(ब्लग) उनीहरुको सपना र हाम्रो सपना

मनिकर कार्की निवर्तमान

काठमाण्डू ठमेलको एक तीन तारे होटेलको हलमा एउटा सेमिनार आयोजना गरिँदै छ । सेमिनारको विषय छ वैकल्पिक विचार निर्माणका लागि 'बौद्धिक समूहको निर्माण -क्रियटिङ थिंक ट्यांक) ।' सेमिनारको आयोजना विश्वव्यापी रुपमा वैकल्पिक राजनीतिक धाराको निर्माण गरिरहेको एक युरोपियन मुलुकको वैकल्पिक राजनीतिक दलले गरेको छ । सेमिनारमा सहजकर्ताका रुपमा युरोपियन मूलका आधा दर्जन सहजकर्ताहरु छन् । अनि थिंक ट्यांक निर्माण गर्ने अभियानमा सहभागी छन्, वैकल्पिक विचार निर्माणमा जुटेका नेपालका डेढ दर्जनजति क्रियाशील मिडियाकर्मीहरु । 


युरोपियन शैलीमा गरिने सेमिनारको सुरुमै सहभागी र सहजकर्ताहरुले एक अर्कालाई परिचित गराउँछन् । परिचय दिने शैली पनि वैकल्पिक हुन्छ । परिचय दिने क्रममा सबैलाई आफ्नो बाल्यकालको सपना भन्न लगाइन्छ । सबैभन्दा पहिले हामी सहभागिहरुको बाल्यकालको सपना बताउने पालो आउँछ । अनि क्रमैसँग सबैले आआफ्नो बाल्यकालका सपनाहरुको फेहरिस्त प्रस्तुत गर्दछन् । कसैले आफू मास्टर बन्ने सपना देखेको कुरा गर्छन्, कसैले नर्स त कसैले गायक । अधिकांश हामी सबैको सपना मिल्न जान्छ त्यो हो चलनचल्तीको डाक्टर, इन्जिनियर अथवा पाइलट ।

सपना बताउने पंक्तिकारको पालो आयो । पंक्तिकार एकाएक नस्टाल्जिक हुन्छ र सपनाको खोजी गर्दै बाल्यकालको अतिततिर फर्किन जान्छ । तर, पंक्तिकारको बाल्यकाल निकै धमिलो देखिनपुग्छ । त्यसो त बाल्यकालमा आफैं सपना देख्ने अवस्था पनि थिएन शायद, त्यसैले समाजले नै सपना देखाइदिन्थ्यो, डाक्टर, इन्जिनियर वा पाइलट । त्यही हाम्रो सपना बन्ने गथ्र्यो । पंक्तिकारले पाइलट रोजेको सम्झन्छ । अहँ किन पाइलट, कसरी पाइलट थाहा छैन । शायद गाउँको आकाशमा कहिलेकाहीं धर्तीबाट खेलौना जत्रै दृष्टिगोचर हुने हवाइजहाज उडेको देखेर पाइलट बन्ने सपना आएको होला । 
सबैले आआफ्नो बाल्यकालका सपनाहरुको फेहरिस्त प्रस्तुत गर्दछन् । कसैले आफू मास्टर बन्ने सपना देखेको कुरा गर्छन्, कसैले नर्स त कसैले गायक । अधिकांश हामी सबैको सपना मिल्न जान्छ त्यो हो चलनचल्तीको डाक्टर, इन्जिनियर अथवा पाइलट ।
तर, त्यो धमिलो बाल्यकालमा पटकपटक सपना पनि परिवर्तित भइरहे । कहिले मास्टर बन्ने सपना त कहिले डाक्टर, इन्जिनियर यी सबै सबै सपना पालैपालो हस्तक्षेप गर्दै देखा परे । शायद आम नेपाली युवाले आआफ्नो बाल्यकालमा त्यस्तै रंगिविरंगी सपना देखेका होलान् । तर, यी हाम्रा सबै सपना औसत सपना हुन् । ठूलो मान्छे बन्ने, डाक्टर, इन्जिनियर, मास्टर, अफिसर, पाइलट, वकिल बन्ने यस्तै यस्तै । हामीले पालैपालो हाम्रो याने नेपाली परिवेशको सपना भनेर सक्यौं । 

अब पालो आयो सानैदेखि सम्पर्ूण्ाताको बाल्यकाल बिताएका र हाईफाई जिन्दगी बिताइरहेका ती युरोपियनहरुको सपना सुन्ने । जब उनीहरुले आफ्नो बाल्यकालको सपना सुनाउन थाले, उनीहरुको सपना हाम्रो बाल्यकालको सपना भन्दा बिलकुल फरक थियो । शायद हाम्रो बाल्यकाल र उनीहरुको बाल्यकालको अवस्था नै फरक भएर होला । हाम्रा सपना औसत थिए भने उनीहरुका सपना विशिष्ट खालको सुनिन्थे । त्यसैले ती सपना पृथक थिए । उनीहरुको सपना एब्स्ट्रयाक्ट थिए । 
जब उनीहरुले आफ्नो बाल्यकालको सपना सुनाउन थाले, उनीहरुको सपना हाम्रो बाल्यकालको सपना भन्दा बिलकुल फरक थियो । शायद हाम्रो बाल्यकाल र उनीहरुको बाल्यकालको अवस्था नै फरक भएर होला ।
एउटाले भन्यो, म लामो लामो दारी पालेर जोगी बन्ने सपना देख्थें । अर्काको सपना थियो फिल्म डाइरेक्टर बन्ने, अनि अर्काको विश्व भ्रमण गर्ने, अर्काको हिमालको यात्रा गर्ने । यस्तै यस्तै सपना उनीहरुको थियो । हो, उनीहरुको सपना र हाम्रो सपनाबिच निकै ठूलो अन्तर देखा पर्यो । त्यसैले सपना देख्नका लागि पनि शायद हैसियत चाहिन्छ । उनीहरुको सपनामा रचनात्मकता थियो, फरकपन थियो । तर, हाम्रा सपना सामान्य र गरिखाने खालका थिए । उनीहरुको सपनामा रमाइलो थियो, हाम्रोमा सामाजिक एवं पारिवारिक दायित्वको भारी । 

हो, बाल्यकालमै किन नहोस्, हामीले देख्ने सपनामा हाम्रो परिवेश झल्कने रहेछ । हाम्रो हैसियत झल्कने रहेछ । हाम्रो स्थिति झल्कने रहेछ । खै हाम्रो पृथक सपना देख्ने हैसियत कहिले बन्छ - सपनाको बोझिलो भारी बोकेर फर्किएको पंक्तिकारले घर पुगेर दर्ुइ कक्षामा पढ्दै गरेकी दाइकी छोरीलाई सोध्यो त्रि्रो भविष्यमा के बन्ने सपना छ, उही नेपाली परिवेशकै उत्तर आयो, 'डाक्टर' ।

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...