास्तवमा हामीले एसएलसी परीक्षालाई अनावश्यक रुपमा विकराल बनाइरहेका छौं र प्रत्येक वर्षयसको महत्वलाई अनावश्यक रुपमा उचालिने काम भएको छ ।
एसएलसी परीक्षाको बुझाई परिवर्तन हुनर्ुपर्छ । यसलाई फगत कक्षा दसको वाषिर्क परीक्षाकै रुपमा लिइनर्ुपर्छ, नकि जिन्दगीकै परीक्षा । यसलाई कथित 'आइरन गेट' को हाउगुजी बनाइरहनु आवश्यक छैन । 
मिडिया, स्कूल, कलेज, कार्यालय, चियापसलहरुमा एसएलसीको नतिजालाई लिएर गरिने टिकाटिप्पणी र विमर्शले पनि एसएलसी हाउगुजीको रुपमा स्थापित भएको हो । अनि कथित दस वर्षो मेहनतको रुपमा एउटा एसएलसी परीक्षा पास हुनुलाई लिने गरिएको छ । यसले गर्दा विद्यार्थीहरुमा अनावश्यक डर र त्रास पैदा हुन पुग्छ । विद्यार्थीलाई एसएलसी भनेको एकदमै डरलाग्दो हाउगुजी हो भन्ने मनोविज्ञान समाजले भरिदिएको छ । एसएलसीमा पास हुन नसकेको खण्डमा जीवनका सबै मार्गहरु अवरुद्ध हुन्छन् जसरी प्रचारवाजी गरिएको छ । त्यसले गर्दा विद्यार्थीहरु अनावश्यक रुपमा तनावमा रहन्छन् । तर, जीवनको यथार्थ एसएलसी मात्र होइन, यथार्थको अर्को पाटो पनि त छ ।

एसएलसी सुधारसँगै अब कम्तीमा यस प्रकारको मनोवैज्ञानिक त्रासलाई हटाउनु जरुरी छ । यस मानेमा अब शैक्षिक पुनःसंरचनाको आवश्यकता देखिएको छ । नेपालको शिक्षा प्रणाली अलि बढी सैद्धान्तिक र कम व्यवहारिक छ । युवाहरुलाई उनीहरुको दक्षता र क्षमता अनुसारको रोजगारीको व्यवस्था गर्न नसक्दा उनीहरुमा निराशा बढ्दै जाने र अन्ततः उनीहरु आपराधिक मनोवृत्तिका हुने संभावना पनि बढ्दै जान्छ । यर्सथ, मुख्य कुरा मुलुकमा सबै युवाहरुलाई आआफ्नो सीप, दक्षता र क्षमता अनुसारको रोजगारीको अवसर सृजना गर्नु नै हो । यदि हामीले ठूलो स्केलमा मुलुकमै रोजगारका अवसरहरु सृजना गर्न सक्ने हो भने त्यसले एक त रोजगारीका लागि विदेशी भूमिमा रगतपसिना बगाउन जानेहरुको संख्या घट्नेछ भने अर्कोतर्फमुलुकको आर्थिक विकासका लागि पनि स्पष्ट ढंगबाट मार्ग प्रशस्त हुनेछ ।
युवाहरुलाई उनीहरुको दक्षता र क्षमता अनुसारको रोजगारीको व्यवस्था गर्न नसक्दा उनीहरुमा निराशा बढ्दै जाने र अन्ततः उनीहरु आपराधिक मनोवृत्तिका हुने संभावना पनि बढ्दै जान्छ । यर्सथ, मुख्य कुरा मुलुकमा सबै युवाहरुलाई आआफ्नो सीप, दक्षता र क्षमता अनुसारको रोजगारीको अवसर सृजना गर्नु नै हो ।
तर, आशातित् रुपमा यसो हुनु नसक्नुको पछाडि विद्यमान शैक्षिक प्रणालीकै दोष देखिन्छ । हामीले हाम्रा विद्यार्थीहरुलाई कहिल्यै पनि जीवनउपयोगी सीप सिकाएनौं । विद्यार्थीहरुलाई केवल पाठ घोकाइयो तर सीपमूलक शिक्षा दिइएन । उनीहरुले हरेक कुरा कण्ठस्त पारे तर, सीप सिकेनन् । उनीहरुलाई केवल पढाउने काम भयो, तर सिकाउने प्रयत्न भएन । त्यसो त हामीले कहिल्यै पनि आफ्ना नानीबाबुहरुलाई आलोचनात्मक दृष्टिकोण राख्नै सिकाएका छैनौं । आलोचनात्मक चेत नहुँदासम्म विद्यार्थीले सिक्न सक्दैनन् । तर, आलोचनात्मक चेतको विकास हुन सकेको छैन । अझ साँच्चै भन्नुपर्दा यो समाजमा आलोचनात्मक चेत बन्देज नै छ । यहाँ आलोचनात्मक चेतलाई अस्वीकार गरिन्छ र नै विद्यार्थीहरु पनि केवल पाढ घोक्न अभिशप्त छन् ।

अनि हाम्रो शिक्षा प्रणाली केवल एकोहोरो पद्धतीमा आधारित छ, जहाँ शिक्षक/प्राध्यापकले एकोहोरो सैद्धान्तिक लेक्चर पिलाउँछन् र विद्यार्थीहरु त्यसैलाई कण्ठस्थ पार्छन् । ससानो कक्षादेखि नै विद्यार्थीहरुलाई कहिल्यै पनि प्रश्न र प्रत्रि्रश्न गर्ने संस्कार नै सिकाइएन । घरमा, छिमेकमा, समाजमा जहाँसुकै पनि केवल 'ज्ञानी' बन्न सिकाइयो, प्रश्न गर्न होइन । केवल 'पर््रार्थना' गर्न र 'अनुशासित' बन्न सिकाइन्छ, प्रश्न गर्न होइन । आज पनि हामी आफ्ना नानीबाबुहरु कम बोलेको कुनै विषयमा प्रश्न र प्रत्रि्रश्न नगरेकै जाती मान्छौं । यसले गर्दा उनीहरुको उचित व्यक्तित्व विकास हुन सकेको छैन र उनीहरुले जीवन र जगतलाई आलोचनात्मक दृष्टिकोणबाट कहिल्यै हर्ेन जान्दैनन् । त्यसको परिणाम के भइदियो भने उनीहरु युवा अवस्थामा प्रवेश गरेपछि विकल्पबिहीन अवस्थामा पुगे ।
हाम्रो शिक्षा प्रणाली केवल एकोहोरो पद्धतीमा आधारित छ, जहाँ शिक्षक/प्राध्यापकले एकोहोरो सैद्धान्तिक लेक्चर पिलाउँछन् र विद्यार्थीहरु त्यसैलाई कण्ठस्थ पार्छन् । ससानो कक्षादेखि नै विद्यार्थीहरुलाई कहिल्यै पनि प्रश्न र प्रत्रि्रश्न गर्ने संस्कार नै सिकाइएन ।
अब हाम्रो जस्तो कम साक्षरता प्रतिशत भएको मुलुकले शिक्षामा प्रशस्त लगानी गरेर यसलाई सामाजिक, आर्थिक, सांस्कृतिक रुपान्तरणको मेरुदण्डको रुपमा विकास गर्नुपर्छ । विगतमा शिक्षामा राजनीति मात्रै भयो । अब पनि उही पुरानै र्ढराको सोंच, विचार, चिन्तन र कार्यशैली अपनाएर अगाडी बढ्न खोजियो भने त्यो निर्रथक हुनेछ । मुलुक नयाँ युगमा प्रवेश गरिसकेको सर्न्दर्भमा नयाँ सोच, विचार र चिन्तनका साथ नयाँ लक्ष्य निर्धारण गरेर नयाँ शिक्षाको आवश्यकता पहिल्याउनर्ुपर्छ ।

अहिले हामी राज्यको पुनःसंरचनाको पर्खाइमा बसिरहेका छौं । यर्सथ, अबको नयाँ शिक्षा प्रणाली र शिक्षा नीतिको बारेमा खुलेर बहस हुन सक्यो भने भोलिका दिनहरुमा अहिलेको समस्या हट्ने थियो । यस दिशामा अबको बहस केन्द्रित हुनु जरुरी छ । आखिर राजीतिक स्थायित्व र आर्थिक विकासका लागि पनि उचित र व्यवहारिक शिक्षा जरुरी हुन्छ नै । फेरि हाम्रो समाजमा दर्ुइथरी शिक्षा छ, एउटा हुनेखानेहरुका लागि र अर्को हुँदा खाने गरिब र निम्नवर्गका लागि । यस प्रकारको दर्ुइथरी शिक्षाले पनि गुणस्तरमा फरक पारेको छ । यर्सथ, वर्तमान पर्रि्रेक्ष्यमा मुलुकको शैक्षिक अवस्था कस्तो छ - यस क्षेत्रमा विगतमा के कस्ता कमीकमजोरीहरु भए जसले गर्दा मुलुकको शैक्षिक अवस्था दयनीय बन्न पुग्यो - विद्यमान शैक्षिक नीति समयानुकूल छ कि छैन - भन्ने जस्ता ज्वलन्त विषयवस्तुहरुमा सूक्ष्म अध्ययन, अनुसन्धान र विश्लेषण हुनु जरुरी छ ।
दर्ुइथरी शिक्षाले पनि गुणस्तरमा फरक पारेको छ । यर्सथ, वर्तमान पर्रि्रेक्ष्यमा मुलुकको शैक्षिक अवस्था कस्तो छ ? यस क्षेत्रमा विगतमा के कस्ता कमीकमजोरीहरु भए जसले गर्दा मुलुकको शैक्षिक अवस्था दयनीय बन्न पुग्यो ? 
आमूल परिवर्तनको मजवुत र बलियो आधारशिला भनेको जीवनोपयोगी र व्यवहारिक शिक्षा नै हो । रोजगारको ढोका खोल्नको लागि पनि व्यवहारिक शिक्षा अत्यन्तै जरुरी हुन्छ । यदि अहिलेदेखि नै हामीले विद्यालयतहबाट व्यवहारिक शिक्षा प्रदान गर्न सकेको खण्डमा आजका बालबालिकाहरु भोलि बेवारिसे अथवा बेरोजगार भएर बस्नु पर्दैन । उनीहरु भोलिका दिनहरुमा स्वावलम्बी र स्वरोजगार बन्न सक्छन् । उचित, जीवनोपयोगी, व्यवहारिक र प्राविधिक शिक्षाले विद्यार्थीहरुलाई श्रम प्रति आस्था जगाउँछ, जुन आर्थिक समृद्धिको लागि महत्वपर्ूण्ा आधार हो । अब पनि यो तथ्यलाई मनन् गर्न सकिएन भने हाम्रो आगत पनि विगतजस्तै पश्चतापपर्ूण्ा हुने निश्चित छ ।

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...