अमलटारीको सम्पत्ति

मनिकर कार्की निवर्तमान
 केही दिनदेखि नै कामको सिलसिलामा नवलपरासी जानुपर्ने थियो, तर अवसर मिलेको थिएन । यसपटक भनें अनायासै नवलपरासीतिर हर्ुइंकिने सोच बनाएँ र तीन बजे बुटवल छाडें । बुटवलबाट एक्लै मोटरसाइकलमा हर्ुइंकिंदा त्यत्ति जाँगर चलेको थिएन । किनकि सामान्यतया केही लामो यात्रामा कोही न कोही साथीको सख्त जरुरत हुन्छ जो । यद्यपि मौसममा आएको बदलीसँगै बाटोमा कडा घाम थिएन र पानी पनि परेको थिएन । वषर्ात्को सुरुवातसँगै पलाउँदै गरेको रुख बिरुवाका नयाँ पालुवाले वातावरण हरित तुल्याएको थियो नै गर्मीयाममा आकाशभरि टम्मै छाएको बादलुको च्यादरले शीतल महशुस भइरहेको थियो । अनि त मौसममा देखिएको अनुकूलताले मलाई ताजगी बनाउँदै लग्यो र एक्लो यात्रा पनि रोमाञ्चित हुँदै गयो । नवलपरासीको गोछडा पुग्दा साँझको ठीक पाँच बजेको थियो । गोछडा पुगेपछि डण्डाका एक जना मित्र कृष्ण गैरेसँग सर्म्पर्क भयो । अब त्यस रात अमलटारीको होमस्टेमा बस्ने निधो गरियो ।

त्यत्तिकैमा दैनिकपत्रका मित्रहरु सीपी खनाल र महेश रिजालसँग सर्म्पर्क भयो । त्यसो त बुटवलबाट हिंड्न क्रममै उनीहरुलाई यात्राको प्रस्ताव गरेकै थिएँ । अनि प्रायजसो यसो फर्ुसदको बेलामा सँगसँगै घुम्न निस्किहाल्ने सीपी र महेश पनि घुम्नजाने भनेपछि सारै रौसिहाल्छन् । हामीलाई अमलटारीमा साथ दिनकै लागि उनीहरु बुटवलबाट साँझ ६ बजे हर्ुइंकिए । गोछडामा हामी चार जनाको भेट हुँदा साँझको त्यस्तै साँढे आठ बजेको थियो । त्यतिबेलासम्म मैले पनि आफ्नो काम सकेर अनलाईनहरुमा अपडेट हेरिरहेको थिएँ । गोछडाबाट अमलटारीतर्फलाग्दा साँझको ९ बजिसकेको थियो । साँझको समयमा भर्खरै पानी परेको भएतापनि बाटो ओभानो भइसकेको थियो । यदाकदा खाल्टाखुल्टीमा पानी जम्नु बाहेक बाटो खासै अफ्ठेरो थिएन । त्यसो त तर्राईतिरका बाटाहरु मोटरसाइकल हर्ुइंक्याउनको लागि असाध्यै मज्जाका हुन्छन् । हामी गोछडा, अमलटारीका खेत खलियानको रात्रीकालीन अवलोकन गर्दै बाघखोरस्थित अमलटारी होमस्टेतिर लाग्यौं ।
हामी चारै जनाको लागि अमलटारीको भ्रमण अपरिचित र नौलो थिएन । मित्र कृष्णको लागि त यो ठाउँ बाल्यकाल बिताएकै ठाउँ भइगयो । बाँकी हामी तीनका लागि पनि यो अपरिचित थिएन । यस अघि पनि पटकपटक हामी त्यहाँ पुगेका थियौं । तथापि त्यहीं होमस्टेमा बास बसेको भने पहिलो अनुभव हुँदै थियो । त्यस दिन अमलटारीका होमस्टेहरुमा खचाखच पाहुना रहेछन् । राती अबेर मात्र जानकारी भएका कारण हामीलाई घरमा खाना खुवाउन नसकिने भन्दै त्यहींको एउटा रेष्टुरेण्टमा खानाको व्यवस्था गरियो र बास बस्न होमस्टेमा लैजाने कुरा भयो ।
बिहानै घरबेटी आमैले कागती हालेको चिया खुवाइन् । चियापछि हामी केही क्षण घुमफिर गर्ने मनसुवाले बाहिरियौं । खेतभरी पहेंलपुर भएर पाकेका चैते धानले बाली लहलह थियो भने कतै अर्को धानबालीका लागि बिउ राख्ने काम भइरहेको थियो । कतैकतै बिउ उम्रिएर हरियो भइसकेको देखिन्थ्यो ।
त्यहींको एक रेष्टुरेण्टमा खाना खाइसकेपछि हामी त्यहींको सांस्कृतिक भवनमा सांस्कृतिक कार्यक्रम हर्ेन गयौं । श्रम र समुदायमा आधारित थारु संस्कृतिका केही झलकहरु हर्ेदा निकै रमाइलो अनुभव भयो । किनकि आफ्नो संस्कार र संस्कृतिको जगर्ेना गर्नका लागि  भर्खरका थारु किशोर किशारीहरुलेे देखाएको उत्साह र उर्जापर्ूण्ा नाचले जोकोहीलाई उत्साहित बनाउँथ्यो नै, युवायुवती सराबरी भएर लाठी बजाउँदै नाचिने लाखे नाच हर्ेदा जति रोमाञ्चित देखिन्थ्यो, त्यत्तिनै जोखिमपर्ूण्ा पनि लाग्दथ्यो । किनकि एक जनाले मात्रै पनि नाचको एक स्टेप बिगारेको खण्डमा ठूलै दर्ूघटना हुने संभावना पनि हुने रहेछ । त्यसकारण एकदमै सावधानीका साथ एकाग्र भएर नाच्नुपर्ने त्यो नाच साँच्चिकै राम्रो लाग्यो । त्यसैगरी थारु संस्कृतिमा आधारित यस्तै लाठी नाच, डम्फु नाच र रिमिक्स् गरी केही आइटम नाचगानसँगै उपस्थित पाहुनाहरुलाई मनोरञ्जन दिए । हामी पनि सांस्कृतिक कार्यक्रम सकेपछि बास बस्नको लागि पाहुनाघतिर लाग्यौं । पाहुना घरमा गएर सुत्दा रातिको १२ बजिसकेको थियो ।

बिहान उठेर बाहिर निस्किनको लागि तयार हुँदा त्यस्तै सात जति बजिसकेको थियो । बिहानै घरबेटी आमैले कागती हालेको चिया खुवाइन् । चियापछि हामी केही क्षण घुमफिर गर्ने मनसुवाले बाहिरियौं । खेतभरी पहेंलपुर भएर पाकेका चैते धानले बाली लहलह थियो भने कतै अर्को धानबालीका लागि बिउ राख्ने काम भइरहेको थियो । कतैकतै बिउ उम्रिएर हरियो भइसकेको देखिन्थ्यो । यसरी अमलटारीका फाँटहरुमा तीन बाली प्रस्ट देख्न सकिन्थ्यो । कतै धान झुलेर लहलह भएका त कतै जुँगा धारण गरेका हरिया मकैका घोगा र वर्खे रोपाईंका लागि बिउ राख्दै त कतै उम्रिदै गरेको जीवन्त दृष्य, यसले मनलाई सारै मुग्ध बनायो । जसरी अमलटारीले नमूना होमस्टे संचालन गरेर प्रसंसा कमाइरहेको छ, त्यसैगरी यहाँको कृषि उत्पादन पनि लोभलाग्दो देखिन्थ्यो । पानी र सिंचाईको सुविधा पुगेको यो क्षेत्रमा सामान्य रुपमा हर्ेदा पनि तीन बाली प्रस्टै देखिन्थ्यो ।
हामीलाई लेमन टी खुवाउने होमस्टे संचालिका एक जना आमा भन्दै थिइन्, 'हामी सकेसम्म पाहुनाहरुलाई यहींकै स्थानीय उत्पादन खुवाउँछौं ' । माछा, लोकल कुखुरा, हाँस, खसीको मासु तथा स्थानीय रुपमा उत्पादित सागसब्जी नै यहाँको मुख्य मेनु रहेछ । यसपाली पनि घरकै मेनु त चाख्ने अवसर मिलेन, तैपनि यसपटकको अमलटारी बर्साईमा त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक र प्राकृतिक सम्पत्तिको बारेमा मनग्गे जानकारी हासिल गरियो । धेरै चोटी अमलटारी गएर पनि त्यहाँको सांस्कृतिक विशेषताको अनुभव लिन पाइएको थिएन, जुन यसपटकको घुमाइमा प्राप्त भयो । साथै यो पटकको भ्रमण नयाँ र साँच्चिकै रोमाञ्चित लाग्यो, किनकि यसपटक  त्यहाँको बारेमा धेरै कुरा जान्ने मौका मिल्यो ।
नेपालकै नमूना र उत्कृष्ट व्यवस्थापन मानिने यहाँ २२ घरमा होमस्टे संचालित रहेछ, जहाँ एकैपटक ८८ जना पाहुनाहरुलाई राख्न सकिने व्यवस्था छ । समुदायको सक्रिय सहभागितामूलक व्यवस्थापनमा संचालियत यहाँको होमस्टे नेपालकै नमूना मानिन्छ ।
अमलटारी अहिले होमस्टे गाउँको रुपमा चर्चित छ । नेपालकै नमूना र उत्कृष्ट व्यवस्थापन मानिने यहाँ २२ घरमा होमस्टे संचालित रहेछ, जहाँ एकैपटक ८८ जना पाहुनाहरुलाई राख्न सकिने व्यवस्था छ । समुदायको सक्रिय सहभागितामूलक व्यवस्थापनमा संचालियत यहाँको होमस्टे नेपालकै नमूना मानिन्छ । बुटवलबाट पुगनपुग ८५ किलोमिटरको दुरीमा रहेको बाघखोर, अमलटारीस्थित थारु गाउँको यो सुन्दर बस्ती तीन वर्षअघिसम्म कहिंकतै जानकारीमा थिएन । न त यहाँ अहिलेजस्तो लर्कोलगाएर बास बस्न देशविदेशबाट पर्यटकहरु नै आउँथे, न त यहाँका मानिसहरु अहिलेजस्तो जान्नेसुन्ने नै भएका थिए । उनीहरुलाई थियो त केवल निकुञ्ज प्रभावित क्षेत्र भएकोले निकुञ्जबाट आउने बन्यजन्तुको डर । अनि अभाव र पछौटेपनले उत्पन्न गरेको निराशाजन्य कुण्ठा ।
हो, २०७० सालसम्म यो गाउँमा अहिलेजस्तो कुनै रौनक थिएन, कुनै आकर्षा थिएन र यत्तिको चर्चा पनि थिएन । जब २०७० साल जेठ महिनाबाट यहाँ होमस्टे सुरु भयो, यसको रौनकनै फेरिएको छ् । समुदायको तर्फाट होमस्टेको व्यवस्थापनमा सक्रिय एकजना व्यवस्थापक गणेश गुरौ आफ्नो अनुभव यसरी सुनाउँछन्, 'पहिलेपहिले हाम्रो गाउँ पछौटे थियो, कसैले चिन्दैनथे । साबिक पिठौली गाविसमा पर्ने यो वडा निकै पिछडिएको वडा थियो । बाघखोर भन्ने त कसैलाई थाहै थिएन' । जब निकुञ्ज प्रभावित मध्यवर्ती क्षेत्रको पर्यावरण, आर्थिक, सामाजिक विकासको कुरा आयो तब यहाँका मान्छेहरु जागे र केही अगुवाले होमस्टेको अवधारणा ल्याएको गुरौ सुनाउँछन् । उनी भन्छन्, 'यो गाउँका हामी सबै बर्दियाको डल्ला गाउँको होमस्टे हर्ेन गयौं  र त्यहींबाट सिकेर हामीले होमस्टे संचालन गर्यौं' । पर्ूण्ातया समुदायकै व्यवस्थापनमा संचालित बाघखोर उर्फअमलटारी होमस्टेको संचालन प्रक्रिया पनि पर्ूण्ातया समुदायमा आधारित रहेछ ।

यहाँ आउने जोसुकै पाहुनालाई कार्यालयमार्फ सर्म्पर्क गरेर कार्यालयले नै कुन घरमा बसाउने भन्ने तय गर्ने गरेको रहेछ । यसरी होमस्टे भएका सबै घरको खाता कार्यालयसँग रहने र क्रमैसँग पाहुनाहरुलाई बाँडेर पठाउने गरिएको रहेछ । अनि पाहुनाहरुबाट उठेको पैसा हरेक घरले कार्यालयलाई नै हस्तान्तरण गर्ने र कार्यालयबाट १० प्रतिशत रकम कटाएर बाँकी रहेको रकम पुनः घरघरमै चेकमार्फ भुक्तानी गर्ने रहेछ ।
हो, २०७० सालसम्म यो गाउँमा अहिलेजस्तो कुनै रौनक थिएन, कुनै आकर्षा थिएन र यत्तिको चर्चा पनि थिएन । जब २०७० साल जेठ महिनाबाट यहाँ होमस्टे सुरु भयो, यसको रौनकनै फेरिएको छ् । समुदायको तर्फाट होमस्टेको व्यवस्थापनमा सक्रिय एकजना व्यवस्थापक गणेश गुरौ आफ्नो अनुभव यसरी सुनाउँछन्, 'पहिलेपहिले हाम्रो गाउँ पछौटे थियो, कसैले चिन्दैनथे ।
यसरी रकम भुक्तानी गर्दा प्रत्येक घरमा समानुपातिक ढंगले वितरण गर्ने र कुनै घरको आम्दानी बढी देखिएको खण्डमा बढी हुन गएको रकमलाई खातामै बक्यौता राखेर समानुपातिक ढंंगबाट वितरण गर्ने गरिएको उनले बताए । यसबाट कुनै घरमा घेरै पाहुना आएर आम्दानी बढी हुने र कुनैमा पाहुना नआएर कम नहुने रहेछ । सबैले समानुपातिक रुपले पाहुनाहरुलाई राख्ने र आम्दानी पनि सोही अनुसार गर्ने रहेछन् । कार्यालयले नै पाहुनालाई रोटेशन अनुसार मिलाउने हुँदा यो महिना कुनै घरको आम्दानी बढी देखियो भने अर्को महिना त्यो घरमा कम पाहुना पठाएर सन्तुलन मिलाउने गरिएको ती व्यवस्थापकले बताए ।

समुदायको पहलमा एकगठ भएर काम गर्ने हो भने हरेक कुराको संभावना छ भन्ने दरिलो उदाहरण बनेर अमलटारी उभिएको छ । होमस्टेको आम्दानीबाटै प्रत्येक घरधुरीले मासिक रुपमा कम्तीमा १५ हजारसम्म आम्दानी गर्न सक्ने रहेछन् । त्यस्तै त्यहाँ अहिले समुदायकै पहलमा एकघर एक रोजगार अभियान संचालन गरेर गाउँका युवायुवतीहरुलाई विभिन्न किसिमका सीप मूलक तालिम संचालन गर्ने गरेको जानकारी पाइयो । समुदायको सामुहिक पहल भएमा गाउँमै बसेर सुन फलाउन सकिन्छ र समुदायको प्रत्यक्ष निगरानी र व्यवस्थापनमा संचालित जुनसुकै परियोजनाहरु सफल हुन सक्छन् भन्ने गतिलो उदाहरण अमलटारीले पेश गरेको छ । 

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...