विकल्पका लागि ‘निष्पक्ष सक्रियता’

मनिकर कार्की ‘निवर्तमान’

गएको साता फ्रान्समा भएको राष्ट्रपतीय निर्वाचनमा वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्दै आएका इम्यानुअल म्याक्रोन अप्रत्यासित रुपमा निर्वाचित भएका छन् । उनको विजयीसँगै समग्र विश्वभर फेरि वैकल्पिक राजनीतिले चर्चा मात्र पाएको छैन परन्तु यसको अपरिहार्यता र बढ्दो आकर्षण पनि स्थापित हुनपुगेको छ ।

पूर्वमन्त्री म्याक्रोनले परम्परागत राजनीतिबाट आर्थिक सङ्कटमा फस्दै गएको फ्रान्सको उद्धार हुन नसक्ने भन्दै अघिल्लो वर्ष मात्र उनले फ्रान्सेली गणतन्त्र र समग्र युरोपकै भविष्यका लागि पारम्परिक राजनीतिको चङ्गुलबाट बाहिर निस्केर नयाँ वैकल्पिक राजनीतिक धार निर्माणको कसरत गरेको थिए । उनको समृद्ध र गतिशील फ्रान्सेली गणतन्त्रलाई ‘गणतन्त्रको मार्चपास’ अर्थात् ‘दी रिपब्लिक वाकिङ्ग (ला रिपब्लिक एन मार्च)’ नामकरण गरेरै राजनीतिक अभियान सुरु गरेका थिए । तिनै म्याक्रोन अहिले समग्र युरोपकै शक्तिशाली देशको राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनको यो विजयसँगै फेरि एकपटक विश्वव्यापी रुपमा वैकल्पिक राजनीतिको आवश्यकता र अपरिहार्यताको सान्दर्भिकता थप पुष्टि भएको छ ।
त्यसो त गत नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट चरम दक्षिणपन्थी विचारका डोनल्ड ट्रम्प निर्वाचित भएसँगै विश्वको राजनीति पुरानै पारम्परिक लयतर्फ फर्किएको विश्लेषण हुँदै आएको थियो । त्यसमाथि बेलायतले युरोपेली सङ्घबाट बाहिरिनका लागि गरेको जनमत सङ्ग्रहको नतिजासमेतले विश्वको अर्थराजनीति अब पुनः पुरानो लयतर्फ फर्किने सङ्केत देखा पर्दै गएको थियो ।
तर त्यही युरोपमै पछिल्लो समयमा भएको फ्रान्सेली निर्वाचनले विकल्पको खोजीलाई प्रोत्साहन गरेको छ । यसअघि अघिल्लो महिना टर्कीमा भएको जनमत सङ्ग्रहबाट विद्यमान संसदीय व्यवस्थालाई खारेज गर्दै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू भएको थियो । यी पछिल्ला केही घटनाले विश्वको अर्थराजनीतिले विकल्पको खोजी गरेको प्रष्ट सङ्केत गरेको छ ।
निश्चित रुपमा चुनाव हो, चुनावमा सबैले आफू र आफ्नो दललाई जिताउनको लागि मत माग्ने नै भए । तर पनि आम रुपमा केवल मतदाता मात्र रहेका जनताले भने यस्तो बेलामा कसैको बहकाउमा लागेर भन्दा पनि रुपचन्द्र विष्टले भनेझैँ आफ्नो विवेकको प्रयोग गरेर सत्य र न्याय के हो त्यो छुट्टयाउनुपर्ने बेला भएको छ । पक्ष र विपक्षमा बा“डिएका नेता–कार्यकर्ताले निश्चित रुपमा ‘निष्पक्ष सक्रियता’को अभ्यास गर्न सक्तैनन् । यद्यपि आम जनताले न्याय र सत्यको पक्षमा आफ्नो विवेक प्रयोग गर्ने बेला भएको छ ।
प्रोजेक्ट सिन्डिकेटको अनलाइन संस्करणमा फ्रान्सेली प्राध्यापक डोमिनिक मोइसी लेख्छन्– ‘म्याक्रोनका लागि यो एउटा सुरुवात हो । फ्रान्सलाई विश्वको एउटा प्रगतिशील आशाको विम्ब बनाउने उनको प्रतिबद्धताको सुरुवात हो ।’
यो त भयो फ्रान्सको ताजा चुनावी परिणामले दिएको सङ्केतको कुरा । हो, हामी पनि अहिले चुनावकै सँघारमा उभिएका छौँ । मुलुकको राज्य संरचनामा आएको फेरवदलसँगै देशमा संविधानले परिकल्पना गरेको शक्तिशाली स्थानीय तहको पहिलो निर्वाचन हुँदैछ । वैशाख ३१ गते आइतबार हामी पहिलो चरणको निर्वाचनमा होमिन लागेका छौँ । चुनावी मैदानमा पारम्परिक राजनीतिका ठूला भनिने पार्टीहरु नै चुनावी प्रतिस्पर्धाको अग्रपङ्क्तिमा उभिएका छन् । तथापि देशमा वैकल्पिक राजनीतिक अभियान सुरु गरेका नयाँ वैकल्पिक पार्टीहरुले समेत आफ्नो सशक्त उम्मेदवारी प्रस्तुत गरेका छन् । अब चुनावी मोर्चामा फैसला गर्ने पालो आम मतदाताकै हो ।
‘थाहा आन्दोलन’का प्रणेता रुपचन्द्र विष्टको एउटा भनाइ छ– ‘हामी कसैका होइनौँ, कोही हाम्रा होइनन् । हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रो ।’
रुपचन्द्र विष्ट, जो नेपालको प्रगतिशील राजनीतिक आन्दोलनका एकल अभियन्ता थिए, उनलाई अहिले कुनै अमूक पार्टीले अगुवाको दलील पेश गर्ला नै तर, उनले आफ्नो जीवन कालमा जे गरे, जे बोले र जसरी आफ्नो जीवन गुजारे, शायद उनले जीवनभर ‘निष्पक्ष सक्रियता’को पूर्ण अभ्यास गरे । उनले मात्र बोलेनन्, बोलेका कुरा व्यवहारमै गरेर देखाए । उनी कसैको पक्ष वा विपक्षमा लागेनन् । उनी पक्षमा लागे त केवल न्याय र सत्यको । उनी मानिसहरुमा विवेकको बत्ती बाल्दै ‘अथाह’लाई ‘थाहा’मा बदल्ने चेष्टा गर्दै हिँडे । उनले आफ्नो जीवन नै त्यसैमा व्यतीत गरे ।
अहिले देशमा चुनावी सरगर्मी बढेको छ । पहिलो चरणको स्थानीय तह निर्वाचनको मतदानका लागि अब दिन होइन, घन्टाको प्रतीक्षा हुँदैछ । राजनीतिक दलका नेताहरु आआफ्नो पार्टी पङ्क्तिलाई जिताउनका लागि जनतास“ग मत मागिरहेका छन् । स्वभाविक हो, निर्वाचनको समयमा सबैले आफ्नो आफ्नो कुरा गर्ने नै भए । निर्वाचनको सँघारमा आइपुग्दा सबै नेता–कार्यकर्ताहरु पक्ष विपक्षमा बा“डिएका छन् । कतिपय ठाउ“हरुमा त एकले अर्काविरुद्ध अनर्गल प्रचार मात्र होइन, आपसी झडपसमेत भएका खबरहरु आएका छन् । चुनावी झडपमै दोलखामा एकजना युवा मारिएको दुःखद खबर पनि सार्वजनिक भएको छ ।
निश्चित रुपमा चुनाव हो, चुनावमा सबैले आफू र आफ्नो दललाई जिताउनको लागि मत माग्ने नै भए । तर पनि आम रुपमा केवल मतदाता मात्र रहेका जनताले भने यस्तो बेलामा कसैको बहकाउमा लागेर भन्दा पनि रुपचन्द्र विष्टले भनेझैँ आफ्नो विवेकको प्रयोग गरेर सत्य र न्याय के हो त्यो छुट्टयाउनुपर्ने बेला भएको छ । पक्ष र विपक्षमा बा“डिएका नेता–कार्यकर्ताले निश्चित रुपमा ‘निष्पक्ष सक्रियता’को अभ्यास गर्न सक्तैनन् । यद्यपि आम जनताले न्याय र सत्यको पक्षमा आफ्नो विवेक प्रयोग गर्ने बेला भएको छ ।
यो चुनाव अब नीति निर्माण तहको होइन, स्थानीय तहमा बसेर काम गर्नैको लागि जनताका प्रतिनिधि चुनिने चुनाव हो । यसर्थ, हामीले अब कस्ता प्रतिनिधि चुन्ने ? यो सवालमा अलिकति इतिहासको पुनरावलोकन जरुरी हुन्छ । हामीले विगत लामो समय पुराना राजनीतिक पार्टीहरुको शासन हेर्यौँ । ती मूलतः व्यक्ति र दल केन्द्रित नै देखिए । आम जनताका आवश्यकताबाट निकै पर आफ्नै दलीय अनि गुटगत स्वार्थको राजनीतिले देशको ढुकुटीको ब्रह्मलुट भएको छ ।
मूलतः केही अपूर्णताको बाबजुद देशमा नयाँ संविधान जारी भइसकेपछि एउटा राजनीतिक आन्दोलनको पटाक्षेप हुन पुगेको छ । अब त्यसले परिकल्पना गरेको समृद्धिलाई जनतासमक्ष डेलिभर गर्ने बेला आएको छ । यसर्थ, अबको राजनीतिक एजेन्डा विकास र समृद्धि हो । तर, त्यो एजेन्डालाई जनतासमक्ष डेलिभर गर्न पुराना संस्कार शैली र पारम्परिक एजेन्डा बोकेका राजनीतिक पार्टीका नेतृत्वबाट सम्भव छैन ।
बिहानीले दिनको सङ्केत गर्छ भनेझैँ यदि पारम्परिक राजीतिबाट नै मुलुक समृद्धि हुनेथियो भने यत्तिका वर्ष हामीले किन खेर फाल्यौँ ? देशमा परिवर्तनको हावा चलेको ७० वर्ष भइसक्यो । यत्तिका लामो समयमा पनि हाम्रा सामान्य आवश्यकताहरु पनि पूरा हुन सकेनन् किन ?
सरी हेर्दा वैकल्पिक धारको नेतृत्व गर्दै समकालीन राजनीतिक मुद्दालाई विकास र समृद्धिको परिभाषासहित एउटा युगान्तकारी फड्को दिनसक्ने दूरगामी दृष्टिकोण भएको पार्टी भनेको नयाँ शक्ति नै हो । अनि परिवर्तन र समृद्धिका एजेन्डालाई दरोस“ग कार्यान्वयन गर्ने हैसियत पनि निर्माण गर्न सक्ने र त्यस अनुरुपको राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई ठीक आँकलन गरेर मुलुकको अग्रगामी रुपान्तरणका लागि नेतृत्व प्रदान गर्नसक्ने दल नयाँ शक्ति नै हो ।
अबको राजनीतिक एजेन्डामा एउटा युगान्तकारी फड्को अर्थात् प्याराडाइम सिफ्ट भएको छ । अबको राजनीतिक एजेन्डा आम जनताको प्रगति र देशको समृद्धिसँग जोडिएको छ । यसर्थ, त्यो एजेन्डामा कसले खरो उत्रिएर कार्यान्वयन गर्छ ? निश्चित रुपमा जसले त्यसको सृष्टि गरेको हो, अथवा जो ती एजेण्डाहरुको सुत्राधार हो उसैले त्यसको सक्रियतापूर्वक कार्यान्वयन गर्न सक्छ । हो, अहिले आम मतदाताले बुझ्नुपर्ने चुरो कुरो यहि हो ।
त्यसो त अहिले मुलुकका राजनीतिक पार्टीहरुबीच एकखालको पेचिलो सङ्घर्ष जारी रहेको छ । खासगरी काठमाण्डूकेन्द्रित शासकीय मानसिकताको अन्त्य गर्दै तलैसम्म शक्तिको निक्षेपीकरण गर्ने र ‘पिँध’मा रहेका उत्पीडित समुदायका वर्षौंदेखि केन्द्रीय राज्यसत्ताबाट पछि पारिएका आम नागरिकहरुलाई सशक्तीकरण गर्ने कि वर्षौंदेखि लुटको वर्चस्व जमाएर बसेका कुलीन तथा अभिजात वर्गहरुमा अन्तरनिहित सत्ता हस्तान्तरण गर्ने भन्ने सङ्घर्ष मूल सङ्घर्ष हो ।
यहाँनेर पुराना पार्टीहरुको एकीकृत धारणा बन्न पुगेको छ । उनीहरुको हाउभाउ, चुनावी रणनीति, प्रचार अनि जसरी पनि जित्नुपर्ने मानसिकतामा निर्माण भएका दलीय गठबन्धनले उनीहरु सत्ता र शक्तिकै अभ्यासमा लालायित छन् भन्ने कुरा प्रष्ट्याउँछ ।
यसरी हेर्दा वैकल्पिक धारको नेतृत्व गर्दै समकालीन राजनीतिक मुद्दालाई विकास र समृद्धिको परिभाषासहित एउटा युगान्तकारी फड्को दिनसक्ने दूरगामी दृष्टिकोण भएको पार्टी भनेको नयाँ शक्ति नै हो । अनि परिवर्तन र समृद्धिका एजेन्डालाई दरोस“ग कार्यान्वयन गर्ने हैसियत पनि निर्माण गर्न सक्ने र त्यस अनुरुपको राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई ठीक आँकलन गरेर मुलुकको अग्रगामी रुपान्तरणका लागि नेतृत्व प्रदान गर्नसक्ने दल नयाँ शक्ति नै हो ।
यसर्थ परिवर्तन र समृद्धि चाहने हो भने नयाँ शक्ति नै समकालीन राजनीतिमा वैकल्पिक शक्ति हो । यस मानेमा आम मतदाताले अब निष्पक्ष सक्रियता देखाउनुपर्छ । निर्वाचनमा परिर्वतनलाई संस्थागत गर्न सक्ने र आर्थिक विकास र समृद्धिको एजेन्डालाई जनहितमा कार्यान्वयन गर्नसक्ने शक्तिको पहिचान गरी त्यसलाई मत दिनुपर्छ, तब मात्र अहिले मूल धारमा रहेका विकास र समृद्धिका एजेन्डाहरुले सही स्पेश पाउनेछन् र तिनको जनपक्षीय कार्यान्वयन सम्भव हुनेछ ।
कम्तीमा नेपाली मतदाताहरुले पनि अब विकास र समृद्धिका पक्षधर शक्तिलाई आफ्नो मत दिएर जिताउनु जरुरी देखिन्छ । जनताले एजेन्डा हेरेर सत्य, न्याय, विकास र समृद्धिको पक्षमा अब निष्पक्ष सक्रियता देखाउने बेला भइसकेको छ ।

manikar.nibartaman@gmail.com

Published on ratopati.com

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...