'तिमी युवा हुँदा के गर्यौ ?'

मनिकर कार्की "निवर्तमान"

गएको साउन ५ गते राष्ट्रिय युवा अधियान कास्कीले पोखरामा युवाकेन्द्रीत एउटा बृहत राष्ट्रिय परिसंवाद कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा यो पंक्तिकारले पनि सहभागिता जनाउने मौका पाएको थियो । कार्यक्रममा वैकल्पिक राजनीति, अर्थतन्त्र, राजनीतिमा युवाको भूमिका, राजनीतिमा आइटीको प्रयोग, क्वान्टम सिद्धान्तलगायतका विषयमा युवाहरुबाट ६ वटा कार्यपत्रहरु प्रस्तुत गरियो र त्यही कार्यपत्रमाथि बहस केन्द्रीत भयो । मूलतः राजनीतिमा अब युवाको भूमिका कस्तो हुनर्ुपर्छ - युवाले कस्तो प्रकारको राजनीति गर्नुपर्छ - युवा राजनीतिका सधैं फलोअर हुने कि र्सजक पनि हुने - समाजको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमा युवाको भूमिका के हुने - नयाँ युवामैत्री संस्कृति निर्माणका लागि युवाले कस्तो प्रकारको भूमिका निर्वाह गर्नुपर्छ - आर्थिक उत्पादनमा युवाको भूमिका के हुने - राजनीतिमा युवाहरु कसरी र किन वैकल्पिक शक्ति हुने - यूथ ओरियन्टेशन कार्यक्रममा यी र यस्तै प्रश्नहरुको उत्तर खोज्ने काम भयो ।

कार्यक्रममा प्रस्तुत कार्यपत्रहरुमा टिप्पणी गर्ने क्रममा यो पंक्तिकारले मूलतः अबको राजनीतिमा युवाहरु फलोअर मात्र होइन र्सजक बन्नुपर्ने धारणा राखेको थियो । युवाहरुले माग्ने मात्र होइन दिने हैसियत निर्माण गर्दा मात्रै साँच्चिकै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप हुनेछ र त्यसबाट सम्पर्ूण्ा राजनीतिक पार्टर्ीी आफ्ना सांगठनिक संरचनाहरुमा युवाहरुलाई समावेश गराउन बाध्य हुनेछन् । यसका लागि युवाले आफैंलाई रचनात्मक रुपले परिस्कृत गर्दै आफूलाई समाजको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक रुपान्तरणको संवाहक बनाउनु जरुरी हुन्छ । त्यसैगरी मुलुकको आर्थिक विकास र प्रगतिका लागि पनि युवाले नै निर्ण्ाायक भूमिका खेल्नुपर्ने र त्यसका लागि युवाले आफैंबाट सकारात्मक र परिणाममुखी कामको थालनी गर्नुपर्ने तर्क यो पंक्तिकारले राखेको थियो । 
त्यसो त युवाको सवालमा अघिल्लो पुस्ता र युवा पुस्तामा फरक फरक बुझाइ विद्यमान छ । अघिल्लो पुस्तालाई युवा पुस्ता अल्लारे लाग्छ । अस्थिर लाग्छ । योजनाबिहीन लाग्छ । अनि कतिपय सवालमा दृष्टिकोण बिहीन पनि । युवाहरु आफैंले केही गर्न सक्दैनन्, उनीहरुलाई दिशानिर्देश जरुरी हुन्छ भन्ने त्यो पुरानो पुस्ताको बुझाई छ ।
त्यही कार्यक्रममा उठेका युवाकेन्द्रीत विषयवस्तुमाथि छलफल गर्ने र राजनीतिमा युवाको भूमिका कसरी निर्धारण गर्ने - युवा आफैं विकल्प बन्ने कि कसैले युवालाई भूमिका दिने - आजको यो स्तम्भमा यिनै कुराहरुको चर्चा गरिनेछ । त्यसो त युवाको सवालमा अघिल्लो पुस्ता र युवा पुस्तामा फरक फरक बुझाइ विद्यमान छ । अघिल्लो पुस्तालाई युवा पुस्ता अल्लारे लाग्छ । अस्थिर लाग्छ । योजनाबिहीन लाग्छ । अनि कतिपय सवालमा दृष्टिकोण बिहीन पनि । युवाहरु आफैंले केही गर्न सक्दैनन्, उनीहरुलाई दिशानिर्देश जरुरी हुन्छ भन्ने त्यो पुरानो पुस्ताको बुझाई छ । यर्सथ, उनीहरु र्सार्वजनिक खपतका लागि राष्ट्र निर्माणको अभिभारा अब युवाको काँधमा छ, भनेर भाषण गर्दैगर्दा कताकता उनीहरु आफैंमा झस्किन पुग्छन् । किनकि त्यो भाषण उनीहरुको लागि बाध्यता हो । यदि त्यत्ति भनिएन भने, र्सार्वजनिक रुपमा युवाको महत्वलाई कम आँकियो भने उनीहरुको आफ्नै राजनीतिक भविष्य धरापमा पर्नेछ । त्यसैले र्सार्वजनिक मञ्चमा उनीहरु जहिल्यै युवामैत्री देखिन्छन् । तर, यथार्थमा उनीहरुको युवाप्रति विश्वास छैन र व्यवहारतः उनीहरुले युवालाई सबै प्रकारका जिम्मेवारी सुम्पिन सकेका छैनन् । वास्तवमा उनीहरुले भनिए अनुसार युवालाई विश्वास गर्न सकेको देखिंदैन । 

अर्कोतिर युवा पंक्तिमा जुन जोश र जाँगर छ, त्यसमा पनि एक खालको दम्भ र घमण्ड देखापर्छ । युवा पुस्ताले पुराना नेताहरुलाई जहिल्यै बाधक देख्छन् । खासगरी पछिल्लो समयमा विज्ञान, सूचना, सञ्चार र प्रविधिमा आएको युगान्तकारी परिवर्तन अनि त्यसको प्रभावका कारण युवापंक्ति आफूलाई निकै जान्नेसुन्ने र बुज्रुक सम्झन पुगेको छ । प्रविधिलाई उपयोग गर्ने सवालमा प्रौढको तुलनामा युवा मस्तिष्क निकै छिटो पनि छ । खासगरी त्यसैलाई आधार बनाएर युवाले पनि अघिल्लो पुस्ता जसले सिद्धान्त र विचारको राजनीति मात्रै गर्यो त्यसलाई आउटडेटेड सम्झन्छ । अनि पुरानो पुस्ताले कुरा मात्रै गरेको काम नगरेको तर्क गर्छ । आफूलाई नयाँ परिवेश अनुसार रुपान्तरण हुन नसकेको तर्क गर्दछ । अनि राजनीतिमा पनि युवाहरुलाई निर्ण्ाायक तहमा कहिल्यै जिम्मेवार भूमिका नदिएको आरोप लगाउने गर्दछ । हरेक राजनीतिक पार्टर्ीी एउटा शक्तिको रुपमा प्रयोग मात्र गर्ने गरेको तर, प्रयोगको उपादेयता सकिएपछि युवालाई विकल्पबिहीन बनाउने गरिएको तर्क गर्दछ । 
युवाहरुलाई खासगरी चुनावी प्रयोजनको लागि उपयोग गर्ने गरियो । पार्टर्ीीे बन्द, हड्ताल, सभा, जुलुसको समयमा युवा विद्यार्थीहरुलाई सडकमा उतार्ने काम मात्रै भयो । तर, युवालाई केन्द्रीय राजनीतिमा भूमिका कहिल्यै दिइएन 
खासमा यी दर्ुइ विपरित र विरोधाभाषी बुझाइका कारण नेपालको राजनीतिमा युवा र प्रौढबीच जहिल्यै सघन टकराव हुनेगरेको छ । खासगरी पार्टर्ीीका आन्तरिक संगठनमा यस प्रकारको टकराव प्रस्ट रुपमा देखिन्छ । अलिकति इतिहासतिर फर्कियौं भने युवाहरुलाई राजनीतिक दलहरुले उपयोग मात्रै गरेको इतिहास हामीसँग छ । युवाहरुलाई खासगरी चुनावी प्रयोजनको लागि उपयोग गर्ने गरियो । पार्टर्ीीे बन्द, हड्ताल, सभा, जुलुसको समयमा युवा विद्यार्थीहरुलाई सडकमा उतार्ने काम मात्रै भयो । तर, युवालाई केन्द्रीय राजनीतिमा भूमिका कहिल्यै दिइएन । के अब पनि राजनीतिमा युवाको भूमिका त्यही हो - अनि युवाले जहिल्यै पनि प्रौढहरुसँग माग्ने मात्रै हो - के युवाले अब आफ्नै पहलमा रचनात्मक हस्तक्षेप गर्ने बेला भएन -समाज परिवर्तनमा युवाहरुको सक्रिय भूमिकाको चर्चा गर्दैगर्दा यी र यस्ता प्रश्नहरुको उत्तर पनि खाजिनु जरुरी छ । 

अब अलिकति वर्तमान अवस्थामा नेपाली युवाहरुको अवस्थाको बारेमा चर्चा गरौं । वास्तवमा युवा शक्ति त्यस्तो अक्षुण्ण शक्ति हो जसले मुलुकको कायाकल्प गर्न सक्छ । नेपालमा युवा पुस्ताको कुरा गर्दा हरेक राजनीतिक पार्टर्ीीले युवामुखि कार्यक्रम ल्याउनुपर्ने कुरामा जोड दिइरहेका छन् । सरकारले पनि बेलाबेलामा युवाहरुलाई लक्षित गरेर रोजगारीका अवसरहरु सृजना गर्ने कुरा गर्छ, तर यथार्थमा नेपाली युवाहरुलाई अहिलेसम्म संगठित रुपले मुलुकको भविष्य निर्माणका लागि उपयोग गरिएकै छैन । यदि छ त केवल वैदेशिक रोजगारीका लागि लाम लाग्न सिकाइएको छ । त्यस बाहेक मुलुकको विकास, समृद्धि र प्रगतिका लागि ठोस रुपमा युवाहरुलाई परिचालन गर्ने नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयन हुन सकेको छैन । बरु सरकारले यो वा त्यो बहानामा हरेक वर्षथप युवाहरुलाई शारीरिक श्रमका लागि विदेशिन उत्प्रेरित गरिरहेको छ । अनि र्सार्वजनिक खपतका लागि युवाहरु राष्ट्र निर्माणका आधार हुन् मात्र भनिने गरिएको छ । उता युवापंक्तिबाट पनि राजनीतिक मञ्चहरुमा युवाको भूमिका माग्ने काम मात्रै भएको छ । 
सरकारले यो वा त्यो बहानामा हरेक वर्षथप युवाहरुलाई शारीरिक श्रमका लागि विदेशिन उत्प्रेरित गरिरहेको छ । अनि र्सार्वजनिक खपतका लागि युवाहरु राष्ट्र निर्माणका आधार हुन् मात्र भनिने गरिएको छ । उता युवापंक्तिबाट पनि राजनीतिक मञ्चहरुमा युवाको भूमिका माग्ने काम मात्रै भएको छ । 
नेपाली श्रम बजारमा हरेक वर्ष४ लाख ५०हजार नयाँ श्रमशक्ति थपिने गरेको छ, तर ती युवाहरुलाई रोजगारीका लागि कुनै अवसर सृजना हुन सकेको छैन । केही हजारको सरकारी कोटाबाट कोरिया काम गर्न जानका लागि भाषा  परीक्षाका लागि आवेदन दिन लाइनबसेका बेरोजगार युवाहरुको जमात हर्ेदा मुलुक साँच्चिकै ठूलो गृहयुद्धमा छ, र त्यहाँका जनताहरु युद्ध शरणार्थी भएर अर्को देशमा जान लागेको झल्को दिन्छ । युवा पंक्तिलाई राज्यले कुनै रचनात्मक काममा लगाउन सकेको छैन । अहिले यो नै मुलुकका लागि दर्ुभाग्य बनिरहेको छ । हरेक जसो सरकार परिवर्तनस“गै बजेट भाषण हुन्छ अनि सरकारले राज्य संचालनको लागि नीति तथा कार्यक्रमहरु पेश गर्दछ, तर त्यसमा बेरोजगार युवाहरुलाई उल्लेख्य रुपमा रोजगारीका अवसरहरु सृजना गरेर मुलुकको बढ्दो बेरोजगार अन्त्य गर्दै युवाहरुलाई मुलुकको निर्माणमा लगाउने सोंच शासकहरुमा देखिँदैन । हचुवाका भरमा सस्तो लोकप्रियताका लागि बेरोजगार युवाहरुलाई रोजगारी दिने घोषणा पटकपटक हुने गरेको छ, तर संगठित रुपमा त्यसको थालनी अझैसम्म हुन सकेको छैन । बरु, यो देशका शासकहरु युवाहरुलाई विदेश निर्यात गरेर आउने रेमिट्यान्स आयको मुलुकमा गरिबी घटेको र आम जनताको क्रय शक्ति बढेको तथ्यांक निकाल्न व्यस्त छ । अनि कहिले कोरिया, कहिले इजरायल, कहिले मलेशिया त कहिले ओमान, दर्ुबई, कतारको बहानामा आम नेपाली युवाहरुलाई विदेशिन उत्प्रेरित गरिंदैछ । केही अनौपचारिक तथ्यांकले जनाए अनुसार ४० देखि ५० लाख भन्दा बढी नेपाली युवाहरु कामको खोजीमा विदेशिएका छन् । जुन पछिल्लो जनगणना अनुसार झण्डै १८ प्रतिशत भन्दा बढी हुन आउँछ । 

यसो कल्पना गरौं त, पचास लाख श्रमशक्ति विदेशिएको नेपाल जस्तो सानो मुलुकको आर्थिक समृद्धिको सपना कसरी पूरा होला - निश्चित रुपमा यदि मुलुकको विकास र समृद्धि चाहने हो भने सबैभन्दा पहिले जोश, जाँगर भएको अनि हरेक काममा सक्रियतापर्ूवक खट्नसक्ने त्यो युवा शक्तिलाई विदेशिनबाट रोक्नसक्नर्ुपर्छ । उनीहरुलाई रोक्ने एउटै मात्र उपाय भनेको मुलुकभित्रै व्यापक मात्रामा रोजगारीका अवसरहरुको सिर्जना गर्ने हो । आर्थिक समृद्धिका लागि निकै ठूला भाषणबाजी र गोष्ठीहरु हुन्छन् तर, ससानो रुपबाट समेत आर्थिक समृद्धिका लागि कुनै कार्य भएको छैन । आखिर गफै बेचेर खानेहरुको जमात बढिरहेको छ देशमा । गाउँहरु युवाबिहीन बन्दै गएका छन् । यसरी जुनसुकै तह र तप्काका मानिसहरु भए पनि उनीहरुलाई विदेशिनु बाध्यता बन्न पुगेको छ । विदेशिनु कसैको रहर होला तर धेरै नेपाली युवाहरुको बाध्यता बनेको छ । समाजका सबै वर्ग र समुदायका मानिसहरुका लागि वैदेशिक रोजगारी एकमात्र सुरक्षित गन्तव्य झैं देखिन गएको छ । तर, दिनहुँजसो काठको बाकसमा फर्किने नेपालीहरुको मृत शरीरले निश्चय पनि वैदेशिक रोजगारीको सफलता सोचे जस्तो सहज र सरल छैन भन्ने देखाउँछ । 
यदि साँच्चिकै हामीले सोचेजस्तो नयाँ र समृद्ध नेपालको परिकल्पना गर्ने हो भने युवा सक्रियता र परिचालनको सर्न्दर्भमा विद्यमान विरोधाभासको अन्त्य अनिवार्य छ । नत्र फेरि हाम्रो पुस्तालाई अर्को युवा पुस्ताले प्रश्न गर्ने छ, 'तिमी युवा हुँदा के गर्यौ ?'
नेपाली युवाहरुको विद्यमान अवस्था र मुलुकमा सक्रिय युवाहरुको राजनीतिक अपेक्षाबीच तादम्यता मिलाउनै पर्छ । अब युवाले माग्ने मात्र होइन, आफैंले केही सक्रियताका साथ रचनात्मक काम गरेर देखाउने बेला भइसकेको छ । हामीले मुलुकको समृद्धि र प्रगतिमा यसरी योगदान गर्नसक्छौं भनेर विकल्प बन्नुपर्ने बेला भएको छ । सानै स्केलमा पनि हामीले रचनात्मक अनि उत्पादनशील सुरुवात गर्न सकेको खण्डमा मुलुकको अर्थराजनीतिमा स्वतः आफ्नो भूमिका स्थापित हुनेछ । खै विभिन्न पार्टर्ीीनकट युवा संगठनहरुले यसरी विकल्प निर्माणको सुरुवात गरेको - के हामीले सधैं माग्ने मात्र हो - यदि साँच्चिकै हामीले सोचेजस्तो नयाँ र समृद्ध नेपालको परिकल्पना गर्ने हो भने युवा सक्रियता र परिचालनको सर्न्दर्भमा विद्यमान विरोधाभासको अन्त्य अनिवार्य छ । नत्र फेरि हाम्रो पुस्तालाई अर्को युवा पुस्ताले प्रश्न गर्ने छ, 'तिमी युवा हुँदा के गर्यौ ?'

No comments:

Post a Comment

कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...