... पण्डितजीका नाममा

मनिकर कार्की निवर्तमान

गत आइतबार बिहान सबेरै पत्रकार डीआर घिमिरेले एउटा दुःखद् खबर छ भन्दै फोन गर्नुभयो । उहाँकै फोनको घन्टीले ब्युँझेको म उठेर सहज महशुस गर्न पाएकै थिइँन, पण्डित बाबुराम भट्टर्राईको दुःखद् निधनको खबर सुनाउनुभयो । त्यसपछि पत्रकार सीपी खनालले पनि फोनमार्फ सोही खबर सुनाउनुभयो । प्राध्यापन पेशामा लाग्नेहरुको बिहानी एकदमै रुटिनाइज हुन्छ । म पनि बिहानको कक्षा सकेर सातबजे पण्डितजीलाई अन्तिम श्रद्धाञ्जली दिन जाने सोचका साथ क्याम्पसतिर लागेँ । तर, योजनामुताबिक कक्षा सकेर बाहिर निस्कनै लाग्दा परिवारजनले पण्डितजीको पार्थिव शरीरलाई दाहसंस्कारको लागि देवघाट लगिसकिएको खबर आयो । त्यसपछि मानसपटलमा उहाँलाई सम्भिmँदै म बिचबाटो बाटै घरितर फर्किएँ ।



उहाँको निधन हुनु ठीक दर्ुइ दिन अघि मात्र उहाँसँग टेलिफोन संवाद भएको थियो । उहाँले मेरो लेख पढेर 'गज्जब लाग्यो' भन्दै प्रतिक्रिया दिदैंहुनुहुन्थ्यो । तर, म अलिक व्यस्त ठाउँमा थिएँ त्यसले सामान्य भलाकुसारीपछि २/३ दिनपछि चिया गफ गर्ने सल्लाह भएको थियो । आखिर उहाँसँग प्रत्यक्ष संवादको त्यो नै अन्तिम संवाद बन्न पुग्यो । यद्यपि कार्य व्यवस्तताका कारण झण्डै एक महिनादेखि हाम्रो प्रत्यक्ष भेट भएको थिएन । अनि मलाई उहाँको पछिल्लो अवस्थाको बारेमा पनि जानकारी थिएन । अहिले उहाँलाई सम्झनेबित्तिकै त्यही संवाद पटकपटक कानमा गुञ्जन पुग्छ । उहाँका नाममा लेखिएका धेरै अबिच्यूरीहरु पढ्दै गर्दा, उहाँलाई देखिजान्नेहरुको कुरा सुन्दैगर्दा म भने पण्डितजीका तिनै अन्तिम टेलिफोन संवादले नोस्टाल्जिक हुनपुग्छु । अनि आज यी हरफहरु लेख्दैगर्दा पनि त्यही संवाद कानमा गुञ्जायमान भइरहेको छ । अनि त्यही संवादको बिचबाट उहाँसँग बिताएका केही पलहरुको सम्झना गर्दै यो पंक्ति तयार पारिरहेको छु । तर, म ढुक्क छु कि यो अबिच्यूरी बन्नेछैन, यो केवल एउटा एकोहोरो संवाद मात्र बन्नेछ । किनकि अबिच्यूरीका लागि मसँग त्यस्तो धेरै जानकारी र सूचना छैन ।
उहाँका नाममा लेखिएका धेरै अबिच्यूरीहरु पढ्दै गर्दा, उहाँलाई देखिजान्नेहरुको कुरा सुन्दैगर्दा म भने पण्डितजीका तिनै अन्तिम टेलिफोन संवादले नोस्टाल्जिक हुनपुग्छु । अनि आज यी हरफहरु लेख्दैगर्दा पनि त्यही संवाद कानमा गुञ्जायमान भइरहेको छ । अनि त्यही संवादको बिचबाट उहाँसँग बिताएका केही पलहरुको सम्झना गर्दै यो पंक्ति तयार पारिरहेको छु ।
हो, प्रेस स्वतन्त्रता सेनानी । आफ्नो जीवनको झण्डै आधा हिस्सा पत्रकारितामा बिताउनुभएका पं. बाबुराम भट्टर्राईलाई गणतान्त्रिक सरकारले तीन वर्षअघि यो उपाधि दियो । अहिले उहाँ त्यो उपाधि छाडेर अस्ताउनुभयो । उनी अब कहिल्यै नफर्किने गरी विदा हुनुभयो, हामी माझबाट । तिक्ष्ण स्मरण शक्ति भएका अध्ययनशील र चिन्तनशील उहाँसँग केही समयसँगै काम गर्ने अवसर पनि मिल्यो । सँगसँगै रहेर काम गर्दा विछट्टै रमाइलो गर्ने बेलाबेलामा मूल्ला नसरुद्दिनका किस्सा सुनाएर हसाँउने उहाँको शैली अब स्मृतिमा मात्र रहनेछ ।
हरेक शब्दलाई आफ्नै परिभाषा दिने अनि मूल्लाको किस्सा जोडेर व्याख्या गर्ने उहाँको त्यो अनुपम शैली । जुनसुकै शब्दको बारेमा सोध्दा त्यसको इतिदेखि अन्त्यसम्म फेहरिस्त प्रस्तुत गर्ने अनि हरेक प्रसंगलाई दार्शनिक व्याख्या गर्ने उहाँको विशेषता थियो । अब त्यसको सख्त अभाव खट्किने छ ।  पण्डितजी हामीबाट टाढिएसँगै एउटा ज्ञानको स्रोत प्रकृतिको गर्तमा लुप्त हुन पुगेको छ । उहाँबाट यो समाजले धेरै कुरा पाएको थियो, अझै पाउन सक्थ्यो । खासगरी धर्मलाई दर्शनको रुपमा व्याख्या गर्ने उहाँको शैली बेजोडकै थियो भन्नर्ुपर्छ । हिन्दी साहित्य, उर्दू साहित्य, बौद्ध साहित्यका किस्साहरुलाई दैनिकीसँग जोडेर प्रयोग गर्ने उहाँको क्षमता अस्वभाविक थियो ।

आज पण्डितजीको अबिच्यूरी लेख्दै गर्दा उहाँले कम्प्यूटरमा टाइप गर्न सिकेको क्षण याद आइरहेको छ । शायद त्यो बेला पण्डितजी ६१ वर्षो हुनुहुन्थ्यो, जब उहाँ लेख टाइप गर्न कम्प्यूटरमा बस्नुभयो । त्यो तत्कालीन सैनामैना दैनिकको कार्यालय थियो, उहाँको टेबुलमा नेपाली अक्षर छापिएको किबोर्डको प्रिन्टेड फर्म्याट थियो र उहाँले त्यसैलाई हेरेर कम्प्यूटरको किबोर्डमा नेपाली अक्षर टाइप हान्न थाल्नुभयो । अनि उहाँ पत्रिकाको प्रधानसम्पादन जो हुनुहुन्थ्यो । नदीको किनारमा एकाग्रताका साथ आँखाको नानीमात्र चलाएर माछाको शिकार गर्न बसेको बकुल्लाले झैं उहाँले पनि पावरवाला चस्माभित्र लुप्त भएका  मसिना तर तीखा आँखाका नानी कम्प्यूटरको किबोर्डमा कुदाउँदै टाइप गर्नथाल्नुभयो । उहाँलाई कम्प्यूटरमा टाइप गर्नका लागि खासगरी गुरुदत्त ज्ञवाली र यो पंक्तिकारले नै उक्साएका हांै, हौस्याएका हौं । त्यसमा स्वार्थ के थियो भने बुढाले कम्प्यूटरमा बसेर आफैंले ह्रस्व दर्ीघ मिलाउन सक्ने भए भने कम्तीमा पत्रिकाको प्रुफ हर्ेर्ने काम निकै सजिलो हुन्थ्यो । त्यही आशयका साथ उहाँलाई कम्प्यूटरमा टाइप गर्न हौस्याइयो ।
उहाँलाई कम्प्यूटरमा टाइप गर्नका लागि खासगरी गुरुदत्त ज्ञवाली र यो पंक्तिकारले नै उक्साएका हांै, हौस्याएका हौं । त्यसमा स्वार्थ के थियो भने बुढाले कम्प्यूटरमा बसेर आफैंले ह्रस्व दर्ीघ मिलाउन सक्ने भए भने कम्तीमा पत्रिकाको प्रुफ हर्ेर्ने काम निकै सजिलो हुन्थ्यो । त्यही आशयका साथ उहाँलाई कम्प्यूटरमा टाइप गर्न हौस्याइयो । 
उहाँले कम्प्यूटरमा बसेको दर्ुइचार दिनमै यति धेरै प्रगति गर्नुभयो कि त्यो देखेर हामी सबै छक्क पर्यौं । अब उहाँ सजिलै टाइप हान्न थाल्नुभयो । केही र्सटकट किको बारेमा मैले उहाँलाई अक्षरहरु इर्न्र्सट गर्ने तरिका बताइदिएँ । अनि 'ङ, ठ्ठ, ट्ट, ङ्ग, ङ्क' जस्ता अक्षरहरु सजिलै इर्न्र्सट गर्ने तरिका सिकाइदिएँ । अनि सामान्य रुपमा फाइल बनाउन र सेभ गर्न पनि उहाँलाई सिकाइदिएपछि उहाँ आफ्नै रफ्तारमा टाइप गर्न थाल्नुभयो । पछिपछि त उहाँ जतिबेला पनि केही न केही टाइप गरेर कम्प्यूटरमै रमाउन थाल्नु भयो । सैनामैना दैनिकको कार्यालयमा घन्टौं बसेर टाइप गर्नथाल्नु भयो । यसबाट उहाँले निकै छोटो अवधिमा कम्प्यूटरमा टाइप गरेर आफ्ना सामग्रीहरु इमलेमार्फ आदानप्रदान गर्न थाल्नु भयो । अनि आफ्ना सामग्री पेनड्रइभमा बोक्ने गर्न थाल्नुभयो ।

उहाँ हरक्षण केही न केही गरिरहने स्वभावको हुनुहुन्थ्यो शायद, त्यसैले आफूलाई हरेक क्षण व्यस्त राख्नुहुन्थ्यो । मैले पनि उहाँको सक्रियताबाट धेरै कुरा सिक्ने अवसर पाएको थिएँ । उहाँको व्यस्तता यस्तो हुन्थ्यो कि, उहाँको अधिकांश समय पढेर र  लेखेरै बित्थ्यो । लेखपढबाट उब्रेको समयमा केही कुराकानी गर्दा पनि मोबाइलमा गेम खेलिरहनुहुन्थ्यो । शायद उहाँको मस्तिष्कलाई पनि त्यस्तै बानी परेको हुँदो हो, जतिखेर पनि सक्रिय हुनैपर्ने । उहाँले सोच्दा पनि एकैचोटि धेरै कुरा सोच्नुहुन्थ्यो । कहिलेकाहीँ कुराकानीकै सिलसिलामा पनि धेरै आयामहरुलाई एकैठाउँमा राखेर कुरा गर्नेगर्नुहुन्थ्यो । उहाँसँग जति कुरा भयो, जति सँगै बसियो मैले उहाँको स्वभाव र शैलीको बारेमा शूक्ष्म अध्ययन गर्ने गर्दथें । उहाँलाई प्रश्नहरु तेर्स्याएर केही न केही नयाँ कुरा भनाउन चाहन्थेँ ।
हो, उहाँसँग राजनीति, अर्थतन्त्र, धर्म, दर्शन, संस्कृति, जीवनविज्ञान अनि जीवन व्यवहारका विषयमा धेरै अन्तरंग कुराकानीहरु हुन्थे । कति कुरामा सहमति जनाइयो, कतिमा विमति पनि राखियो । तर, सधैंको सरलता अनि सौहार्दता, आत्मीयता अनि अभिभावकत्व प्रदर्शित हुन्थ्यो उहाँबाट ।
शायद हामी बाबुछोराको उमेरका भइकन पनि हामीबीच असाध्यै हार्दिकता र मित्रवत सम्बन्ध थियो । ख्याल ठट्टा गर्दा पनि जीवन र जगतका कुरालाई जोड्ने उहाँको शैली असाध्यै मन पर्दथ्यो । त्यसैले बेलाबेलामा कहीं कतै बसेर चिया गफ खुब चल्दथ्यो । चियासँगै चुरोट अनिवार्य चाहिने उहाँलाई । तर, म चुरोटको धुवाँमा बस्नै नसक्ने । तर पनि पण्डितजीसँग बस्दा र उहाँसँग कुराकानी हुँदा भने त्यो धुँवाको परवाह भएन । शायद उहाँमा मानिसहरुलाई सम्मोहित गर्ने कला थियो र नै म उहाँप्रति सम्मोहित भएको थिएँ । अथवा हामी उमेरले निकै फरक भए पनि कतिपय मेरा कुरा पाका हुन्थ्यो र उहाँको तन्नेरी । त्यसैले हामीबीच गजब दोस्ती बन्यो ।
हो, उहाँसँग राजनीति, अर्थतन्त्र, धर्म, दर्शन, संस्कृति, जीवनविज्ञान अनि जीवन व्यवहारका विषयमा धेरै अन्तरंग कुराकानीहरु हुन्थे । कति कुरामा सहमति जनाइयो, कतिमा विमति पनि राखियो । तर, सधैंको सरलता अनि सौहार्दता, आत्मीयता अनि अभिभावकत्व प्रदर्शित हुन्थ्यो उहाँबाट । अब त्यसैगरी पण्डितजीसँग चियासँगै प्रत्यक्षतः मूल्ला नसरुद्दिनका किस्सा सुन्दै पेटमिचिमिचि हाँस्न पाइनेछैन । जीवन र जगतका जटिल यथार्थको सहज र सरल व्याख्या सुन्न पाइनेछैन । तीखो र पेचिलो व्यंग्य सुन्न, पढ्न पाइनेछैन । सँगै यात्रा गर्दै मूल्लाका किस्सा सुन्न पाइनेछैन । पण्डितजीको तन र मनले सधैं क्रियाशील, सधैं उत्तिकै सक्रिय शरीर अब इहलोकमा रहेन । अस्तायो मूल्लाका किस्सा अनि पण्डितजीको थनथन पनि । अब ती सबै कागजी संग्राहलयमा लिपिवद्ध भएर रहनेछन् । दुःखी छु, स्तब्ध छु यो अपत्यारिलो अनि आकस्मिक विछोडले । हार्दिक श्रद्धासुमन मूल्ला नसरुद्दीन उर्फपण्डितजी ।

No comments:

Post a Comment

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान” विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परी...