वित्तीय पहुंच विस्तारमा लघुवित्त


लघुवित्तको अवस्था:
हाल नेपालमा नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरु ४१ वटा रहेका छन् । त्यसको अलवा केही गैरसरकारी संस्थाहरुले पनि लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेका छन् भने गाउाघरमा स्थानीय रुपमा सञ्चालित सहकारीहरुले पनि लघुवित्त सेवा प्रवाह गरिरहेका छन् । खासगरी गाउाघरका गरिब र विपन्न परिवारका मानिसहरुलाई बिना धितो सामुहिक जमानीका आधारमा कर्जा प्रवाह गरी उनीहरुलाई आर्थिक रुपले सक्षम बनाउने उद्देश्य लघुवित्तको रहेको हुन्छ । 
अहिले भर्खरै सञ्चालनमा आएका केही लघुवित्तहरु बाहेक सबैजसो लघुवित्त वित्तीय संस्थाहरुले राम्रो मुनाफा आर्जन गरिरहेका छन् । अनि शेयरधनीहरुलाई पर्याप्त मात्रामा लाभांश पनि बााडिरहेकै छन् । यसरी हेर्दा लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक अवस्था पनि मजबुत नै देखिन्छ । अनि लगानीकर्ताहरुको प्रतिफल पनि सुनिश्चित भएकोले उनीहरु लघुवित्त कम्पनीहरुप्रति आकर्षित देखिन्छन् । फलस्वरुप बजारमा लघुवित्तलाई लगानीको प्रतिफल सुनिश्चित हुने क्षेत्रकै रूपमा पनि लिने गरेको देखिन्छ । शेयर बजारमा लघुवित्त कम्पनीको शेयरमा सबैको आकर्षण पनि बढेको देखिन्छ । सायद त्यही आकर्षणकै कारण पूाजी बजारमा लघुवित्त वित्तीय संस्थाहरुको शेयर विक्री आवेदन खुल्ला हुादा सयौं गुणा आवेदन पर्ने पनि गरेको छ । 

प्रतिफलको सुनिश्चिता नै सफलता हो ? 
जसरी अहिले लघुवित्त वित्तीय संस्थाहरुले मुनाफा आर्जन गरिरहेका छन् र वित्तीय संस्थाको सफलतालाई उसले आर्जन गरेको मुनाफामा मापन गर्ने गरिएको छ । के यो मात्रै सफलताको आधार हो त ? सफलताको मापन तथ्याङ्कमा मात्रै हुन्छ त ? भन्ने प्रश्न पनि जन्मिने गरेको छ । निश्चित रुपमा मुनाफालाई संस्थाको वित्तीय अवस्था मापनको आधार बनाउन त सकिन्छ तर, सम्पूर्ण रुपले त्यो मात्रै सफलताको आधार भने होइन । नाफाको मापन तथ्याङ्कमा मात्रै हुादैन, सफलताको मापन गर्ने आधारमा वित्तीय संस्थाले पुर्‍याएको गुणस्तरीय सेवा पनि हुन्छ र हुनुपर्छ । लघुवित्तले ऋण प्रदान गरेको समूह सदस्यमा कस्तो आर्थिक परिवर्तन भयो ? उसको जीवनस्तरमा कस्तो परिवर्तन भयो ? मुख्य रुपमा सफलताको मापनको आधार त्यो हो । यसर्थ, अलिकति गम्भीर भएर समीक्षा गर्ने हो भने लघुवित्त कम्पनीहरुले कमाउने मुनाफाले मात्रै उनीहरुको सफलता मापन गर्नु वस्तुसंगत हुादैन । उनीहरुले पुर्‍याएको सेवाको दायरा पनि हेर्नु जरुरी हुन्छ । 

अबको बजार यस्तो हुनुपर्छ 
अब लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो लगानीलाई गाउाकेन्द्रित गरेर केही न केही उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नैपर्छ । अनि लघुवित्तको खास मर्म र भावना अनुसार वित्तीय पहुाच विस्तार गर्नुपर्छ । अहिलेसम्मको अभ्यास हेर्दा बजारउन्मुख क्षेत्रहरु नै लघुवित्तको मुख्य बजार बनेको छ र त्यस्तो क्षेत्रमा लगानीको पैसा सबैभन्दा बढी व्यापार र उपभोगमै खर्च भएको देखिन्छ । यसले तत्कालका लागि मुनाफा आर्जन गर्न सजिलो त हुन्छ तर, दीर्घकालमा त्यो निकै ठूलो समस्या बनेर आउन सक्छ । त्यसकारण अब त्यसमा थोरै परिवर्तन हुनु आवश्यक छ र लघुवित्तहरु सााच्चिकै नयाा ठाउामा गएर सम्भावनाको खोजी गर्नु जरुरी छ । यदि आजैदेखि हामी दिगोपनाको खोजीमा क्रियाशील भएर लाग्यौं भने भोलिका दिनमा समस्या आउादैन । 

ब्याजदर महागो होइन
पछिल्लो समयमा लघुवित्त बैंकहरुले लिने ब्याज अचाक्ली महागो भएको भन्ने कुरा पनि आएको छ । यसमा सबैभन्दा पहिले लघुवित्त बैंक र अन्य बैंकहरुबीचको कार्यगत भिन्नता बुझ्नु जरुरी हुन्छ । लघुवित्त बैंकहरुले पुर्‍याउने वित्तीय सेवा र अन्य बैंकहरुबाट प्राप्त गर्ने वित्तीय सेवामा निकै भिन्नता छ । हामी गाउागाउामा गएर सेवा पुर्‍याउाछौं । हाम्रो सेवा पाउनका लागि ग्राहक बैंकसम्म आउनु पर्दैन । हामी उनीहरुकै घरदैलोमा पुगेर सेवा दिन्छौं । यसो गर्दा जो श्रम गरेरै आफ्नो गुजारा चलाउाछ, त्यो व्यक्ति आफ्नो श्रम गर्ने समय माया मारेर बैंक धाउनु पर्दैन । हामी उनीहरुको घरदैलोमै पुगेर सेवा दिन्छौं । 
अनि अर्को कुरा हामी ससानो लगानी र लगानीमा भौगोलिक दूरी बढी हुने भएकोले सञ्चालन लागत बढ्न जान्छ, त्यसैले अन्य बैंकहरुको तुलनामा लघुवित्तको ब्याजदर केही बढी हुन पुग्छ । तथापि लघुवित्त वित्तीय संस्थाहरुले पनि अब प्रतिस्पर्धी रुपले लागत घटाउादै सर्वसुलभ लगानीका लागि विकल्पहरुको खोजी गर्नुपर्ने बेला आइसकेको छ । 

लघुवित्तको उद्देश्य आर्थिक सशक्तीकरण:
लघुवित्तको मुख्य उद्देश्य गाउाघरमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्नु पनि हो । अनि ती ग्रामीण महिलाहरु जो चुलोचौकामै सीमित हुन्छन्, जसले आफ्ना पारिवारिक आवश्यकताहरु पूरा गर्नका लागि आफ्ना श्रीमान्कै भर पर्नुपर्ने अवस्थालाई अन्त्य गर्नै उनीहरुलाई सामाजिक र आर्थिक रुपले सशक्तीकरण गर्नु पनि हो । यसर्थ, लघुवित्तले जसरी वित्तीय स्रोतको उपलब्धताको लागि काम गर्छ, त्यसैगरी स्थानीय स्तरमा स्वरोजगारका अवसरहरु देखाउने काम पनि गर्छ । अझ सााच्चिकै भन्नुपर्दा अबको लघुवित्तलाई केवल वित्तीय स्रोत उपलब्ध गराउने संस्थाको रुपमा मात्र नभई यसबाट प्रवाह गरिने सेवालाई विविधिकरण गर्नु जरुरी हुन्छ । लघुवित्तको दीगो विकास र सम्बद्र्धनका लागि वित्तीय सेवाको अलवा यसले स्वरोजगारको सवालमा सीप र दक्षता अभिवृद्धि गर्ने खालका अभिमुखीकरण कार्यक्रमहरुलाई पनि सागसागै लैजानुपर्ने आवश्यकता देखिन्छ । त्यसो हुन सक्यो भने सशक्तिकरण र आर्थिक आत्मनिर्भरताको विकास हुनेछ ।

कर्जामा जोखिम हुादैन
लगानी गरेको कर्जा नउठ्नु, खराब हुनु नै जोखिम हो । अब लघुवित्तले गर्ने वित्तीय अभ्यास अन्य बैंकहरुको तुलनामा अलि फरक भएको हुादा एकथरी मानिसहरु यो क्षेत्रलाई जोखिमयुक्त मान्छन् । तर, ती संस्थाहरुले वित्तीय पहुाच नपुगेको गाउाघरका विपन्न परिवार जसले वित्तीय स्रोत अभावका कारण आफूसाग भएको ससानो सीपलाई समेत प्रयोग गर्न सकेको छैन, त्यो सीप बिक्री गर्न पाएको छैन त्यस्ता व्यक्तिहरुलाई थोरै थोरै लगानी गर्ने भएकोले त्यसरी गरिने ससानो लगानी डुब्दैन भन्ने मान्यता रहन्छ । अनि सामूहिक जमानी र विश्वासका आधारमा लगानी हुने हुादा समूहबाट र समाजबाट टाढिनु पर्ने भयका कारण पनि लगानी गरेको कर्जा असुलउपर हुन्छ । 
फेरि बैंक वित्तीय संस्थाहरुको जति पनि खराब कर्जा छ, त्यो सहरबजार र ठूला व्यापारी उद्योगीहरु बाटै सिर्जित हो । यस मानेमा लघुवित्तहरुले गर्ने ससानो कर्जालाई जोखिमयुक्त परिभाषित गर्न मिल्दैन । गरिबलाई गर्ने लगानी डुब्दैन भन्ने विश्वासकै आधारमा लघुवित्त चलेको हुन्छ । अनि यसको मर्म र भावना पनि त्यही हो । 

चुनौतीपूर्ण र अस्वस्थ प्रतिस्पर्धा :
अन्य बैंकिङ्ग क्षेत्रमा जस्तै लघुवित्तमा पनि प्रतिस्पर्धा उच्च नै छ । आजको अवस्था हेर्दा झन् लघुवित्तको प्रतिस्पर्धा चुनौतीपूर्ण र कतिपय अवस्थामा अस्वस्थ्य बन्दै गएको अनुभूति गर्न सकिन्छ । त्यो किनभने अरु बैंक तथा वित्तीय संस्थाहरुले पर्याप्त धितो सुरक्षण गरेर कर्जा प्रवाह गर्दछन्, अनि उनीहरुले सकार गर्ने धितोको दोहोरो प्रयोगको कुनै गुञ्जायसै हुादैन । तर, लघुवित्तमा बिना धितो कर्जा प्रवाह गरिने हुादा एउटै व्यक्तिले धेरै लघुवित्तहरुबाट कर्जा लिने सम्भावना रहन्छ । जसलाई दोहोरोपना भनिन्छ । यो दोहोरोपनाको समस्या नै लघुवित्तको मुख्य समस्या हो । त्यसकारण यो समस्या हटाउनको लागि नयाा नयाा सम्भावनाका क्षेत्रहरुको पहिचान गर्दै लघुवित्त कम्पनीहरुले आफ्नो सेवामा नवीनता ल्याउनु जरुरी छ ।

विशिष्टीकृत बैंकिङ्गको आवश्यकता:
यदि सााच्चिकै लघुवित्तलाई वित्तीय पहुाच विस्तारको भरपर्दो र दरिलो माध्यम मान्ने हो भने अब लघुवित्त र अन्य बैंकिङ्ग सेवामा विशिष्टीकरण गर्नु अति जरुरी छ । लघुवित्त नेपालको लागि एकदमै उपयोगी र आवश्यक वित्तीय संस्था हो । किनकि यो देशमा अझै पनि धेरै घरपरिवार गरिब र विपन्न नै छ । अनि लघुवित्तलाई आफैंमा प्रभावकारी र प्रतिस्पर्धी बनाउादै यसको सेवालाई विशिष्टीकृत गर्नु अबको टड्कारो आवश्यकता हो । यसका लागि विद्यमान वित्तीय संस्थाहरुको सोपान (हाइरार्की) घटाएर बैंक र लघुवित्त मात्रै कायम गर्नुपर्ने म ठान्छु । 
अनि जसरी अहिले आधुनिक बैंकिङ्ग गर्ने बैकहरुले आफैंले लघुवित्त कार्यक्रमहरु सञ्चालन गरिरहेका छन्, उनीहरुले खासमा लघुवित्तको मर्म र भावना अनुसार भन्दा पनि नाफाकेन्द्रीत भएर कारोबार गरिरहेका छन् । त्यसले पनि लघुवित्त बजार अस्वस्थ प्रतिस्पर्धी बन्दै गएको देखिन्छ । यसर्थ, अब विशिष्टीकृत बैंकिङ्गमार्फत लघुवित्त सेवालाई प्रतिस्पर्धी बनाउन नियमनकारी निकायले पनि नीतिगत परिवर्तन गर्न जरुरी देखिन्छ । लघुवित्त फरक खाले वित्तीय सेवा भएको हुादा लघुवित्त सम्बन्धी काम गर्न लघुवित्त कम्पनीहरुलाई नै यो काम दिनुपर्छ न कि ठूला बैंकहरुले आफैंले समूह बनाएर लगानी गर्ने । त्यसो हुन सक्यो भने बैंक तथा वित्तीय संस्थाहरुले गर्ने काममा पनि विशिष्टीकरण हुनेछ र संस्थाहरु आफैंमा प्रतिस्पर्धी पनि बन्नेछन् । लघुवित्तको प्रतिस्पर्धी त्यस्तै संस्था हुनुपर्छ, नकि ठूला बैंकहरु ।

No comments:

Post a Comment

कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...