धान दिवसका अर्थहीन झाँकीहरु

मनिकर कार्की निवर्तमान
१५ गते औपचारिक रुपमा धुमधामका साथ धान दिवस अर्थात् रोपाईं जात्रा मनाएको देखियो । केही वर्षपहिलेदेखि सरकारले १५ असारलाई औपचारिक रुपमा धान दिवसको रुप्मा मनाउँदै आएको छ । सोही बेलादेखि असार १५ लाई रोपाईं जात्राको रुपमा मनाउन थालिएको छ । यसलाई श्रम संस्कृति मान्ने हो भने ठीकै छ । यसले श्रमको सम्मान गरेको भन्न सकिएला । तर, जसरी धान दिवसका दिन झाँकीहरु देखियो, त्यसमा भने सहमति जनाउन सकिने अवस्था रहेन ।


मन्त्री र सरकारी अधिकारीहरु नै संलग्न भएका कतिपय धानदिवसका झाँकीहरु अनौठो र उत्ताउलो खालको पनि देखियो । सामाजिक सञ्जालमा धेरैले खेतमा डुबुल्की मारेर तस्बिरहरु खिचाए अनि पोष्ट गरे । यसपालीको धान दिवसमा मन्त्रीले गमलामा रोपाईं गरे अनि सरकारी अधिकारीहरुले बिउको माला लगाएर पर्व मनाए ।अनि बजारियाहरुले खेतमा डुबुल्की मारेर सेल्फी खिचाए । सतहमा देखियो हामी कृषि पेशाप्रति कत्तिको चिन्तित छौं । कत्ति सम्मान गर्छर्ाा भन्ने कुरा । मन्त्रीदेखि सरकारी अधिकारी तथा सरोकारवाला संघसंस्थाहरु सम्मले धानदिवसलाई बडो रोचक र यादगार रुपले मनाएको देखियो । तर, त्यसले वास्तविक रुपमा किसानको समस्या र कृषिलाई सम्मान प्रकट गरेको भान भएन । बरु कृषिलाई एक दिनको मनोरञ्जनको रुपमा लिने संस्कृति जन्मिएको झैं लाग्यो ।

मन्त्रीदेखि सरकारी अधिकारी तथा सरोकारवाला संघसंस्थाहरु सम्मले धानदिवसलाई बडो रोचक र यादगार रुपले मनाएको देखियो । तर, त्यसले वास्तविक रुपमा किसानको समस्या र कृषिलाई सम्मान प्रकट गरेको भान भएन ।
असार १५ गते धान दिवस मनाउँदै गर्दा वषर्ायाममा आएको मौसमी परिवर्तनले असारको तेस्रो सातासम्म पर्याप्त वषर्ा हुँदैन र खेतहरुमा धान रोप्नेकाम सुरु हुन सकेको छैन । यस सवालमा सम्बन्धित निकायले बिउ लगाउने र रोप्ने समय निर्धारण गरिदिए कृषकहरुलाई केही सजिलो हुन्थ्यो । पछिल्ला केही वर्षरुमा असारको अन्तिम र साउनको दोस्रो सातातिर बढी वषर्ा हुने गरेको अनुभव छ । यो मौसमी परिवर्तनसँगै हामीले लगाउने खेती प्रणालीको समय पनि परिवर्तन गर्नुपर्ने हो । तर, धानदिवसको दिन कृषि मन्त्रीले गमलामा धान रोपेर फोटो खिचाउँदै गर्दा यसमा ध्यान दिएको देखिएन ।

अनि अर्को कुरा जहिल्यै असार लागेपछि किसानहरु चिन्तित हुने गरेका छन् । समयमा सहज तरिकाले बिउ नपाउने र मल नपाउने समस्याले कृषकको चिन्ता हट्न सकेको छैन । यसपाली जेठ महिनादेखि नै र्सवसुलभ किसिमले किसानलाई बिउ र मल उपलब्ध गराउन सकेको भए त्यो प्रभावकारी हुन्थ्यो । रोपाईं सुरु हुनै लाग्दा मलको अभावमा किसानहरु चिन्तित बनेको समाचारहरु प्रकाशित भइरहेका छन् । खै सरकारले त्यसमा ध्यान पुर्याएको - अन्तिम अवस्थामा कृषकहरु तस्करी गरेको कमसल मल र बिउ प्रयोग गर्न बाध्य हुन्छन् । प्रत्येक वर्षदोहोरिने यो समस्याको हल कहिले हुन्छ ?

समाजमा एउटा संस्कृति विकास हुँदै गएको छ । हरेक कुरालाई मनोरञ्जनात्मक रुपमा मनाउने । हुँदाहुँदा धान दिवसलाई पनि रोपाईं जात्राको रुपमा मनाउन थालियो । विद्यालय कलेजहरुले पनि धान दिवसको दिन केटाकेटीहरुलाई खेतमा पठाउन थाले । अनि गैर कृषि पेशामा संलग्नहरु पनि यसो खेतमा पसेर फोटो खिचाएर मोह पर््रदर्शन गर्न थाले । के यस्ता क्रियाकलापले साँच्चिकै कृषिलाई योगदान पुग्छ - विषय अलि गम्भीर छ भन्ने लाग्छ ।
अहिले कृषि हेपिएको र चेपिएको पेशा हो । समाजले कृषकलाई कुनै सम्मान दिंदैन । किनकि किसान जहिल्यै माटो र हिलोमा खेल्छ, उ सुकिलो मुकिलो हुन सक्दैन । यर्सथ उसलाई समाजमा सम्मान छैन । 
यो सवालमा मेरो धारणा अलिक फरक छ । खेतमा जान रहर गर्ने वा फोटो खिच्ने कुरा एउटा हो । मेरो भनाइ के हो भने जो व्यक्ति गैरकृषि पेशा अंगालिरहेको छ, उसले धेरै फर्ुर्ति नगरेकै राम्रो । बरु कृषिमा संलग्नहरुलाई उचित सम्मान र राज्यले सुविधा दिनुपर्यो र त्यसलाई पनि गैर कृषिजस्तै मर्यादित बनाउनु पर्यो । अहिले कृषि हेपिएको र चेपिएको पेशा हो । समाजले कृषकलाई कुनै सम्मान दिंदैन । किनकि किसान जहिल्यै माटो र हिलोमा खेल्छ, उ सुकिलो मुकिलो हुन सक्दैन । यर्सथ उसलाई समाजमा सम्मान छैन ।

साथसाथै त्यो पेशाबाट आफू र आफ्नो परिवार सुरक्षित हुन सकेको छैन । किनकि यहाँ कृषिको न त संगठित उत्पादन छ, न त संगठित बजार नै । कृषकलाई बाली नभित्र्याउँदा सम्म एउटा चिन्ता हुन्छ भने बाली भित्र्याएपछि झन् मूल्यको चिन्ता थपिन्छ । धानकै कुरा गर्दा कृषकले कहिल्यै धानको उचित मूल्य पाउँदैन । उखु कृषक र चिनीमिलबिच सधैं विवाद हुन्छ । मूल्य नपाउँदा बाली नै आगो लगाएका घटनाहरु जति पनि छन् । तर, उपभोक्ताले वस्तु सस्तोमा पाएका छैनन्, चामल र चिनीको भाउ जहिल्यै बढ्छ । त्यसो भए समस्या कहाँनेर छ ?

समस्या बिचौलियामा छ । कृषि क्षेत्रमा तहगत बिचौलियाहरु छन् जसले किसान र उपभोक्ता दुवैलाई मारमा पारेका छन् । यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्यो । अनावश्यक विचौलियालाई नियन्त्रण गर्नुपर्यो । अनि उनीहरुलाई वैधानिक परिधिभित्र ल्याउनुपर्यो । राज्य र राज्यका निकायमा बस्नेहरुले गर्ने काम त्यो हो, नकि कुनै औपचारिक कार्यक्रममा जगहसार्ँइ गर्दै नाचगान र उफि्रपाफ्री गर्ने ।
धानदिवसको दिन केके न गरेझैं खेतमा उफ्रेर फोटो खिचाएर फेसबुकमा राख्दैमा केही हुन्न । म व्यक्तिगत रुपमा अहिले गैरकृषि पेशामा संलग्न छु, त्यसकारण म यसमा कुनै रोइकराइ पनि गरिराखेको छैन । तर, युवाहरुलाई कृषिपेशामा आकषिर्त गर्दै उत्पादकत्व बढाउने दिशामा लाग्नुपर्यो ।
धानदिवसको दिन केके न गरेझैं खेतमा उफ्रेर फोटो खिचाएर फेसबुकमा राख्दैमा केही हुन्न । म व्यक्तिगत रुपमा अहिले गैरकृषि पेशामा संलग्न छु, त्यसकारण म यसमा कुनै रोइकराइ पनि गरिराखेको छैन । तर, युवाहरुलाई कृषिपेशामा आकषिर्त गर्दै उत्पादकत्व बढाउने दिशामा लाग्नुपर्यो । राज्यले त्यो किसिमको नीति ल्याउनु पर्यो किसानलाई यथोचित सम्मान हुनर्ुपर्छ भन्नेमा मेरो जोडबल हो । धान दिवस भन्दै खेतमा डुबुल्की मारेर सेल्फी हानेर फोटो पोष्ट गर्दैमा कृषिको विकास हुन्न भन्ने मेरो अभिमत हो । आगे आफैंले बुझ्नुस् ।
-तस्बिरहरु आफ्नै संग्रहालयबाट)

No comments:

Post a Comment

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान” विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परी...