खै कसरी भनूँ नयाँ वर्षको शुभकामना !

मनिकर कार्की 'निवर्तमान'

...नयाँ वर्षआएको छ
फेरि एकचोटि
भित्ताको नयाँ क्यालेन्डरमा
आफ्नो जीवनको भिसा
झुन्ड्याउनु छ
फेरि एकचोटि
संगीसाथीहरुको सूचि
बनाउनु छ
फेरि एकचोटि
भयानक बमहरु बोकेर,
उडिरहेका हवाईजहाज
र रकेटमुनि बसेर
लेख्नु छ प्रियजनहरुको नाममा
सफलता, शान्ति र दर्ीघायुको
शुभकामना-पत्र
                            -भूपी शेरचन

दिनु त पहिल्यै मन थियो नयाँ वर्षो शुभकामना ! किनकि हामी संस्कार, संस्कृति र परम्परामा बाँधिएका छौं । आखिर संस्कार र संस्कृति हाम्रो जीवनकै एउटा अंग जो बनेको छ भने त्यो संस्कार, संस्कृति र परम्पराबाट मान्छे अछुतो रहन सक्ने कुरै भएन । अनि त्यसलाई अस्वीकार गर्ने वा परिवर्तन गर्ने हिम्मत पनि त सितिमिति कसैले गर्दैन । किनकि त्यसो गर्नको लागि समाजलाई प्रश्न गर्नुपर्छ । तर, यहाँ प्रश्न गर्न कहाँ सजिलो छ - अनि असहज लाग्ने अफ्ठेरो बाटो हिंड्नु पनि किन - सबै चलनचल्तीकै बाटो हिंड्न रुचाउँछन् । अरु हिंडेर फराकिलो बनाएकै बाटोको यात्रा सहज हुन्छ र सुरक्षित पनि मानिन्छ । अनि त नयाँ कठिन मार्ग किन पहिल्याउने -



हो, नयाँ वर्षो शुभकामनाको सर्न्दर्भमा पनि त्यही कुरा लागू हुन्छ । सबैले सबैलाई शुभकामना दिएकै छन् भने हामी कोही किन पछि पर्ने - आखिर शुभकामनाका दर्ुइ शब्द दिंदैमा जाने पनि त केही होइन - अनि हुने पनि त केही होइन - त्यसैले शुभकामनाका शब्दले विभुषित गर्न किन कन्जुस्याईं - यस्तो सोचियो र शुभकामना लिइयो, दिइयो पनि । तर, नयाँ वर्षो शुभकामना दिंदै गर्दा र पुरानो वर्ष पुरानो पल र पुरानो विगतलाई विदाई गर्दैगर्दा अब केलाई स्वागत गर्ने भन्ने कुरामा भने बडो असामञ्जस्यता भइरहेको महशुस हुन्छ । अनि भूपी शेरचनका माथि उधृत गरिएका पंक्तिहरु पनि सम्झनाको तरेलीमा आइनैरहन्छन् । ती पंक्तिहरुले निरन्तर गिज्याइरहेको भान पार्छन् । अनि बाध्य भएर फेरि एकपटक 'नयाँ' भएर आएको त्यही पुरानो 'नयाँ वर्षलाई स्वागत गर्न पुग्छौं । अनि जीवनको 'भिसा' थप एक वर्षछोट्याउँदै निरन्तर आइरहने त्यही पुरानो 'वर्षलाई नयाँ भनाउँदै फोन, एसएमएस, इमेल, सामाजिक सञ्जालमार्फ शुभकामनाका शब्दहरुले सजाइरहेका हुन्छौं, नयाँ वर्षो शुभकामना ।

नयाँ वर्षो प्रसंग चल्दै गर्दा एक जना मित्रले भनेका थिए, 'मान्छेहरु उही, मान्छेका सोचाई पनि उही, मान्छेको चिन्तन पनि उही, मान्छेको दृष्टिकोण पनि उही, अनि गर्ने कामधन्दा पनि उही, सबैकुरा उही भएपछि के को नयाँ वर्ष-' अनि सबै पुरानै पो छ भने वर्षमात्र के को नयाँ - त्यसो त वर्षसिंगो भएर आउने पनि होइन । आखिर गणना हुने प्रत्येक पल हो र हरेक पल नयाँ नै हुन्छ । अनि त्यो नयाँ पलमा हरेक व्यक्तिले नयाँकै खोजी गरिरहेको हुन्छ । कतिपय अवस्थामा उसले त्यो नयाँको खोजीलाई व्यक्त गर्न सक्दैन, त्यो अलग कुरा हो । तर, खोजी चाहिं सधैं नयाँकै हुन्छ । यस मानेमा हरेक दिनले नयाँको संकेत गरेको हुन्छ भनेझैं पक्कै पनि नयाँ वर्षे केही नयाँ ल्याउने संभावनालाई पक्कै पनि आशावादी भएर ग्रहण गर्न सकिन्छ । किनकि त्यो हरेक पल र क्षण भविष्यसँग जोडिएको हुन्छ । अनि भविष्यका हरेक पल र घटना स्वभावैले नयाँ हुन्छन् किनकि त्यसको हामी शत प्रतिशत अनुमान गर्नसक्दैनौं । अनि त्यही नयाँको आशा नै जीवन जिउने आधार बन्छ शायद । यदि आशा नहुने हो भने जीवन जिउनुको आधार पनि त नहुँदो हो । यर्सथ, नयाँ वर्षे ल्याउने नयाँ भविष्यको आशा नै जीवन जिउने सहारा हो ।

यर्सथ, सुरुवातका पंक्तिहरु जसरी उधृत गरिए, त्यसले नयाँ वर्षमनाउनु हुँदैन भन्न खोजेको होइन । अनि यी पंक्तिहरु लेखिंदै गर्दा नयाँ वर्षो शुभकामना दिने कामै बेठिक हो भनेको पनि होइन । सबैले सामाजिक रुपमा खुसीयाली बाँड्ने यो पललाई सम्पर्ूण्ा रुपले बेवास्ता गर्नुपर्छ अथवा यसलाई मनाउनु नै हुँदैन भन्ने आशय मेरो किमार्थ होइन र छैन पनि । फगत मैले यस आलेखमा नयाँ वर्षो सर्न्दर्भमा हामीले यसको र्सार्थकता कसरी प्रमाणित गर्न सकिन्छ- के नयाँ गर्न सकिन्छ - अनि हामीले नयाँ वर्षो शुभकामनामा के साँच्चिकै नयाँको कामना हुन्छ - के नयाँ प्रगति र समृद्धिको सपना हुन्छ - या त्यो पनि पारम्परिक रुपमै दिइनका लागि दिइने शुभकामनाका शब्दहरु मात्र हुन्छन् - आफूले आफैंलाई प्रश्न गर्न खोजेको मात्र हो । नयाँ वर्षा के कुरामा नयाँ आशा र अपेक्षा राख्ने - अनि त्यसलाई प्राप्त गर्नका लागि के कुरा त्याग गर्ने - कस्तो कसरत गर्ने -

नयाँ  वर्षो कुरा गर्नुभन्दा पहिले गएको पुरानो वर्षाई एकपटक फ्ल्यासब्याकमा उतारेर हेरौं । गएको वर्षो बारेमा चर्चा गर्दा केही ठूला अखबारले उधृत गरेका 'धेरै दुःख र थोरै खुसीको वर्ष२०७२' को शर्ीष्ाक नै गएको वर्षो समीक्षाका लागि काफि लाग्छ । हो गएको वर्षनेपाल र नेपालीहरुको लागि केही खुसी र धेरै दुःखको वर्षबन्यो । यस मानेमा वर्ष०७२ औसत रहेन । वर्षो सुरुवातमै तर्सर्ााो भुकम्पले वर्षरी तर्सर्ाा छाडेन र वर्षो अन्तिम दिनसम्म पनि धक्का दिएरै गयो । भूकम्पीय क्षतिका कारण धेरै जनधनको क्षति मात्र भएन किन्तु ती प्रभावित नरनारीहरु अझै पनि खुल्ला आकाश ओढेर बस्न विवश छन् । भूकम्पीय क्षतिको पीडा आफ्नो ठाउँम्ा छ उनीहरु त्यसयता को वषर्ाको झरी र हिउँदको ठिहीमा टाउको पनि नढाकिने त्रिपाल र टहरोमै जीवन कटाउन विवश भए । अब अर्को वषर्ात् सुरु हुने बेला हुनैलाग्दा समेत उनीहरुको स्थायी बासको टुंगो लाग्न सकेको छैन । अनि भूकम्पको झण्डै ९ महिनापछि भूकम्पबाट क्षति भएका भौतिक संरचनाको नवनिर्माण गर्नका लागि गठन गरिएको पुनःनिर्माण  प्राधिकरण प्रशासनिक काममै अल्भिmरहेको छ ।

भूकम्पले दिएको पीडाले राष्ट्रिय राजनीतिमा केही हदसम्म सहमतिको वातावरण बन्यो । अनि चारतिर मुख फर्काएर बसेका चार मुख्य राजनीतिक दलहरु संविधान निर्माणको एजेण्डमा एकै ठाउँमा उभिए र जसोतसो संविधान पनि बन्यो । तर, मूलतः बहुमतीय प्रणालीमै आधारित भएर निर्माण भएको संविधानले अल्पमतलाई पाखा लगायो र पहिचानसँग जोडिएको लामो तर्राई मधेश, थारु, लिम्बुवानको आन्दोलनप्रति राज्यसत्ता निकै अनुदार देखियो । अनि त्यही विन्दुलाई स्थायी छिमेकी भारतले रणनीतिक लाभका लागि प्रयोग गर्दै अघोषित रुपमा नाका अवरुद्ध गर्यो जसको प्रत्यक्ष पीडा आम नेपालीले महिनौं झेल्नुपर्यो ।

भारतीय नाकाबन्दीको अवधिमा स्वदेश र विदेशमासमेत निकै चर्का राष्ट्रवादी नाराहरु लगाइए । अनि नेताहरुले पनि समस्याको कुटनीतिक समाधानतिर भन्दा 'बरु मर्ने तर नझुक्ने' भन्दै कडा राष्ट्रवादी भाषण ठोके । वाहवाहती पनि पाए । तर, यो राष्ट्रवादको रमिताले आम र्सवसाधारण भने निकै चेपुवामा परे । न त तिनको दैनिकी सामान्य भयो न त भनेजस्तो सरकारले राष्ट्रवादी विकल्प नै दियो । बरु सरकारले इन्धनको विकल्प भन्दै सहरबजारमा दाउरा बाँड्नेजस्तो जगहँर्साई गर्यो । तर, समस्या सुल्झाउन न त कुनै राजनीतिक न त कुटनीतिक पहल नै गर्यो । आन्दोलनकारी आफैं थाके र पन्छिए अनि नाका पनि सहज भयो । बरु यहि अवधिमा संस्थागत रुपमा कालाबजारी मौलायो । अझै पनि ग्याँसलगायतका उपभोग्य सामग्रीहरुको असहज आपर्ूर्ति त्यसैको परिणाम हो ।

अरु नियमितता बाहेक वर्ष७२ का मुख्य परिघटना भूकम्प, संविधान र नाकाबन्दी नै हो । यसलाई समान अंकभार दिने हो भने वर्षो दर्ुइ तिहाइ अवधि अभाव र पीडामा बित्यो भने एक तिहाई खुसीयाली । तर, त्यो खुसीयालीमा पनि आम नेपाली सहभागि हुन सकेनन् । खासगरी सत्तापक्षीय दलहरुले संविधान जारी गर्ने अवसरमा देखाएको बहुमतको घमण्डका कारण मुलुकको संविधान पनि बहुमतको दस्तावेजमै सीमित हुन पुग्यो । फलस्वरुप अझैसम्म पनि सहज रुपमा संविधान कार्यान्वयनको चरणमा प्रवेश गर्न सकेको छैन । त्यस हिसाबले सिंगो वर्षा करिब १७ प्रतिशत मात्र खुसीयाली र बाँकी ८३ प्रतिशत पीडा, अभाव र तनावमै बितेछ ।

अखबारहरुले भनेझैं थोरै खुसी र धेरै पीडामा बितेको वितगको आलोकमा नयाँ वर्षे केही आशा र संभावना पनि जगाइदिएका छन् । खासगरी संविधान निर्माण भएसँगै एकखालको राजनीतिक निरन्तरताको अन्त्य भएको हुँदा अब मुलुकले लिनुपर्ने वैकल्पिक राजनीतिक लाईनको बारेमा निकै ठूलो विमर्श चलेको छ । मुलुकको आर्थिक समृद्धि र प्रगति अनि सामाजिक रुपान्तरणको लागि प्रशस्त गर्नुपर्ने नयाँ मार्गको चर्चा हुन थालेको छ । यसले निश्चय वर्ष२०७३ मा केही संभावनाको बिजारोपण गर्ने आशा गर्न सकिन्छ ।

अपर्ूण्ा नै सहि, गएको वर्षजनताले संविधान पाएका छन् । जनताले त्यो संविधानलाई क्रमिक रुपमा पर्ूण्ा बनाउँदै त्यसमा आफ्ना हक, अधिकारलाई सुरक्षित गराउनेछन् अनि राजनीतिलाई आफूसँग जोड्नेछन् । राजनीतिलाई आफ्नो विकास, उन्नति र प्रगतिसँग समाहित गराउनेछन् । हो, अब साँच्चिकै जनताले डाइरेक्ट डेमोक्रेसीको परिभाषा खोज्नेछन् । अनि त्यो लोकतन्त्रले ल्याउने आर्थिक समृद्धिको पनि चर्चा गर्नेछन् । विगत केही वर्षरुदेखि औषत वाषिर्क आर्थिक साढे ३ प्रतिशत रहेको आर्थिक वृद्धिदर यो वर्ष२ प्रतिशत भन्दा कम हुने अनुमान गरिएको छ । यो आर्थिक वृद्धिलाई कम्तीमा दर्ुइ ठूला छिमेकी मुलुकको आर्थिक वृद्धिदरको समकक्षीमा पुर्‍याउनु पर्नेछ । अनि यसका लागि अहिले अवलम्बन गरिएको अर्थराजनीतिको परिभाषालाई नै बदलेर नयाँ आर्थिक र राजनीतिक एजेण्डा सेट गर्नुछ ।

अनि हामी एक लक्ष्यका साथ आर्थिक समृद्धितर्फअग्रसर हुन सक्नेछौं । यसकारण यस वर्षाई राजनीतिक नेतृत्वले अहम् परीक्षाको वर्षो रुपमा लिएर जनआकांक्षा अनुसार पारम्परिक राजनीतिको ठाउँमा प्रत्यक्ष जनतामा पुग्ने राजनीतिमार्फ मुलुकलाई आर्थिक समृद्धिको मार्गतर्फडोर्‍याउनु पर्छ । यदि त्यसो हुन सक्यो भने नयाँ वर्षो नयाँ सोंच र नयाँ आशा र्सार्थक प्रमाणित हुनेछ । विगतमा जस्तै यस वर्षपनि उही पुरानै कोर्सको निरन्तरता भयो भने यो फगत भूपीले भनेझैं भित्तामा टाँसिने नयाँ क्यालेन्डरमै सीमित हुनेछ । अनि यो वर्षपनि चलचित्रको पर्दामा देखिएको फगत दोस्रो फिल्मी शो हुनेछ । आशै गर्ने हो भने यो वर्षकम्तीमा त्यस्तो नहोस् भन्न मात्र सकिन्छ । नयाँ वर्षो शुभकामना !

No comments:

Post a Comment

कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...