रसुवागढी एक्सप्रेश

मनिकर कार्की निवर्तमान


झिल्टुङको साहित्यिक कार्यक्रमको बिट मारेर काठमाण्डूबाट गएको टोली सिधै त्रिशुलीको किनारस्थित रातमाटे फाँटतिरको ओरालो लाग्यौं । भर्खरै खनिएको ठाडै ओरालो बाटोको स्थिति हर्ेदा बाटो खन्दा गर्नुपर्ने सामान्य प्रारम्भिक अध्ययन पनि नगरेझैं देखिन्थ्यो । त्यसो त अहिले गाउँघरतिर जताततै बाटो खन्ने क्रम तीव्र छ, बाटोको नक्सासम्म सबै गाउँमा पुगेकै छ ।
एउटा गाउँमा तीन चारवटासम्म बाटाहरु खनिएका छन् । यसरी बिना कुनै इन्जिनियरिंग डिजाइन, बिना भौगोलिक अध्ययन खनिएका बाटाहरु स्वभावतः वर्खाको समयमा प्रयोगबिहीन हुन्छन् र प्रत्येक वर्षत्यसलाई खनीखोस्री चालू अवस्थामा ल्याउनको लागि निकै बजेट खर्च गर्नुपर्ने बाध्यता छ । गाउँमा ठूलाबडा र स्थानीय राजनीतिज्ञहरुको घरघरलाई केन्द्रीत गरेर खनिएका त्यस्ता बाटाहरुले एक त गाउँघरमा जाने बजेट पर्ूण्ातया अनुत्पादक हुन पुगेको छ भने अर्कोतिर कमजोर धरातलमा खनिएका साँघुरा बाटाहरुले पर्यावरणमै असर पुग्नुका साथै त्यस्ता सडकहरुमा दर्ूघटनाका संभावनाहरुलाई पनि बढाइदिएको छ । यर्सथ, हामीले अब कति र कस्तो सडकको आवश्यकता पर्ने हो त्यसमा बृहत अध्ययन गर्न जरुरी छ । 

त्यसो त अहिलेको सडक सञ्जालको पहुँचलाई हर्ेदा केही अपवादबाहेक सबैजसो जिल्लाका गाउँहरुमा सडक सञ्जाल पुगेको छ, तर ती सबैजसो सडकहरुमा बाह्रै महिना सवारी आवागमन हुनसक्ने अवस्था छैन । अनि प्रत्येक वर्षवर्खामासमा झरेको पहिरो पन्छाउनमै बजेट खर्च गर्नुपर्ने बाध्यता आउँछ । यसलाई व्यवस्थित गर्नका लागि प्रत्येक गाउँमा एउटा सामुहिक सडक खन्ने र त्यसैलाई बलियो र दिगो बनाउनेतिर सोच्नुपर्ने बेला भइसकेको छ । प्रतिस्पर्धात्मक र प्रतिशोधात्मक रुपमा खनिएका अनगिन्ती सडकहरु न त प्रयोगमा आएका छन् न त तिनले वातावरणीय सन्तुलन कायम राख्न सकेका छन् । यर्सथ, अब यसतर्फपनि ध्यान जानु जरुरी छ । हो, हामी त्यस्तै सडकखण्डबाट ओरालो झरेर रातमाटे फाँटमा पुग्यौं । त्यहाँ चिया पिइसकेपछि निनु चापागाईं, स्नेह सायमीहरुलाई त्यहाँबाट काठमाण्डूको लागि विदा गरेर युग पाठक, नरेश ज्ञवाली, पाठकपुत्रर् इशान, मित्र ज्वालामुखी र पंक्तिकारसहितको हामी ५ जनाको टोली हर्ुइंकियो रसुवातिर । अबको भूगोल मेरा लागि नितान्त नौलो र अपरिचित थियो । अनि हामीलाई भूगोल, स्थानीय रहनसहन, सामाजिक, सांस्कृतिक तथा अर्थप्रणालीका बारेमा जानकारी दिने उनै मित्र ज्वालामुखी थिए । 
त्यहाँ चिया पिइसकेपछि निनु चापागाईं, स्नेह सायमीहरुलाई त्यहाँबाट काठमाण्डूको लागि विदा गरेर युग पाठक, नरेश ज्ञवाली, पाठकपुत्रर् इशान, मित्र ज्वालामुखी र पंक्तिकारसहितको हामी ५ जनाको टोली हर्ुइंकियो रसुवातिर ।

त्रिशुलीको किनारैकिनार घुम्तीमोड हुँदै अगाडि बढेको बाटो ठाउँठाउँमा बिग्रिएर खराब भएको थियो । तथापि हामीलाई मोटरसाइकल ड्राइभ गर्न भने त्यत्ति गाह्रो भएन । हामी त्रिशुलीको छाल, अनि पाकेको धानले सुनसरी बनेको त्रिशुलीकै फाँट, सडकका दायाँबायाँ छरिएर रहेको ससानो बजार क्षेत्रको दृष्यावलोकन गर्दै अघि बढ्यौं । हामी चिया नास्ताका लागि रसुवा र नुवाकोटको सीमानामा पर्ने बेत्रावती बजारमा रोकियौं । त्यसपछि कालिकास्थानको उकालो हर्ुइंकियौं । उकालो नागबेली परेको घर्ुमाइलो सडक अनि सडक वरिपरीका ससाना बस्ती र बाटाभरी फुलेका सयपत्री, मखमली फूलको सुन्दरता, घरका आँगनहरुमा भित्र्याइन लागेका अनेकन बाली, भर्खरै वर्खा सकिएर सफा बनेको नीलो आकाश, त्यही आकाशमा अपरान्हमा मलिन बन्दै गएको घामको प्रकाश अनि कात्तिकको हल्का गुलावी जाडोको मोटरसाइकल यात्रा, अनि यात्रामा आत्मीय मित्रहरुको साथ, बस् रोमाञ्चित बनाउन थप केही जरुरी थिएन । यर्सथ, हामी यात्राको भरपुर आनन्द लिँदै अघि बढ्यौं । रसुवाको कालिकास्थान पुग्दा केहीबेर अघिसम्म पारिलो बनेको रातो र्सर्ूय पश्चिमका डाँडाहरुमा बासबस्न तम्तयार देखिन्थ्यो । 

ठाउँठाउँमा रोकिएर भूगोलको दृष्यावलोकन गर्दै हामी अघि बढ्यौं । अबको बाटो भने केही खराब थियो, किनकि कालिकास्थानको उकालो पार गरिसकेपछिको आउने मूल खर्क लेकको सडकखण्ड भने बिग्रिएको रहेछ । फेरि तिनै साँघुरा सडकमा रसुवागढी नाका संचालनमा आएपछि अत्यधिक लोडयुक्त सवारीहरुको चाप पर्दा बाटो बिग्रिनु स्वाभाविकै थियो । यसको प्रत्यक्ष दसी त्यही बाटोमा देखियो । यद्यपि भूकम्पपछि असाध्यै चर्चाको शिखरमा रहेको रसुवागढी नाकाको सडकमार्ग योजना अनुसार विस्तार गर्ने काम भने सुरु भएको देखिएन । रसुवाको धुन्चे पुग्दा झमक्कै साँझ परिसकेको थियो । धुन्चेमा बासको प्रबन्धका लागि धुन्चेमै कार्यरत अर्का नुवाकोटे मित्र दिनेश लामिछाने उर्फअसीम अगाडि सरे र उनले नै एक होटेलमा बास बस्ने प्रबन्धको पहल गरिदिए । त्यस रात त्यहीं बास बसियो र भोलिपल्ट बिहान हामी धुन्चेबाट रसुवागढीको नाकातर्फअघि बढ्यौं । 
धुन्चेबाट ओरालो लागेपछि नुवाकोट, धादिङ्ग, गोरखा, चितवन हुँदै गड्गडाएर बग्ने त्रिशुली नदीको निम्छरो अनुहार देखियो । रसुवामा सानो खोल्सोझैं लाग्ने त्रिशुली दक्षिणतिर आइसकेपछि विशाल बन्दै आउँदोरहेछ । र, धादिंङ्ग आइसकेपछिको त्रिशुलीको रौद्र रुप त्यहाँ सानो खोल्सामा रुपान्तरित भएको देखियो । त्रिशुलीले प्रत्येक वर्षधेरै मान्छे निलिरहेको छ । त्यसो त त्रिशुलीको नामाकरणमा पनि धार्मिक हस्तक्षेप देखियो । त्रिशुली भन्दा चीनको तिब्बततिरको हिमालको फेदबाट बग्दै आउने खोला जसलाई स्थानीयहरु भोटेकोशी भन्दा रहेछन्, भोटेकोशी कयौं गुणा ठूलो रहेछ । अनि नदीको नामाकरणको सामान्य सिद्धान्त पनि धेरै पानी बग्ने खोलालाई मूलधार मानिन्छ र त्यसैको नामले तल्लो तटीय क्षेत्रको पहिचान बन्दछ । यदि खोलामा बग्ने पानीको मात्राकै आधारमा नामाकरण गर्दा त अहिलेको त्रिशुलीलाई भोटेकोशी नामाकरण गर्नुपर्ने हो, तर त्यहीँनेर सत्ताको धर्म र संस्कृति अनुरुप त्यसलाई एउटा मिथकका आधारमा त्रिशुली नामाकरण गरेको देखियो । धुन्चेको चियापसलमा चिया पिउँदै केही पाका स्थानीयहरुसँग त्रिशुलीको नामाकरणको प्रसङ्ग कोट्याउँदा उनीहरुले पनि यो तर्कमा सहमति जनाए । 
अनि नदीको नामाकरणको सामान्य सिद्धान्त पनि धेरै पानी बग्ने खोलालाई मूलधार मानिन्छ र त्यसैको नामले तल्लो तटीय क्षेत्रको पहिचान बन्दछ । यदि खोलामा बग्ने पानीको मात्राकै आधारमा नामाकरण गर्दा त अहिलेको त्रिशुलीलाई भोटेकोशी नामाकरण गर्नुपर्ने हो, तर त्यहीँनेर सत्ताको धर्म र संस्कृति अनुरुप त्यसलाई एउटा मिथकका आधारमा त्रिशुली नामाकरण गरेको देखियो । 

जेहोस् त्रिशुली तरिसकेपछिको चट्टानी सडकले कर्ण्ााली लोकमार्गको झल्को दिन्थ्यो । स्याफ्रु पुगेपछि रसुवागढीको लागि कच्ची बाटोको यात्रा सुरु भयो । कच्ची सडकमा धुलो उडाउँदै भोटेकोशीको तिरैतिर हामी हर्ुइंकियौं । रसुवागढीको सीमा नजिकैको बजार टिमुरे पुग्दा त्यस्तै दस बजेको हुँदोहो । तिहारको चटारोमा रहेको टिमुरे बजारमा खासै चहलपहल देखिएन । अनि रसुवागढीको भोटेकोशी किनारमा दर्जनौंको संख्यामा मालबाहक कन्टेनरहरु थन्किएका थिए, शायद तिहारको कारण भन्सार कार्यालय बन्द भएकोले ती कन्टेनरहरु चलानीको पालो कुरेर बसेका थिए । डेढवर्षघिको शक्तिशाली भूकम्पका कारण चीनबाट सामान आयात गर्ने एकमात्र नियमित नाका सिन्धुपाल्चोकको तातोपानी पहिरोका कारण अवरुद्ध भएपछि रसुवागढी सीमा नाकाको चर्चा बढी सुनिन थालेको हो । त्यसैबेला देखि सरकारले पनि यो नाकाको व्यवसायिक प्रयोगका लागि कुटनीतिक पहल सुरु गरेको देखिन्छ । चीनले पनि तिब्बतको सिगात्सेसम्म आएको रेल्वेलाई केरुंगसम्म विस्तार गर्न लागेको र तिब्बतको केरुंग बजार रसुवागढीबाट मात्र २४ किलोमिटर टाढा भएकोले केरुंगसम्म आउने रेल्वेलाई नाकाहुँदै काठमाण्डूसम्म ल्याउन सकिने संभावनाको चर्चा अहिले नेपालमा भइरहेको छ । 

रसुवागढी नाकामा भेटिएका सवारी चालक तथा केही व्यवसायीहरुको अनुसार अहिले चीनबाट यो नाका हुँदै तयारी पोशाक एवं लत्ताकपडा, केही विद्युतीय सामानहरु र मुख्य गरी चिनियाँ स्याउ भित्रिने गरेको बुझियो । दैनिक औसतमा २०/२५ कन्टेनर सामान नेपाल भित्रिने गरेकोमा नेपालबाट रित्ता कन्टेनर सामान लोर्डगर्न केरुंगसम्म जाने बाहेक खासै केही निर्यात नहुने बुझियो । कहिलेकाहिं सिजनमा केही कन्टेनर मैदा, घिउ र हस्तकलाका वस्तुहरु निर्यात हुने गरेको बुझियो । केही समयअघिसम्म नेपालबाट हरियो तरकारी चीनमा निर्यात हुने गरेको तर, नेपालको तरकारीमा अत्यधिक विषादी प्रयोग भएको भन्दै चीनबाट त्यस्तो तरकारी लैजान प्रतिबन्ध लगाएको सुनियो । यसबाट हामीले आफ्नो व्यवसायमा इमानदारीता पर््रदर्शन गर्न नसकेको महशुस भयो । केही मात्रामा निर्यात हुने सामग्रीहरु पनि प्रतिबन्धको मारमा पर्नु साँच्चिकै दुःखद कुरा हो । तर, यसतर्फनेपालका कृषक तथा व्यवसायीहरुले चासो राखेको बुझिएन । 

रसुवागढी नाकाको दृष्यले हामी गरिब मुलुकका नागरिक भएकै कारण अर्को छिमेकी मुलुकमा सहजै प्रवेश पाउन नसकेको र हामीले आफ्ना नियमित आवश्यकता पर्ूर्तिकै लागि पनि उनीहरुको भर पर्नुपर्ने परनिर्भरताका कारण उनीहरुले हामीलाई हर्ेर्ने दृष्टिकोणमा अन्तर भएको महशुस भयो । जुन दिन रसुवागढी नाकामा यी दृष्यहरु देखियो, ठीक त्यसैदिन पर्ूव प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले चीनकै ग्वाङ्जाओबाट हङ्गकङ्गसम्मको रेलयात्रामा अपमान व्यहोर्नु परेको अभिव्यक्ति फेसबुक स्टाटस्मार्फ दिए । उनले फेसबुकमा पोष्ट गरेका थिए -' ग्वाङ्जाओबाट हङ्गकङ्गसम्म रेलमा यात्रा गर्दा महात्मा गान्धीको दक्षिण अफि्रका यात्राको दुःखद् सम्झना भयो । सामान्य यात्रीको रुपमा नेपाली पासपोर्टको विदेशमा कति अपमान हुँदोरहेछ भन्ने प्रत्यक्ष अनुभूति भयो ।' यदि हामी पनि आर्थिक रुपले सक्षम हुन्थ्यौं र उताबाट जति सामान भित्रिन्छ, त्यही अनुपातमा यताबाट पनि सामान निर्यात गथ्र्यौं भने हामी सीमामा त्यसरी अपहेलित हुने थिएनौं ।
' ग्वाङ्जाओबाट हङ्गकङ्गसम्म रेलमा यात्रा गर्दा महात्मा गान्धीको दक्षिण अफि्रका यात्राको दुःखद् सम्झना भयो । सामान्य यात्रीको रुपमा नेपाली पासपोर्टको विदेशमा कति अपमान हुँदोरहेछ भन्ने प्रत्यक्ष अनुभूति भयो ।'

हो, केहीबेरको रसुवागढी नाकाको गतिविधि नियाल्ने क्रममा देखिएको दृष्यले मन अमिलो बनाइदियो । किनकि एउटै भूगोल वारी र पारी एउटा खोलाले छुट्याएको सीमाना अनि सीमानामा एउटा मोटरेवल पुल । पुलवारी अस्थायी टहरोमा बसेको नेपाल प्रहरीको चेकपोष्ट अनि पुल पारी विशाल व्यवसायिक कम्प्लेक्सझैं देखिने भवनमा अत्याधुनिक प्रविधियुक्त सुरक्षा उपकरणजडित इन्ट्री प्वाइन्ट । वारी र पारीको दृष्यमा विशाल भिन्नता थियो । यतिसम्म कि भूकम्पका कारण भोटेकोशी खोलामा रहेको मितेरी पुलको नेपालतर्फा आधा भाग भूकम्पका कारण क्षत्रि्रस्त भएर बेलीब्रिज जडान गरिएको तर, चीनतर्फो आधा पुलमा भने कुनै क्षति नपुगेको देखियो । यसबाट निम्सरो देशलाई प्रकृतिले पनि पेल्दो रहेछ झैं लाग्यो ।  अनि हामी नेपालीलाई पारी जान मनाही तर, चिनियाँहरु पासपोर्ट देखाएर सहजै नेपाल प्रवेश गर्न सक्ने अवस्था त्यहीं देखियो । रसुवावासीहरुलाई भने एक दिनका लागि केरुंगसम्म जान स्थानीय प्रशासनले प्रवेश पास बनाइदिने रहेछ । तर, अन्य नेपालीहरुका लागि भने चीनतिर सहज प्रवेशको कुनै गुञ्जायस थिएन । हामीले चीनतिर जानको लागि प्रशासनसँग कुनै प्रकारको अनुमति पनि नलिएको हुँदा हामी मितेरी पुलमै केहीबेर सुस्ताएर फर्कियौं । रसुवागढी सीमाको अवलोकनबाट फर्किंदै गर्दा छिमेकमा अग्लाअग्ला पर्खाल लगाएर घर छेक्ने धनाड्य छिमेकीले छेवैको झुपडपट्टीमा बस्ने गरिब छिमेकीलाई गर्ने व्यवहारको झल्को दियो ।  
Published on ratopati.com

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...