थिन्लेको सपना

मनिकर कार्की 'निवर्तमान'
गएको साता संचार माध्यमहरुमा एउटा तस्बिर र्सार्वजनिक भयो । अखबारदेखि टेलिभिजनका पर्दाहरुमा पनि त्यही तस्बिर देखियो । हो, त्यो तस्बिर थियो उच्च हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैबाट हिंडेर सातदिन लाग्ने साल्दाङ गाउँमा जन्मिएका थिन्ले लोन्डुप लामाको । अर्थात, विश्वकै प्रसिद्ध चलचित्र एवार्ड ओस्कार एवार्डको उत्कृष्ट विदेशी भाषा विधा अर्न्तर्गत उत्कृष्ट पाँच चलचित्रमा मनोनित फ्रान्सेली निर्देशक एरिक भ्यालीको निर्देशनमा बनेको नेपाली परिवेशको हिमालयन क्याराभान चलचित्रका नायक, टिन्ले अर्थात्, थिन्ले लोन्डुप लामा ।

समाचारमा जनाइए अनुसार डोल्पाको सदरमुकामबाट आफ्नो गाउँ जाँदैगर्दा घोडाबाट लडेर उनको मृत्यु भएको हो । उनको निधन भएसँगै संचार माध्यमहरुमा थिन्लेको त्यही तस्बिर जुन क्याराभान ओस्कारमा मनोनित भएपछि विश्वभर फैलिएको थियो, त्यही तस्बिर र्सार्वजनिक भयो । अनि त्यो तस्बिर हर्ेर्दैगर्दा एकाएक तस्बिरले तान्यो र उनको बारेमा केही खोज्न बाध्य बनायो । त्यसो त म आफू सिनेमासँग सम्बन्धित मान्छे पनि होइन र मेरो खासै सिनेमा हर्ेर्ने बानी पनि छैन । चाहे हिन्दी, अंग्रेजी वा नेपाली नै किन नहोस् म खासै सिनेमा हर्ेर्दिन । यसो आक्कलझुक्कल कथा र विषयवस्तुले तान्यो भने मात्रै हो सिनेमा हर्ेर्ने । यसअघि हिमाल आरोहणसँग सम्बन्धित सिनेमा एभरेष्ट हेरेको थिएँ । खासमा भन्नु पर्दा थिन्ले अभिनित हिमालयन क्याराभान जुनपछि क्याराभानको नामले चर्चित बन्यो मैले हेरेको पनि थिइंन । यसो अखबारहरुमा आएको समीक्षा र चलचित्रको परिवेशको बारेमा केही पढेको मात्रै हो । त्यसैका आधारमा थिन्लेको बिम्ब बनेको थियो ।


थिन्लेको मृत्युको खबरले भने त्यो चलिचत्र हर्ेर्ने सोच बनाएको थिएँ । त्यत्तिकैमा वैशाख १६ गतेको नयाँ पत्रिकामा लेखक झलक सुवेदीले 'थिन्ले ल्होन्डुपः एउटा बिम्ब नेपालको' शर्ीष्ाकमा एउटा लेखै छपाए । उनको त्यो लेख पढेपछि मलाई पनि उनको बारेमा केही लेख्ने जाँगर चल्यो । तर, म पनि बडो अन्यौलमै थिएँ कि उनका बारेमा के लेख्ने भनेर - कहिल्यै नदेखेको, नभेटेको मान्छेको बारेमा के लेख्ने - एक हिसाबले मनमा निकै डर पनि लाग्यो कि मैले कसरी क्याराभानको नायकको बारेमा समीक्षा लेख्न सक्छु - जबकि म न त सिनेमा क्षेत्रको मान्छे हो, न त मैले सिनेमा हेरेर समीक्षा नै गर्ने गरेको छु - न म कुनै कलाकारको निकट रहेर काम गरेको छु - यर्सथ मैले के लेख्ने - सोच्दासोच्दै  एकपटक क्याराभान हर्ेर्ने निश्कर्षनिकालेँ ।

अब यसको लागि गुगल छँदैछ । मैले तत्कालै युट्युबमा क्याराभान टाइप गरेर र्सच गरें । यु ट्युबले एउटा सिनेमा देखायो जसको टोन र संगीत चाइनिज झैं सुनिन्थ्यो तर पनि सुरुको खण्डहरुमा काठमाण्डूका केही मन्दिरहरु पनि देखाएको हुँदा शायद यहि नै होला भन्ने लागेर एकछिन हेरें । तर, त्यो त गलत क्याराभान पो परेछ । जब फिल्म सुरु भयो सबै चाइनिज अनुहार मात्रै छ र भाषा पनि त्यस्तै छ अनि पिक्चर क्वालिटी पनि एकदमै धमिलो छ । सिनेमाका कलाकारहरुको हाउभाउ र कटाक्ष हर्ेदा चाइनिज कम्फू स्टाइलको पो छ । लौ यो त होइन भन्ने लाग्यो र पुनः युट्युबमा 'क्याराभान बाई एरिक भ्याली' टाइप गरेर र्सच गरेँ ।

अब भने सहि ठाउँमा पुगियो । गुगलले ठ्याक्कै तिनै थिन्लेको चमकदार तस्बिरसहितको भिडियो लिष्ट देखाइदियो । अब भने पक्का खोजेको क्याराभान भेटियो । दर्ुइ भागमा रहेको क्याराभान पुरै हेरें । उक्त सिनेमाले कर्ण्ाालीपारीको दुःख र जीवनलाई उजागर गरेको छ । खासगरी नेपालको उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने तिब्बती मूलका भोटेहरुको जीवन, दैनिकी र उनीहरुको रैथाने अर्थराजनीतिमा आधारित हिमालयन क्याराभान बनेपछि नै हामीले पनि हिमाली क्षेत्रका कष्टकर जीवनी र दुःख सिनेमाको पर्दामा देख्द पाएका हौं । अनि तिनै थिन्ले जो हिमाली क्षेत्रको रुखोसुखो गाउँठाउँमा जन्मिए र त्यही माटोको लागि आफूले सकेको गरे, उनी क्याराभानपछि एकाएक विश्वभर एउटा मिथकीय बिम्ब बनेर उदाए । उच्च हिमाली क्षेत्रको जीवन कथासँग जोडिने एउटा विम्ब ।

केही खोजेझैं लाग्ने एकटकले हेरिरहेका चिम्सा आँखा, निधारमा गम्भीरताको आकृति देखिने मुजा, झुस्स परेको तीलचामले दारीजुँगा, थेप्चो नाक, सेताम्मे भएका लट्टा परेका कपालको गुजुल्टो, रातो मुगाको माला अनि ठिक्कको मझौला कदलको शरीर र हिमालका कन्दराहरुमा उकालोओरालो गर्दागर्दै खिइएर दरा बनेका पाखुरा र त्यसै अनुसारको चेप्टो ख्याउटे अनुहार । अनि अनुहारमा बुढ्यौलीको संकेत । हो, थिन्लेको यही अनुहार हिमालय क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको बिम्ब बनेर विश्वभर फैलियो । अनि आजको यो आलेखमा जति पनि थिन्लेको बारेमा उल्लेख गरिनेछ, त्यो क्याराभान हेरेर, कर्ण्ाालीको बारेमा पढेर निर्माण गरिएको विम्ब मात्र हो । आँखाले देखेर लेखिएको दृष्य होइन । लाग्छ, थिन्लेको त्यो भोटे र राज्यसत्ताको रंगीन मेहफिलमा नझुल्किएको अनुहार जब विश्वले देख्यो, शायद विश्वले पनि त्यो भोटे अनुहारलाई चिनेन । नेपाल भन्ने बित्तीकै राजारानीका तस्बिरहरु सम्भिmने, अनि दौरा सुरुवाल टोपीमा ठांटि्टने पठ्ठो ठिटो वा 'बहादुर' भनी कहिलएको क्रस खुकुरी टल्काएर लड्ने गोर्खाली पल्टन सम्भिmने विश्वले शायदै सिनेमाको पर्दामा ती थिन्लेको भोटे अनुहार देख्दा अचम्मित भयो होला ।

क्याराभानको कथा एकदमै छोटो छ, कथामा शताब्दीऔं देखि हिमालपारी तिब्बतसँग जोडिएको कर्ण्ााली क्षेत्रको नुनसँगको व्यापारलाई उजागर गरिएको छ । आफूले हर्ुकाएका चौरी बिक्री गरी नुन र अन्य आवश्यक सरसामानहरु ल्याउने एक प्रकारको प्राचीन विनिमय व्यापार अनि स्थलमार्गबाट गर्नुपर्ने उक्त व्यापारका क्रममा हिमालयक्षेत्रमा आउने मौसमी प्रतिकूलतासँग मुकाबिला गर्न चाहिने साहस, अनुभव, इच्चाशक्ति अनि व्यापारका लागि लामबद्ध हुने अन्य व्यापारी जसलाई जनता भनी परिभाषित गरिएको छ । ती जनताको रक्षाको लागि अगुवा -नेता)ले कस्तो हण्डर, ठक्कर खानर्ुपर्छ र आफ्ना जनताको सुरक्षाका खातिर नेताले केकस्ता जोखिम मोल्नर्ुपर्छ भन्ने जस्ता विषयहरु सिनेमाको कथाले जोडेको छ ।

हो, कर्ण्ाालीमा पक्कै दुःख, अभाव र भोकमरी छ । तर, कर्ण्ाालीमा अथाह संभावना पनि छ । इतिहासमा सिंगो कर्ण्ााली समृद्ध थियो । जुम्लाको सिंजा राज्यले २२ हजार नियमित आर्मी पालेर राखेको कुरा आजपनि पढ्न पाइन्छ । अनि कर्ण्ााली हुँदै जाने मध्येयुगीन दक्षिण एशियाली व्यापार मार्ग जसलाई सिल्क रोड भन्ने गरिन्छ, त्यसबाट कर्ण्ाालीले निकै लाभ लिएको थियो । त्यही व्यापारिक मार्ग समृद्ध कर्ण्ाालीको आधार थियो । तर, जब कर्ण्ााली राज्य पनि विशाल गोर्खा साम्राज्यमा गाभियो, कर्ण्ाालीको सिमान्तीकरण सुरु भयो । हो, कर्ण्ाालीका थिन्लेहरुको कष्टकर जीवनको सुरुवात त्यही सिमान्तीकरणको अभ्यासबाट भएको हो ।

जब कर्ण्ाालीको सीमान्तीकरण भयो, अनि जसरी दक्षिणमा विस्तार भएको ब्रिटिश साम्राज्यले नेपालको सीमानासम्म ल्याइदिउको रेल चढेर आएको आधुनिक उत्पादनले कर्ण्ाालीको परम्परागत सीपमा आधारित उद्योगहरुलाई समाप्त पारिदियो, ठीक त्यसैगरी तिब्बतमा चिनियाँहरुको प्रत्यक्ष नियन्त्रण र दलाई लामाको पलायनपछि नोम्याडिक समूहको मुख्य स्रोत रहेको सीमापार व्यापारमा आधारित क्याराभान अर्थतन्त्रमा पनि प्रभाव पर्यो । यसरी पारम्परिक रुपमा चलिआएको क्याराभान अर्थतन्त्र केही सीमित व्यक्ति अनि राज्यसत्तालाई कुत उर्ठाई पठाउन खटिएका बडाहाकिमहरुकै चंगुलमा पर्न गएको देखिन्छ । उता राज्य भने कर्ण्ाालीको भोकमरी, चिम्सा, मयलले कटकटिएका, कुपोषित ख्याउटे अनुहारलाई सुन्दर तस्बिर बनाएर बिक्री गर्नमै तल्लीन रह्यो । अनि काठमाण्डूबाट विश्व खाद्य कार्यक्रमले दिने सेता चामल ओर्सनमै गर्व गर्न थाल्यो ।

अहँ कर्ण्ाालीको हावापानी, जैविक विविधता र पर्यावरण सुहाउँदो बालीको अध्ययन, अनुसन्धान र विकास गर्न राज्यले कहिल्यै चासो दिएन । बरु अनेक प्रकारका विकासे वालीहरुको प्रवेशले त्यहाँको रैथाने बालीहरु सखाप भए र त्यो रुखोसुखो जमीन फगत उराठलाग्दो डाँडोमा परिणत भयो । कर्ण्ाालीको समृद्धिका लागि शुष्क र अर्धशुष्क हावापानीमा उपयुक्त हुने बागवानी कृषि प्रणाली नै कर्ण्ाालीको दीगो कृषिको भविष्य हो भन्ने कुरा राज्यले कहिल्यै महशुस गरेन भन्ने कुरा लेखकद्वय सोमत घिमिरे एवं टीका भट्टर्राईद्वारा सम्पादित 'समृद्ध कर्ण्ाालीको दुःख'मा पनि पढ्न पाइन्छ ।

फेरि थिन्लेतिरै फर्किऔं । सिनेमाको सुरुवातमा नायक -टिन्ले) र उसको त्यस्तै ५/६ वर्षो झैं देखिने नाती --छिरिङ) बिचको एउटा सम्बादले सिंगो कथा र त्यस क्षेत्रको अभावलाई प्रष्ट्याएको छ । लहलह भएर झुलिरहेको गहुँबारीमा पाकेको गहुँको दाना निरिक्षण गर्दै हजुरबुबा खुसी व्यक्त गर्छ, त्यत्तिकैमा एक मुठो गहुँ बोकेर आएको नातीतिर फर्केर  हजुरबुबाले सोध्छ - यो गहुँले कति समय खान पुग्छ थाहा छ - नातीले गहुँबालीतिर देखाउँदै भन्छ, धेरै लामो समय, सधैंभरी खानपुग्छ । तर, हजुरबुबाले हाँस्दै जवाफ दिन्छ, यसले सबै गाउँलेलाई तीन महिना पनि खान पुग्दैन । अनि त्यो सानो बाल मस्तिष्क नाजवाफ हुन्छ र सिनेमाको दृष्य क्याराभानतिर र्सछ ।

हो, कर्ण्ााली क्षेत्रको दुःख, अभाव, पीडा र कष्टकर जीवन त्यही संवादबाट प्रष्टिन्छ । तर, राज्यले त्यो क्षेत्रको स्रोतको पहिचान गरी त्यसलाई आत्मनिर्भर बनाउनेतिर कहिल्यै ध्यान दिएको छैन । आखिर थिन्लेको विश्वव्यापी बनेको त्यो विम्बले पनि अभावलाई झल्काउँछ, दुःख र कष्टलाई प्रतिबिम्बित गर्छ । अनि नेपाल राज्यको भूभाग हुनुमा राज्यसँग केही माग गरेझैं देखिन्छ, केही खोजेझैं देखिन्छ । ती रहस्यमय कौतुहलताले भरिएका आँखाले राज्यसँग प्रतिरोध गर्न खोजेको अर्थ पनि लगाउन सकिन्छ । तर, आज थिन्लेका एकजोडी आँखा स्मृति बनेर गएका छन् । सिनेमामा देखिएको उसको कडा र आदेशात्मक तर नेतृत्वदायी लवज अब स्मृतिमा मात्र रहनेछ । सिनेमामा जसरी पहरो खोपेर बनाएको फल्याकको बाटो खस्दा एउटा याक फोक्सुण्डो तालमा डुबेर मर्छ, त्यसैगरी आफैं चढेको घोडाबाट लडेर थिन्ले पनि यो संसारबाट विदा भएका छन् । जीवनकालमा थिन्लेको एउटै सपना रहेछ, आफ्नो गाउँमा मोटर पुगेको हर्ेर्ने, के थिन्लेले आफ्नो नेपालसँग गरेको त्यो अपेक्षा पूरा होला ?

No comments:

Post a Comment

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान” विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परी...