कस्तो विकास, कस्तो अर्थतन्त्र


मनिकर कार्की निवर्तमान
सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो। विकास निरन्तर प्रक्रिया हो, जसले कुनै पनि एकाइको आर्थिक, भौतिक, वातावरणीय तथा सामाजिक अवयवहरूमा सकारात्मक परिवर्तन सिर्जना गर्छ। जब हामी आर्थिक विकासको कुरा गर्छौं, त्यसले प्रचुर मात्रामा उत्पादन र आर्थिक वृद्धिदर बढेको अवस्थालाई इंगित गर्छ। विकासको मुख्य उद्देश्य स्थानीयस्तरमा मानिसको आय स्रोत बढाउने, उनीहरूको दैनिकी बदल्ने तथा जीवनस्तर गुणस्तरीय बनाउने हो।

उफ दुई तिहाई !

(स्केच साभार ः nepalitimes.com)
मनिकर कार्की निवर्तमान
सबैलाई थाहा छ – अहिले देशमा दुईतिहाई बहुमतको सरकार छ । तर, सरकार दुई तिहाई बहुमतको हुँदैमा नागरिकले पनि दुई तिहाई सुख पाउने होइनरहेछ । सबै असल र राम्रा चिजहरुको पनि दुई तिहाई संग्रह हुने होइनरहेछ । दुई तिहाई विवेक र दुई तिहाई बुद्धि पलाउने होइनरहेछ । जनतामा दुई तिहाई हाँसो र दुई तिहाई खुसी आउने होइनरहेछ । दुई तिहाई सरकारले विकास र समृद्धिका बडेबडे गफ गरिरहँदा हाम्रै वर्तमानले भने गिज्याइरहेको भान हुन्छ ।

सडकमुखी समृद्धि


मनिकर कार्की निवर्तमान
आजकल देशैभरी डोजर चलेको देखिन्छ । हिउँद बर्खा नभनी बुल डोजरहरु यत्रतत्र चलिरहेका छन् । विकासका लागि । समृद्धिका लागि । सडक निर्माणका लागि । ठीकै हो – सडक गाउँलाई सहरसँग जोड्ने आधार हो । भरपर्दो सडक नहुँदासम्म आवागमन सहज हुँदैन । आवागमन सहज नहुँदा बजार हुँदैन । बजार नहुँदा उत्पादन र व्यापार हुँदैन । अनि यो बिना समृद्धिको परिकल्पना पनि गर्न सकिंदैन । डा. हर्क गुरुङको शब्द सापटी लिने हो भने – ‘सडकले बजार ल्याउँछ, बजारले हजार’ अर्थात् समृद्धि भनौं । त्यसैले सायद अहिले स्थानीय तहहरु सकेसम्म भएको बजेट सडकमै खर्च गरिरहेका छन् । सडकलाई नै गाउँको विकासको पहिलो र अनिवार्य आधार बनाइँदैछ ।

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान”

विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परीक्षामा रुपान्तरित कक्षा १० को परीक्षाफल प्रकाशित भएसँगै अहिले बजारमा गुणस्तरीय शिक्षाको बजार शास्त्र चल्तीमा छ । अनि विद्यालय शिक्षामा परिणत उच्च मावि पढाउने विद्यालयहरुमा नयाँ विद्यार्थी भर्नाको चटारो त छ नै, बजारमा आफूलाई अब्बल र गुणस्तरीय देखाउने होडावाजी पनि जारी नै छ ।

राजनीतिकाे रेलिमाई

मनिकर कार्की निवर्तमान
अहिले देशको मौसमी विवरण अनि राजनीतिक बजार उस्तैउस्तै छ । गृष्मको आगमन हुँदै गर्दा प्रिमनसुन लामै समय अडिएकाले मौसममा तापीय उष्णता कमै छ । उता वाम गठबन्धनको प्रचण्ड बहुमतको सरकार बनेसँगै राजनीतिक बजारमा पनि उतिसारो उतारचढाव छैन । त्यसैले राजनीतिक तापमानको विन्दु भने स्थिरझैं प्रतीत हुन्छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी दुई दिने नेपाल भ्रमणमा आए र गए । उनले विगतको पहिलो भ्रमणमा जस्तै नेपाल–भारतका अनेकन किस्सा सुनाए । भाषणवाज मोदीले दुई देशबीचको सम्बन्धको लामै बखान गरे । उनले नेपाल र नेपालीप्रति असाध्यै स्नेह दर्शाएर नेपाली जनताको मन जित्ने प्रयत्न गरे । अनि नेपालको विकासमा भारत सादेझार हुने वचन पनि दिए ।

‘वैकल्पिक राजनीति’को कार्यभार


मनिकर कार्की निवर्तमान
करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको अष्टमार्गबाट दुःखको निराकरण गर्न सकिन्छ ।’ त्यहि बुद्धभूमिबाट नयाँ शक्ति पार्टीले संकल्प गरेको छ – ‘देशमा समस्या छ । समस्याको कारण छ । समस्याको निवारण छ । ‘५ स’ को मार्गबाट ‘समृद्ध नेपाल’ निर्माण गर्न सकिन्छ ।’ नयाँ शक्तिले गत फागुन दोस्रो साता लुम्बिनी बैठकबाट निकालेको निश्कर्ष र उद्घोष समृद्ध नेपाल निर्माणको सूत्र हो । त्यो सूत्र नयाँ शक्तिले अघि सारेको ५ स को सिद्धान्त हो ।

सपना र चुनौतिबिच अर्थमन्त्री खतिवडा


मनिकर कार्की निवर्तमान
वाम गठबन्धनले चुनावताका मुख्य गरी दुईवटा विषयलाई आफ्नो चुनावी नारा नै बनाएका थियो – स्थिर सरकार र आर्थिक समृद्धि । र, त्यही चुनावी नाराको बलमा नै वामपन्थी गठबन्धनले चुनावी सफलता हासिल गरेको हो । त्यही घोषणालाई आफ्नो राजनीतिक लक्ष्य बनाएर अहिले एक हुँदै गरेका दुई कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रको साझेदारीमा सरकार बनेको छ । र, त्यही चुनावी घोषणा वरिपरी रहेर जनस्तरमा निकै ठूलाठूला सपनाहरु पनि बाँडिएको छ ।

बहसमा ‘प्रगतिशील समाजवाद’


मनिकर कार्की निवर्तमान
राजनीतिले समाजको अन्तरविरोध पहिचान गरी त्यसको हल गर्छ र व्यक्ति, समाज र राष्ट्रलाई समृद्ध तुल्याउने कसरत गर्छ । फरक कालखण्ड र परिवेशमा देखापर्ने फरक प्रवृत्तिका अर्थराजनीतिक अन्तरविरोध समाधान गर्दै बदलिएको राजनीतिक गन्तव्यलाई स्पष्ट दिशानिर्देश गरी देशलाई आर्थिक विकास र समृद्धितिर लैजानु अबको राजनीतिक कार्यभार हो । अहिलेको राजनीतिक अवस्था र शक्ति सन्तुलनको पछिल्लो परिणामले केही अन्यौलता सिर्जना गरेसँगै अब विद्यमान समाजको अन्तरविरोध पहिचान गरी त्यसको हल गर्न केही नयाँ दृष्टिकोणको आवश्यकता देखिएको छ ।

‘ल्वाङ गाउँमा फूलै फुलेको’


मनिकर कार्की निवर्तमान
यता मध्य पुसको आगमनसँगै काठमाण्डूमा मौसमी तापक्रम घट्दै थियो भने उता सुन्दर नगरी पोखरा अंग्रेजी नयाँ वर्षको रौनकले न्यानो बन्दै थियो । नयाँ शक्ति पार्टीको केन्द्रीय समिति बैठकमा सहभागिता जनाउन हिंड्न लागेका हामी यसपटकको पोखरा भ्रमणलाई अलिक रमणीय बनाउने उद्देश्यसहित निर्धारित मिति भन्दा केही दिन अघि नै त्यसतर्फ लाग्यौं । अक्सर मोटरसाइकलमा यात्रा गर्न रुचाउने यो पंक्तिकारलाई यसपटकको यात्रामा साथ दिंदै थिए मित्र सुदर्शन खतिवडाले । काठमाण्डूमा घाम ढल्केसँगै सुरु हुने सिरेटो छिचोल्दै यात्रा थानकोटको नेटो काट्दा घडीको सुईले तीन बजाइसकेको थियो ।

ट्याङ्कर एक्सप्रेस

१८ घन्टे ट्याङ्कर यात्रा

अनुभूति
मनिकर कार्की निवर्तमान 
काठमाडौंको जाम छिचोल्दै काँडाघारीबाट कलंकीसम्म आइपुग्न दुई घन्टा लाग्यो । अनि अर्को दुई घन्टा कलंकीमा गाडी कुर्दाकुर्दै बित्यो । शायद स्कूल कलेजको हिउँदे विदा अनि लगातार परेको सरकारी विदाका कारण काठमाडौंको चिसो ठिही छल्न यत्रतत्र लाग्ने यात्रुहरुको भीडले होला सवारी साधनको अपर्याप्तता । त्यसो त आफ्ना पोका पन्तुरा बोकेर कलंकीमा गाडी कुरिरहेका जनसाधारणको भीड पनि मज्जैको थियो ।

ल्वाङ बैठकको सन्देश


मनिकर कार्की निवर्तमान
यो पंक्तिकारलाई भेट्ने बित्तीकै एक जना मित्रले टिप्पणी गरे – ‘नयाँ शक्तिको ल्वाङ बैठक त अनुमान गरेभन्दा निकै भव्य भएछ नि ।’ उनी थप्दै थिए – ‘सानो पार्टीको बैठकमा केही दर्जन नेताहरु भेला भएर निराश मुद्रामा कसैसँग मिल्ने निर्णय गर्लान् भन्ने अनुमान गरेको थिएँ । तर, तपाईंहरुको बैठक त निकै भव्य पो भएछ अनि वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने दृढ संकल्प गरेछ ।’ ती मित्रले जुनसुकै आशयका साथ यी कुरा गरेको भए तापनि उनको कुरामा बैठक अघि र पछिका दृष्यहरु चित्रित छन् ।

बहसमा वैकल्पिक राजनीति - ३ ‘वैकल्पिक शक्ति’का विकल्पहरू




मनिकर कार्की निवर्तमान 
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएसँगै मुलुकको राजनीतिक गन्तव्य बदलिएको निष्कर्षसहित वैकल्पिक राजनीतिको आवश्यकता महसुस गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी स्थापना भएको हो । दशरथ रंगशालाबाट हजारौँ समर्थकले सामूहिक शपथ लिएर घोषणा भएको नयाँ शक्तिले स्थापनाको डेढ वर्ष बित्न नपाउँदै तीनवटा निर्वाचनको सामना गरेको छ ।

अन्नपूर्णको लज्जावती स्वरुप (तस्बिरहरु)


पोखराबाट २२ किलोमिटरको दूरीमा रहेको ल्वाङ गाउँ १४६० मिटरको मध्य उचाईमा रहेको एउटा पहाडी गाउँ हो । यहाँबाट देखिने सूर्योदयको दृष्य, ठ्याक्कै पारिपट्टी देखिने माछापुच्छ्रे हिमालको विशाल पर्खाल अनि अन्नपूर्णको लज्जावती रुप तथा हिमचुली चुचुरोको अलौकिक सुन्दरताले जोकोहीलाई आकर्षित गर्छ नै ।

कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...