विद्यार्थी आन्दोलनको अबको गन्तब्य

मनिकर कार्की 'निवर्तमान'
तस्बिरः गुगल खोजी
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु)को चुनाव आगामी फागुन १४ लाई तोकेको छ । अब विगतमा जस्तै विद्यार्थी संगठनहरुले जितहारको हिसाबकिताब नगरीकन विद्यार्थी राजनीतिलाई शुद्धिकरण गर्ने अवसरका रुपमा आसन्न चुनावलाई लिने हो भने २०६५ सालदेखि स्थगित हुँदै आएको स्ववियू चुनाव यस वर्षहुने देखिन्छ । स्ववियू चुनावको प्रसंग चल्दै गर्दा अबको विद्यार्थी आन्दोलनको उद्देश्य र गन्तब्यको बारेमा व्यापक बहस हुनु जरुरी देखिन्छ । नेपालमा विद्यार्थी आन्दोलनको इतिहास हर्ेदा विद्यार्थी आन्दोलनले पक्कै पनि राजनीतिक उद्देश्य नै बोकेको देखिन्छ । अनि निम्न माध्यमिक विद्यालयमा पढ्दा देखि नै विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेका धेरै नेताहरु अहिले राजनीतिक दलको केन्द्रीय तहमा पुगेका छन् । यर्सथ, विद्यार्थी आन्दोलनको विगत हर्ेदा यसले राजनीतिक अभिष्ट नै बोकेको देखिन्छ ।


के अब पनि नेपालको विद्यार्थी आन्दोलनले त्यही विरासतलाई बोकेर हिंड्नर्ुपर्छ - वा यसले अब आफ्नो उद्देश्य र गन्तब्य परिवर्तन गर्नुपर्छ - स्ववियू चुनावको सेरोफेरोमा यो एउटा गम्भीर बहसको विषय बन्नर्ुपर्छ । अहिलेको नयाँ उदाउँदै गरेको युवा पुस्तालाई हर्ेदा त्यो पुस्ता कुनै न कुनै रुपमा राजनीति प्रति निरपेक्ष देखिने गरेको छ । हालै कक्षा १२ मा पढ्ने एकजना विद्यार्थीले 'राजनीति'को बारेमा निबन्ध लेख्दा 'राजनीति फोहोरी खेल हो' भन्दै एक लाइनमा सिंगो निबन्धको निश्कर्षनिकालेका थिए । जबकि १२ कक्षामा पढ्ने विद्यार्थीले पक्कै पनि मुलुकको अर्थराजनीतिक व्यवस्था र अवस्थाप्रति चिन्ता र चासो अभिव्यक्त गर्नुपर्ने हुन्छ । तर, यथार्थमा त्यसो हुन सकेको छैन । हो, विद्यार्थीहरुलाई जागरुक बनाउन गठित विद्यार्थी संगठनहरुले किन त्यो प्रकारको जागरण पैदा गर्न सकेन - प्रश्न यो पनि हो ।
अनि समयसापेक्ष शिक्षा नीति र प्रणालीको बहसमा पनि विद्यार्थी संगठनहरु उत्रिने हैसियत बनाउनर्ुपर्छ । बृहत्तर रुपमा मुलुकको शैक्षिक प्रणालीको सुदृढिकरणका लागि विद्यार्थी संगठनहरुले भूमिका निर्वाह गर्नुपर्छ । 
विद्यार्थी आन्दोलनले अब विद्यार्थीहरुलाई राजनीतिक रुपमा कसरी जागरुक बनाउने - कसरी उनीहरुमा गढिएको राजनीतिक वितृष्णा हटाउने - कसरी युवा विद्यार्थीहरुलाई राजनीत्रि्रति निरपेक्ष होइन सापेक्ष बनाउने - यी र यस्ता सवालहरु विद्यार्थी आन्दोलनको केन्द्रीय एजेण्डा बन्नर्ुपर्छ । अनि समयसापेक्ष शिक्षा नीति र प्रणालीको बहसमा पनि विद्यार्थी संगठनहरु उत्रिने हैसियत बनाउनर्ुपर्छ । बृहत्तर रुपमा मुलुकको शैक्षिक प्रणालीको सुदृढिकरणका लागि विद्यार्थी संगठनहरुले भूमिका निर्वाह गर्नुपर्छ । के आसन्न चुनावको तयारीमा रहेका विद्यार्थी संगठनहरुले यसतर्फपनि ध्यान दिएका छन् -

त्यसो त युवा विद्यार्थीहरुले भनेजस्तै अहिले मुलुकको राजनीति फोहोर मै डुबेको छ भन्दा अतिशयोक्ति नहोला । दलहरु सत्ताको छिनाझपटीमै रमाइरहेका छन् । अनि मुलुकमा राजनीतिक रुपले धेरै परिवर्तन देखिएको भएता पनि जनताको दैनिकीमा कुनै प्रकारको रुपान्तरण आएको छैन । गरिब झन् गरिब बन्दै गएका छन् भने धनी झन् धनी । आर्थिक विषमता बढ्दो छ । मुलुकमा रोजगारीका अवसरहरु सिर्जना हुन नसक्दा पचास लाख युवा जनशक्ति मुलुकबाट पलायन भएको छ । गाउँघरहरु युवाबिहीन बन्दै गएका छन् । शायद अहिलेसम्म हामीले जनताको नाममा जतिपनि राजनीति गर्यौं त्यसले जनताको दैनिकीमा कुनै तात्विक परिवर्तन ल्याउन सकेन, त्यसैले राजनीत्रि्रति आम मानिसहरु निरपेक्ष बन्दै गएका छन् । यसरी राजनीत्रि्रति आम मानिस निरपेक्ष बन्नु भनेको पक्कै पनि राम्रो संकेत होइन ।
 शायद अहिलेसम्म हामीले जनताको नाममा जतिपनि राजनीति गर्यौं त्यसले जनताको दैनिकीमा कुनै तात्विक परिवर्तन ल्याउन सकेन, त्यसैले राजनीत्रि्रति आम मानिसहरु निरपेक्ष बन्दै गएका छन् । यसरी राजनीत्रि्रति आम मानिस निरपेक्ष बन्नु भनेको पक्कै पनि राम्रो संकेत होइन । 
यर्सथ, राजनीतिलाई रचनात्मक बनाउन अब यसको परिभाषा नै फर्ेर्नुपर्ने भएको छ । अहिलेसम्मको राजनीतिक संस्कार र कार्यशैली फर्ेर्नुपर्ने बेला भएको छ । अहिलेसम्म राजनीतिक दलहरुले भएगरेका सबै क्रियाकलापहरुलाई वैकल्पिक रुपले परिभाषित गर्नुपर्ने बेला भएको छ । हो, जबसम्म मुलुकको राजनीतिले सहि संस्कारको विकास गर्न सक्दैन, अहँ विद्यार्थी संगठनहरुमा पनि शुद्धिकरण आउने संभावना रहन्न । किनकि राजनीतिक प्रणाली ठूलो युनिट हो भने विद्यार्थी आन्दोलन त्यही राजनीतिक प्रणालीको एउटा सहायक युनिट हो । यर्सथ, राजनीतिको वैकल्पिक परिभाषास“गै अब विद्यार्थी आन्दोलनको गन्तब्य र लक्ष्यको पनि वैकल्पिक परिभाषा निर्माण गर्नुपर्ने बेला भएको छ । यो किन पनि जरुरी छ भने अहिलेको र विद्यार्थी संगठन निर्माण हुंदाको राजनीतिक वातावरण निकै फरक भएको छ ।

हो, विद्यार्थी आन्दोलनले पनि अब आफ्ना एजेण्डा र प्राथमिकताहरुमा परिवर्तन गर्नु जरुरी देखिन्छ । हिजो विद्यँलयतहबाटै संगठन निर्माण गर्ने गरिन्थ्यो, तर अब त्यसरी विद्यालयतहमा संगठन निर्माण गर्ने होइन । विद्यार्थी संगठन विश्व विद्यालयतहमा मात्रै निर्माण गर्ने र विद्यार्थी संगठनहरुले विशुद्ध शैक्षिक र प्रागिक एजेण्डाहरुलाई उठान गर्नुपर्छ । यदि त्यसो भयो भने दलीयकरणको मारमा परेको विद्यार्थी आन्दोलनको हैसियत पनि माथि उठ्नेछ ।

भर्खरै घोषणा भएको नया“ शक्ति पार्टर्ीीनकट रहेको नया“ शक्ति विद्यार्थी युनियनले विश्वविद्यालयतह -स्नातक) भन्दा तल संगठन नगर्ने निर्ण्र्ाागरेको छ । उसले अन्तर्रर्ााट्रय बालअधिकारलाई सम्मान गर्दै कलिला बालमस्तिष्कहरुलाई राजनीतिक अभिष्टले प्रेरित कुनै पनि गतिविधिमा संलग्न नगराउने रचनात्मक कुराको सुरुवात गरेको छ । ती उच्च माध्यमिक विद्यालयसम्मका विद्यार्थीहरुलाई खेलकुद, वादविवाद जस्ता रचनात्मक र सिर्जनशील काममा प्रयोग गर्ने र उनीहरुको वृत्तिविकासमा मद्दत पुग्ने काममा उत्प्रेरित गर्ने तर संगठनभित्र समावेश नगर्ने उसको नीति देखिन्छ । यसले पक्कै पनि विद्यार्थी आन्दोलन र यसले लिने एजेण्डालाई पुनःपरिभाषित गर्ने आवश्यकता औंल्याएको छ ।
निश्चय पनि हिजो जुन परिस्थितिमा विद्यार्थी आन्दोलनलाई तत्कालीन राज्यले मान्यता दिएर स्ववियुको स्थापना गरिएको थियो, त्यसबेला मुलुकमा राजनीतिक दलहरुले खुला रुपमा दलीय राजनीति गर्ने अवस्था थिएन ।
२०३६ सालमा तत्कालीन पञ्चायत शासनविरुद्ध चर्किर्एको विद्यार्थी आन्दोलनको उपलब्धीको रुपमा स्थापित स्वतन्त्र विद्यार्थी युनियनको उद्देश्य, संरचना र निर्वाचन विधिमा कुनै परिवर्तन नहुनुले पनि विद्यार्थी संगठनहरुले कुनै स्पष्ट लक्ष्य किटान गर्न नसकेको देखिन्छ । निश्चय पनि हिजो जुन परिस्थितिमा विद्यार्थी आन्दोलनलाई तत्कालीन राज्यले मान्यता दिएर स्ववियुको स्थापना गरिएको थियो, त्यसबेला मुलुकमा राजनीतिक दलहरुले खुला रुपमा दलीय राजनीति गर्ने अवस्था थिएन । दलहरु प्रतिबन्धित थिए । त्यस्तो अवस्थामा राजनीतिक दलहरुले विद्यार्थीमार्फ आफ्ना राजनीतिक गतिविधिहरु अघि बढाउ“दथे र स्वभावैले विद्यार्थी संगठनहरुले पनि मुलुकको राजनीतिक परिवर्तनका लागि ठूलो संर्घष्ा गरेका थिए ।

त्यसैको फलस्वरुप मुलुकमा पटकपटक राजनीतिक परिवर्तनहरु संभव भएका हुन् । निश्चय पनि त्यो एउटा कालखण्ड थियो, जुनबेला विद्यार्थीहरुबाट दलीय राजनीतिको अपेक्षा गरिन्थ्यो । तर, अहिले परिस्थितिमा निकै फेरबलद आइसकेको छ । अहिले दलीय राजनीतिका लागि राजनीतिक दलहरुले विद्यार्थीहरुलाई अघि सार्नुपर्ने बाध्यता छैन । यस्तो अवस्थामा निश्चय पनि स्ववियुको संरचनागत परिवर्तन र यसले लिने लक्ष्य अनि गन्तब्यको बारेमा नयां बहसको थालनी हुनुपर्ने आवश्यकता देखिन्छ । अनि विद्यार्थी संगठनहरुले अहिले विशुद्ध रुपमा विद्यार्थी र विश्वविद्यालयस“ग सम्बन्धित मुद्दाहरुलाई उठाउ“दा नै त्यो आन्दोलनको रुपमा संगठित हुन सक्छ ।

विद्यार्थी संगठनहरुलाई आफ्ना माउ पार्टर्ीीे ताकत देखाउने र उनीहरुलाई आफ्नो दलीय एजेण्डाका लागि सडकमा टायर बाल्न र ढुंगा हान्ने काममा मात्र अघि सारि“दा त्यत्रो गरिमामय इतिहास रचेको विद्यार्थी आन्दोलनले आफ्नो ओज र गरिमा गुमाउ“दै गएको कुरा निर्विवाद छ, यर्सथ अब विद्यार्थी आन्दोलनले पनि रचनात्मक उद्देश्यहरु अंगाल्नुपर्ने आवश्यकता छ । विद्यार्थी संगठनहरुलाई हा“केरै माउ पार्टर्ीीे केन्द्रीय स्तरमा पुगेका विद्यार्थी नेताहरु पनि अहिले स्ववियुको संरचनागत परिवर्तन जरुरी भइसकेको तर्क गर्दछन् । उनीहरु समयसापेक्ष स्ववियुको उद्देश्य, संरचना र निर्वाचन विधिमा समयानुकूल परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याइरहेका छन् ।

अब स्ववियुलाई विशुद्ध विद्यार्थीहरुको हक, हित र सुरक्षा तथा क्याम्पस तथा विश्वविद्यालयको भौतिक विकास र शिक्षाकेन्द्रित समस्याहरुको समाधान र नया“ शिक्षा प्रणालीको संस्थागत विकासमा केन्द्रित गर्नुपर्ने देखिन्छ । किनकि ०३६ सालयता मुलुकको आर्थिक, सामाजिक, राजनीतिक एवं शैक्षिक वातावरणमा पनि धेरै ठूलो परिवर्तन आइसकेको छ । स्वभावैले वातावरणीय तत्वहरुमा आएको परिवर्तनस“ग समायोजित हु“दै अघि बढ्न पनि पुरानो सोंच, संस्कार र चिन्तनमा परिवर्तन ल्याउनु जरुरी हुन्छ । यर्सथ पुरानै पञ्चायती र्ढरामा स्ववियुको संरचना कायमै राख्दा त्यसको उपादेयता पनि कम हु“दै जानेछ । विद्यार्थीहरुलाई नया“ संरचना र भूमिकामा परिवर्तन गर्न सकिएन भने आम रुपमा पनि विद्यार्थी आन्दोलनप्रति विश्वास रह“दैन र यो अक्षुण शक्ति केवल हुलदंगा र भीडमै परिणत हुने खतरा रहन्छ ।
०३६ सालयता मुलुकको आर्थिक, सामाजिक, राजनीतिक एवं शैक्षिक वातावरणमा पनि धेरै ठूलो परिवर्तन आइसकेको छ । स्वभावैले वातावरणीय तत्वहरुमा आएको परिवर्तनस“ग समायोजित हु“दै अघि बढ्न पनि पुरानो सोंच, संस्कार र चिन्तनमा परिवर्तन ल्याउनु जरुरी हुन्छ ।
त्यसैगरी मुलुकको शिक्षा प्रणालीलाई युग सुहाउ“दा व्यवहारिक बनाउन र विद्यार्थीहरुको अनावश्यक लोड घटाउने दिशामा गर्नुपर्ने कामहरु अनगिन्ती छन्, तर त्यसतर्फविद्यार्थी नेताहरुको ध्यान गएको देखि“दैन । फगत उनीहरु आफ्नो व्यक्तिगत पहिचान र व्यक्तित्व विकासका लागि राजनीति गरिरहेका छन्, जसले गर्दा समग्र विद्यार्थी आन्दोलन नै आलोचित बन्दै गएको छ । शायद त्यसै भएरै होला पर्ूव विद्यार्थी नेता एवं वामपन्थी लेखक झलक सुवेदीले कतै टिप्पणी गरेका थिए -'नेपालमा अहिले विद्यार्थी संगठनहरु छन् तर, विद्यार्थी आन्दोलन छैन ।' अब वास्तवमै विद्यार्थी संगठनहरुले आफ्नो गुमाउ“दै गएको शाख कायम राख्ने र नया“ विद्यार्थी आन्दोलनको उभार श्रृजना गर्ने हो भने उनीहरु प्रशासनिक र आर्थिक कुराहरुमा केन्द्रित हुने होइन । उनीहरु वास्तवमै मुलुकको शैक्षिक रुपान्तरणका लागि नया“ ढंगबाट शैक्षिक आन्दोलनको उभार सृजना गर्नेतिर लाग्नर्ुपर्छ । अबको विद्यार्थी आन्दोलनको गन्तब्य यहि हो र हुनर्ुपर्छ ।

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...