लघुवित्तको उद्देश्य आर्थिक सशक्तिकरण नै हो

दैनिकपत्र दैनिकमा प्रकाशित

चौतारीको चिनारी
चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत मिति: २०७१ चैत ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भई मिति: २०७२ मंसिर ९ गते नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको रूपमा वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी मिति: २०७२ पुस १९ गतेबाट वित्तीय कारोबार सुरु गरेको लघुवित्त वित्तीय संस्था हो । बुटवल उपमहानगरपालिका, वडा नं. ८, बुद्धपथमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड १० जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको संस्था हो । नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड अहिलेसम्मकै कान्छो लघुवित्त वित्तीय संस्था हो । 
 
चौतारीको वित्तीय अवस्था
गत पुसमा केन्द्रीय कार्यालय शुभारम्भ गरेको यस वित्तीय संस्थाले माघ १० गतेबाट वित्तीय कारोबार सुरु गरेको हो । कारोबारको चौथो महिना प्रवेश गर्दैगर्दा हामीले अहिलेसम्म वित्तीय सेवाको पहुाच बाहिर रहेका स्थानहरूमा शाखा विस्तार गरेका छौं भने त्यहींका स्थानीय जो वित्तीय पहुाच बाहिर छन्, उनीहरूलाई लघुवित्त कार्यक्रममार्फत वित्तीय सेवा पुर्याइरहेका छौं । हालसम्म रूपन्देही, पाल्पा, नवलपरासी र कपिलवस्तु जिल्लामा रहेका ६ वटा शाखा कार्यालयहरूबाट हामीले १५०० भन्दा बढी महिला दिदी बहिनीहरूलाई यस वित्तीय संस्थाको समूह सदस्य बनाइसकेका छौं र उहााहरू मध्ये ८७४ जना सदस्यहरूलाई ६ करोड लगानी गरिसकेका छौं । र, हामी अब वित्तीय पहुाच नपुगेका जिल्लाहरूको रूपमा रहेको रोल्पा र सल्यान जिल्ला तत्कालै शाखा विस्तार गर्दैछौं । जसबाट हाम्रो शाखा संजाल १० पुग्नेछ र हामी १० वटा शाखाबाट वित्तीय साक्षरतासहित पहुाच विस्तार गर्नेछौं र व्यवसायिक रूपमा पनि उपलब्धि हासिल गर्दै जानेछौं ।
 
कर्जा तथा बचत सुविधाहरू
चौतारी लघुवित्तले पारम्परिक रूपमा बिनाधितो कर्जा र धितो कर्जा मात्र नभनीकन हामीले कर्जामा पनि अलिक भेराइटी ल्याएका छौं । बिनाधितो कर्जा अन्तर्गत साधारण कर्जा, व्यवसाय कर्जा, ऊर्जा कर्जा, उत्कृष्ट कृषि कर्जा, आकस्मिक कर्जा र उपभोग कर्जामा लगानी गरेका छौं भने धितो कर्जा अन्तर्गत लघुउद्यम कर्जा, आवास कर्जा, वैदेशिक रोजगार कर्जा र शैक्षिक कर्जामा लगानी गर्ने गरको छौं । हामीले कर्जाका प्रकार अनुसार ब्याजदर पनि फरकफरक तय गरेका छौं । लघुवित्त व्यवसायमा एकै खाले कर्जा प्रवाह गर्नुको साटो विभिन्न शीर्षक अन्तर्गत फरकफरक सेवासुविधासहित कर्जा प्रवाह गर्ने लक्ष्य अनुरूप हामीले विभिन्न क्षेत्रमा कर्जा प्रवाह गर्ने गरेका छौं ।
त्यस्तै समूह सदस्यहरूलाई ससानो रकम बचत गर्ने बानीको विकास गराउने उद्देश्यले विभिन्न किसिमका बचतका कार्यक्रमहरू पनि संचालन गरेका छौं । जस अन्तर्गत अनिवार्य समूह बचत, केन्द्रकोष बचत, व्यक्तिगत बचत, चौतारी पेन्सन बचत, पर्व बचत, बिमा बचत र विशेष आवधिक बचत खाताहरू संचालनमा रहेका छन् । कर्जा र बचतको अलवा रेमिटान्स भुक्तानी सेवासहित सामाजिक सुरक्षा सेवा, कर्जा तथा बचत सुरक्षण सेवा र सीप तथा क्षमता विकासका लागि पनि अभिमुखीकरण कार्यक्रमहरू संचालन गरिनेछ ।
 
समग्रतामा लघुवित्तको अवस्था
हाल नेपालमा नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरू ४१ वटा रहेका छन् । त्यसको अलवा केही गैरसरकारी संस्थाहरूले पनि लघुवित्त कार्यक्रम संचालन गरिरहेका छन् भने गाउाघरमा स्थानीय रूपमा संचालित सहकारीहरूले पनि लघुवित्त सेवा प्रवाह गरिरहेका छन् । खासगरी गाउाघरका गरिब र विपन्न परिवारका मानिसहरूलाई बिना धितो सामुहिक जमानीका आधारमा कर्जा प्रवाह गरी उनीहरूलाई आर्थिक रूपले सक्षम बनाउने उद्देश्य लघुवित्तको रहेको हुन्छ । 
अहिले भर्खरै संचालनमा आएका केही लघुवित्तहरू बाहेक सबैजसो लघुवित्त वित्तीय संस्थाहरूले राम्रो मुनाफा आर्जन गरिरहेका छन् । अनि शेयरधनीहरूलाई पर्याप्त मात्रामा लाभांश पनि बााडिरहेकै छन् । यसरी हेर्दा लघुवित्त वित्तीय संस्थाहरूको आर्थिक अवस्था पनि मजबुद् नै देखिन्छ । अनि लगानीकर्ताहरूको प्रतिफल पनि सुनिश्चित भएकोले उनीहरू लघुवित्त कम्पनीहरूप्रति आकर्षित देखिन्छन् । फलस्वरूप बजारमा लघुवित्तलाई लगानीको प्रतिफल सुनिश्चित हुने क्षेत्रकै रूपमा पनि लिने गरेको देखिन्छ । शेयर बजारमा लघुवित्त कम्पनीको शेयरमा सबैको आकर्षण पनि बढेको देखिन्छ । शायद त्यही आकर्षणकै कारण पूाजी बजारमा लघुवित्त वित्तीय संस्थाहरूको शेयर विक्री आवेदन खुल्ला हुादा सयौं गुणा आवेदन पर्ने पनि गरेको छ । अब लघुवित्तले मुनाफाकेन्द्रीत भन्दा पनि लक्षितसमूह केन्द्रीत व्यवसाय गर्नुपर्छ । अनि त्यसरी गरिने व्यवसाय नै दीगो हुन्छ ।

अब लघुवित्तले के गर्नुपर्छ ? 
अहिलेसम्मको अभ्यास हेर्दा लघुवित्त वित्तीय संस्थाहरू सहरबजार केन्द्रीत देखिन्छन् । बजारउन्मुख गाउाहरू नै लघुवित्तको मुख्य बजार बनेको देखिन्छ । अब लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो लगानीलाई गाउाकेन्द्रीत गरेर केही न केही उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नैपर्छ । अनि लघुवित्तको खास मर्म र भावना अनुसार वित्तीय पहुाच विस्तार गर्नुपर्छ । बजारउन्मुख क्षेत्रमा कर्जा प्रवाहको क्षेत्र खासगरी व्यापार र उपभोग देखिएको छ । यसले तत्कालका लागि मुनाफा आर्जन गर्न सजिलो त हुन्छ तर, दीर्घकालमा त्यो निकै ठूलो समस्या बनेर आउन सक्छ । त्यसकारण अब त्यसमा थोरै परिवर्तन हुनु आवश्यक छ र लघुवित्तहरू सााच्चिकै नयाा ठाउामा गएर संभावनाको खोजी गर्नु जरुरी छ । यदि आजैदेखि हामी दिगोपनाको खोजीमा क्रियाशील भएर लाग्यौं भने भोलिका दिनमा समस्या आउादैन । 
 
लघुवित्तको ब्याजदर महंगो होइन
पछिल्लो समयमा लघुवित्त बैंकहरूले कर्जामा लिने गरेको व्याजदर महंगो भएको कुराहरू आएका छन् । कतिपय अखबारहरूले ब्याजदर महंगो भएकोले लघुवित्त वित्तीय संस्थाहरूलाई ‘नयाा शोषक’ कै संज्ञा दिएर समाचारहरू लेखेको पनि देखियो । तर, यथार्थ त्यस्तो होइन । लघुवित्तहरूले लिने ब्याज किन महंगो हुन्छ ? भन्ने यथार्थ बुझ्नुपर्छ । बैंकले पर्याप्त धितो लिएर कर्जा लगानी गर्छ तर हामी बिना धितो कर्जा दिन्छौं । अन्य बैंकहरूसाग लघुवित्तलाई तुलना गरेर यसको ब्याज महंगो भयो भन्नु सहि होइन । किनकि हामीले सबैभन्दा पहिले लघुवित्त बैंक र अन्य बैंकहरूबीचको कार्यगत भिन्नता बुझ्नु जरुरी हुन्छ । लघुवित्त बैंकहरूले पुर्याउने वित्तीय सेवा र अन्य बैंकहरूबाट प्राप्त गर्ने वित्तीय सेवामा निकै भिन्नता छ । हामी गाउागाउामा गएर सेवा पुर्याउाछौं । हाम्रो सेवा पाउनका लागि ग्राहक बैंकसम्म आउनुपर्दैन । हामी उनीहरूकै घरदैलोमा पुगेर सेवा दिन्छौं । यसो गर्दा जो श्रम गरेरै आफ्नो गुजारा चलाउाछ, त्यो व्यक्ति आफ्नो श्रम गर्ने समय माया मारेर बैंक धाउनु पर्दैन । हामी उनीहरूको घरदैलोमै पुगेर सेवा दिन्छौं । 
अनि अर्को कुरा हामी ससानो लगानीमै केन्द्रीत हुन्छौं । बैंकसम्म गएर कारोबार गर्न पहुाच नभएका मानिसहरू हाम्रा ग्राहक हुन्छन् । हामी उनीहरूलाई समूहमा आवद्ध गराउाछौं र घरदैलोमै पुगेर वित्तीय सेवा दिन्छौं । यसर्थ, ठूला बैंकसम्म पुग्न नसक्ने, अथवा बैंकमा धितो राखेर कर्जा लिन नसक्ने मानिसहरूलाई हामी बिनाधितो विश्वासका आधारमा समूह जमानीमा कर्जा दिन्छौं । अनि हाम्रो लगानी गाउाघरतिर छरिएर रहेको हुन्छ । कर्जा लगानीमा भौगोलिक रूपले पनि दूरी बढी हुने भएकोले संचालन लागत बढ्न जान्छ, त्यसैले अन्य बैंकहरूको तुलनामा लघुवित्तको ब्याजदर केही बढी हुन पुग्छ । तथापि लघुवित्त वित्तीय संस्थाहरूले पनि अब प्रतिस्पर्धी रूपले लागत घटाउादै सर्वसुलभ लगानीका लागि विकल्पहरूको खोजी गर्नुपर्ने बेला आइसकेको छ । 
 
लघुवित्तको उद्देश्य आर्थिक सशक्तिकरण नै हो 
लघुवित्तको मुख्य उद्देश्य गाउाघरमा वित्तीय साक्षरता अभियान संचालन गर्नु पनि हो । अनि ती ग्रामीण महिलाहरू जो चुलोचौकामै सीमित हुन्छन्, जसले आफ्ना पारिवारिक आवश्यकताहरू पूरा गर्नका लागि आफ्ना श्रीमान्कै भर पर्नुपर्ने अवस्थालाई अन्त्य गर्नै उनीहरूलाई सामाजिक र आर्थिक रूपले सशक्तिकरण गर्नु पनि हो । यसर्थ, लघुवित्तले जसरी वित्तीय स्रोतको उपलब्धताको लागि काम गर्छ, त्यसैगरी स्थानीय स्तरमा स्वरोजगारका अवसरहरू देखाउने काम पनि गर्छ । अझ सााच्चिकै भन्नुपर्दा अबको लघुवित्तलाई केवल वित्तीय स्रोत उपलब्ध गराउने संस्थाको रूपमा मात्र नभई यसबाट प्रवाह गरिने सेवालाई विविधिकरण गर्नु जरुरी हुन्छ । लघुवित्तको दीगो विकास र सम्बद्र्धनका लागि वित्तीय सेवाको अलवा यसले स्वरोजगारको सवालमा सीप र दक्षता अभिवृद्धि गर्ने खालका अभिमुखीकरण कार्यक्रमहरूलाई पनि सागसागै लैजानुपर्ने आवश्यकता देखिन्छ । त्यसो हुन सक्यो भने सशक्तिकरण र आर्थिक आत्मनिर्भरताको विकास हुनेछ । अब लघुवित्तहरू पनि सेवा प्रवाहमा विविधिकृत हुनुपर्छ ।

No comments:

Post a Comment

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान” विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परी...