'अब लघुवित्त सेवालाई विविधिकरण गर्न जरुरी छ'

आर्थिक दैनिकमा प्रकाशित अन्तरवार्ता

२०४२ सालमा रामेछाप जिल्लाको चनखु गाविसमा जन्मिएर बुटवललाई कर्मथलो बनाइ काम गरिरहेका एक युवाको नाम हो मनिकर कार्की । उनी झण्डै विगत एक दसकदेखि बुटवलमा कार्यरत छन् । बुटवलबाटै आफ्नो जीवनको क्यारियर सुरु भएको बताउने उनी २०६३ सालमा काठमाण्डूबाट बुटवल झरेका रहेछन् । एक वित्त कम्पनीमा जागिर खान बुटवल झरेका ३१ वषिर्य कार्की हाल भर्खरै संचालनमा आएको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् । संभवतः उनी वित्तीय संस्थाका सबैभन्दा कान्छा सिइओ पनि हुन् । त्यसो त बुटवलमा कार्कीको अर्को पनि पहिचान छ, उनी झण्डै एक दसकदेखि नै मिडियामा पनि क्रियाशील छन् । उनी एक कुशल मिडिया व्यवस्थापकको रुपमा पनि परिचित छन् भने उनीसँग प्राध्यापनको पनि अनुभव छ । उनी अझै पनि बुटवलबाट प्रकाशित हुने दैनिकपत्र दैनिकमा नियमित स्तम्भ लेख्छन् । विशेषगरी अर्थराजनीतिक विषयमा कलम चलाउ उनका लेख रचनाहरु विभिन्न राष्ट्रिय दैनिक तथा अनलाईन पत्रिकाहरुमा पनि पढ्न सकिन्छ । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका कार्कीको वैकल्पिक अर्थतन्त्र नामको पुस्तक पनि प्रकाशित भइसकेको छ । उनै लेखक तथा हाल चौतारी लघुवित्तका कार्यकारी प्रमुखको रुपमा कार्यरत कार्कीसँग पोषकान्त पोखरलेले लघुवित्तको अवस्था र चौतारी लघुवित्तको बारेमा गरिएको कुराकानी ।


चौतारी लघुवित्त वित्तीय संस्थाको अवस्था कस्तो छ ?
यो चौतारी लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त 'घ' वर्गको वित्तीय संस्था हो । छ करोड अधिकृत र तीन करोड जारी पूँजी रहेको यस संस्थाको संस्थापकहरुबाट संकलन गरिएको विद्यमान चुक्ता पूँजी २ करोड १० लाख रहेको छ । संस्थापकहरुमा ४ वटा क्षेत्रीय स्तरका विकास बैंक तथा एउटा राष्ट्रियस्तरको फाइनान्स कम्पनीसहित १४५ जना व्यक्तिहरु रहेका छन् । यसको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ भने लुम्बिनी अंचलका ६ जिल्ला -रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घर्ााँची)  र राप्ती अंचलका ४ जिल्ला -दाङ, सल्यान, रोल्पा र प्यूठान) गरी १० जिल्ला यसको स्वीकृत कार्यक्षेत्र हो ।
भर्खरै संचालनमा आएको यो वित्तीय संस्थाले गएको माघ १० गतेबाट वित्तीय कारोबार शुभारम्भ गरेको हो । यर्सथ, संचालनको सुरुवातमै रहेको हुँदा हाम्रो व्यवसाय पनि क्रमिक रुपमा बढ्दै गइरहेको छ । संचालनको भर्खरै तीन महिना पूरा भएको छ, यस अवधिमा हामीले रुपन्देही, नवलपरासी, कपिलवस्तु र पाल्पा जिल्लामा ६ वटा शाखा स्थापना गरिसकेका छौं भने वित्तीय पहुँच कम भएका सल्यान र रोल्पा जिल्लामा पनि शाखा विस्तारको क्रममा रहेका छौं । संभवतः यहि महिनाको अन्तिमसम्म हामी त्यहाँ पनि शाखा विस्तार गरिसक्नेछौं । वित्तीय संस्थाले हालसम्म ५ करोड २५ लाख लगानी गरिसकेको छ । तीन महिनाको अवधिमा हामीले जुन उपलब्धि हासिल गरेका छौं, पक्कै पनि यसले सकारात्मक संकेत गरेको छ ।

पछिल्लो समयमा यस्ता संस्थाहरु स्थापना गर्न चाहनेहरु धेरै छन् के कारण होला ?
हो, विगत केही वर्षेखि नै लघुवित्त वित्तीय संस्थाप्रति धेरैको चासो रहेको बुझिन्छ र धेरैले कुनै न कुनै रुपमा बैंक दर्ताको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिइरहेका पनि छन् । विगत केही वर्षेखि नै नेपाल राष्ट्र बैंकले अन्य क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको खोल्नका लागि निवेदन दर्ता स्थगित गरेका कारण पनि लघुवित्त वित्तीय संस्था खोल्नेहरु धेरै भएका हुन् कि भन्ने लाग्छ । तथापि पछिल्लो समयमा गाउँगाउँसम्म वित्तीय पहुँच विस्तार गर्ने माध्यम नै लघुवित्त भएको हुँदा साँच्चिकै लघुवित्तमै काम गर्न आकषिर्त हुनेहरु पनि बढ्दै गएका छन् । जसका कारण लघुवित्तप्रति धेरैको आकर्षा बढेको हुनसक्छ । अनि यस्ता संस्थाहरुले ग्रामीण क्षेत्रहरु जहाँ आधुनिक बैंकिंग पुग्न सकेको छैन, त्यस्तो क्षेत्रमा गएर निरक्षर जनतालाई पैसा के हो, बचत के हो, ऋण के हो, ऋण कसरी प्राप्त गर्न सकिन्छ, यसलाई कसरी उपयोग गर्ने जस्ता विषयवस्तु समेटिएको वित्तीय साक्षरता अभियानै संचालन गरी सेवा पुर्याइरहेका छन् । त्यसैले नेपाल जस्तो पिछडिएको, अविकसित अनि साक्षरता प्रतिशत अति नै कम भएको देशमा यसको आवश्यकता र अपरिहार्यता बढेको हुनाले पनि धेरै मान्छेहरु लघुवित्त बैंकप्रति आकषिर्त भएको हुनसक्छ ।

लघुवित्त बैंकरुले अत्याधिक ब्याज लिए अन्य वित्तीय संस्थाहरुले भन्दा भन्ने गुनासाहरु धेरै सुनिन थालेका छन् यस बारेमा तपाईंको धारणा के छ ?
लघुवित्त बैंकहरुले पुर्याउने वित्तीय सेवा र अन्य बैंकहरुबाट प्राप्त गर्ने वित्तीय सेवामा निकै भिन्नता छ । हामी गाउँगाउँमा गएर सेवा पुर्याउँछौं । हाम्रो सेवा पाउनका लागि ग्राहक बैंकसम्म आउनुपर्दैन । हामी उनीहरुकै घरदैलोमा पुगेर सेवा दिन्छौं । यसो गर्दा काम गरेर खाने वर्गको बैंकिंग कारोबारका लागि सहर बजारसम्म जानुपर्ने बाध्यता हट्छ र उनीहरुको काम गर्ने समयको पनि बचत हुन्छ । त्यो समयमा उसले आफ्नो काम छाड्नु पर्दैन । हामी ग्राहककै समय अनुकूलताका आधारमा सेवा पुर्याउने गर्दछौं । अनि अर्को कुरा हाम्रो कर्मचारी जहिल्यै फिल्डमै खटिनुपर्ने अनि हामी थोरै थोरै लगानी गर्नुपर्ने भएको हुँदा हाम्रो संचालन खर्च निकै बढी हुनजान्छ त्यसैले अन्य बैंकहरुको तुलनामा हाम्रो ब्याजदर केही बढी हुन पुग्छ । तथापि लघुवित्त वित्तीय संस्थाहरुले पनि अब प्रतिस्पर्धी रुपले कम ब्यादरमै लगानी गर्नुपर्छ भन्ने मान्यता म राख्छु । त्यसैले हामीले आफ्नो प्रतिस्पर्धी क्षमता बढाउनकै लागि पनि ब्याजदर कम गरेका छौं । हामी अहिले १५ देखि १८ प्रतिशतसम्ममा लगानी गरिरहेका छौं । अनि अर्को कुरा लघुवित्तहरुले बिना धितो नै विश्वासका आधारमा कर्जा प्रवाह गर्ने भएको हुँदा पर्याप्त धितो लिएर लगानी गर्ने बैंकहरुको तुलनामा ब्याजदर केही बढी हुनुलाई अस्वभाविक मान्नु हुँदैन । तर पनि बजारमा बढ्दै गएको प्रतिस्पर्धाले गर्दा अब लघुवित्त बैंकहरुले पनि ब्याजदर घटाउँदै लैजानुको विकल्प छैन ।

तपार्इंको विचारमा नेपालका लघुवित्त संस्थाहरुको अवस्था कस्तो छ ?
अहिले रिपोर्टमा हर्ेदा सबै जसो लघुवित्त बैंकहरुले राम्रो आम्दानी गरेको देखिन्छ । सबैले मुनाफा कमाइरहेका छन् अनि शेयरधनीहरुलाई पर्याप्त लाभांश पनि बाँडिरहेका छन् । अनि लगानीकर्ताहरुले पनि आफ्नो लगानीको प्रतिफल सुनिश्चित हुने क्षेत्रकै रुपमा लघुवित्तलाई लिएका छन् । शायद त्यही आकर्षाकै कारण लघुवित्तको शेयर खुल्दा धेरै लगानीकर्ताहरु लगानी गर्न इच्छुक पनि देखिएका छन् । तर, साँच्चिकै गम्भीर भएर समीक्षा गर्ने हो भने नेपालमा लघुवित्त वित्तीय संस्थाहरुले अब आफ्नो लगानीलाई गाउँकेन्द्रीत गरेर केही न केही उत्पादनमूलक क्षेत्रमा विस्तार गर्नु पर्ने देखिन्छ । अहिलेसम्मको अभ्यास हर्ेदा बजारउन्मुख क्षेत्रहरु नै लघुवित्तको मुख्य बजार बनेको छ र त्यस्तो क्षेत्रमा लगानीको पैसा सबैभन्दा बढी व्यापार र उपभोगमै खर्च भएको देखिन्छ । यर्सथ, अब त्यसमा थोरै परिवर्तन हुनु आवश्यक छ । हामीले प्रत्यक्ष उत्पादनमूलक क्षेत्रमै लगानी पुर्याउन सकियो भने त्यो दिगो हुन्छ र भोलिका दिनमा समस्या आउँदैन । नत्र भने लघुवित्तमा पनि कुनै दिन समस्या आउनसक्छ ।

विपन्न वर्गमा कर्जा प्रवाह गर्ने लघुवित्त बैंकहरु सहर केन्द्रित भए ग्रामिण भेगमा जान नसक्दा बैंकिङ साक्षरता कम भो भन्ने सुनिन्छ यस्ाको वास्तविकता के होला ?
हो, एकहदसम्म यो कुरा सहि नै हो । हिजोका दिनसम्म जतिपनि लघुवित्त वित्तीय संस्थाहरुले शाखा विस्तार गरे, मैले माथि पनि जनाएँ कि तिनीहरु बजारउन्मुख क्षेत्रमै केन्द्रीत भए । तर, अबको अवस्था भने अलि फरक छ । अब लघुवित्तहरुलाई शाखा विस्तार गर्न कुनैपनि लघुवित्तको शाखा नपुगको ठाउँलाई राष्ट्र बैंकले प्राथमिकतामा राखेको हुँदा यसमा केही कमी आउने अपेक्षा गर्न सकिन्छ । हाम्रा सबै शाखाहरु त्यस्तै स्थानमा रहेका छन्, जहाँ अहिलेसम्म कुनै पनि लघुवित्तले शाखा स्थापना गरेका छैनन् । जहाँसम्म लघुवित्तले ग्रामीण भेकमा वित्तीय सारक्षरता संचालनमा कमी आएको भन्ने सवाल छ, यसमा म सहमत छैन किनकि ठूला बैंक तथा वित्तीय संस्थाहरुले त्यसरी गाउँगाउँमा गएर कहिल्यै वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरु गरेकै छैनन् । जति पनि गाउँगाउँमा वित्तीय साक्षरता पुगेको छ,
त्यसमा लघुवित्तहरुकै देन हो । एकहदसम्म स्थानीय रुपमा सञ्चालित सहकारीहरुले पनि वित्तीय साक्षरताको लागि योगदान दिएका छन् ।

लघुवित्त संंस्थाहरुले प्रवाह गर्ने कर्जामा जोखिम हुन्छ हो ? 
अब लघुवित्तले गर्ने वित्तीय अभ्यास अन्य बैंकहरुको तुलनामा अलि फरक भएको हुँदा जोखिम छ पनि र छैन पनि भनौं । सिधा हर्ेदा विना धितो कर्जा प्रवाह गर्नुपर्दा जोखिम बढी नै देखिने भयो । तर, हामीले वित्तीय पहुँच नपुगेको गाउँघरका विपन्न परिवार जसले वित्तीय स्रोत अभावका कारण आफूसँग भएको ससानो सीपलाई समेत प्रयोग गर्न सकेको छैन, त्यो सीप बिक्री गर्न पाएको छैन त्यस्ता व्यक्तिहरुलाई थोरै थोरै लगानी गर्ने भएको हुँदा त्यो डुब्दैन भन्ने नै हो । अनि यदि कोही इमान्दार हुन्छन् भने ती गाउँघरका मान्छेहरु नै बढी इमान्दार हुन्छन्, त्यसैले हामी विश्वासका आधारमा लगानी गरिरहेका छौं । अनि हाम्रो लगानीको सुरक्षा पनि त्यही गाउँघरमा बढी हुने गरेको छ । तथापि बजार क्षेत्रका केही व्यक्तिहरु खराब निस्कनु सामान्य अपवाद हो । यर्सथ, गरिबलाई गर्ने लगानी डुब्दैन भन्ने विश्वासकै आधारमा लघुवित्त चलेको हुन्छ । अनि यसको मर्म र भावना पनि त्यही हो । हो, हामीले सुरुदेखिनै कर्जाको सदुपयोगिताको बारेमा भने पक्कै ख्याल गर्नुपर्छ ।

आखिर जोखिममा कर्जा लगानी गर्नुको कारण ?
लघुवित्त व्यवसाय केवल मुनाफा कमाउने व्यवसाय मात्र पनि होइन । गाउँघरका विपन्न परिवार जसलाई बैंकले पत्याएको हुँदैन । जोसँग पर्याप्त धितो राखेर बैंकबाट कर्जा लिने र व्यवसाय गर्ने आधार हुँदैन त्यस्ता व्यक्तिहरुलाई वित्तीय स्रोत उपलब्ध गर्राई उनीहरुलाई उद्यमशील बनाउने काम लघुवित्तले गर्छ । यर्सथ, यसलाई जोखिममै कर्जा लगानी गरेको भन्नुभन्दा पनि समाजलाई वित्तीय रुपले साक्षर बनाउँदै त्यहाँका महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन गरेको पहलकदमीको रुपमा लिनर्ुपर्छ । अनि कम आए भएका र विपन्न वर्गका मानिसहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउने अभियान पनि हो यो लघुवित्त ।

चौतारी लघुवित्त बैंकले कस्ता-कस्ता क्षेत्रमा कर्जा प्रवाह गरेको छ ?
हामीले कर्जामा पनि अलिक भेराइटी ल्याएका छौं । पारम्परिक बिनाधितो कर्जा र धितोकर्जा मात्र नभनेर हामीले बिनाधितो कर्जा अर्न्तर्गत साधारण कर्जा, व्यवसाय कर्जा, ऊर्जा कर्जा, उत्कृष्ट कृषि कर्जा, आकस्मिक कर्जा र उपभोग कर्जामा लगानी गरेका छौं भने धितो कर्जा अर्न्तर्गत लघुउद्यम कर्जा, आवास कर्जा, वैदेशिक रोजगार कर्जा र शैक्षिक कर्जामा लगानी गर्ने गरकेा छौं । हामीले कर्जाका प्रकार अनुसार ब्याजदर पनि फरकफरक तय गरेका छौं । लघुवित्त व्यवसायमा एकै खाले कर्जा प्रवाह गर्नुको साटो विभिन्न शर्ीष्ाक अर्न्तर्गत फरकफरक सेवासुविधासहित कर्जा प्रवाह गर्ने लक्ष्य अनुरुप हामीले विभिन्न क्षेत्रमा कर्जा प्रवाह गर्ने गरेका छौं ।

क, ख, ग, वर्गका वित्तीय संस्थाहरुमा धेरै प्रतिस्पर्धा छ घ वर्गका लघुवित्त बैंकमा कत्तिको प्रतिस्पर्धा छ ? 
प्रतिस्पर्धा उच्च नै छ । आजको सिनारियो हर्ेर्ने हो भने अझ घ वर्गका वित्तीय संस्थाहरुको प्रतिस्पर्धा झन् चुनौतिपर्ूण्ा बन्दै गएको छ । किनभने क, ख र ग वर्गका वित्तीय संस्थाहरुले पर्याप्त धितो सुरक्षण गरेर कर्जा प्रवाह गर्दछन्, अनि एउटा व्यक्तिले एउटै सम्पत्ति धेरै ठाउँमा धितो त राख्न मिल्दैन र सक्दैन पनि । तर, लघुवित्तमा बिना धितो कर्जा प्रवाह गरिने हुँदा एउटै व्यक्ति धेरै बैंकहरुमा सदस्य बन्ने संभावना निकै उच्च रहन्छ, जसलाई दोहोरोपना भनिन्छ । यो दोहोरोपनाको समस्या नै लघुवित्तको मुख्य समस्या हो । यर्सथ, अब लघुवित्तहरुले पनि आफैंमा प्रतिस्पर्धी बन्नुपर्ने बेला आएको छ । अर्काे बैंकका सदस्यलाई आफूतिर तान्नेतिर भन्दा वित्तीय पहुँच बाहिर रहेका नयाँ सदस्यहरुको खोजीमा ध्यान दिनुपर्ने भएको छ ।

लघुवित्तहरुमा दक्ष जनशक्तिको अभाव रहेको छ, भन्ने कुरा स्वम् संस्थाका अधिकारीहरु बताउँछन् के यो सत्य हो र कारण के होला ?
हो यो कुरामा सत्यता छ नै । किनकि लघुवित्तमा काम गर्नु त्यत्ति सहज पनि हुँदैन । किनकि यो पर्ूण्ातया फिल्डबेस्ड काम हो । सामान्य बैंकमा जस्तो कर्ुर्सर्ीी बसेर इन्डोर गरिने काम होइन । अघि पनि मैले भनें नि, यो ग्राहकको घरदैलोमा पुगरे गरिने सेवा हो । अनि त्यसका लागि कर्मचारी दिनरात नभनी खट्नुपर्ने हुन्छ र तुलनात्मक रुपमा उसले शारिरीक श्रम पनि धेरै गर्नुपर्ने हुन्छ । यर्सथ, जोकोहीले यो क्षेत्रमा काम गर्न सक्दैनन् । तर, समुदायसँग घुलमिल गर्न रुचि राख्ने मान्छेका लागि यो क्षेत्र निकै उपयुक्त हो । लघुवित्तमा काम गर्ने व्यक्तिले कामको साथै आफ्नो व्यक्तित्व र नेतृत्व क्षमता पनि विकास गर्छ ।

संस्थागत सुशासनको अवस्था कस्तो छ ?
लघुवित्त वित्तीय संस्थाहरु अझैपनि पर्ूण्ातया व्यवसायिक भएर चल्न सकेका छैनन् । अनि लघुवित्तको कामगर्ने दायरा, क्षेत्र र यसको लक्षित वर्ग पहिचान गर्न नसक्दा कर्मचारी नियुक्ति तथा अन्य व्यवस्थापकीय काममा केही संचालक तथा संस्थापकहरुको चासो पनि रहने गरेको देखिन्छ । कतिपय लघुवित्तका संचालक तथा संस्थापकहरुले लघुवित्त केवल व्यवसाय मात्र नभई यो समाज सेवा पनि हो भन्ने भावनालाई आत्मसात गर्न नसक्दा यो पर्ूण्ारुपेण सेवामुखी व्यवसायिक बन्न सकेको छैन । अब बिस्तारै दृष्य परिवर्तन हुँदै गएको छ र लघुवित्तहरु निर्भिक रुपले व्यवसायिक बन्दैछन् ।

पछिल्लो समयमा लघुवित्त संस्थाहरुको पनि चुक्ता पुँजी बढाउने कुराको व्यापक चर्चा छ यसले लघुवित्त संस्थामा कस्तो प्रभाव पार्दछ ? 
पूँजी बढाउने कुराले लघुवित्त वित्तीय संस्थाको लागि त पक्कै पनि हित नै गर्छ । किनकि हामीलाई थोरै पूँजीले काम गर्नुपर्दा निकै गाह्रो भएको छ । पूँजी बढ्दा लगानीको लागि थप पैसा पनि आउँछ अनि त्यसले लगानी गर्ने क्षमता पनि विस्तार हुन्छ । संस्थाको लागि थप इक्वीटी इन्जेक्ट हुनु त निकै राम्रो कुरा हो । तर पनि यसले लगानीकर्ताको प्रतिफललाई खुम्च्याउने हुँदा केही ठूला लगानीकर्ताहरु पूँजीवृद्धिको लागि अनिच्छुक हुन सक्छन् । अनि बैंकहरुमा जस्तो एकैचोटि धेरै गुणा पूँजी वृद्धि गर्दा चाहिं अलिक अफ्ठेरो पनि हुनसक्छ । यर्सथ, क्रमिक रुपमा समयसापेक्ष पूँजी बढाउने कुरालाई म चाहिं राम्रो नै मान्छु ।

लघुवित्त बैंकहरुलाई अझ बढी प्रभावकारी, सबल, विकास, उत्पादन र रोजगारमुखी बनाउन के गर्नुपर्ला - यसमा सरकार र राष्ट्र बैंकको भूमिका कस्तो हुुनुर्ुपर्छ ?
लघुवित्त नेपालको लागि एकदमै उपयोगी र आवश्यक वित्तीय संस्था हो । गरिबी मापनको बहुआयामिक सूचकांकका आधारमा हर्ेदा अझै पनि नेपालको जनसंख्याको आधाभन्दा बढी हिस्सा गरिबीमै रहेको हुँदा गरिबी निवारणको उपयुक्त माध्यम लघुवित्त हुनसक्छ । त्यसकारण लघुवित्तलाई आफैंमा प्रभावकारी र प्रतिस्पर्धी बनाउँदै यसको सेवालाई विशिष्टिकृत गर्नुपर्छ । यसका लागि विद्यमान वित्तीय संस्थाहरुको हाइरार्की घटाएर बैंक र लघुवित्त मात्रै कायम गर्नुपर्ने म ठान्छु । अनि जसरी अहिले अन्य बैंक तथा वित्तीय संस्थाहरु, जो आधुनिक बैंकिंगका लागि खोलिएका हुन् उनीहरुले आफैंले लघुवित्त कार्यक्रमहरु संचालन गरिरहेका छन्, त्यसले भने समस्या सिर्जना गरेको छ । यर्सथ, यसलाई रोक्नर्ुपर्छ र लघुवित्त फरक खाले वित्तीय सेवा भएको हुँदा लघुवित्तसम्बन्धी काम गर्न लघुवित्त कम्पनीहरुलाई नै दिनर्ुपर्छ न कि ठूला बैंकहरुले आफैंले समूह बनाएर लगानी गर्ने । त्यसो हुन सक्यो भने बैंक तथा वित्तीय संस्थाहरुले गर्ने काममा पनि विशिष्टिकरण हुनेछ र संस्थाहरु आफैंमा प्रतिस्पर्धी पनि बन्नेछन् ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
अन्त्यमा लघुवित्त व्यवसाय सेवामुखी व्यवसाय भएको हुँदा यसलाई लगानीकर्ताहरुले पनि मात्र मुनाफा कमाउने आधारको रुपमा सोच्नु हुँदैन । लघुवित्तले वित्तीय पहुँच विस्तार गर्दै यसको मर्म अनुसार काम गर्नुपर्छ । जुन लक्षित वर्ग हो त्यहाँ पैसा पुग्नर्ुपर्छ र त्यसबाट उसले केही न केही आर्थिक प्रगति गरेको छ छैन राम्रो चेकजाँच हुनर्ुपर्छ र सदुपयोगितामा जोड दिनर्ुपर्छ । अनि मुख्य कुरा गाउँघरमा पैसा बाँडेर मात्रै पनि हुँदैन उनीहरुलाई आवश्यकता अनुसार सीप पनि दिन सक्नर्ुपर्छ । लघुवित्तहरुले आफैं सीपमूलक तालिमहरु दिन त नसक्लान् तर त्यस्ता निकायहरुसँग समन्वय गरी अभिमुखीकरणमा पनि जोड दिनर्ुपर्छ । निश्कर्षा भन्नुपर्दा अब लघुवित्त व्यवसाय पारम्परिक रुपमा कर्जा बाँड्ने र किस्ता उठाउने मात्र होइन, यो सेेवाको विविधिकरण गर्न जरुरी छ भन्ने लाग्छ ।

No comments:

Post a Comment

कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...