अस्तायो मूल्लाको किस्सा !

मनिकर कार्की निवर्तमान

प्रेस स्वतन्त्रता सेनानी । गणतान्त्रिक सरकारले दिएको उपाधि छाडेर अस्ताए पण्डितजी । अर्थात् पत्रकार पं. बाबुराम भट्टर्राई । अब कहिल्यै नफर्किने गरी विदा भएका छन्, हामी माझबाट । तिक्ष्ण स्मरण शक्ति भएका अध्ययनशील र चिन्तनशील उनीसँग केही समयसँगै काम गर्ने अवसर पनि मिल्यो । सँगसँगै रहेर काम गर्दा विछट्टै रमाइलो गर्ने बेलाबेलामा मूल्ला नसरुद्दिनका किस्सा सुनाएर हसाँउने उनको शैली अब स्मृतिमा मात्र रहनेछ ।

हरेक शब्दलाई आफ्नै परिभाषा दिने अनि मूल्लाको किस्सा जोडेर व्याख्या गर्ने उनको त्यो अनुपम शैली । जुनसुकै शब्दको बारेमा सोध्दा त्यसको इतिदेखि अन्त्यसम्म फेहरिस्त प्रस्तुत गर्ने अनि हरेक प्रसंगलाई दार्शनिक व्याख्या गर्ने उनको विशेषता थियो । अब त्यसको सख्त अभाव खट्किने छ ।


पण्डितजी हामीबाट टाढिएसँगै एउटा ज्ञानको स्रोत प्रकृतिको गर्तमा लुप्त हुन पुगेको छ । उनीबाट समाजले धेरै कुरा पाउन सक्थ्यो । खासगरी धर्मलाई दर्शनको रुपमा व्याख्या गर्ने उनको शैली बेजोडकै थियो भन्नर्ुपर्छ । हिन्दी साहित्य, उर्दू साहित्य, बौद्ध साहित्यका किस्साहरुलाई दैनिकीसँग जोडेर प्रयोग गर्ने उनको क्षमता अस्वभाविक थियो ।
पण्डितजी हामीबाट टाढिएसँगै एउटा ज्ञानको स्रोत प्रकृतिको गर्तमा लुप्त हुन पुगेको छ । उनीबाट समाजले धेरै कुरा पाउन सक्थ्यो । खासगरी धर्मलाई दर्शनको रुपमा व्याख्या गर्ने उनको शैली बेजोडकै थियो भन्नर्ुपर्छ ।
हो, उनीसँग राजनीति, अर्थतन्त्र, धर्म, दर्शन, संस्कृति, जीवनविज्ञान अनि जीवन व्यवहारका विषयमा धेरै अन्तरंग कुराकानीहरु हुन्थे । कति कुरामा सहमति जनाइयो, कतिमा विमति पनि राखियो । तर, सधैंको सरलता अनि सौहार्दता, आत्मीयता अनि अभिभावकत्व प्रदर्शित हुन्थ्यो उनीबाट । अब त्यसैगरी पण्डितजीसँग चियासँगै प्रत्यक्षतः मूल्ला नसरुद्दिनका किस्सा सुन्दै पेटमिचिमिचि हाँस्न पाइनेछैन । जीवन र जगतका जटिल यथार्थको सहज र सरल व्याख्या सुन्न पाइनेछैन । तीखो र पेचिलो व्यंग्य सुन्न, पढ्न पाइनेछैन ।
दुःखी छु, स्तब्ध छु यो अपत्यारिलो अनि आकस्मिक विछोडले । हार्दिक श्रद्धासुमन पण्डितजी ! 
पण्डितजीको तन र मनले सधैं क्रियाशील, सधैं उत्तिकै सक्रिय शरीर अब इहलोकमा रहेन । अस्तायो मूल्लाका किस्सा अनि पण्डितजीको थनथन पनि । अब ती सबै कागजी संग्राहलयमा लिपिवद्ध भएर रहनेछन् । दुःखी छु, स्तब्ध छु यो अपत्यारिलो अनि आकस्मिक विछोडले । हार्दिक श्रद्धासुमन पण्डितजी !

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...