'दारबोटको जंगलमा'

मनिकर कार्की "निवर्तमान"
लिवाङबाट बाटो लाग्दा मध्यान्हको ठ्याक्कै बाह्र बजेको थियो । चैतको सुरुवात नै भएकोले होला शायद, बाह्र बजेको चर्को घाममा पनि धेरै गर्मी महशुस भएन । बरु मध्यान्हमा चल्ने शीतल पवनले घमाइलो दिनलाई थप मुग्ध बनाएको थियो । त्यसो त यो समय गाउँघरतिर आरु फुल्ने समय पनि हो, आरु फुल्ने समयको चञ्चलता नै बेग्लै हुन्छ । साँझ बिहान बादलुसँगै लुकामारी गर्ने र्सर्ूय अनि दिनको चर्को घाममा पनि मन्द गतिमा चल्ने शीतल प्राणवायुले वातावरण निकै मोहित तुल्याउँछ । अझ वनजंगलतिर सुनिने कोइलीको कुहुकुहु र चराचुरुंगीको चिर्बिराहटले वसन्त ऋतुलाई वैशालु बनाइदिएको हुन्छ । हो, मध्यान्हको चर्को घाममा पनि हामीलाई भने त्यस्तै राहत र शीतलताको अनुभूति भयो ।

लिवाङबाट ओरालो लाग्दा यस्तै रमाइलो र चञ्चलताको अनुभूतिसँगै थियो । हाम्रो गन्तब्य थियो, सल्यानको कपुरकोट । अबको भूगोल पर्ूण्ातया नयाँ थियो । नयाँ भूगोल भन्नेबित्तिकै मन त्यसै त्यसै चञ्चल हुन्छ । नयाँ परिवेश, नयाँ दृष्य अनि यात्राको नयाँ अध्याय । नयाँ ठाउँमा यात्रारत हुनुको मज्जा नै त्यही हो । लिवाङबाट ओरालो लागेको केही बेरमै कालोपत्रे सडक सकियो । लिवाङमै पाइएको जानकारी अनुसार अबको झण्डै ७० किलोमिटर यात्रा कच्ची बाटो हुनेथियो । कच्ची सडकमा मोटरसाइकलको यात्रा रोमाञ्चकारी त हुन्छ नै कतिपय अवस्थामा अलिक जोखिमयुक्त पनि हुन्छ । खासगरी यात्रारत रहँदा सवारी साधनमा केही गडबडी भयो भने त्यो नै सबैभन्दा ठूलो दर्ूभाग्य भइदिन्छ । 

यसपालीको साधन भने नयाँ नै भएकोले कम्तीमा त्यसरी बीच बाटोमा धोखा हुनेछैन भन्ने आशा लिएरै हिंडेका थियौं हामी । झण्डै १०/१५ मिनेटको ओरालोपछि हामी माडी खोलामा पुग्यौं । यो खोलाले लिवाङको सीमाना छुट्याउने रहेछ । खोलामा निर्माणाधीन पुल हेरियो र बेलीब्रिज तरेर अघि बढ्यौं । अब भने खोलाको तिरैतिर यात्रा अघि बढ्यो । केही बेरपछि माडिचौर बन्ने ठाउँ आइपुग्यो । खोलाको किनारमा रहेको माडिचौर पनि बडो रमाइलो लाग्यो । माडिचौरमा एक जना सज्जनले सल्यान जानका लागि उकालो लाग्ने सुझाव दिए र हामी त्यसै अनुसार अघि बढ्यौं । धुलाम्य पहाडी कच्ची सडकका घुम्ती मोड हुँदै हामी उकालोतिर हर्ुइंकियौं । कच्ची सडक भैकन पनि वषर्ात्को समय नभएकाले यात्रा गर्न त्यत्तिधेरै अफ्ठेरो भएन । हामी घुम्ती र मोड हुँदै आँखाले नयाँ भूगोलको दृष्य हर्ेर्दै र कतिपय ठाउँहरुमा रोकेरै केही तस्बिरहरु खिच्दै उकालो लाग्यौं । अब हामी कोटगाउँको उकालो लाग्दै थियौं । बेसींबाट सुरु भएको हाम्रो उकालोको यात्रा लेकसम्म पुग्यो । कोटगाउँको दारबोटमा पुग्दा अपरान्ह भइसकेको थियो । निकै हावा चल्दै थियो । त्यहाँबाट र्घर्तीगाउँहुँदै थवाङ पुग्ने सहिद मार्ग देखाउँदै थिए एक स्थानीयले । हामी भने सल्यानतिर जानुपर्ने भएकोले अर्कोबाट लाग्यौं । 

दारबोटको जंगलसित माओवादी आन्दोलनको इतिहास जोडिएको रहेछ । रोल्पाका एकजना पत्रकार मित्र नविनलोचन मगर जो पर्ूव माओवादी जनसेनाका लडाकु पनि हुन्, उनी भन्दै थिए, 'दारबोटको आफ्नै इतिहास छ । दारबोटको जंगलको बारेमा कृष्णसेन इच्छुकले कविता पनि लेखेका छन् । त्यहाँ त्यस्तै ५१/५२ सालतिर गुरिल्ला तालिम भएको थियो । पछि प्रहरीले घेरा हालेर पक्रन खोज्दा चाउचाउको खोलमात्र फेला पारेको थियो' भन्ने चर्चा गाउँघरमा हुने गरेको उनी सम्झन्छन् । उनैले पत्रकार तथा कवि कृष्ण सेन इच्छुक, जो द्वन्द्वकालमा प्रहरी हिरासतमै चरम् यातानाबाट मारिएका थिए उनैले लेखेको 'दारबोटको जंगलमा' शर्ीष्ाकको चारलाइन कविता पनि फेसबुकमार्फ पठाइदिए यो आलेखका लागि ।

योद्धाजस्तै अग्ला वृक्षहरु
मोर्चा कसेझैं अविचल उभिरहे
एकताको हातेमालो बाँधेर लहराहरुले
दृढताको मुठ्ठीहरु कसिरहे
संगीनले नझुक्ने साहसको गुराँसहरु देखेर
बन्दुकहरु लाचार भएर गए ।
- कृष्णसेन इच्छुक

गुराँसे जंगलमा यत्रतत्र राता गुराँसहरु फुलेका देखिन्थे । ती राता गुराँसका फूलहरु राज्यविरुद्धको लर्डाईंमा रोल्पालीहरुले खेलेको दृढ भूमिकाकै प्रतीक झैं प्रतीत हुन्थे । दारबोटको गल्छेडोमा केहीबेर सुस्ताइयो । विद्यालय छुट्टी भएर घरतिर हिंडेका केटाकेटीहरुको हुललाई त्यहीं छाडेर अघि बढ्यो डाँडैडाँडाको यात्रा । त्यसपछि पनि झण्डै एक घण्टाको यात्रापछि हामी तिला भन्ने ठाउँमा पुग्यौं । गैरीगाउँ गाविसमा पर्ने तिला पनि त्यस्तै डाँडामै बसेको एउटा सानो र सुन्दर बजार रहेछ । त्यहाँ पनि केहीबेर सुस्ताउने निधो गरेर एउटा चिया पसलमा पस्यौं ।  

तिला पनि माओवादी जनयुद्धसँग ऐतिहासिक साइनो गाँसेको ठाउँ हो । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि संयुक्त राष्ट्र संघ अर्न्तर्गत अनमिनको मध्यस्थतामा आफ्ना लडाकुहरुलाई राख्नको लागि बनाइएको २१ वटा क्यान्टोन्मेण्टहरु मध्ये एक यही तिलाकै जंगल हो । रोल्पाकै दहबनमा अवस्थित ५ नम्बर डिभिजन अर्न्तर्गतका सहायक क्यान्टोन्मेण्टहरु मध्ये एक तिलामै थियो । अहिले त्यसको अवशेष मात्र हर्ेन सकिन्थ्यो । फेरि उनै पत्रकार मित्र नविन सम्झन्छन्, 'म पाँचौं डिभिजनको दहबन ब्यारेकमा थिएँ र संचार विभाग हर्ेर्थें । अहिले त्यहाँ पुग्दा भावविह्व हुन्छु । १ वर्षअघि गएको थिएँ ब्यारेक बाहिर । सबैतिर हर्ेदा निकै भावुक भएको थिएँ । अहिले पनि फोटो हर्ेदा अफ्ठेरो लाग्छ । ती भौतिक संरचना बचाएको भए पनि धेरै राम्रो हुन्थ्यो जस्तो लाग्छ । त्यो बेला त्यो जंगलमा ब्यारेक बन्ला जस्तै थिएन । जंगल मात्र थियो । हामीले नै धेरै मेहेनत गरेर ब्यारेक बसालेका हौं ।' 

हो, तिलाजस्तै देशैभरका माओवादी जनसेनाले निर्माण गरेका क्यान्टोनमेण्टहरु अहिले उजाड बनेका छन् । मुलुकमा गणतन्त्र ल्याउनको लागि लडेका माओवादी जनसेना शान्ति प्रक्रियासँगै नेपाली सेनामा समायोजित भइसकेका छन् । माओवादी सेना समायोजित भइसकेपछि इतिहास बनेका यस्तो केही क्यान्टोन्मेण्टहरुको संरक्षण र प्रयोगको जिम्मा पनि शायद नेपाली सेनाले नै लिएको जस्तो लाग्छ । यस्ता इतिहास सम्झाउने केही सम्पदाहरुको संरक्षण गर्न सके भनिंदै आएको द्वन्द्व पर्यटनलाई पनि सहयोग पुग्ने देखिन्छ । ती मित्रले भनेजस्तो कम्तीमा त्यसरी निर्माण भएका प्रवेशद्वार एवं भौतिक संरचनाहरुको संरक्षण गर्दा पक्कै पनि नोक्सानी हुँदैन । यसले एउटा जीवन्त राजनीतिक इतिहासलाई संरक्षण गर्नेछ । 

यो क्षेत्र रोल्पाको चुनावी क्षेत्र नम्बर २ हो, जहाँबाट नेपालकै प्रथम महिला सभामुख ओनसरी र्घर्तीले प्रत्यक्ष विजयी प्राप्त गरेकी हुन् । २०६४ सालको चुनावमा समग्र राप्ती अंचलकै ५ जिल्लाहरुमा चुनाव जितेको माओवादीले २०७० सालको चुनावमा रोल्पा र गोरखा जिल्लामात्रै आफ्नो बनाउन सक्यो । पहिलेको र अहिलेको रोल्पामा धेरै परिवर्तन त भएको तर स्थानीय मानिसहरुको जीवनस्तरमा खासै केही परिवर्तन हुन नसकेको एक स्थानीय बताउँदै थिए । उनी भन्छन्, 'गाउँगाउँमा बाटो बन्यो, गाडी आयो । तर, त्यसले विदेश जाने मात्रै बढेका छन् । हामी गाउँमा बस्नेलाई उही खानेको समस्या, पानीको समस्या, स्वास्थ्य उपचारको समस्या जस्ताको तस्तै छ' । 

तिलाबाट फेरि त्यस्तै भूगोल हुँदै हाम्रो यात्रा अघि बढ्यो र जुगारको जगरबोटमा गएर रोकियो । जगरबोट पनि तिलाजस्तै भूगोलमा अवस्थित सानो बजार रहेछ । धन्य बाटोले जोडिएको हुँदा यातायातको संजालमा जगरबोट पनि परेको रहेछ । तथापि बर्खा याममा यहाँको बाटोमा गाडी नचल्ने कुरा प्रस्टै देखिन्थ्यो । यहाँ भर्खर मोटरबाटोको ट्रयाक खुलेको थियो भन्दा पनि हुन्छ । किनकि ठाउँठाउँमा डोजर लगाएर बाटो सफ ागर्ने काम पनि जारी नै थियो । दिनभरको यात्रामा एउटा बस अनि दर्ुइतिनवटा सामान बोक्ने गाडी र केही मोटरसाइकलबाहेक कुनै सवारी साधन भेटिएका थिएनन् । त्यसबाट पनि अनुमान लगाउन सकिन्थ्यो, कि त्यहाँको बाटो कत्तिको चल्तीको हो भन्ने कुरा । 

अझै पनि बिजुलीको लाइन नपुगेको त्यहाँका घरघरमा सोलारका पाता देखिन्थे । ती सोलारका पाताले पनि घरको सुन्दरता थपेझैं लाग्दथ्यो । त्यस्तै खानेपानीको मुख्य समस्या रहेछ यहाँ पनि । नेताहरुले जसरी हिजो आश्वासनका पोका बाँडेका थिए, चुनावपछि गाउँघर बिर्सिने गरेको त्यहाँका एक शिक्षक बताउँदै थिए । माओवादी जनयुद्धकै कारण नेपालको मानचित्रमा विकट, पिछडिएको अनि अभावग्रस्त भनी चित्रण गरिने रोल्पा विश्व मानचित्रमै परिचित बन्यो । अनि राज्यविरुद्धको संर्घष्ाको भट्टीबाट धरै ख्याती प्राप्त नेताहरु पनि जन्मिए । तर, नेताहरु आज पनि त्यही इतिहासकै पुलिन्दाको व्यापार गरिरहेका छन् । अहँ यहाँको भौगोलिक विकटतासँगै जीवन सहज बनाउने कुनै योजना छैन । यहाँ छरिएर रहेका अभावग्रस्त बस्तीहरुलाई एकीकृत गरी नयाँ बस्ती विकास गर्ने अनि ती स्रोत सम्पन्न डाँडाकाँडाहरुलाई आर्थिक रुपले उपयोग गर्ने नीति छैन । यहाँका मान्छेहरु आज पनि एक गाग्रो पानीका लागि घन्टौं हिंड्न बाध्य छन् । तर, तिनको जीवन सरल बनाउने योजना छैन । ती बस्तीहरुका मानिसहरु केवल भोट खसाल्ने मेसिन मात्र प्रतीत हुन्छन् । राज्य यहाँबाट धेरै टाढा छ शायद । र नै रोल्पालीहरुको साझा प्रश्न छ, काठमाण्डूमा गणतन्त्र आयो हामीलाई के आयो - 

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...