युवालाई युवाकाे प्रश्न

मनिकर कार्की ‘निवर्तमान’
स्केच: गुगल खाेजी








आजकल सामाजिक तथा राजनीतिक क्षेत्रमा युवा सहभागिताको प्रश्न निकै पेचिलो बन्दै गएको छ । मुलुकमा समावेशी र समानुपातिक प्रतिनिधित्वमूलक लोकतन्त्रको प्रसङ्ग चलिरहँदा राज्यका निकाय, सार्वजनिक तथा राजनीतिक सङ्गठनहरुमा पनि जनसाङ्ख्यिक रुपमा सहभागिताको प्रश्न उब्जिन थालेको छ ।
अनि हरेक सामाजिक तथा राजनीतिक प्रसङ्गहरुमा युवा सहभागिताको प्रश्नलाई जोड दिने गरिएको पनि छ । सबैजसो राजनीतिक पार्टीका नेताहरुले युवाहरु नै देशका मेरुदण्ड हुन् भन्न छाडेका छैनन् । अनि देशको आर्थिक विकास र समृद्धिमा युवा शक्तिको योगदान अपरिहार्य रहेको भाषण गर्न पछि पर्दैनन् । सिद्धान्ततः युवालाई नै आशा र भरोसाको केन्द्रका रुपमा पनि अथ्र्याउँछन् । तर, व्यवहारतः सामाजिक तथा राजनीतिक क्षेत्रमा युवा सहभागिता अझै पनि निर्णायक र अर्थपूर्ण हुन सकेको छैन । आखिर किन ? अझै पनि युवालाई भविष्यका कर्णधार नै मानिन्छ, वर्तमानको साझेदार होइन । सबैले भन्नकै लागि मात्र युवा सहभागिताको आवश्यकताको कथा हाल्ने गरेका छन् । तर, राज्यको अङ्गहरुमा र राजनीतिक संस्थाहरुमा जनसाङ्ख्यिक रुपमा पनि युवाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन ।
जहाँसम्म राजनीतिमा युवा सहभागिताको प्रश्न छ, अब युवाले कस्तो भूमिका खेल्नुपर्छ ? के भयो भने युवाको भूमिका हस्तक्षेपकारी हुन्छ ? कसरी युवाहरुको प्रतिनिधित्व सुनिश्चित हुन्छ ? अनि युवाले पनि आफूलाई कसरी विकल्पका रुपमा प्रस्तुत गर्नुपर्छ ? देशमा मौलाइरहेको राजनीतिक बेथितिसँगै यी र यस्तै सवालहरु पनि अनुत्तरित नै छन् । मूलतः राजनीतिमा अब युवाको भूमिका कस्तो हुनुपर्छ ? युवाले कस्तो प्रकारको राजनीति गर्नुपर्छ ? युवा सधैँ दलका फलोअर हुने कि सर्जक पनि हुने ? समाजको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमा युवाको भूमिका के हुने ? नयाँ युवामैत्री संस्कृति निर्माणका लागि युवाले कस्तो प्रकारको भूमिका निर्वाह गर्नुपर्छ ? आर्थिक उत्पादनमा युवाको भूमिका के हुने ? राजनीतिमा युवाहरु कसरी र किन वैकल्पिक शक्ति हुने ? एक प्रकारले भन्ने हो भने खुल्ला बजार अर्थतन्त्रमा उपभोगको साधनझैँ बन्न पुगेका अहिलेका हामी युवाहरुसामु यी र यस्तै प्रश्नहरु तेर्सिएका छन् । अनि मूलतः यिनै प्रश्नहरुको वरिपरि रहेर अहिलेको युवालाई युथ ओरियन्टेसन दिन पनि जरुरी देखिएको छ ।
खासमा भन्ने हो भने मुलुकका जुनसुकै राजनीतिक सङ्घर्षको मैदानमा सबैभन्दा अगाडि युवा शक्ति नै सरेको इतिहास हामीसँग छ । २००७ सालयताको राजनीतिक सङ्घर्षका अवधिहरुलाई सम्झिने हो भने ती सबै आन्दोलन, सङ्घर्ष र क्रान्तिको नेतृत्व पनि युवाहरुले नै गरेको देखिन्छ भने त्यसलाई सफलतामा पुर्याउनका लागि पनि युवा शक्ति नै निर्णायक शक्तिका रुपमा उभिएको देखिन्छ । तर, जब राजनीतिक परिर्वतनहरु हुन्छन् त्यसपछिका अवधिमा भने युवालाई उपेक्षा गरिएको बग्रेल्ती उदाहरणहरु छन् ।
हिजोको पारम्परिक राजनीतिमा युवाहरु प्रयोग मात्रै भए । युवालाई राजनीतिक पार्टीहरुले आफ्नो दलगत स्वार्थ पूरा गर्नका लागि उपयोग गरे । खासमा भन्ने हो भने मुलुकका जुनसुकै राजनीतिक सङ्घर्षको मैदानमा सबैभन्दा अगाडि युवा शक्ति नै सरेको इतिहास हामीसँग छ । २००७ सालयताको राजनीतिक सङ्घर्षका अवधिहरुलाई सम्झिने हो भने ती सबै आन्दोलन, सङ्घर्ष र क्रान्तिको नेतृत्व पनि युवाहरुले नै गरेको देखिन्छ भने त्यसलाई सफलतामा पुर्याउनका लागि पनि युवा शक्ति नै निर्णायक शक्तिका रुपमा उभिएको देखिन्छ । तर, जब राजनीतिक परिर्वतनहरु हुन्छन् त्यसपछिका अवधिमा भने युवालाई उपेक्षा गरिएको बग्रेल्ती उदाहरणहरु छन् । फेरि युवाले पनि राजनीतिक परिवर्तनपछिको राजनीतिक तरलताको व्यवस्थापनमा अहं भूमिका खेलेको देखिँदैन । किनकि त्यसपछिको अवस्था फेर्ने जिम्मा भने मूलतः दलका प्रौढ नेताहरुलाई नै सुम्पिएको देखिन्छ ।
यसमा किन युवा आफैं सक्रिय भएर अघि बढ्न सकेन ? प्रश्न स्वभाविक देखिन्छ । हो, हिजोको पारम्परिक राजनीतिमा युवा शक्ति दलका नेताहरुको लागि राजनीति गर्ने साधन बनेको पक्कै हो । तर, त्यसमा युवाहरु जो राजनीतिक रुपले सक्रिय रहे ती स्वयम्ले पनि आफ्नो हैसियत र भूमिका निर्वाह गर्न सकेनन् । उनीहरु आफैं नेतृत्व बन्न सकेनन् किन्तु असल फलोअर हुनुमै वर्ग गरे र आआफ्ना दल र गुटका नेतालाई काँधमा बोकेर हिँडिरहे । अनि राजनीतिक नेतृत्वले पनि आवश्यकता अनुसार एउटा व्याकअप शक्तिका रुपमा युवालाई उपयोग गरि नै रह्यो । उसले युवालाई जगेडा शक्तिका रुपमा ग्रहण गर्यो र सङ्घर्षको क्रममा उपयोग गरि नै रह्यो ।
परिणामतः समावेशी समानुपातिक लोकतन्त्रको कुरा गरिरहँदासमेत हामी युवाहरुलाई सामाजिक तथा राजनीतिक क्षेत्रमा अर्थपूर्ण सहभागिता गराउनुपर्ने कुरा गरिरहेका छौं । आखिर हामी किन यस्तो अवस्थामा पुग्यौं ? देश बनाउने शक्ति किन जहिल्यै माग्नुपर्ने अवस्थामा पुग्यो ? के अब पनि युवाहरु राजनीतिका असल फलोअर मात्रै बन्ने हो ? अनि युवाले जहिल्यै पनि राजनीतिक नेतृत्वसँग माग्ने मात्रै हो ? के युवाहरुले सकारात्मक हस्तक्षेप गर्न सक्दैनन् ? साँच्चिकै हामी यदि नयाँ ढङ्गले राजनीतिलाई परिभाषित गर्न चाहन्छौँ र अहिले जसरी राजनीति चलिरहेको छ, त्यसलाई परिवर्तन गरेर नयाँ वैकल्पिक राजनीतिको सोच र संस्कार निर्माण गर्न चाहन्छौँ भने अब युवाहरुले आफूलाई सधैँ राजनीतिक दलहरुको सहायक भूमिकामा होइन किन्तु निर्णायक तहमा उभ्याउनु जरुरी देखिन्छ । युवाहरुले आफ्नो अर्थपूर्ण सहभागिता खोज्नुपर्छ र सामाजिक तथा राजनीतिक क्षेत्रमा निर्णायक प्रतिनिधित्वको दाबी गर्नुपर्छ । यसका लागि मागेर होइन आफैं उत्तम विकल्प बनेर देखाउने बेला आइसकेको छ । त्यसबाट सम्पूर्ण राजनीतिक पार्टीहरु आफ्ना साङ्गठनिक संरचनाहरुमा युवाहरुलाई समावेश गराउन बाध्य हुनेछन् । यसका लागि युवाले आफैंलाई रचनात्मक रुपले परिस्कृत गर्दै आफूलाई समाजको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक रुपान्तरणको संवाहक बनाउनु जरुरी हुन्छ ।
दोस्रो अन्तरविरोध हो, सामाजिक–राजनीतिक क्षेत्रमा युवा सहभागिताको आवश्यकता र पठित बजारी युवाहरुको त्यो क्षेत्रमा देखिएको अनिच्छा । खासगरी सहर बजारमा एउटा यस्तो युवा पुस्ता जन्मिएको छ, जो पढालिखा त पक्कै छ तर यो समाज कता गइरहेको छ ? देशको राजनीति कता गइरहेको छ ? त्यसप्रति कुनै प्रकारको चासो राख्दैन । यो पङ्क्ति केवल खुल्ला बजार अर्थतन्त्रमा आयातित सामानहरुको निर्वाध उपभोग गर्ने मानव मेसिन बन्न पुगेको छ । यी दुई प्रकारका मुख्य अन्तरविरोधबाट बचाएर युवामा आलोचनात्मक चेत भर्नु नै अहिलेको मुख्य चुनौती हो । तर, हामीले हाम्रो समाजले अनि अहिलेको मूलतः दलालीकरणतर्फ उन्मुख राजनीतिले त्यस्तो युवा शक्तिको निर्माण गर्न सक्छ ? अहिलेको मुख्य प्रश्न यो पनि हो ।
त्यसैगरी मुलुकको आर्थिक विकास र प्रगतिका लागि पनि युवाले नै निर्णायक भूमिका खेल्नुपर्ने र त्यसका लागि युवाले आफैंबाट सकारात्मक र परिणाममुखी कामको थालनी गर्नुपर्छ । यसका लागि युवा आफैं विकल्प बन्ने कि कसैले युवालाई भूमिका दिने ? अहिलेको सन्दर्भमा युवा अवस्थाको कुरा गर्दा युवाहरुमा मूलतः दुई प्रकारको अन्तरविरोध देखिन्छ । पहिलो अन्तरविरोध हो, राजनीतिक रुपमा युवाशक्तिको आवश्यकता र नेतृत्वसँगको दलालीकरणको अन्तरविरोध । निःसन्देह देशको युवा शक्ति नै हरेक प्रकारले निर्णायक शक्ति हुन्छ, चाहे त्यो राजनीतिक सङ्घर्षको मैदानमा होस्, चाहे त्यो सामाजिक आन्दोलनमा होस्, चाहे त्यो निर्माणको क्षेत्रमा होस्, वा अन्य कुनै क्षेत्रमा । तर, युवा शक्तिले आफ्नो सामथ्र्यलाई अन्दाज गर्न सकेको देखिँदैन । आफूमा त्यो सामथ्र्य भइकन पनि राजनीतिक प्रतिनिधित्वका लागि युवा नेतृत्व जहिल्यै पनि दलका नेताहरुसँगको दलालीकरणमै अभ्यस्त देखिन्छन् । किन ?
राजनीतिक रुपले सचेत युवा समुदायमा त्यो समस्या निकै देखिन्छ, यसले गर्दा राजनीतिक रुपले सचेत युवा पङ्क्तिमा आफ्नो दलको नेतृत्वप्रति आलोचनात्मक दृष्टिकोण निर्माण हुन सकेको छैन र ऊ कुनै न कुनै रुपमा शक्ति आर्जन गर्नका लागि नेतृत्वको दलालीमै आफूलाई अब्बल सावित गर्ने कोसिस गरिरहेको छ । अहिलेको राजनीतिक रुपले सचेत भनिएको एउटा युवा पङ्क्तिका लागि यो नै मुख्य अन्तरविरोध बनेको छ ।
दोस्रो अन्तरविरोध हो, सामाजिक–राजनीतिक क्षेत्रमा युवा सहभागिताको आवश्यकता र पठित बजारी युवाहरुको त्यो क्षेत्रमा देखिएको अनिच्छा । खासगरी सहर बजारमा एउटा यस्तो युवा पुस्ता जन्मिएको छ, जो पढालिखा त पक्कै छ तर यो समाज कता गइरहेको छ ? देशको राजनीति कता गइरहेको छ ? त्यसप्रति कुनै प्रकारको चासो राख्दैन । यो पङ्क्ति केवल खुल्ला बजार अर्थतन्त्रमा आयातित सामानहरुको निर्वाध उपभोग गर्ने मानव मेसिन बन्न पुगेको छ । यी दुई प्रकारका मुख्य अन्तरविरोधबाट बचाएर युवामा आलोचनात्मक चेत भर्नु नै अहिलेको मुख्य चुनौती हो । तर, हामीले हाम्रो समाजले अनि अहिलेको मूलतः दलालीकरणतर्फ उन्मुख राजनीतिले त्यस्तो युवा शक्तिको निर्माण गर्न सक्छ ? अहिलेको मुख्य प्रश्न यो पनि हो ।
त्यसो त युवालाई बुझ्ने र ग्रहण गर्ने सवालमा पनि केही मतभिन्नताहरु देखा पर्छन् । युवालाई कसरी हेर्ने भन्ने सन्दर्भमा प्रौढ र युवा पुस्तामा फरक फरक बुझाइ विद्यमान छ । अघिल्लो पुस्तालाई युवा पुस्ता अल्लारे लाग्छ । अस्थिर लाग्छ । योजनाविहीन लाग्छ । अनि कतिपय सवालमा दृष्टिकोण विहीन पनि । युवाहरु आफैंले केही गर्न सक्दैनन्, उनीहरुलाई दिशानिर्देश जरुरी हुन्छ भन्ने त्यो पुरानो पुस्ताको बुझाइ छ । यसर्थ, उनीहरु सार्वजनिक खपतका लागि राष्ट्र निर्माणको अभिभारा अब युवाको काँधमा छ, भनेर भाषण गर्दैगर्दा कताकता उनीहरु आफैंमा झस्किन पुग्छन् । किनकि त्यो भाषण उनीहरुको लागि बाध्यता हो । त्यति भनिएन भने, उनीहरुको आफ्नै राजनीतिक भविष्य धरापमा पर्नेछ । त्यसैले सार्वजनिक मञ्चमा उनीहरु जहिल्यै युवामैत्री देखिन्छन् । तर, यथार्थमा उनीहरुको युवाप्रति विश्वास छैन र व्यवहारतः उनीहरुले युवालाई सबै प्रकारका जिम्मेवारी सुम्पिन सकेका छैनन् । वास्तवमा उनीहरुले भनिए अनुसार युवालाई विश्वास गर्न सकेको देखिंदैन ।
के अब पनि राजनीतिमा युवाको भूमिका त्यही हो ? अनि युवाले जहिल्यै पनि प्रौढहरुसँग माग्ने मात्रै हो ? के युवाले अब आफ्नै पहलमा रचनात्मक हस्तक्षेप गर्ने बेला भएन ? समाज परिवर्तनमा युवाहरुको सक्रिय भूमिकाको चर्चा गर्दैगर्दा यी र यस्ता प्रश्नहरुको उत्तर पनि खाजिनु जरुरी छ । नेपाली युवाहरुको विद्यमान अवस्था र मुलुकमा सक्रिय युवाहरुको राजनीतिक अपेक्षाबीच तादम्यता मिलाउनै पर्छ । साँच्चिकै हामीले सोचेजस्तो नयाँ र समृद्ध नेपालको परिकल्पना गर्ने हो भने युवा सक्रियता र परिचालनको सन्दर्भमा विद्यमान विरोधाभासको अन्त्य अनिवार्य छ ।
अर्कोतिर युवा पङ्क्तिमा जुन जोस र जाँगर छ, त्यसमा पनि एक खालको दम्भ र घमण्ड देखापर्छ । अनि जानेर वा नजानेरै उनीहरु निषेधात्मक हुन पुग्छन् । खासगरी पछिल्लो समयमा विज्ञान, सूचना, सञ्चार र प्रविधिमा आएको युगान्तकारी परिवर्तन अनि त्यसको प्रभावका कारण युवापङ्क्ति आफूलाई निकै जान्नेसुन्ने र बुज्रुक सम्झन पुगेको छ । प्रविधिलाई उपयोग गर्ने सवालमा प्रौढको तुलनामा युवा मस्तिष्क निकै छिटो पनि छ । अनि त्यसैलाई आधार बनाएर युवाले पनि अघिल्लो पुस्ता जसले सिद्धान्त र विचारको राजनीति मात्रै गर्यो । त्यसलाई आउटडेटेड सम्झन्छ । अनि पुरानो पुस्ताले कुरा मात्रै गरेको काम नगरेको तर्क गर्छ । अनि युवाहरुलाई निर्णायक तहमा कहिल्यै जिम्मेवारी नदिएको आरोप लगाउने गर्दछ ।
खासमा यी दुई विपरीत र विरोधाभाषी बुझाइका कारण नेपालको राजनीतिमा युवा र प्रौढबीच जहिल्यै सघन टकराव हुनेगरेको छ । खासगरी पार्टीहरुका आन्तरिक सङ्गठनमा यस प्रकारको टकराव प्रस्ट रुपमा देखिन्छ । अलिकति अतीतमुखी भएर हेर्दा इतिहासमा युवाहरुलाई राजनीतिक दलहरुले उपयोग मात्रै गरेको देखिन्छ । युवाहरुलाई खासगरी चुनावी प्रयोजनका लागि उपयोग गर्ने गरियो । पार्टीको बन्द, हड्ताल, सभा, जुलुसको समयमा युवा विद्यार्थीहरुलाई सडकमा उतार्ने काम मात्रै भयो । तर, युवालाई केन्द्रीय राजनीतिमा भूमिका कहिल्यै दिइएन । के अब पनि राजनीतिमा युवाको भूमिका त्यही हो ? अनि युवाले जहिल्यै पनि प्रौढहरुसँग माग्ने मात्रै हो ? के युवाले अब आफ्नै पहलमा रचनात्मक हस्तक्षेप गर्ने बेला भएन ? समाज परिवर्तनमा युवाहरुको सक्रिय भूमिकाको चर्चा गर्दैगर्दा यी र यस्ता प्रश्नहरुको उत्तर पनि खाजिनु जरुरी छ । नेपाली युवाहरुको विद्यमान अवस्था र मुलुकमा सक्रिय युवाहरुको राजनीतिक अपेक्षाबीच तादम्यता मिलाउनै पर्छ । साँच्चिकै हामीले सोचेजस्तो नयाँ र समृद्ध नेपालको परिकल्पना गर्ने हो भने युवा सक्रियता र परिचालनको सन्दर्भमा विद्यमान विरोधाभासको अन्त्य अनिवार्य छ ।
राताेपाटी डट कममा प्रकाशित ।

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...